शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२३१ - निर्णय बदर

भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक:

नेकाप २०७१, अङ्क ८, नि.नं.९२३१

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला  मिति : २०७१।४।१६।६

  ०६७-CI-१६११

 

मुद्दा : निर्णय बदर ।

 

पुनरावेदक/वादी : जिल्ला रौतहट, सखुअवा धमौरा गा.वि.. वडा नं. ७ बस्ने छठुप्रसाद जयसवार

                                                                                   विरूद्ध                       

विपक्षी/प्रतिवादी : जिल्ला रौतहट, पचरूखी गा.वि.. वडा नं. ३ बस्ने असर्फी कापड यादव

 

§  मोही हक अंशबन्डा वा अपुताली पर्ने हक होइन । मोहीयानी हक जो मोही हो त्यसैको मात्र   हुन्छ । केवल परलोक भएपछि मोहीका एकासगोलका व्यक्तिहरूमध्ये जग्गाधनीले पत्याएको व्यक्तिमा सर्ने हो । मोहीको आफ्नो मोहियानी हक कसैसँग फैसला, मिलापत्र वा डिसमिस गराई समाप्त गराएमा मोहियानी हकमा अंशहक र अपुताली हक नलाग्ने हुनाले मोही परलोक भएपछि उसका एकासगोलका परिवारमध्ये जग्गाधनीले पत्याएको अवस्थामा हक हुन सक्नेमा व्यक्तिले आफ्नो हुँदै नभएको हक जाने भयो भनी नालिस गर्ने हक नरहने ।

(प्रकरण नं.)

 

वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान्अधिवक्ता युवराज भण्डारी

प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव र विद्वान् अधिवक्ता लालबाबु राय यादव

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  मुलुकी ऐन, अदालती बन्दोवस्तको ८२,८६ नं.

§  भूमिसम्बन्धी ऐन२०२१ को दफा २५ ()

 

सुरू तहमा फैसला गर्ने :  

भूमिसुधार अधिकारी सागर कुमार रोका

पुनरावेदन तहमा फैसला गर्ने

            मा.मु.न्या.श्री पुरूषोत्तम पराजुली

            मा.न्या.श्री वम कुमार श्रेष्ठ

                                   

फैसला

            न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन२०४८ को दफा ९ () बमोजिम पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर वादीका तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्ठहर यस प्रकार

:

जिल्ला रौतहट, गा.वि.. पचरूखी वडा नं. ३ मा बस्ने साविक जग्गा धनी नथुनी कापडको नाम दर्ताको जिल्ला रौतहट, गा.वि.. सखुअवा धमौरा, वडा नं. ७ कि.नं. ५६७ को १-१४-० जग्गाको म फिरादीको बाबु जयकरण राउत कुर्मी भूमिसुधार नियमावली, २०२१ को नियम ३, ६ र ९ नं. समेतको कानूनी प्रक्रिया पूरा गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ () अन्तर्गतको विधिवत मोही रहनुभएकोले बाबु जीवित रहुन्जेलसम्म निजले र बाबुको स्वर्गवास उप्रान्त उल्लिखित जग्गा म फिरादीले मोहीमा जोती कमाई आएको हो । उक्त जग्गाको मोही नामसारी गरी पाउनलाई विपक्षीमध्येका असर्फी कापड यादवउपर दर्ता गराएको मोही नामसारी मुद्दा यसै कार्यालयमा कारवाहीयुक्त अवस्थामा रहेकोमा सो मुद्दामा विपक्षीले प्रतिवाद गर्दा जग्गा धनीलाई कुत नदिएकोले जग्गाधनी असर्फी महतोले मेरा बाबु जयकरण राउत कुर्मीउपर कुत दिलाई मोही निष्काशन गरी पाउनलाई २०३२ सालमा यसै कार्यालयमा कुत मोही मुद्दा दर्ता गराउँदा कारवाही चली सो मुद्दामा निज मोहीको सगोलको छोरा छठुप्रसादले म्याद बुझी प्रतिवाद नगरेकाले मोही निष्काशन हुने गरी मिति २०३२।५।१९ मा निर्णय भइसकेकोले मोही नामसारी हुनुपर्ने होइन भनी प्रतिउत्तर फिराउँदा के भएको रहेछ भनी सो प्रतिउत्तरपत्र र २०३२ सालको कुत मोही मुद्दाको मिसिल फेला नपरेकोले सो

मुद्दाको राय किताबको मिति २०६६।३।१६ मा नक्कल लिई हेर्दा असर्फी महतो सुडीले आफूलाई विवादित जग्गाको तथाकथित जग्गाधनीको हैसियत देखाई म फिरादीको स्व. बाबु जयकरण राउत कुर्मीउपर यस कार्यालयमा २०३२ सालमा कथित कुत मोही मुद्दा दिनुभएको रहेछ । सो मुद्दा दिन पाउने प्रतिवादी असर्फी महतो सुडीलाई हकदैया नै नरहेको, जग्गाधनी नै नरहेको र जग्गाधनीको अख्तियारीबिना दायर भई मिति २०३२।५।१९ मा यस कार्यालयबाट भएको निर्यण गैरकानूनी हुँदा बदर गरिपाउँ भन्ने फिराद दावी ।

दावीको जग्गाको साविक जग्गाधनी रघुनी कापड रहे पनि सो जग्गा असर्फी महतो सुडीका नाउँमा पुर्जा भई मोहीमा निज वादीको बाबु स्व. जयकरण कुर्मीको नाउँसम्म उल्लेख भएको हो । वादीको बाबु जयकरणले सो जग्गाको कुत उस बखतको जग्गाधनीलाई नबुझाएकोले निजउपर २०३२ सालमा कुत दिलाई मोही निष्काशन मुद्दा परी निज मोहीको एकासगोलको छोरा छठुप्रसाद यी वादीले म्याद हातैमा बुझी प्रतिवाद नगरी बसेकाले मिति २०३२।५।१९ मा मोही निष्काशन हुने निर्णय भएको हो । निज वादीले आफ्नो बाबु जयकरण राउत कुर्मीको जीवनकालमा कुनै विवाद सिर्जना नगरी उक्त मिति २०३२।५।१९ को निर्णय अन्तिम मानी बसेको र बाबुको स्वर्गवास भैसकेपछि निज वादीले हदम्याद विहीन मोही नामसारी निर्णय बदर मुद्दा दर्ता गराई हैरान पार्ने नियतले झुट्ठा मुद्दा दिएकोले खारेज गरिपाउँ भन्ने असर्फी कापड यादवको प्रतिउत्तरपत्र ।

दावीको जग्गाको दर्तासम्बन्धी विवाद चल्दा जिल्लादेखि सर्वोच्च अदालतसम्म जग्गाधनी रघुनी कापडलाई कायम गरेकोदावीको जग्गा असर्फी कापडको नाउँमा दर्ता हुन आएको कुरा मालपोत कार्यालय, रौतहटको दर्ता उतारबाट देखिएको तर निजको जग्गाधनीको कुनै प्रमाण पेस नभएको, मिति २०३२।५।१९ को राय किताबमा जयकरण राउतको नाउँको म्याद तामेल नै नभएको तथा छठु भन्ने व्यक्तिले म्याद बुझे नबुझेको एकिन नभएको हुँदा प्रस्तुत मुद्दाका वादीलाई सो कुत मोही मुद्दाको दोस्रो पक्ष मान्न नमिल्ने र जग्गाधनी रघुनी कापड र असर्फी कापडले कुत मोही सम्बन्धमा उजुर बाजुर गरेको नदेखिएकाले जग्गाको कुनै हकाधिकार नै नभएको असर्फी महतो नाउँको व्यक्तिले दिएको कुत मोही मुद्दामा भएको मिति २०३२।५।१९ को एकतर्फी निर्णय फिराद दावीबमोजिम बदर हुने ठहर्छ भन्ने सुरू भूमिसुधार कार्यालयरौतहटको मिति २०६६।५।३० को फैसला ।

एक पक्ष प्रतिवादी स्वयम्यी वादीका पिता जयकरण राउत रहेको कुत दिलाई मोही निष्काशन मुद्दाको निर्णय बदर गराउन अ.बं. ८२ र ८६ नं. ले यी वादीलाई हकदैया नरहेको हुँदा फिराद दावी खारेज गर्नुपर्नेमा दावीबमोजिम निर्णय बदर गर्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्ने प्रतिवादीको मिति २०६६।१०।२४ को पुनरावेदनपत्र ।

तत्कालीन जग्गाधनी असर्फी महतो र दर्तावाला मोही जयकरण राउतबीच कुत दिलाई मोही निष्काशन मुद्दा चली मिति २०३२।५।१९ मा मोही निष्काशन हुने ठहरी सो फैसला अन्तिम भएर रहेको अवस्थामा धेरै लामो अन्तरालमा जयकरण राउतका छोरा छठुप्रसादले सो फैसला बदर गराई पाउँ भनी भूमिसुधार कार्यालय, रौतहटमा अ.बं. ८२ र ८६ नं.बमोजिम उजुरी गरेकोमा सुरू भूमिसुधार कार्यालय, रौतहटले मिति २०३२।५।१९ को फैसला बदर हुने गरी मिति २०६६।५।३० मा गरेको फैसला अ.बं. ८२ र ८६ नं. को व्याख्या तथा श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त.. बुलेटिन पूर्णाङ्क २२६पृ. , निर्णय मिति २०५८।४।३२समेतको आधारमा फरक पर्नसक्ने देखिएको हुनाले छलफलको लागि प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६७।४।१९ मा भएको आदेश ।

२०२८ सालमा कुतबाली मुद्दा परी दावीको जग्गाको कुतसमेत बुझाएको, २०३० सालको दे.नं. १३१६ को जग्गा दर्ता मुद्दा परी मिति २०३३।१२।२६ मा दावीको जग्गा असर्फी कापडको नाममा दर्ता भएको, जग्गाधनीबीच हक बेहकको प्रश्नमा विवाद भै मुद्दा विचाराधीन रहेकै अवस्थामा असर्फी महतोले पिता जयकरण राउत कुर्मीउपर मोही निष्काशन मुद्दा गरेकोमा पिताले म्याद पाउन नसकी २०३२।५।१९ मा एकतर्फी फैसला गराएको, असर्फी कापडको जग्गामा असर्फी महतोलाई मुद्दा गर्ने हकाधिकार नै नहुँदा बुबाको मृत्युपछि अ.बं. ८६ नं. बमोजिम म वादीले दिएको फिरादबमोजिम उक्त २०३२।५।१९ को कुत दिलाई मोही निष्काशन गर्ने गरी भएको निर्णय बदर हुने ठहर्याएको सुरू फैसला कानूनसम्मत हुँदा यथावत कायम गरिपाउँ भन्ने वादीको लिखित प्रतिवाद ।

तत्कालीन फिल्डबुकमा असर्फी महतोको नाउँ जनिई नाप जाँच भएको, मिति २०३७।३।७ मा मोही जयकरणको मृत्यु र २०५८ सालमा प्रत्यर्थी वादीकी आमाको मृत्य भएको, बाबु जीवित रहेकै अवस्थामा मोही निष्काशन भै बाबु जयकरणले चित्त बुझाई बसेको, बाबुको नाउँको म्याद यी वादी स्वयम्ले बुझी लिएको देखिएको, मिति २०५३।९।२४ मा भूमिसम्बन्धी ऐन संशोधन भएपश्चात प्रस्तुत मुद्दा पर्न आएको देखिन्छ । मोही निष्काशनको फैसलापश्चात पनि आफ्नो जीवनकालमा जयकरणले र निजको शेषपछि यी प्रत्यर्थीले कानूनबमोजिम कुत बुझाउँदै आएको भन्ने पनि देखिँदैन । वादी छठुप्रसाद जयसवार स्वयम्ले बाबु जयकरणको नाउँको म्याद बुझी लिएको देखिएको अवस्थामा निजको हकमा अ.बं. ८२ र ८६ नं. आकर्षित हुन सक्ने नदेखिँदा फिराद दावी खारेज गर्नुपर्नेमा सो नगरी मिति २०३२।५।१९ को निर्णय बदर हुने ठहर्याई भएको सुरू भूमिसुधार कार्यालय, रौतहटको मिति २०६६।५।३० को फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टी भै प्रत्यर्थी वादीको फिराद दावी खारेज हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।११।२५ को फैसला ।

जग्गाधनीबीच हक बेहकको प्रश्नमा विवाद परी मुद्दा चलिरहेको अवस्थामा असर्फी महतोले पुनरावेदकका पिता जयकरण राउत कुर्मीउपर कुत नदिएको कारण मोही निष्काशन मुद्दा पर्दा म्याद प्राप्त गर्न नसकी प्रतिउत्तर नपरेको आधारमा मिति २०३२।५।१९ मा मोही निष्काशन हुने गरी निर्णय भए पनि मुद्दा दर्ता गर्ने असर्फी महतोको हकाधिकार नै नरहेको अवस्थामा अ.बं. ८६ नं. बमोजिम निर्णय बदर गराउन म आउन नपाउने भन्न मिल्दैन । मालपोत कार्यालय, रौतहटमा मेरो बुबा स्व.जयकरण राउत कुर्मीको मोही लगत कट्टा नभएको र विधिवत् मोही लगत कट्टा नभएसम्म मोहीले जग्गा छाडेको नमानिने हुँदा सुरू निर्णय उल्टी गर्ने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादी छठुप्रसाद जयसवारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा दे.नं. १३६ जग्गा दर्ता मुद्दा वादी असर्फी कापड यादव प्रतिवादी असर्फी महतो भई चलेकोमा विवादित कि.नं. ५६७ को जग्गा वादीको दर्ता कायम हुने गरी रौतहट जिल्ला अदालतबाट मिति २०३३।१२।२६ मा फैसला भै रहेको स्थितिमा असर्फी महतो सुडीको फिरादबाट मिति २०३२।५।१९ मा मोही निष्काशन हुने ठहरेको कुरालाई हक पुगेको व्यक्तिबाट दावी परी इन्साफ भएको मान्न नमिल्ने हुँदा मोहीको तर्फबाट उक्त निर्णय बदरमा परेको फिराद खारेज हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भई फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६९।१।२२ को आदेश ।

जुन फैसलालाई बदर गराउन विपक्षीले दावी गर्नुभएको छ सो मिति २०३२।५।१९ को कुत मोही मुद्दाको एक पक्ष नै यिनै पुनरावेदक वादीका बाबु जयकरण राउत भएकोले अ.बं. ८६ नं. बमोजिम नालिस गर्न पाउने हकदैया अ.बं. ८२ नं. ले रहने अवस्था छैन । यस सम्बन्धमा सर्वोच्च अदालतबाट धेरै नजिरसमेत प्रतिपादन भै सकेकोसमेत हुँदा फिराद खारेज हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको प्रत्यर्थी प्रतिवादी असर्फी कापड यादवको लिखित प्रतिवाद ।

नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदन संलग्न मिसिल कागजात अध्ययन गरी पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता  श्री हरिहर दाहाल र विद्वान्अधिवक्ता युवराज भण्डारीले स्वर्गीय मोही जयकरणको छोरा पुनरावेदक भएकोमा विवाद छैन । जग्गामा हक नहुने असर्फी महतोको नालिसबाट मोहीयानी हक निष्काशन हुने होइन । वास्तविक जग्गाधनी असर्फी कापड हो । मोही लगत कट्टा मुद्दाको सूचना मेरो पक्षले पाएको छैन । मोही निष्काशनको निर्णय कार्यान्वयन भएको अवस्था छैन । यस्तो स्थितिमा सुरू भूमिसुधार कार्यालयले पूर्व निर्णय बदर गर्ने ठहर गरेको फैसला उल्टी गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला नमिलेको हुँदा बदर हुनुपदर्छ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान् अधिवक्ता श्री लालबाबु राय यादवले वादीको पिता मोहीबाट २०३२ सालमा निष्काशन भएको हो । ३२ वर्षपछि बाबुको मोही कायम गर्न छोरा आएको छ । जानकारी पाइन भनी जिकिर लिए पनि भूमिसुधारको निर्णयबाट बाबुको नाउँको म्याद छोरा पुनरावेदकले नै बुझेको देखिएको छ । बाबुले आफ्नो मोहीयानी लगत कट्टाको निर्णय स्वीकार गरी बसेको अवस्थामा छोराले उक्त निर्णय बदर गर्न पाउँदैन । पुनरावेदन अदालत, हेटौंडाबाट सुरू निर्णय बदर गरेको फैसला मिलेको हुँदा सदर हुनुपदर्छ भनी प्रस्तुत गर्नुभएको बहस सुनियो ।

दुबै पक्षका विद्वान् कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको तर्कपूर्ण बहससमेतलाई मध्यनजर गरी निर्णयतर्फ

विचार गर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन पुनरावेदन जिकिरबमोजिम हुने हो होइन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।

. पुनरावेदक वादीका पिता जयकरण कुर्मीको नाममा मोही हक जनिएको रौतहट, सखुअवा गा.वि.. वडा नं. ७ कि.नं. ५६७ को १-१४-० जग्गाको हकै नभएको जग्गाधनी असर्फी महतोले कुत दिलाइ मोही निष्काशन गरिपाउँ भन्ने मुद्दा दिई भूमिसुधार कार्यालय, रौतहटबाट मिति २०३२।५।१९ मा मोही निष्काशन हुने ठहर भएको निर्णय अ.बं. ८६ नं. बमोजिम बदर गरिपाउँ भन्ने वादी दावी भएकोमा भूमिसुधार कार्यालय, रौतहटले सो मिति २०३२।५।१९ को निर्णय बदर हुने ठहराएको निर्णयउपर परेको पुनरावेदनमा सुरू निर्णय उल्टी गरी दावी खारेज हुने ठहर गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर वादीको पुनरावेदन पर्न आएको देखियो ।

. यसमा वादी असर्फी महतो र प्रतिवादी जयकरण राउत कुर्मी भएको कुत दिलाई मोही निष्काशन मुद्दामा भूमिसुधार कार्यालय, रौतहटबाट मिति २०३२।५।१९ मा मोही निष्काशन हुने गरी भएको निर्णय बदर गराउन प्रतिवादी जयकरण राउत कुर्मीको छोरा छठुप्रसाद जयसवारले प्रस्तुत मुद्दाको फिराद दर्ता गर्दा फिरादपत्रको प्रकरण ४ मा विपक्षी असर्फी कापडउपर म फिरादीले दर्ता गराएको मोही नामसारी मुद्दामा विपक्षीले प्रतिवाद गर्दा जग्गाधनीलाई कुत नदिएकाले मेरोबाबु जयकरण राउत कुर्मीउपर कुत दिलाई मोही निष्काशन गरी पाउनलाई २०३२ सालमा यसै कार्यालयमा कुतमोही मुद्दा दर्ता गराउँदा कारवाही चली सो मुद्दामा निज मोहीको सगोलको छोरा छठुप्रसादले म्याद बुझी प्रतिवाद नगरेकोले मोही निष्काशन हुने गरी मिति २०३२।५।१९ मा निर्णय भै सकेकोले मोही नामसारी हुनुपर्ने होइन भनी प्रतिउत्तर फिराउनु भएकाले सो प्रतिउत्तर र उक्त मुद्दाको निर्णयको रायकिताबको नक्कल मिति २०६६।३।१६ मा लिए पछिमात्र थाहा हुन आयो भनी उल्लेख गरेको पाइन्छ । तत्कालीन जग्गाधनी असर्फी महतोले यी पुनरावेदक वादीका बाबु जयकरण राउत कुर्मीउपर कुत दिलाई मोही निष्काशन गरिपाउँ भन्ने मुद्दामा जारी भएको बाबुको नाउँको समाह्वान म्याद आफूले नबुझेको भनी आफ्नो फिरादपत्रमा उल्लेख गर्न नसकी असर्फी महतो जग्गाधनी नै होइन  त्यसैले अधिकार नै नभएको व्यक्तिको फिरादमा भएको निर्णयले मेरो हक जाने होइन सो निर्णय बदर हुनुपर्दछ भन्दै दावी गरेको देखिन आयो । यिनै पुनरावेदकले पेस गरेको भूमिसुधार कार्यालय, रौतहटको उक्त निर्णयको रायकिताब उतारबाट दावीको कि.नं. ५६७ को जग्गाधनी असर्फी महतो नै भएको देखिन्छ । यदि यी असर्फी महतो वास्तविक जग्गाधनी नभएकै भए उक्त मुद्दाको म्याद बुझेपछि सोही कुराको प्रतिवाद उतिबेलै गर्न सक्नुपर्नेमा सो अवस्थामा फिरादमा उल्लेख भएका कुरालाई स्वीकार गरी प्रतिवाद नै नगरी बस्ने र बाबु आमाको मृत्युपश्चात निर्णय भएको ३४ वर्षपछि आएर आफैले म्याद बुझी प्रतिउत्तर नलगाएको कारणबाट मोही निष्काशन हुने गरी भएको निर्णय बदर गराउन मुलुकी ऐन, .बं. ८२ र ८६ नं. को आधार लिई फिराद दायर गरेको देखिन्छ ।

 . यी पुनरावेदक वादीले जुन मुद्दामा भएको निर्णय बदर गराउन फिरादपत्र दायर गरेका छन् सो मुद्दामा निजका बाबु जयकरणको नाउँको समाह्वान म्याद आफैँले बुझी प्रतिवाद नै नगरी बसेको र सो मुद्दामा मोही निष्काशन भएको देखिन्छ । स्वयम्आफ्नो बाबुका नाउँमा मुद्दा परी हारजीत भै सो निर्णय अन्तिम रहेको अवस्था छ । उक्त निर्णय फैसला विरूद्ध मोही जयकरण राउत कुर्मीले कुनै उजुर बाजुर गरेको देखिँदैन । २०३२ सालमै जयकरण राउत कुर्मीको मोहियानी हक समाप्त भएपछि निज मिति २०३७।३।७ मा परलोक भएको देखिन्छ । जयकरण राउत आफू जीवित छँदै पनि उक्त फैसला विरूद्ध उनीले कुनै उजुर बाजुर गरेको देखिँदैन । मोहीको हक उसैको जीवनकालमा समाप्त भइसकेको अवस्था अपुताली वा अंश हक जस्तो गरी मोहीको छोराले नालिस गर्दैमा कानूनबमोजिम भए गरेका कामलाई अन्यथा गर्न न्यायोचित हुँदैन । ३४ वर्षपछि मात्र थाहापाएँ भन्दै फिराद दायर भएको देखियो । फिरादपत्र दायर गर्न तीनदशक भन्दा बढी समय व्यतीत गरी सकेपछि मात्र अदालत प्रवेश गर्नुको भरपर्दो र कानूनसम्मत आधार वादीले प्रस्तुत गर्न पनि सकेको समेत पाइएन ।

. मुलुकी ऐन, ८६ नं.लाई अध्ययन गर्दाफैसला डिसमिस, मिलापत्र, खारेज भएका मुद्दामा सो फैसला डिसमिस, मिलापत्र, खारेज भएकाले अर्काको हकसमेत जाने भएको रहेछ भने जसको हक जानेछ त्यसैले थाहा पाएका पैंतीस दिनभित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस, मिलापत्र, खारेज गराएकोले हाम्रो हक जाने होइन भनी आफ्नो हकजतिमा झगडियाका नाउँमा नालिस दिए इन्साफ गरिदिनु पर्छ ।भन्ने प्रावधान रहेको देखिन्छ । यस प्रकार फैसलाबाट जसको हक जाने भएको रहेछ त्यसैले आफ्नो हक जाने होइन भनी नालिस गर्न पाउने र इन्साफ हुने कुरा अदालती बन्दोवस्तको ८६ नं. ले गरेको पाइयो । अदालती बन्दोवस्तको ८६ नं. अनुरूप नालिस गर्न सर्वप्रथम भएको फैसलाबाट आफ्नो हक जाने भयो भन्ने कुरा देखाउनुपर्ने हुन्छ । मोही हक अंशबन्डा वा अपुताली पर्ने हक होइन । मोहीयानी हक जो मोही हो त्यसैको मात्र हुन्छ । केवल परलोक भएपछि मोहीका एका सगोलका व्यक्तिहरूमध्ये जग्गाधनीले पत्याएको व्यक्तिमा सर्ने हो । मोहीको आफ्नो मोहियानी हक कसैसँग फैसला मिलापत्र वा डिसमिस गराई समाप्त गराएमा मोहियानी हकमा अंशहक र अपुताली हक नलाग्ने हुनाले मोही परलोक भएपछि उसका एकासगोलका

परिवार मध्ये जग्गाधनीले पत्याएको अवस्थामा हक हुन सक्ने व्यक्तिले आफ्नो हुँदै नभएको हक जाने भयो भनी नालिस गर्ने हक रहँदैन । तसर्थ कि.नं. ५६७ को तत्काल मोही जयकरण राउत कुर्मी भएकाले त्यसको मोहीयानी जयकरण राउत कुर्मीकै हुने हुन्छ अरूको हक त्यसमा रहँदैन । जयकरण राउत कुर्मी रहेसम्म अन्यथा नभएको अवस्थामा छोरा यी पुनरावेदक छठुप्रसाद जयसवारको पनि हक हुन सक्ने अवस्था रहेन ।

. तसर्थ, अड्डाको निर्णयबाट मोही निष्काशन भइसकेको मोहीले आफ्नो जीवनकालमा त्यो निर्णय बदरतर्फ उजुर नगरेको र मोही परलोक भइसकेपछि निर्णय भएको तीन दशकपछि मोहीको छोराले अ.बं. ८६ नं. अनुरूप आएकोमा मोहीको हक अंश वा अपुताली जस्तो हक नभई मोही परलोक भएपछि मोहीको सगोलको परिवारमध्ये जग्गाधनीले पत्याएको व्यक्ति मात्र मोही हुन सक्ने हुँदा मोहीको छोराको अ.बं. ८६ नं. अनुरूप नालिस लाग्न नसक्ने भई मिति २०३२।५।१९ को भूमिसुधार कार्यालयको निर्णय बदर हुने ठहर्याएको सुरू भूमिसुधार कार्यालय, रौतहटको फैसला उल्टी गरी वादी दावी खारेज गर्ने  ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।११।२५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत काटी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. जगदीश शर्मा पौडेल

 

इति संवत् २०७१ साल साउन १६ गते रोज ६ शुभम् ।

इजलास अधिकृतः कपिलमणि गौतम

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु