शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३२७ - कुटपीट, लुटपीट ।

भाग: ३९ साल: २०५४ महिना: जेष्ठ अंक:

निर्णय नं. ६३२७    ने.का.प. २०५४      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेक्ष्ठ

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्वत् २०५१ सालको फौ.पु.नं...... ८३७

फैसला मितिः २०५३।७।२३

 

मुद्दाः कुटपीट, लुटपीट ।

 

पुनरावेदक

वादीः  दाङ जिल्ला त्रिभूवन नगरपालिका वार्ड नं. ७ कोटदाती वस्ने तारा वहादुर घर्ति समेत जम्मा ३ ।

बिरुद्ध

विपक्षी

वादीः ऐ.वार्ड नं. ७ संवार वगाले वस्ने अर्जुन गिरी ।

 

§  पेश हुन आएको घा जाँच केश फारमबाट वादीको आंखा, ओठ र पिठ्यूंमा घा चोट देखिएको र दुवै पक्षबाट वारदातलाई स्वीकार गरिएबाट दोहोरो कुटपिट भएको भन्ने कुरा स्पष्ट हुन आएको छ । यस अवस्थामा कुटपिट ठहर गरी संजाय गरेको पुनरावेदन अदालत नेपालगंजको इन्साफलाई अन्यथा भन्नु पर्ने अवस्था नदेखिने ।

§  फैसलाको इन्साफ खण्डमा नै  कसुर गरे नगरे वारे विवेचना र ठहर  हुनु पछर्, फैसला खण्डमा कसुरको ठहर बारे केही बोलिदैन भने तपसिल खण्डमा संजाय तोकिनु कानूनसँगत हुन नसक्ने ।

§  तपसिल खण्ड फैसला खण्डको  पुरक हुने हुँदा ठहर खण्डमा कसुर ठहर नगरी तपसिल खण्डमा संजाय तोकेकोलाई इन्साफ मिलेको भन्न नमिल्ने ।

(प्र.नं. १४)

 

पुनरावेदक तर्फबाटः

विपक्षी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.गोविन्द वहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन अदालत नेपालगन्जको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य यसप्रकार छः

            २. मिति २०४७ साल चैत्र २३ गते सांझ अं. ६ वजे तिर म आफ्नै घरमा राखेको किनारा पसलमा वसी रहेको र अन्य परिवार काम विशेषले अन्यत्र जानु भएको कुरा थाहा पाई अन्यायी दिल वहादुरलेआज फेला पर्यो यसलाई पसल वाहिर लगेर कुट भन्नासाथ अन्यायी तारा वहादुरले मलाई पसल वाहीर ल्याई मेरो विभिन्न अंगमा मुड्कीले हानी रगत पक्ष्य पार्दा अन्य विपक्षी त्रिशुली र दिल वहादुरले आगनमा राखेको दाउरा उठाई मेरो विभिन्न अंगमा कुटपीट गरी तारा वहादुरले मेरो कमेज समाती पसलवाट दिनभरि विक्री भएको जम्मा रु.९२५। समेत लगेकोले अन्यायीहरुलाई कुटपीटको १६ नं. वमोजिम सजाय गरी लुटपीटको विगो रु.९२५। दिलाई भराई लुटपिटको ६ नं. वमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद   दावी ।

            ३. प्रतिवादी मध्येका म तारा वहादुर घर्तिलाई २०४७ साल चैत्र २३ गते वेलुकी अं. ५ वजे कुटपीट गरी १ तोला सुनको सिक्री, वेरुवा औठी, सिटिजन क्वार्ज घडी र नगद रु.१०,०८०। लुटपिट गरी लगेकोले मैले घरजाँच केश फाराम समेत वनाएकोले सोही कारणवाट क्रोधित भै वादी तथा वादिका भाइले कपोलकल्पीत वा वारदात खडा गरे मलाई कुटपिट लुटपिट गरेको वारदात देखि वच्न सकिन्छ कि भनी झूट्टा मुद्दा दायर गरेका हुन् । कुटपीट लुटपिट भएको होइन भन्ने प्र. मध्येको तारा वहादुर वादीले वारदत देखाएको दिन समयमा प्र. मध्येका हामी दिल वहादुर र त्रिशुली सेवा र वगोले कोट दाईको घरमा नभै दाङ त्रिभूवन नगर न.पा.वार्ड नं. ७ लायेको मिति २०४७।१२।२० गते खेतीपाती हेरचाह गर्न गई सांझ मात्र फर्कि आएका हो । वादीले उल्लेख गरेको मितिमा हामी घटनास्थल भनिएको ठाउँमा नभएको र वादीले नभएको वारदात कल्पना गरी खडा गरेका हुन् । फिराद दावी झूट्टा हो भन्ने समेत व्यहोराको प्रतिवादी दिल वहादुर घर्ति, त्रिशुली घर्ति र तारा वहादुर घर्ति समेतको छुट्टा छुट्टै व्यहोराको संयुक्त प्रतिउतर पत्र ।

            ४. वादी प्रतिवादीका साक्षी वक्ूझि वा जाँच केश फाराम सम्वन्धित कार्यालयवाट झिकाई पेश गर्नु भन्ने आदेश ।

            ५. वादीका साक्षी गंगा वहादुर सेनले फिराद दावी समर्थित गरी वकपत्र गरेको र प्रतिवादीहरुका साक्षी गगन सिं पुन र चन्द्र वहादुर वुढाले प्रतिउत्तर जिकिर समर्थित गरी गरेको वकपत्र नगरेको मिसिल संलग्न नरहेको ।

            ६. अर्जुन गिरी र तारा वहादुरको वीच कुटपीट भएको कुरा निजका साक्षीहरु र प्रहरीको केश फारामवाट पुष्टि भएको देखिंदा परस्पर कुटपीट भएको र गम्भीर कुटाई एक पक्षले मात्र खाएको नदेखिदा कुटपिट दावी पुग्न सक्ने देखिदैन । लुटपिट गरे पनि वादीले लिएको दावी वादिकै साक्षी गंगा वहादुर सेनको वकपत्रवाट समेत समर्थित हुन नसकेको अवस्थामा लुटपिट तर्फको वादी दावी पुग्न सक्दैन भन्ने दाङ देउखुरी  जिल्ला अदालतको फैसला ।

            ७. विपक्षीहरुले मलाई गम्भीर रुपवाट कुटपीट गरी लुटपीट समेत गरेको कुरा मेरो केश फाराम तथा साक्षीहरुको वकपत्रवाट समर्थित भएकै हुँदा कुटपीट तथा लुटपीट गरेको ठहरक् गरी भएको फैसला वदर गरी उचित न्याय गरी पाउँ भन्ने अर्जुन गिरीको पुनरावेदन जिकिर ।

            ८. यसै लगाउको फौ.पु.नं १४०।१८३ तथा २४२ को कुटपीट लुटपीट मुद्दामा पनि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७।४८ वमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने २०४९।१२।८ गतेको झ.झि. आदेश ।

            ९. वादीका साक्षी गंगा वहादुर सेनवलीले वादीलाई प्रतिवादीले कुटपीट गरेको हो भनी किटानी साथ वकी लेखाईदिएको देखिन्छ भने प्रतिवादीका साक्षी गगन सिंह पुनले प्रतिउत्तरलाई समर्थन हुन सक्ने गरी वकपत्र गर्न सकेको देखिदैन । यसै लगाउको साथै पेश हुन आएको लुटपीट कुटपीट मुद्दामा रहेको घांजाँच केश फारामवाट २०४७।१२।२३ गते दोहोरो कुटपीटकोवारदात भएको कुराको पुष्टि हुन आउँछ । अ.वं. ८४ नं. मा दुवै थर कुटपीटमा वादी दिएमा कानून वमोजिम कारवाही गर्नु भन्ने उल्लेख भएकोले दोहोरो कुटपीटमा ठहर गर्न मिल्ने नै हो । वादी दावी नपुग्ने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला मिलेको देखिएन । कुटपिट तर्फ वादीले कुनै ठोस सवुद प्रमाण पुर्‍याउन सकेको देखिएन । यस्तो अवस्थामा दावी वमोजिम लुटपिट नठर्याएको शुरु जिल्ला अदालतको फैसला मिलेको नै देखियो । तसर्थ फिराद दावी अनुसार कुटपीट नठहराए तर्फ शुरु इन्साफ मनासिव कुटपीटतर्फ शुरु इन्साफ उल्टी भै वदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत नेपालगन्जको फैसला ।

            १०. कुटपीटमा वारदात चोट प्रकारको स्थिति तथा चोटको गाम्भीर्यता घटनास्थलको प्रकृति समेतलाई विचार गर्नु पर्ने अर्जुन गिरिको घांजाँच केश फारामलाई मात्र हेरी भएको फैसला गम्भीर त्रुटीपूर्ण छ । दावी प्रमाणित गर्ने भार वादी पक्षको भएको र प्रतिवादीको साक्षीले गरेको वकपत्रवाट प्रतिउत्तर जिकिर समर्थित भएको अवस्थामा दावी ठहर गरेको मिलेको छैन फैसला गर्दा दावीमा सिमित रहनु पर्ने सिद्धान्त प्रस्तुत मुद्दामा लागु हुने होइन । फिरादमा यो नम्वर वमोजिम सजाय गरी पाउँ भन्ने छैन । पक्षले दावी नलिएको कुटपीटको १०, १५, १८ नं. वमोजिम सजाय गरेको मिलेको छैन । तसर्थ पुनरावेदन अदालत नेपालगन्जको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेतको पुनरावेदक प्रतिवादी तारा वहादुर घर्ति समेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            ११. यसमा पुनरावेदन अदालत नेपालगन्जको शुरु इन्साफ उल्टी गरी भएको फैसलामा निर्णयाधारको उल्लेख नै नगरी वचन दिए तर्फ समेत सजाय गरेको मिलेको नदेखिंदा अ.वं. २०२ र स.अ.नियमावली, २०४९ वमोजिम विपक्षी झिकाई आएपछि वा अवधी नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेतको यस अदालतको  आदेश ।

            १२. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इज्लास समक्ष पेश हुन आएको प्रस्तुत धरौटी पुनरावेदन सहितको मिसिल अध्ययन गरियो । प्रत्यर्थी वादी तर्फवाट उपस्थित विद्धान अधिवक्ता श्री श्याम प्रसाद खरेलले लुटपीट नठहराए तर्फ मेरो पक्ष  चित्त वुझाई पुनरावेदन नगरी वसेको र प्रत्यर्थी झिकाउँदा वचन दिए तर्फ सजाय गरेको नमिलेको भनीएता पनि कुटपीटमा दोहोरा ठहर भएपछि वचनलाई समेत वेमनासिव मान्न नहुने र पुनरावेदन अदालत नेपालगन्जको ईन्साफ मिलेकै  देखिंदा सदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नु भयो ।

            १३. यसमा २०४७ साल चैत्र २३ गते यी वादी र प्रतिवादी वीच कुटपीटको वारदात भएको र उक्त वारदातलाई देखाई यस मुद्दाका प्रतिवादी तारा वहादुर घर्ति समेतको फिराद परेको देखिन्छ भने उक्त मुद्दाका प्रतिवादीले उक्त वारदातलाई देखाई प्रस्तुत फिराद दिएको देखिन्छ । शुरु दाङ जिल्ला अदालतवाट दावी नपुग्ने ठहराए उपर प्रत्यर्थी वादी अर्जुन गिरीको  पुनरावेदन परी पुनरावेदन अदालत नेपालगन्जवाट फिराद दावी अनुसार लुटपीट नठहराएको तर्फ शुरु इन्साफ मनासिव र कुटपीट तर्फ शुरु इन्साफ वदर भै उल्टी हुने ठहर्छ भनी कुटपीट ठहराएको देखिन्छ । यसरी कुटपीट ठहर भएपछि ठहर खण्डमा केही उल्लेख नगरी तपसील खण्डमा वचन दिए तर्फ समेत प्रतिवादी दिल वहादुर घर्तिलाई रु.८००। जरिवाना गरेको देखिन्छ । उक्त कुटपीट ठहर गरेको र वचन दिए तर्फ समेत सजाय गरेकोमा प्रतिवादीको यस अदालमा पुनरावेदन परेको देखियो ।

            १४. अव निर्णय तर्फ विचार गर्दा यिनै पुनरावेदक प्रतिवादीले फिरादी भै यिनै प्र.उ. उपरको नं. ८४८ नं. को कुटपीट लुटपीट मुद्दामा पु.वे.अ. वाट कुटपीट ठहराएको फैसला आजै यसै इजलासवाट सदर भएको र प्रस्तुत मुद्दाका वादी र उक्त मुद्दाका प्रतिवादी अर्जुन गिरीले लुटपीट कुटपीटमा दावी लिई फिराद दायर गरेकोमा कुटपीट सम्म ठहर भै लुटपीट नठहरेको उपर वादीको पुनरावेदन नपरेवाट त्यसतर्फ विचार गरी रहनु परेन । जहांसम्म कुटपीट ठहर गरेको मिलेन भन्ने उक्त मुद्दाका वादी यस मुद्दाका पुनरावेदक प्रतिवादी तारा वहादुर घर्तिको प्रस्तुत पुनरावेदन जिकिर छ । सो सम्वन्धमा विचार गर्दा एकै मिति र वारदातलाई आधार लिई दोहोरो फिराद दायर भएकोमा वादी प्रतिवादी दुवै थरको घां जाँच केश फाराम भै पेश हुन आएको  देखिन्छ ।  प्रस्तुत मुद्दामा पेश हुन आएको घा जाँच केश फरामवाट वादीको आंखा, ओठ र पिठ्युमा घां चोट देखिएको र दुवै पक्षवाट वारदातलाई स्वीकार गरिएवाट दोहोरो कुटपीट भएको भन्ने कुरा स्पष्ट हुन आएको छ । यस अवस्थामा कुटपीट ठहर गरी सजाय गरेको पुनरावेदन अदालत नेपालगन्जको इन्साफलाई अन्यथा भन्नु पर्ने अवस्था देखिदैन । जहांसम्म वचन दिए तर्फ सजायं गरेको पुनरावेदन अदालत नेपालगन्जको इन्साफ मिलेन भन्ने प्रतिवादीको पुनरावेदन जिकीर छ । सो सम्वन्धमा विचार गर्दा वादीका साक्षी गंगा वहादुर सेन वलीले प्रतिवादी दिल वहादुर घर्तिलेकुटपीटको वचन दिएको भनी वकपत्र गर्न सकेको देखिदैन । त्यसैगरी शुरु अदालतको इन्साफमा चित्त नवुझी वादी अर्जुन गिरीले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा वचन दिएतर्फ दावी जिकिर लिन सकेको पनि देखिदैन । वचन दिएतर्फ पुनरावेदन अदालत नेपालगन्जको फैसलाको ठहर खण्ड मौन देखिन्छ भने तपसील खण्डमा मात्र सजाय गर्ने भनी  वोलेको पाइन्छ । फैसलाको इन्साफ खण्डमा नै कसुर गरे नगरे वारे विवेचना र ठहर हुनुपर्छ फैसला खण्डमा कसुरको ठहर वारे केहि वोलिदैन भने तपसील खण्डमा सजाय तोकिनु कानून सँगत हुन सक्दैन । तपसील खण्ड फैसला खण्डको पुरक हुने हुँदा ठहर खण्डमा कसुर ठहर नगरी तपसील खण्डमा सजाय तोकेकोलाई इन्साफ मिलेको भन्न  नमिल्ने हुँदा  प्रतिवादी दिल वहादुर घर्तिलाई वचन दिएतर्फ सजाय गरेको हदसम्म पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेको नदेखिदा सो सम्म वदर भै उल्टी हुने ठहर्छ । अन्य कुरामा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । वचन दिएतर्फ दिल वहादुर घर्तिलाई रु.८००। को जरिवाना हुने गरी राखेको लगत कट्टा गर्नु भनी शुरु दाङ जिल्ला अदालतमा लगत दिई धरौटी पुनरावेदन हुँदा पुनरावेदन किनारा भएको जनाउँ पुनरावेदकलाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. इन्द्रराज पाण्डे

 

इति सम्वत् २०५३ साल आश्विन २३ गते रोज ४ शुभम्.... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु