निर्णय नं. ६७१८ - अंश नामसारी

निर्णय नं. ६७१८ ने.का.प. २०५६ अङ्क ५
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधिश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधिश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत २०५४ सालको दे.पु.नं.. ३४७३
फैसला मितिः २०५५।१०।२५।२
मुद्दाः अंश नामसारी ।
पुनरावेदक/प्रतिवादीःजिल्ला रुपन्देही, सिध्दार्थनगर नगरपालिका वार्ड नं. ६ वस्ने गिरधारी लाल अग्रवाल समेत
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने विश्वनाथ अग्रवाल ।
§ कम्पनीको शेयर जस्तो चल सम्पत्ति अन्तर्गत पर्ने कुरा पास गर्नु पर्ने अवस्था पनि हुन आउंदैन । शेयर पास गरेको मिति २०५०।२।१५ कायम हुदैमा मानो छुटिृएको मिति भन्दा पछि खरिद गरेको भन्न सकिने अवस्था नभएवाट सो समेतमा वादीले चार भागको एक भाग अंश पाउने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिव नै देखिंदा सदर हुने ।
(प्र.नं. १६)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त
अवलम्वित नजिरः
फैसला
प्र.न्या.मोहनप्रसाद शर्माः पुनरावेदन अदालत, बुटवलको मिति ०५३।१।१० को फैसला उपर प्रतिवादीले मुद्दा दोहोर्याई हेरी पाउं भन्ने व्यहोराको निवेदन गरी यस अदालतको संयुक्त इजलासको मिति २०५४।३।१० को आदेशानुसार दोहोर्याई हेर्न निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः
२. मुल पुरुष बाजे चिरंजिवीलालका एक मात्र छोरा विपक्षी वाबु गिरधारीलाल अग्रवालका क्रमशः ३ छोरा मध्ये जेठा बिपक्षी सत्यनारायण अग्रवाल माहिला म फिरादी विश्वनाथ अग्रवाल र कान्छा गौरी शंकर अग्रवाल हौं । बाजे चिरन्जीविलाल अग्रवाल वजै र आमा समेत आफ्नो कालगतिले पहिला नै परलोक भइसक्नु भएको छ । हाल ४ वरावरका अंशियार छौं, सम्पुर्ण सगोल सराकतको कारोवार सम्पत्ति विपक्षीहरुको कव्जा नियन्त्रणमा छ, अंशवण्डा भएको छैन, परिवारमा अमेल हुन थालेकोले संगोलमा वस्न श्रेयस्कर नभएकोले मेरो अंश भाग अंशवण्डा गरी छुट्याई दिनुहोस भनि बिपक्षीहरुसंग २०४९।१२।२८ गते अनुरोध गर्दा अंश दिन र खान लाउन समेत नदिई घरवाट निकाला गरेकोले फिराद परेको अघिल्ला दिन सम्मको सम्पूर्ण संपत्तिको तायदाती फांटवारी लिइ ४ भागको १ भाग अंश दिलाई नामसारी समेत गराई पाउं भन्ने समेत व्यहोराको वादीको मिति ०५०।२।८ को फिरादपत्र ।
३. बिपक्षी वादीले उल्लेख गरेको पुस्तेवारीमा हाम्रो कुनै विवाद छैन, बाजे चिरन्जीविलाल अग्रवालको पैतृक संपत्ति पिता गिरधारीलाल अग्रवालले नपाउनु भएको रहेछ, सानै उमेर देखि व्यापार गर्दै आई कमाएको धनवाट महालक्ष्मी फलावर राईस मिलमा हाम्रा पिता गिरधारीलाल अग्रवालले केही रकम लगाई पार्टनरमा काम गर्दै सो मिलले चर्चेको जग्गावाहेकको जग्गा तत्काल जिमिन्दार विन्देश्वरी थारुको जग्गा जोत कोड गरी पिता गिरधारीलालले ज.वि. ०-१०-१९ दर्ता गराई घर वनाई वसोवास गरी आएकोमा म सत्यनारायण वालिग भै छुट्टै व्यापार गरी कमाई आएको, सो मेरो मेहनतवाट कमाएको धन लगाई २०३८।४।२५ मा श्री महालक्ष्मी राइस, आयल फलावर एण्ड दँल मिल (प्रा.) लि. मा शेयर लगाई २०४०।२।१५ मा शेयर संख्या २५ खरिद गरी आएको र ०४४।४।१४ मा काशीराम मारवाडीवाट राजिनामा गरी जग्गा खरीद गरेको र केही जग्गा वकस समेत प्राप्त गरेको निजी आर्जनको सम्पत्तिमा आफुखुस गर्न पाउने र म प्रतिवादी गौरीशंकर वालिग भएपछि छुट्टै व्यापार गरी कमाई आफ्नो जीवन निर्वाह गरेको हुं। हामी जिम्मा कुनै वण्डँ गर्नु पर्ने सम्पत्ति छैन भन्ने समेत व्यहोराको प्रतिवादी सत्यनारायण अग्रवाल तथा गौरी शंकर अग्रवालको संयुक्त प्रतिउत्तरपत्र ।
४. विपक्षी वादीले देखाएको पुस्तेवारी नाता सम्वन्धमा मेरो कुनै विवाद छैन । म प्रतिवादी एउटा व्यापारी भएकोले सवै छोराहरुले आ-आफ्नो छुट्टै व्यापार व्यवसाय, पेशा गरी आ-आफ्नो लालन पालन गरुन भन्ने इच्छाले २०३७ साल वैशाख ६ गते अन्य छोरा समेत राखी विपक्ष वादीलाई रु.१,००,०००। (एक लाख) नगद दिएको र अन्य छोराहरुलाई वरावरको दरले नगद धन दिई आएको, सत्यनारायण र गौरीशंकर अहिले पनि भिन्दै छन र आ-आफ्नो व्यवसाय व्यापार गरी आ-आफै भोग्दै छन्, बिपक्षी वादीले पनि समेतवाट लिएका धनवाट कुनै व्यापार व्यवसाय गरेका छन वा छैनन् सो मलाइ थाहा छैन । मेरा पिता चिरंञ्जिवी लाल अग्रवालसंगबाट मैले कुनै धन, सम्पत्ति लिए पाएको छैन । पैतृक सम्पत्ति म संग छैन मेरो निजी प्रयास एवं मेहनतवाट कमाएको धनले घर वनाई आएको र महालक्ष्मी राइस आयल, फ्लावर एण्ड दाल मिल (प्रा) लि मा रहेको शेयर सम्पत्ति मेरो निजी आर्जनको सम्पति भएकोले बिपक्ष्ँीले मलाई वाध्य वनाई वण्डा गरी लिन पाउने हैन भन्ने समेत व्यहोराको प्रतिवादी गिरधारी लाल अग्रवालको प्रतिउत्तर पत्र ।
५. वादी प्रतिवादीहरु वीच अंशवण्डा भएको छैन, वादीले दावी अनुसार प्रतिवादीहरुवाट ४ खण्डको १ खण्ड अंश पाउनु पर्छ भन्ने समेत व्यहोराको वादीका साक्षी राजेश गुप्ता र प्रदीप पाठकले जिल्ला अदालत रुपन्देहीमा गरेको वकपत्र ।
६. गिरधारीलालले आफ्नो वाबुवाट कुनै पैतृक सम्पत्ति, नगद केही नलिएको र आफ्नो ज्ञानशीपवाट कमाएको सम्पत्ति भएकाले वादीले अंश पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी अधिर चन्द्र सरकारले जिल्ला अदालत रुपन्देहीमा गरेको वकपत्र ।
७. अंश जस्तो गम्भीर प्रकृतिको मुद्दामा अंश दिएको ठोस प्रमाण वेगर अंश पाएकै होला भनी अनुमान गर्न मिल्दैन, तसर्थ प्रस्तुत मुद्दामा वादी दावी वमोजिम वादीले दाखिल हुन आएको तायदाती फांटवारीको चार भागको एक भाग अंश हक वापत पाउने ठहर्छ । सो ठहर्नाले निजका नाउंमा नामसारी समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति ०५१।९।२४ को फैसला ।
८. प्रस्तुत मुद्दाको नालेश दायर भै सकेपछि खरीद गरिएको महालक्ष्मी फ्लावर राइस मिलको शेयर रजिष्ट्रेशन लिखत समेत पेश गरिएको सम्पति तथा अन्य स्व आर्जनको सम्पत्ति समेत वण्डा गर्ने गरी भएको र विपक्षीको जिम्माको मितल इज्टरप्राइजेजको हकमा केही नवोली भएको शुरुको फैसला त्रुटिपूर्ण हुंदा उक्त फैसला वदर गरी झुटृा दावीवाट फूर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।
९. वादीले प्रस्तुत मुद्दा दायर गरेपछि प्रतिवादीहरुले खरीद गरेको सम्पत्ति समेत अंशवण्डा गरी दिएको शुरुको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम झगडिया झिकाई आए वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको आदेश ।
१०. वादी र प्रतिवादी अंशियार, वाबु छोरा र अन्य प्रतिवादीहरु दाजुभाई नाताका भन्ने तथ्य्मा विवाद देखिदैन । साथै वादीले स्वआर्जनको सम्पत्तिमा छोराहरुलाई इज्जत आमद अनुसार खान लाउन वा अंश दिनुपर्ने होइन भन्ने प्रतिवादी मध्ये वाबु नाता पर्ने गिरधारीको जिकिर नभई निजलाई एक लाख रुपैया व्यापार गर्न दिएको हो अरु वण्डा गर्नुपर्ने होइन भन्ने सम्म रहेको देखिंदा प्रतिवादीले वादीलाई चल सम्पत्ति के कति दिएको रहेछ सो र प्रतिवादीको जिकिर अनुसारको सम्पत्तिवाट अंशवण्डा गर्नुपर्ने होइन भन्ने समेतको तथ्य प्रमाणवाट पुष्टि भई रहेको देखिन नआएकोले वादी दावी वमोजिमको ४ भागको १ भाग अंश वादीले प्रतिवादीवाट छुट्याई लिन पाउने ठहराएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मुनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति ०५३।१।१० को फैसला ।
११. अंशवण्डा सम्वन्धी कानूनी व्यवस्थाले छोराले वाबुसंग अंश लिने माग्ने निःशर्त कानूनी अधिकार प्रदान गरेको छैन, अंशवण्डाको १० नं. अनुसार वाबुले इज्जत आमद अनुसार खान लाउन दिए सम्म वाबुको इच्छा वेगर छोराले अंश माग्न पाउदैन, म गिरीधारीलालले विपक्षीलाई इज्जत आमद अनुसार खान लगाउन नदिएको तथ्य विपक्षी वादीले प्रमाणित गर्न सकेको छैन र अदालतवाट समेत त्यस्तो अवस्थाको ठहर गर्न सकेको छैन, यस स्थितिमा पुनरावेदन अदालतको फैसलामा अंशवण्डाको १० नं. को व्याख्यात्मक त्रुटी भएको प्रष्ट छ, आफ्नो ज्ञान, शिप प्रयासवाट आर्जन गरेको निजी सम्पत्ति वण्डा गर्न कर लाग्दैन भन्ने प्रष्ट कानूनी व्यवस्था रहेकोमा निजी आर्जनको सम्पत्ति तथा मानु छुटिृएको मिति, पश्चात आर्जन गरेको सम्पत्ति समेत वण्डा लाग्ने गरी गरेको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला दोहोर्याई हेरी शुरु जिल्ला अदालत तथा पुनरावेदन अदालत बुटवलको फैसलाउल्टी गरी हाम्रो प्रतिउत्तर जिकिर अनुसार हुने गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीहरुको निवेदनपत्र ।
१२. मानु छुटिृएको मिति ०५०।२।८ पश्चात मिति ०५०।२।१५ मा महालक्ष्मी राइस, आयल फ्लोर एण्ड दाल मिल.(प्रा) लि.को शेयर खरिद भएकोलाई पनि विना कुनै आधार कारण्ँ वण्डा लगाइएको देखियो । साथै पुनरावेदन पत्रमा उक्त जिकीर तर्फ कुनै विवेचना नै नगरी न्यायीक मनको प्रयोग नगरी शुरुको सदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को कानूनी व्याख्या सम्वन्धी त्रुटी देखिंदा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०५४।३।१० को आदेश ।
१३. नियम बमोजिम पेशी सुचिमा चढी इजलास समक्ष्ँ पेश हुन आएको प्रस्तुत मुद्दामा निवदेन सहितको सम्पुर्ण मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीहरुका तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले मलूकी ऐन अंशवण्डाको १० नं. को पुर्वावस्थाको ठहर नगरी भएको फैसला त्रुटिपूर्ण हुंदा वदर हुनुपर्दछ भन्ने र प्रत्यर्थी वादीका तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्तले जिल्ला अदालत रुपन्देहीले वादीको अंश हक कायम गरी गरेको फैसला पश्चात् आपसी मंजूरीमा सम्पत्ति वांडफांड गर्ने गरी संझौता समेत भएको छ । त्यसरी अंशवण्डा लगाउंछु भनी भन्नेले अंशवण्डा लगाइदिनुपर्छ अंशवण्डाको १० नं. को जिकिर लिन मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ र त्यस्तो अनुमान खण्डन गर्न चाहेमा त्यसको प्रमाण पुर्याउने भार समेत सोही पक्षको हुने प्रमाण ऐनको प्रावधान अनुसार पनि शुरु एवं पुनरावेदन अदालतले वादीको अंश हक पुग्ने गरी गरेको फैसला मनासिव हुंदा सदर हुनुपर्दछ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।
१४. उपर्युक्त वहस जिकिरहरु समेत सुनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मुलतः पुनरावेदन अदालत, बुटवलको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनुपर्ने देखियो ।
१५. यसमा, पुनरावेदक मध्येका गिरधारीलाल अग्रवाल र वादी विश्वनाथ अग्रवाल वाबु छोरा नाताका हुन् र यी वादी प्रतिवादी अंशीयार हुन भन्ने कुरामा कुनै विवाद देखिन आउदैन । उमेर पुगेको छोराहरुले अंश लिई भिन्न हुन चाहेमा अंश नपाउने भन्न पनि सकिने अवस्था छैन। वादीले आफ्नो नाममा कुनै अचल सम्पति नभएको, सगोलको कारोवार, एवं सम्पत्ति सवै प्रतिवादीहरुकै भोगचलनमा रहेको भन्ने दावी लिएको देखिन्छ भने प्रतिवादीहरुले वादी प्रतिवादी वीचमा छुटृी भिन्न भै अंशवण्डा भैसकेको भन्ने कुराको प्रमाण पेश गर्न सकेको समेत देखिदैन । वादीले आफ्नो नाममा कुनै चल अचल श्रीसम्पति नरहेको र आफ्नो नाममा दर्ता रहेको मित्तल इन्टरप्राइजेज फर्ममा बिपक्षीहरुले कव्जा गर्दै आएके भन्ने व्यहोराको र प्रतिवादीहरुले आफ्नो नाममा रहेको चल अचल सम्पत्ति मध्ये वण्डा हुन पर्ने र नपर्ने व्यहोरा समेत जनाई तायदाती फांटवारी पेश गरेको देखिन्छ । तायदाती विवरणमा प्रतिवादीहरुले उल्लेख गरेको महालक्ष्मी राइस, आयल, प्लोर एण्ड दाल मिल (प्रँ.) लि.को नाममा रहेको जग्गा एवं शेयरहरु वण्डा नलाग्ने सम्पत्ति हुन भनी जिकिर लिएको पाइदैन । रुपन्देही जिल्ला अदालतवाट चार अंशियार भै चार भागको एक भाग अंश हक पाउने ठहर गरी फैसला गरे पश्चात मात्र सो सम्पत्ति वण्डा नहुने भनी पुनरावेदनमा जिकिर लिएको देखिन्छ । यस स्थितिमा तायदातीमा देखिएको सम्पत्तिमा चार खण्डको एक खण्ड वादीले अंश पाउने नै अवस्था छ ।
१६. मानो छुटिृएको मिति ०५०।२।८ हो भन्ने कुरामा विवाद हुन सक्दैन । मानो छुटिृएपछि मिति ०५०।२।१५ मा पास गराई लिएको महालक्ष्मी राईस, आयल, प्लोर एण्ड दाल मिल्स प्रा.लि.को शेयर वण्डा हुनु नपर्ने भन्ने पुनरावेदक प्रतिवादीको भनाई तर्फ विचार गर्दा उक्त शेयर प्रतिवादी मध्येका गिरधारीले मिति २०४९।८।२५ मा नै घरसारको लिखतवाट
लिइसकेको देखिन आएको छ । कम्पनीको शेयर जस्तो चल सम्पत्ति अन्तर्गत पर्ने कुरा पास गर्नु पर्ने अवस्था पनि हुन आउंदैन । शेयर पास गरेको मिति २०५०।२।१५ कायम हुदैमा मानो छुटिृएको मिति भन्दा पछि खरिद गरेको भन्न सकिने अवस्था नभएवाट सो समेतमा वादीले चार भागको एक भाग अंश पाउने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिव नै देखिंदा सदर हुने ठहर्छ ।
प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्वत २०५५ साल माघ २५ गते रोज २ शुभम्........ ।