निर्णय नं. ६४२० - ज्यान मार्ने उद्योग

निर्णय नं. ६४२० २०५४, ने.का.प. अङ्क ८
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
सम्बत २०५१ सालको फो.पु. नं........ ९२२
फैसला मितिः २०५४।१।२४।३
मुद्दाः ज्यान मार्ने उद्योग
पुनरावेदक/वादीःजिल्ला पांचथर मेमेङ इलाका प्रहरी कार्यालय प्र.ना.नी. बिरेन्द्र कुमार खड्काको जाहेरीले श्री ५ को सरकार ।
बिरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला पांचथर पाचथर गा.वि.स. वडा नं. २ बस्ने तार्के भन्ने प्रेमजङ्ग केरुङ
§ ज्यान मार्ने उद्योगको वारदात कायम हुन मनसायतत्व आवश्यक हुन्छ र ज्यान मार्ने मनसाय राखी क्रिया भएको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रहरी नायव निरिक्षकले राईफल पडकाएपछि प्रतिवादी समेतका मानिसहरु मारिन्छ भन्ने लागेकोले राइफल खोस्न पांए तेती ठुलो घटना हुन सक्दैन भन्ने लागी स.इ. साहेवको गालामा खुकुरी प्रहार गरी राइफल खोसी लगेको हुँ भन्ने प्रतिवादीको वयानवाट देखिन्छ । घटना सामान्य भएपछि पीडित प्रहरी नायव निरिक्षकले दिएको आदेशानुसार प्रहरीले गोली अनलोड गर्न लाग्दा वन्दुक पड्कन गै महिलाको मृत्यु भए पश्चात हातमा खुकुरी चुपी वोकेको भीड उत्तेजित भएकाले पोष्टमा गै प्रहरी नायव निरिक्षकले राइफल लिएको अवस्थामा प्रतिवादी तार्के भन्ने प्रेमजंगले राइफल खोस्न तानातान गर्दा खोस्न नसकी खुकुरी प्रहार गरी राइफल खोसी भागेको भन्ने मिसिल संलग्न कागजात र घटनाको प्रकृतिवाट स्पष्ट हुन्छ । प्रतिवादीको मार्ने नियत रहेको भए निजलाई पटक पटक खुकुरी प्रहार गर्न वा खोसेको राईफल प्रयोग गर्न कुनै अवरोध खडा भएको मिसिलवाट देखिन आउदैन । प्रतिवादीले राइफल खोसी सकेपछि राइफल लिइ भागि गएको पाईन्छ । निजले आरोपित कसुरमा पूर्ण इन्कार रही वयान गरेको छ । उपरोक्त मिसिल संलग्न कागजातहरुवाट प्रतिवादीले ज्यान मार्ने नियत राखी खुकुरी प्रहार गरेको नभै कुनै ठुलो अप्रिय घटना हुनवाट रोक्न खुकुरी प्रहार गरी राइफल खोसेको देखिन आउँछ । खुकुरी प्रहार गरी राइफल खोसी पुनः प्रहार नगरी भागेबाट प्रतिवादीले ज्यान मार्ने नियतले खुकुरी प्रहार गरेको कुराको पुष्टि हुदैन । ज्यान मार्ने उद्योग गरेको थियो भन्ने वारदातको प्रकृतिवाट देखिदैन । यस स्थितिमा प्रतिवादीले ज्यान मार्ने उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यान सम्बन्धिकै १५ नं. वमोजिम सजाय गर्न मिल्दैन । यस्तै बिषयमा वारदात कुटपिटको हुँदा कुटपिटको महल वमोजिम कार्यवाही किनारा गर्नु पर्ने भनी डिल्ली प्रसाद सिंखडा समेत विरुद्ध श्री ५ को सरकार भएको (ने.का.प. २०३७ अंक ७ पृष्ठ १४८ नि.नं. १३९२) ज्यान मार्ने उद्योग मुद्दामा फूलवेन्चवाट र मर्ने सम्मको काम नगरे ज्यान मार्ने उद्योग नहुने, नियत नभए कुटपिट हुने भनी निवेदक श्री ५ को सरकार र बिपक्षी कविराज सुनार भएको (ने.का.प. २०२९ पृ. ३०५ नि.नं. ६९८) ज्यान मार्ने उद्योग मुद्दामा संयुक्त इजलासवाट सिद्धान्तहरु समेत प्रतिपादन भै रहेको पाईन्छ । अतः राइफलको पड्काईवाट आफू समेत मर्न सक्ने आशंकामा राइफल तानातान गर्दा खोस्न नसकेकोले खुकुरीको प्रहार गरी राइफल खोसी भागी गएको क्रियाले ज्यान मार्ने नियतको पुष्टि नदेखिंदा ज्यान मार्ने उद्योग नठहराइ कुटपिटमा परिणत गर्ने गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. १५)
पुनरावेदक वादी तर्फबाटः वरिष्ठ सरकारी अधिवक्ता श्री देव सरण प्रसाद
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत इलामको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः
२. मिति २०४७।११।१६ गते मेमेङ वार्ड नं. २ मच्छेवुङमा फागु मेला लाग्ने भएकोले सो मेलाको शान्ती सुरक्षाको लागि माग भए अनुसार म समेतको ६ जना हतियार सहित शा.सु. को लागि उक्त स्थानमा खटि गई मेला कमिटिले योजना गरको पोष्टमा हतियार राखी मेलाको शा.सु. गरी रहेको अवस्थामा वेलुका अं. ५ वजे तिर मेमेङ गा.वि.स. वार्ड नं. २ वस्ने तार्के भन्ने प्रेमजङले मेलामा मेला कमिटिले पैसा वढी उठाएको भनी झै झगडा गरेकोमा मैले यो कुरा भोली गरौंला भनेको र संझाइ वुझाई गरेपछि निज तार्के समेतले मानिस गै शान्त वातावरणमा मेला लागी रहेको अवस्थामा भएको जवानलाई पालो पालो गरि खाना खाने भनी अराएको थिएं, पहिला प्र.ज. रघुविर समेतका २ जना तार्केको वहिनीको होटलमा खाना खान गएको अवस्था तार्के भनने व्यक्ति आई प्र.ज कृष्ण प्रधान समेतलाई उक्त चन्दा पैसाको विषयमा झगडा गरेका निज जवानहरु होटलबाट भागि वाहिर निस्कदा निज तार्केले खेदी आई झगडा गर्दा मैले संझाउँदा समेत नमानेको र मेलाको स्थिति उत्तेजित भएको महसुस गरि पोष्टबाट हतियार लोड गरी ले भनेको आवाज र गोलि लोड गर्दा हतियार चलेको आवाज आएकोले सो भिडमा झगडा गर्ने तार्के समेतका मानिस भागी गए त्यसपछि मेलाको स्थिति सामँन्य भै सकेकोले पोष्टमा भएको हतियार र कुरुवा प्र.ज. कृष्ण बहादुरलाई राइफलको गोलि अनलोड गर भनी मैले भनेपछि निजले प्र.ज. कृष्ण बहादुर श्रेष्ठले राइफलको गोली अनलोड गरि सकियो भन्ने ठानी टेगर दवाउँदा अचानक गोलि पड्की पोष्ट वसेको लाल विरको घरको ढोका समेत छेडि मेलामा चिया खाई रहेको महिलालाई गोली लागि घाइते भएको तत्काल सो कुरा थहा पाई घटनास्थल गई निज घाइतेलाई जांहा भए पनि लगी उपचार गराउँछौ गल्ती गर्नेलाई कारवाही गर्छै, भने त्यसो भन्दा समेत नमानि निज तार्के समेतका मानिस उत्तेजित भै कराई असान्ती समेत गर्न लागे घाइते समेतको घटनास्थल मै मृत्यु भयो स्थिति नाजुक भएकोले म पोष्टमा गएं । पोष्टमा जांदा तार्के समेतका मानिसहरु हातमा खुकुरी चुपी बोकेका थिए पोष्टमा गइ मैले राइफल लिएं सो अवस्था मलाइ तार्केले खुकुरीले मेरो टाउकोमा प्रहार गरे, मैले बोकेको राइफल समेत खोसी लगे त्यसपछि मेलाको स्थिति अति उत्तेजनक भएको जस्तो लागी लडि रहेको ठाउँबाट जवानलाइ जवान हवाइ फाएर गर भनेपछि प्र.ज.रघुबिर श्रेष्ठले हवाइफाएर गरेपछि मेला शान्त भएको निज तार्के समेतका मानिसहरुले मेरो हातबाट राइफल खोस्न लगाइ मलाइ खुकुरी प्रहार गरी काटी खोसि लगेको हवाइ फाएर नगरेको भए तार्के समेतले मार्ने नै थिए हवाइ फाएर गर्दा निजहरु भागी बेपत्ता भएको हो निज तार्के समेतका मानिसहरुलाइ खोज तलास गरी ज्यान मार्ने उद्मोग गरेमा कारवाहि गरी पाउँ भन्ने प्र.ना.नि. विरेन्द्र कुमार खड्काको मिती ०४७।११।१८ को प्रतिवेदन ।
३. मिती ०४७।११।१६ गतेका दिन मेमेङ गा.वि.स. अन्तर्गत मच्छेबुङमा लाग्ने फागु मेलामा खटिएका प्र.ना.नि. विरेन्द्र खड्कालाइ मेरो दाहिने हातमा भएको खुकुरीले स.इ. साहेब अर्थात राइफल समाउनेलाइ एक चोट खुकुरीको प्रहार गरेर दुवै हातले राइफल समाते सो पछि म सगै गएका प्राङबुङ गा.वि.स. वार्ड नं.५ बस्ने गणेश केरुङले स.इ. साहवलाई टाउकोमा काट्यो । त्यसरी स.इ. साहेवलाई काट्नासाथ मैले समाएको राइफल तान्दा मेरो हातमा राइफल आयो मुख्य कुरो राइफल खोस्नु थियो । स.इ.साहेबले राइफल नछाडेको भए मारेर भएपनि राइफल लाने विचार थियो भन्ने प्रतिवादी प्रेमजङ केरुङले ०४८।२।२७ मा गरेको साबिती कागज । प्र.ना.नि. विरेन्द्र खड्कालाइ प्रेमजङ केरुङले खुकुरीले काटी ज्यान मार्ने उद्मोग गरेको हो भन्ने मेमेङ गा.वि.स. वार्ड नं. २ बस्ने लालबिर केरुङ समेत १० जनाको सहिछाप भएको मिती ०४८।३।१६ को सर्जमिन मुचुल्का ।
४. प्रतिवादी प्रेमजङ्ग केरुङ प्रतिवादी गणेश केरुङ समेतले प्र.ना.नी.बीरेन्द्र कुमार खड्कालाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्मोग गरेकोले मुलुकी ऐन ज्यान सम्बन्धिको १ नं. विपरित सोही ऐनको १५ नं. अनुसार सजांय हुन र पक«ाउमा नपरेका गणेश कुमार केरुङको हकमा अदालतबाट म्याद जारी गरी पाउँ भन्ने समेत व्यहोराको मिती ०४८।३।१८ को प्रहरी प्रतिवेदन ।
५. मिती ०४८।१०।१६ गते राती मेला कमिटीको सदस्य भएकोले पैसा उठाउने सम्बन्धमा झगडा भएको र राइफल पड्काए मलाई समेत मार्छन होला भन्ने लागी हातमा भएको खुकुरीले एक पटक स.इ. साहेबको गालामा प्रहार गरेको हुँ । त्यसमा कानूनले जो ठहर्छ भन्ने प्रतिवादी तार्के भन्ने पे्रमजङ केरुङले मिती ०४८।२।१९ मा अदालतमा गरेको साबिति बयान ।
६. प्रतिवादी मध्येका गणेश कुमार केरुङका नाउँमा मिती ०४८।४।२५ मा तामेल भएको म्यादी पूर्जिको ७० दिने म्याद गुजारी बसेको ।
७. प्रतिवादीले मार्ने उद्देश्य गरेको होइन भनि बयान गरेकोमा सो कुरालाई निजले कुनै प्रमाण दिन सकेको छैन साथै खुकुरी जस्तै धारीलो हतियारले मानिसको सम्बेदनशिल घाँटी देखि माथिको शरीरमा प्रहार गरेको घा.जाँच फाराममा कहां भनि उल्लेख हुनुको साथै चोट साधारण नभै सोदे दुइ इन्चि लम्बाइको चोट देखिएकोले तार्के भन्ने प्रेमजङ केरुङले स.इ.बिरेन्द्र खड्कालाइ ज्यान मार्ने उद्मोग गरेको ठहर्छ प्र.गणेश कुमार केरुङले ०४८।४।२५ मा तामेल भएको म्याद गुजारेको देखिएकोले निजको हकमा अ.व. १२ नं. बमोजिम मुलतबि राखि दिने ठहर्छ भन्ने ०५०।१।६ को पांचथर जिल्ला अदालतको फैसला ।
८. मैले मार्ने मनसायबाट हतियार प्रहार गरेको नभै बन्दुक सम्म खोस्ने काम गरेको हुँ मेरो हातको खुकुरीले पिडितको गालामा चोट लागेको र त्यो चोट सामान्य रहेको तथा गाला सम्बेदनशिल अंग नभएको भन्ने केश फारामबाट प्रष्ट हुन्छ । ज्यान मार्ने उद्मोग मुद्दामा चोटको प्रकृति र चोट लागेको स्थान भन्दा पनि बढि मनसाय तत्वको भूमिका रहने कुरामा अदालतको दुइ मत हुन सक्दैन । यस्तो विवादमा सम्मानीत सर्वोच्च अदालतले मनसाय तत्वलाइ अधिक मात्रामा स्थापित हुनुपर्र्नेे कुरामा सिद्दान्त बसाली सकेको छ । अतः सुरुको फैसला बदर गरी अभियोग दाबिबाट सफाई पाउँ भन्ने ०५०।४।८ को प्र. तार्के भन्ने प्रे्रमजङ केरुङको पुनरावेदन ।
९. शुरुले प्रहरी प्रतिबेदन माग दाबी अनुसार प्रतिबादी प्रेमजङ केरुङ उपरको आरोपित कसुरमा प्र. ले ज्यान मार्ने उद्मोग गरेको ठहराइ गरेको फैसला नमिली उल्टि भै सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २७ बमोजिम जाहेरवालाले सकार गरेमा यसै मिसिलबाट कार्यबाही किनारा हुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको फैसला ।
१०. प्रतिवादीको कसुर पुष्टि हुँदा हुँदै शुरु जिल्ला अदालतको निर्णय बदर गरी कुटपिटमा परिणत गरी गरीएको पुनरावेदन अदालत इलामको फैसला बदर गरी प्रतिबादीलाई प्रहरी प्रतिबेदन माग दाबी बमोजिम सजायं गरी पाउँ भन्ने श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनराबेदन ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देव शरण प्रसादले पुनरावेदन अदालत इलामको फैसला बदर गरी पाउँ भनि गर्न भएको वहस समेत सुनि मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनराबेदन अदालत इलामको फैसला मिलेको छ, छैन ? तथा पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
१२. प्रस्तुत मुद्दामा मिती २०४७।११।१६ गते मेमेङ गा.वि.स. वडा नं. २ मच्छेबुङमा लाग्ने फागु मेलामा म समेत ६ जना शान्ति सुरक्षाका लागी खटी गै मेला कमिटीले योजना गरेको पोष्टमा हतियार राखि शान्ति सुरक्षा गरीराखेकोमा मेला कमिटीले पैसा बढि उठायो भनि तार्के भन्ने प्रेमजङ केरुङले विबाद उठाउँदा मैले राइफलको गोलीलोड गर्न लगाउँदा स्थिति सामान्य भयो र पुनः गोली अनलोड गर्न लगाउँदा अन्लोड भै सक्यो भन्ने मानि टेगर छड्क्याउँदा अचानक गोली पड्कन गै बजारमा भएको महिलाको मृत्यु भयो । सोहि मृत्युको बिषयलाइ लिएर प्रहरीले ज्यान मार्यो भन्ने इविबाट प्रतिवादी तार्के भन्ने प्रेमजङ केरुङ समेतका मानिसहरुले प्रहरी पोष्ट घेराउ गरी तार्केको खुकुरीले मेरो टाउकोमा प्रहार गरे र राइफल खोसि लगे । निज तार्के समेतका मानिसहरुलाई खोज तलास गरी ज्यान मार्ने उद्मोग गरेकाले कार्यवाही गरीपाउँ भनि प्र.ना.नी. विरेन्द्र कुमार खड्काले प्रतिवेदन दिइ सोहि बमोजिम ज्यान सम्बन्धी महलको १५ नं. अनुसारको सजायको माग दाबी लि प्रहरी प्रतिबेदन दायरा भएकोमा पांचथर जिल्ला अदालतबाट निज प्रेमजङ केरुङलाई ९ बर्षको कैद सजाय भै सो उपर पुनरावेदन गरी पुनरावेदन अदालत इलामबाट शुरुले ज्यान मार्ने उद्मोग गरेको ठहराई गरेको फैसला नमिली उल्टी ठहराइ कुटपिटमा परिणत गरे उपर चित्त नबुमिm श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
१३. यस्मा मेमेङ गा.वि.स. वडा नं. २ माा मिती ०४७।११।१६ गते फागु पुर्णिमामा लागेको मेलामा मेला कमिटीले पैसा बढि उठायो भनि विवाद सृजना भै स्थिति सामान्य भएपछि प्रहरी नायब निरिक्षक वीरेन्द्र कुमार खड्काको आदेशानुसार प्रहरी कृष्ण बहादुर श्रेष्ठले गोली अनलोड गर्न लाग्दा अचानक गोली पड्कन गै एकजना महिलाको मृत्यु भएपछि विवाद पुनः श्रृजना भै प्रहरी नायब निरिक्षकलाइ खुकुरी प्रहार गरी निजको हातमा रहैको राइफल समेत खोसि लगेको भन्ने मिसिल संलग्न कागजातबाट देखिन्छ ।
१४. मुख्यतः प्रस्तुत मुद्दामा प्रतिवादी प्रेमजङ्ग केरुङ्गले ज्यान मार्नको लागी उद्मोग गरी मार्ने सम्मको काम गरीसकेको थियो थिएन भन्ने प्रश्नमा नै निर्णय गर्नुपर्ने हुन आयो । मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नं. मा ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काटने मार्नका लागी अरु जनसुकै कुराको उद्मोग गरी मार्ने सम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गै बचत दिने वा मद्दत गर्नेलाई ५ बर्ष देखि १२ बर्षसम्म कैद गर्नुपर्छ“ भन्ने उल्लेख भएको पाइन्छ ।
१५. ज्यान मार्ने उद्योगको वारदात कायम हुन मनसायतत्व आवश्यक हुन्छ र ज्यान मार्ने मनसाय राखी क्रिया भएको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रहरी नायव निरिक्षक वीरेन्द्र कुमार खड्काले राईफल पडकाएपछि म समेतका मानिसहरु मारिन्छ भन्ने लागेकोले राइफल खोस्न पाए तेती ठुलो घटना हुन सक्दैन भन्ने लागी स.इ. साहेवको गालामा खुकुरी प्रहार गरी राइफल खोसी लगेको हुँ भन्ने प्रतिवादी तार्के भन्ने प्रेमजंग केरुंगको वयानवाट देखिन्छ । घटना सामान्य भएपछि पीडित प्रहरी नायव निरिक्षक वीरेन्द्र कुमार खड्काले दिएको आदेशानुसार प्रहरी कृष्ण वहादुर श्रेष्ठले गोली अनलोड गर्न लाग्दा वन्दुक पड्कन गै महिलाको मृत्यु भए पश्चात हातमा खुकुरी चुपी वोकेको भीड उत्तेजित भएकाले पोष्टमा गै प्रहरी नायव निरिक्षकले राइफल लिएको अवस्थामा प्रतिवादी तार्के भन्ने प्रेमजंगले राइफल खोस्न तानातान गर्दा खोस्न नसकी खुकुरी प्रहार गरी राइफल खोसी भागेको भन्ने मिसिल संलग्न कागजात र घटनाको प्रकृतिवाट स्पष्ट हुन्छ । प्रतिवादी प्रेमजंग केरुंगको मार्ने नियत रहेको भए निज प्रेमजंग केरुंगलाइ पटक पटक खुकुरी प्रहार गर्न वा खोसेको राईफल प्रयोग गर्न कुनै अवरोध खडा भएको मिसिलवाट देखिन आउदैन । प्रेमजंग केरुंगले राइफल खोसी सकेपछि राइफल लिइ भागि गएको पाईन्छ । निजले आरोपित कसुरमा पूर्ण इन्कार रही वयान गरेको छ । उपरोक्त मिसिल संलग्न कागजातहरुवाट तार्के भन्ने प्रेमजंग केरुंगले ज्यान मार्ने नियत राखी खुकुरी प्रहार गरेको नभै कुनै ठुलो अप्रिय घटना हुनवाट रोक्न खुकुरी प्रहार गरी राइफल खोसेको देखिन आउँछ । खुकुरी प्रहार गरी राइफल खोसी पुनः प्रहार नगरी भागेबाट प्रतिवादीले ज्यान मार्ने नियतले खुकुरी प्रहार गरेको कुराको पुष्टि हुदैन । ज्यान मार्ने उद्योग गरेको थियो भन्ने वारदातको प्रकृतिवाट देखिदैन । यस स्थितिमा प्रतिवादीहरुले ज्यान मार्ने उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यान सम्बन्धिकै १५ नं. वमोजिम सजाय गर्न मिल्दैन । यस्तै बिषयमा वारदात कुटपिटको हुँदा कुटपिटको महल वमोजिम कार्यवाही किनारा गर्नु पर्ने भनी डिल्ली प्रसाद सिंखडा समेत विरुद्ध श्री ५ को सरकार भएको (ने.का.प. २०३७ अंक ७ पृष्ठ १४८ नि.नं. १३९२) ज्यान मार्ने उद्योग मुद्दामा फूलवेन्चवाट र मर्ने सम्मको काम नगरे ज्यान मार्ने उद्योग नहुने, नियत नभए कुटपिट हुने भनी निवेदक श्री ५ को सरकार र बिपक्षी कविराज सुनार भएको (ने.का.प. २०२९ पृ. ३०५ नि.नं. ६९८) ज्यान मार्ने उद्योग मुद्दामा संयुक्त इजलासवाट सिद्धान्तहरु समेत प्रतिपादन भै रहेको पाईन्छ । अतः राइफलको पड्काईवाट आफू समेत मर्न सक्ने आशंकामा राइफल तानातान गर्दा खोस्न नसकेकोले खुकुरीको प्रहार गरी राइफल खोसी भागी गएको क्रियाले ज्यान मार्ने नियतको पुष्टि नदेखिंदा ज्यान मार्ने उद्योग नठहराइ कुटपिटमा परिणत गर्ने गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनराबेदन जिकिर पुग्न सक्दैन । सो को जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
प्र.न्या. त्रिलोक प्रताप राणा
इति सम्बत् २०५४ साल बैशाष २४ गते रोज ३ शुभम् .. ।