निर्णय नं. १७११ - जग्गा खिचोला

निर्णय नं. १७११ ने.का.प. २०४० अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३८ सालको दे.पु.नं. ४०४
फैसला भएको मिति : २०४०।८।१८।१ मा
पुनरावेदक/वादी : जिल्ला कास्की पोखरा न.पं.वार्ड नं.२ मिसवा बस्ने प्रज्ञासागर पराजुली
विरूद्ध
विपक्ष/प्रतिवादी : ऐ.ऐ.बस्ने विष्णुमायाको मु.स. गर्ने थिरकुमारी पराजुलीसमेत
मुद्दा : जग्गा खिचोला
(१) हक बेहक गर्ने काम बाँकी छँदै बीचमा राजीनामा लिएको देखिएकोले विवादको जग्गा हुँदा सो जग्गा राजीनामा गरी दिने अधिकार नपुग्ने गरी दिएको राजीनामाबाटै मेरो हक हुनआएको भन्न वादी दावी पुग्ने नदेखिने ।
(प्रकरण नं. १३)
पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना
विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.बासुदेव शर्मा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट २०३८।३।२३।३ मा भएको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी २०३८।४।२८ मा पर्नआएको निवेदनपत्रमा २०३८।७।२३।१ मा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ ।
२. जिल्ला उन्मूलनमा बाबा शिबप्रसादले विवरण दरखास्त दिई तिरो समेत तिरेको जग्गा मध्ये पूर्व पश्चिम बाटोको ४ किल्ला श्रामित्रको विजनाला ।।६ के तिरो ।५२ को ठुलो जग्गा बगर भन्ने जग्गा बाबा शिवप्रसादले रू.९९। मा गजबहादुरलाई ०१८ सालमा राजीनामा दिई निज गजबहादुरले घर बनाई पाउँ भनी दरखास्त दिँदा विपक्ष मध्येकी विष्णुमायाले मेरो अंश हकको जग्गा भनी उजूर गरेबाट हक बेहकको नालेस गरी हक बेहक गर्ने काम बाँकी छँदै गजबहादुरले लिएको राजीनामा बदर हुने भन्ने सर्वोच्च अदालतको फैसला भएकोले राजीनामाबाट गजबहादुरको हक नपुग्ने भई मेरो हक कायम रहने भएको र सो जग्गा दर्ता गर्नलाई पिताजीले म्याद भित्र दरखास्त दिई तिरो समेत दाखेल गर्नुभएको र विपक्ष लोग्ने बाबाले दरखास्त दिँदा सो जग्गा दरखास्त नपरेबाट मेरो हक भइरहेको जग्गामा विपक्ष विष्णुमाया रुद्रमणि (४११) गई हाम्रा दाजु कान्छा बाबु देवर थिरमणिले सो जग्गा चलन गर्नु भएकोले दावी खिचोला गरेकोले विपक्षीहरूको दावी खिचोला मेटाई मेरो हक कायम गरिपाउँ भन्ने समेत प्रज्ञा सागरको फिरादपत्र रहेछ ।
३. सर्वोच्च अदालतबाट विपक्षीको पिताले गजबहादुरलाई दिएको राजीनामा बदर भई फैसला भएपछि त्यस म्याद ३५ दिन भित्र अथवा २ वर्ष भित्र फिराद दिई जग्गा हक बेहक कायम गर्नुपर्ने सो नगरेबाट यो उजूर खारेज गरिपाउँ भन्ने समेत विष्णुमायाको प्रतिउत्तर रहेछ ।
४. प्रतिवादी मध्येको चन्द्रप्रसाद समेतजना ३ को म्याद गुजारी बसेको रहेछ ।
५. वादी दावीको जग्गा ०२९।१२।७ मा प्रतिवादी मध्ये विष्णुमायाबाट रू.३५००। मा मैले राजीनामा गरी लिएको छु वादी दावी झुठ्ठा हो भन्ने समेत शुभलालको बयान रहेछ ।
६. रैकरमा परिणत गराई आफ्नो–आफ्नो नाउँमा दर्ता गराएको दर्ताको प्रमाण वादीले पेश गर्न नसकेको समेतबाट प्रतिवादीहरूले खिचोला गर्यो भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत कास्की जिल्ला अदालतको ०३५।३।१८ को फैसला रहेछ ।
७. दुवै पुनरावेदक प्रत्यर्थीको बराबर हक रहेको देखिए तापनि विर्ता उन्मूलन ऐन बमोजिम दार्ता भइसकेको देखिएन । यस स्थितिमा ठूलो बगर भन्ने सम्पूर्ण जग्गामा मेरो हक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरी कास्की जिल्ला अदालतले गरेको फैसला सदर हुन्छ भन्ने समेत ०३६।८।१४ को गण्डकी अञ्चल अदालतको फैसला रहेछ ।
८. उक्त फैसलामा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्रज्ञासागर पाध्याको निवेदनमा वादी दावी भन्दा बाहिर गई परस्पर विरोधात्मक भएको देखिन आई त्रुटिपूर्ण भएबाट पुनरावेदनको लगतमा दर्ता गरी डिभिजनबेञ्चमा पेश गर्नु भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३५।७।११ को आदेश रहेछ ।
९. निवेदक गजबहादुर केशवप्रसाद विरूद्ध विष्णुमाया पराजुली भएको जग्गा मुद्दामा श्री सर्वोच्च अदालत डिभिजनबेञ्चको ०२९।५।१४।३ को फैसलामा सो जग्गा राजीनामा गरी दिन शिवप्रसादको पनि अधिकार देखिन नआएकोले अधिकार नपुग्ने शिवप्रसादले गरी दिएको राजीनामाबाट मेरो हक हुनआएको भन्ने वादी दावी पुग्ने देखिन आएन भन्ने सम्म निर्णय भएको देखिन्छ, प्रज्ञा सागरले शिवप्रसादकै श्रोतबाट हक पुगेको भन्ने दावी लिएको छ । शिवप्रसादको राजीनामा गरी दिन अधिकार नपुग्ने भन्ने सम्मानित सर्वोच्च अदालतबाट भएको ठहर विरूद्ध निर्णय गर्न मिल्ने भएन, हक बेहक भई नसकेको भन्ने निवेदकका विद्वान अधिवक्ताको बहस जिकिरसँग यो बेञ्च सहमत भएन गण्डकी अञ्चल अदालतबाट शुरूको इन्साफ सदर गर्दा पुनरावेदक र प्रत्यर्थीको बराबर हक रहेको भन्ने लेखिएको वाक्यांशहरू बढी लेखेको देखियो । ती वाक्यांशहरू बदर गरी दिएको छ गण्डकी अञ्चल अदालतको फैसला उल्टी हुने कुनै कानुनी त्रुटि नदेखिएको हुँदा गण्डकी अञ्चल अदालतको इन्साफ मनासिव हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको २०३८।३।२३।३ को फैसला रहेछ ।
१०. ०१६ सालमा झलकबहादुर भन्ने बृजलाले पारित गरी लिएको राजीनामामा लेखिएको किल्लाबाट विवादित (४१२) जग्गा मेरै भन्ने सिद्ध छ हालको नापीमा कि.नं.६५१ मा विपक्षीले झगडा समेत जनाउको छैन हक खाने भनी एक समान प्रतिवादी रुद्रमणि, थिरमणी, चन्द्रप्रसादले प्रतिवादै गरेका छैनन् र सर्वोच्च अदालतबाटै हकै छैन भनी निर्णय गरिएको समेत नहुँदा त्यस्तो प्रमाणको मूल्याड्ढन गरी निर्णय हुन पर्नेमा नगरी सर्वोच्च अदालतको फैसलाको गलत अर्थ लगाई भएको फैसला त्रुटिपूर्ण छ फैसलाको वाक्यांश बदर हुँदा इन्साफकै उथल पुथल पर्दछ । वाक्यांश भन्नु र इन्साफ भिन्न विषय होइन वाक्यबाट इन्साफको अनुहार देखिने हो पश्चिमाञ्चल क्षेत्रीय अदालतको ठहर त्रुटिपूर्ण छ, पुनरावेदनको अनुमति पाउँ भन्ने समेतको पुनरावेदक वादी प्रज्ञासागरको निवेदनपत्रमा, यसमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०२९।५।१४ गते भएको फैसलामा शिवप्रसाद र ताराप्रसादको रैकर परिणत गर्ने विषयमा विवरण परेकोले हक बेहक गर्न पर्ने भनी लेखिएको छँदाछँदै शिवप्रसादको हक नपुग्ने भनी वादीको जग्गा नठहराएकोबाट उक्त सर्वोच्च अदालतको फैसला विरूद्ध हुनजाने हुँदा अ.बं.८५ नं.को मनसायको प्रतिकूल फैसला भएको देखिँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) अनुसार पुनरावेदनको लागि अनुमति दिइएको छ, नियम बमोजिम गरी पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।७।२३।१ को आदेश रहेछ ।
११. नियमबमोजिम कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदक वादी प्रज्ञासागर पराजुलीको वारेस बुद्धीसागर पराजुली र प्रतिवादी चन्द्रप्रसाद पराजुली समेतको वारेस चित्रमणिलाई रोहवमा राखी पुनरावेदक वादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगानाले र प्रतिवादीतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो ।
१२. पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के हो सो को निर्णय दिनुपर्ने देखियो ।
१३. यसमा वादी गजबहादुर गुरुङ्ग समेतको र विपक्षी विष्णुमाया पराजुली भएको जग्गा मुद्दामा राजीनामा गरी दिने शिवप्रसादको नाउँमा ऐनको रीतपूर्वक दर्ता नम्बरी भई नसकेको र प्रतिवादीको पति ताराप्रसादले ०१९।३।३१ मा दिएको विवरणबाट शिवप्रसाद र ताराप्रसादको रैकर परिणत गर्ने विषयमा पनि विवरण परेकोले हक बेहक गर्ने काम बाँकी छँदै बीचमा ०१८।११।६ मा वादीले राजीनामा लिएको देखिएकोले उक्त विवादको जग्गा हुँदा सो जग्गा राजीनामा गरी दिन शिवप्रसादको पनि अधिकार देखिन नआएकोले अधिकार नपुग्ने शिवप्रसादले गरी दिएको राजीनामाबाट मेरो हक हुनआएको भन्ने वादी दावी पुग्ने देखिन आएन अतः झगडा परेको जग्गामा वादीको हक नपुग्ने र लिखत जालसाज नठहर्ने भई सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०२९।५।१४।३ मा फैसला भएको देखिन्छ । उक्त फैसलाबाट विवादको जग्गामा अद्यापि वादी तथा प्रतिवादीको हक अधिकार विवादपूर्ण नै रहेभएको देखिन आएकोले प्रस्तुत मुद्दामा अञ्चल अदालतले फैसला गर्दा शिवप्रसाद र ताराप्रसादको बराबर हक भएको भनी उल्लेख गरेकोमा विष्णुमाया समेतको उजूर नपरेको, तसर्थ पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा वादी प्रज्ञासागर तथा विष्णुमायाको बराबर हक रहेको भन्ने वाक्यांशहरू बढी लेखिएको देखियो ती वाक्यांशहरू बदर गरिएको छ भनी उल्लेख गरेको त्यति हदसम्म त्रुटिपूर्ण देखिएकोले गण्डकी अञ्चल अदालतको इन्साफ सदर ठहर्छ । पश्चिमाञ्चल क्षेत्रीय (४१३) अदालत डिभिजनबेञ्चको फैसलामा केही मिलेको देखिएन । कोर्टफी रही मुद्दा दायर भएको हुँदा कोही कसैलाई केही गर्नु परेन मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४० साल मार्ग १८ गते रोज १ शुभम् ।