शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८४६ - कीर्ते

भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक:

निर्णय नं. ६८४६           ने.का.प.२०५७       अङ्क १

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

सम्वत् २०५३ सालको फौ.पू.नं. .. १३१७

फैसला मितिः २०५६।३।१४।२

 

मुद्दाः कीर्ते ।

 

पुनरावेदक

प्रतिवादीः जि.पर्सा गम्हरीया गा.वि.स. वडा नं. ६ वस्ने वावुलाल महतो कोइरी

विरुद्ध

विपक्षी

वादीः ऐ. मौराटार गा.वि.स. वडा नं. २ वस्ने राजदेव महतो कोइरी

 

§  वावुलाल कोइरीले वाली दिलाई मोही निस्कासन गरी पाउँ भन्ने मुद्दाको म्याद मिति ०४५।३।२० मा तामेल हुँदा मलाई नवुझाई नखरा व्यक्तिलाई सहि गराई किर्ते गरेकाले सजाय गरी पाउँ भन्ने वादी र मैले त्यस्तो कुनै किर्ते जालसाजी काम गरेको छैन । म्याद वेरितसँग तामेल भएको भए अ.वं. ११० नं वमोजिम वदर गराउनु पर्नेमा सो नगरेकोले वादीदावी झूट्टा हो भन्ने समेत प्र. वावुलाल महतोको प्रतिउत्तर जिकिर भएको पाइन्छ । म्याद तामेलीमा भएको राजदेव महतो कोइरीको नामबाट लागेको ल्याप्चे र निजको अदालतको रोहवरमा लिइएको ल्याप्चे भिडाई विशेषज्ञसँग जांच गर्न पठाएकोमा सो ल्याप्चे आपसमा नमिल्ने भन्ने राय प्रस्तुत भएको देखिन्छ भने यी पुनरावेदक प्र. वावुलाल महतोको जग्गामा मोही वादी राजदेव भएको वावुलाल महतोले उक्त जग्गाको मोहीवाट राजदेवलाई निस्कासन गर्नु पर्ने सम्मको स्वार्थ निहित रहेको तथ्य पुष्टि भैरहेको अवस्था शुरुले वादी दावी वमोजिम किर्ते गरेको ठहराएको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा कुनै त्रुटि नदेखिँदा सो फैसला सदर हुने ।           

(प्र.नं. ११)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः x

विपक्षी वादी तर्फबाटः x

अवलम्वित नजिरः x

 

फैसला

     न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

      २.    प्रतिवादी वावुलालको कि.नं १३० को ०--१७ र कि.नं. १३२ को ०--० जग्गाको म मोही हुँ जग्गा धनी प्रतिवादी वावुलाल महतो कोइरीले म माथि २०४४ सालको वाली दिलाई मोही निस्काशन गरी पाउँ भन्ने मुद्दा मिति २०४४।१२।३ मा भू.सु.का मा दिएछन त्यसको म्याद मिति २०४५।३।२० मा तामेल हुँदा मलाई नवुझाई मेरो नाममा अर्को व्यक्तिको सहिछाप गराई मिति २०४५।१०।२६ मा भू.सु.का. ले एकतर्फि मुद्दा फैसला गरेछ । अतः २०४५।३।२० मा मेरो सहिछाप किर्ते गरी म्याद तामेल गराएकोमा प्रतिवादीहरुलाई किर्ते कागजको १, , १४ नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत फिराद दावी ।

      ३.    वादी दावी वमोजिम मैले कुनै किर्ते काम गरेको होइन छैन । २०४५।३।२० गतेका दिन म आफ्नै घरव्दारमा छु । वादी राजदेवको घरव्दारमा गएको छैन र प्र. मध्येका वावुलालले दिएको मोही निश्काशन मुद्दाको तामेलीमा मैले सहिछाप नगरेको हुँदा म प्रतिको विपक्षीको फिराद खारेजभागी छ भन्ने  समेत प्र. हरियाग यल्तो कोइरिनको प्रतिउत्तर ।

      ४.    वादी दावी वमोजिम मैले कुनै जालसाजी काम कुरा गरेको छैन । सो मुद्दा २०४५।१०।२६ गते भु.सू. कार्यालयबाट फैसला भई फैसला वमोजिम २०४६।१०।८ मा मोही लगत समेत कट्टा भैसकेको छ । मिति २०४६।१२।२३ गते फैसला सहितको नक्कल प्राप्त गरेपछि मात्र थाहा पाएं भन्ने विपक्षीको कथन झूठ्ठा हो भन्ने समेत प्र. वावुलाल महतो कोइरीको प्रतिउत्तर ।

      ५.    प्रतिवादी रामयाद महतो कोइरिको नाममा तामेल भएको २०४७।१।१५ को म्याद गुजारी बसेको । सो २०४५।३।२० को तामेलीमा लागेको वादीको सहि अदालतबाट ल्याप्चे सहि भिडाउँदा म्याद तामेलीमा लागेको कारणीको ल्याप्चे छाप आपसमा नभिडेको भन्ने व्यहोराको रेखा विशेषज्ञको राय देखिन आएको हुँदा विवादित २०४५।३।२० को तामेली म्यादमा वादी र राजदेवको नामबाट लागेको ल्याप्चे सहिछाप वादी राजदेव कै हो भनी भन्न नमिल्ने सो किर्ते ठहर्छ प्रतिवादी मध्येका रामयाद महतोले फिराद नफिराए पनि निजले किर्ते गर्नुपर्ने अवस्था छैन र हरियाग महतोले प्रतिउत्तर पत्रमा म साक्षीमा रहि सहिछाप गरेकै छैन भनी भनेकोले राम याद र हरियाद समेत २ जनाले सफाइ पाउने ठहर्छ र प्रतिवादी वावुलाल महतो २०४५।३।३० मा भु.सू.का. बाट तामेल भएको म्यादमा नखरा व्यक्ति खडा गरी वादी राजदेवको किर्ते सहिछाप गरी गराई किर्ते काम गरे गराएको ठहर्छ र सो ठहर्नाले किर्ते कागजको ७ नं. ले वावुलाललाई रु.४४६। जरिवाना गर्ने गरी मिति २०४९।५।२३ गते पर्सा जिल्ला अदालतले गरेको फैसला ।

      ६.    मलाई किर्ते गरेको ठहर गरि मोहीको विगो रु.४४६। हुनेमा सोही वमोजिम मलाई रु.४४६। जरिवाना गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा प्र.जि.अ. को फैसला उल्टी गरि न्याय निसाफ पाउँ भन्ने व्यहोराको प्रतिवादी वावुलाल महतोले पुनरावेदन अदालत हेटौंडामा गरेको पुनरावेदन पत्र ।

      ७.    यसमा किर्ते गरी लिई खाई सकेको नदेखिएको विगो वमोजिम   जरिवाना हुने ठहर गरेको शुरु इन्साफ फरक पर्न जाने देखिँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत हेटौंडाको आदेश ।

      ८.  भु.सू.का.बाट मिति २०४५।३।२० मा म्याद तामेल हुँदा नखरा व्यक्ति खडा गरी वादी राजदेवको किर्ते सहिछाप गराएको समेत देखिएबाट शुरु पर्सा जिल्ला अदालतले किर्तेको कसुर ठहर गरेको इन्साफ मनासिव ठहर्छ किर्ते कागजको ७ नं. वमोजिम विगो लिन खान वाँकी रहेको अवस्था विगोको आधीमात्र जरिवाना गर्नुपर्नेमा पूरै विगो रु.४४६। जरिवाना गरेको सम्म नमिलेको देखिदा सो हदसम्म पर्सा जि.अ. को मिति २०४९।५।२३ को फैसला केहि उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौंडाको मिति २०५२।७।२६ को फैसला ।

      ९.    किर्ते गरेको ठहराएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला वदर गरी वादी दावीबाट फूर्सद पाउँ भन्ने समेत वादी वावुलाल महतो कोइरीले यस अदालतमा गरेको पुनरावेदन पत्र ।

      १०.    नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदन अदालत हेटौंडाको इन्साफ मनासिव वेमनासिव के रहेछ त्यस्को निर्णय दिनु पर्ने देखिन आयो ।

      ११.    यसमा निर्णय तर्फ  विचार गर्दा वावुलाल कोइरीले वाली दिलाई मोही निस्कासन गरी पाउँm भन्ने मुद्दाको म्याद मिति ०४५।३।२० मा तामेल हुँदा मलाई नवुझाई नखरा व्यक्तिलाई सहि गराई किर्ते गरेकाले सजाय गरी पाउँ भन्ने वादी र मैले त्यस्तो कुनै किर्ते जालसाजी काम गरेको छैन । म्याद वेरितसँग तामेल भएको भए अ.वं. ११० नं वमोजिम वदर गराउनु पर्नेमा सो नगरेकोले वादीदावी झूट्टा हो भन्ने समेत प्र. वावुलाल महतोको प्रतिउत्तर जिकिर भएको पाइन्छ । म्याद तामेलीमा भएको राजदेव महतो कोइरीको नामवाट लागेको ल्याप्चे र निजको अदालतको रोहवरमा लिइएको ल्याप्चे भिडाई विशेषज्ञसँग जांच गर्न पठाएकोमा सो ल्याप्चे आपसमा नमिल्ने भन्ने राय प्रस्तुत भएको देखिन्छ भने यी पुनरावेदक प्र. वावुलाल महतोको जग्गामा मोही वादी राजदेव भएको वावुलाल महतोले उक्त जग्गाको मोहीवाट राजदेवलाई निस्कासन गर्नुपर्ने सम्मको स्वार्थ निहित रहेको  तथ्य पुष्टि भै रहेको अवस्था शुरुले वादी दावी वमोजिम किर्ते गरेको ठहराएको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा कुनै त्रुटि नदेखिँदा सो फैसला सदर हुने  ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पूग्न सक्दैन । नियमानुसार गरी मिसिल वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

 

इति सम्वत् २०५६ साल असार १४ गते रोज २ शुभम् .... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु