शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३४७ - उत्प्रेषण ।

भाग: ३९ साल: २०५४ महिना: असार अंक:

निर्णय नं ६३४७            २०५४, ने.का.प.     अङ्क ३

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

सम्वत् २०५३ सालको निवेदन नम्वर ... २३९०

आदेश मितिः- २०५३।१०।२३।४

 

मुद्दा -  उत्प्रेषण ।

 

निवेदकः- सुर्खेत जिल्ला विन्चू गा.वि.स. वडा नं ८ बस्ने लाल बहादुर सुनार  ।

विरुद्ध

विपक्षीः- ऐऐ दल वहादुर सुनार ।

 

§  सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४२(क) मा रिट निवेदनहरु मध्ये वन्दिप्रत्यक्षीकरणको निवेदनमा एक पटक मात्र वढिमा ७ दिन र अन्य निवेदन पत्र सम्वन्धि मुद्दामा एक पटक मात्र ३५ दिन सम्मको म्याद तारेख गुजार्न र थमाउन पाइने व्यवस्था हो । अन्य साधारण मुद्दा मामिलामा प्रयोग हुने अन्य प्रचलित कानूनको म्याद रिट निवेदनमा लागु हुने नभै प्रस्तुत नियम ४२(क) ले रिट निवेदनको सम्वन्धमा छुट्टै व्यवस्था गरेको देखिन्छ । साथै सो नियमको प्रतिवन्धात्मक वाक्यांशको खण्ड (क) वमोजिम हालैको मृत्यु, आकस्मिक विरामी, पारिवारिक क्षति जस्तो कुरामा सम्म रजिष्ट्रारलाई वढीमा  १५ दिन सम्मको म्याद थामी दिन सक्ने कानूनी व्यवस्था छ तर प्रस्तुत निवेदनमा सो अवस्था रहेको देखिदैन र साथै निवेदकले पहिले नै ३५ दिनको म्याद थामी यो सुविधा उपभोग गरी दोश्रो पटक सुविधा पाउँ भन्ने जिकिरको हकमा सो नियमले एक पटक मात्र ३५ दिन सम्मको म्याद तारेख थाम्न सकिने प्रष्ट उल्लेख गरेकोले र निवेदकले दाश्रो पटक तारेख थमाउन  आउँदा ३५ दिन गुजारी ३९ दिनमा आएको देखिंदा सो एक पटक मात्र भन्ने नियमको मनसायको विपरित पर्ने गरी तारेख थाम्न मिल्छ भन्न नमिल्ने ।

 

निवेदक तर्फबाटः x

विपक्षी रिट निवेदक तर्फबाटः x

अवलम्वित नजिरः x

 

आदेश

            न्या.हरि प्रसाद शर्माः सर्वोच्च अदालत रिट शाखाके यसमा निवेदक तर्फका विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारीको वहस सुनी निवेदन समेत अध्ययन गर्दा २०५२ सालको रिट नं. २९३३ मा निवेदकले विपक्षीको हैसियतले लिखित जवाफ फिराउदा स.अ. नियमावली, २०४९ को नियम ४२(क) वमोजिम ३५ दिनको म्याद थमाई लिखित जवाफ दर्ता गराएको हुँदा निवेदकले सो सुविधा उपभोग गरी सकेको देखियो । त्यस पछि २०५३।६।४ को साधारण तारेख गुजारी २०५३।७।१२।२ मा गुज्रेको तारेख थामी पाउँ भनी ३५ दिन नघाई निवेदन दिएको देखियो । सो निवेदनमा यस अदालतबाट तारेख थाम्न नमिल्ने भनी दरपिठ गरिएको रहेछ ।

            सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४२(क) मा रिट निवेदनहरु मध्ये वन्दि प्रत्यक्षीकरणको निवेदनमा एक पटक मात्र वढिमा ७ दिन र अन्य निवेदन पत्र सम्वन्धि मुद्दामा एक पटक मात्र ३५ दिन सम्मको म्याद तारेख गुजार्न र थमाउन पाइने व्यवस्था हो । अन्य साधारण मुद्दा मामिलामा प्रयोग हुने अन्य प्रचलित कानूनको म्याद रिट निवेदनमा लागु हुने नभै प्रस्तुत नियम ४२(क) ले रिट निवेदनको सम्वन्धमा छुट्टै व्यवस्था गरेको देखिन्छ । साथै सो नियमको प्रतिवन्धात्मक  वाक्यांशको खण्ड (क) वमोजिम हालैको मृत्यु, आकस्मिक विरामी, पारिवारिक क्षति जस्तो कुरामा सम्म रजिष्ट्ररलाई वढीमा  १५ दिन सम्मको म्याद थामी दिन सक्ने कानूनी व्यवस्था छ तर प्रस्तुत निवेदनमा  सो अवस्था रहेको देखिदैन र साथै निवेदकले पहिले नै ३५ दिनको म्याद थामी यो सुविधा उपभोग गरी दोश्रो पटक सुविधा पाउँ भन्ने जिकिरको हकमा सो नियमले एक पटक मात्र ३५ दिन सम्मको म्याद तारेख थाम्न सकिने प्रष्ट उल्लेख गरेकोले र निवेदकले दाश्रो पटक तारेख थमाउन  आउँदा ३५ दिन गुजारी ३९ दिनमा आएको देखिंदा सो एक पटक मात्र भन्ने नियमको मनसायको विपरित पर्ने गरी तारेख थाम्न मिल्छ भन्न नमिल्ने । देखिदा कानून बमोजिम गर्नु ।

 

इति संम्वत २०५३ साल माघ २३ गते रोज ४ शुभम्.....।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु