निर्णय नं. ६२८२ - ज्यान डांका

निर्णय नं. ६२८२ ने.का.प.०५३ अङ्क ११
पुर्ण इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०४९ सालको फौ.पु.ई.नं.३४
फैसला मितिः २०५३।११।३०।५
मुद्दाः ज्यान डांका ।
पुनरावेदक
वादीः जि.स. धुर्कौली गा.वि.स.वडा नं. ६ वस्ने कृष्णँलाल लामाको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी
प्रतिवादीः जि.स. धुर्कौली गा.वि.स.वडा नं.९ वस्ने शेख खुरसेत मिया समेत जम्मा १० ।
§ अधिकार प्राप्त अधिकारी समक्ष सावित रही अरु समेतलार्ई पोल गर्ने प्रतिवादीहरु मेध वहादुर, राम खेलावन, राम विलास र फुल महमद अदालतमा आई बयान गर्दा आरोपित कसुरमा इन्कार रही प्रहरीले कुटपीट गरी बयान गराएकोले घाजांच गरी पाउं भनी जिकिर लिए अनुसार घांजाच गराइएकोमा प्र. मेघ वहादुरको घांजाच प्रतिवेदनमा No External Injury Found भन्ने र प्र.राम विलास, प्र. राम खेलावन, प्र. फुल महमदको घाजांच प्रतिवेदनमा Healed Wound भन्ने उल्लेख भएवाट आलो घाउ नभएवाट Healed Wound पहिलेकै भन्ने मान्नु पर्ने हुंदा निज प्रतिवादीहरुलार्ई प्रहरीले कुटपीट गरी वाध्यात्मक वयान गराएको थियो भन्ने मान्न मिल्ने अवस्था नरहने ।
(प्र.नं.३१)
पुनरावेक वादी तर्फवाटः
विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी.
विपक्षीतर्फवाटः
अबलम्बित नजीरः
फैसला
न्या.मोहन प्रसाद शर्माः संयुक्त इजलासमा माननीय न्यायाधीशहरुका वीच रायवाझी भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. २०३९।११।१ गते राती अं. ११ वजेको समयमा परिचित शिवा महतो शेख खुर्सेद मिया, मेघ वहादुर नुर महमद, धुरन महतो, राम खेलावन, राम विलास समेतका मानिसहरुले हात हातमा लाठी भाला गडासा समेत लिई मेरा वावु कान्छा लाल र आमा उर्ली सुतेर वसेका ,झ्याल तोडी फोडी निज वावु आमालार्ई कर्तव्य गरी गोली हानी मारी विगो रु.५५,५७५। को धनमाल डांका गरी डांकाहरु भागी गए । डांकाहरु पत्ता लगाई कार्वाही गरीपाउं भन्ने समेत व्यहोराको मिति ०३९।११।२ को कृष्णलाल लामाको जाहेरी दर्खास्त ।
३. घटनास्थलको प्रकृति र लाशमा भएको चोटहरु समेतको विवरण खुलार्ई ओम वराल समेतका व्यक्तिहरुले गरी दिएको मिति २०३९।११।२ गतेको घटनास्थल लास प्रकृति मुचुल्का ।
४. २०३९।११।१ गते राती अन्दाजी ११.३० वजे रामखेलावन महतो कोइरी समेतका डांकाहरुले तपसिलमा उल्लेख भए वमोजिम धनमालको हुने विगो रु.७,९३९। डांका गरी लगेकाले सो विगो भराई कानुन वमोजिम सजाय समेत गरी पाउंभन्ने समेत व्यहोराको सुकुमाया मूक्तानको ०३९।११।२ को जाहेरी ।
५. जाहेरवालाहरुको घरमा गाउंकै शिवा महतो र शेख खुर्सेद मिंयाले डांका गर्न जाउं निजका घरमा धन सम्पति र पुरानो धेरै पैसा आउने मुर्ति छ । भारत तर्फवाट पनि डांकाहरुलार्ई मगाई राखेको छ भनेकाले म समेतका मानिसहरु सो डांकामा गएका हौं । जाहेरवाला घरमा डांका गर्दा नुर महमद, मेघ वहादुर तामाङ सुकुमायाको घरमा गएका र शिव महतो सेख खुर्सेद समेत कान्छालाल लामाका घरमा पसेका हुन शेख खुर्सेदले कान्छा लाललार्ई र शिवा महतोले उर्ली लमिनीलार्ई वन्दुकको गोलीले हानी मारी निजहरुको घरमा भएको धनसम्पती र मुर्ति समेत डांका गरी लिएका हौं । रु.५।५ सयका दरले मात्र भाग हिस्सा लि खाएका हो अरु मूर्ति समेतका सामान भारतीय मानिसहरुले लगेका हुन । हामीले डांका गरेका मात्र हों ज्यान मारेको होइन भन्ने समेत राम खेलावन महतो, राम विलास महतो, मेघ वहादुर तामाङ, शेख फुल महमद मियांसमेतको प्रहरीमा भएको उक्त अनुसारको एकै मिलानको व्यहोराको वयान कागज ।
६. जाहेरीवाला कृष्ण लालको घरमा डांका भएको दिन रात म हरिऔनमा छैन । एकदिन अगाडी नै कर्जाको रुपैया उठाउन सर्कोल गा.पं. वडा नं. ८ वस्ने शेख असीसको घरमा गई वसेको छु । फागून ३ गते मात्र गाउंमा फर्केको हुं । डांका भएको, घर आउंदा मलगंवामा थाहा पाएं । जाहेरवालाको र मेरा एकै सिमानामा जग्गा हुंदा आली सिमा सम्वन्धमा झगडा भएको रिस इवीले मलार्ई वारदातमा सरिक गराई झुटृा उजुर गरेको हुन भन्ने समेत व्यहोराको शेखनुर महमदले प्रहरीमा गरेको वायन कागज ।
७. जाहेरवालाको घरमा डांका वारदात भएकै हो जाहेरीमा लेखिएको नुर महमद मिया समेतले डांका गरेका हुन शिव महतो र शेख खुर्सेदले ज्यान मारेका हुन भन्ने समेत व्यहोराको अधिकांश व्यक्तिहरुको लेखाई भएको सर्जमिन मुचुल्का ।
८. डांका वारदात गरी धनसम्पती लगेको र कान्छा लामालार्ई वन्दुकले हानी कर्तव्य गरी मर्ने अभियूक्त शेख खुर्सेद मिया र उर्ली लमिनीलार्ई मार्नेमा शिवा महतो कोइरीलार्ई ज्यान सम्वन्धीको १३(१) र चोरीको १४(४) अनुसार सजाय हुन पर्ने माग दावी गरिएको छ । अन्य अभियूक्तहरु राम खेलावन समेतलार्ई सोही ऐनको चोरीको महलको नं. १४(४) र कर्तव्य गरी कान्छा लामा र उर्ली लमिनिलार्ई मार्दा घटनास्थलमा सरीक रहेको हुंदा ज्यान सम्वन्धीको १० (३) अनुसार सजाय हुनु र जाहेरवालाको विगो दिलार्ई भराई दिन समेत माग दावी गरिन्छ भन्ने समेत प्रहरी प्रतिवेदन ।
९. जाहेरवालाको घरमा डांका गरी मैले कान्छा लामा र उर्ली लमिनीलार्ई मारेको छैन । जाहेरीमा मलार्ई किटानी गर्नाको कारण निजहरुसंग मिलमा झगडा भएको रीसइवीले हो । प्रहरीमा मलार्ई कुटपीट गरी सावित गराएको हो । मैले जाहेरवालाको घरमा डांका गरी ज्यान मारेको छैन, सो वारदातको दिन म नक्टाझी दीदीको घरमा गएको थिए भन्ने समेत व्यहोराको प्र.शिवा महतोले अदालतमा गरेको वयान ।
१०. जाहेरवालाको घरमा डांका गरी ज्यान मारेको छैन । म वारदातको दिन घर गाउंमा नभई भाईको ससुराली हरीतपुरमा गएको थिए । जाहेरी दर्खास्तमा किटँन पोल गर्नुको कारण मिलमा सुकुमाया संग झगडा भएकोले हो । जाहेरवालाको भनाइमा लागी सर्जमिनका मानिसहरुले पोल गरेका हुन प्रहरीमा लेखी राखेको कागजमा सही गराएका हून् । जाहेरवालाको घरमा डांका गरी ज्यान मारेको नहुंदा सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.राम खेलावन महतोले अदालतमा गरेको वयान ।
११. मैले जाहेरवालाको घरमा डांका गरी ज्यान मारेको छैन । म फागुन १ गते घरमा थिए प्रहरीले हिरासतमा राखेकोले कसले डांका गरेर ज्यान मारे भन्न सक्दिन । सर्जमिन गर्ने मानिससंग मेरा लेनदेन थियो । सोही पचाउनका लागि किटानी साथ लेखाएको हो । मैले जाहेरवालाको भनाइ अनुसार डांका गरेको नहुंदा झुटृा पोलवाट फुर्सद पाउं भन्ने समेत व्यहोराको प्र.नुर महमद मियाले अदालतमा गरेको वयान ।
१२. मैले जाहेरी दर्खास्त वमोजिम डांका गरी लामा लमिनीलार्ई मारेको छैन । किन किटान पोल गरे निज जानुन प्रहरीमा मलार्ई लेखी राखेका कागजमा कुटपीट गरी सहीछाप गराएको हो । सर्जमिनले किन पोल गरे भन्न सक्दिन । वारदातको दिन म घरगाउंमा नभई महोत्तरी जि.मनहरीपुरमा गएको हुंदा मैले डांका गरी ज्यान मारेको छैन भन्ने समेत व्यहोराको रामविलास महतोले अदालतमा गरेको वयान ।
१३. म वारदात हुंदाका दिन वम्वै जानको लागि जनता एक्सप्रेस रेलमा चढी गएको थिए। मैले जाहेरवालाको घरमा डांका गरी ज्यान मारेको छैन । मलार्ई जाहेरीमा किन किटान, गरी नाम दिए निजै जानून् । सर्जमिनका मानिसले किन पोल गरे निजै जानुन ।मैले अरु प्रतिवादीहरुसंग लागी डांका खुन गरेको छैन प्रहरीमा मलार्ई कुटपीट गरी लेखी राखेको कागजमा सहीछाप गराई साविती गराएको हो मैले डांका खुन नगरेको हुंदा सफाई पाउं भन्ने समेत व्यहोराको प्र.मेघ वहादुर तामाङले अदालतमा गरेको वयान ।
१४. जाहेरवालाको घरमा जाहेरी दरखास्त वमोजिम डांका गरी ज्यान मारी खुन गरेको छैन सो वारदात हुंदा म यहा थिइन । विदेश पंजाव गएको थिए । सून्दरपुरको चौधरी मूसलमान संग मेरो रीसइवी थियो । सोही रीसइवी लिएर जाहेरवालासंग निजको राम्रो सम्वन्ध हुंदा जाहेरीमा सर्जमिनमा पोल गरेको हुन । मैले डांका गरी खुन नगरेको हुंदा झुटृा उजुरीवाट मैले सजाय पाउन पर्ने होइन भन्ने समेत व्यहोराको प्र. शेख खूर्सेत मियाको अदालतमा गरेको वयान ।
१५. मैले जाहेरवालाको वावु आमालार्ई मारी धनमाल डांका गरी लगेको छैन । वारदातको अवस्था म यहा नभई भारत पंजाव गएको थिए । यहां नभएको मानिसलार्ई किन पोल गरेका हुन्। जग्गा विषयमा निजहरुसंग झगडा भएको थियो सोही रीसइवीले पोल गरेका हून् डांका खुन गरेका नहुंदा सजायभागी हुन पर्ने होइन भन्ने समेत व्यहोराको प्र. शेख तैयव मियांले अदालतमा गरेको वयान ।
१६. मैले जाहेरवालाको घरमा डांका खुन गरेको छैन । डांका वारदात हुंदा म घरमै थिए गोली चलेको डरले म वहिर निस्किन सर्जमिनका मानिस मध्ये केही संग मेरा जग्गा विषयलार्ई लिएर झगडा भएको कारणले पोल गरेका हून् । मैले डांका खुन नगरेकोले झुटृा उजुरीवाट फुर्सद गराई पाउं भन्ने समेत व्यहोराको प्र.राजेन्द्र महतो कोइरीले अदालतमा गरेको वयान ।
१७. मैले जाहेरवालाको घरमा धनमाल डांका गरी ज्यान मारेको छैन सो डांका वारदातको अवस्थामा म गाउंघरमा नभई जि.धनुषामा खसी वाख्रा किन्न गएको थिए । घरमा म्याद टांसिएकोले मात्र बयान गर्न आएको हुं । मैले डांका खुन गरेको नहुंदा झूटृा दावावाट फुर्सद पाउं भन्ने समेत व्यहोराको प्र. भोला भन्ने शेख गफारले अदालतमा गरेको वयान ।
१८. फरार रहेका प्रतिवादी मध्येका राम औतार महतो धुरन महतो, र तहिद मिंयाको हकमा अ.वं. १९० नं. वमोजिम मुलतवी रहने ठहर्छ । यिनै प्रतिवादीहरुले ज्यान मारी डांका गरेका हुन भन्ने कुराको पुष्टी वादी तर्फवाट हुन नसकेकोले केवल शंकाको भरमा मात्र कसुर गरेको ठहराउन न्यायोचित नहुंदा प्रहरी प्रतिवेदन दावी अभियोगवाट प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने शुरु सर्लाही जिल्ला अदालतको फैसला ।
१९. शुरु सर्लाही जिल्ला अदालतको फैसला वदर गरी प्रतिवादीहरुलार्ई प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय गरी पाउं भन्ने समेत श्री ५ को सरकारको तर्फवाट मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
२०. जाहेरवालाको शुरु, जाहेरी निजको अदालतको बकपत्र, चश्मदिद भनिएको सर्जमिनका व्यक्तिहरुको शुरु व्यहोरा र अदालतको वकपत्रको व्यहोरा तथा जाहेरवाली सुकुमायाको जाहेरी व्यहोरा समेत परस्पर विरोधाभाष देखिन आएको र अपराधसंग सम्वन्धित कुनै पनि दशी प्रमाण वरामद हुन आएको समेत नदेखिंदा प्रतिवादीहरुलार्ई सफाइ दिने गरी भएको शुरु सर्लाही जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४४।६।४ को फैसला ।
२१. मध्यमान्चल क्षेत्रीय अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ९(२) अ.वं. १८४(क) तथा सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादित कानुनी सिद्धान्त समेतको विपरीत हुने गरी भएको हुंदा उक्त फैसला वदर गरी प्रतिवादीहरुलार्ई शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय गरीपाउं भन्ने वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा पर्न आएको पुनरावेदन ।
२२. तथ्ययूक्त सवुद प्रमाणको अभावमा केवल प्रहरी समक्ष भएको साविती र सहअभियूक्तको पोल र चश्मदिद भनिएका व्यक्तिहरुको विरोधाभाषपुर्ण वकपत्रको आधारमा मात्र कसुरदार ठहर्याउन न्याय संगत नहुने र संकाको सुविधा अभियुक्तले पाउने समेत हुंदा प्रतिवादीहरुलार्ई सफाई दिने गरी भएको शुरुको इन्साफ सदर गरेको म.क्षे.अ. को फैसला मनासिव ठहर्छ भन्ने मा.न्या. श्री रुद्र वहादुर सिंहको राय र प्र. शेख खुर्सेतले जाहेरवालाको वावु कान्छा लाल लामा र प्र. शिवा महतोले उर्लि लमिनीलाई वन्दुकद्वारा छर्रा हानी मारेको तथ्य स्थापित भएको हुंदा निज प्र. दुवै जनालार्ई ज्यान सम्वन्धीको १३(१) वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । निज प्रतिवादीहरुको साथमा डांका वारदातमा भाग लिने, प्रमाणित भएका प्र. शेख भोला भन्ने शेख गप्फार, प्र. राम खेलावन महतो, प्र. मेघ वहादुर थिङ तामाङ, प्र. फुल महमद मिया, प्र. राम विलास भन्ने विलास महतो प्र. नुर महमद मिया समेतका प्रतिवादीहरुलार्ई ज्यान मार्न मतियार भै गएको भन्ने वा प्रतिवेदन दावी अनुसार ज्यान सम्वन्धीको १७(३) को कसुरदार ठहराउन सक्ने अवस्था नहुंदा निजहरुले चोरीको १४(४) अनुसार कसुर गरेको ठहर्छ । सो ठहर्नाले शुरुवाट मूल्तवीमा रहेका प्रतिवादीहरुको हकमा यंहा विचार गरी रहन परेन । अन्य प्रतिवादीहरु राजेन्द्र महतो कोइरी र शेख तैयव मिया डांका वारदातमा सहभागी भएको ठोस प्रमाण नदेखिंदा निजहरुले सफाइ पाउने ठहर्छ भन्ने समेत मा.न्या.श्री केदार नाथ उपाध्यायको छुट्टै राय भएको रायवाझी फैसला ।
२३. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फवाट उपस्थित विद्वान वरिष्ट सरकारी अधिवक्ता श्री वलराम के.सी.ले जाहेरवालाको घरमा प्रतिवादीहरुले डांका वारदात गरेकोमा विवाद देखिदैन । डांका वारदात गर्ने क्रममा नै प्र.शेख खुर्सेदले कान्छालाललार्ई र प्र.शिवा महतोले उर्ली लमिनीलार्ई वन्दुक हानी मारेको समेत देखिन आउंछ । प्रतिवादीहरु मेघ वहादुर, राम खेलावन, राम विलास भन्ने विलास महतो, फुल महमद समेत अधिकार प्राप्त अधिकारी समक्ष आरोपित कसुर गरेमा सावितै रहेका । अदालतमा वयान गर्दा कसुरमा इन्कार रही अन्यत्र रहेको जिकिर लिएता पनि अन्यत्र रहेको कुरा तथ्यगत रुपमा स्थापित गर्न नसकेको जाहेरी चश्मदीद व्यक्तिहरुको सर्जमिन व्यहोरा र अदालतमा आइ गरेको वकपत्र समेतवाट प्रतिवादीहरुले आरोपित कसुर गरेको देखिंदा माग दावी अनुसार सजाय हुनुपर्छृ भनी गर्नुभएको वहस समेत सुनियो ।
२४. प्रस्तुत मुद्दामा प्रतिवादीहरु शेख खुर्सेद र शिवा महतोलार्ई ज्यान सम्वन्धी महलको १३(१) र चोरीको महलको १४(४) नं. वमोजिम तथा अन्य प्रतिवादीहरु शेख भोला भन्ने शेख गफ्फार, राम औतार राजेन्द्र महतो, राम खेलावन, राम विलास भन्ने विलास महतो, मेघ वहादुर, नुर महमद, धुरन महतो, तहिद मिया फुल महमद र शेख तैयव समेत उपर ज्यान सम्वन्धी महलको १७(३) र चोरीको महलको १४(४) नं. वमोजिम सजायको माग दावी लिई प्रहरी प्रतिवेदन परेकोमा प्रतिवादीहरु मध्ये फरार रहेका राम औतार, धुरन महतो र तहिद मियांको हकमा अ.वं. १९० नं. वमोजिम मुलतवी राखी अरु प्रतिवादीहरुलार्ई आरोपित कसुरवाट सफाई दिने ठहराई भएको शुरु जिल्ला अदालतको फैसला नै तत्कालीन क्षेत्रीय अदालतवाट सदर गरेको उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी संयुक्त इजलासमा पेश हुंदा संयुक्त इजलासका माननीय न्यायाधीश श्री रुद्र वहादुर सिंहले प्रतिवादीहरुलार्ई सफाई दिएको क्षेत्रीय अदालतको फैसला नै सदर गरेको देखिन्छ भने अर्का माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायवाट प्रतिवादीहरु शेख खुर्सेद र शिवा महतोलार्ई ज्यान सम्वन्धीको १३(१) अनुसार सर्वस्व,सहित जन्मकैद, प्रतिवादीहरु शेख भोला भन्ने शेख गफ्फार, राम खेलावन, मेघ वहादुर, फुल महमद, राम विलास भन्ने विलास महतो र नुर महमदलार्ई चोरीको १४(४) अनुसार सजाय गरी प्रतिवादीहरु राजेन्द्र महतो र शेख तैयवलार्ई सफाई दिने ठहराएको देखिन्छ ।
२५. यसमा प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी हेर्दा जाहेरवालाको घरमा डांका वारदात भै त्यही वारदातको सिलसिलामा जाहेरवाला कृष्ण लालको वावु कान्छालाल र आमा उर्ली लमिनीको मृत्यु वन्दुकको छर्रा लागी हुन गएकोमा विवाद देखिदैन । फरार रहेका प्रतिवादीहरु राम औतार, धुरन महतो तथा तहिद मियांको हकमा अ.वं. १९० नं. वमोजिम मुलतवी रहेको देखिन आएकोले निजहरुको हकमा यहां विचार गरिरहनु पर्ने अवस्था देखिएन । मुलतवी रहेका निज प्रतिवादी वाहेक अन्य प्रतिवादीहरुको उक्त घटनासंग के कस्तो संलग्नता रहेको देखिन्छ देखिदैन भन्ने तर्फ नै मुल रुपमा विचार गर्नु पर्ने हुन आएको छ ।
२६. प्रस्तुत वारदातको सम्वन्धमा कृष्णलाल र सुकुमायाको छुटृाछट्टै जाहेरी दरखास्त परेको देखिन्छ । जाहेरवाला कृष्णलालले दिएको जाहेरीमा वावु कान्छालाल लामाले मेरो र दाजु काजीलालको नाउं पुकार गरी डांका आयो भनी कराउनु भयो दाजु काजीमान समेतले वालेको टर्चवाट डांकाहरु चिनेको चिनेका डांकाहरुमा शेख खुर्सेदको हातमा छोटो कालो हतियार, शेख भोलाको हातमा के थियो थाहा भएन, राम औतार धूनर महतो र राम विलासको हातमा लाठी, राम खेलावनको हातमा चिरपट, मेघ वहादुरको हातमा फर्सा, शिवा महतोको हातमा खूकूरी र लाठी, नुर महमदको हातमा भाला थियो दुई फायर वन्दुक पड्कियो सो वाट वावु कान्छा लाल र आमा उर्लीको मृत्यु भयो डांकाहरुले विगो रु.५५,५७५। को डांका गरी लगेकोले खुन डांकामा सजाय गरी पाउं भनी उल्लेख गरेको देखिन्छ भने निज कृष्ण लालकी दिदी सुकुमायाले दिएको जाहेरीमा शेख खुर्सेद, शेख भोला, शिवा महतो, राम विलास, राम खिलावन समेत चिनेका डांकाहरु भै विगो रु.७,९३९। वरावरको धनमाल डांका गरी वावु कान्छा लाल आमा उर्लीलार्ई समेत मारे भनी खूलाएको देखिन आउंछ ।
२७. अनुसन्धानको क्रममा प्रहरीद्वारा प्रकाउ परी प्रहरीमा वयान गर्ने प्रतिवादीहरु मेघ वहादुर तामाङ, राम खेलावन, राम विलास, फुल महमद तथा नुर महमद मध्ये नुर महमद वाहेकका अरु प्रतिवादीहरु आफु समेतको मत सल्लाहले जाहेरवालाको घरमा, डांका गर्ने योजना वनाई विभिन्न हात हतियार सहित लिई जाहेरवालाको घरमा डांका गरेकोमा सावितै रहेका र सोही वारदातकै क्रममा प्रतिवादी शेख खुर्सेदले जाहेरवाला कृष्णलालको वावु कान्छालार्ई गोली हानी मारेको र शेख भोलाले लिएको वन्दुक शिवा महतोले लिई जाहेरवालाकै आमा उर्ली लमिनीलार्ई मारेको भन्ने पनि निजहरुको कथन देखिन्छ । प्रतिवादी नुर महमद भने प्रहरीमा वयान गर्दा आरोपित कसुरमा इन्कार रही वारदात हुनु भन्दा एक दिन अगावै सर्कोला गा.पं. वडा नं. ८ वस्ने शेख अजिबुर रहमानको घरमा गएको पछि घर आउंदा डांका वारदात गरी कान्छालाल र उर्ली लमिनीलार्ई मारेको भन्ने सुनेको हुं । जाहेरवाला र मेरो जग्गा सांधमा भएको र सांध सम्वन्धी झगडा हुने भएकोले झुटृा जाहेरी दिएको भनी उल्लेख गरेको देखिन्छ ।
२८. लास प्रकृति मुचुल्कावाट मृतक कान्छालालको देव्रे तर्फको कोखमा, छर्रा गोली लागी प्वाल परेको छाती हातका औंलाहरु समेतमा छर्रा लागेको घाउ देखिएको त्यसै गरी उर्ली लमिनीको पटूका सारी खूटृाहरुमा ठाउं ठाउंमा रगत लागी सूकेको र रुद्रघण्टी स्तन तथा छातीमा छर्रा लागी घाउ,प्वाल रहे भएको भन्ने देखिन्छ । त्यसैगरी मृतकहरुको पोष्टमार्टम रिपोर्टमा मुटु फोक्सोमा क्षति पुगी रक्तश्राव भएको कारणवाट मृत्यु भएको भन्ने छ ।
२९. सर्जमिनका मानिसहरु जितमान जिम्मा तामाङ, विफासिंह च्याङ्वा, ज्ञान वहादुर थिङ, मान वहादुर थिङ बिरध्वज जिम्मा समेतको सर्जंमिन व्यहोरा तथा निजहरुले अदालतमा आई गरेको वकपत्रवाट जाहेरवालाको घरमा डांका वारदात भएको र वन्दुकको, फायरवाट कान्छालाल र उर्ली लमिनीको मृत्यु भएको भन्ने देखिन आउंछ ।
३०. अदालतमा आइ वयान गर्दा प्रतिवादी राजेन्द्र महतो वाहेक अरु प्रतिवादीहरु कसुर गरेमा इन्कार गरी उक्त वारदातको दिन आफु अन्यत्र रहेको भनी जिकिर लिएतापनि अन्यत्र रहेको जिकिर तथ्यगत प्रमाणवाट स्थापित गर्न सकेको पाइदैन ।
३१. अधिकार प्राप्त अधिकारी समक्ष सावित रही अरु समेतलार्ई पोल गर्ने प्रतिवादीहरु मेघ वहादुर राम खेलावन, राम विलास र फुल, महमद, अदालतमा आई वयान गर्दा आरोपित कसुरमा इन्कार रही प्रहरीले कुटपीट गरी वयान गराएकोले घांजांच गरी पाउं भनी जिकीर लिए अनुसार घांजांच गराएकोमा प्र.मेघ वहादुरको घांजांच प्रतिवेदनमा No External Injury Found भन्ने र प्र.राम विलास, प्र.राम खेलावन, प्र.फुल महमदको घांजांच प्रतिवेदनमा Healed Wound भन्ने उल्लेख भएवाट आलो घाउ नभएवाट Healed Wound पहिलेकै भन्ने मान्नू पर्ने हुंदा निज प्रतिवादीहरुलार्ई प्रहरीले कुटपीट गरी वाध्यात्मक वयान गराएको थियो भन्ने मान्न मिल्ने अवस्था रहेन ।
३२. प्रतिवादीहरु राजेन्द्र महतो तथा शेख तैयव आरोपित कसुर गरेमा इन्कार रहेका र जाहेरवालाहरुको जाहेरी दरखास्त तथा सह अभियूक्तहरुको पोल समेतवाट निजहरुको उक्त वारदातमा संलग्नता रहेको भन्ने देखिन आउदैन । अर्का प्रतिवादी नुर महमद प्रहरीमा तथा अदालतमा आई वयान गर्दा कसुरमा इन्कार रहेको सुकमायाले पछि दिएको जाहेरीमा निजको नाउं उल्लेख नभएको र जाहेरवाला कृष्णलालको सांधमा मेरो जग्गा भएकोले सांध सम्वन्धी झगडाको कारणले झुटृा जाहेरी दिएको भनी उल्लेख गरेको देखिन आउंछ ।
३३. माथि उल्लेख गरिए अनुसार जाहेरी दरखास्त, जाहेरवालाको अदालतको वकपत्र, अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेका प्रतिवादीहरुको मौकाको कागज सर्जमिनका व्यक्तिहरुको सर्जमिनको व्यहोरा तथा अदालतमा आइ गरेको वकपत्र समेतवाट प्रतिवादीहरु राजेन्द्र महतो, शेख खतैयव तथा नुर महमदको उक्त घटना वारदात संग कुनै संलग्नता रहे भएको देखिन नआई निजहरु वाहेकका प्रतिवादीहरु शेख खूर्सद, शिवा महतो, मेघ वहादुर, राम खेलावन राम विलास भन्ने विलास महतो, फुल महमद, शेख भोला भन्ने शेख गफ्फार समेतका प्रतिवादीहरुले जाहेरवाला कृष्णलाल तथा सुकुमायाको घरमा डांका वारदात गरेको देखिन आयो । साथै सोही वारदातमा जाहेरवालाको वावु कान्छालाल र आमा उर्ली लमिनीको पनि वन्दुकको छर्रा गोलीद्वारा मृत्यु भएको कुरा लास प्रकृति मुचुल्का, लास जांच प्रतिवेदनवाट देखिन आउंछ । तर डांका वारदातमा सरिक भएका देखिएका प्रतिवादीहरु मध्ये प्र.शेख खुर्सेदको हातमा छोटो कालो हतियार थियो भन्ने कुरा जाहेरवालाको जाहेरी दरखास्त, सर्जमिनका व्यक्तिहरुको सर्जमिन व्यहोरा र अदालतमा आई गरेको वकपत्र समेतवाट पुष्टी भएको, शेख खुर्सेदले कान्छालाललार्ई र शिवा महतोले कान्छी लमिनीलार्ई वन्दुकले फायर गरी मारेकोभन्ने कुरा अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्ने प्रतिवादीहरुको वयान समेतमा एकरुपता देखिएकोवाट जाहेरवालाको वावु कान्छालाललार्ई शेख खुर्सेदले र आमा उर्लीलार्ई शिवा महतोले गोली हानी मारेको तथ्य् स्थापित हुन आएको देखिंदा प्रतिवादीहरु शेख खुर्सेद र शिवा महतोलार्ई ज्यान सम्वन्धीको महलको १३(१) नं.वमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्छ । जाहेरवालाको वावु आमाको हत्यासंग प्र.शेख खुर्सेद र शिवा महतो वाहेकका डांका वारदातमा संलग्न रहेको देखिएका अन्य प्रतिवादीहरु शेख भोला भन्ने शेख गफ्फार राम खेलावन, मेघ वहादुर फुल महमद, राम विलास भन्ने विलास महतो समेतको कुनै संलग्नता रहेको देखिन नआएकोले निजहरु उपर वादी दावी अनुसार ज्यान सम्वन्धी महलको १७(३) नं.वमोजिम को कसुर स्थापित हुन सक्ने अवस्था देखिन आएन । यि प्रतिवादीहरुलार्ई चोरीका महलको १४(४) नं.अनुसार जाहेरवाला कृष्णलालको जाहेर अनुसारको विगो रु. ५५,५७५। र कान लुछिएकी सुकुमायाको जाहेरी अनुसारको विगो रु.७,९३९। समेत जम्मा विगो रु.६३,५१४। को डेढीले हुने रु.९५,२७१ जरिवाना र जनही कैद वर्ष ६ भई जाहेरवालाको विगो रु.६३,५१४। समेत प्रतिवादीहरुवाट जाहेरवालाले दामासाहीले भरी पाउने देखिन्छ । प्रतिवादीहरु नुर महमद, राजेन्द्र महतो, शेख तैयवको प्रस्तुत वारदातमा कुनै संलग्नता रहेको देखिन नआएकोले सफाइ पाउने देखिन आयो । अतः प्रतिवादी नुर महमद वाहेक अन्य प्रतिवादीहरुको हकमा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मनासिव ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथी इन्साफ खण्डमा लेखिए वमोजिम प्रतिवादीहरु शेख खुर्सेद तथा शिवा महतोलार्ई ज्यान सम्वन्धी महलको १३(१) नं. अनुसार सर्वस्व सहित जन्मकैद हुने ठहरेकोले निजहरु वेरुजू हुंदासोही वमोजिमको लगत कसी असूल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनू.....................१
देहायका प्रतिवादीहरुको देहाय वमोजिमको कैद तथा जरिवाना हुने ठहरेकाले निजहरु वेरुजू हुंदा लगत कसी असुल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु.............२
प्रतिवादीहरु जरिवाना कैद
१ शेखभोला भन्ने शेख गफ्फार ९,५२७। ६ वर्ष
२ राम खेलावन ९,५२७। ६ वर्ष
३ मेघ बहादुर थिङ तामाङ ९,५२७। ६ वर्ष
४ फुल महमद ९,५२७। ६ वर्ष
५ रामविलास भन्ने विलासमहतो ९,५२७। ६ वर्ष
माथी इन्साफ खण्डमा लेखिए वमोजिम जाहेरवाला कृष्णलालको जाहेरी बमोजिमको रु. ५५,५७५। तथा सुकुमायाको जाहेरी वमोजिमको रु.७,९३९। देहाय प्रतिवादीहरुवाट देहाय वमोजिमको विगो भरी पाउने हुंदा सो भराई पाउं भनी कानुनका म्याद भित्र निज जाहेरवालाहरुको दरखास्त पर्न आए कानुन वमोजिम भराई दिनू भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु...३
प्रतिवादीहरु जाहेरवाला कृष्णमायाले भरी पाउने विगो रु. जाहेरवला सुकमायाले भरी पाउने विगो रु.
१ शेख भोला भन्ने शेख गफ्फार रु.४,२७५। १२०।६९
२ राम खेलावन रु.४,२७५। १२०।६९
३ मेघ बहादुर थिङ तामाङ रु.४,२७५। १२०।६९
४ फुल महमद रु.४,२७५। १२०।६९
५ रामविलास भन्ने विलासमहतो रु४,२७५। १२०।६९
८ शेख खुर्सेद रु.४,२७५। १२०।६९
९ शिवा महतो रु.४,२७५। १२०।६९
मिसिल नियमानुसार गरी वुझाई दिनु....... ४
उक्त रायमा हामी सहमत छौं ।
न्या. गोविन्द वहादुर श्रेष्ठ
न्या. इन्द्रराज पाण्डे
इति सम्वत् ०५३ साल फाल्गुण ३० गते रोज ५ शुभम्......