निर्णय नं. ६२८७ - जिउ मास्ने बेच्ने

निर्णय नं. ६२८७ ने.का.प २०५३ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने
सम्वत् २०५१ सालको फौ.पु.नं..............९७४
फैसला मितिः २०५३।४।२९।३
मुद्दाः जिउ मास्ने बेच्ने ।
पुनरावेदक
प्रतिवादीः जि.कं. दैजी गा.वि.स. अन्र्तगत वस्ने धन सिंह नेगी ।
विरुद्ध
प्रत्यर्थी
वादीः मोहन सिंहको जाहेरीले श्री ५ को सरकार ।
§ खोज्न जाने भनिएका व्यक्तिहरुमा नै विवाद देखिन्छ भने निजहरुले प्रहरीमा गरेको कागज तथा अदालतमा गरेको वकपत्रमा एकरुपता रहेको पाइदैन । यस्तो सामन्जस्यता नरहेको भनाइ वकाइलार्ई प्रमाणमा लिन मिल्ने नदेखिने ।
(प्र.नं.२१)
§ सामन्जस्यता नभएको खोज्न जानेहरुको भनाइ कै आधारमा लेखिएको सर्जमिनको कथनलार्ई भरपर्दो प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने ।
(प्र.नं.२१)
§ जाहेरवालाकी श्रीमती भारतमा विक्री भएको तथ्यको प्रमाणिकताको अभाव छ यस स्थितिमा प्रतिवादीलार्ई दावीको अभियोग कायम गरी सजाय गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको नदेखिंदा उल्टी हुने ।
(प्र.नं. २१)
पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री कुमार राज जोशी ।
प्रत्यर्थी तर्फवाटः विद्वान उप सरकारी अधिवक्ता श्री पवन कुमार शर्मा ।
अबलम्वित नजीरः
न्या.केशव प्रसाद उपाध्यायः मेरो प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः
१. मेरो र धनसिंहको गाईगोरु चराउने जंगल एउटै भएको हुंदा गाई चराउने मेरी श्रीमती विर्मा देवीलार्ई मिति ०३६।५।३१ गते जंगलवाट भगाई लगेको र खोजतलास गर्दा धनसिंह नेगीले विर्मा देवीलार्ई भारत हल्दानीमा लगी पन्जावी सरदारसंग विक्री गरेको भन्ने खवर पाई जांदा धनसिंह नेगीले रु.१०००। मा विक्री गरेको मेरो साथमा गहना मानसिंहले राखेको भनी निजले भन्दा जाहेर गर्न आएकी हुं, निज २ जनालार्ई मुलुकी ऐन जिउ मास्ने वेच्ने महलको ४,२ नं. वमोजिम सजाय गरी गहनाको विगो रु.११,१००। भराई पाउं भन्ने समेत व्यहोराको मिति ०३५।११।१६ को मोहनसिंह कुंवरको जाहेरी दर्खास्त ।
२. जाहेरवालाकी श्रीमतीलार्ई ललाई फकाई र गहना धनमाल सहित निजलाई धनसिंह र मैले भारत हल्दानीमा लगी सरदार संग रु.१०००। मा विक्री गरेको समेत हैन । आभथलाका मानिसहरुले हामीहरुलार्ई पक्राउ गर्न खोज्दा भाई धनसिंह भागी गएको कारणवाट जाहेरवालाकी श्रीमतीलार्ई निजले नै भगाएर लगेको हो की जस्तो लाग्छ भन्ने समेत व्यहोराको मान सिंह नेगीको ०३९।११।२६ को प्रहरीमा गरेको वयान ।
३. जाहेरवालाकी श्रीमती हराई खोजतलास गर्दै रहेको अवस्था भारत हल्दानीमा छ भन्ने खवर पाउंदा खोज्न जांदा मानसिंह नेगीले फकाएको धनसिंह नेगीले ३ महिना सम्म स्वास्नी तुल्याई अनि सरदारसंग रु.१०००। मा विक्री गरेको गहना मानसिंहले लगेको हो भनी जाहेरवालाकी स्वास्नी विर्माले भनेको हो भन्ने समेतको धन वहादुर कुंवर समेतका सर्जमिनका मानिसहरुले गरेको सर्जमिन मुचुल्का ।
४. विर्मा देवी धनसिंह नेगीको साथ लागी भारत हल्दानीमा पुगी हाल प्रतिवादी काहां वसेको कुरा मान्नु पर्ने आएता पनि वेच्ने उद्देश्यले मानसिंहले ललार्ई फकाई गरेको भन्ने कुरा ३,४ महिना सम्म स्वास्नी तुल्याई राखेको भन्ने देखिन आएकोले सांचो मान्नु भएन । जहांसम्म लोग्ने स्वास्नी भै भारत वसेको कुरा छ तवसम्म मानिसलार्ई गहना वुझाउने प्रयोजन पनि देखिन्न । तसर्थ मानसिंह माथि मुद्दा चलाउनु पर्ने अवस्था देखिन्न । धनसिंहले ३,४ महिना स्वास्नी तुल्याई वसेको भनी वेचिने स्वास्नीको मुखवाट सुने भनी खोजी गर्न जाने मानिसको भनाइ समेत हामी पहिले स्वास्नी तुल्याई लगी ३,४ महिना लोग्ने भै वसी सकेपछि वेचेको भन्ने कुरा हुंदा आपसमा चाहि नमिली स्वदेशको माइत पठाउन नसकिने परिस्थिति परेको देखिनुका साथै पन्जावीवाट भा.रु.१०००। लिई खाएको भन्ने समेत खुल्न आएकोले पक्रन खोज्दा भागेको भन्ने समेत हुंदा प्रहरीवाट पनि फेला नपरेकोले निज धनसिंहलार्ई नेपाल सरहद भित्र फेला परेमा जिउ मास्ने वेच्ने महलको १ र ५ नं. वमोजिम सजाय गरी पाउं भन्ने समेतको प्रहरी प्रतिवेदन ।
५. यसमा धनसिंह नेगीले आरोपित कसुरमा आफ्नो सबुद प्रमाण कुनै पनि पेश नगरी फरार रहेको र वुझिएका जाहेरवाला तथा सर्जमिनका व्यक्तिहरुले अदालतमा आई धन सिंह नेगी क्षेत्रीले विर्मा देवीलार्ई विक्री गरेको हुन भनी बकी लेखिदिएवाट निज नेगी आरोपित कसुर गरेको होइन भन्ने कुनै आधार नभएवाट निज धनसिंह नेगी क्षेत्रीले प्रहरी प्रतिवेदन माग दावी वमोजिम विर्मा देवीलार्ई विदेश महलमा लगी विक्री गरेको ठहर्छ भन्ने समेतको मिति ०४४।११।१६ को कं.जि.अ. का फैसला ।
६. मैले पुर्पक्ष गर्न नपाउदै मलार्ई प्रतिवादको समेत मौका नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत मलार्ई २० वर्ष कैदको सजाय गरेको फैसला उपर पुनरावेदन गर्नवाट पनि वन्चित हुन पुगेकोले सारै मर्कामा छू । मैले शुरु कं.जि.अ. को त्रुटिपूर्ण फैसला उपर श्री महाकाली अंचल अदालतमा पुनरावेदन अदालतको मौका नपाउंदा कानुनी हकवाट समेत वन्चित हुन पुगेको छू । त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्ने मौका पाउं भन्ने समेत धनसिंह नेगीको श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तिपत्र ।
७. यसमा निवेदनका नाउंमा फैसला हुनु अघि म्याद तामेल भएको छ छैन तामेली म्यादको प्रतिलिपि समेत राखी जाहेर गर्नु होला भन्ने उक्त विन्तिपत्रमा तोक आदेश भै सो तोक आदेशानुसार कैफियत प्रतिवेदन जाहेर हुंदा यसमा व्यहोरा सांचो हो र प्रतिवाद गर्न म्याद गुजारेको मितिले पहिला पटक रहेछ भने जनाउ पाएका मितिले १५ दिनभित्र प्रतिउत्तर सरहको पुनरावेदन दिए लिई कानुन वमोजिम गर्नु भन्ने समेतको हु.प्र.वक्स भै आएको ।
८. जाहेरी दर्खास्त सर्वथा झुटृा व्यहोरा भएको निर्देाष व्यक्ति माथि झुटृा माग दावी लिएको प्रहरी प्रतिवेदन अनुसार कं.जि.अ. ले मलाई २० वर्ष कैद गर्ने गरेको फैसला प्रमाण ऐन २०३१ को दफा ५४ समेतका विरुद्ध हुंदा वदर गरी सफाइ पाउं भन्ने समेत धनसिंह नेगीको प्रतिउत्तर सरहको पुनरावेदनपत्र ।
९. यसमा धनसिंह नेगीले यस अदालत समक्ष प्रतिउत्तर सरह पुनरावेदन दिएको देखिंदा निजको प्रतिउत्तर र प्रमाण समेत हेरी विपक्षका प्रमाण जिकिरको आधारमा निर्णय गर्नु पर्ने देखिएकोले शुरु कं.जि.अ.ले गरेको एक तर्फी फैसला वदर गरि दिएको छ । अव जो जे बुझ्नु पर्ने वुझी ठहर वमोजिम निर्णय गर्नु भनी प्रस्तुत मुद्दा कं.जि.अ. मा पठाई दिने ठहर्छ भन्ने समेतको मिति ०४७।९।१२ को साविक श्री महाकाली अंचल अदालतको फैसला ।
१०. प्रस्तुत जिउमास्ने वेच्ने नियन्त्रण ऐन अन्तरगत चलेको मुद्दामा जाहेरवाला तथा वादी पक्षवाट आरोपमा इन्कार रहेको प्रतिवादीले सो को प्रमाण पुर्याउनु पर्ने प्रष्ट किटानी व्यवस्था गरेको देखिंदा प्रतिवादी धनसिंह नेगीले आफु उपर आरोपित कसुर गरेको होइन भन्ने तथ्ययुक्त कानुनसंगत आधार प्रमाण दिन सकेको नदेखिंदा धनसिंह नेगीले जाहेरवालाकी श्रीमती विर्मा देवीलार्ई भारत हल्दानी लगी विक्री गरेको ठहर्छ निज धनसिंह नेगीलार्ई जिउमास्ने कार्य नियन्त्रण ऐन ०४३ को दफा ८ को उपदफा १ वमोजिम प्र.धनसिंह नेगीलाई १० वर्ष कैद हुने ठहर्छ भन्ने समेतको मिति ०४९।३।३ को कं.जि.अ.को फैसला ।
११. मैले जाहेरवालाकी श्रीमतीलार्ई भारत लगी विक्री गरेको छैन भारतमा लगी सरदार काहां कुन मितिमा कुन ठाउंमा विक्री गरे कसरी आए जस्ले पनि मेरो विरुद्ध वकपत्र गरेको छ तिनीहरुले विर्मावाट सुनी थाहा पाए भनेको छ तर विर्माको अभिलेख कहिंवाट देखिदैन । निजको अस्तित्व नै प्रमाणित नभएपछि त्यस्तो कथनलार्ई किटानी संज्ञा दिई मेरो विरुध्द शुरु अदालतले मलार्ई तोकेको सजाय अन्यायपूर्ण छ सो फैसला स्वीकार्य नहुंदा वदर गरिपाउं भन्ने समेतको प्रतिवादी धनसिंहको पुनरावेदन पत्र ।
१२. प्रतिवादी धनसिंह नेगीले विर्मालार्ई भारत हल्दानीमा लगी विक्री गरेको ठहराई ण्घढ सालको अपराधलार्ई ०४३ सालमा वनेको जिउमास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ८ को उपदफा १ नं. वमोजिम निर्णय गरेको देखिएवाट वादीले अपराध भएको समयमा लागु रहेका जुन ऐन अन्तरगत कसुर गरेको भनी माग दावी गरेको छ । सो दावी वमोजिम निर्णय नै नगरी दावी नै नभएको ऐन लगाई दावी भन्दा वाहिर गै रहेको फैसला मिलेको नदेखिंदा सो फैसला वदर गरि दिएको छ । अव वादी दावीमा सिमित रही अपराध भएको भनेको समयमा प्रचलित ऐन अनुसार जे जस्तो फैसला गर्नु पर्छ गर्नु भनी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने समेतको मिति २०४९।९।५ को पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला ।
१३. यस अदालतका मिति ०४९।३।३ को फैसलामा लेखिएका आधार प्रमाणवाट प्र.धन सिंह नेगीले विर्मा देवीलार्ई भारत हल्दानीमा लगी भारती नागरिक सरदारलार्ई विक्री गरेको ठहर्छ। सो ठहर्नाले वादी दावी दायर भएको अवस्था ०३६ सालमा प्रस्तुत जिउ मास्ने वेच्ने कसुर अन्तरगतको मुद्दामा तत्कालिन प्रचलित मु. ऐन जिउ मास्ने वेच्ने महलको १ नं. नै आकर्षित हुने नै देखिंदा प्रस्तुत मुद्दामा विर्मा देवीलार्ई भारत लगी विक्री गर्ने कसुरदार ठहरिएका प्र.धनसिंह नेगीलार्ई प्रहरी प्रतिवेदन माग दावी अनुसार मु.ऐन जिउ मास्ने वेच्ने महलको १ नं. अनुसार २० वर्ष कैद हुने ठहर्छ भन्ने समेतको मिति ०४९।९।२८ को कं.जि.अ.को फैसला ।
१४. मलार्ई दोषी ठहर गर्दा न्यायको समुचित विश्लेषणकारी भएको फैसला कानुन संगत नहुंदा वदर गरि हक इन्साफ पाउं र तत्काल मुक्त गरी पाउं भनी धनसिंह नेगीको यस अदालतमा पुनरावेदन अदालत परेको पुनरावेदन पत्र ।
१५. यसमा शुरु फैसला गरि मिति ०३६।११।१६ मा गरेको उजुरीमा जाहेरवालाले आफ्नै वडा अर्थात दैजी गा.वि.स. वा.नं. १ आमथला वस्ने अनक गिरीलार्ई समेत साथमा लिई विर्मा देवीको खोजीमा भारत हल्दानी गएको भनेकोमा निज जनक गिरीलार्ई अदालतवाट वुझेको देखिदैन त्यस्तै हल्दानी जाहेरवालाको साथमा जाने अर्को मानिस धनसिंह कुंवरले अदालतमा वकपत्र गर्दा हाम्रो वस्ती वस्ने करवीर की श्रीमती घोलीदेवीले विर्मा देवीलार्ई भा.रु.१०००। मा निजकै पति अधियामा कमाई राखेको मालिक सरदारसंग विक्री गरेको छ भनी त्यही आरोपित कसुर गरेको देखेको भनेको मानिसलार्ई अदालतवाट वुझेको नदेखिंदा अ.वं. १८५ नं. को प्रावधान अनुरुप जिल्ला अदलतले निर्णयाधार समेत उल्लेख गरी फैसला गर्नु पर्नेमा सो अनुरुप भएको नदेखिंदा शुरु जिल्ला अदालतको मिति ०४९।९।२८ को फैसला वदर गरिदिएको छ । अव कानुनले जो जे वुझ्नु पर्ने वुझी प्रतिवादी थूनामा रहेकोलार्ई मध्ये नजर राखी कानुन वमोजिम पुनः इन्साफ गर्नु भनी मिसिल शुरु जि.अ. मा पठाई दिनु भन्ने समेतको ०५०।३।२३ को श्री पुनरावेदन अदालत दिपायल डोटीको फैसला ।
१६. जाहेरवालाकी श्रीमती विर्मादेवीलार्ई भारत हल्दानीमा लगी विक्री गरी मु.ऐन जिउमास्ने वेच्नेको महलको १ नं. को परिभाषित कसुर ठहर्छ सो ठहर्नाले प्र.धनसिंह नेगीलार्ई २० वीस वर्ष कैद हुने ठहर्छ । अर्का भारतीय सरदारका हकमा वतन नै नखुलेको प्रतिवेदन माग दावी उपर कारवाही गर्न नमिल्ने देखिंदा वादी दावी खारेज हुने ठहर्छ भन्ने ०५०।९।२८।४ को कंचनपुर जि.अ. को फैसला ।
१७. जोहरी दरखास्त नै निराधार र दुषित मनसायवाट अभिप्रेरित रहेको देखिएपछि मलार्ई दोषि ठहर गर्न पर्ने न्यायोचित कारण र आधार नरहेको तथ्य तर्फ मेरो सम्मानित अदालत समक्ष निवेदन हो । २० वर्ष सजाय गरेको न्यायोचित नहुंदा शुरु फैसला वदर गरी सफाइ पाउं भन्ने धनसिंह नेगीको पुनरावेदन दिपायल मुकाम महेन्द्रनगरमा दिएको पुनरावेदन पत्र ।
१८. जिउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ को दफा ७ अनुसार प्रमाणको भार प्रतिवादीमा हुने र पु.वे.प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण पुर्याउने दायित्व तर्फ पूर्णतः असफल भएको छ । शुरुले अभिव्यक्त गरेको निर्णयाधार समेतवाट प्र.धन सिंह नेगी लार्ई प्रहरी प्रतिवेदन दावी वमोजिम सजाय गरेको शुरुको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला ।
१९. निरपराध व्यक्तिलार्ई दण्ड दिनु कानुनको उद्देश्य होइन, मलार्ई सजाय गरेको फैसला आधारहीन र अनुचित हुंदा वदर गरि सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी धन सिंह नेगीको पुनरावेदन पत्र ।
२०. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फ वाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री कुमार राज जोशीले समानरुपवाट परेको जाहेरीमा मान सिंह माथि मुद्दा चलाइएको छैन । मुलुकी ऐनको कसुर विदेशमा वसेर गरेमा लागु हुदैन । पिडितले अदालतमा उपस्थित भएर आफ्नो वयान प्रमाणित गराएको छैन । जाहेरवाला सर्जमिनका व्यक्तिहरुले गरेको वकपत्रमा एकरुपता छैन । स्वास्नी मानिसलार्ई कुनै सम्पत्तिको लोभ लालच देखाएको भने देखिन आउदैन । अतः मेरो पक्ष निर्दोष हुंदा कसुरवाट सफाइ पाउनु पर्छ भन्ने समेतको वहस तथा प्रत्यर्थी वादी श्री ५ को सरकारको तर्फवाट विद्वान उप सरकारी अधिवक्ता श्री पवन कुमार शर्माले छूटै प्रकृतिको प्रस्तुत मुद्दा हुंदा कसुरदार ठहराउन यथेष्ट प्रमाण छ । प्रतिवादीले इन्कार गरेको कुरालार्ई पुष्टि गर्न सकेको छैन । विक्री गरेको कुरामा सवैले सहमत साथ वकपत्र गरेको छ । विदेशमा अपराध भएपनि अधिकार क्षेत्र ग्रहण गर्न मिल्छ भन्ने समेतको वहस प्रस्तुत गर्नु भयो ।
२१. यसमा प्र.धनसिंह नेगीलार्ई कसुरदार ठहराई सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको फैसलालार्ई सदर गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ मिलेको छ छैन ? मिसिल अध्ययन गरी विचार गर्दा विर्मा देवीलार्ई प्र. धनसिंहले रु.१०००। मा सरदार पन्जावीसंग विक्री गरेको कुरा पिडित विर्मा देवीले भनेको आधारमा जाहेरी दरखास्त परेको देखिन्छ । त्यस्तै विर्मा देवीकै भनाइलार्ई उल्लेख गर्दै खोज्न जाने भनी भनिएका अम्वर वहादुर वम, जनै गिरी, धन वहादुर कुंवर समेतले प्रहरीमा कागज गरेको र खोज्न जाने मानिसहरुकै भनाइलालार्ई सुनेको आधारमा सर्जमिन लेखाई दिएको आधार प्रमाणवाट प्र. धनसिंह नेगी माथि प्रस्तुत मुद्दा दायर हुन आएको पाइन्छ । दोषी करार गरि भएको फैसलामा श्रीमती विर्मा देवीलार्ई खोजि गर्न गएका व्यक्तिहरुकै भनाइलार्ई मुख्य आधार प्रमाणको रुपमा अगालेको देखिन्छ भने आरोपित कसुरमा चलेको कार्वाहीमा आफ्नो निर्दोषिता प्रमाणित गर्न नसकेको भन्ने आधार लिएको पाइन्छ । यसमा जाहेरवालाको ०३६।६।५ को जाहेरीमा ०३६।५।३१ गते विर्मा देवी भागी वेपत्ता भएको भनी लेखेकोवाट प्रतिवादी उपर किटानी जाहेरी दिन सकेको देखिदैन । जाहेरी दरखास्त र खोज्न जानेहरुको प्रहरी तथा अदालतमा भएको कागजमा खोजी गर्न जानेहरुमा ४ जना रहेको देखिन्छ। तर जाहेरवालाले जाहेरी दिंदा तथा अदालतमा वकपत्र गर्दा समेत म जाहेरवाला लगायत धन वहादुर, अम्वर वहादुर वम, जनै गिरी समेत मिली खोजी गर्न गएको भनी भनेका छन् भने खोजी गर्न जाने अन्य व्यक्ति धन वहादुर, अम्वर वहादुर समेतले जाहेरवालाको वावु महाविर सिंहले समेत ४ जना मिली गएको हो भनी लेखाएका छन् । जाहेरवाला गएको थियो भनेर भन्दैन । त्यस्तै जाहेरवाला मोहन सिंहले वावु महावीर सिंह खोज्न गएको भन्दैन तर महाविर सिंहले म खोज्न गएको र विर्मा देवीलार्ई भेटेको भनी लेखाएका छन । अम्वर वहादुर वमले प्रहरीमा प्र. धनसिंहले विक्री गरेको कुरा विर्मा देवीले भनेको भनी लेखाएको देखिन्छ भने अदालतमा धनसिंह नेगी साथमा विर्मा देवीलार्ई वनवासा पुलमा देखेको र सरदार संग विक्री गरेको कुरा धौलीदेवीवाट थाहा पाएको भनी लेखाएको पाइन्छ । यसरी खोज्न जाने भनिएका व्यक्तिहरुमा नै विवाद देखिन्छ भने निजहरुले प्रहरीमा गरेको कागज तथा अदालतमा गरेको वकपत्रमा एकरुपता रहेको पाइदैन ।यस्तो सामन्जस्यता नरहेको, भनाइ वकाइलार्ई प्रमाणमा लिन मिल्ने देखिएन । विक्रीवाट पत्नी वनेको विर्माले आफना मानिस देखिएपनि निजहरु संग आउने प्रयास सम्म गरेको वा विर्मा देवीलार्ई फकाउने प्रयत्न गरेको भन्ने कसैको भनाई देखिदैन । सामन्जस्यता नभएको खोज्न जानेहरुको भनाइ कै आधारमा लेखिएको सर्जमिनको कथनलार्ई भरपर्दो प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन । जाहेरीमा देखिइएका मानसिंह प्रहरीमा कागज गर्दा प्र. धनसिंहलार्ई सफाइ दिने गरि लेखाई दिएको देखिन्छ । पिडित विर्मा देवीको स्वयं उपस्थिति नदेखिएको र निजले दावीको कुरा समर्थन गर्न सकेको मिसिलवाट देखिदैन । प्रतिवादी कसुरमा इन्कार रही वयान गरेको पाइन्छ । जाहेरवालाकी श्रीमती भारतमा विक्री भएको तथ्यको प्रमाणिकताको अभाव छ यस स्थितिमा प्रतिवादीलार्ई दावीको अभियोग कायम गरी सजाय गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । धनसिंह नेगीले आरोपित कसुरवाट सफाइ पाउने ठहर्छ । यस्मा तपसिल वमोजिम गर्नु ।
तपसिल
प्र.धनसिंह थूनामा रहेकोले अन्य मुद्दावाट थुनामा राख्नु नपरे प्रस्तुत मुद्दावाट छाडि दिनु भनी सम्वन्धित कारागारमा लेखि पठाई दिनु............ १
कसुरदार कायम गरी २० वर्ष कैदको कसैको लगत कटृा गर्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ...... १
मिसिल नियमानुसार गरी वुझाईदिनु... १
उक्त रायमा म सहमत छु ।
न्या.नरेन्द्र वहादुर न्यौपाने
इति सम्वत् २०५३ साल श्रावण २९ गते रोज ३ शुभम्.............