निर्णय नं. ७६८२ - जवर्जस्ती करणी

निर्णय नं.७६८२ ने.का.प.२०६३ अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री गौरी ढकाल
सम्बत् २०६२ सालको फौ.पु.न. ––३७६०
फैसला मितिः २०६३।२।२८।१
मुद्दा :— जवरजस्ती करणी ।
पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही गा.वि.स. मुर्तिया वा .नं. २ घर भई हाल जिल्ला पर्सा कारागार शाखा वीरगंज कारागारमा रहेका भीमबहादुर पोखरेल
बिरुद्ध
विपक्षीरवादी जिल्ला सर्लाही ग.वि.स. मुर्तिया वा.नं. ३ बस्ने लेखबहादुर थापाको जोहरीले श्री ५ को सरकार
§ मुलुकी ऐन जर्वजस्ती करणीको १ नं. अनुसार जर्वजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रबेश गरेको हुनुपर्ने वा योनिभित्रै बिर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनीको कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनी वीच सामान्य घस्रण पर्याप्त देखिने ।
(प्रकरण नं.३४)
§ स्वास्थ्य केन्द्र वरहथवा सर्लाहीले बच्चाको योनिद्धार (Vaginal nifice) एकदमै साँगुरो हुने र बयस्क पुरुषको लिङ्गको मोटाई बढी हुने भएको र करणी गर्ने प्रयासमा योनी भित्र लिङ्ग छिराउने प्रयास गर्दा लिङ्ग नछिरेको तर योनीको बाहिरी भाग र मुत्रनलीको बाहिरी भागमा घर्षण गर्दा निलडामहरु देखिएको भन्ने व्यहोरा उल्लेख भएको अवस्थामा पीडितको योनीको कन्याजाली नच्यातिनु स्वभिाविक हुन आउने ।
§ घटनासंग संवद्ध अन्य तथ्यहरुवाट जवरजस्ती करणीको अपराधिक कार्य गरेको कुरा पुष्टि हुन आएको अवस्थामा योनि भित्र लिङ्गको पूर्ण प्रवेश नभएको कन्याजाली नच्यातिएको, विर्य स्खलित नभएको भन्ने आधारमा अभियुक्तलाई आरोपित कसूरवाट मुक्त गर्न नमिल्ने ।
(प्रकरण नं.३६)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान बैतनिक अधिवक्ता श्री परसुराम भटृराई
विपक्षी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. स.वा.नं. ३ स्थित पुर्वमा शिव प्रसाद घिमिरेको पक्की घर पश्चिममा सार्वजनिक बाटो दक्षिणमा इन्दु शंकर चिनी मिलको काटा उत्तरमा रामचन्द्र महतोको काठको घर यति चार किल्ला भित्रमा रहेको लेखबहादुर थापाको फुसको छाना भएको गाई गोठ सो भित्र उखुको सुकेको पात ओछटाइएको माटोले तिन तिरबाट घेरा हालिएको उखुको पातहरु यत्रतत्र छरिएको पातहरुमा मसिनो रगत लागेको घटनास्थल मुचुल्का ।
३. म जाहेरवाला आफ्नो घरायसी कामले बाहिर गएको अवस्था मिति २०५९।१०।२५ गते दिउंसोको १४.०० बजेको समयमा प्रातिवादी कहांबाट एक्कासी मेरो आगनमा पसी खेली रहेको छोरी वर्ष ६ की पार्वती भन्ने सीता कुमारी थापालाई बोकी मुखमा हात राखी रुन कराउन नदिई बाख्रा गोठमा लगि जवरजस्ती करणी गरि छोरीलाई बेहोस अवस्थामा छाडी भागेको भन्ने व्यहोराको लेखबहादुर थापाको जाहेरी दरखास्त ।
४. मिति २०५९।१०।२६ गते स्वास्थ्य परिक्षण गरि (१) पीडितलाई करणी गर्ने प्रयास भएको पाइयो । (२) आठ वर्ष मुनिका बच्चामा हाईमन धेरै हाई हुने भएको र निजको गुप्ताङ (योनी) जांच्दा अत्यधिक दुःखी रहेको हुनाले एकन गर्न नसकिएको (३) निजको योनी बाहिर कटुमा रगतका मसिना टाटा देखिएको (४) निजको शरिरमा निज डाम भएको साथै निज एकदमै थाकेको (५) निजको योनीमा सुक्रकीट नभएको तर निजको Urethra Tender भएको भन्ने व्यहोराको प्राथमिक स्वास्थ्य केकन्द्र बरहथवा सर्लाहीको पत्र ।
५. मिति २०५९।१०।२६ मा जि.स.मुर्तिया गा.वि.स.वा.नं. ३ स्थित सार्वजनिक सडकमा हिडी रहेको अवस्थामा प्र. भिमबहादुर पोखरेललाई पक्राउन गरि निजको स्वास्थ्य परिक्षण गरि निजको घरमा खान तलासी गर्दा केही फेला नपरेको ।
६. मिति २०५८।१०।२८ गते प्राथमिक स्थास्थ्य केन्द्र वरहथवाको पीडितको स्वस्थ्य परिक्षण दफा १ मा उल्लेख करणीको प्रयास भएको पाइयो तर दफा २ मा योनी जांच्दा अत्यधिक दुखी रहेको हुनाले भन्ने उल्ले भएको देखिदां त्यस सम्बन्धमा योनी दुखने कारण के थियो ? दफा ३ मा योनी बाहिर कटुमा रगतको टाटा देखिएको भनि उल्लेख भएको निजको शरिरमा निल डाम रहेको निकै थाकेको भनि उल्लेख भएको देखिदां त्यस स्थितिमा पीडितको योनीबाट रगत बगेको रगत देखिएको योनीमा पिडा भएको निकै थाकेका डिपा समेत भएको अवस्थामा दफा १ मा उल्लेखित विरोधात्मक तथ्य कसरी उल्लेख हुन गएको हो ? त्यसको अर्थ के हो ? भनि प्राथमिक स्वास्थ्य केन्द्र वरहथवालाई लेखिएको पत्र।
७. मिति २०५९।१०।२९ गतेको पत्रमा ६ वर्षको बच्चाको Vaginal Nice (योनी द्वार) एकदमै सांगरो हुने र व्यस्क पुरुषको लिङ नछिरेको तर योनीको बाहिर भाग र मुत्रनलीको बाहिर भागमा घषर्ण गर्दा निल डामहरु देखिएको भन्ने व्यहोराको प्राथमिक स्वास्थ्य केन्द्र वरहथवा सर्लाहीको पत्र ।
८. भीमबहादुर पोखरेल के कहांबाट हामीहरु खेली रहेको स्थानमा आई मेरी बहिनी वर्ष ५ की पार्वती भन्ने सिता थापालाई मुख थुनी रुन कराउन नदिई मैले किन मेरो बहिनीलाई कहां लगेको छाडी दिनुस भन्दा मलाई लाठीले हिकाई भाग्छे सकी भाग दिनन भनि कुटी भगाई बहिनीलाई गोठ तिर लगेको हो के गर्दै छ भनि बाहिरबाट लुकी हेर्दा बहिनीलाई नागै पारी मुख थुनी कपडा पुरै खोली जवरजस्ती करणी गरि रहेको देखि हल्ला गर्दा हजुरआमा पूर्ण कुमारी थापालाई भनि हजुरआमा कराउदै आउंदा बहिनी सिता कुमारी थापालाई बेहोस अवस्थामा छाडी प्रतिवादी भागेको भन्ने व्यहोराको लक्ष्मी कुमारी थापाको बयान कागज ।
९. दाउरा लिई आई रहेको घर नजिक आउंदा खेरी दक्षिण तर्फ भीमबहादुर पोखरेललाई पेन्ट लगाउंदै भागी रहेको देखेको हो घरमा आई हेर्दा छोरी पार्वती भन्ने सिता कुमारी थापालाई रगतै बेहोस अवस्थामा उपरचार गर्न लगेको हो उपचार पश्चात छोरीको होस आएको हो छोरीले भन्न नसकी मलाई भिमबहादुर पोखरेलले खेली रहेको स्थानबाट उठाई गोठमा लगि जवरजस्ती करणी गरको हो भन्ने व्यहोराको आइतका थापाको बयान कागज ।
१०. मिति २०५९।११।४ गते कटुलाई परिक्षणको लागि केन्द्रिय बैज्ञानिक प्रयोगशाला महाराजगंज काठमाण्डौं पठाईएको पत्र ।
११. मिति २०५९।१०।२५ गते २२.०० बजेको समयमा मादक पदार्थ सेवन गरि दिउंसा १४.०० बजेको समयमा जि.सं मुर्तिया गा.वि.स.वा.नं. ३ बस्ने लेखबहादुर थापाको घर अगाडी पुग्दा खेरी पार्वती भन्ने सिता कुमारी थापा समेत अन्य बच्चाहरु खेली रहेको अवस्थामा देखि सिता कुमारी थापालाई रुन कराउन नदिई गोठमा लगि कपडा खोली छिराउन खोज्दा खेरी लिङ नछिरेको बाहिर घर्षण गर्दा विर्य स्खलन हुने बेलामा बाहिरबाट सिताकुमारी थापाको हजुर आमा पूर्ण कुमारी थापा आई हल्ला गर्दा विर्य स्खलन हुन नपाई पीडितलाई घटनास्थलमा नै छाडी भागेको हो मैले पहिला पहिला दैनिक मात्रामा मादक पदार्थ सेवन गर्ने गरेकोमा प्रहरीद्वारा पक्राउ परि प्रहरीको हिरासतमा रहंदा मादक पदार्थ सेवन गर्न नपाई मानसिक सन्तुलनमा अनेक कुराहरु खेल्न थालेकाले ढोकामा हान्ने झ्यालमा हान्ने गरेकोले हातमा हतकडी लगाउंदा हात बढी मात्रामा चलाउने गर्दा हतकडीले हात काटेको हो ढोमा ठोकी निधार नाक र दुवै आंखामा चोट लागेको हो भन्ने व्यहोराको अधिकार प्राप्त अधिकार समक्ष प्र.ले गरेको बयान कागज ।
१२. मिति २०५९।११।११ मा रगत समुह छुट्याउन पठाइएकोमा प्राथमिक स्वास्थ्य केन्द्र वरहथवाले प्रतिवादी र पीडितको रगत समुह ओ पोजेटिभ भएको रिपोर्ट ।
१३. मिति २०५९।१०।२५ गते १४:०० बजेका समयमा हल्ला सुनी घटनास्थल तर्फ गई हेर्दा प्रतिवादी भिमबहादुर पोखरेल कपडा मिलाउदै भागी रहेको देखेको हो पीडित सितार कुमारी थापा निजको हजुर आमाले रोई रहेको अवस्थामा बोकी रहेको थियो बच्चाहरुले पीडित आगनमा खेली रहेको अवस्थामा प्रतिवादी भिमबहादुर पोखरेल आई मुख थुनी गोठमा लगि जवरजस्ती करणी गरको हो भनि बच्चाहरुले भनेको सुनेको हो गोठमा हेर्दा उखुको सुकेका पातहरु यत्रतत्र छरिएको अवस्थामा थियो मसिनो रगत लागेको देखियो यो अपराध गर्ने व्यक्ति भिमबहादुर पोखरेल मात्रै थियो भन्ने व्यहोराको जि.स.मुर्तिया गा.वि.स.वा.नं. ३ मा बस्ने सिता देवी तिवारी (थापा) ऐ.ऐ. बस्ने तारा रमौली ऐ.ऐ. मा बस्ने केशव प्रसाद तिमलसिना , ऐ.ऐ. बस्ने भिमबहादुर राना, ऐ.ऐ. बस्ने राज कुमार श्रेष्ठ समेतले गरेको पृथक पृथक घटना विवरण कागज ।
१४. म मेरो दिदी लक्ष्मी अन्य बच्चाहरु आफ्नै आगनमा खेली रहेका थिएऔ एक्कासी सिताराम भन्ने भिमबहादुर पोखरेल हाम्रो आगनमा पसी मेरो मुखमा हातले थुनि रुन कराउन नदिई कपडा खोली बोकी गोठमा लगि निज प्रतिवादीले पेन्ट खोली जवरजस्तीकरणी गरेको बाहिर हल्ला हुंदा खेरी मलाई सोही ठाउंमा बेहोस अवस्थामा छाडी के कहां प्रतिवादी गएको थाहा भएन होस आउंदा खेरी प्राथमिक स्वास्थ्य केन्द्रमा सुती रहेको थिए अन्य के के भयाये थाहा भएन भन्ने समेत व्यहोराको पीडित सिता कुमारीले गरको बयान कागज ।
१५. जाहेरवालाको छोरी वर्ष ६ की पार्वती भन्ने सिता कुमारीलाई आंगनमा खेली रहेको अवस्थामा समाती मुख थुनी गोठमा लगि जवरजस्ती करणी गरेको तथ्य प्रमाणित हुन आएकोले प्र. को उल्लेखित कार्य मुलुकी ऐन जवरजस्ती करणी महलको १ नं. र मुलुकी ऐन एघारौ संशोधन २०५८ को ऐ. महलको३(१) नं. अनुसारको कसूर अपराध गरेको देखिदां निज प्रतिवादी भिमबहादुर पोखरेललाइै सोही महलकोको ३(१) नं. बमोजिम सजाय गरि ऐ.को १० नं. बमोजिम प्रतिवादीको आधा अ.श सर्वस्व गरि पीडित पार्वती भन्ने सिता थापालाई दिलाई भराई पाउने समेत भन्ने व्यहोराको माग दावी रहेको अभियोग ।
१६. मैले जाहेरवालाको छोरीलाई जवरजस्ती करणी गरेको होइन । जाहेरवालाको घरमा आफ्नो छोरो लिन गएको हो । सिता कुमारीलाई जिस्काएको सम्म हो । मैले अभियोग दावी अनुसार कसूर नगरेकाले सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी भिमबहादुर पोखरेलले जिल्ला अदालतमा गरेको बयान ।
१७. मैले प्रत्यक्ष देखेको होइन । घटनास्थलमा प्रहरी भिमबहादुरलाई समात्न भनेर आएको देखि के कारणले समात्न आएको भनि बुझ्दा लेखबहादुरको छोरी सिता कुमारी थापालाई बलत्कार गरेको भन्ने कुरा थाहा पाएको हुं भनि वादीका बुझिएका मानिस साक्षी सिता देवी थापा तिवारीले गरेको बकपत्र।
१८. म सो मिति समयमा घरमा थिइन पार्वती थापा भन्ने बच्चीलाई बलत्कार भयो भन्ने हल्ला सुनि थाहा पाएको हुं भनि वादीका साक्षी बुझिएका मानिस तारा देवी रमौलीले गरेको बकपत्र ।
१९. वारदात मिति समय मलाई थाहा भएन पीडितलाई अनुचित कार्य भएको हो भनि सुनि थाहा पाएको हो भनि वादीका मीनबहादुर रानाले गरेको बकपत्र ।
२०. पार्वती थापालाई भिमबहादुरले जवरजस्ती करणी गरेको कुरा सुनेको हुं भन्ने व्यहोराको वादीका साक्षी राजकुमार श्रेष्ठले गरेको बकपत्र ।
२१. मिति २०५९।१०।२५ गते २.०० बजेको समयमा भोटेको घरमा तास खेली रहेको अवस्थामा प्रतिवादी भिमबहादुर पोखरेलसंग भेट भएको हो र २ दिन पछि प्रतिवादीले लेखबहादुरको छोरीलाई करणी गरेको सुनेको हुं भनि प्रतिवादीका साक्षी गोपाल न्यौपानेले गरेको बकपत्र ।
२२. मुर्तिया ३ वा. टोलमा हामीहरु संग प्रतिवादी भिमबहादुर पोखरेल तास खेली रहेको थियो र निज प्रतिवादीले सो जवरजस्ती करणी गरेको होइन भन्ने प्रतिवादीका साक्षी फेकन रायले गरेको बकपत्र ।
२३. शिवाको बुबाले मलाई उठाएर लगेको मेरो प्वाइन्ट खोल्यो र आफ्नो सुरुवाल खोलेर मलाई जवरजस्ती करणी गरेको हो भन्ने समेत व्यहोराको पीडित सिता भन्ने पार्वती कुमारी थापाले गरेको बकपत्र ।
२४. वारदात भएको समयमा म घरमा थिइन म सांझमा घर आउदा थाहा पाएको हो र सो समयमा छोरी उपचारको लागि अस्पताल लगेको थियो र भैसी वाधने गोठमा प्रतिवादीले मेरी छोरीलाई अनुचित कार्य गरेको हो र छोरीलाई उधार कार्य गर्ने पहिलो मानिस मेरी आमा हुन भन्ने समेत व्यहोराको जाहेरवाला लेखबहादुर थापाले गरको बकपत्र ।
२५. प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा कसूरमा स्विकार रही बयान गरेको, पीडितको स्वास्थ्य जाँच गर्दा योनी बाहिर र कटुमा रगत लागेको, योनीमा सुक्रकिट नभएको तर Urethra tender भएको योनी जांदा अन्यधिक दुखि रहेको हुनाले एकिन गर्न नसकिएको भन्ने प्राथमिक स्वास्थ्य केन्द्र वरहथवाको जवाफ, प्र. भिमबहादुरले नै पीडितलाई जवरजस्ती करणी गरेको कुरा जाहेरवाला र पीडितको बकपत्रले समर्थित गरको, प्रतिवादीले अदालतमा बयान गर्दा इन्कार रहेतापनि बारदात समयमा प्रतिवादी बुद्धटोलमा छु पीडितलाई सामान्य जिस्क्याएको भनी अदालतमा सावित रहेको, प्रतिवादीका साक्षीले बकपत्र गर्दा बुद्धटोलमा प्रतिवादीसंग वारदातको समयमा तास खेलेको भने तापनि, प्रतिवादीले सो कुरा खुलाउन नसकेको र त्यस्तो भनाई पुष्टि गर्ने आधार प्रमाणहरु सामेल नदेखिएको, विर्यस्खलित वा विर्य स्खलित रहित .स्त्रीजनेन्द्रिय वाह्य ओठ र वाह्य भाग भित्र आंशिक लिङ प्रवेश गराउनु वा लिङ्ग प्रवेश गराउने प्रयत्न गर्नु पनि कानूनी प्रयोजनको लागि पर्याप्त हुन्छ भनी Mode को Medical Jurisprudence पृ. ३६९ मा उल्लेख भएको श्री केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोग शाखाबाट पीडितको कटटु जांच गर्दा रगत र विर्य देखिएन भन्ने प्रतिवेदन प्राप्त भएपनि प्र. भिमबहादुरले पार्वती भन्ने सीतालाई जवरजस्ती करणी गरिएको देखिएबाट अभियोग माग दावी अनुसार मु.ऐज.क. को १ र ३ नं. को कसूर गरेको ठर्हछ । निज प्रतिवादीलाई उक्त ऐनको ज.क.को ३(१) नं. बमोजिम १२ वर्ष कैदको सजाय हुन्छ । प्रतिवादीको रोक्का राख्नु पर्ने कुनै पनि चल अचल किसिमको श्री सम्पत्ति नभएको भनी अदालतबाट मुचुल्का भै आएको हुंदा आधार अंश पीडितलाई भराउन मिल्ने नदेखिदा सो हदसम्म अभियोग मागम दावी पुग्न नसक्ने ठर्हछ। प्रतिवादीका साक्षी फेकन र गोपाल न्यौपानेले झुठृा बकपत्र गरेको हुंदा अ.वं. १६९ नं. बमोजिम जनही रु. ५।– महिना कैद समेत हुने ठर्हछ भन्ने समेत व्यहोराको शुरु सर्लाही जिल्ला अदालतको मिति २०६०।१२।२३ को फैसला ।
२६. जाहेरी शंकारहित तवरको किटानी नभएको, जाहेरवाला र पीडितले अदालतमा गरेको बकपत्र मिसिल संलग्न प्रमाणबाट का रहित तवरबाट पुष्टि हुन नसकेको, स्वास्थ्य परिक्षण प्रतिवेदनमा करणी भए नभएको स्पष्ट हुन नसक्ने भन्ने उल्लेख भएको अदालतमा मेरो बयान हुंदाका बखत अदालतबाट अल्पमात्र सोधनी गरी उक्त समयमा बुद्ध टोलमा रहेको तर आफ्ना साक्षीहरुसंग तासखेली रहेको भनी भन्न नसकेको भन्ने लगत अर्थ गरेको हुंदा उल्लेखित आधार प्रमाणबाट (प्रतिवादी) भिमबहादुर पोखरेलको पुनरावेदन पत्र ।
२७. प्रतिवादीले ८ वर्ष मुनिको ६ वर्षकी नाबालिका पार्वती भन्ने सिता कुमारी थापालाई जवरजस्ती करणी गरेको देखिएकोले प्रतिवादी भिमबहादुर पोखरेलले मुलुकी ऐन जवरजस्ती करणीको महलको १ र ३ नं. बमोजिम जवरजस्ती करणीको कसूर गरेको ठहर्याई कैद वर्ष १२ गर्ने गरि शुरु सर्लाही जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिदां सदर हुने ठर्हछ पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेतको पुनरावेदन अदालतको फैसला ।
२८. प्रहरीमा गराएको कथित साविति बयान स्वेच्छाले गरेको होइन । जाहेरवाला घटनाको प्रत्यक्षदर्सि पनि होइन । घटना स्थल प्रकृति मुचुल्का समेत काल्पनीक हो । जाहेरवाला र पीडितको बकपत्र संकारहित तवरले पुष्टी हुन सकेको छैन परिक्षण गर्ने भनिएका चिकित्सकलाई बुझेको पनि छैन । प्रतिवेदनले देखाएको योनीको घाउचोट अन्य चोट पटक लागेर पनि भएको हुन सक्ने र पीडितको कट्टुको परिक्षणवाट समेत जवरजस्ती करणी गरेको प्रमाणित नहुंदा सो कुराको विचार गरिएको छैन अभियोग दावीबाट सफाई पाउं भन्ने समेतको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
२९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दासंग सम्बन्धित सम्पूर्ण मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक तर्फबाट उपस्थित विद्धान बैतनिक अधिवक्ता श्री परसुराम भटृराईले जवरजस्ती करणी भएको हो भन्ने कुरा संकारहित रुपमा स्थापित हुन पर्नेमा संकारहित तवरले स्थापित हुन सकेको छैन । संकाको सुविधा अभियुक्तले प्राप्त गर्ने नै हुन्छ । प्रतिवादी वारदातको दिन जाहेरवालाको घरमा गएकै भरमा जवरजस्तीको अभियोग लगाउन मिल्ने होइन पीडित को स्वास्थ्य परिक्षणले करणी भएको अवस्था पाइन्न योनीमा चोट रहेको कन्याजाली च्यातीएको र बीर्य स्खलन भएको भन्ने पनि पाइन्न यस्तो अवस्थामा करणीको कसूरदार ठहर्याउन मिल्दैन भन्ने समेतको बहस गर्नु भयो । शुरु जिल्ला अदालतले मागदावी अनुसार जवरजस्ती करणीको ३(१) नं. अनसार १२ वर्ष कैद गरेको इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने कुराको निर्णय गर्न पर्ने देखिन आयो ।
३०. इन्साफ तर्फ विचार गर्दा अभियुक्त भिमबहादुर पोखरेलले पीडित सिता कुमारीलाई आफ्नो घरको आंगनमा खेली रहेको अवस्थामा समाती मुख थुनी गोठमा लगि जवरजस्ती करणी गरेको तथ्य प्रमाणित हुन आएको भनि जवरजस्ती करणीको १ र ३ नं. को कसूरमा ऐ.को ३(१) नं. बमोजिम सजाय र ऐ.को १० नं. अनुसार आधा अंश सर्वस्व गर्न समेतको माग दावी रहेको छ ।
३१. प्रतिवादी उपर २०५९।१०।२५ मा दिनको २ बजे आफ्नो आंगनमा खेली रहेको छोरीलाई मुख थुनी बाख्राको गोठमा लगि जवरजस्ती करणी गरि बेहोस अवस्थामा छाडी भागेको भनि किटानी जाहेरी परेको छ । पीडित सिता कुमारी थापाको प्राथमिक स्वास्थ्य केन्द्र वरहथवा सर्लाहीबाट मिति २०५९।१०।२६ गते गरिएको स्वास्थ्य परिक्षणमा पीडितलाई करणी गर्ने प्रयास भएको योनीद्धार सानो हुंदा लिङ्ग नछिरेको तर योनीको बाहिरी भाग मुत्रनली समेतमा घर्षण भई योनीमा रगतका मसिना टाटा देखिएको भन्ने समेतको व्यहोरा उल्लेख भएकोमा प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा पीडितलाई गोठमा लगि करणी गर्न लाग्दा लिङ्ग छिर्न नसकेको घर्षण मात्र भएको पीडितको हजूरआमा आएको थाहपाई भागेको भनि साबिती बयान गरेकोमा अदालतमा इन्कारी बयान गरेको पाइन्छ । पीडित अन्य केटाकेटीहरुसंग खेली रहेको अवस्थामा अभियुक्त पीडितको घर आंगनमा पुगी पीडितलाई उठाएर गोठमा लगेको कुरा पीडितको दिदी लक्ष्मी कुमारी थापा समेतले देखि कराएर आफ्नो हजुरआमालाई बोलाएको पीडितको हजूरआमा आएपछि अभियुक्त पीडितलाई बेहोस अवस्थामा छोडी आफ्नो कपडा मिलाउदै भागेको भन्ने कुरा लक्ष्मी कुमारीको प्रहरीमा भएको कागजबाट देखिन्छ । लेखबहादुरको छोरीलाई अभियुक्तले करणी गरेको भनि बुझिएका सितादेवी थापा तिवारी समेतले अदालतमा आई बकपत्र गरेको छ । अभियुक्तले पीडितलाई समाई गोठमा लगि पीडित र आफ्नो लुगा खोली मानिस आएको थाहा पाएपछि भागेको भन्ने कुरा सीतादेवीको बकपत्र र पीडित तथा निजका बाबुको अदालतमा भएको बकपत्र समेतबाट समर्थित रहेको छ । प्रतिवादीको अदालतमा भएको बयानको स.ज.नं.१६ मा उक्त वारदातको दिन पीडित आफ्नो घरको आँगनमा खेली रहेको अवस्थामा पीडितलाई सामान्य जिस्काएको सम्म हो भनेबाट प्रतिवादीको घटनास्थलमा उपस्थिति रहेको र पीडितसंग कुरा गरेको तथ्य सम्म निर्विवाद रुपमा स्थापित छ । पीडित आफ्नै घरमा अन्य केटाकेटीहरुसंग खेली रहेको अवस्थामा यी प्रतिवादी अन्य कुनै कामले पीडितको घरमा पुगेको भन्ने पनि पाइदैन । पीडितको स्वास्थ्य परिक्षण, जाहेरवालाको किटानी जाहेरी, पीडित तथा अन्य व्यक्तिहरुको अदालतमा भएको बकपत्र समेतबाट यी प्रतिवादीले पीडितलाई गोठमा लगेको र पीडित र आफ्नो लुगा खोलेको भन्ने कुरा सम्म अन्य प्रमाणहरुवाट समर्थित र स्थापित भएको अवस्थामा अभियुक्तको अदालतमा भएको इन्कारी बयान पत्यारलायक नभएको हुंदा प्रतिवादीवाट अपराधिक कार्य भएकोमा विवाद छैन ।
३२. प्रस्तुत मुद्दामा स्वास्थ्य केन्द्र वरहथवाले योनी भीत्र लिग प्रवेश नभएको, योनीको कन्याजाली नच्यातीएको र पीडितको कट्टु केन्द्रिय प्रहरी प्रयोगशालामा जाँच गर्न पठाउंदा रगत र वीर्य नलागेको भन्ने देखिएको हुंदा जवरजस्ती करणीको कसूर भएको होइन भन्ने बिद्धान अधिवक्ताको वहस र पुनरावेदन जिकिरमा समेत उल्लेख भएको हुंदा जबरजस्ती करणीको कसूर कायम हुनको लागी योनि भित्र लिङ्गको पूर्ण प्रवेश हुन पर्ने, कन्याजाली च्यातिनु पर्ने वा विर्य स्खलित हुन पर्ने हो, होईन भन्ने तर्फ विचार गर्दा प्रतिवादी स्वयंले प्रहरीमा गरेको बयान मै विर्य स्खलन हुन भन्दा अगाडी नै आफू भागेको भनेको र पीडितको लुगा फुकाली आफुले जवरजस्ती करणी गरेको भन्ने भएबाट फुकालेको लुगामा रगत लाग्छ भन्न नमिल्ने हुंदा प्रयोगशालाले कट्टुमा वीर्य र रगत नलागेको भन्ने प्रतिवेदन दिदैमा अन्य तथ्यहरुबाट स्थापित अपराधिक कार्यलाई इन्कार गर्न मिल्ने हूंदैन ।
३३. जहांसम्म योनी भीत्र लिग प्रवेश नभएको योनीको कन्याजाली नच्यातीएको हूंदा करणीको कसूर कायम हुन सक्दैन भन्ने बिद्दान अधिवक्ताको बहस र पुनरावेदन जिकिर तर्फ बिचार गर्दा स्वास्थ्य केन्द्र वरहथवा को मिति २०५९।१०।२६ को पीडितको स्वास्थ्य जाँच प्रतिवेदनमा आठ वर्ष मुनिका बच्चामा हाइमन धेरै हाई हुने भएको र निजको गुप्ताङ्ग योनी जाँच्दा अत्याधिक दुखी रहेको भन्ने समेतको व्यहोरा रहेको छ । स्वास्थ्य केन्द्र वरहथवा सर्लाहीको मिति २०५९।१०।२९को पत्रमा बच्चाको Vaginal nifice (योनिद्वार) एकदमै साँगुरो हुने र बयस्क पुरुषको लिङ्गको मोटाई बढी हुने भएको र करणी गर्ने प्रयासमा योनी भित्र लिङ्ग छिराउने प्रयास गर्दा लिङ्ग नछिरेको तर योनीको बाहिरी भाग र मुत्रनलीको बाहिरी भागमा घर्षण गर्दा निलठामहरु देखिएको भन्ने व्यहोरा उल्लेख भएको छ र उक्त स्वास्थ्य केन्द्र वरहथवाले योनी भित्र लिङ्ग नछिरेको भन्ने उल्लेख गरेपनि योनीको बाहिरी भाग र मुत्रनलीको बाहिरी भागमा घर्षण गर्दा निलडामहरु देखिएको भन्ने व्यहोरा उल्लेख छ ।
३४. जवरजस्ती करणीको अपराधीक कार्य हुनको लागि योनिभित्र पूर्ण रुपमा लिङ्ग प्रवेश हुनै पर्ने भन्ने कुरा मुलुकी ऐन जवरजस्ती करणीको महलले स्पष्ट गरेको छैन । जर्वजस्ती करणीको वारदात स्थापित हुनका लागि मुलुकी ऐन जर्वजस्ती करणीको १ नं. मा कन्या बिधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र वर्ष मुनिकालाई उसको मन्जूरी लिई वा नलिई जुनसुकै ब्यहोरासंग करणी गरे पनि र सोह्र बर्ष नाघेकीको राजिखुसी बिना बेमन्जूरीले जुनसुकै तरहसंग भए पनि जोरजुलुम गरी वा डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेको समेत जर्वजस्ती करणी गरेको ठहर्छ भन्ने उल्लेख गरेको देखिन्छ । उक्त कानूनी ब्यवस्थामा जर्वजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रबेश गरेको हुनुपर्ने वा योनिभित्रै बिर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनीको कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनी वीच सामान्य घस्रण पर्याप्त देखिन्छ ।
३५. जवरजस्ती करणी को कसूर कायम हुन योनिभित्र लिङ्ग पूर्ण प्रबेश गरेको हुनुपर्ने वा योनि भित्रै बिर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनीको कन्याजाली च्यातिएको हुनुपर्ने हो होइन भन्ने सम्वन्धमा मोदीको मेडिकल जुरिस्प्रडेन्स एन्ड टेक्सीकोलोजी (२३सौ संस्करण पृश्ठ ८९७)मा तय constitute the offence of rape it is not necessary that there should be complete penetration of the penis with the emission of semen and rapture of hymen .partial penetration of the penis within the labia majora or the vulva or pudenda ,with or without the emission of seamen or even an attempt at penetration is quite sufficient for the purpose of law अर्थात योनिमा विर्य स्खलित वा विर्य स्खलित रहित स्त्रीजनेन्द्रीय वाह्य डिल र बाह्य भाग भित्र आंशिक लिङ्ग प्रवेश गराउनु वा लिङ्ग प्रवेश गराउने प्रयत्न गर्नु पनि कानूनी प्रयोजनको लागि पर्याप्त हुने देखिन्छ ।
३६. प्रस्तुत मुद्दाकी पीडितको योनिमा घाउचोटहरु लागेको निलडाम भएको भन्नेकुरा स्वास्थ्य केन्द्रको प्रतिवेदनले देखाएकै अवस्था छ । प्रतिवादीको अधिकार प्रप्त अधिकारी समक्ष भएको बयानमा योनीमा लिङ्ग प्रवेश गराउन खोज्दा पीडितलाई पिडा भै योनीमा पूर्ण रुपमा लिङ्ग प्रवेश हुन नसकी योनीमा घर्षणहरु भई घाउचोट र निलडाम समेत लागेको र मौकामा पीडितको हजुरआमा आएको थाहपाई विर्य स्खलित हुनु भन्दा पहिले नै प्रतिवादी भागी गएको अवस्था पाइन्छ । स्वास्थ्य केन्द्र वरहथवा सर्लाहीले बच्चाको Vaginal nifice (योनिद्धार) एकदमै साँगुरो हुने र बयस्क पुरुषको लिङ्गको मोटाई बढी हुने भएको र करणी गर्ने प्रयासमा योनी भित्र लिङ्ग छिराउने प्रयास गर्दा लिङ्ग नछिरेको तर योनीको बाहिरी भाग र मुत्रनलीको बाहिरी भागमा घर्षण गर्दा निलडामहरु देखिएको भन्ने व्यहोरा उल्लेख भएको अवस्थामा पीडितको योनीको कन्याजाली नच्यातिनु स्वभिाविक हुन आउँछ । पीडितको योनीमा प्रतिवादीको लिङ्ग पूर्ण रुपमा प्रबेश नै नभएको र पीडितको कन्याजाली समेत नच्यातिएको अवस्था हुंदा जवर्जस्ती करणीको वारदात नै कायम हुन नसक्ने भन्ने बिद्वान कानून ब्यवसायीको बहस जिकिरसंग सहमत हुन सकिएन । घटनासंग संवद्ध अन्य तथ्यहरुवाट जवरजस्ती करणीको अपराधिक कार्य गरेको कुरा पुष्टि हुन आएको अवस्थामा योनि भित्र लिङ्गको पूर्ण प्रवेश नभएको कन्याजाली नच्यातिएको, विर्य स्खलित नभएको भन्ने आधारमा अभियुक्तलाई आरोपित कसूरवाट मुक्त गर्न मिल्ने देखिएन ।
३७. अत माथी उल्लेखित आधार प्रमाण बिद्यमान कानूनी व्यवस्था समेतलाई बिचार गर्दा प्रतिवादीले मुलुकी ऐन जवरजस्ती करणीको महलको १, ३(१) नं विपरीत कसूर अपराध गरेको देखिंदा निजलाई ऐ महलको ३(१) नं वमोजिम १२ वर्ष कैदको सजाय ठहर गरी प्रतिवादीको कुनैपनि संपति नभएको भनि ऐ को १० नं वमोजिम प्रतिवादीवाट पीडितलाई आधा अंश भराइदिन नपर्ने ठहर गरेको शुरु सर्लाही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.गौरी ढकाल
ईति सम्वत् २०६३ साल जेष्ठ २८ गते रोज १ शुभम् ––––––––––