निर्णय नं. ६२८८ - विगो र क्षतिपुर्ति दिलाई पाऊँ

निर्णय नं. ६२८८ ने.का.प.०५३ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०५२ सालको देवानी पुनरावेदन नं. १८०५
फैसला मितिः २०५३।११।२२।४
मुद्दाः विगो र क्षेतिपुर्ति दिलार्ई पाउं ।
वादी
पुनरावेदकः अष्ट्रिया ए. १२०० दिनको स्टर्डनुइ बूरगर आसे ७१।३२ घर भई नेपाल भ्रमण आउनु भएका कार्ल सोवेस बर्गर ।
विरुद्ध
विपक्षी
प्रतिवादीः गण्डकी अंचल कास्की जिल्ला पोखरा नगरपालिका वडा नं. ८ राष्ट्रिय वाल उद्यान स्कुलका संचालक सोम वहादुर वोगटी ।
§ करारको पक्ष वादीले निवेदन दिएपछि निजले सोही मितिवाट नै करारमा उल्लेखित शर्तलार्ई नमानेको मान्नु पर्ने ।
(प्र.नं. ११)
§ करारको शर्तलार्ई नमानेको स्थितिमा करार बमोजिम प्रतिदिन रु.१००। का दरले क्षेतिपुर्ति पाउं भन्ने करारको निरन्तरता छदैछ भन्न नमिली सोही मितिवाट करार ऐन २०२३ को दफा १८(२)(ग) को म्याद ३ महिना भित्र नालेश गर्नु पर्नेमा सो म्याद नघाई आएको नालेशवाट करार वमोजिम गरी दिन मिल्ने नदेखिंने ।
(प्र.नं. ११)
निवेदक तर्फवाटः
विपक्षी तर्फवाटः
अबलम्बित नजीरः
फैसला
न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको मिति २०४९।२।४ गतेको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. म अष्ट्रियन नागरिक नेपाल आउंदा Mercedes in D Model Eny को मिनिवस लिएर आएको थिएं । मिनिवस र पार्टसपुर्जाहरु विपक्षीले कास्की पोखरा नगरपालिका वडा नं. ८ स्थित राष्ट्रिय वाल उद्यान वोर्डिङ स्कुल संचालन गर्नका निम्ति म संगवाट रु.१७,०२८५। मा किन्न मन्जुर गरी ५०,०००। निज विपक्षीवाट वुझी करार भएको छ । मिति २०४३।१२।१४ मा रु.१५,०००। विभिन्न मितिमा रु.५००।, रु.१०००। रु.६००। समेत गरी जम्मा रु.१,४३,५००। मात्र भुक्तानी निजवाट मैले पाएको हुं । यसरी अव वांकी हुन आएका रकम २७,७८५। को १० प्रतिशतका दरले हुन आउने व्याज रु.३,४७३।१० र निजको भएको २०४३।१२।११ को करार अनुरुप मैले पाउने क्षेतिपुर्ति रु.४५,०००। समेत गरी जम्मा रु.७६,२५८।१० पैसा विपक्षीवाट दिलार्ई पाउं भन्ने समेत कार्ल सोवेस वरगरको फिरादपत्र ।
३. मिनिवसको मुल्य रु.१,३२,०००। मा किनी विपक्षीसंग मिनिवस किन्ने वेच्ने सम्वन्धमा करार भएको हो । करार हुंदा रु.५०,०००। सोही दिन दिने रु.३०,०००। करार भएको ३ दिनमा दिने र वांकी रकम रु.५२,०००। वि.सं. २०४४।६।८ मा तिर्नुपर्ने शर्तमा करार भएको थियो । करार अनुसार पहिलो किस्ता सोही दिन रु.५०,०००। र दोस्रो किस्ता २०४३।१२।१३ गते रु.३०,००० हाम्रो इमान जमान अनुसार विपक्षीलार्ई विना भरपाइ दिएको थिए । मैले शर्त अनुसार विपक्षीलार्ई रकम विना भरपाइ विपक्षी माग आएका समय सम्ममा वुझाई सकेको थिएं । मैले मिनिवस वाहेक अन्य सामानवाट पुर्जाहरु किनेको पनि छैन र राखेको पनि छैन । विपक्षीले नै मिति २०४४।१०।२७ गतेमा पैसा माग्न आउंदा रु.२८,०००। दिंदा अव पैसा चुक्ता भयो भनेकोले पैसा पुरा भएको थाहा पाएं । विपक्षीले आफ्नो फिरादीले व्याज रु.३,४७३।१० र क्षेतिपुर्ति रु.३५,०००। पाउनु पर्ने भनी उल्लेख गरेको छ तर हाम्रो करारमा कहि कतै पनि व्याजको उल्लेख भएको छैन । मिति २०४३।१२।११ गतेको करार अनुसारको रकम मैले विपक्षीवाट दिइसकेको छु । मैले शर्त अनुसार क्षेतिपुर्ति दिनु पर्ने होइन । विपक्षीको फिराद हदम्याद भित्रको पनि छैन । तसर्थ विपक्षीको झुटृा फिराद दावीवाट अलग फुर्सद दिलार्ई पाउं भन्ने समेत प्रतिवादी सोम वहादुर वोगटीको प्रतिउत्तर पत्र ।
४. वादीले पहिला करार वमोजिम क्षेतिपुर्ति रु.२१,०००। र दोस्रो करार वमोजिम र दावी अनुसार रु.२७,७८५। को सांवा व्याज प्रतिवादीवाट भराई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कास्की जिल्ला अदालतको मिति २०४६।१०।१९ गतेको फैसला ।
५. विपक्षीसंगको मिति २०४३।१२।११ र २०४४।१।१ गतेको करार र मुल्य सुचि अनुसारको विपक्षीको फिराद करार ऐन, २०२३ को दफा १८(२) (ग) वमोजिमको हदम्याद भित्र नपरेको हुंदा मैले विपक्षीलार्ई जरिवाना र क्षेतिपुर्ति दिनु पर्ने भनी गरेको कास्की जिल्ला अदालतको अन्याययुक्त फैसला वदर गरी विपक्षीका झुटृा दावीवाट अलग फुर्सद दिलार्ई पाउं भन्ने प्रतिवादी राष्ट्रिय वाल उद्यान स्कुलका संचालक पद्म वहादुर वोगटीको पुनरावेदन पत्र ।
६. हदम्यादको विषयमा शुरु फैसला त्रुटि रहितको भन्न नमिलेकोले अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत, नियमावली, २०४८ वमोजिम छलफलका निम्ति विपक्षीलार्ई झिकाई आएपछि वा अवधि नाघेपछि नियम वमोजिम गर्नु भन्ने समेत व्यहोराको मिति २०४८।१२।११ को पुनरावेदन अदालत, पोखराको आदेश ।
७. पक्षहरु वीचको मिनिवस सम्वन्धी करारको रकम सम्वन्धमा करार कै शर्त अनुसार करार भएको ६ महिना भित्र नवुझाई वांकी रहन आएको रकमको सम्वन्धमा २४।९।१९८७ अर्थात् मिति २०४४।६।११ गते देखि करार सम्वन्धी ऐन २०२३ को दफा १८(२) (ग) अनुसार मुद्दा गर्नु पर्ने कारण शुरु भएको मान्नु पर्ने देखिन आयो । सो को ३ महिना भित्र फिराद फिराद नपरेको हुंदा सो सम्वन्धी दावी खारेज हुने ठहर्छ ।
८. पार्टस् सम्वन्धी करारको सम्वन्धमा १४।४।१९८७ तदनुसार २०४४।१।१ देखि ६ महिना भित्र रकम वुझाइसक्नु पर्ने भनी लिखतमा उल्लेख रहेको देखिन्छ सो को ६ जना पछि मितिवाट नै मुद्दा गर्नु पर्ने कारण सृजना भएको मान्नु पर्ने देखिन आएकोले सो करारको रकम को वादी दावी पनि करार ऐन २०२३ को दफा १८(२) (ग) को हदम्याद भित्र परेको नदेखिंदा वादी दावी खारेज हुने ठहर्छ । शुरु अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पोखराको मिति २०४९।२।४ मा भएको फैसला ।
९. उक्त फैसलामा चित वुझेन विपक्षीले गरेका कवुलियत अनुसार भुक्तान नगरेको हुंदा मैले २०४५।१।१४ गते मात्र अंचलाधीश कार्यालयमा निवेदन दिएको थिए । सो निवेदन उपर कारवाही हुंदा तत्कालिन अंचलाधीश कार्यालयमा रुपैया तिरी सकेको छु भनी इन्कार गरेको हुंदा विपक्षीले उक्त करार वमोजिमको विगो र क्षेतिपुर्ति तिर्न वुझाउन इन्कार गरेपछि मात्र मलार्ई मुद्दा गर्नु पर्ने कारण परी मैले सो को म्याद ३ महिना भित्रै फिराद दायर गरेको छु । तसर्थ शर्त अनुसारको रुपैया भुक्तान नगरेपछि मात्र मुद्दा गर्नु पर्ने कारणको सृजना हुने हो । उक्त कुरा ने.का.प. २०४४ भाग २९ अंक २ नि.नं. २९८८ ज्ञान वहादुर प्रधान वि. कोरियन विमल पर्मेन्ट कर्पोरेशन समेत भएको हिसाव दिलाई पाउं भन्ने मुद्दामा सिद्धान्त समेत प्रतिपादित भइसकेको छ । पुनरावेदन अदालत, पोखराले उक्त सिद्धान्त समेतको प्रतिकुल हुने गरी इन्साफ गरेको छ । उक्त त्रुटिपुर्ण फैसला वदर गरी मेरो वादी दावी वमोजिम उक्त विपक्षी र मेरो वीचमा भएको करार वमोजिमको विगो र क्षेतिपुर्ति समेतको रकम विपक्षीवाट दिलार्ई भराई दिने समेतको हक इन्साफ गरी न्याय पाउं भन्ने समेत व्यहोराको सोवेस वर्गरको पुनरावेदन पत्र ।
१०. यसमा २४।३।१९८७ तदनुसार मिति २०४३।१२।११ को करारको शर्तमा पछिल्लो रकम रु.५२,०००। २४ सेप्टेम्वर १९८७ सम्म तिर्नु पर्ने र सो अवधि भन्दा वढी लाग्ने समयको रु.१०० प्रति दिनको हिसावले तिर्नुपर्ने गरी करार भएको देखिंदा अन्तिम किस्ता रकम तिरेको मितिले ३ महिना भित्र नालेश गर्नु पर्ने नगरेको भनी नालेश खारेज गरेको पुनरावेदन अदालत, पोखराको फैसला नमिली फरक पर्ने देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासवाट मिति २०५१।१२।२८ मा भएको आदेश ।
११. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत, पोखराको फैसला मिलेको छ, छैन निर्णय दिनु पर्ने हुन आयो ।
१२. विपक्षीले म संग मिनीवस र पार्टस् पुर्जाहरु रु.१,७०,२८५। मा किन्न मन्जुर गरी ५०,०००। (पचास हजार) निज विपक्षीवाट वुझी करार भएको छ । विभिन्न मितिमा गरी जम्मा रु.१,४३,५००। मात्र भुक्तानी निजवाट मैले पाएको छु । मैले पाउनु पर्ने वांकी हुन आएको रकम र क्षेतिपुर्ति रकम समेत गरी जम्मा रु.७६,२५८।१० विपक्षीवाट दिलाई पाउं भन्ने वादी र मैले विपक्षीलार्ई करारको शर्त अनुसार विभिन्न मितिमा रकम दिइसकेको छु । मैले शर्त अनुसार क्षेतिपुर्ति दिनु पर्ने होइन । विपक्षीको फिराद हदम्याद भित्रको पनि छैन तसर्थ विपक्षीको फिराद दावी झुटृा हो भन्ने प्रतिवादी भएको प्रस्तुत मुद्दँमा वादी प्रतिवादी दुवै वीच करार भएकोमा विवाद छैन । यो पुनरावेदक वादीले गण्डकी अंचलाधीश कार्यालयमा क्षेतिपुर्तिको रकम समेत देखाई करार वमोजिमको वांकी रकम र क्षेतिपुर्तिको रकम समेत दिएन दिलार्ई पाउं भनी मिति २०४५।१।१४।३ मा निवेदन दिएको देखिन्छ । यसरी करारको पक्ष वादीले निवेदन दिएपछि निजले सोही मितिवाट नै करारमा उल्लेखित शर्तलार्ई नमानेको मान्नु पर्ने हुन आयो । करारको शर्तलार्ई नमानेको स्थितिमा करार वमोजिम प्रति दिन रु.१००। का दरले क्षेतिपुर्ति पाउं भन्ने करारको निरन्तरता छदैछ भन्न नमिली सोही मितिवाट करार ऐन, २०२३ को दफा १८(२)(ग) को म्याद ३ महिनाभित्र नालिश गर्नु पर्नेमा सो म्याद नघाई आएको नालेशवाट करार वमोजिम गरी दिन मिल्ने नदेखिंदा पुनरावेदन अदालत, पोखराले फिराद हदम्याद नाघी आएको भनी खारेज गरेको हदसम्म फैसला मिलेको देखिंदा सदर हुन्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.इन्द्रराज पाण्डे ।
इति सम्वत् ०५३ साल फाल्गुन २२ गते रोज ४ शुभम..........