शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२२० - जबर्जस्ती करणी

भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक:

नेकाप २०७१, अङ्क ८

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

फैसला मिति : २०७१।३।२४।३

०६६–CR–०३८२

 

मुद्दा : जबर्जस्ती करणी ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, शान्तिनगर गा.वि.. वडा नं. १ मा घर भै हाल कारागार कार्यालय, झापामा थुनामा रहेका बिरू भन्ने बीरबहादुर मगर

विरूद्ध

प्रत्यर्थी/वादी : जिल्ला झापा, सतासीधाम गा.वि.. वडा नं. ९ बस्ने सनमाया खपाङ्गी मगरको जाहेरीले नेपाल सरकार

 

§  जबर्जस्ती करणीमा वीर्य स्खलन हुनु स्वभाविक हुन्छ तर वीर्य स्खलन हुनैपर्छ भन्ने अनिवार्यता भने हुँदैन । मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को स्पष्टीकरणको () मायोनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछभन्ने स्पष्ट कानूनी प्रावधान रहेको देखिन्छ । तसर्थ, जबर्जस्ती करणीको विवादमा वीर्य स्खलन पनि एउटा प्रमाण हो तर वीर्य स्खलन नहुँदैमा जबर्जस्ती करणी नहुने भनी यसलाई अनिवार्य तत्त्वको रूपमा कानूनले राखेको नभई योनीमा लिङ्ग केही भागमात्र प्रवेश गरे पनि जबर्जस्ती करणीको वारदात हुन पर्याप्त हुने । पीडित बालिकाको Post Fourchette मा Redness देखिनुले योनीमा लिङ्ग रगडेको र केही मात्रा मै भए पनि प्रवेश गरेको मान्नुपर्ने नै   हुन्छ । यसप्रकार, पुनरावेदक प्रतिवादीले अनुसन्धानको सिलसिलामा आरोपित कसुरमा साबित रही गरेको कागजलाई पीडित बालिकाको Post Fourchette मा Redness देखिनु र पीडितले यी प्रतिवादीलाई किटानी पोल गर्नुबाट सम्पुष्टि (Corroboration)  भई रहेको यस अवस्थामा प्रतिवादिले पीडितलाई जबर्जस्ती करणी गरेको नै देखिने ।

(प्रकरण नं.)

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट : वैतनिक विद्वान्अधिवक्ता हरिशंकर कर्ण

प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान्उपन्यायाधिवक्ता भरतराज शर्मा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं., () नं, १० नं.

 

सुरू तहमा फैसला गर्ने

मा.जि.न्या.श्री अवधविहारीप्रसाद सिन्हा

पुनरावेदन तहमा फैसला गर्नेः

            मा.न्या.श्री पुरूषोत्तम पराजुली

            मा.न्या.श्री केशवप्रसाद मैनाली

 

फैसला

न्या. बैद्यनाथ उपाध्याय : न्याय  प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०६६।२।२७ को फैसलाउपर प्रतिवादीबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यसप्रकार छ :

मिति २०६३।१०।१ गते साँझ ६ बजेको समयमा मेरी नाबालिका नातिनी वर्ष १२ की मन्जिला खपाङ्गी मगरलाई जिल्ला झापा, शान्तिनगर गा.वि.स वडा नं. १ बस्ने बिरू मगरले वर्षेनी लाग्ने माइमेलाका दिन माइपारीको जङ्गलमा अरूणा दिदीलाई खोज्न जाउँ भनी झुक्याएर जिल्ला झापा, सुरूङ्गा गा.वि.. वडा नं. ८ स्थित माइपारीको जङ्गलमा लगी मुखसमेत बन्द गरी जबर्जस्ती करणी गरेको हुँदा निजलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त ।

जिल्ला झापा, सुरूङ्गा गा.वि.. वडा नं. ८ स्थित पूर्व ५०० मिटर पर गाउँ, पश्चिम चिहानघारी, माइखोला, दक्षिण कोटीहोम माथिको सिसौको घारी जङ्गल, उत्तर सिसौको झाडी बुट्यानको बीचमा गोरेटो बाटोको दक्षिण घारीभित्र १०/१२ फुटजति जङ्गलको घारी माडिएको भन्ने घटनास्थल मुचुल्का ।

मन्जिला खपाङ्गी मगरको Post Fourchette मा Redness (रातोपना) देखिन्छ, करणी भएको हो होइन यकिनसाथ भन्न सकिन्न भन्ने मेची अञ्चल अस्पतालको शारीरिक परीक्षण प्रतिवेदन ।

मिति २०६३।१०।१ गतेको दिन म आमाहरूसँग माइमेला गएको थिएँ र माइमेलामा जिल्ला झापा, शान्तिनगर गा.वि.. वडा नं. १ बस्ने बिरू मगरसँग आमाहरूको भेट भई निजले अरूण मगरसँग भेटाई दिनुहोस् भनेको हुँदा खोलापारी राखेको दिदीको दोकानमा पुर्याई भेट भएपछि बिरू र अरूणाबीच कुराकानी भयो । त्यसपछि मेला घुम्न जाउँ भनी मलाई लिई बेलुका अन्दाजी ६ बजेको समयमा जङ्गल घारीमा पुर्याई म जान्न भन्दा निजले मेरो मुख थुनी मलाई कराउन बोल्नसमेत नदिई जङ्गलको घारी भुइँमा लडाई कराएमा ज्यान मार्ने डर देखाई मैले लगाएको पेन्ट, कट्टुसमेत खोली निजले लगाएको पेन्ट खोली निजको लिङ्गले मेरो योनीमा जबर्जस्ती प्रवेश गराई जबर्जस्ती करणी गरी निज घटनास्थलबाटै फरार रहेको हुँदा पक्राउ गरी कानूनबमोजिम कारवाही गरी पाउँ भन्ने पीडित मन्जिला खपाङ्गी मगरको कागज ।

मिति २०६३।१०।१ गतेको दिन माइमेला गएका थियौं । बेलुकी अं. .३० बजेको समयमा घरतिर आउने क्रममा माइखोलाको पुलबाट पश्चिमतर्फ आइरहेको अवस्थामा एकजना बालिका रूँदै आएको देखी सोद्धा मेरो घर जिल्ला झापा, झिलझिले गा.वि.. वडा नं. ९ मा पर्छ । मेरो नाम मन्जिला खपाङ्गी मगर हो भनी बताएको र किन रोएकी भन्दा मलाई जिल्ला झापा, शान्तिनगर गा.वि.. वडा नं. १ बस्ने बिरू मगरले जङ्गलमा लिई गई मेरो मुख थुनी मलाई जबर्जस्ती करणी गरेको भनी बताएको हुँदा निज मन्जिला खपाङ्गी मगरको आफ्नो मान्छे मेला बजारमा खोजतलास गर्दा फेला नपरेकाले आफ्नो गाउँमा ल्याई सरिता सुब्बाको घरमा राखी मिति २०६३।१०।२ गते बिहान निजको छिमेकी दिदीको जिम्मा लगाई निजलाई घर पठाइदिएको हो । निजलाई जबर्जस्ती करणी गर्ने बिरू मगरलाई कारवाही गरी पाउँ भन्नेसमेतको कल्पना देवानको

कागज ।

मिति २०६३।१०।१ गते मलगायत कल्पना देवानसमेत माइमेलामा गएका थियौं । यस्तैमा बेलुकी अं. .३० बजेको समयमा पारिबाट वारि हुँदै घर आउने क्रममा पुलको बीच भागमा आइपुग्दाका अवस्थामा एकजना बालिका रूँदै आएको देखी सोधपुछ गर्दा मेरो नाम मन्जिला खपाङ्गी मगर, घर झिलझिले ९ मा पर्छ भनेकी र किन रोएकी भनी सोद्धा मलाई शान्तिनगर-१ बस्ने बिरू मगरले जङ्गलमा लगी मुखसमेत थुनी डरत्रास देखाई जबर्जस्ती करणी गरेको भनेको हुँदा थाहा पाएको हो, निजको आफन्त मानिस मेलामा छन् कि भनी खोजतलास गर्दा फेला नपरेकाले निजलाई मेरो घरमा लिई गई राखी मिति २०६३।१०।२ गते बिहान निजको छिमेकी दिदीको जिम्मा लगाई निजलाई घरमा पठाएको हो । नाबालिकालाई डर त्रास देखाई जबर्जस्ती करणी गर्ने बिरू मगरलाई कारवाही गरी पाउँ भन्ने सरिता सुब्बाको कागज ।

मिति २०६३।१०।१ गतेको दिन म साथीहरूसँग माइमेला गएको थिएँ र साथीहरूसँग माइमेला घुम्दा जिल्ला झापा, शान्तिनगर-१ बस्ने बिरू मगरले मेरो काकाको छोरी वर्ष १२ की मन्जिला खपाङ्गी मगरसँग भेट भएको र निजले मेला घुम्न जाउँ भन्दा मेरो साथीहरू पनि छ, तपाईंं मेला घुम्न जानुहोस् भन्दा म मेला घुमेर आउँछु यही बसी राख्नु भनी भनेको हुँदा केही बेरसम्म मेला घुम्न जानुहोस् भन्दा म मेला घुमेर आउँछु यहीं बसी राख्नु भनी भनेको हुँदा केही बेरसम्म बस्दा नआएकोले म र साथीहरू मेला घुमी घरतिर आएको, मैले बहिनी मन्जिलालाई घरतिर लिई आउँन खोज्दा बिरू मगरले एकछिन मेला घुमाई लिई आउँछु भनी मेलातिर लगेकोमा बेलुकी म आफ्नो घरमा आउँदा काकीले खोई मन्जिला भनी सोद्धा मैले बिरू मगरसँग हिंडेको थिइन् भनी बताएको र मिति २०६३।१०।२ गते बिहान मन्जिला खपाङ्गी मगर छिमेकी दिदी रिता अधिकारीसँग घरमा आई हामीले सोधपुछ गर्दा मलाई जिल्ला झापा शान्तिनगर-१ बस्ने बिरू मगरले सुरूङ्गाको जङ्गलमा लिई गई मेरो मुख थुनी बोल्न कराउनसमेत नदिई डरत्रास देखाई जबर्जस्ती करणी गरेको भनी बताएपछि मलाई थाहा भएको हो । निज प्रतिवादी बिरू मगरलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी पाउँ भन्नेसमेत अरूणा खपाङ्गी मगरको कागज ।

जाहेरी दरखास्तमा लेखिएको प्रतिवादी जिल्ला झापाशान्तिनगर-१ बस्ने बिरू मगरको खास नाम बीरबहादुर मगर हो र मिति २०६३।१०।१ गते जाहेरवाली सनमाया खपाङ्गी मगरको नातिनी वर्ष १२ की मन्जिला खपाङ्गी मगर पनि आमाहरूसँग माइमेला गएको अवस्थामा माइमेलामा बिरू मगर भन्ने बीरबहादुर मगरसँग भेट भएपछि मन्जिला खपाङ्गी मगरलाई अरूण दिदीलाई भेटाइ दिनु भनी सँगसाथ पठाएकोमा माइमेलामा मिठाइसमेत किनी दिई ललाई फकाई बेलुका अं. .३० बजेको समयमा सुरूङ्गा गा.वि.. वडा नं. ८ स्थित जङ्गलमा लिई गई प्रतिवादी बिरू मगर भन्ने बीरबहादुर मगरले मन्जिला खपाङ्गी मगरको मुख थुनी बोल्न कराउनसमेत नदिई जबर्जस्ती करणी गरी घटनास्थलमा छाडी गएको भन्ने सुनी थाहा पाएको हो भन्ने देवीप्रसाद सुवेदीसमेतले गरी दिएको वस्तुस्थिति मुचुल्का ।

जिल्ला झापा, शान्तिनगर गा.वि.. वडा नं. १ बस्ने सन्तबीर मगरको छोरा बीरबहादुर मगरको कि.नं. २२० मा ०--१६ क्षेत्रफल, कि.नं. २१८ मा क्षेत्रफल ०--१६ र कि.नं. ७४१ मा ०--११ क्षेत्रफलका जग्गाहरू रोक्का राखिएको भन्ने मालपोत कार्यालय, झापाको च.नं. ५१२५ मिति २०६३।१०।२६ को पत्र ।

जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडित मन्जिला खपाङ्गी मगरको शारीरिक परीक्षण प्रतिवेदन, वस्तुस्थिति मुचुल्कासमेतका प्रमाणहरूबाट २०६३।१०।१ गते बेलुकी अं. .३० बजेको समयमा प्रतिवादीले वर्ष १२ की मन्जिला खपाङ्गी मगरलाई जबर्जस्ती करणी गरेको पुष्टि भएको हुनाले प्रतिवादी बीरबहादुर मगरलाई मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को कसुरमा ऐ. को ३() नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

मिति २०६३।१०।१ गते साँझ ६ बजेको समयमा मैले मन्जिला खपाङ्गीलाई माइपारीको जङ्गलमा लगी लडाई निजले लगाएको पेन्टी, कट्टु खोल्न खोज्दा निज कहालिँदै कराउँदै भागेकी हुँदा जबर्जस्ती करणी गर्न सफल भइन् । पीडितलाई यसअघि करणी गरेकी छैन, करणी गर्ने प्रयास मात्र गरेको हुँदा अभियोग दावीबमोजिम सजाय नहुनुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीको अदालतमा भएको बयान ।

पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा अ.बं. ११८() नं. बमोजिम प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने झापा जिल्ला अदालतको मिति २०६४।२।२७ को आदेश ।

आदेशानुसार जाहेरवाली सनमाया खपाङ्गी मगर, पीडित मन्जिला खपाङ्गी मगर, घटना विवरण कागज गर्ने कल्पना देवान

र सरिता सुब्बा, वस्तुस्थिति मुचुल्काका धनन्जय अधिकारी, देवीप्रसाद सुवेदी र महाप्रसाद खतिवडाले गरेको बकपत्र मिसिल सामेल रहेको ।

यसमा जाहेरवालीसमेतले बकपत्र गर्दा जबर्जस्ती करणी गरेको भनी पोल गरेको भए पनि पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा पीडितको Post fourchette मा Redness मात्र उल्लेख भएबाट जबर्जस्ती करणी गरेको अवस्था पुष्टि नभई प्रतिवादीले पीडितलाई जबर्जस्ती करणीको ५ नं. बमोजिम जबर्जस्ती करणीको उद्योग गरेको ठहरी सजायको हकमा १२ वर्षको बालिकालाई जबर्जस्ती करणीको उद्योग गरेकाले करणीको महलको ३() नं. ले हुने सजायको आधा प्रतिवादीलाई ऐ. को ५ नं. बमोजिम ४ वर्ष कैद हुने र जबर्जस्ती करणी गर्यो भन्ने दावी पुग्न सक्तैन भन्ने सुरू झापा जिल्ला अदालतको मिति २०६५।३।२४ को फैसला ।

यसमा वारदात स्थापित भएको देखिएको, मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को स्पष्टीकरण खण्डमा र Modi लगायतका Medical Jurist समेतले जबर्जस्ती करणीको वारदातमा पुरूष लिङ्गले महिलाको जननेन्द्रिय छुनु नै पर्याप्त हुने उल्लेख गरेको, प्रतिवादीले पीडितलाई माइमेलाबाट जङ्गलतर्फ लगी जबर्जस्ती करणी गरेको र सो कुरा कल्पना र सरितालाई भनेपछि त्यस रात आफ्नै घरमा राखी पीडितलाई भोलिपल्ट घर पठाएको, पीडित नातिनीले घरमा आई भनेको कुरा मनमाया खपाङ्गीले भनेको, सरिता र कल्पनाको बकपत्रले पनि सो तथ्य स्पष्ट पुष्टि गरी जबर्जस्ती करणीको घटना स्थापित भई रहेकोमा सुरू अदालतले जबर्जस्ती करणीको उद्योगमा मात्र प्रतिवादीलाई सजाय गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबमोजिम प्रतिवादीलाई सजाय गरी पाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदनपत्र ।

मैले पीडितलाई एकपटक करणी गरेपछि पुनः करणी गर्न खोज्दा पीडित भागेको भन्ने तथ्य वादी पक्षले पुष्टि गर्न नसकेको, पीडितको शारीरिक परीक्षण गर्दा जबर्जस्ती करणी भएको कुनै असर पीडितको योनीमा नदेखिएको, मैले बयानमा पीडितलाई करणी गर्ने उद्देश्यमात्र राखेको भनेको छु, करणी गर्ने उद्देश्यमात्र राख्नु करणीको उद्योग हुन नसक्ने अवस्था हुँदाहुदै सुरू अदालतले मलाई जबर्जस्ती करणीको उद्योगमा गरेको सजाय त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत, इलाममा परेको पुनरावेदनपत्र ।

यसमा दोहोरो पुनरावेदन परेको देखिँदा पुनरावेदनको प्रतिलिपिसमेत संलग्न राखी पुनरावेदन परेको व्यहोरा एक अर्कालाई जानकारी सूचना पठाई प्रतिवादी पक्षबाट बहस पैरवी गर्न वैतनिक अधिवक्तालाई समेत सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६६।२।१० को आदेश ।

प्रतिवादीले जाहेरवालाको नाबालिका छोरीलाई ललाईफकाई गरी एकान्तस्थलमा लगी अनुचित ढङ्गले जबर्जस्ती करणी गरेको भनी कारवाहीको लागि किटानी जाहेरी दिएको सिलसिलाबाट अनुसन्धान तहकिकात हुँदा पीडित नाबालिका बच्चीले आफूप्रति भएको कसुरजन्य घटनाको सिलसिलाबद्ध ढङ्गबाट व्यहोरा खुलाई लेखी दिएको र घटना प्रकृति व्यहोरा एवम्चिकित्सक जाँचको व्यहोराबाट बच्चीको शरीरमा विभिन्न प्रकारले भुइँमा सुताउँदाबाट परेको निसाना एवम्योनीमा वीर्य झरेको देखिँदा कसुरै भएको होइन भन्ने प्रतिवादीको पुनरावेदन जिकिरलाई समर्थन गर्न सकिने अवस्था नरही कसुर गरे भएकै देखियो र पीडित बच्चीको अदालतको बकपत्रबाट समेत योनीमा लिङ्ग रगडेको र योनीको झिल्ली फाटेको एवम्रातोपना भएको भन्नेसमेतको परीक्षण प्रतिवेदनबाट करणी कार्य सम्पन्न भएको अर्थात जबर्जस्ती करणीको महलको १() नं. को व्यवस्थाले आरोपित कसुर भए गरेकै मान्नुपर्ने हुन आएको अवस्थामा सुरू अदालतबाट उद्योगसम्मको कसुर ठहराएको फैसला त्रुटिपूर्ण देखिएकाले सो फैसला केही उल्टी भै अभियोग

दावीबमोजिम नै कसुर ठहरी सो अनुसार नै सजाय हुनुपर्ने देखियो । अतः सुरू झापा जिल्ला अदालतबाट मिति २०६५।३।२४ मा भएको फैसला केही उल्टी भै प्रतिवादी बीरबहादुरलाई जबर्जस्ती करणीको महलको १() नं. को कसुरमा ऐ. को ३() नं. ले कैद वर्ष १० सजाय हुने र रू. २५०००।- पीडितलाई निजबाट ऐ. को १० नं. ले क्षतिपूर्ति भराई दिनेसमेत ठहर्छ भन्ने पुनरावेदन अदालत, इलामको मिति २०६६।२।२७ को  फैसला ।

पुनरावेदन अदालत, इलामको फैसलामा चित्त बुझेन । मैले पीडित मन्जिला खपाङ्गी मगरलाई करणी गरेको छैन । माइखोलामा आमाका साथ रहेकी पीडितलाई दिदी अरूणासँग मेरो भेट गराउन निजको आमाले पठाएकी हुन् । दिदी अरूणासँग भेट भएपछि पुनः मेला घुम्दा करणी गर्ने उद्देश्यसम्म राखेको हुँ । सो राख्नु र तयारी गर्नु अपराध होइन । फैसलाको निर्णयाधारमा योनीमा वीर्य झरेको भनी उल्लेख भएको भए तापनि चिकित्सक जाँच प्रतिवेदनमा योनीमा वीर्य रहेको भन्ने उल्लेख छैन । जङ्गलमा करणी गरेको स्थानमा झाडी मडारिएको भन्ने भए पनि पीडितको शरीरको कुनै पनि भागमा चोट पटक भएको पाइँदैन । योनीमा घाउ,

चोटपटक लागेको देखिँदैन । करणी गरेको हो होइन यकिन भन्न सकिँदैन भन्नेसमेत कुरा शारीरिक जाँचको रिपोर्टमा प्रष्ट छ । मैले पीडितलाई करणी गरेको हो भन्न लगाई मलाई फसाउने कार्य भएको छ । पीडितले भनेको सुनेरमात्र अन्य कुरा लेखाई दिएका छन् तर यो बेलामा पीडितको भनाईलाई पुष्टि गर्ने भनेको निजको शारीरिक जाँच नै हो, तर शारीरिक जाँचबाट करणी गरेको कुरा नदेखिएपछि पीडितको भनाई सिलसिलेवार र सत्यमा आधारित थियो भनी केवल अनुमानका भरमा मलाई दोषी करार गर्न मिल्ने होइन । पीडितले अदालतमा गरेको बकपत्रमा योनीमा लिङ्ग रगडेको भन्ने कुरा उल्लेख गरेकी छन् भनी निर्णयाधारका रूपमा उल्लेख गरिएको छ । लिङ्ग प्रवेशमात्र जबर्जस्ती करणी हुने र अन्य अवस्थामा उद्योग ठहर्ने अवस्था हुन्छ । मैले करणी गर्ने उद्देश्यसम्म राखी सोच्नुले अपराध हुने अवस्था रहँदैन । अपराध हुनका लागि मनसाय र कार्य भएको हुनुपर्दछ । तर मैले मनसाय राखेको भए पनि कार्य नभएको अवस्थामा पीडितले भनेको कुरालाई मात्र आधार मान्न सकिँदैन । शारीरिक परीक्षणमा झिल्ली फाट्नु र रातोपना देखिनुले मात्र जबर्जस्ती करणी भएको भनी मान्न मिल्दैन । तसर्थ, बिनाआधार प्रमाण अभियोग माग दावीबमोजिम सजाय गर्ने गरी पुनरावेदन अदालत, इलामबाट मलाई १० वर्ष सजाय गर्ने र रू.२५,०००।- क्षतिपूर्ति दिलाउने गरी भएको मिति २०६६।२।२७ को फैसला उल्टाई सफाइ पाउने गरी हक इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।

मेची अञ्चल अस्पताल, भद्रपुर झापाले मिति २०६३।१०।५ मा पीडित मन्जिला खपाङ्गीको शारीरिक परीक्षण गर्दानिजको जबर्जस्ती करणी भएको हो होइन यकिन साथ भन्न नसिकनेभनी शारीरिक परीक्षणको रिपोर्ट प्राप्त भएको अवस्थामा प्रतिवादीलाई जबर्जस्ती करणीको महलको १() नं. को कसुरमा ऐ. को ३() नं. बमोजिम सजाय हुने ठहर्याएको पुनरावेदन अदालत, इलामको मिति २०६६।२।२७ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण देखिँदा मुलुकी ऐन, .बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६८।१२।२२ को आदेश ।

पुनरावेदक प्रतिवादी बीरबहादुर मगरको तर्फबाट प्रतिरक्षा गर्नको लागि वैतनिक कानून व्यवसायी नियुक्त गरी दिएको छ । वैतनिक कानून व्यवसायीलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।२।११ को आदेश ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित वैतनिक विद्वान्अधिवक्ता श्री हरिशंकर कर्णले प्रतिवादीले अदालतसमक्ष गरेको बयानमा पीडितलाई घटनास्थलमा लगेको तर निजको कट्टु फुकाल्न लाग्दा भागी गएकाले करणी गर्न नपाएको भनी उल्लेख गरेको छ । चिकित्सकको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पीडित भनिएकी मन्जिला खपाङ्गीको योनीमा वीर्य रहेको भन्ने उल्लेख छैन । अपराध हुनका लागि मनसाय र कार्य भएको हुनुपर्ने हुन्छ तर प्रतिवादीले मनसाय राखेको भए पनि कार्य नभएको अवस्थामा पीडितले भनेकै आधारमा कसुर ठहर गर्नु अन्याय हुन जान्छ । शारीरिक परीक्षण प्रतिवेदनमा रातोपना देखिनुले मात्र जबर्जस्ती करणी भएको भनी मान्न मिल्दैन । प्रतिवादीलाई जबर्जस्ती करणीको उद्योगसम्म ठहर गर्नुपर्नेमा जबर्जस्ती करणी गरेको ठहर गरेको पुनरावेदन अदालत, इलामको फैसला कानूनी त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्छ भनी बहस गर्नुभयो । प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान्उपन्यायाधिवक्ता श्री भरतराज शर्माले प्रतिवादीउपर किटानी जाहेरी परेको, पीडितले किटानीरूपमा गरेको बकपत्र, प्रतिवादीको जबर्जस्ती करणी गर्ने हेतुले कट्टु खोली करणी गर्न खोजेको भन्ने साबिती, Post fourchette मा Redness भन्ने पीडितको शारीरिक परीक्षण प्रतिवेदन र करणी गर्ने इच्छा वा मनसायले पूर्णता प्राप्त गरेको क्रियालाई अपराधले पूर्णता पाएको अवस्था अर्थात Commission of the Crime कारूपमा लिनुपर्ने (ने.का.. २०६६, अङ्क ५, नि.नं. ८१४२, पृ. ७४३) भन्ने सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसमेतबाट जबर्जस्ती करणीको अपराध हुनुलाई नाबालिकाको योनीमा लिङ्ग पूर्णरूपमा प्रवेश गरी वीर्य पतन भएको हुनुपर्ने भनी मान्न नमिल्नेसमेत हुँदा प्रतिवादीलाई जबर्जस्ती करणीको कसुर गरेको ठहर गरी सजायसमेत गर्ने गरेको पुनरावेदन अदालत, इलामको इन्साफमा कुनै त्रुटि नहुँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा पुनरावेदन अदालत, इलामको मिति २०६६।२।२७ को फैसला मिलेको छ छैन र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने हुन आयो ।

. निर्णयतर्फ विचार गर्दा, यी प्रतिवादीउपर परेको किटानी जाहेरी दरखास्त, घटनास्थल मुचुल्कासमेतका प्रमाणहरूबाट २०६३।१०।१ गते बेलुकी ६.३० बजेको समयमा प्रतिवादीले वर्ष १२ की मन्जिला खपाङ्गी मगरलाई जबर्जस्ती करणी गरेको पुष्टि भएको हुनाले प्रतिवादी बीरबहादुर मगरलाई मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को कसुरमा ऐ. को ३() नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत अभियोग दावी रहेको देखिन्छ ।

. यी प्रतिवादीले पीडित मन्जिला खपाङ्गीलाई जबर्जस्ती करणीको ५ नं. बमोजिम जबर्जस्ती करणीको उद्योग गरेको ठहरी सजायको हकमा १२ वर्षको बालिकालाई जबर्जस्ती करणीको उद्योग गरेकोले जबर्जस्ती करणीको ३ () नं. ले हुने सजायको आधा ऐ. को ५ नं. बमोजिम ४ वर्ष कैद हुने र जबर्जस्ती करणी गर्यो भन्ने दावी पुग्न नसक्ने ठहराएको सुरू झापा जिल्ला अदालतको फैसलाउपर प्रतिवादी र वादी नेपाल सरकारसमेतको पुनरावेदन अदालत, इलाममा पुनरावेदन परेकोमा सुरू इन्साफ केही उल्टी भै प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय हुने ठहराएको फैसलाउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेस हुन आएको रहेछ ।

. प्रतिवादी बीरबहादुर मगरउपर पीडित वर्ष १२ की मन्जिला खपाङ्गी मगरलाई जबर्जस्ती करणी गरेको भनी किटानी जाहेरी परेको देखिन्छ । वारदात घटेको भनिएको स्थल जङ्गलमा घारी माडिएको (मडारिएको) भन्ने घटनास्थल मुचुल्का रहेको छ । मन्जिला खपाङ्गी मगरको Post Fourchette मा Redness देखिन्छ भन्ने मिसिल संलग्न शारीरिक परीक्षण प्रतिवेदनबाट देखिन्छ । आमासँग माइमेला हेर्न गएको बेला घुम्न जाँउ भनी मलाई लिई बेलुका अं. .३० बजेतिर जङ्गलघारीमा पुर्याई मेरो मुख थुनी भुँइमा लडाई मैले लगाएको पेन्ट, कट्टुसमेत खोली आफूले लगाएको पेन्ट खोली निजको लिङ्गले मेरो योनीमा जबर्जस्ती प्रवेश गराई जबर्जस्ती करणी गरी घटनास्थलबाटै फरार रहेको भन्नेसमेत पीडित मन्जिला खपाङ्गी मगरको अनुसन्धान अधिकारीसमक्ष भएको कागज र उक्त दिन बिरू भन्ने बीरबहादुर मगरले माइमेलाबाट जङ्गलतर्फ लगी मलाई जबर्जस्ती करणी गरेको हो भनी अनुसन्धान अधिकृतसमक्ष भएको बयान कागज समर्थन हुने गरी निजले अदालतमा बकपत्र गरी दिएको पाइन्छ । मिति २०६३।१०।१ गते साँझ ६ बजेको समयमा मैले मन्जिला खपाङ्गीलाई माइपारीको जङ्गलमा लगी लडाई निजले लगाएको पेन्ट, कट्टु खोल्न खोज्दा निज कहालिँदै कराउँदै भागेकी हुँदा जबर्जस्ती करणी गर्न सफल भइन, करणी गर्ने प्रयाससम्म गरेको हो भनी कसुरमा आंशिक स्वीकारोक्ति जनाउँदै प्रतिवादी बीरबहादुर मगरले अदालतमा बयान गरेको देखिन्छ ।

. प्रतिवादीले करणी गर्न प्रयास गरेको तथ्यसम्म अदालतमा साबित भई बयान गरेको देखिन्छ । पीडित नाबालिकाले आफूलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको भनी किटानी पोल गरेको र अदालतमा समेत आई बकपत्र गरी आफ्नो भनाईलाई पुष्टि गरेको देखिन्छ । यी दुई भनाइलाई मिसिल संलग्न प्रमाणको आधारबाट हेरी प्रतिवादीको के कति कार्य कसुरजन्य छ वा छैन  भनी निर्णय गर्नुपर्ने देखिन आयो । करणी गर्ने प्रयास गरेको तथ्यसम्म कुनै विवाद रहेको देखिएन । तत्पश्चातको तथ्यतर्फ विचार गर्दा मञ्जिला खपाङ्गी मगरको Post Fourchette मा Redness शारीरिक परीक्षणबाट देखिएको छ । प्रतिवादीले जबर्जस्ती करणीको प्रयास गरेको भन्ने र जबर्जस्ती करणी गरेकै हो भनी नाबालिका पीडितले भन्ने विवादमा योनीमा रातोपन देखिने भन्ने शारीरिक परीक्षण प्रतिवेदन जस्तो निर्विवाद स्वतन्त्र प्रमाणले प्रतिवादीको भनाइको ठीकविपरीत पीडितको आफूलाई जबर्जस्ती करणी गरियो भन्ने भनाइसँग सामिप्य सम्बन्ध राखेको

देखियो । पीडितको शारीरिक परीक्षण गर्दा जबर्जस्ती करणी भएको हो, होइन यकिनसँग भन्न नसकिने भन्ने राय विशेषज्ञको भएकोले र वीर्य स्खलन भएकोसमेत नदेखिएकोले करणी प्रमाणित हुन नसकेको हुँदा

उद्योगसम्मको कसुर हुन सक्ने भनी प्रतिवादीको तर्फबाट बहस गर्नु हुने विद्वान्अधिवक्ताको बहस जिकिर रहेकोमा यो जबर्जस्ती करणीको वारदात उद्योगसम्म मात्र हो कि जबर्जस्ती करणीकै हो भन्नेतर्फ विचार गर्दा जबर्जस्ती करणीमा वीर्य स्खलन हुनु स्वभाविक हुन्छ तर वीर्य स्खलन हुनैपर्छ भन्ने अनिवार्यता भने

हुँदैन । मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. को स्पष्टीकरणको () मायोनीमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिनेछभन्ने स्पष्ट कानूनी प्रावधान रहेको देखिन्छ । तसर्थ, जबर्जस्ती करणीको विवादमा वीर्य स्खलन पनि एउटा प्रमाण हो तर वीर्य स्खलन नहुँदैमा जबर्जस्ती करणी नहुने भनी यसलाई अनिवार्य तत्त्वको रूपमा कानूनले राखेको नभई योनीमा लिङ्ग केही भाग मात्र प्रवेश गरे पनि जबर्जस्ती करणीको वारदात हुन पर्याप्त हुन्छ । पीडित बालिकाको Post Fourchette मा Redness देखिनुले योनीमा लिङ्ग रगडेको र केही मात्रा मै भए पनि प्रवेश गरेको मान्नुपर्ने नै हुन्छ । यसप्रकार, पुनरावेदक प्रतिवादीले अनुसन्धानको सिलसिलामा आरोपित कसुरमा साबित रही गरेको कागजलाई पीडित बालिकाको Post Fourchette मा Redness देखिनु र पीडितले यी प्रतिवादीलाई किटानी पोल गर्नुबाट सम्पुष्टि (Corroboration)  भई रहेको यस अवस्थामा प्रतिवादिले पीडितलाई जबर्जस्ती करणी गरेको नै देखिन आयो ।

. अतएव, प्रतिवादी बीरबहादुर मगरले पीडित मन्जिला खपाङ्गी मगरलाई जबर्जस्ती करणीको उद्योग गरेको ठहर गरेको सुरू झापा जिल्ला अदालतको फैसला केही उल्टी गरी अभियोग दावीबमोजिम कै कसुर ठहराई प्रतिवादी बीरबहादुर मगरलाई जबर्जस्ती करणीको महलको १() नं. को कसुरमा ऐ. को ३() नं. ले कैद वर्ष १० (दश) सजाय हुने र रू. २५,०००।- पीडितलाई निजबाट ऐ. को १० नं. बमोजिम क्षतिपूर्ति भराई दिने ठहर्याएको पुनरावेदन अदालत, इलामको मिति २०६७।२।२७ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी कारागार कार्यालय, झापामा थुनामा रही पुनरावेदन दायर गरेको देखिँदा फैसलाको जानकारी पुनरावेदक प्रतिवादी र महान्यायाधिवक्ताको कार्यालयसमेतलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. रामकुमार प्रसाद शाह

 

इति संवत् २०७१ साल असार २४ गते रोज ३ शुभम् ।

इजलास अधिकृत : दण्डपाणि लामिछाने

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु