निर्णय नं. १७१४ - जग्गा

निर्णय नं. १७१४ ने.का.प. २०४० अङ्क ८
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३८ सालको दे.पु.नं. ४८२
फैसला भएको मिति : २०४०।८।१८।२ मा
पुनरावेदक/वादी : स.अ.बझाङ जिल्ला सुनदेरा चैनपुर गा.पं.वडा नं.३ बस्ने अम्बरराज जोशी
विरूद्ध
विपक्षी/प्रतिवादी : स.अ.बझाङ जिल्ला सुनदेरा चैनपुर गा.पं.वडा नं.२ चैनपुर बस्ने हंस गिरी समेत
मुद्दा : जग्गा
(१) रैकर हो वा गुठी हो, हक बेहकमा नालिस दिन ३५ दिन भित्र अदालतमा जानु भनी परेको फैसला बमोजिम मयाद भित्र नालेस नपरी हद म्याद नघाई परेको फिराद खारेज गर्ने निर्णय सदर हुने ।
(प्रकरण नं. १२)
पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल
फैसला
न्या.बासुदेव शर्मा
१. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत २०३७।९।१९।६ मा गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी २०३७।२।९।१ मा परेको निवेदनपत्रमा २०३८।१२।१।४ को अनुमति भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकारको रहेछ ।
२. तिरना ढुंगा मौजा जिन्सी सेराको मोठमा बुबा कुलानन्दका नाउँमा दर्ता भएको कि.नं.३ मुलबाटा पूर्व कुला देखिन सन्कु धर्मजगबहादुर सिंहका खेत कुला उत्तर ठीक पश्चिम शेरा खेत उ. ।३५ को धान १०।१० गहुँ १।१।७ जिन्सी तिरो लागि दर्ता भएको सो जग्गा बाजे चन्द्रदेव बझाङगी राजाबाट दान पाई बाजेका दिन देखि हक भोगचलन गरी आएका र बझाङगी राजाबाट स्थापना गरेका शिव दुर्गामठमा पूजा गरे बापत दक्षिण तथा सो जग्गाको जिन्सी तिरी, राजाबाट बाबु बाजेलाई मिन्हा दिन गरेकोमा म गर्भमा छँदा १९९५ सालमा बुबा परलोक भएपछि ०९६ सालमा म जन्मेको मेरो नाबालक अवस्थामा शिवदुर्गाको मठमा आजा पूजा नभएबाट विपक्षीका बागमती गंगा गिरीले उक्त नं.को जग्गामा दृष्टिपात गरी शिव दुर्गाको पूजा म गर्छु कुलानन्द दर्ताका ३ नं. सेरा खेत ३५ मुरी मैले खान पाउन वारुली निस्सा गरिपाउँ भन्ने राजा कान्छा बिन्तिपत्र गरेको छु । आफ्ना पिता पुर्खाले दान दिन पाउनेका सन्तानका नाउँमा रैकर जिन्सी सेराका मोठमा दर्ता भइसकेको जग्गालाई गुठीको हैसियत लगाई कुलानन्दको छोराको उमेर नपुगेसम्म शिवदुर्गाको पूजा गरी खानु भन्ने समेत व्यहोराको बझाङ राजाबाट ०६ सालमा रिपोर्ट तोक पाई जग्गा भोगेको रहेछ मेरो जात कर्म उपनयन गरी १४ वर्षको उमेर पुगेपछि पूजा गर्न मेरो दिलचश्पी हुन गई पूजा छोडाई आफ्नो हक कब्जा गरौं भनी गंगा गिरीसंग गई जग्गा र मोठको पूजा छाडी पूजाका भाडावर्तन फिर्ता देउ भनी गंगासँग भन्न जादा गंगा गिरीले नछोड्ने धाक धम्की देखाउँदा म १४ वर्षको केटोले कठोर शब्दले भनेको धाक धम्कीले उसै दिनदेखि मेरो बराबर होस ठेगाना नभइ बेहोस भई कहिले काहीँ होस आउने र सोही पिरले बेहोस भइरहेकाबाट ०२३ सालमा गंगा गिरी मरेछ भन्ने अरूबाट सुनेपछि मेरो होस ठेगाना हुँदै आएकोले जग्गा चलन गर्न जाँदा राधाले चलन गर्न नदिई पूजा भाँडा पनि नदिई दिन्न भनी जवाफ दिएकाले दान दिनेका उत्तराधिकारी माननीय न्यायाधीशज्यू इश्वरी गंजबहादुर सिंहबाटै ठाडो आदेश गराई शुरू निवेदनमा गुठीको दावी लिएको हुँदा आवश्यक कारवाई गरी पूजा चलाउने प्रबन्ध आदि जो गर्नुपर्ने गरी दिन हुन भनी गुठी संस्थानमा लेखी पठाएकोबाट बुझी राय साथ पेश गर्न भनी गुठी संस्थानबाट बझाङ माललाई आदेश (४२१) भई मालले म्याद दिई मेरो र विपक्षीको बयान भई मुद्दा चलेकोमा हंसा गिरीले पूजा गरी चलिआएको पूजा अर्कालाई दिन नमिल्ने भन्ने ०२७।३।३१।४ को बझाङ मालको जाहेरी वादीका बाबु कुलानन्दका नाउँमा दर्ता भई तिरो चलेकोले जग्गा वादीले पूजा गर्न खान पाउने ठहर्छ भन्ने प्र.जि.अ.को फैसला । अ.बं.१८६ नं.को ऐन बमोजिम जाहेर गर्न नपर्ने जाहेरी फैसला गरेमा दुवै कार्यालयको फैसला बदर हुन्छ, कानुनबमोजिम जो गर्नुपर्ने अर्का फैसला गर्न बझाङमा पठाउने भन्ने आयकर अदालतको फैसला । गुठी भनी दावी जिकिर लिएकोले जग्गा कुलानन्दका नाउँमा जिन्सी सेराको मोठमा दर्ता भइरहेका तिरो चली आएकोबाट गुठी ठहर्दैन रैकर ठहर्छ भन्ने ०२९।१२।२।५ का मालको फैसला सो फैसला उपर दुवैका पुनरावेदन परी से.अ.का.बाट निर्णय हुँदा गुठी रैकर तेरो मेरो हक बेहक छुट्याउन नालेस दिनु भनी ०३३।१०।१८ को से.अ.का.धनगढीको आदेश बमोजिम विपक्षीहरूले पनि ३५ दिने म्याद पाए अनुसार मेरो उपर नालेस गर्न पाउन कुनै आधार नभएकाले सो जग्गा घरसारमा मलाई छोडी देउ भन्दा नछोडने भई जवाफ दिएका र राजा तथा जिन्सी कूत तिरो उन्मूलन भई ०१७ सालमा सो जग्गा आठा सरह नगरी तिरो पर्याप्त हुँदा तालुकदारले मबाट तिरो असूल गरी लिएको हुँदा कि.नं.३ को मासु ।३५ को जग्गा मेरो सदर सँधाई राखेको कोर्टफी समेत विपक्षीबाट भराई दिलाई ज.मि. को १८ नं.को १।२ दफा बमोजिम सो जग्गाको बाली रोक्का गरिपाउँ भन्ने समेत अमरराजको फिरादपत्र रहेछ ।
३. ०१८ सालमा चैनपुर सेरा खेत १६ बाली कुलानन्दका नाउँमा सनद भएको १९८९ सालको जाँचमा तिखाढुंगा मौजा जिन्सी सेराको मोठमा ३ नं. मुलबाटा पूर्व कुला देखि दक्षिण रा.कु. धर्मजंगबहादुर सिंहका खेत दक्षिण कुला उपर सेरा खेत अं. ।३५ कुलानन्द जोशीका नाउँमा दर्ता भई पूजा चलाई भोग गरेका १९९५ सालमा कुलानन्द परलोक भई छोरा वने हकवाला भाइ जगु समेतले पूजा नचलाएको र धर्मलोप गरेकोले उक्त जग्गा मध्ये ।१६ मुरी जग्गा पु. गंगा गिरीका नाउँमा दर्ता गरी बहाली दिने भन्ने बझाङ राज्यका तैनाथवाला राजाको तोक सदर बमोजिम १९९७।३।१८।१ मा पु.गंगा गिरीको नाउँमा व.सा. माल तहसिलबाट बहाली पूर्जि भएको सो जग्गाको नर्वेसी मठ समेत पाउँ भन्ने गंगा गिरीको निवेदन नपाउने भन्ने यो वादीको हकवाला काका जगु जोशीको दावी जिकिर भएको बझाङ राज्य मालका रिपोर्टमा ।१६ को १८।१९ पनि गंगा गिरीलाई थामी दिन भन्ने गुठी राख्नेकै सन्तान बझाङगी राजा श्री राम जंगबहादुर सिंहबाट २००६।४।३२ मा निर्णय भएको उक्त जग्गामा पनि गंगा गिरीले १९९७ सालदेखि हकभोग गरी पूजा आजा चलाई भू.सु.७ नं. विवरण समेत गर्नुभएको २०२३ सालमा गंगा गिरी परलोक भएपछि म समेतले जग्गा भोग गरी ४ नं.जो.अ.नि. छोरा हंसा गिरीले लिई पछि तिरो तिरी रसीद लिई पूजा आजा चलाई आएको छ, गुठी रैकर तेरो मेरोको हक छुटाउन २५ दिन भित्र जि.अ.मा नालेस दिई निर्णय गराउनु दुवै थरले तारेख छोडी सकेको हुँदा निर्णयको जानकारी दिन अं.का.बाट आदेश पर्चा भएको त्यस्तामा ३५ दिन भित्र नालेस दिने गरी हदम्याद तोकी निर्णय दिएको कानुन (४२२) संगत छैन उसमा तारेख गुजारे पछि अ.बं.१७९ नं. ले डिसमिस हुने र त्यसै मुद्दाको त्यसै वादीको प्रतिउत्तर नालिस लाग्न नसक्नेमा पनि जनाउ पाएको ०३३।११।२ बाट ३५ दिन भित्र नालेस दायर नगरी ३६ दिन या नालेस दायर गरेको अरू ऐनको हदम्याद भित्र नालेस गरेको कुनै आधार लिन सकेको छैन निज अम्बरराज १९९६ सालमा जन्मेको ०११ सालमा १६ वर्ष पुगी गुठीको हैसियतले उजूर गर्नु परे साविक मुलुकी ऐन अ.बं.का ६४ नं.बमोजिम १६ वर्ष उमेर पुगेका दिन देखि गुठीको २४ नं.बमोजिम २ वर्षको हदम्याद वा जग्गा दावी खिचोलामा ज.मि. को १८ नं.का हदम्याद २ वर्ष भित्र नालेस दिई हक सघाई लिनुपर्ने सो केही गर्न नसकी पछि बनावटी चालाकी गरेको र हकभोग गरेको २ वर्ष भित्र उजूर नभई १९९७ सालदेखि अस्थायी अटूट रूपले हामीले हकभोग गरेको जग्गामा वादीले झुठ्ठा नालेस गरेकोले यो नालेस खारेज हुने गरी मेरो हक कायम गरिपाउँ भन्ने समेत राधा गिरीको प्रतिउत्तरपत्र रहेछ ।
४. वादीका साक्षीजना ६ र प्रतिवादीका साक्षीजना ३ को बकपत्र भएको रहेछ ।
५. गुठीको वा जग्गा मिच्नेको महल अन्तर्गत समेत दुवै विषयमा हदम्याद २ वर्ष ६ अम्बरराज ०९६ सालमा जन्मेका मितिबाट अ.बं.०४० नं.को व्यवस्था अनुसार ०१२ सालमा १६ वर्ष पुगेपछि ऐनको म्याद २ वर्ष भित्र अर्थात ०१६ साल भित्र यो उजूर गर्नुपर्नेमा ०३४।१।३ मा आएर हदम्याद नाघेको करीब २० वर्ष पछि फिराद दर्ता गराइएकाले उक्त विश्लेषण गरिए अनुसार हदम्याद नघाई पर्नआएका फिराद खारेज हुने ठहर्छ भन्ने समेत बझाङ जिल्ला अदालतको ०३५।२।११ को फैसला ।
६. गुठीको महलको १६ नं.को ऐनमा धर्मलोप गरेका मुद्दामा र राख्न नहुने गुठी राखेको बाहेक गुठी राखेकोमा हदम्यादै नलेखिएको र हदम्याद नलेखिएको कुरामा जहिलेसुकै नालेस लाग्ने अ.बं.को ३६ नं.मा उल्लेख भएको छँदाछँदै यो मुद्दामा हदम्याद नाघेको भनी खारेज गर्न नहुनेमा खारेज गरेकाले शुरूको फैसला बदर गरी जग्गा मेरो सदर गरिपाउँ भन्ने समेत वादी अम्बरराज जोशीको पुनरावेदन पत्र रहेछ ।
७. वादीको विवादको जग्गा ३५,०००। मोल जाने भनी कोर्टफी राखी दायर गरेको देखिएकोले क्षेत्रीय अदालत नियमावली, २०३६ को नियम १९ ले प्रस्तुत मुद्दा सिड्डलबेञ्चबाट हेरिनु पर्ने हुँदा नियमबमोजिम सिंगलबेञ्चको पेश गर्नु भन्ने डिभिजनबेञ्चको २०३७।८।२९ को आदेश रहेछ ।
८. १९९७ सालको तोक सदर बमोजिम जग्गामा गंगा गिरीको भोगचलन भएको देखिएको र त्यसतर्फ पुनरावेदकले उजूर वाजुर गरी निर्णय गराउन सकेको देखिँदैन । १९९६ सालमा जन्म भएको पुनरावेदक १२ सालमा १६ वर्ष पुगी सकेको देखिँदा त्यसपछि पनि कुनै कारवाही नगरी ०२५ सालमा आई बझाङी राजा कहाँ दिएको निवेदनबाट कारवाही चलेको देखिएको र सो कारवाहीमा समेत सेती अञ्चलाधिश कार्यालयमा तारेख छोडी सकेकोमा पनि अञ्चलाधिश कार्यालयले जिल्ला अदालतमा नालेस गर्न जानु भनी सुनाएपछि मात्र ०३४ सालमा जिल्ला अदालतमा फिराद गर्न आएको देखियो । गुठीका (४२३) १६ नं.मा धर्मलोप गरेको वा राख्न नहुने गुठी राखेको बाहेक अरू कुरामा भए गरेको मितिले २ वर्ष भित्र नालेस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था भएको देखियो प्रस्तुत मुद्दामा धर्मलोप गरेको वा राख्न नहुने गुठी राखेको भन्ने विवाद नभएको हुनाले अ.बं.४० नं.बमोजिम अथवा गुठीको १७ नं.बमोजिम २ वर्ष भित्र अदालतमा फिराद दायर हुनआएको नदेखिएको भनी शुरू जिल्ला अदालतले खारेज गरेको मनासिव ठहर्छ भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३७।९।१९।६ को फैसला रहेछ ।
९. अ.बं.४० नं. र गुठीको १६ नं. साथ साथै अध्ययन र अवलोकन गरिएमा अ.बं.४० नं. हदम्याद भएको विषयमा मात्र लागू हुनेको हदम्याद नभएको कुरामा हकवालाले जहिले नालेस गरेको हो गुठीको १६ नं.बमोजिम धर्मलोप वा राख्न नहुने गुठी राखेकोमा जहिलेसुकै हदम्याद हुने व्यवस्था छ, गुठीको ४ नं.बमोजिम हामी हकवालाले मात्र गुठी चलाउन पाउनेमा गंगा गिरी र त्यसका सन्तानले गुठी चलाउन नसक्ने हुँदाहुँदै निजलाई बहाली पूर्जि दिनु गुठीको ४ नं.मा कानुनी त्रुटि भएको छ, सेती अञ्चलाधिशबाट मिति ०३३।१०।१८ मा भएको आदेश ३५ दिन भित्र जिल्ला अदालतमा नालेस दिनु भन्ने भएअनुसार म निवेदकले जिल्ला अदालतमा फिराद गरेको छु कानुनी त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत अम्बरराजको निवेदनपत्र रहेछ ।
१०. यसमा दर्तावालाको हक हुने कुरामा उजूर गर्ने हदम्याद नघाई फिराद गरेको भनी ज.मि.को १८ नं.को दुरूपयोग गरेको क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा उक्त ऐनको प्रत्यक्षतः त्रुटि भएको देखिएको हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।१२।११।४ को आदेश रहेछ ।
११. नियमबमोजिम कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदक वादी अम्बरराजको वारेस जगदीश र प्रतिवादी राजा गिरी मरी मु.स.गर्ने श्री कृष्ण गिरी समेतको वारेस तिर्थ डंगोललाई रोहवरमा राखी पुनरावेदक वादीतर्फबाट रहनुभएका वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तका र प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले गर्नुभएको बहस समेत सुनियो ।
१२. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के हो सोमा निर्णय दिनुपरेको छ । गुठीको १६ नं.मा धर्मलोप गरेको वा राख्न नहुने गुठी राखेको बाहेक अरू कुरामा भए गरेको मितिले २ वर्ष भित्र नालेस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था भएको देखियो । प्रस्तुत मुद्दामा त्यस्तो धर्मलोप गरेको वा राख्न नहुने गुठी राखेको भन्ने विवाद नभएको १९९७ सालको तोक सदर बमोजिम जग्गामा गंगा गिरीको भोगचलन भएको देखिएको र त्यसतर्फ पुनरावेदकले उजूर बाजुर गरी निर्णय गराउन सकेको देखिँदैन । तसर्थ अ.बं.४० नं.अथवा गुठीको १६ नं.बमोजिम २ वर्ष भित्र अदालतमा नालेस गरेको नदेखिएको सेती अञ्चलाधिश कार्यालयले रैकर हो वा गुठी हो, हक बेहकमा नालेस दिन ३५ दिन भित्र अदालतमा जानु भनी ०३३।१०।१८ गते परेको (४२४) फैसला बमोजिम म्याद भित्र नालेस नपरी हदम्याद नघाई परेको फिराद खारेज गर्ने निर्णय गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ । कोर्टफी लागी दायर भएको देखिँदा कसैलाई केही गर्न परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल मार्ग १८ गते रोज २ शुभम् ।