निर्णय नं. ४८५१ - अंश नाता कायम

निर्णय नं.४८५१ ने.का. प. २०५१ अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
२०४९ सालको रिट दे. पु .नं ५३३
फैसला मिति :२०५०।९।१२।२
मुद्दा :अंश नाता कायम ।
पुनरावेदक
प्रतिवादी :सोलुखुम्बु जिल्ला पचन गा.वि.स वडा नं. ८ वस्ने कुलदीप राई
विरुद्ध
प्रत्यर्थी
वादी :ऐ ऐ वस्ने डुण्डुराज राई ।
§ अंशवण्डाको ३० नं. अनुसार बण्डा भएको भएको भन्ने जिकिर लिनेको सो दफामा वणित शर्तहरु परिपालित बण्डापत्र गरी वा नगरी घरसारमा नरम मिलाई अञ्चल अंश वण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाव भाग शान्ति बमोजिम लिर्ई पाई दर्ता दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अंचल छुट्टाछुट्टै भोग आदिबाट देखाउन पर्ने दायित्व पुरा गरेको हुनुपर्ने ।
(प्र.नं १६)
निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री हरिहर शंकर निरौला
विपक्षी तर्फबाट : x
अवलम्वित नजिर : x
फैसला
न्या. लक्ष्मण प्रसाद अर्याल : पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुङ्गाको फैसला उपर न्याय पैशासन ऐन, २०४८ को दफा ९ (ग) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन समेतको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. मूल पुर्खा वाजे छबिलाल निजका छोरा २ जेठा हर्के कान्छा भैमान हामीहरुका बाबु हुन वाहाका श्रीमती २ जेठी लालमाया कान्छी श्रीमती लुतिमाया मेरो आमा जेठी आमाको गर्भबाट जन्मेका भए वीर कान्छो रिषिधन विपक्षी कुलदिपका बाबु मेरा सहोदर क्यूजु भक्त बिर पनि र निजको छोरी १ वैनी भिमलक्षी मात्र र दाजु भक्तविर र निजको आमा बाबु संबै स्वर्गे हुनु भएपछि र भिमलक्ष्मी को पनि विवाह भै सकेको बाबुहरुको अंश नभई एकै ठाउँमा हुँदा स्वर्गे हुनु भयो बिपक्षी कुलदिपको बाबु मेरो दाजु रिषिधन मात्र घरमा हुनु भएको थियो । म २०१० सालमा भारतको दार्जिलिङ तर्फ गएको अवस्थामा दाजु भाउजु समेत स्वर्गे हुनु भएछ । मलाई थाहा थिएन । ०४१ साल माघ १५ गते घर तर्फ आईपुगे पति विपक्षी कुलदिप मात्र घर व्यावहार खेपी बसेको हुँदा २०४२ साल जेष्ठ १५ गते माओलीबाट पाएको जग्गा पनि खान पाउदैनौ बिदेश बस्ने मानिसले अंश पनि पउदैनस भनि अंश नदिएकोले मेरो चित्त नबुझि फिराद गर्न आएको छु विपक्षीको र मेरो २ भाग लाग्ने हुँदा २ भाग अंश बण्डा लगाई अंश दिन्न भनेमा विपक्षीलाई कानून बमोजिम सजाय गरी पाउँ भन्ने वादी दावी रहेछ ।
३. मैले नचिनेको नजानेको मानिस विपक्षी म भएमा आई अंश देउ भनेको हुँदा मेरो काका डुण्डुराज राई विदेश तर्फ गएका छन् भन्ने कुरा मेरा बाबु रिषिधन राईबाट सुनेको सम्म थिए बाबु परलोक भएपछी बादी र म भएमा आई तेरो काका डुण्डु राई मै हुँ अंश देउ भनेका हुँदा तपाईलाई मैले देखे चिने जानेको छैन तपाई मेरा काका हुनुहुन्छ भने थाहा वास्तै गर्नुहोस भनी केहि दिन मेरा घरमा बस्ने गरेको अवस्था मेरी श्रीमतीलाई गाली बेइज्जती गर्नु भएछ मेरो श्रीमतीले गाली बेइज्जतीमा फिराद गरीन भन्ने कसुरमा सजाय परिन्छ भन्ने चलाखी बाट विपक्षीले मेरा नाउँमा अंश मुद्दा दिनु भएको हो । बादीमो उल्लेख भए अनुसार मेरा काका डुण्डु राईले मेरो बाबु संग अंश बण्डा गरी अंश बुझी ९९ सालमा विजन जाँच हुँदा आफ्ना आफ्ना नाउँमा जग्गा समेत दर्ता गरी बिदेश भारत तर्फ जानुभएको कुरा मैले सुनेको काका लाई नचिनेको हुँदा विपक्षी मेरा काका हुन की अरुनै मानिस हुन भनी निज बसोबास गरेको मोरङ जिल्ला राजघाट गा. पं. वडा नं. ८ मा गै सोध खोज गर्दा विपक्षी मेरो सवदर काका अथवा मेरा बाजे भैमान सिहंको छोरा नभई विपक्षीले ०४० सालमा नगरिकको प्रमाण मोरङ जिल्ला कार्यालयबाट लिंदा ओखलढुंगा जिल्ला चिसंखु बिदेशी गाउँ बस्ने बेमानदर राईको छोरा हाल मो. जि. राजघाट गा. पं. वडा नं ८ मा स्थायी बसोबास गरी बसेमा भन्ने बतन र आफु नाउँ डुण्डुराज राई भन्ने उल्लेख गर्नु भै नागरिकताको प्रमाण पत्र लिनु भएको रहेछ । नागकिताको प्रमाण पत्रमा जन्म स्थान र बाबुको नाम आफ्नु नाम समेत पुरै फरक पारी सोलु जिल्ला पञ्चायत गा. पं. वडा नं. ८ बस्ने भैमान सिंह राईको छोरा डुण्डु राई मै हेँ भनी मेरा नाउँमा विपक्षीले झट्ठा फिराद दिएको हो विपक्षी खुद मेरो काका हुनुहुन्थो भने पनि मेरा बाबु रिषिधन राई र बाजे भैमान सिंह राईबाट अंश पाई आफ्नो नाउँमा ९९ सालमा दर्ता गरी सकेपछि हाल म संग अंशमा दावी गर्न नहुने नागरिकताको प्रमाण पत्र सक्कल विपक्षी संग नक्कल मोरङ जि. कार्यालयमा हुँदा बुझी पाउँ मेरा काका विदेशमै बेपत्ता हुनुभएका डुण्डु राईका नाम बाट नगरिकता लिएको नागरिकताको प्रमाण पत्रबाट प्रष्ट भएको छ । विपक्षीलाई मैले अंश दिनु पर्ने छैन । बादी दावी झुट्ठा हो भन्ने समेत प्रतिउक्त जिकीर ।
४. म बादी डुण्डु राई र प्रतिवादी कुलदिप राई काका भतिजा नाता पर्छौ मेरा बाबु भैमानका छोरा ३ भाई मध्येमा कान्छो पट्टिको १ भाई मात्र भएको र जेठा पट्टि जेठा भक्त बहादुर माईला रिषिधन भै रिषिधनका छोरा यिनै प्रतिवादी कुलदिप राई हुन् म १० सालमा विदेश भारत तर्फ गएको हुँ यहा बाबु आमा के कुन सालमा स्वर्गे हुनु भयो खुलाउन सक्तिन विदेशमा आई आल कृया गरे भन्ने बादी डुण्डु राईले नाता कायम तर्फ गरेको वयान ।
५. बादी डुण्डु राई र मेरा काका भतिजा नाता पर्दैन र बादी ओखलढंगा जि. चिसंखु बिदेशी गाउँ बस्ने बैमान दरको छोरा भनी मोरङ जि. कार्यालय बाट नागरिकता उल्लेख गर्नु भएको छ । यि बादी डुण्डु मेरा काका होइनन् मेरो बाजे भैमानका छोरा ३ भाई मध्य म पट्टि २ भाई जेठा भक्त बहादुर माईला रिषिधन कान्छा पट्टि १ भाई डुण्डु राई छन भन्ने सुनेको हुँ अघि ९९ सालमा आफ्ना आफ्ना नाउँमा दर्ता भई छुट पुट भएको थिउो यदि मेरा काका डुण्डुका मामा गमदम राईले मेरा भानिज नाता पर्छ भनी बकपत्र गर्नु पर्नेमा मेरा कोही नाता पर्दैन मनी वकी लोखाई दिनु भएकोबाट छ तेस बाट पनि यी बादी काका नाताका हुन भन्ने मलाई लाग्दैन भन्ने समेत प्रतिवदी कुलदिप राईले गरेको वयान ।
६. बादी डुण्डु राईको फिराद लेखबाट अंश वण्डाको १० नं. को अवस्था परि बाबु संग अंश माग गरेको देखिदैन बादीको अंश दिलाई पाउँ भन्ने स्पष्ट दावी पनि देखिदैन अंश दिन्न भन्ने जवाफ गरेमा विपक्षीलाई कानून बमोजिम सजाय गरी पाउँ भन्ने दाबी देखिन्छ । अंश दिन्न भन्नेलाई कुन कानून अनुसार सजायको माग दाबी गरेको हो सो पनि उल्लेख भएको देखिदैन । बादीको दाबीनै नभएको फिराद पत्र (नालिस) अ. बं. १८० नं. ले खारेज हुने ठहर्छ भन्ने शुरु सोलेखुम्बु जि. अदालतको मिति ०४४।३।३ को खारेजी फैसला ।
७. शुरु आदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्न आएको छु इन्साफ गरी पाउँ भन्ने बादीले स. मा. अ.अ. ओखलढंगा बेन्चमा चढाएको पुनरावेदन पत्र रहेछ ।
८. सोलुखुम्बु जि. अ. को फैसलामा अंश वण्डाको १० नं. अनुसारको बादी दावी भनी गरिएको व्याख्या तर्फ हेर्दा फिराद पत्रको शिर व्यहोरा सम्ममा १० नं. अनुसार अन्याय गरेको भनी उल्लेख सम्म भएको देखिए पनि फिराद पत्र समष्टि रुपमा हेर्दा २ भाग १ भाग अंश पाउँ भन्ने नै बादीको मुख्य दाबी भै नाता कायम तर्फ वयान भै आवश्यकता प्रमाण बुझी बण्डा गर्नु पर्ने श्रीसम्पत्तिको फांटवारी दाखिल गर्नु आदेश समेत अंश वण्डाको १० नं. अनुसारको बादी दाबी कानूनी अनुसारको नभएको भन्दै फिराद खारेज गर्ने गरेको शुरु सोलेखुम्बु जि. अ. को फैसला मिलेको नदेखिदा बदर गरि दिएको छ कनून बमोजिम गर्नु भनी तत्कालीन सगरमाथा अं. अ. ओखलढुंगा बोन्चको मिति ०४४।६।१६ को फैसला रहेछ ।
९. बादीका नाउँमा दर्ता भएको जग्गा मावलीले दिएको पेवा भनेको र त्यसलाई प्रतिवादीले सप्रमाण खण्डन गर्न नसकेकोले पेवा भनेको जग्गा भाग वण्डा गर्नु पर्ने स्थिति देखिएन अन्य सम्पत्तिका हकमा भै मान राईको अंश पुरै भोग चलन गरी बस्ने प्रतिबादीले देखाएको चल अचल सम्पत्ति ऋण धन समेत वण्डा गर्नु मर्ने अवस्था हुँदा बादी दाबी बमोजिम बादीले उक्त तायदातीबाट २ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत शुरु सोलुखुम्बु जि. अ. को मिति ०४६।९।२ को फैसला ।
१०. शुरु फैसलामा चित्त बुझेन, शुरु ले विपक्षीलाई मेरो काका ठहर्याई अंश वण्डा हुने ठहराराएको फैसला हचुवा छ साथै शुरुले निजका नाउँमा दर्ता भएका जमिनलाई मावलीबाट प्राप्त गरेको पेवा ठहराई फैसला गरेको छ तर उक्त जग्गा मावलीबाट पाएको भनी बादीले कुनै प्रमाण पेश गरेको छैन साथै स्त्री अंश भनको महलले लोग्ने मानिसलाई मावली ससुराली जताबाट प्राप्त भएको सम्पत्ति भएपनी दाइजो पेवा भन्ने नमिल्ने हुँदा शुरुको त्रुटीपुर्ण फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
११. तत्कालीन सगरमाथा अंञ्चल अदालत ओखलढुंगा बेन्चबाट मिति २०४७।८।२४ मा अ. बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने आदेश भएको रहेछ ।
१२. जि. अ. को फैसलाले वण्डा नगर्ने गरेको ५ कित्ता जग्गामा बादीको आधीमात्र अंश हक लाग्ने हुँदा ति ५ कित्ताको कित्तै पिच्छे आधी जग्गा बादीले अंश पाउने ठहर्छ । तसर्थ प्रतिवादीबाट पेशभएको तायदाती फाटबारीमा उल्लेखित चल अचल श्रीसम्पत्तिको २ खण्डको १ खण्ड बादीले अंश पाउने ठहर्छ । उक्त उल्लेखित बादीका नाउँको ५ कित्ता जग्गामा भाग वण्डा गर्नु पर्ने स्थिति देखिएन भन्ने हदसम्म जि. अ. को फैसला मिलेन सो हदसम्म शुरु सोलेखुम्बु जि. अ. को फैसला केहि उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाको फैसला ।
१३. पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाको फैसला चित्त बुझेन शरु पुनरावेदन समेतका दुवै फैसला वदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेतको यस अदालतमा पर्न आएको प्रतिवादी कुलदिप राईको पुनरावेदन पत्र ।
१४. नियम बमोजिम मुद्दा पेशी सुचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्यायन गरी पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री हरि शंकर निरौलाले वादीलेनै पेश गरेको बाबुको नाम र ठेगाना मिलेको छैन । यीनै पक्ष विपक्ष भएको ४२ सालको जालसाजी मुद्दा ०४६।१२।५ मा सोलुखुम्बु जि. अ. बाट जालसाजी ठहरी फैसला भै अन्तिम भएको र ०४३ मा पारित लिखतमा विक्रि गरेको ५ कित्ता जग्गा एकलौटि हक लाग्ने भनेको बाट समेत व्यावहार गरेको देखिएको छ । ९९ सालको विजन दर्ता र ७ नं. फाराम समेत छट्टा छुट्टै छ । यसरी पुनरावेदन अदालतको फैसलामा अंश वण्डको ३० नं को त्रुटी भै बदरभागी भएको हुँदा अ. बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पाउँ भन्ने समेत गर्नु भएको बहस समेत सुनीयो ।
१५. अब प्रस्तुत मुद्दामा पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगा इजलासको फैसला मिलेको छ छैन ? सो को निर्णय दिनु परेको छ ।
१६. निर्णय तर्फ विचार गर्दा यसमा २ भागको १ भाग विपक्षीलाई अंश दिलाई पाउँ भन्ने फिराद दावी भएकोमा प्रतिबादीबाट पेश भएको तायदाती मध्य २ भागको १ भाग अंश बादीले पाउने तथा बादीका नाउँमा ५ कित्ता जग्गा मावलीबाट पाएको भनी लेखेको र प्रतिवादीले त्यसमा खण्डन गर्न समेत नसकेको हुँदा त्यसमा भाग वण्डा नलाग्ने गरी शुरु सोलेखुम्बु जि. अ. बाट भएको फैसला उपर पुनरावेदन पर्दा उक्त ५ कित्ताबाट समेत आधा आधा अंश भाग लाग्ने गरी पुनरावेदन अदालत राजविराज मुकाम ओखलढुंगाबाट भएको फैसला यपर अंश दिनु पर्ने नै हैन भन्दा प्रस्तुत पुनरावेदन यस अदालतमा पर्न आएको देखिन्छ । तर प्रतिवादी पुनरावेदकले पुनरावेदन अदालतको निर्णयमा उल्लेख भएको आधारहरु मनासिव र तात्विक रुपमा खण्डन गर्न सकेको देखिएन । पुनरावेदन अदालतले बादी र निजको बाबुले यो यति सम्पत्ति वण्डा पाएको भन्ने उल्लेख गर्न नसकेको भन्ने आधारमा फैसला गरेको सो फैसला बुँदा या कति कारणले नमिलेको भन्ने सबुद प्रमाण आधारयुक्त जिकिर प्रस्तुत हुन नसकेको अंश वन्डाको ३० नं. अनुशार वण्डा भएको भन्ने जिकिर लिनेले सो दफामा वर्णित सर्तहरु परिपालित वण्ड पत्र गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंश वण्डा गरी वा नगरी छुट्टिई आफ्ने आफ्नो हिसाव भाग शान्ति बमोजिम लिई पाई दर्ता दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्ने आफ्ने भागको अचल छुट्टा छ्ट्टै भोेग आदिबाट देखाउनु पर्ने दायित्व पुरा गरेको हुनु पर्छ । सो बमोजिम प्रतिवादीले प्रमाणित गर्न नसकेको, वादीका नाउँमा दर्ता भएको जग्गा समेत वण्डा गर्ने गरेको पुनरावेदन अदालत मुकाम ओखलढुंगाको इन्साफ मनासिवै देखिदा सदर हुने ठहर्छ । पुनरावेदन जिकीर पुग्न सक्दैन । पुनरावेदन अदालतको फैसला सदर भएकोले केही गरि रहनु परेन । मिसिल नियामानुसार बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. रुद्र बहादुर सिंह
इति सम्बत् २०५० साल पौष १२ गते रोज २ शुभम्