निर्णय नं. ६३७४ - अंश दपोट

निर्णय नं. ६३७४ ने.का.प.२०५४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री राजेन्द्र राज नाख्वा
सम्वत् २०५० सालको दे.पु.नं. ..१२६७
फैसला मितिः २०५३।२।२२ ।३
मुद्दा : अंश दपोट ।
पुनरावेदक/वादीः जि. सप्तरी इटहरी विष्णुपुर गा.वि.स. वडा नं. २ वस्ने सोभी सुतिहारको मु.स. गर्ने निजको छोरा लक्ष्मी सुतिहार ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ वस्ने सिताराम सुतिहार समेत जना २
§ प्रतिवादीका नाउँमा दर्ता नै नभएको जग्गा निजले दपोट गरे भन्न नमिल्ने ।
(प्र.नं. १५)
निवेदक तर्फवाटः
विपक्षीतर्फवाटः
अवलम्बित नजीरः
फैसला
न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत राजविराजको फैसला उपर वादी तर्फवाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. प्रतिवादी सोनाइ मेरो भाई पर्ने र प्र. सिताराम भतिजो पर्ने अंशियार हुन । प्र. सोनाइले अंश मुद्दा दिएकोमा तायदाती दिंदा सोनाइ सुतिहार नाउँ दर्ताको सिम्राहा गा.पं. वार्ड नं. ७ को सा.कि.नं. ७९९ को ४।१ नं. ९२६) १।।।, ३ नं. ९२३ को १०१ जग्गा र प्र. सितारामको वावु नेवालाल सुतिहार नाउँ दर्ताको इटहरी विष्णुपुर गा.पं. वा.नं. ७ कै कि नं. १५३५ के (के १।, नं. १५३७ के) ०२ नं. १०६७ के) २०१ नं. १०६५) २।३ समेत दुवैका नाउँ दर्ताको ।।३०१ जग्गा प्रतिवादीहरुले तायदाती नदिई लुकाई दवाई राखेकोले सो जग्गा मेरो हक कायम गरी मेरा नाउँमा दर्ता गराइ चलन समेत चलार्ई पाउँ भन्ने समेत फिराद पत्र ।
३. प्र.शोभी, सिताराम घरको मुख्य कारोवारी भएकोले कागजपत्र निजहरुले नै राखेकोले तायदाती दिंदा छुटाएको जग्गा खुलार्ई ३५ दिनभित्र सो अंश मुद्दामा निवेदन दिएको छु । जग्गा दवाए छिपाएको छैन । वादी दावी झुट्टा हो भन्ने समेत सोनाइको प्रतिउत्तर पत्र ।
४.वादी तथा मेरा वावु र कान्छा वावु सोनाई समेत मेरो पुर्खा हुनु भएकोले अंशको नालेश पर्दा कुन जग्गा कसको नाउँमा दर्ता छ सो कुरा वादी समेतलार्ई नै थाहा हुने हुनाले मलाई थाहा भए सम्मको जग्गा तायदाती दिएको छु । मैले दवाए छपाएको छैन । जुन जग्गाको वादीले नालेस दिनु भएको छ सोही जग्गामा वादी भन्दा अगावै हामी अंशियार उपर सोनाई सुतिहारले अंश दपोट मुद्दा दिएको छ । यो पछिवाट दिएको नालेस खारेज गरी पाउँ भन्ने समेत प्र. सितारामको प्रतिउत्तर पत्र ।
५. तायदाती नदिई लुकाउदैमा अंशियार सोनाइको हक जान नसक्ने र प्र.सोनाइ नाउँको निज सोनाइले तायदाती नदिई लुकाउदेन । अंश सितारामको हक जान नसक्ने हुँदा जम्माको आधी अशं सोभी सुतिहार र आधिमा प्रतिवादीहरुको आधी आधी हुँदा उल्लेखित अनुसारको सोनाइ नाउँ दर्ताको जग्गा मध्ये ४ खण्डको १ खण्ड सीतारामको कायम रहने र सीतारामका वावु नेवालाल नाउँ दर्ताको जग्गा मध्ये ४ खण्डको १ खण्ड प्र.सोनाइको कायम रहने भएकोले उक्त जग्गाहरु मध्ये कि नं. १५३५।१५३७ को जग्गा वादी र सोनाइ दुवैको दावी हुँदा निजै दुवैले आधि आधि पाउने र अरुमा ४ खण्डको ३ खण्ड जग्गा वादी शोभीले दामासाहीले पाउने ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति २०३५।१२।१९।१ को फैसला ।
६. सप्तरी जिल्ला अदालतको मिति २०३५।१२।१९।१ को फैसलामा चित्त वुझेन अंशको दायदाती नदिई दवाएकोमा नदवाउने अंशियारले खान पाउँछ भन्ने अंशवण्डाको २७ नं. मा उल्लेख भए अनुसार न्याय इन्साफ गरी पाउँ भन्ने समेत प्र.सोनाई सुतिहारको पुनरावेदन पत्र ।
७. सप्तरी जिल्ला अदालतको मिति २०३५।१२।१९ को फैसलामा चित्त वुझेन फिराद दावीमा लेखिएको जग्गावाट सोनाइको अंश कटाई वांकी जग्गामा जग्गामात्र मलार्ई दिलाउने फैसला हुँदा सो फैसला अंशवण्डा महलको २७ नं. को प्रतिकूल हुन गएकोले सो जग्गा मलाई एकलौटी दिलार्ई पाउँ भन्ने समेत वादी शोभी सुतिहारको पुनरावेदन पत्र ।
८. लुकाई दवाएको जग्गामा मेरो हक कायम गरी मेरो नाउँमा दर्ता गराई चलन समेत चलार्ई पाउँ भन्ने वादीको फिराद दावी भएकोमा दवाए छिपाएको छैन भन्ने समेत प्रतिवादीको इन्कारी प्रतिवाद भएको प्रस्तुत मुद्दामा वादी दावी अनुसार दर्ता गरी चलन चलार्ई दिनु पर्ने हो होइन समेत कुराको ठहर निर्णय गर्नु पर्नेमा ४ खण्डको ३ खण्ड जग्गा वादीले पाउने र निजका नाउँमा दर्ता समेत हुने सम्म मात्र शुरुले ठहर निर्णय गरी चलन दावी तर्फ शुरुले निर्णय गरेको नदेखिएकोले शुरुको फैसला वदर गरी दिएको छ । वादी दावीको सवै विषयमा निर्णय गर्नु भनी मिसिल शुरु सप्तरी जि.अ.मा पठाई दिनु भन्ने समेत तत्कालिन स.अं.अ.राजविराज वेन्चको मिति २०४०।६।१८।३ को फैसला ।
९. कि.नं ७९९, ९२६, १०६७, १०६५ को जग्गामा अंशवण्डाको २७ नं. वमोजिम वादीको भागमा परी निजले पाउने लेखिए वमोजिमको जग्गाको हक कायम भै सो जग्गा वादी शोभीका नाउँमा दर्ता समेत हुने भै कानून वमोजिम चलन चलार्ई पाउने समेत ठहर्छ । कि.नं. ९२९ को जग्गा प्रतिवादीका नाउँमा दर्ता नहुँदा दपोट तर्फ वादी दावी पुग्न सक्तैन भन्ने समेत सप्तरी जिल्ला अदालतको २०४६।८।२०।३ को फैसला ।
१०. दपोट गरेको भनेको जग्गा मैले दपोट गरको छैन । सोनाइ र शोभी मिली उक्त जग्गावाट मेरो हक मेट्ने र आफूहरुले खान लिन चाहिदो नचाहिदो गैर कानूनी तरिकाले दपोट मुद्दा समेत चलार्ई जालसाजी प्रकृया अपनाई झुट्टा नालेस दिएको हुँदा त्रुटीपूर्ण फैसला वदर गरी झुट्टा दावीवाट फुर्सद गरी पाउँ भन्ने प्र. समेत प्र. सिताराम सुतिहारको पुनरावेदन पत्र ।
११. यसमा पुनरावेदन जिकीरको परिप्रेक्ष्यमा शुरुको इन्साफमा पुनःर्विचार गर्नु पर्ने भएवाट प्रत्यर्थीहरुलार्ई अ.वं. २०२ नं. वमोजिम झिकाई उपस्थित भएपछि पेश गर्नु भन्ने समेत तत्कालिन सगरमाथा अञ्चल अदालत राजविराज वेन्चको मिति २०४७।८।१८ को आदेश ।
१२. विवादित जग्गा यस मुद्दाका वादी शोभी र प्र.सीताराम समेतको संयुक्त नाममा कि नं. १५३५,१५३७, र १५३९ रहेको र कि.नं. ४३ को मिन्ही जग्गा सीतारामका वावु नेवालालको नाउँमा दर्ता रहेको देखियो । वादी शोभी र प्र. सोनाई पुनरावेदक सीतारामको काका देखिएको र वादी प्रतिवादीको अज्ञानवाट छुट हुन गएको देखिंदा वादी दावीको जग्गामा छिपाए दवाएको नदेखिएकोमा अंशियारहरुले ऐन वमोजिम अंश गरी खान पाउने प्रावधान अंशवण्डाको २७ नं. मा रहेको हुँदा दावीको कि.नं. ९२९ वाहेक अरु जग्गामा ४ खण्डको २ खण्ड वादी र वांकी २ खण्डमा १ खण्ड सीताराम र १ खण्ड सोनाइले दर्ता गराई अंश खान पाउनेमा अन्यथा गरेको शुरुको फैसला केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०४९।८।८ को फैसला ।
१३. अंशवण्डाको २७ नं. वमोजिम उजुर गर्नेले पाउँछ भन्ने कानूनी प्रावधान अनुसार नभएर संगोली संपत्ति वण्डा गर्नु पर्ने वा नगर्न पर्ने सम्पत्तिमा दावी वमोजिमको चल अचल सम्पत्तिको हक वेहक छुट्याई सरल तरिकाले सम्पूर्ण सम्पत्तिको फैसलामा विवरण दिनु पर्नेमा, उल्लेख नभै भएको पुनरावेदन अदालतको फैसला वदर गरी इन्साफ पाउँ भन्ने समेत वादी लक्ष्मी सुतिहारको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
१४. यसमा वादीले दावी लिंदा कि.नं. ७९९, ९२६, ९२९, १५३५, १५३७, १०६५, १०६६ का जग्गा हरु दपौट गरेको भनी दावी लिएकोमा पुनरावेदन अदालत राजविराजवाट फैसmलाको ठहर खण्डमा कि.नं. ९२९ को वाहेक अरु जग्गामा ४ खण्डको २ खण्ड वादीको र वांकी २ खण्डमा १ खण्ड सीताराम र १ खण्ड सोनाइले दर्ता गराई अंश पाउने भनी उल्लेख भएको देखिन्छ । सोही फैसलाको तपसील खण्डमा कि.नं. ९२९ वाहेक कि.नं. १५३५, १५३७ र कि.नं. १५३९ को जग्गामा ४ खण्डमा २ खण्डले वादीले र वांकी २ खण्डमा १ खण्ड सीताराम र १ खण्ड सोनाइले दर्ता गराई खान पाउने भनी उल्लेख हुन गई ठहर खण्ड र तपसील खण्डको कुरा एक आपसमा मिल्न आएको नदेखिंदा छलफलको निमित्त विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५२।९।१९।४ को आदेश ।
१५. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा, वादीले दावी गर्दा विवादित कि नं. ९२९ मा दपौट गरेको भनी उल्लेख गरेको पाइदैन । विवादित कि.नं. ९२९ को जग्गा प्रतिवादीको नाउँमा दर्ता भएको पनि देखिदैन । यसरी प्रतिवादीका नाउँमा दर्ता नै नभएको जग्गा निजले दपोट गरे भन्न मिल्दैन । साथै तायदाती सुनाएकोमा सो जग्गा छुट भएको भनी सम्वन्धित पक्षले उजुर गर्न सकेको भन्ने पनि नदेखिएको अवस्थामा वादी दावीको सो कि.नं. ९२९ बाहेक दवाए छिपाएको नदेखिएका अन्य जग्गामा ४ खण्डको २ खण्ड वादी र वांकी २ खण्डमा १ खण्ड सीताराम र १ खण्ड सोनाइले दर्ता गराई अंश खान पाउने भनी पुनरावेदन अदालत राजविराजवाट मिति २०४९।८।८ मा भएको फैसलाको ठहर खण्डको व्यहोरा सम्म मिलेको देखिंदा सदर हुन्छ ।
१६. पुनरावेदन अदालत राजविराजवाट भएको प्रस्तुत मुद्दाको मिति २०४९।८।८ को सो फैसलाको तपसील खण्डको (१) मा कि.नं. १५३५,१५३७ र १५३९ को जग्गामा ४ खण्डको २ खण्ड वादीले र वांकी २ खण्डमा १ खण्ड सीताराम र १ खण्ड सोनाइले दर्ता गराइ खान पाउने ठहरी फैसला भएको भन्ने समेत उल्लेख भएको देखिन्छ । तर सो फैसलाको ठहर खण्डमा वादी दावीको कि.नं. ९२९ वाहेक अरु जग्गामा ४ खण्डको २ खण्ड वादीले र वांकी २ खण्डमा १ खण्ड सीताराम र १ खण्ड सोनाइले दर्ता गराई अंश खान पाउने भन्ने उल्लेख भएको र सोही वमोजिमको इन्साफ सदर भएको हुँदा वादी दावीको कि.नं. ९२९ वाहेक वादी दावीका जग्गामा ४ खण्डको २ खण्ड वादीले र वांकीं २ खण्डमा एक खण्ड सीताराम र एक खण्ड सोनाइले दर्ता गरी पाउने ठहर्छ । कि.नं. ९२९ वाहेक अरु वादी दावीका जग्गावाट ४ खण्डको २ खण्ड वादीले र अर्को २ खण्ड मध्ये १।१ खण्ड सीताराम र सोनाइले पाउने गरी इन्साफमा वोलिए अनुसार नै तपसील खण्डमा लेखिनु पर्नेमा कि.नं. १५३७, १५३९ बाट मात्र पाउने ठहराएको हदसम्म पुनरावेदन अदालत राजविराजको मिति २०४९।८।८ को फैसला सो हद सम्म केही उल्टी हुने ठहर्छ । अरु तपसील वमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी सोमी सुतिहारको मु.स गर्ने लक्ष्मी सुतिहारको, इन्साफ खण्डमा उल्लेख भए अनुसार वादी दावीको कि.नं. ९२९ वाहेक वादी दावीका अन्य सम्पूर्ण जग्गाहरु मध्येवाट ४ खण्डको २ खण्ड वादीको नाउँमा र वांकी २ खण्ड मध्ये १ खण्ड सीताराम सुतिहार र १ खण्ड सोनाइ सुतिहारको नाउँमा गरी पाउने ठहरेकोले वादीको दर्खास्त परे कानून वमोजिम दर्ता गरी दिनु भनी सम्वन्धित कार्यालयमा लेखि पठाउनु भनी शुरु सप्तरी जिल्ला अदालतमा लेखि पठाई दिनु......... ।
मिसिल नियमानुसार गरी वुझाई दिनु..... ।
उक्त रायमा म सहमत छु ।
न्यायाधीश राजेन्द्र राज नाख्वा
इति सम्वत् २०५३ साल जेष्ठ २२ गते रोज ३ शुभम