शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १७१३ - जालसाजी

भाग: २५ साल: २०४० महिना: मंसिर अंक:

निर्णय नं. १७१३     ने.का.प. २०४० अङ्क ८

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री जोगन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको फौ.पु.नं. ३१७

फैसला भएको मिति  : २०४०।८।५।२ मा

पुनरावेदीका/वादी : दाङ उरहरी गा.पं.वा.नं. ५ उरहरी बस्ने गीतादेवी

विरूद्ध

विपक्षी/प्रतिवादी : दाङ ज.म.वि.वि.गा.पं.बस्ने ठाकुरप्रसाद उपाध्यायसमेत

मुद्दा : जालसाजी

(१)                आमा मरेकोबाट अपुताली हक हुनआएको भन्ने देखाई गरेको प्रस्तुत जालसाजी मुद्दा अ.बं.८२ नं.अनुसार वादीको फिराद लाग्दैन भन्न नमिल्नेमा फिराद लाग्न नसक्ने भन्ने गरेको इन्साफ त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १३)

पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्रीकृष्णप्रसाद भण्डारी

विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

फैसला

न्या.बासुदेव शर्मा

१.     सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदीका वादी गीतादेवी शर्माको यस अदालतमा पर्नआएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत जालसाजी मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    बाबु खुसलरामको छोरा नाति कोही नभई निज पत्नी मोतीदेवीबाट जन्मिएकी जेठी छोरी म कान्छी छोरी अन्यायवाला मध्ये कविरामसँग विवाह भएकी लछिमादेवी समेत २ छोरी छौं आमा मोतादेवी विरामी हुनुभएकोले औषधी उपचार गराउन अन्याय मध्ये कविरामको साथमा काठमाडौंमा पठाई २०३३।५।२२ देखि काठमाडौं शान्ताभवन हस्पिटलमा भर्ना भई २०३३।६।१० सम्म औषधी उपचार भई ऐ.११ गते घरमा आउनुभएको आमा मोतीदेवीलाई सञ्चो नभई विरामीले ग्रस्त गरी कोही मौका मौकामा बेहोसी हुन लागेकोले धर्मशास्त्र अनुसार मुक्तिको लागि निज आमाको देहत्याग गराउन भनी मेरा पति बोधराम र अन्याय रामप्रसादको साथ लगाई २०३३।८।२ गते विहान घरबाट आउने विरामीलाई भेट्न आएको अन्याय मध्ये कविराम, दामोदर आफ्नो घर जान र ठाकुरप्रसाद घोराहीसम्म जान भनी साथै आमाको सँगै गएका हुन दाङ घोराही गा.पं.वा.नं. ८ पक्रेयामा सो दिन १० बजे पुगी खिमलाल गिरीको घर ठाकुरप्रसादको सखेत बैनी ज्वाँइ पशु चिकित्सालय दाङको मुखिया जागिर भएको भीमकान्तले डेरा गरेको ठाउँमा निज भीमकान्ताई भनी विरामी आमा मोतादेवीलाई राखेछन् । खिमलालको घर उत्तरतर्फ निकाश कोठा भएको केही गुप्त कोठा सानो भई भात पकाउने कोठा साँग्रो हुनाले हामी विरामी हेर्छौं भनी ठाकुरप्रसादले समेत तहाँ देखि एकपाउ टाढा पश्चिम तर्फ खाल्टो सेवा र खोलामा पानी नजिक भएको बगरमा भाग पकाउन पति बोधराजलाई पठाई बेहोसी आमा मोतादेवीलाई झुक्याई थैली लिनुदिनु नगरी रू.२८,०००। अंकित गरी दाङ हलवारको गा.पं.को बिगाहा ११९ जग्गाको (४१७) ०३३।१।२६ को मिति राखी ठाकुरप्रसादले र थैली रू.८५,०००। अंकित गरी ऐ.मौजाको जग्गा विगाहा ८४ को २०३३।१।२९ मिति पारी रामप्रसाद समेतले जालसाजी राजीनामा खडा गरेकोले लिखत साक्षी हुने समेत विपक्षीलाई कीर्ते कागजको १० नं. ले सजाय गरी जग्गा बिगाहा १०१९ को मेरो हक कित्तै पिच्छे आधीले बिगाहा ०१०–½ को राजीनामा बदर गरिपाउँ भन्ने समेत वादी ।

३.    वादीको आमा मोतादेवीले आफ्नो स्वास्थ्य राम्रो भएको अवस्थामा आफ्नो घरमा बसी पूर्ण जानकारीका साथ आफ्ना  हकभोगको दाङ मानपुर गा.पं.वा.नं. ३(ग) समेत कि.नं.१५ समेत कित्ता २ के बिगाहा ११९ को रू.२८,०००। थैली बुझी लिई २०३३।१।२६ मा ठाकुरप्रसादलाई र वार्ड नं.३(ख) कि.नं.१७३ समेत कित्ता ४९ को विगाहा ८४ लवाई रू.८५,०००। सो थैलीमा म रामप्रसादलाई समेत २०३३।१।२९ मा राजीनामा गरी दिनुभएको हो वादी दावी अनुसार रूपैयाँ लिनुदिनु नगरी लिखत साक्षी समेत मिली जालसाजी कायम गरेको कुनै होइन सद्दे साँचो व्यहोराको भन्ने समेत ठाकुरप्रसाद उपाध्याय समेत ४ जनाको एउटै प्रतिवादी ।

४.    वारदात मिति २०३३।१।२९ को मिति पारी प्रतिवादीहरूले भने मोतादेवीको जालसाजीबाट राजीनामा खडा गरेको भन्ने वादीबाट कुनै प्रमाण गुज्रन नआएको र यो फौजदारी मुद्दामा प्रमाण पुर्‍याउने भार वादीको हुन आउने सो अनुसार वादीबाट ठोस प्रमाण केही गुज्रन नआएकोले वादी दावीमा प्रतिवादीले इन्कार लिएका र प्रति जिकिर समर्थित हुने गरी प्रतिवादीका साक्षीहरूले बकी दिएको देखिनाले समेत जालसाजीबाट मोतादेवीको राजीनामा लिखत प्रतिवादीहरूले खडा गरेको भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत दाङ देउखुरी जिल्ला अदालतको २०३४।८।५।५ को फैसला ।

५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

६.    पुनरावेदक वादीले जालसाजीमा उजूर गर्न अपुतालीको ४० नं.अनुसार हक स्थापित गरिसकेको प्रमाण फिराद साथ दाखिल नगरेको र हक कायमतर्फ उजूर गरी सकेको भन्ने फिरादबाट नदेखिएकोमा अ.बं.८२ नं.अनुसार दावी गर्ने हक पुगिसकेको छ भन्न नमिल्दे देखिएकोबाट शुरूले फिराद दावी खारेज गर्न पर्नेमा इन्साफ गरेको मिलेको देखिएन अ.बं.२०२ नं. र क्षे.अ.नि. २०३६ अनुसार विपक्षीलाई झिकाई पेश गर्नु भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।

७.    पुनरावदेकले मर्ने मोतादेवीको अपुताली हक खाने हुँ भनी देखाई फिराद गरेको देखिएको र सो फिराद गर्दा आफ्नो आमा २०३३।८।१२ मा मरेको भनी देखाएको देखिन आएको छ, प्रमाणको रूपमा साथ रहेको यिनै विपक्षीले दिएको जालसाजी गरेमा दावी लिएकै राजीनामा पास गराई पाउँ भनी यिनै पुनरावेदकको आमा मोतादेवीको नाउँमा २०३३।८।१५ मा तामेल भएको देखिन आएको छ । यदि पुनरावेदकको दावी बमोजिम आमा आफू अपुतालीबाट हक स्थान पाउने छोरी भएपछि आमा मोतादेवी उपर परेको दावीकै (४१८) लिखत पास गराई पाउँ भन्ने मुद्दामा अ.बं.६२ नं.को देहाय ३ मा व्यवस्था भएबमोजिम म्यादमा हाजिर भई मुद्दा सकार गरी पैरवी गर्न पर्नेमा सो मुद्दा सकारै नगरी म्यादै गुजारी बसेको देखिन आएकोले यस्तो मौकामा मुद्दा सकार गरी हक कायम गराई राख्न नसकेको अपुतालीको हक देखाई गरेको यो फिराद लाग्नै नसक्ने हुँदा शुरू जि.अ.ले खारेज गर्नुपर्नेमा इन्साफ गरेको गल्ती ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३८।३।३१।४ को फैसला ।

८.    मर्ने आमाको नाउँमा परेको लिखत पारित मुद्दा निवेदक वादीले सकार नगरेको भन्दैमा आमा मरेकोबाट अपुताली हक हुनआएको भन्ने देखाई गरेको प्रस्तुत जालसाजी मुद्दाको निवेदक वादीको फिराद लाग्दैन भन्ने अ.बं.८२ नं. ले नमिल्नेमा फिराद लाग्न नसक्ने भन्ने गरेको सु.प.क्षे.अ.को उक्त निर्णयमा अ.बं.८२ को त्रुटि भएको देखिएको यस्तो त्रुटि सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटि हुने हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालतको ०३८।७।२३।१ को आदेश ।

९.    नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत जालसाजी मुद्दाको तारेखमा रहेका पुनरावेदक वादीको वारेस कृष्णचन्द्र विपक्षी प्रतिवादीको वारेस तिर्थ डंगोललाई रोहवरमा राखी पुनरावेदक वादीतर्फका विद्वान वरिष्ठ श्री कृष्णप्रसाद भण्डारीको र विपक्षी प्रतिवादी ठाकुरप्रसाद समेतका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले गर्नुभएको बहस समेत सुनियो ।

१०.    प्रस्तुत जालसाजी मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपरेको छ ।

११.    यसमा बेहोसी आमा मोतादेवीको बूढी औलाको सही दबाई थैली लिनुदिनु नगरी थैली रू.२८,०००। अंकित गरी दाङ मानपुर गा.पं.अमजगाउँको विगाहा ११९ जग्गाको २०३।१।२६ को मिति राखी ठाकुरप्रसादले र थैली रू.८५,०००। अंकित गरी ऐ.मौजाको विगाहा ८४ जग्गाको २०३३।१।२९ को मिति पारी रामप्रसाद समेतले जालसाज राजीनामा खडा गरेको हुँदा लिखत साक्षी हुने समेत विपक्षीलाई कीर्ते कागजका १० नं. ले हुने सजाय गरी राजीनामाको जग्गा जम्मा विगाहा ११९ को मेरो हक कित्तै पिच्छे आधीले विगाहा ०१०१९½ को राजीनामा बदर गरिपाउँ भन्ने दावी गीतादेवी शर्माले जिकिर लिएको पाइन्छ ।

१२.   मोतादेवी मरेपछि अपुतालीको १ नं.अनुसार हकवाला दैयादारले अ.बं.६२ नं.बमोजिम म्याद भित्र रजिष्ट्रेशन पारित मुद्दामा सकार गरी प्रतिउत्तरपत्र र अ.बं.४२ नं.बमोजिम जालसाजी मुद्दा समेत दिनुपर्नेमा हकै नपुग्ने वादीले जालसाज गर्ने रामप्रसाद समेतका उपर दावी नलिई अ.बं.८२, ७२, ७३ नं. विरूद्ध नालेस दायर गरेको अ.बं.१८० नं.बमोजिम खारेज हुन्छ । राजीनामा जालसाजी हुँदो हो त वादीले मोतादेवीका नाउँमा दिएको रजिष्ट्रेशन मुद्दा सकार गरी अ.बं.७८ नं.अनुसार सद्दे कीर्ते छुट्याई ८० नं.अनुसार गर्नुपर्नेमा सो नगरी दिएको नालेस बदरभागी छ । रजिष्ट्रेशन मुद्दामा मर्ने मोतीदेवीको मुद्दा सकार नगरेकाले गीतादेवीको हक नरहेको कुरा सिद्ध भएपछि पुनः (४१९) सोही विषयको हक बेहकको मुद्दा अर्को किसिमले जग्गा नमिल्ने हुँदा अ.बं.७३ नं. १८० नं.दे. नालेस खारेज हुन पर्छ भन्ने प्रतिवादीहरूको प्रतिउत्तरमा उल्लेख गरेको पाइन्छ ।

१३.   रजिष्ट्रेशन पास मुद्दामा मोतादेवीको छोरी वादी गीतादेवी शर्माले मुद्दा सकार नगरेको कारणले मोतादेवीको सम्पत्तिमा छोरीको वादीको हक समाप्त भइसकेको भन्न मिल्दैन । उक्त सम्पत्तिबारे नालेस गर्न हकदैया कायम रहेकोमा कुनै कानुनी बाधा देखिँदैन । आमा मोतादेवी मरेकोबाट अपुताली हक हुनआएको भन्ने देखाई गरेको प्रस्तुत जालसाजी मुद्दा अ.बं.८२ नं.अनुसार वादीको फिराद लाग्दैन भन्न नमिल्नेमा फिराद लाग्न नसक्ने भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ त्रुटिपूर्ण देखिन्छ । वादी गीतादेवीले जालसाजीमा नालेस गर्न पाउने हकदैया भएको भए पनि प्रतिवादीहरूले जालसाजी गरे भन्ने वादीको दावी बमोजिम वादीले किटानी प्रमाण दिनसकेको देखिँदैन । तसर्थ सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले वादी दावी खारेज गर्ने गरेको इन्साफ गल्ती भई वादी दावी नपुग्ने भनी दाङ देउखुरी जिल्ला अदालतले गरेको इन्साफ मनासिव देखिन्छ । तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

तपसील

पुनरावेदक वादी गीतादेवी शर्माकै माथि इन्साफ खण्डमा लेखिएबमोजिम सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहरेकोले क्षेत्रीय अदालतको ०३८।३।३१।४ को फैसलाले रू.१,६३२।५० फिर्ता दिने गरेको सो गर्नु परेन लगत काटी दिनु भनी दाङ देउखुरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...............................................................................................................................१

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल मार्ग ५ गते रोज २ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु