निर्णय नं. ६३८० - लेनदेन

निर्णय नं.६३८० ने.का.प. २०५४ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
सम्वत् २०५१ सालको दे.पु. नं. ..१९०६
फैसला मितिः २०५३।५।४।३
मुद्दा : लेनदेन ।
पुनावेदक/प्रतिवादीः जि.सप्तरी गा.वि.स. वीरपुर वार्ड नं. ७ वस्ने मुगालाल ।
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ.ऐ वस्ने हिरालाल यादव
§ सर्वप्रथम पुनरावेदकले प्रस्तुत मुद्दाको फिराद हदम्याद भित्रको नभएको र वादी केशर वहादुर राजभण्डारी प्रतिवादी पुण्य विक्रम राणा भएको दे.पु.इ.नं. ९२ को कपाली सांवा व्याज समेत दिलार्ई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत, पूर्ण इजलासवाट २०४८।११।१५ मा प्रतिपादित नजीरको विपरीत गरी पुनरावेदन अदालतवाट फैसला भएको भनी लिएको जिकीरको हकमा विचार गर्दा सो मुद्दामा म्यादभित्र पास गरी दिउँला भनी दृष्टिवन्धकी कागज लेखी दिएकोमा म्यादभित्र पास गरि नदिएकाले लिखत पास गरी पाउँ भनी फिराद पर्दा सो लिखत करकापवाट गराएको भनी करकाप मुद्दा समेत परी करकाप नठहर्ने र लेखिएको सम्पत्ति, विपक्षीको देखिन नआएकोले पास नहुने ठहरी सर्वोच्च अदालतवाट निर्णय भएपछि सो निर्णय भएको मितिले ३५ दिन भित्र फिराद परेको तथ्यगत विषयवस्तु समावेश भएकोमा सर्वोच्च अदालत पूर्ण इजलासवाट वादी दावीको लिखत अदालतको अन्तिम फैसलावाट पारीत हुन नसक्ने र कपाली ठहर भएपछि मात्र कपालीमा सांवा व्याजको दावी लाग्ने अवस्था आएको स्पष्ट छ । यस्तो स्थितिमा लिखत भएकै मितिवाट लेनदने व्यवहारको २ नं. वमोजिम १० वर्षको हदम्याद कायम हुन्छ भन्नु र आफूले नालेश उजुर गर्नु पर्ने कुरामा सजग सक्रिय हुँदा हुदै वादीलाई हदम्याद नघाइ आएको भन्नु हदम्यादको औचित्य र अवधारणा अनुकूल समेत हुने नदेखिने ।
(प्र.नं. १३)
§ वादी दावीको लिखत पारीत नहुने भइ कपाली हुने गरी सर्वोच्च अदालतवाट मिति २०३९।२।२१ मा अन्तिम फैसला भएको मितिले ३५ दिनभित्र कपालीमा सांवा व्याजको दावी लिई वादीको परेको प्रस्तुत फिराद लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्ष भित्रको नै हुँदा हदम्याद खिलाफको फिराद भन्न मिलेन भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको फिराद प्रतिवादीले रुपैया लिई सो वापत प्रतिवादीको हकभोगको जग्गा घरसारमा राजिनामा लिखत गरि दिएकोमा म्याद भित्र रजिष्ट्रेशन पारीत नगरिदिएवाट थैली कपाली भएकोले भनी लेनदेन व्यवहारको २ नं. अन्तर्गत परेको देखिएकोले सर्वोच्च अदालत, पूर्ण इजलासवाट सिद्धान्त प्रतिपादन भएको उल्लेखित मुद्दाको तथ्य् र निर्णयाधार प्रस्तुत मुद्दाको तथ्य र निर्णयाधार फरक रहेको देखिंदा उक्त नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने नदेखिने ।
(प्र.नं. १३)
§ रजिष्ट्रेशनको ६ नं.मा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको लिखत यसै महलको ५ नम्वर वमोजिम रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भन्ने त्यस्तो लिखतवाट कुनै अचल सम्पत्ति पक्री दावी गरेको नालिस लाग्न सक्तैन । थैली परेकोमा सो थैली र लिखत वमोजिमको सम्पति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको कानून वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने र कपाली लिखतको सम्वन्धमा आकिर्षत हुने । लेनदेन व्यवहारको २ नं. मा ूतमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालिश लाग्न सक्तैन भन्ने व्यवस्था भएको देखिएको र लेनदेन व्यवहारको ४० नं.ले लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था गरेकोू देखिएवाट घरसारमा राजिनामा लिखत गरि दिई म्याद भित्र रजिष्ट्रेशन पारीत गरी नदिएकोमा सो राजिनामाको थैली कपाली सरह भराईलिन वादीले लेनदेन व्यवहारको २ नं. को हदम्याद भित्र नालेश गरेको प्रस्तुत फिरादाई हदम्याद नाघेको मान्न नमिल्ने ।
(प्र.नं. १३)
§ विवादको लिखतको ल्याप्चे छाप प्रतिवादीको होइन र सो लिखत सद्दे नभै कीर्ते हो भन्ने सम्वन्धमा प्रतिवादीवाट तथ्ययुक्त प्रमाण पेश हुन सकेको मिसिलवाट नदेखिंदा लिखतमा परेको ल्याप्चे छाप प्रतिवादीको ल्याप्चे छापसँग मिेले भिडेको भन्ने विशेषज्ञको रायलार्ई अन्यथा मान्न सकिने अवस्था नदेखिने ।
(प्र.नं १५)
निवेदक तर्फवाटः
विपक्षीतर्फवाटः
अवलम्बित नजीरः
फैसला
न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत राजविराजको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकाले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः
२. प्रतिवादीले वन्दव्यापार गर्न म सँग रु.२५,५००। वुझि निज नाउ दर्ताको गा.पं. वरहि वीरपुर वा.नं. ७(क) कि.नं. ३१३ को ०-७-१३ ऐ कि.न. ३१४ को ०-३-० ऐ वा.नं. ८ (ख) कि.नं १६ को ०-६-० समेत ०-१६-१३ जग्गा २०३७।७।२७।४ मा २ प्रति सुक्री विक्री राजीनामा लेखी दिएको म्याद भित्र पारित गरी नदी वाली समेत खान नदिएको हुँदा कपाली हुन गई फेराद गर्न आएको छु । प्रमाण वुझी आज ९ वर्ष ११ महिना ७ दिनको हुने व्याज रु.२५,३३७।१६ समेत सांवाव्याज रु.५०,८३७।१६ आयकर टिकट ५२०। कोर्टफि १७९५।१६ समेत र विगो भरि भराउ सम्मको व्याज समेत विपक्षीवाट दिलार्ई भराई पाउँ भन्ने वादी दावी ।
३. वादीवाट मैले कुनै रुपैया ली लिखत गरी दिएको होइन, छैन । सक्कल लेखत हेर्न पाए अ.वं ७८ नं. वमोजिम सद्दे कृर्तेमा वयान गर्नेछु भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर जिकीर ।
४. सक्कल लिखत हेरें शिरमा लागेको रेखात्मक छाप प्रष्ट नहुँदा एकिन भन्न सक्तिन तर पुछारको दुवै ल्याप्चे मेरै वायां बुढी औलाको हो लेखात्मक सही भने मेरो होइन सो लिखत सद्दे नभै लिफामा लेखिएको कृते हो, लिखत राष्ट्रिय विधिविधान प्रयोग शाखावाट जाँच गराई कृर्ते गर्ने वादी र लेखत अन्तर साक्षीलाई सजाय समेत गरि पाउँ भन्ने समेत व्यहोराको प्र.वा. महेश्वर प्रसाद यादवको वयान ।
५. दावी लिखत सद्दे र परेको सहीछाप समेत प्र. मुगालालकै हुँदा झुट्टा वयान गर्ने प्रतिवादीलार्ई नै सजाय गरि सांवा व्याज समेत दिलार्ई भराई पाउँ भन्ने समेत व्यहोराको वादी वा. ईश्वरनाथ मिश्रको वयान ।
६. सर्वोच्च अदालत पूर्ण इजलासवाट मिति २०४८।११।१५।५ मा वादी केशर वहादुर राजभण्डारी प्रतिवादी पुण्य विक्रम राणा भएको कपाली सावां व्याज समेत दिलार्ई पाउ भन्ने मुद्दामा कुनै लेनदेनको लेखत पारीत हुन नसकी परिणामतः कपाली हुन गएको लेखतको सम्वन्धमा लेनदेन व्यवहारको महलमा अन्यत्र कुनै छट्टै हदम्यादको निर्धारण भएको नदेखिनाले त्यस्तो लेखतको सम्वन्धमा सोही लेनदेन व्यवहार महलको ४० नं. को हदम्याद लाग्ने भन्ने निर्णय फैसलावाट प्रतिपादन भएको देखिएको यस मुद्दामा पनि राजीनामा पारित हुन नसकी लेखत कपाली हुन गएको देखिएको हुँदा सोही लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्ष भित्र नालेश गर्नु पर्नेमा सो हदम्याद गुजारी फिराद दर्ता गरेको देखिनाले अरु कुरामा विचार गरी रहनु नपरी अ.वं. १८० नं. वमोजिम हदम्यादको अभावमा फिराद खारेज हुने ठहर्छ भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको ०४९।५।१४ को फैसला ।
७. शुरुले १० वर्ष भित्रको रजिष्ट्रेशनको ४,५,६ नं. र लेनदेन व्यवहारको २ नं. को कानूनी आधारमा परेको मुद्दालार्ई लेनदेन व्यवहारको ४० नं लगाई कानून व्याख्या तथा फैसलाको व्याख्या सम्वन्धी प्रश्नमा गम्भीर त्रुटी गरी खारेज गर्ने गरी गराएको फैसलामा चित्त वुझेन, प्रमाण बुझी शुरु निर्णय वदर गरि इन्साफ पाउँ भन्ने समेत पु.वे.वादीको पुनरावेदन ।
८. यसमा लेनदेन व्यवहारको २ नं. ले कपालीमा १० वर्षको हदम्याद हुने र शुरुले उल्लेख गरेको नजिरको तथ्य र विवादको विषयवस्तु नै फरक रहे भएको फिराद रजिष्ट्रेशनका ४,५,६ र लेनदेन व्यवहारको २ नं. को कानूनी आधारमा परेको देखिंदा हदम्याद नाघेको भनी अ.वं. १८० नं. वमोजिम फिराद खारेज हुने ठहर गरेको मिति ०४९।५।१४।१ को फैसला नमिलको हुँदा अ.वं. २०२ नं र पु.वे.अ. नियमावली, २०४८ अनुसार प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत राजविराजको मिति २०४९।९।१२ को आदेश ।
९. विवादित लिखत रीतपुर्वकको हदम्याद भित्रै नालेश परेको देखिंदा लिखत मिति देखि १० वर्ष सम्मको व्याज र सांवा वादीले प्रतिवादीवाट भरी पाउने ठहराउनु पर्नेमा वादी दावी खारेज हुने ठहराएको शुरु सप्तरी जिल्ला अदालतको ०४९।५।१४ को फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत राजविराजको मिति २०५०।३।३० को फैसला ।
१०. मुलुकी ऐन लेनदेन, व्यवहारको ४० नं. ले २ वर्षको हदम्यादको व्यवस्था गरेकोमा वादीको लेखत मिति २०३७।७।२७।४को भएको हुँदा सो मितिले मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. अर्थात २ वर्ष भित्र फेराद दायर गर्नु पर्नेमा म्याद नघाई फिराद आएको फेराद उपर के कति कारणले लेनदेनको ४० नं. आकृष्ट नहुने भनी विवेचना नगरी मुद्दाको तथ्यगत विषयमा प्रवेश गरी वोलेको हुँदा पुनरावेदन अदालतको फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
११. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गर्दा पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१२. यसमा प्रतिवादीले वन्द व्यापार गर्नलार्ई रु. २५,५००। लिई गा.पं. वरही वीरपुर वार्ड नं. ७(क) कि.नं. ३१३ कि.नं. ३१४ र ऐ.वार्ड नं. ८(ख) कि.नं. १६ को जग्गा ०३७।७।२७ मा राजीनामा लेखत गरिदिएको, सो लेखत ऐनका म्याद ६ महिना भित्र पारीत गरी नदिई तथा उक्त जग्गाको वाली समेत खान नदिएकोले मेरो खेत कपाली हुन आएकोले लेनदेन व्यवहारको २ नं. अन्तर्गत लेखत मिति ०३७।७।२७ गते देखिको व्याज रु.२५,३३७।१६ समेत जम्मा सांवा व्याज रु. ५०,८३७।१६ तथा मुद्दाको अन्तिम टुंगो नलागेसम्म, भरी भराउ नहुन्जेल सम्मको व्याज समेत प्रतिवादीवाट दिलार्ई भराई पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा वादीवाट कुनै रुपैया लिई कुनै लेखत गरि दिएको छैन, वादीवाट सक्कल लेखत दाखिल गर्न लगाई अ.वं. ७८ नं. वमोजिम देखाए सुनाएमा सद्दे कीर्ते तर्फ वयान गर्ने नै छु भन्ने प्रतिवादीको प्रतिउत्तर जिकीर रहेको देखिन्छ । फिराद खारेज गर्ने गरेको शुरुको फैसला उल्टी गरी प्रतिवादीवाट वादीलार्ई सांवा व्याज भराउने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला उपर प्रतिवादीको पुनरावेदन परेको देखियो ।
१३. प्रस्तुत मुद्दामा सर्वप्रथम पुनरावेदकले प्रस्तुत मुद्दाको फिराद हदम्याद भित्रको नभएको र वादी केशर वहादुर राजभण्डारी प्रतिवादी पुण्य विक्रम राणा भएको दे.पु.इ.नं. ९२ को कपाली सांवा व्याज समेत दिलार्ई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत, पूर्ण इजलासवाट २०४८।११।१५ मा प्रतिपादित नजीरको विपरीत गरी पुनरावेदन अदालतवाट फैसला भएको भनी लिएको जिकीरको हकमा विचार गर्दा सो मुद्दामा म्यादभित्र पास गरी दिउँला भनी दृष्टिवन्धकी कागज लेखी दिएकोमा म्यादभित्र पास गरि नदिएकाले लिखत पास गरी पाउँ भनी फिराद पर्दा सो लिखत करकापवाट गराएको भनी करकाप मुद्दा समेत परी करकाप नठहर्ने र लेखिएको सम्पति, विपक्षीको देखिन नआएकोले पास नहुने ठहरी सर्वोच्च अदालतवाट निर्णय भएपछि सो निर्णय भएको मितिले ३५ दिन भित्र फिराद परेको तथ्यगत विषयवस्तु समावेश भएकोमा सर्वोच्च अदालत पूर्ण इजलासवाट वादी दावीको लिखत अदालतको अन्तिम फैसलावाट पारीत हुन नसक्ने र कपाली ठहर भएपछि मात्र कपालीमा सांवा व्याजको दावी लाग्ने अवस्था आएको स्पष्ट छ । यस्तो स्थितिमा लिखत भएकै मितिवाट लेनदेन व्यवहारको २ नं. वमोजिम १० वर्षको हदम्याद कायम हुन्छ भन्नु र आफूले नालेश उजुर गर्नु पर्ने कुरामा सजग सक्रीय हुँदा हुदै वादीलाई हदम्याद नघाई आएको भन्नु हदम्यादको औचित्य र अवधारणा अनुकूल समेत हुने देखिदैन । वादी दावीको लिखत पारीत नहुने भइ कपाली हुने गरी सर्वोच्च अदालतवाट मिति २०३९।२।२१ मा अन्तिम फैसला भएको मितिले ३५ दिनभित्र कपालीमा सांवा व्याजको दावी लिई वादीको परेको प्रस्तुत फिराद लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्ष भित्रको नै हुँदा हदम्याद खिलाफको फिराद भन्न मिलेन भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दाको फिराद प्रतिवादीले रुपैया लिई सो वापत प्रतिवादीको हकभोगको जग्गा घरसारमा रजिष्ट्रेशनमा लिखत गरि दिएकोमा म्याद भित्र राजिनामा पारीत नगरिदिएवाट थैली कपाली भएकोले भनी लेनदेन व्यवहारको २ नं. अन्तर्गत परेको देखिएकोले सर्वोच्च अदालत, पूर्ण इजलासवाट सिद्धान्त प्रतिपादन भएको उल्लेखित मुद्दाको तथ्य् र निर्णयाधार प्रस्तुत मुद्दाको तथ्य र निर्णयाधार फरक रहेको देखिंदा उक्त नजीर प्रस्तुत मुद्दामा आकर्षित हुने देखिएन । रजिष्ट्रेशनको ६ नं.मा रजिष्ट्रेशन गराउनु पर्ने घरसारको लिखत यसै महलको ५ नम्वर वमोजिम रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भन्ने त्यस्तो लिखतवाट कुनै अचल सम्पति पक्री दावी गरेको नालिस लाग्न सक्तैन । थैली परेकोमा सो थैली र लिखत वमोजिमको सम्पति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको कानून वमोजिमको व्याज समेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने र कपाली लिखतको सम्वन्धमा आकर्षित हुने लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालिश लाग्न सक्तैन भन्ने व्यवस्था भएको देखिएको र लेनदेन व्यवहारको ४० नं.ले लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनको कुरामा वाहेक अरुमा भए गरेको मितिले दुई वर्ष भत्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था गरेको देखिएवाट घरसारमा राजिनामा लिखत गरिदिई म्याद भित्र रजिष्ट्रेशन पारीत गरी नदिएकोमा सो राजिनामाको थैली कपाली सरह भराईलिन वादीले लेनदेन व्यवहारको २ नं. को हदम्याद भित्र नालेश गरेको प्रस्तुत फिरादलाई हदम्याद नाघेको मान्न मिलेन ।
१४. अब वादीले वादी दावी अनुरुप सांवा व्याज प्रतिवादीवाट भराई पाउने हो होइन भन्ने विषयमा विचार गर्दा वादीवाट दाखिल भएको २०३७।७।२७ को सक्कल लिखतका सम्वन्धमा अ.वं. ७८ नं. अन्तर्गत वयान गर्दा प्रतिवादीका वारेस महेश्वर प्रसाद यादवले शिरको लिखितम् निरको दुवै छापको शंख चक्र स्पष्ट नभएकोले सुगालाल यादवको हो वा होइन यकीन गरी भन्न सक्त्नि । शुभम्को दुवै ल्याप्चे छाप मेरै वायां वुढी औंलाका ल्याप्चे छाप हो । लेखत लिफामा लेखिएको कीर्ते हो, सद्दे होइन भनी वयान गरेको देखिन्छ । विवादको लिखतको सहीछाप जाँच गराउन रेखा तथा ल्याप्चे विशेषज्ञ कहां पठाउँदा लिखतमा देखिएका ल्याप्चे सहीछाप प्रतिवादी कै भई लिखतको दोस्रो हरफमा काटिएको स्थानमा लागेको छाप समेत फरक परेको नदेखिएको, लिखत लिफामा तयार गरेको नदेखिएको लिखतको शिर अक्षर र पुछार अक्षरलार्ई छोई ती अक्षर माथि पर्ने गरी कारणीले ल्याप्चे लगाएको देखिएको र लिखतमा अक्षर सरसरती लेखिएको भन्ने विशेषज्ञको राय रहेको देखिन्छ । विशेषज्ञको रायको सम्वन्धमा प्रतिवादीले पुनरावेदनमा जिकीर लिई अन्यथा हो भन्ने पुष्टि गर्न सकेको देखिदैन ।
१५. विवादको लिखतको ल्याप्चे छाप प्रतिवादीको होइन र सो लिखत सद्दे नभै कीर्ते हो भन्ने सम्वन्धमा प्रतिवादीवाट तथ्य्यूक्त प्रमाण पेश हुन सकेको मिसिलवाट नदेखिंदा लिखतमा परेको ल्याप्चे छाप प्रतिवादीको ल्याप्चे छापसँग मिेले भिडेको भन्ने विशेषज्ञको रायलार्ई अन्यथा मान्न सकिने अवस्था देखिन आएन । यस स्थितिमा विवादको लिखत सद्दे देखिन आई वादीले लिखत वमोजिमको कपाली हुन आएको सांवा र कानून वमोजिमको व्याज प्रतिवादीवाट भराई लिन पाउने देखिन आयो । तसर्थ शुरु सप्तरी जिल्ला अदालतको फैसला उल्टी गरी लिखत मिति देखि १० वर्ष सम्मको सांवा र व्याज वादीले प्रतिवादीवाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरु तपसील वमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहरेकाले पुनरावेदन अदालत राजविराजको मिति २०५०।३।३० को फैसलाले प्रतिवादीवाट वादीलार्ई भराउने गरेको कोर्टफि रु.२,०६४।४१ प्रतिवादीले पुनरावेदन अदालत राजविराज मार्फत यस अदालतमा पुनरावेदन गर्दा दाखिल गरी धरौटीमा रहेको देखिंदा उक्त कोर्ट फि प्रतिवादीवाट भराई पाउँ भनी वादी हिरालाल यादवले कानूनका म्याद भित्र दरखास्त गरेमा उक्त धरौटी रकमवाट कानून वमोजिम भराई दिनु भनी शुरु सप्तरी जिल्ला अदालतमा लेखी पठाई दिनु........
मिसिल नियमानुसार गरी बुझाई दिनु........
उक्त रायमा म सहमत छु ।
न्या. राजेन्द्रराज नाख्वा
इति सम्वत् २०५३ साल भदौ ४ गते रोज ३ शुभम