निर्णय नं. ६२७४ - जग्गा हक कायम दर्तासमेत

निर्णय नं. ६२७४ ने.का.प.२०५३ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
संवत २०५२ सालको दे.पु.नं. ......... २७७८
फैसला मितिः २०५३।६।२१।२
विषयः जग्गा हक कायम दर्ता समेत ।
पुनरावेदक
वादीः स्याङजा जिल्ला, मनकामना गा.वि.स. वडा नं.४ घर्तिखोला वस्ने अग्नी
प्रसाद उपाध्याय ।
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः एै.वनिथोक, देउराली गा.वि.स.वडा नं. ९ वस्ने याम बहादुर खड्का ।
§ मुलुकी ऐन अ.वं. ८५ नं.को व्यवस्थालाई हेर्दा अड्डामा मुद्दा परि फैसला भएपछि सो फैसला उपर ऐन वमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउंमा फिरादपत्रलिई सून्न हुदैन । लिएको भए पनि खारेज गरि दिनुपर्छ भन्ने व्यवस्था भइरहेकोले अघि मुद्दा परि प्रतिवादीले समेत आफ्नो भनी जिकिर लिएको र डिसमिस भएको हकमा सम्म वादीको पुनः फिराद दावी लाग्न सक्ने भएन ।
(प्र.नं.१६)
§ अघि विवाद पर्दा उल्लेख नभएको डिसमिस नभएको जग्गाको हकमा सो जग्गामा सो जग्गाका वादीको हक समाप्त भएको मान्न मिल्दैन ।
(प्र.नं.१६)
§ ४२० को जग्गाको सम्वन्धमा अघि मुद्दा डिसमिस हुंदा सो फैसलावाट वादीको हक समाप्त भएको नदेखिंदा सो जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ ।
(प्र.नं.१६)
पुनरावेदक तर्फवाटः
विद्धान अधिवक्ता श्री बसन्तराम भण्डारी ।
प्रत्यर्थी तर्फबाटः विद्धान अधिवक्ता श्री श्रीहरि अर्याल
अबलम्वित नजीरः
फैसला
न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर वादी तर्फवाट पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :
२. ९९ सालका ३ महले मोठमा दाता डिल्लीसरा खड्काका नाउंमा दर्ता भएको कलम कलम गरि खेत मुरी १० मध्ये पुर्व भिरे खोला, पश्चिम देउराज खड्काको खेत, उत्तर देउराज थापाको खेत कुलो, दक्षिण खोला यति ४ किल्ला भित्रको तिरो रु. १।५०।३ लागेको माल मुल भन्ने खेत मुरी ।४।६।५ जग्गा र लम्वाई हात ११ गज हात ७ ढुंगाको गारो खरको छानो १ तला छापेको घर समेत डिल्लीसरावाट थैली रु.५८००। मा २०२२।७।२९।१ मा राजिनामा गरि लिएको पास गरि नदिंदा पास गराई पाउं भनि अदालतमा मुद्दा परि एक तर्फवाट पास भै तिरो भरो भोगचलन गरी आएको विपक्ष यम बहादुरलाई कुनै लेखत नगरी दोकान गरि वस्न दिएकोमा म आफैलाई चाहियो खाली गरी दिनुहोस भन्दा घर खाली गरि नदिएकोले घरवाट उठाई खाली गराई पांउ भनि विपक्ष उपर फिराद गरि विपक्षीले प्रतिवाद गर्दा वादीले लिएको जग्गा सहरवाट देखि उत्तर पटिृ छुट्टै छ । वादी दाविको घर मेरो पिताजीको नाउंमा दर्ता भएको १।५ को जग्गा मिन बहादुरलाई घर वनाउन दिनु भएको र मिन बहादुर वाट घरको दारपात रु.५०। मा लिई मेरो हक भएको हो । प्रतिवादी प्रेम बहादुरले २०४५।१२।२५ मा वाली लगाउन लागेको मौका विपक्षी आई गोरु फुकाई खन जोत गर्न पाउंदैनौ भनि खिचोला गरेकाले विपक्षीलार्य अदालतवाट झिकाई मेरा साक्षी प्रमाण वुझि मेरो हक पुग्ने विरुवा अर्चले गा.पं. वडा नं. ७ को कि.नं. ४२० मोल रु. ५,०००। र कि.नं. ४१९ को मोल रु. ८००। समेत जम्मा रु. ५८००। मोलिने जग्गा खिचोला गरेमा विपक्षीलाई कोर्ट फी ऐन ण्ज्ञठ को दफा ९ (१५) बमोजिम गरी २ कित्ता जग्गा राजीनामा वमोजिम मेरा हक कायम गरि मेरा नाउंमा दर्ता समेत गरि पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।
३. २०२४।१०।११ मा डिल्लीसरा खड्कावाट रु.५८००। मा मैले राजिनामा गरि लिएको जग्गामा वसेको घरवाट समेत हटाई पाउं भनि विपक्षीवादीले मेरो उपर फिराद दिई अदालतवाट डिसमिस फैसला भएको हो । गोश्वरा धनवाट लिएको जग्गामा खेत रोप्न जांदा खिचोला गरेकोले खिचोला मेटाई पाउं विपक्षीका अंशियार तिलक प्रसाद पाध्या समेत व्यक्तिले मेरा उपर मुद्दा दिएकोमा वादी दावा पुग्न सक्दैन भनी सर्बोच्च अदालतवाट फैसला भएको छ । विपक्षीवादीले वाली लुटपिट गरे भनी मेरा उपर लुटपिट मुद्दा दिएकोमा वादी दावि पुग्न नसक्ने भनि स्याङजा जिल्ला अदालतवाट र पुनरावेदन पर्दा शुरुको इन्साफ सदर हुने भनि ग.अं.अ.वाट फैसला भएको छ । गाउंमा नाप जांच हुंदा मुद्दा परी रहेको कारण विवादित कि.नं. ४१९, ४२० मा झगडा जनिई रहेको । स.अ.को फैसला अनुसार दर्ता गरी पाउं भनि मा.पो.का.स्याङजामा मैले निवेदन दिएको छु । अघि चलेको मुद्दामा विपक्षी वादी अग्नी प्रसाद समेत विपक्षी भै मुद्दा चलेको र सोही मुद्दामा विवादित जग्गा झगडा जनिएको हुंदा मौकै देखि विपक्षीलाई सम्पुर्ण कुरा थाहा छ । मलाई दूःख हैरानी दिने उद्देश्यले मात्र मुद्दा दिएको हुन । अतः वादी दावी गैह्र कानुनी हुंदा अ.वं.१८० नं. अनुसार खारेज गरि पाउं इन्साफ हुने स्थिति भएका मेरो साक्षी प्रमाण वुझी हक इन्साफ भै विवादित जग्गा मेरा नाउंमा पुर्व फैसला अनुसार हक कायम दर्ता गराई विपक्षीको दावी छुटृर्याई पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. वादी वाट पेश भएका रसिद जालसाजी हो भन्ने समेत व्यहोराको यम वहादुर खड्काले गरेको वयान ।
५. प्रतिवादीले गरेको वयान झुठ्ठा हो म वाट पेश भएको रसीद सद्दे हो भन्ने समेत व्यहोराको वा.टिका दत्तको वयान ।
६. वादी प्रतिवादीका साक्षीको वकपत्र र नक्सा मुचूल्का मिसिल सामेल रहेको ।
७. वादी ललिता कुमारी प्र.यम वहादुर भएको जग्गा खिचोला मुद्दा १, वादी अग्नी प्रसाद प्र.डिल्लीसरा भएको मुद्दा १ र वादी अग्नी प्रसाद प्र.यम वहादुर भएको घर हटाई पाउं भन्ने मुद्दा १ समेतका मिसिल प्रमाण निमित्त साथै पेश भएका रहेछन् ।
८. साक्षी वकपत्र समेतको आधारमा जग्गा वादीको भोग चलनमा रहेको नदेखिंदा मिसिल सामेल कागज प्रमाण समेतका आधारमा कि.नं. ४१९ र ४२० को जग्गामा प्रतिवादीले खिचोला गरेको भनि हक कायम गरि मेरा नाउंमा दर्ता गरि पाउं भनि वादीले गरेको दावी पुग्न नसकी दावि झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको फैसला ।
९. सम्मानित अदालतवाट पुनः नकसा गाउं सर्जमिन वुझि शुरुका त्रुटिपुर्ण फैसला बदर गरि मेरो शुरु वादी दावी वमोजिम विरुवा अर्चले गा.वि.स.वडा नं. ठ मा पर्ने कि.नं. ४१९ र ४२० को जग्गामा मेरा राजिनामा वमोजिम हक सदर कायम गरि मेरा नाउंमा दर्ता गरि पाउं भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
१०. पहिले मुद्दा परेको जग्गामा दावि गरेको होइन भनी पुष्टि हुनै गरि छुट्टै कित्ता जग्गा उल्लेख गर्न सकेको नदेखिंदा र मिति २०२५।२।२३।४ को फिरादमा उल्लेख भएको जग्गा को नै प्रस्तुत मुद्दामा समेत दावि लिएको देखिंदा एक पटक मुद्दा परी डिसमिस फैसला भै सकेको अवस्था देखिएको हुंदा शुरु स्याङजा जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पोखराको मिति २०४९।८।२९ को फैसला ।
११. नापीको सूचना प्रकाशित भएपछि ऐनका म्याद भित्रै कि.नं. ४१९ र ४२० मा झगडा छैन मेरा नाउंमा दर्ता गरी पाउं भनि निवेदन दिएको थिएं । पारित राजिनामाको समुच्चा ४ किल्लाले एकै कित्तामा देखाएको छ । अघि मुद्दा परेको कि.नं. ४१९ को केही भागमा मात्र हो सो वाहेक वांकीमा अघि मुद्दा परेको छैन । सर्बोच्च अदालतले मैले अदालतको फैसला वमोजिम पारित गराई लिएको राजिनामा बदर गरेको छैन । अघि लुटपिट मुद्दा नपरेको जग्गामा समेत मलाई हराइयो । अ.वं. ८५ नं. समेतको लगत व्याख्या गरि पुनरावेदन अदालतवाट भएको फैसला बदर गरि पाउं भन्ने समेत वादीको यस अदालतमा परेको निवेदन ।
१२. यसमा यिनै वादी प्रतिवादी विच अघि २०२५ सालमा परेको खिचोला मुद्दाको प्रतिउत्तरमा घर गोठ भएको जग्गाको उत्तरबाटो भन्दा उत्तर तर्फ वादी अग्नी प्रसादको जग्गा पर्दछ, भनी स्वीकार गरेको देखिएको र नक्सा हेर्दा सो कि.नं. ४२० मा नापी नक्सा भएको हुंदा अघिल्लो मुद्दवाट कि.नं. ४१९ मात्र प्रतिवादीको हक कायम भएको मान्नु पर्ने भएवाट कि.नं. ४२० मा पनि वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत पोखराको निर्णयमा अ.वं. ज्ञ८५ नं. को कानुनी त्रुटि देखिंदा मुद्दा दोहर्याउने निस्सा प्रदान गरिएको भन्ने यस अदालत संयुक्त इजलाशको मिति २०५२।६।२ठ को आदेश ।
१३. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री वसन्तराम भण्डारीले २०२४ सालमा मेरो पक्षको राजिनामा परित भयो । यिनै विपक्षी संग २०२५ सालमा घर जग्गा छाड्न मेरो पक्षको फिराद पर्यो । सो मुद्दामा प्रतिउत्तर दिंदा मेरो जग्गालाई विपक्षीले स्वीकार गरेका छन्, विपक्षीको जग्गा वेग्लै छ । अंशियारवीच मुद्दा चल्दा चल्दैको अवस्थामा २०३७ सालमा विवादको जग्गा झगडा जनिई कि.नं. ४१९ र ४२० को जग्गा सहरवाटो देखि उत्तरमा नापी भयो । यो जग्गामा विवाद नभएवाट तारेख छोडी डिसमिस भएको हो । हालको न.नं.३ कि.नं. ४२० मा साविकमानै विवाद उठाएको छैन तसर्थ पुनरावेदन अदालतको फैसला उल्टी हुनु पर्छ भन्ने समेत वहस गर्नु भयो ।
१४. प्रत्यर्थी प्रतिवादी तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री श्रीहरि अर्यालले २०२६ सालको डिसमिस भएको मुद्दाको चार किल्ला भित्रको ज्ञ तल्ला छापिएको घर समेत २०२२।७।२९ मा राजिनामा गरि दिई मुद्दा परि पास हुने ठहरी २०२४।११।१० मा पास भै हक भएको जग्गामा यम वहादुर वसेकोमा उक्त घर जग्गा दक्षिणको कटेरो देखि उक्त घर जग्गा विपक्षीको हक नपुग्ने मेरो राजिनामावाट हक भएको जग्गा हक छाडी दिएो होइन घर भाडामा वस्न दिएको पनि छैन । २०२२।७।२९ मा डिल्लीसरा संग विपक्षीले हक गराई लिएको जग्गा २०४० सालको सर्बोच्च अदालतको फैसलाले विपक्षीको हकको भनेको छैन । सर्बोच्च अदालतको फैसलाले विपक्षीको नठहरिएवाट २०२२ सालको लिखतको जग्गा यो होइन भन्ने प्रमाणित भएको छ । विभिन्न मुद्दाहरुमा भएको फैसला समेतवाट यो विवादको जग्गा विपक्षीको हक नरहेको प्रष्ट भएको भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
१५. विद्धान अधिवक्ताहरुले गर्नु भएको बहस समेत सूनी निर्णय तर्फ विचार गर्दा, यसमा वादी अग्नी प्रसाद उपाध्याय प्रतिवादी याम वहादुर खड्का भएको घरवाट हटाई पाउं भन्ने मुद्दा स्याङजा जिल्ला अदालतमा दायर गर्दा, जग्गाको हक वेहकमा मुद्दा चलेको देखिदैन । उक्त मुद्दामा कोर्टफि रु. १०। मात्र लिई मुद्दा परेको र सो मुद्दाको नामाकरण नै घरवाट हटाई पाउं भन्ने रहेको देखिन्छ । यसरी उक्त मुद्दामा जग्गामा हक वेहक परेको नदेखिनुको साथै घर कटेरो वनेको जग्गालाई प्रतिवादीले विवाद उटाएको देखिन्छ । सो घर वनेको जग्गामा वादीले तारेख गूजारी मिति २०२६।२।२६ गते स्याङजा जिल्ला अदालतवाट डिसमिस भएकोले सो घर घर वनेको जग्गामा वादीको हक नपुग्ने निर्विवाद देखिन्छ । यसरी प्रतिवादीले २०२५ सालमा फिराएको प्रतिउत्तरमा उल्लेख भएको जग्गा प्रतिवादीकै देखिएको मान्नू पर्ने भयो ।
१६. मुलुकी ऐन अ.वं. ८५ नं.को व्यवस्थालाई हेर्दा अड्डामा मुद्दा परि फैसला भएपछि सो फैसला उपर ऐन वमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउंमा फिरादपत्रलिई सुन्न हुदैन । लिएको भए पनि खारेज गरि दिनु पर्छ भन्ने व्यवस्था भइरहेकोले अघि मुद्दा परि प्रतिवादीले समेत आफ्नो भनी जिकिर लिएको र डिसमिस भएको हकमा सम्म वादीको पुनः फिराद दावी लाग्न सक्ने भएन । डिसमिस भएको फैसलाले चौतारा सडक देखि उत्तरको जग्गामा विवाद परि डिसमिस भएको देखिदैन । विवादित कि.नं. ४१९ को घर जग्गा प्रतिवादीको देखिई वादीले डिसमिस गराएकोवाट निजको हक नपुग्ने ठहराएको हदसम्म पुनरावेदन अदालत पोखराको मिति २०४९।८।२९ को फैसला मिलेकै देखिन्छ । वादी दावीको जग्गा सहरवाटो देखि उत्तर आदिमा छ भनी प्रतिवादीले, घरवाट हटाई पाउं भन्ने मुद्दामा स्वीकार गरेको स्थितिमा न.नं. ३ को कि.नं. ४२० को जग्गामा वादीको हक स्वीकार गरिसकेको पाइन्छ ।
गरिसकेको पाइन्छ । अघि विवाद पर्दा उल्लेख नभएको डिसमिस नभएको जग्गाको हकमा सो जग्गामा सो जग्गाका वादीको हक समाप्त भएको मान्न मिल्दैन । यसर्थ कि.नं. ४२० को जग्गाको सम्वन्धमा अघि मुद्दा डिसमिस हुंदा सो फैसलावाट वादीको हक समाप्त भएको नदेखिंदा सो जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ । सो हदसम्म वादी दावी नपुग्ने ठहराएका शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको उक्त फैसला मिलेको नदेखिंदा सो हदसम्म उल्टी हुने ठहर्छ ।
१७. अतः विवादित कि.नं. ४१९ र ४२० मा झगडा जनिएको भन्ने देखिंदा कि.नं. ४१९ को जग्गा कटेरो मिति २०२६।२।२६ को स्याङजा जिल्ला अदालतको डिसमिस फैसला समेतको प्रमाणवाट प्रतिवादीको कायम हुने र कि.नं. ४२० को जग्गामा वादीको हक कायम हुने भई निज वादी अग्नी प्रसाद उपाध्यायका नाउंमा दर्ता हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पु.वे.अग्नी प्रसाद थपलियाको विवादित कि.न. ४२० को जग्गामा निजको हक पुग्ने ठहरेकोले सो जग्गा निजका नाउंमा दर्ता गरि दिनु भनि सम्वन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनि शुरु स्याङजा जिल्ला अदालतमा लगत दिनु....१
ऐ.ऐ. के यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु.घढ।३० पुनरावेदन अदालत पोखरामा पुनरावेदन गर्दा राखेको कोर्टफि रु. ३९।३० र शुरुमा रहेको कार्टफि रु.द्द६२। समेत जम्मा रु. घ४०। को आधा कोर्टफि रु. १७०।३० फिर्ता पाउने हुंदा ऐनका म्याद भित्र फिर्ता पाउं भनि दरखास्त दिए कानुन वमोजिम फिर्ता दिनु भिन शुरु स्याङजा जिल्ला अदालतमा लेखि पठाई दिनु ........... २
मिसिल नियमानुसार गरी वुझाई दिनु ............ ३
उक्त रायमा म सहमत छु ।
न्या.हरि प्रसाद शर्मा
इति संवत २०५३ साल आश्विन २१ गते रोज २ शुभम् ।