शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६९४ - ज्यान

भाग: २५ साल: २०४० महिना: कार्तिक अंक:

निर्णय नं. १६९४     ने.का.प. २०४० अङ्क ७

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको फौ.पु.नं. २३८

सम्वत् २०३९ सालको फौ.सा.नं. ९०

फैसला भएको मिति : २०४०।६।१७।२ मा

पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला भद्रकाली गा.पं.वडा नं.३ घर भई हाल केन्द्रीय   कारागारमा बस्ने कृष्णबहादुर भण्डारी क्षेत्री

विरूद्ध

विपक्षी/वादी   : भीमबहादुरको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)                प्रहरीमा गरेको साविती बयान समेतको आधारमा निजले कसूर गरेको ठहर्‍याई गरेको इन्साफ सदर ठहर्ने ।

(प्रकरण नं. १५)

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्द

विपक्षीतर्फबाट       : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

उल्लिखित मुद्दा : निवेदक मोहर मल्ली प्रसलमान समेत विपक्षी श्री ५ को सरकार भएको ज्यान      मुद्दा ०३८ सालको फौ.पु.नं. ८ मा प्रतिपादित सिद्धान्त

फैसला

न्या.बासुदेव शर्मा

१.     मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चबाट २०३९।२।१२।४ मा भएको फैसला बदर गरिपाउँ भन्ने २०३९।४।६ को कृष्णबहादुर भण्डारीको पुनरावेदन तथा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार रहेछ ।

२.    २०३७।४।३ गतेका दिन बिहान ७ बजे कौडोल तिर जान लागेको बाटोमा पर्ने डेलीको सल्लाको रुखमा रातो कपडा लगाएकी अं.वर्ष १३ की नाम नजानेकी कृष्णबहादुरको घरमा बसेकी केटी सानो पटुकाले घाँटीमा बाँधी झुण्डी मरी रहेको देखी निज केटी कर्तव्यबाट मर्न गएको शड्ढ लागेकाले कारवाही गरिपाउँ भन्ने ०३७।४।२ को प्र.ह.भीमबहादुरको प्रतिवेदन रहेछ ।

३.    भद्रकाली गा.पं.वडा नं.३ को बडेली भन्ने गाउँ नजिकको सल्लाको रुखको फेदमा पूर्वउत्तर मुख पश्चिमदक्षिण पीठ पारी अं. ५ फिट उचाईको २ इन्च गोलाईको सल्लाको रुखको तेर्सिएको हाँगामा सानो पटुकाले पासो लगाई झुण्डिएको सो लासको दुवै हातको मुठ्ठी खुल्ला र दुबै घुँडा जमीनमा टेकेको र सो लासको मलद्वारबाट मल निस्केको अन्य शरीरहरूमा निलडाम देखिएको सो लासको स्थिति ४,५ दिन अघि देखि मृत्यु भएको देखिन्छ भन्ने ०३७।४।३ को लासप्रकृति मुचुल्का रहेछ ।

४.    कृष्णबहादुरको घरमा बसेकी केटीको मृत्यु को कसबाट भएको रहेछ भनी बुझ्दा निज कृष्णबहादुरले मारेको भन्ने जानकारी हुनआएकोले निजलाई पक्राउ गरी कानुनी कारवाही भएमा अपराध खुल्ने व्यहोरा प्रतिवेदन गरेको छु भन्ने समेत ०३७।४।५ को प्र.रामचन्द्र उपाध्यायको प्रतिवेदन रहेछ ।

५.    मेरो घरमा बसेकी बर्ष १२ की पार्वतीले ०३७।५।२९ गते रू.१०। चोरी गरी लगिछ त्यसको भोलिपल्ट निजलाई किन चोरिस भनी गाली दिई निज चुपलागी घाँस काट्न गई दिनको अं.११ बजे भैंसी चराउन भनी डेलीको जड्डलमा गएको थिएँ, दिनको १ बजे निज पार्वती र म भैंसी चराइरहेको भन्दा केही माथि सोतर काट्न आएको देखी किन सोतर काट्न आईस भनी गाली गरेँ तैले काट्नु पर्ने होइन भनी मलाई गाली दिएबाट १ थप्पड गालामा हानेँ निज भुँइमा लडी मैले पालेकीले मलाई नै गाली गरेको हुँदा निजलाई मारी नै दिन्छु भनी निजको घोक्रामा निचोरी निजले खुट्टा चलाउन लाग्दा मेरो दुवै खुट्टाले थिच्दा ५,६ मिनेट पछि निजको मृत्यु भएछ सो लासलाई घाँटीमा सेतो कोराको अं.३,४ हात लामो पटुकाले बाँधी अं.१३,१४ हात फरक सल्लाको रुखको ३ हात अग्लो डेढ ईन्च मोटाईको हाँगामा झुण्डाई झुण्डी मरेको जस्तो पारी म घर आएँ, मैले पार्वतीलाई घाँटी निचोरी नाकबाट रगत निक्लेको र मुखबाट पनि रगत निक्लेको थियो र सो लासलाई बोक्दा जिउमा र हातमा समेत रगत लागेको थियो, मार्नुपर्ने कारण २९ गते पैसा झिकेको र ३० गते मुख छोडेको कारणबाट मारौं भनेर मारेको हुँ भन्ने अभियुक्त कृष्णबहादुरले प्रहरी समक्ष गरेको २०३७।६।८।४ को बयान कागज रहेछ ।

६.    मेरो कान्छा भाइको मृत्यु भई आमा पोइल गएकी हुँदा निज भाइकी छोरी पार्वतीलाई २ बर्ष अघि (३४४) देखि मेरो घरमा पाली राखेको निज पार्वती सोत्तर काट्न भनी घर नजीकैको जड्डलमा गएकी र साँझ सम्म पनि घरमा नआएकीले दुवै लोग्ने स्वास्नी भई गाउँघरमा खोजी ग¥यौं केही पत्तो नलागे पछि ४ दिन पछि प्रहरीहरू मेरो घरमा आई म समेतलाई बोलाई जड्डलतर्फ जाँदा सल्लाको रुखको फेदमा झुण्डिएको देखेँ ७ गते मेरो लोग्नेलाई प्रहरीले पक्राउ गरी लगेका हुन् मेरो लोग्ने कृष्णबहादुरको बयान अनुसार निजैले मारी झुण्डाएको भन्ने सुनँे, सो व्यहोरा मलाई निज लोग्नेले नभनेकाले थाहा छैन निजै जानून, पार्वतीलाई मार्ने मानिस नदेखेकोले यसैले मारेको हो भन्न सक्तिन भन्ने समेत अभियुक्तकी श्रीमती ठूलीको ०३७।६।१६ मा प्रहरीमा भएको बयान कागज रहेछ ।

७.    मृतक पार्वतीलाई कृष्णबहादुरले पालेको र पार्वतीको मृत्यु भएको के कसरी भयो भन्ने मौकामा नदेखेको भन्ने डोर साथ उपस्थित कृष्णबहादुरको बयान र रुखमा झुण्डिएको स्थितिबाट निजै प्रतिवादीले कर्तव्य गरी मारी झुण्डाएको शड्ढा लाग्छ भन्ने तिलकबहादुर भण्डारी समेतको ०३७।६।१९ को सरजमीन मुचुल्का रहेछ ।

८.    सड्ढलित सबूत प्रमाणको आधारमा प्र.कृष्णबहादुरलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सजाय हुन प्रहरीको राय व्यक्त भएको तथा ज्यानसम्बन्धीको १४ नं.बमोजिमको सजायको माग दावी लिइएको स.स.अ.को छुट्टै राय व्यक्त भइआएको रहेछ ।

९.    मृतक पार्वतीलाई मैले ०३४ सालदेखि आफ्नो छोरी जस्तो गरी पाली राखेको थिएँ उक्त घटना भएको दिन म भैंसी चराउन गएको थिएँ । निज पार्वती कहाँ गएकी थिई भनी सोधेको हँु र निजलाई खोज्न गाउँ गाउँमा दौडदा कँही नपाएकोले भोलि खोजी गरौंला भन्ने विचार थियो तर १०, ११ बजेको समयमा प्रहरीले मलाई पक्राउ गरी ल्याए, पार्वतीको लास झुण्डाएको ठाउँ र मेरो घर १।।। घण्टाको फरकमा छ, प्रहरीमा भएको मेरो बयान कागज राजीखुशीबाट भएको होइन भन्ने समेत व्यहोराको कृष्णबहादुरको अदालतमा भएको बयान रहेछ ।

१०.    रु.१०। पार्वतीले चोरेको रीस तत्काल थाम्न नसकी प्र.कृष्णबहादुरले निजलाई कुटी थिची मोरेको देखिएकोले समेत ज्यानसम्बन्धीको १४ नं.अनुसार कैद बर्ष १० निजलाई हुने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला रहेछ ।

११.    काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को तर्फबाट र प्र.कृष्णबहादुरको म.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।

१२.   प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा भैंसी चराउन थालेको अवस्था निज पार्वती सोतर काट्न आएको भन्दा तलाई के वास्ता तैंले काट्न पर्ने होइन भनी एक्कासी गाली दिएबाट एक थप्पड पार्वतीलाई हाने निज पार्वती भुँईमा लडी मैले पाली राखेको मानिसले त्यस्तो गाली दिएकोमा सहन नसकी तँलाई मारी दिन्छु भनी पार्वतीको घाँटी घोक्रामा मेरो दाहिने हातले घोक्रा निचोरे खुट्टा चल्न थालेकोले बायाँ (३४५) हातले छातीमा थिची दुवै खुट्टामा मेरो दुबै पैतालाले थिची दिँदा निज पार्वतीको मृत्यु भइसकेछ निजले बाँधेको सेतो कोराको ३,४ हातको पटुकाले मृतकको घाँटीमा बाँधी हाँगामा अल्झाई झुण्डी रहेको जस्तो गरी घर आएँ भनी साविती बयान गरेको र प्रहरीद्वारा कुटपिट भएको भनी जुन जिकिर छ वा जाँच फाराम हेर्दा बायाँ र दाहिने पैतालामा पुरानो घाउको खत भन्ने उल्लेख भएकोले नयाँ खत भएको प्रमाणित हुन आएन। आफूले पाली राखेको केटी हराएकोमा खोज तलास गरेको र कतै जाहेर गरेको समेत प्रमाणबाट देखिन आउँदैन, प्रतिवादीले आरोपित कसूर गरेको ठहराएको काठमाडौं जिल्ला अदालतको फैसला मनासिव ठहर्छ, ज्यानसम्बन्धीको १४ नं.ऐनमा जोखमीले हतियारले हानेकोमा बाहेक साधारण लाठा ढुड्डा लात मुक्का इत्यादी हान्दा मारेको अवस्थामा हत्यामा १० वर्ष कैदको सजाय हुने व्यवस्था भएको र घाँटी थिची मारेको यस प्रकारको स्थितिमा सो १४ नं.लाग्न नसक्ने हुनाले प्रहरी प्रतिवेदन अनुसार प्रतिवादीले ज्यानसम्बन्धीको १३(३) नं.कै कसूर गरेको देखिनाले ज्यानसम्बन्धीको १४ नं.को ऐन अनुसार सजाय हुने ठहराएको सो सजायको हद सम्मको इन्साफ नमिल्ने देखिनाले सो हदसम्मको का.जि.अ.को फैसला गल्ती ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको २०३९।२।१२।४ को फैसला रहेछ ।

१३.   म ६३ बर्षको बृद्धले मार्न नै नसक्ने प्रहरीले कुटपिट गरी लेखी ल्याएको कागजमा मात्र मेरो सही गराएको मुख र नाकबाट रगत निक्लेकोले मेरो जिउमा लागेको भए सो रगत लागेको कपडा समेत बरामत हुनुपर्ने छैन झुठ्ठा एवं जबरजस्ती राखेकोबाट गराएको बयानमा आधारित फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्र.कृष्णबहादुर भण्डारी क्षेत्रीको पुनरावेदन पत्र रहेछ ।

१४.   पुनरावेदक कृष्णबहादुर भण्डारी क्षेत्रीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता रामानन्दप्रसाद सिंहले मोहर मल्ली मुसलमानको केशमा चश्मदीद गवाह छ प्रस्तुत केशमा छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभएको र वादी श्री ५ को सरकारतर्फबाट रहनुभएका विद्वान अधिवक्ता पन्नामान तुलाधरले कर्तव्यबाट मरेको भन्ने कुरामा विवाद छैन भन्ने समेत बहस सुनी निर्णयतर्फ विचार गर्दा मर्ने पार्वती कर्तव्यबाट मरेको हो वा झुण्डी आत्महत्या गरेको के हो कर्तव्यबाट मरेको भए कस्को कर्तव्यबाट मरेको हो सो को निर्णय दिन पर्ने देखिन आयो ।

१५.   यसमा पुनरावेदक प्रतिवादी कृष्णबहादुर भण्डारी क्षेत्री प्रहरीमा सावित भएको देखिन्छ । मर्ने पार्वतीको पोष्टमार्टम हुँदा मर्नाको कारणमा घाँटी थिची स्वास अवरोध भई मृत्यु भएको देखिन्छ भन्ने उल्लेख छ । अदालतमा इन्कार भएको देखिन्छ । यस्तै स्थितिको ०३८ सालको फौ.पु.नं. ८ निवेदक मोहर मल्ली मुसलमान समेत विपक्षी श्री ५ को सरकार भएको ज्यान मुद्दामा प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान पोष्टमार्टम रिपोर्टबाट समर्थित हुने भनी सिद्धान्त प्रतिपादित भएको पाइयो । तसर्थ पुनरावेदक प्र.ले प्रहरीमा गरेको साविती बयान समेतको आधारमा निजले कसूर गरेको ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ सदर ठहर्छ । साधकको लगत पनि कट्टा गरी दिनु । (साविक पेज नं.३४६)

१६.    तर पुनरावेदक ६३ बर्ष उमेर पुगेको बृद्ध व्यक्ति भएको र मार्नु पर्ने इवी लाग नभएकोले निजलाई जन्मकैद गर्दा चर्को हुने चित्तमा लागेकोले अ.बं.१८८ नं.अनुसार सजाय घटाई ५ बर्षको सजाय गर्दा पर्याप्त हुने देखिँदा पाँच बर्ष कैदको लगत कस्नु र जन्मकैदको लगत कट्टा गरिने तपसीलका कलममा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिय बमोजिम भएकोले शुरू काठमाडौं जिल्ला अदालतले ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० बर्ष कैद गर्ने गरेको र मध्माञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३ (३) नं.को कसूर गरेको ठहरेकाले निजलाई जन्मकैद हुन्छ भनी गर्ने गरेको फैसला लगत बमोजिम गर्ने पर्दैन भनी लगत काटी दिनु भनी का.जि.अ.त.मा लगत दिनु..................................................................................१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम अ.बं.१८८ नं.अनुसार सजाय घटाई ५ बर्ष सजाय गर्नु ठहर भएकोले पाँच बर्ष कैदको लगत कस्नु भनी का.जि.अ.त.मा लगत दिनु........................................................................................................................................२

मिसिल नियमानुसार गरी बुझाईदिनु..............................................................................................................................३

 

म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४० साल आश्विन १७ गते रोज २ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु