शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८३२० - हक कायम

भाग: ५२ साल: २०६७ महिना: जेष्ठ अंक:

निर्णय नं. ८३२०     जेठ, २०६७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०६१ सालको दे.पु.नं.९१६१

फैसला मितिः २०६६।१०।१७।१

मुद्दाःहक कायम  ।

पुनरावेदक वादीः  भक्तपुर जिल्ला भक्तपुर न.पा.वडा नं.८ बस्ने नानीछोरी कपाली समेत

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ म.न.पा.वडा नं.३० बस्ने ज्ञानेश्वरानन्द वैद्य समेत

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री सुष्मलता माथेमा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्रराज पन्त

मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की

 

§  पिता पुर्खाले बनाएको स्वबासी घर जग्गा निरन्तररुपमा भोग गरिआएको भन्ने दावी रहेकोमा १९१२ सालको लालमोहरभित्रको जग्गामा बनेको घर वादीलाई बहालमासम्म बस्न दिएको भन्ने इन्कारी प्रतिउत्तर देखिएकोले विवादित घरजग्गाको कसको हो भनी हकबेहकको प्रश्नमा नै वादी प्रतिवादीबीचमा मुख नमिलेको अवस्थामा विवादित घरजग्गाको हकबेहक सम्बन्धमा यकीन गरी सो पश्चात्मात्र अन्य दावी पुग्न सक्ने वा नसक्ने यकीन गर्न सकिने हुन्छ । काठमाडौँ उपत्यकाका शहरी क्षेत्रको विशेषताको रूपमा रहेका स्वबासी घर जग्गाका विषयमा घर कसले बनाएको हो र भोग कसको छ सो नै स्वामित्व निर्धारणको आधार हुने ।

(प्रकरण नं.३)

§  कसैले कुनै सम्पत्ति आफ्नो भनी सो हैसियतमा निरन्तर रुपमा गरिरहेको भोग विरूद्ध स्वामित्व मेरो हो भन्ने व्यक्तिले वैध स्रोत देखाउन सक्दैन र विपक्षीले भोगलाई परोक्ष रूपमा स्वीकार गर्दछ भने त्यस्तो सम्पत्तिमा भोगकर्ताको भोगाधिकारको सिर्जना हुन्छ । अर्को पक्षले वैध स्रोत प्रस्तुत गर्न नसके जसले भोग गरिरहेको छ त्यसलाई नै स्वामी मान्नु पर्ने हुन्छ । तिरो नलागेको स्वबासी घर जग्गामा भएको भोग नै अन्यथा प्रमाणित भएमा बाहेक स्वामित्वको प्रमाण मान्नुपर्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक वादी तर्फबाटः    विद्वान अधिवक्ता श्री रविकृष्ण हाडा र श्री विश्वप्रकाश सिग्देल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बिष्णुप्रसाद नेपाली र विद्वान अधिवक्ता दीपेन्द्र थापा

अवलम्वित नजीरः नेकाप २०६६, नि.नं. ८१२५ पृष्ठ ६२०

सम्बद्ध कानूनः

फैसला

न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, पाटनको मिति २०६०।२।१४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहो¥याई हेर्न निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

पूर्व बद्रीराज वैद्यको पाताल जग्गा, पश्चिम निजकै घर, उत्तर बद्रीराज वैद्यको र रामबहादुर मानन्धरको पाताल जग्गा, दक्षिण बाटो यति चार किल्लाभित्रको पूर्व पश्चिम २८उत्तर दक्षिण १८’–० लम्बाई चौडाइको घर परापूर्वदेखि हामीहरूको स्ववासी हकभोग भई बसोवास गरी आएकोमा २०४१ सालको भक्तपुर शहरी नापीमा सोतर्का बद्रीराज वैद्यको पातालसमेत गाभी भक्तपुर जिल्ला भक्तपुर न.पा.वडा नं.८ कि.नं.१४४ को ०३ कायम भई जग्गाधनी र मोहीमा नाम खाली भई नाप नक्सा भएको हो । उक्त घर जग्गा हामीहरूको स्ववासी हुँदा कित्ताकाट गरी दर्ता गरी पाउन भक्तपुर न.पा.को सिफारिशसाथ २०५२।४।९ मा म हर्षमाया समेतले मालपोत कार्यालमा निवेदन दिएकोमा विपक्षमध्येको श्यामबहादुरले पनि सोही कि.नं.१४४ मध्ये ०३ को पाताल जग्गा आफ्ना नाममा दर्ता गरी पाउन निवेदन दिएको र मालपोत कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेपछि ज्ञानेश्वरानन्द समेतले विवादित जग्गामा लिखित उजूरी दिएपछि विपक्षीको दावी परेकोले प्रमाणको मूल्याङ्कन गरी निर्णय दिने अधिकार नरहेको भनी मालपोत कार्यालयले हक कायम गराई ल्याउनु भनी मिति २०५३।१२।७ मा निर्णय गरेकोले सोही आधारमा फिराद गरेका छौँ । विवादित घर परापूर्वकालदेखि हामीहरूको स्वबासी भएको र भक्तपुर न.पा.बाट मिति २०५२।२।२८ मा भएको सर्जमिन र २०५२।३।९ मा सोही कार्यालयबाट भएको सिफारिशबाट स्वबासी भएको प्रमाणित नै छ । सो घर जग्गा विपक्षीमध्येको श्यामबहादुरले दर्ता माग गरेको जग्गाभित्रको होइन र अन्य उजूरवालाले पेश गरेको मिति १९१२।१।९ को लालमोहरबमोजिमको समेत नभै हामीहरूको पुर्खाले बनाई बसोवास गरी आएको घर हो । अतः नयाँ नापीमा कायम भएको कि.नं.१४४ को ०३ को कित्तामध्ये पश्चिमतर्० जग्गामा बनेको स्वबासी घरजग्गा सम्बन्धमा विपक्षीको खिचोला मेटाइ हामीहरूको हक कायम गरी कित्ताकाट गरी हाम्रो नाममा दर्ता समेत गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद
पत्र ।

काठमाडौँ जि.महाबौद्ध बस्ने रामेश्वरानन्दसँग र.नं.२६३ बाट मिति २०३६।७।२८ गते मालपोत कार्यालयमा राजीनामा फार्छे गरी लिएको पश्चिम भाष्करानन्दको घर र पूर्व मेरो घर तथा उत्तर बगैचा, दक्षिण मूल सडक यति चार किल्लाभित्रको भक्तपुर न.पा.वडा नं.८ को पूर्व दक्षिण लम्बाई १८उत्तर दक्षिण १६भएको घर पाताल मैले नै भोगचलन गरी आएकोमा सोही लिखतअनुसारको जग्गा कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा पाऊँ भनी मैले मालपोत कार्यालयमा निवेदन दिएको हुँ । भक्तपुर न.पा.ले २०३६।७।२८ गतेको राजीनामा गरी लिएको लिखतानुसार कि.नं.१४४ को घर जग्गामध्येबाट कित्ताकाट गरी दिनु भनी सिफारिश समेत दिएकोले वादी दावी झूठा हो दावीबाट छुटकारा गरिपाऊँ भन्ने समेत व्यहोराको श्यामबहादुर धौबञ्जारको प्रतिउत्तर पत्र ।

विवादित कि.नं.१४४ हाम्रो जिजु बाजेले लालमोहरबाट प्राप्त गरेको घर पाताल जग्गा हो । त्यसमा ६ खण्डको २ खण्ड पूर्वतर्बाट हामी प्रतिउत्तरवालामध्ये मदनेश्वरानन्द समेतको र पश्चिमतर्बाट ६ खण्डको २ खण्ड ज्ञानेश्वरानन्द समेतको हकभोग भएकोमा विवाद छैन । यी वादीहरूका बाजे कृष्णप्रसाद कपालीको पुर्खालाई हामीले कबुलियत लिखतनामा गरी बहालमा सम्म राखेकोमा अन्यथा दावी गर्न पाउने होइन । अतः आफ्नो निश्चित हकको स्रोत प्रमाणबेगर दायर गरेको फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको मदनेश्वरानन्द र ज्ञानेश्वरानन्द वैद्यको प्रतिउत्तर पत्र ।

वादी र प्रतिवादीहरू समेतको तेहोरो दावी परी दर्तामा विवाद उत्पन्न हुन आएको प्रस्तुत कि.नं.१४४ को हकमा घरको हदसम्म लगाउको दे.पु.नं.८५३ बाट प्रतिवादीमध्येका वैद्यहरूको र सोदेखि पूर्वको जग्गामा लगाउको दे.पु.नं.१०१८ बाट प्रतिवादीमध्येका श्यामबहादुर धौबञ्जारको हक कायम हुने ठहरी निर्णय भएकोले प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको मिति २०५७।१२।७ को फैसला ।

सयौं वर्षदेखि हामीहरूले स्वबासी प्रमाण हकभोग गरी आएको विवादित कि.नं.१४४ को क्षेत्रफल ०३ मध्ये पश्चिमतर् ० को घर जग्गा हामीहरूको दावी पुग्न नसक्ने ठहर गरेको शुरु इन्साफ त्रुटिपूर्ण भएकोले शुरु फैसला बदर गरी फिराद दावीबमोजिम विवादित घरमा हामीहरूको हक कायम गरिपाऊँ भन्ने पुनरावेदक वादी नानीछोरी कपाली समेतको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

यसमा विवादको घर आफ्नो पुर्खाले बनाई स्वबासी रुपमा बसोवास गर्दै आएको भन्ने वादीको दावी र वादीको पुर्खालाई बहालमा बस्न दिएको भन्ने प्रतिवादीको जिकीर भएकोमा वादीका पुर्खाले घर बनाई बसोवास गरेको हो वा बहालमा बसेको भन्ने विवादतर् नबोली भएको शुरु भक्तपुर जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०५९।२।३१ को आदेश ।

यसमा यसै विषय सम्बन्धको यिनै पक्ष विपक्ष भएको दे.पु.नं.८५८।३०६२। ८४३।३०१३ को मुद्दामा शुरुको फैसला सदर हुने ठहरी आज यसै इजलासबाट पैmसला भएकोले सो मुद्दामा उल्लेख गरिएको आधार र कारणहरूबाट प्रस्तुत मुद्दामा पनि वादी दावी पुग्न नसक्ने ठहर्‍याएको भक्तपुर जिल्ला अदालतको मिति २०५७।१२।७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ वादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६०।२।१४ को फैसला ।

नापी दर्ता तिरो तिरान केही नलाग्ने घर जग्गाहरूमा दर्ता स्वामित्वको आधार भनेकै भोग हो । भक्तपुरको शहरी क्षेत्र नापी नभएकाले स्वबासी भोगदेखि बाहेक दर्ता, तिरो, लगत लगायतका कुनै लिखत प्रमाण नहुने हुँदा भोग नै स्वामित्वको प्रमाण हो । विवादित घर स्वबासी हकभोग भएको तथ्य घरको लगत राख्ने तथा त्यस्तो घरहरू हक हस्तान्तरणका लागि भक्तपुर नगरपालिकाले मिति २०५२।३।९ मा गरिदिएको सिफारिश मिति २०५२।२।२८ मा भएको सर्जमिन मुचुल्काबाट प्रमाणित भइरहेको छ । मिति २०५६।२।२६ को आदेशानुसार भएको स्थलगत मुचुल्काबाट समेत विवादित घर हामी निवेदकहरूको भोगमा रहेको देखिन्छ । बहालमा राखेको कबुलियतलगायतका कुनै लिखत पेश गरी समर्थन गर्न नसकेबाट विवादित घर हामीहरूको स्वबासी हकभोगको भन्ने निर्बिवाद छ । विवादित घरको हकभोगतर् मूल विवादतर् नबोली शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । विर्ता लिखतबमोजिमको चार किल्लाभित्र विवादित घर परे पनि सो घर विर्तावाल चक्रपाणि वा निजको यो हकवालाले बनाए निर्माण गरेको भन्ने विपक्षीहरूको दावी जिकीर छैन । डेढ शताब्दीसम्म हक दावी नगरी त्याग गरी बसेको विर्ता जग्गामा अरूले घर बनाई पुस्तावारी हकभोग गरी आएपछि विर्तावालले साविकदेखि निष्क्रिय बनाएको, ऐनले नै निष्क्रिय घोषित गरेको लिखतको चारकिल्लाभित्र भएको घर सोही चारकिल्लाकै आधारमा विपक्षीहरूको हुने र हामीहरूले घरवास त्याग गर्नुपर्ने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ विर्ता उन्मूलन ऐन, २०१६ को दफा ३ तथा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(५)(६) समेतको त्रुटि गरी भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था हुँदा दोहोर्‍याई हेरी पाऊँ भन्ने समेत व्यहोराको वादीहरूको निवेदन पत्र ।

यसमा भक्तपुर शहरी नापीमा कायम भएको विवादित कि.नं.१४४ को घर र जग्गा आफ्नो पुर्खाले बनाई बसोवास गरी बस्दै आएको भन्ने निवेदक वादीतर्को दावी र यी वादीको पुर्खालाई बहालमा बस्न दिएको भन्ने प्रतिवादी जिकीर भएको प्रस्तुत मुद्दामा पुर्खाले घर बनाई बसोवास गरेको हो वा बहालमा बसेको भन्ने विवादतर् पुनरावेदन अदालत, पाटनको मिति २०५९।९।३० को आदेशानुसार अ.बं.१३३ नं.बमोजिम कागज गर्दा निवेदक वादीतर्बाट १९१४ सालको बहाल कबुलियत कसैको सहिछाप नभएको र भीमानन्द भन्ने व्यक्ति हाम्रो पुर्खा र नाता समेत पर्दैन भनी मिति २०५९।११।१३ मा कागज गरिदिएको छ भने सोही बहाल कबुलियत बारे विपक्षी प्रतिवादीको वारेस कुलबहादुर श्रेष्ठले मिति २०५९।१०।२३ मा कागज गर्दा कबुलियत गरी दिने व्यक्ति र प्रतिवादीहरू बीच के कस्तो नाता पर्छ थाहा छैन भन्ने भएको, विवादित घर निवेदकहरूको स्वबासी घर हो भनी भक्तपुर नगरपालिकाको सिफारिश देखिएको र शुरू भक्तपुर जिल्ला अदालतबाट वादी श्यामबहादुर धौबञ्चार विपक्षी बद्रीराज वैद्य समेत भएको हक कायम मुद्दामा भएको मिसिल संलग्न मिति २०५६।९।१९ को नक्साबाट समेत विवादित कि.नं.१४४ को न.नं.१ र ६ को घर र जग्गामा निवेदक वादीहरूकै बसोवास रहेको भन्ने देखिन आउँछ । विपक्षी प्रतिवादीहरूको हकको स्रोत १९१२ सालको लालमोहर भन्ने भएको भए लालमोहरबाट प्राप्त विर्ता जग्गा विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम सो ऐनमा २०४९ सालमा भएको संशोधन पूर्वसम्म रैकरमा परिणत गराएको वा रैकरमा परिणत गराउनेतर् कारवाही चलाएको नदेखिएको र विपक्षी बद्रीराज वैद्य समेतको दावी जिकीर रहे भएको देखिँदैन । अतः विवादित कि.नं.१४४ को घरजग्गा भएको घर कसले बनाएको हो सो कुरासमेत तर् पुनरावेदन अदालत, पाटनको फैसलामा कुनै यकीन गरिएको देखिएन । अतः विवादित घर कसले बनाएको हो र कसको हकभोग चलनमा रहेको छ भन्ने हकभोगको प्रश्नमा समेत निर्णय नगरी पुनरावेदन अदालत पाटनबाट मिति २०६०।२।१४ मा भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ अ.बं.१८४ क, १८५ नं. तथा १९२ नं.को गम्भीर त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरी दिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६१।१०।६ को आदेश ।

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रविकृष्ण हाडा र श्री विश्वप्रकाश सिग्देलले १९१२ सालको लालमोहरले कति जग्गा ओगटेको छ सो यकीन पनि नभएको र किल्लासमेत भिडेको छैन । कुनै जग्गाको स्वामित्व कायम हुन साविक दर्ता तिरो र भोग अनिवार्य हुन्छ । भोग मेरो पक्षको छ । बहाल कबुलियत गरी मेरो पक्षले लिएको भन्ने कुनै प्रमाण छैन । विर्ता उन्मूलन ऐन, २०१६ ले निर्धारित गरेको म्याद १२० दिनभित्र विर्ता जग्गा रैकर हुन पर्दछ भएन भने सो विर्ताको कुनै अस्तित्व हुँदैन । त्यसैले रैकरमा परिणत नभएको हुँदा लालमोहरभित्रको भन्ने देखिएको छैन । उक्त जग्गा पुनरावेदकको भोगमा छ । बहालमा दिएको प्रमाण छैन । घरबाट हटाउनु पर्दछ भन्ने मुद्दा पनि होइन तसर्थ पुनरावेदन अदालतको फैसला बदर गरी पुनरावेदन जिकीरबमोजिम हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थीहरू मध्ये वैद्यहरूको तर्का विद्वान अधिवक्ता दीपेन्द्र थापाले २०३६।७।२८ मा दिएको न.नं.१ को जग्गाको राजीनामामा पश्चिममा स्करानन्दको घर भनेको छ त्यो भनेको यही नं.नं.६ को घर हो । सर्जमिन मुचुल्कामा पनि एकपट्टि वैद्यहरूको देखिन्छ । अदालतबाट भएको नक्सा लालमोहरको किल्लासँग भिड्छ । उक्त नक्सामा कुनै उजूर छैन । स्वबासी भन्ने कुरा दावीबाहेक अन्य प्रमाण छैन । विर्ता उन्मूलन ऐन, २०१६ जग्गामा लागू हुने हो घरमा होइन । घर स्ववासी नभई लालमोहरभित्रको हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी श्यामबहादुर धौबञ्चारका तर्का विद्वान वरिष्ठ अधिवक्ता श्री बिष्णुप्रसाद नेपालीले मेरो पक्षले लिएको जग्गाको लिखत बदर नभएको र उक्त लिखत दुवै पक्षले स्वीकारै गरिराखेको हुँदा पुनरावेदन अदालतको फैसला सदर हुनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

दुबै पक्षका विद्वान कानून व्यवसायीहरूको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने   देखियो ।

२. निर्णयतर्फ विचार गर्दा परापूर्वकालदेखि स्वबासी हकभोग गरी आएको घर जग्गा २०४१ सालमा शहरी नापी हुँदा बद्रीराज वैद्यको पाताल समेत गाभी जग्गाहरू र मोहीको नाम खाली रही कि.नं.१४४ को क्षेत्रफल ०३ कायम भएको जग्गामध्ये पश्चिम तर्बाट ०० जग्गामा बनेको स्वबासी घरमा खिचोला गरेकोले खिचोला मेटाइ हक कायम गरी कित्ताकाट गरी दर्ता समेत गरिपाऊँ भन्ने वादी दावी भएकोमा दावी नपुग्ने ठहर गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलाउपर मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भई निर्णयार्थ पेश हुन आएको पाइयो ।

३. यसमा १९१२ सालको लालमोहरभित्रको जग्गा भए पनि विर्ता जग्गालाई रैकरमा परिणत नगरेको र विर्ता स्वतः निष्क्रिय रही पुर्खाको पालादेखि स्वबासी जग्गामा घर बनाई निरन्तर भोगी आएको भन्ने वादी दावी छ । वादीहरूका बाजे कृष्णप्रसाद कपालीको पुर्खालाई कबुलियत लिखतनामा गरी बहालमासम्म राखेको भन्ने प्रतिउत्तर जिकीर रही वादी प्रतिवादीका बीचमा विवादित स्वबासी घर जग्गाको स्वामित्व सम्बन्धमा नै विवाद रहेको देखिन आयो । पिता पुर्खाले बनाएको स्वबासी घर जग्गा निरन्तररुपमा भोग गरिआएको भन्ने दावी रहेकोमा १९१२ सालको लालमोहरभित्रको जग्गामा बनेको घर वादीलाई बहालमासम्म बस्न दिएको भन्ने इन्कारी प्रतिउत्तर देखिएकोले विवादित घरजग्गाको कसको हो भनी हकबेहकको प्रश्नमा नै वादी प्रतिवादीबीचमा मुख मिलेको छैन । यस्तो अवस्थामा विवादित घरजग्गाको हकबेहक सम्बन्धमा यकीन गरी सो पश्चात मात्र अन्य दावी पुग्न सक्ने वा नसक्ने यकीन गर्न सकिने हुन्छ । काठमाडौँ उपत्यकाका शहरी क्षेत्रको विशेषताको रूपमा रहेका स्वबासी घर जग्गाका विषयमा घर कसले बनाएको हो र भोग कसको छ सो नै स्वामित्व निर्धारणको आधार हो । विवादित घर वादीका पुर्खाले बनाएको हो वा प्रतिवादीका पुर्खाले बनाई वादीका पुर्खालाई बहालमा बस्न दिएको भन्ने तर् हेर्दा १९१४ सालको बहाल कबुलियतनामामा उल्लिखित भीमानन्द भन्ने व्यक्ति हाम्रो पुर्खा र नाता समेत पर्दैन भनी वादीले अ.बं.१३३ नं.बमोजिम मिति २०५९।११।१३ मा कागज गरेको देखिन्छ । सोही बहाल कबुलियत बारे प्रतिवादीको वारेस कुलबहादुर श्रेष्ठले मिति २०५९।१०।२३ मा कागज गर्दा कबुलियत गरी दिने व्यक्ति र प्रतिवादीहरू बीच के कस्तो नाता पर्छ थाहा छैन भनी लेखाएको पाइन्छ । वादीले सो कसैको सही नपरेको कबुलियतलाई स्वीकार नगरेको र स्वयं प्रतिवादी पक्षबाट वादीलाई कबुलियत गरी घर बहालमा दिएको भन्ने व्यक्ति र हालका व्यक्तिको सम्बन्ध छुट्याउन असमर्थ रहेको स्थिति हुँदा प्रतिउत्तर जिकीरको पुष्टि हुन सकेको स्थिति छैन । १९१४ सालको कबुलियतनामामा कबुलियत गर्दा दिने लिने दुबै पक्षको सहिछाप भएको वा सोलाई पुष्टि गर्ने अन्य कुनै प्रमाण रहेको देखिँदैन । सहिछाप नभएको त्यस्तो १९१४ सालको भनिएको कागज र सोलाई पुष्टि गर्ने अन्य सहप्रमाणको अभाव रहेको कबुलियतलाई ग्राह्य प्रमाणका रुपमा लिन मिलेन । यसबाट प्रतिवादी पक्षले घर बनाई वादी पक्षलाई बहालमा बस्न दिएको भन्ने कुराको पुष्टि हुन सकेन ।

४. कि.नं.१४४ को हकको स्रोत १९१२ सालको लालमोहर हो भन्ने प्रतिवादीहरूको जिकीर रहेको छ । १९१२ सालमा लालमोहरबाट प्राप्त विर्ता जग्गा भएबाट विर्ता उन्मूलन ऐन, २०१६ बमोजिम रैकरमा परिणत गराएको देखिँदैन । रैकरमा परिणत गराउनेतर् कारवाहीसम्म पनि नचलाई प्रतिवादी पक्ष बसेको समेत पाइन्छ ।

५. विवादित कि.नं.१४४ को घर वादीहरूको स्वबासी घरजग्गा हो भनी भक्तपुर नगरपालिकाको मिति २०५२।३।९ को सिफारिश रहेको र मिति २०५६।९।१९ मा भइ आएको नक्सा मुचुल्का समेतमा विवादित कि.नं.१४४ को न.नं.६ को घर जग्गा वादीहरूकै बसोवास रहेको भन्ने उल्लेख भएको पाइन्छ । खासगरी कुनै दर्ता तिरो नरहने स्ववासी भनी कानूनी मान्यता प्राप्त घरजग्गाको भोग सम्बन्धमा विवाद परेपछि सो घरजग्गाको यथार्थ भोग र नक्सा नै विवादको निरोपण गर्ने वस्तुगत र उपयुक्त प्रमाण हो । नक्सा मुचुल्काबाट विवादित घर वादीहरूकै भोगमा रहेको भन्ने देखिँदा कसको भोगमा छ भनी विवाद गर्ने ठाउँ रहेन । विवेचित प्रमाणहरूबाट विवादित घर वादीहरूको भोगमा रहेको पुष्टि हुन्छ । कसैले कुनै सम्पत्ति आफ्नो भनी सो हैसियतमा निरन्तर रुपमा गरिरहेको भोग विरूद्ध स्वामित्व मेरो हो भन्ने व्यक्तिले वैध स्रोत देखाउन सक्दैन र विपक्षीले भोगलाई परोक्ष रूपमा स्वीकार गर्दछ भने त्यस्तो सम्पत्तिमा भोगकर्ताको भोगाधिकारको सिर्जना हुन्छ । अर्को पक्षले वैध स्रोत प्रस्तुत गर्न नसके जसले भोग गरिरहेको छ त्यसलाई नै स्वामी मान्नु पर्ने हुन्छ । तिरो नलागेको स्वबासी घर जग्गामा भएको भोग नै अन्यथा प्रमाणित भएमा बाहेक स्वामित्वको प्रमाण हो । यसै सन्दर्भमा लामो समयदेखि अविछिन्न भोगचलन उपर कुनै कसैको उजूरबाजुर नभई २०१३ सालदेखि नै भोगचलन गरी तिरो समेत तिरी आएको विवादित घरजग्गामा चीरभोगको सिद्धान्त (Long time undisputed possessory right) समेतबाट प्रतिवादीकै भोग स्वामित्वको देखिन आउने भनी नेकाप २०६६, नि.नं. ८१२५, पृष्ठ ६२०, पुनरावेदक हस्तबहादुर श्रेष्ठ विरूद्ध रामबहादुर श्रेष्ठ भएको नापी दर्ता बदर मुद्दामा प्रतिपादन भएको उक्त सिद्धान्त यस मुद्दामा समेत आकर्षित हुने नै देखियो । कारण भोगको सुविधाधिकारको प्रत्याभूति कानूनबाट मात्र नभई चीरभोग वा साविकदेखि उपभोग गरिआएको तथ्यहरूको आधारमा संरक्षित हुन्छ । यी वादीहरूका पिता पुर्खाका पाला लगभग डेढ शताब्दी अर्थात १५० वर्षभन्दा पनि अगाडिदेखि विवादित घर भोग गरिआएको अवस्थामा भोग गर्ने अधिकारबाट कसैलाई यथेष्ट र भरपर्दो प्रतिकूल प्रमाण बिना नै वञ्चित गरिन्छ भने त्यस्तो कार्य चीरभोगको सिद्धान्तको प्रतिकूल हुन  जान्छ । पिता पुर्खाको पालादेखि निरन्तर रूपमा विवादित घरमा आफ्नै नाममा धारा बत्ती समेत जडान गरी भोग गरी आएको देखिएको र त्यस्तो चीरकालको भोगलाई अन्यथा गर्न सकिने खालका प्रतिवादी पक्षबाट प्रमाण गुजार्न नसकेबाट विवादित कि.नं.१४४ को क्षेत्रफल ०३ मध्येबाट पश्चिमतर्फको न.नं.६ को क्षे.फ.
० जग्गामा बनेको घर वादीहरूको हक भोगको देखिँदा सो हदसम्म वादी दावी पुग्ने नै देखियो ।

६. प्रतिवादी मध्येका श्यामबहादुर धौबञ्जारको हकमा लिएको दावीतर्फ हेर्दा कि.नं. १४४ को न.नं.१ को घर जग्गा श्यामबहादुर धौबञ्जारलाई रामेश्वरानन्द वैद्य समेतले मिति २०३६।७।२८ मा फार्छे लिखत गरी दिएको र सो लिखत बदर समेत हुन सकेको छैन । यसरी लिखत बदर हुन पनि नसकेको र विवादित न.नं.१ को घरजग्गामा प्रतिवादी श्यामबहादुर धौबञ्जारको भोगमा रहेको तथ्यलाई वादीले अन्यथा भन्न सकेको नहुँदा सो हदसम्म वादी दावी पुग्ने देखिएन ।

७. अतः बिवादित कि.नं.१४४ को न.नं.१ को जग्गा श्यामबहादुर धौबञ्जारलाई वैद्यहरूले दिएको लिखत बदर समेत हुन नसकेको र न.नं.६ को जग्गा नानी छोरी कपालीको कायम हुने ठहरी दे.पु.नं.९१६० मुद्दामा आज यसै इजलासबाट भएको फैसलामा बिवेचित आधार प्रमाणबाट कि.नं.१४४ को क्षेत्रफल ०३ को पश्चिमतर्बाट न.नं.६ को ०० जग्गामा बनेको स्वबासी घर जग्गामा वादीहरूको हक कायम भई प्रतिवादीहरूले गरेको खिचोला मेटाइ कित्ताकाट गरी वादीहरूको नाममा दर्ता समेत हुने ठहर्छ । वादी दावी नपुग्ने ठहर गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६०।२।१४ को फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्न

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भै भक्तपुर जिल्ला भक्तपुर न.पा.वडा नं.८ को कि.नं.१४४ को ०३ मध्ये पश्चिमतर्बाट न.नं. ६ को क्षेत्रफल ०० र सो जग्गामा बनेको घरमा वादीको हक कायम भई खिचोला मेटाइ कित्ताकाट गरी वादीहरूको नाउँमा दर्ता समेत हुने ठहरी फैसला भएकोले उक्त कि.नं.१४४ को पश्चिमतर्पmबाट ०० जग्गा र सोमा भएको घरको कित्ताकाट गरी वादीहरूको नाममा दर्ता गरी दिन मालपोत कार्यालय, भक्तपुरमा लेखी पठाउनु भनी शुरु भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनू................१

वादीले फिराद गर्दा राखेको शुरु कोर्टफी रु.१३२०। तथा पुनरावेदन अदालत, पाटन तथा यस अदालतमा राखेको कोर्टफी रु.३९६। समेत जम्मा कोर्टफी रु.१७१६। वादीले प्रतिवादीबाट भरी पाउने हुँदा कोर्टफी ऐन, २०१७ का म्याद भित्रमा दरखास्त दिएमा नियमानुसार कोर्टफी भराई दिनु भनी भक्तपुर जिल्ला अदालतमा लेखी पठाउनू––

प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू–––

उक्त रायमा म सहमत छु ।

न्या.राजेन्द्रप्रसाद कोइराला

इति संवत् २०६६ साल माघ १७ गते रोज १ शुभम

इजलास अधिकृतदीपक ढकाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु