शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७८६४ - शेषपछिको वकसपत्र लिखतवदर

भाग: ४९ साल: २०६४ महिना: असोज अंक:

निर्णय नं.७८६४     ने.का.प.२०६४ अङ्क ६

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

सम्बत् २०६२ सालको दे.पु.नं. ८०२७, ९८२६

फैसला मितिः २०६४।५।३०।१

 

मुद्दा :- शेषपछिको वकसपत्र लिखतवदर ।

 

पुनरावेदक

वादीः नरसिंह महर्जनको छोरा का.जि.का. म.न.पा. वडा नं. ४ विशालनगर स्ने स नारायण   महर्जन

विरूद्ध

प्रत्यर्थी

प्रतिवादीः नरबहादुर महर्जनको छोरा ऐ. ऐ.वस्ने नरेश महर्जन

 

पुनरावेदक

प्रतिवादीः नरबहादुर महर्जनको छोरा का.जि. का.म.न.पा. वडा नं. ४ विशालनगर स्ने नरेश      महर्जन

विरूद्ध

प्रत्यर्थी

वादीः नरसिंह महर्जनको छोरा ऐ ऐ. स्ने वस नारायण महर्जन 

 

§  कन्या, सधवा, वा विधवा स्वास्नी मानिसले प्राप्त गरेको अंशको सम्पत्तिलाई चल अचल दुई भागमा वर्गिकृत गरी चल सम्पत्तिको आफूखुशी प्रयोग कसैको मन्जुरी बेगर नै गर्न सक्ने तर अचलको हकमा आधाभन्दा बढी सम्पत्ति आफूखुशी प्रयोग गर्दा तोकिएको अर व्यक्तिहरूको मन्जुरी लिनुपर्ने।

§  आफूले कानून बमोजिम प्राप्त गरेको अंशहकको सम्पत्तिमा पूर्ण स्वामित्व प्राप्त गरेको मान्नुपर्ने हुन्छ । आफ्ना छोराहरू अंशछोडपत्र गरी छुट्टिभिन्न भएपछि बाँकी रहन गएको सम्पत्तिमा निजको पूर्ण स्वामित्व रहेको मान्नु पर्ने ।

(प्रकरण नं.१८)

§  छोराले नपालेको अवस्थामा नातिले पालेको अवस्थामा बकसपत्र नभए पनि अपुतालिको कानूनले नै हक प्राप्त गर्न सक्ने व्यवस्था देखिएकोमा आफ्नो हेरविचार नगर्ने व्यक्तिको मञ्जुरी चाहिने तर, आफ्नो भाग हिस्साको सम्पत्ति आवश्यकता अनुसार भोग गर्न नपाउने गरि स्त्री अंशधनको २ नं. को व्यवस्था नदेखिने ।

§  नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ बमोजिम पनि समान अवस्थाका अंशियार मध्ये स्त्री र पुरुष अंशियारहरूबीच प्राप्त अंश वा सम्पत्तिको भोग वा हक हस्तान्तरण सम्बन्धमा भेदभावपूर्ण फरक मापदण्ड अपनाउन पाउने व्यवस्था गरेको नदेखिएको, त्यही आधारमा निवेदक लिलि थापा विरूद्ध श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार समेत भएको सम्बत २०६१ सालको विशेष रिट नं. ३४ को मुद्दामा उक्त स्त्रीअंश धनको २ नं.. कानूनी व्यवस्था उक्त संविधानको धारा ८८ बमोजिम यस अदालतबाट बदर घोषित भै सकेको छ । उक्त कानून नै सिद्धान्तत : असमान र अमान्य घोषित गरि बदर गरि सकिएको अवस्थामा उपरोक्त उल्लेखित तथ्यहरू रोहमा पुनः उक्त स्त्री अंशधनको २ नं. जगाई दातालाई नपाल्ने अंशियारकै मञ्जुरीबाट मात्रै सम्पत्ति उपभोग गर्न पाउछ भन्नु कानून, न्याय र समन्यायको विषयबाट समेत मिल्ने देखिन नआउने ।

(प्रकरण नं.२२)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शंकर सुवेदी, श्री सम्भुप्रसाद पोखरेल र श्री          गिरिराज दाहाल

प्रत्यर्थी प्रतिवादी तर्फबाट :

अवलम्वित नजीरः २०६१ सालको वि.रि.नं ३४

 

आदेश

न्या. कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, ०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६१।१२।१७ को फैसला उपर यस अदालतमा पुनरावेदक वादी तथा प्रतिवादीका तर्फबाट दोहोरो पुनरावेदन पत्र दायर भइ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

२.    म फिरादीले पालन पोषण औषधोपचार गरी मृत्यु पर्यन्त फिरादीलेनै दाहसंस्कार काजक्रिया समेत गरेको अवस्थामा झुठ्ठा व्यहोरा उल्लेख गरी प्रतिवादीले पारित गरी लिएको मिति ०५५।१२।५ र.नं. ६००२ को शेषपछिको वकसपत्र मुलुकी ऐन स्त्री अंशधनको २ नं. अपुतालीको १,२ नं. समेत को विपरीत हुन गै उक्त लिखतका कारण फिरादीले आमाको नाँउको सम्पत्ति मु. ऐन ज.प. को २(क) नं. बमोजिम नामसारी दा.खा. गरी लिन नपाएको हुँदा सो शेषपछिको वकसपत्र मध्ये आमाको सम्पत्तिको कम्तीमा आधा अचल सम्पत्ति घरजग्गा लिए दिएको शेषपछिको वकसपत्र लिखत वदर गरी सोही बमोजिम आमाको नाँउको अचल सम्पत्ति मध्ये कम्तीमा आधा सम्पति मेरा नाँउमा दा.खा. गरी दिनु भनि सम्बन्धित मालपोत कार्यालयका नाँउमा जनाउ पाँउ भन्ने फिराद दावी ।

३.    विपक्षीको झुठ्ठा नावटी र कपोलकल्पित फिराद खारेज गरी कानून सम्मत तरले म नाति नरेश महर्जनले हजुरआमा तुलसीमाया महर्जनलाई हरतवरले सहयोग गरि रिझाए वापत उहाको चित्त बुझी अर कसैको अंश हक समेत नलाग्ने आफ्नो एकलौटी हक भोग र चलनको चल अचल श्रीसम्पति र अष्टलोह समेत निजको शेषपछि म प्रतिवादीले लिन खान पाउने गरी अड्डाकै रोहवरमा उपस्थित भै विधिसम्बत तवरले गरी दिएको र.नं. ६००२ मिति ०५५।१२।५ को शे.व. लिखत कानूनसम्मत हुँदा उक्त शे.व. लिखत दर गरी पाँउ भन्ने विपक्षीको फिराद खारेज गरी न्याय इन्साफ पाँउ भन्ने नरेश महर्जनको प्रतिउत्तर ।

४.    बसनारायण महर्जनको आमा तुल्सीमाया महर्जनको पालन पोषण स्याहार सम्भार काजक्रिया सम्पूर्ण कार्य बसनारायणलेनै गरेका हुन निजले पनि सम्पति पाउन पर्ने हो तुलसीमायाको घरमा नरेश, बसनारायण र नरबहादुर स्नु हुन्थ्यो भन्ने वादीका साक्षी बेखा नारायण डंगोलले गरेको बकपत्र ।

५.    हामी दाजुभाई दुई जना हौ बाबु आमाले हामी दुवै भाइलाई अंश दिई सकेका छन र आमा तुल्सीमायालाई मेरो छोरा नरेश महर्जनले पालीपोसी हेर विचार स्याहार सभार र क्रिया खर्च समेत व्यहोरेको हो तसर्थ प्र. नरेश महर्जनले नै श्रीसम्पति पाउनु पर्छ भन्ने नरबहादुर महर्जनको वकपत्र ।

६.    र.नं. ६००२ बाट मिति ०५५।१२।५ मा पारित गरी तुल्सीमायाले प्रतिवादी नरेश महर्जनलाई दिएको शेषपछिको वकसपत्र वदर गरी पाँउ भन्ने समेतको वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतबाट मिति ०६०।८।१६ मा भएको फैसला ।

७.    शुर काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन । स्त्री अंशधनको २ नं. ले विधवा महिलाले छुट्टी भिन्न भएका वावु, छोराहरूको मन्जुरी बिना सम्पति हस्तान्तरण गर्न घोषित बन्देज लगाएको कानूनी व्यवस्थालाई उल्लंघन गरी र.नं.६००२ मिति ०५५।१२।५ को पारित शे.व. को लिखत वदर गरी पाँउ भन्ने दावी नपुग्ने ठहर गरेको शुर फैसला उल्टी गरी वादी दावी अनुसार इन्साफ पाँउ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन जिकिर ।

८.    यसमा मुलुकी ऐन स्त्री अंशधनको महलको २ नं. को कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा वादीदावी पुग्न नसक्ने ठहराएको शुर काठमाडौं जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।

९.    प्रस्तुत विवादसँग सम्बन्धित र सान्दर्भिक समेत रहेको स्त्री अंशधनको २ नं. को व्यवस्था अनुसार तुलसीमायाले आफ्नो सम्पूर्ण अचल सम्पत्ति पुनरावेदक वस नारायण समेतको मन्जुरी सहमति बेगर नै नरेश महर्जनलाई वकसपत्र दिएको कुरामा विवाद रहेको देखिन आउदैन । अंश छोडपत्र गरेमा पुनरावेदकको मञ्जुरी सहमति लिनु नपर्ने भन्ने प्रत्यर्थ तर्फको जिकिर स्त्री अंशधनको २ नं. को कानूनी व्यवस्था अनुकूल भए रहेको देखिन आउदैन, उक्त २ नं. को व्यवस्थाले सगोबेगल अथवा अन्य कुनै अवस्थालाई इगित गरेको पाइदैन । सधवा, विधवाले उमेर पुगेका छोरा भएको अवस्थामा आधि भन्दा बढी अचल आफूखुश गर्न मन्जुरी लिनुपर्ने कानूनी प्रावधानले छोराको हक सुरक्षित रहने देखिएकोले स्व. तुलसीमाया आफ्नो अंशहकको अचल सम्पत्तिमा आधसम्म मन्जुरी नलिई वकस दिन पाउनेमा पुरै दिएलिएको कानून सम्मत देखिन आएन । सम्पूर्ण लिखतमध्ये आध तुलसीमायाले आफू खुस गर्न पाउने र आधि मध्ये २ भागको १ भागको मन्जुरी लिनु नपर्ने मध्येका नरबहादुरको भाग जतिको लिखत वदर हुनु पर्ने अवस्था नदेखिई वस नारायणको भागसम्म कायम रहन सक्ने देखिएन । सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त समेत अनुसार चार भागको एक भाग लिखत र दर्ता वदर गर्नु पर्नेमा वादी दावी नै पुग्न नसक्ने ठहराएको काठमाडौं जिल्ला अदालतको मिति २०६०।८।१६ को फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी भई वादीको हकजति सो लिखत दर्ता वदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६१।१२।१७ गतेको फैसला ।

१०.    आमा तुलसीमायासँग म फिरादीले मिति २०५५।११।१२ मा र दाजु नरबहादुर ले मिति २०५५।११।२७ मा अंशछोडपत्रको लिखत पारित गरेका हौ । आमा मेरै हेरविचारमा रहनु भएको थियो । आमाको मानसिक सन्तुलनमा असर परी आफ्नो कामको मतलव र परिणाम वुझ्न नसक्ने अवस्थाको फाइदा उठाई प्रतिवादी नरेश महर्जनले मिति २०५५।१२।५ मा विवादित शेषपछिको वकसपत्र लिखत पारित गराई लिएमा शेषपछिको लिखतमा भरोसा नगरी पुनः मिति २०५८।८।२७ मा हा.व. लिखत समेत पारित गराइ लिएका रहेछन् । मुलुकी ऐन स्त्री अंशधनको २ नं. मा भिन्न भएको कन्या सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो अंश हकको चलमा सवै र अचलमा आधासम्म कसैको मंजुरी नभएपनि आफूखुश गर्न पाउछन्, कन्याले वावु भए वावुको र सधवा वा विधवाले उमेर पुगेका छोराहरू भए छोराहरूको मंजुरी लिई अचल पनि सवै आफूखुश गर्न पाँउछन भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको छ । स्त्री अंशधनको महलको २ नं. ले विशेषतः महिलाले अंश धन सम्पत्तिको प्रयोगमा नियन्त्रण कायम गरेको देखिन्छ । लेनदेन व्यवहारको १० नं., ४० नं. दान वकसको १नं.५ नं. सवै व्यक्तिलाई लागू हुने कानूनी व्यवस्था हो भने स्त्री अंशधनको २ नं. महिलाको लागि त्यसमा पनि स्त्री धनको लागि नभई स्त्री अंशधनको सम्बन्धमा लागू हुने कानूनी वन्देज हो । स्त्री अंशधनको २ नं. ले विधवा महिलाले छुट्टी भिन्न भएका वावु छोराहरूको मन्जुरी विना हस्तान्तरण गर्न घोषित वन्देज लगाएकोमा आमा तुलसीमायाका दुवै छोराको मंजुरी विना भएको लिखत आमाको आधा हक खाने म पुनरावेदकको कम्तिमा आधासम्म लिखत वदर गर्नु पर्नेमा चारभागको एक भाग मात्र वदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा चित्त वुझेन सो फैसला उल्टी गरी वादी दावी बमोजिम इन्साफ पाँउ भन्ने समेतको वादी वसनारायण महर्जनको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

११.    काका तथा वुवाले हजुरआमालाई राम्रो व्यवहार नगरी निजहरू आआफ्नो अंश लिई अलग भएकाले हजुरआमा तुलसीमाया म जेठो छोराको छोरा नातिसँग वस्नु वाहेक अर्को विकल्प नभएकोले म नरेश महर्जनसँग वस्नु भएकोमा मैले पनि इज्जत आमद अनुसार स्याहार संभार लालन पालन औषध उपचार लगायतका कार्य गरेकोले मिति २०५५।१२।५ मा तुलसीमायाले म नाति नरेश महर्जनलाई शेषपछिको वकसपत्रको लिखत गरी दिनु भएको हो । हजुर आमाको २०५९।५।८ मा मृत्यु भएपश्चात काजकृया मैले नै गरेको हुँ । विपक्षी वस नारायण महर्जनले मिति २०५५।११।१२ गतेका दिन आमा तुल्सीमायाबाट अंश छोडपत्र लिखतमा अंश वापत तपसिलमा उल्लेखित जग्गा लिई अरु बाँकी सम्पूर्ण श्री सम्पतिमा हकदावी छोडाई लिन मन्जुर भएको भन्ने उल्लेख छ अंशछोडपत्रको लिखतवाटै अन्य सम्पतिमा हकदावी छाडी सकेको अवस्थामा अव आएर आफूले पनि हक पाउनु पर्ने भन्न प्रमाण ऐन २०३१ को दफा ३४ ले विवन्धित छ । विपक्षको दावी अपुतालीका महलको ३, , ११ नं. समेतको प्रतिकूल छ । विपक्षी अदालतमा प्रवेश गर्दा दान वकसको १ नं. ५ नं. स्त्री अंशधनको २ नं. ८ नं. समेतको आधारमा आउनु भएको छ उक्त व्यवस्था आकर्षित हुने भन्ने अवस्था छैन विपक्षको दावी हदम्याद विहिन छ । पु.वे.अ. पाटनले फैसला गर्दा लिएको आधार ने.का.प. २०५१ अंक ११ पृष्ट ९०८ को नजीर प्रस्तुत मुद्दाको विषयवस्तु फरक छ । शुरु काठमाडौ जिल्ला अदालतले प्रमाणको मुल्यांकन गरी वादी दावी पुग्न नसक्ने गरि मिति २०६०।८।१६ मा फैसला गरेकोमा सो को विपरीत हुने गरी पु.वे.अ. पाटनले २०५५।१२।५ मा दिएको शे.व. लिखतलाई सदर गर्नुपर्नेमा सो नगरी उक्त लिखतको ४ भागको १ भाग लिखत र दर्ता समेत वदर हुने ठहर्छ भनि २०६१।१२।१७ मा गरेको फैसलामा सो हदसम्मको पु.वे.अ. पाटनको फैसला वदर गरी प्रतिउत्तर जिकिर बमोजिम इन्साफ गरी पाँउ भन्ने समेतको प्रतिवादी नरेश महर्जनको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

१२.   नियमानुसार दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश भएको प्रस्तुत पुनरावेदन पत्र सहितको मिसिल अध्ययन गरियो । पुनरावेदक एवं प्रत्यर्थि वसनारायण महर्जन तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री शंकर सुवेदीले दिने दाता तुल्सीमाया मतलव र परिणाम बुझ्न सक्ने अवस्थाकी छैनन । स्त्री अंशधनको २ नं. ले स्पष्ट अंशवण्डा भएको अवस्थामा आकर्षित हुने हो। स्त्री धन र स्त्री अंशधन पृथक पृथक हुन । अंशवण्डाको १८ नं. अनुसार वण्डा गर्न कर नलाग्ने सम्पत्ति स्त्रीधन हो । स्त्री अंशधनको २ नं. न्देजयुक्त छ । निरपेक्ष रूपमा अधिकारको उपभोग गर्न सकिदैन । अन्य संरक्षक एवं हकवालाको मँजुरी आवश्यक छ । लिखतमा मेरो पक्ष साक्षी सेको छैन । तुलसीमायाको नाममा रहेको सम्पत्तिमा मेरो पक्षको हक भएको कारणले नै मन्जुरी लिनु पर्ने भनिएको हो । मन्जुरी लिएको छैन । शुरमा शेषपछिको वकसपत्र गरेपछि हालैको वकसपत्र समेत गराइएको छ, जुन जालसाजपूर्ण कृयाकलाप रहेका छन् । मेरो पक्षको हक मार्नको लागि शेषपछिको तथा हालैको वकसपत्र गराइएको कार्य दुषित छ । स्त्रीले आफ्नो अंश हकको आधाभन्दा बढी सम्पत्ति हक छाड दिदा मन्जुरी लिनु पर्नेमा सो नगरी हक हस्तान्तरण गरेको यस अवस्थामा पुनरावेदन अदालत पाटनले कम्तिमा आधा हिस्सा वदर गर्न पर्नेमा १।४ मात्र वदर गरेको फैसला त्रुटीपूर्ण हुँदा उक्त फैसला वदर गरी फिराद मागदावी बमोजिम गरी पाँउ भनी गर्नु भएको बहस र प्रतिवादी प्रत्यर्थ एवं पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू शम्भुप्रसाद पोखरेल, गिरिराज दाहालले अंश छोडपत्रको लिखतले अन्य सम्पत्तिमा हकछोडेको स्पष्ट छ, छोराहरूले नहेर्नाले हजुरआमालाई नाति नरेशले पालेको हो । छोराहरू अंश लिएर भिन्न भएका छन । २०५५।११।१२ मा वस नारायणले आमा तुलसी र दाजु नरबहादुरबाट अंश बुझि छोडपत्र गरेको छ । २०५५।११।२७ मा नरबहादुरले अंश बुझि छोडपत्र गरी सकेको छ । तुलसीमाया छुट्टिएको नभई छोराहरू छुट्टिएका हुन । नहेर्नाले तुलसीलाई पाले वापत २०५५।१२।५ को लिखतबाट शे.व. तुलसीले नरेशलाई दिएको र २०५८।८।२७ मा शे.व. कायमै रहेकै अवस्थामा त्यही जग्गा तुलसीले नाति निरेशलाई कि.नं. ६४ को ०० जग्गा हा.व. गरि दिएको र त्यही जग्गा नरेशले पत्नी सुनितालाई २०५८।९।२ मा अंश छोडपत्र गरी दिएको हो । अपुतालीको ३ नं. अनुसार पनि नातिले पालेमा उसैले अपुताली पाउन सक्ने व्यवस्था छ । विपक्षीले आधार लिएको स्त्री अंशधनको २ नं. र ८ नं. को कुरा २०६१ सालको रिट नं. ३४ मिति २०६२।८।३०।५ को फैसलाले स्त्री अंशधनको २ नं. खारेज गरिसकेको छ । तुलसीमायाको नाममा कि.नं. २४ को क्षे.फ. ०० जग्गाको देखि बाहेक अन्य जग्गा पनि रहेका छन । एकैक्षणलाई छोराहरूको हकदावी पुगेको भन मान्दा पनि दिएको जग्गा आधा भन्दा कम छ । तुलसीमायाको नाममा २८ आना जग्गा भएकोमा ९ आना जग्गा शे.व. को साथमा हा.व. भएको हो । शे.व. को लिखत २०५५।१२।५ को २ वर्ष भित्र नालेस आउनुपर्नेमा ०५९ मा मात्र नालेश परेको हदम्याद भित्र समेत छैन । यस अवस्थामा पुनरावेदन अदालत पाटनले शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्नु पर्नेमा सो नगरी उल्लेखित लिखतको ४ भागको १ भाग लिखत र दर्ता समेत वदर हुने गरी २०६१।१२।१७ मा गरेको फैसला त्रुटीपूर्ण हुँदा शुरु प्रतिउत्तर जिकिर बमोजिम पूरै लिखत कायम राखी पाँउ भनि गर्नु भएको बहस समेत सुनियो । उपरोक्त बमोजिमको तथा मिसिल अध्ययन गरी हेर्दा यसमा शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०५५।१२।५ मा र नं. ६००२ को लिखतबाट पारित गरि तुलसीमायाले प्रतिवादी नरेश महर्जनलाई दिएको शेषपछिको कसपत्र वदर गरी पाँउ भन्ने समेतको वादी दावी पुग्न नसक्ने ठहर गरेको फैसलालाई पुनरावेदन अदालत पाटनले उल्टी गरी २०६१।१२।१७ मा ४ भागको १ भाग लिखत र दर्ता वदर हुने गरी गरेको फैसला मिलेको छ छैन ? र वादी प्रतिवादी दुवैको दोहोरो पुनरावेदन अनुसार कसको हकमा के हुने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

१३.   फिरादी वसनारायण महर्जनले आफू समेत तुलसीमायाबाट आफ्नो अंश भाग लिई अंशछोडपत्रको लिखत पारित गरी दाजु समेतसँग छुट्टिभिन्न भएकोमा आमा तुलसीमाया आफुसँगै सी आउनु भएकोमा आमाको मानसिक सन्तुलनमा असर परी आफूखुशी जताततै हिड्ने गर्नु भएको भएपनि समय समयमा उपचार समेत गरी निरन्तर हेरविचार गर्दै रहेको अवस्थामा आमाको २०५९।५।८ मा मृत्यु भए पश्चात मैले नै काजकृया दान गरेको छु । आमा मतलव र परिणाम बुझ्न नसकने अवस्थामा विपक्षीले शेषपछिको वकसपत्र गराइलिएका र पछि हालैको वकसपत्र समेत गराई उक्त सम्पत्ति आफ्नी श्रीमतीलाई अंशछोडपत्रबाट हस्तान्तरण समेत गरी सकेको कार्य मुलुकी ऐन स्त्री अंशधनको २ नं. अपुतालीको १ नं., २ नं.ज.प.को २ क नं. को प्रतिकूल रहेको हुँदा उक्त लिखत वदर गरिपाऊँ भनी मुख्य रूपमा मागदावी लिएको पाइन्छ ।

१४.   प्रतिवादी नरेश महर्जनले मृतक तुलसीमायालाई विपक्षीले पालेको नभई आफूले पाली हेरचाह गरेको, मैले हेरचाह गरी रिझाएपछि हजुरआमा तुलसीमायाले जो भएको श्रीसम्पत्ति अरुलाई समेत शेषपछिको वकसपत्र लिखत पारित गरिदिनु भएको हो । अपुतालीको ३ नं. ले भिन्न भै सेका लोग्ने स्वास्नी छोराले हेरविचार नगरी छोराका छोराले हेरविचार स्याहार सम्भार गरी पालेमा त्यस्तो व्यक्तिले अपुताली पाउने व्यवस्था छ । त्यसैगरी अपुतालीको ७ नं. अनुसार पनि जसले पालेको छ उसैले सो पालिने व्यक्तिको अपुताली खान पाउछ भन्ने व्यवस्था रहेको छ । दानवकसको १ नं. ले आफ्नो हकपुग्ने सम्पत्ति आफूले इच्छाएको व्यक्तिलाई दान बकस गरी दिन सक्ने गरी छुट प्रदान गरेको छ । विपक्षीले फिराद लेखमा उल्लेख गरेका तथ्यहरू झुट्टा हुन भनी प्रतिउत्तर जिकिर लिएको पाइन्छ ।

१५.   उपरोक्त वर्णित तथ्यहरू रहेको प्रस्तुत मुद्दामा मुख्य रूपमा तुलसीमायाले प्रारम्भमा शेषपछिको वकसपत्र गरी पछि केही सम्पत्ति हालैको वकसपत्र गरी दिएको कार्य मुलुकी ऐन स्त्री अंशधनको २ नं. को प्रतिकूल रहेको, वादीको मंजुरी नलिइएको भन्ने सम्बन्धमा तुलसीमायाले आफ्ना नाममा रहेको सम्पत्ति हस्तान्तरण गर्न पाउने निरपेक्ष अधिकार छ छैन भन्ने बारेमा व्याख्याको प्रश्न उपस्थित रहेको देखियो ।

१६.    मुलुकी ऐन स्त्री अंशधनको २ नं. को प्रावधान हेर्दा भिन्न भएको कन्या, सधवा, वा विधवा स्वास्नी मानिसले आफ्नो अंशहकको चलका सबै र अचलका आधासम्म कसैको मन्जुरी नभएपनि आफ्नो खुस गर्न पाउछन् । कन्याले बाबुआमा भए बाबुआमाको र सधवा वा विधवाले उमेर पुगेका छोरा तथा अविवाहित छोरी भए त्यस्ता छोरा छोरीको मन्जुरी लिई अचल पनि सबै आफ्नो खुश गर्न पाउछन भन्ने रहेको देखिन्छ । फिरादीले आफ्नो मन्जुरी नलिई सम्पत्ति आफखुश गरेको भन्ने दावी लिएको पाइन्छ ।

१७.   यी वादी प्रतिवादीहरूका बीचमा रहेको संव्यवहारहरू हेर्दा यसमा निम्नानुसारको अवस्था देखिन्छ ।

(क)   फिरादीका पिता नरसिंह महर्जनको मृत्यु पश्चात फिरादी वसनारायण महर्जन मिति            २०५५।११।१२ मा र.नं. ५३६२ बाट अंश छोडपत्रको लिखतबाट आफ्नो भागको अंश बुझी       अलग भै सेको,

(ख)   २०५५।११।२८ मा र.नं. ५७८२ बाट प्रतिवादी नरेश महर्जनका पिता नरबहादुर                महर्जनले अंश छोडपत्रको लिखतबाट आफ्नो भागको अंश छुट्टि अलग भै सेको,

      (ग)   २०५५।१२।५ मा र.नं. ६००२ बाट तुलसीमाया महर्जनले आफ्नो जो भएको श्रीसम्पत्ति          अष्टलोह शेषपछि खान पाउने गरी लिखत पारित गरि दिएको,

(घ)   २०५८।८।२७ मा र.नं. ५०६२ बाट तुलसीमाया महर्जनले कि.नं. ६४ क्षे.फ. ०० जग्गा       नरेश महर्जनलाई हा.व. को लिखत पारित गरि दिएको,

(ङ)   २०५८।९।२ मा र.नं. ५२१७ बाट नरेश महर्जनले हा.व.बाट पाएको जग्गा आफ्नी श्रीमती             सुनिता महर्जनलाई अंश छोडपत्रको लिखत पारित गरि दिएको ।

१८.   प्रस्तुत मुद्दामा दावीको मुख्य आधार रहेको स्त्री अंशधनको २ नं. रहेको पाइन्छ । सो नम्रमा गरिएको व्यवस्था कन्या, सधवा वा विधवा स्वास्नी मानिस सगोलमा नरही आफ्नो अंश भाग लिई भिन्न भइ प्राप्त गरेको अंशको सम्पत्तिको प्रयोगसँग सम्बन्धित रहेको देखिन्छ । यसमा कन्या, सधवा वा विधवा स्वास्नी मानिसले प्राप्त गरेको अंशको सम्पत्तिलाई चल अचल दुई भागमा वर्गिकृत गरी चल सम्पत्तिको आफूखुशी प्रयोग कसैको मंजुरी वेगर नै गर्न सक्ने तर अचलको हकमा आधाभन्दा बढी सम्पत्ति आफूखुशी प्रयोग गर्दा तोकिएको अर व्यक्तिहरूको मंजुरी लिनुपर्ने व्यवस्था गरेको पाइन्छ। आफूले कानून बमोजिम प्राप्त गरेको अंशहकको सम्पत्तिमा पूर्ण स्वामित्व प्राप्त गरेको मान्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा तुलसीमायाका नाममा आफ्ना छोराहरू अंशछोडपत्र गरी छुट्टिभिन्न भएपछि बाँकी रहन गएको सम्पत्तिमा निजको पूर्ण स्वामित्व रहेको मान्नु पर्ने हुन्छ । यस्तो सम्पत्तिको स्वामित्व बनेकी महिलालाई सम्पत्तिको प्रयोगमा न्देज लागेको भनि विवाद खडा गरिएको अवस्था प्रस्तुत मुद्दामा देखा परेको छ ।

१९.    सर्वप्रथमतः पुनरावेदकले आधार लिएको स्त्री अंशधनको २ नं. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ सँग बाझिएको कारण सम्बत २०६१ सालको विशेष रिट नं. ३४ लिल थापा समेत वि. श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार समेत भएको रिट निवेदनमा यसै अदालतको विशेष इजलासबाट २०६२।८।३०।५ मा अमान्य एवं वदर समेत घोषित भएको अवस्था छ ।

२०.   दोस्रो वादी प्रतिवादीको पारिवारिक स्थिति हेर्दा मृतक तुलसीमायाका २ भाइ छोराहरू मध्ये वस नारायणले २०५५।११।१२ मा र नरबहादुर ले २०५५।११।२७ मा तुलसीमायाबाट अंश छोडपत्रको लिखत गरी छुट्टिभिन्न भएको देखिन्छ । यस्तोमा तुलसीमायाबाट अंश पाउने पुनरावेदकले नै तुलसीमायाका व्यवहार उपर स्त्री अंशधनका २ नं. बमोजिम पुनरावेदकको मंजुरी चाहिन्छ भन्न खोजेको पाइन्छ । यस्तो अवस्थाको लागि मंजुरी चाहिने व्यवस्था उक्त स्त्रीअंशधनको २ नं. ले तोकेको देखिन आउँदैन । १५ दिनको अन्तरालमा भएका २ भाई छोराहरू छुट्टिभिन्न भै सकेपछि तुलसीमाया फिरादीसँग नै सेको भन्ने भनाई पत्यारलायक देखिदैन ।

२१.   अर्को तर्फ तुलसीमायाका २ भाई छोराहरू छुट्टिभिन्न हुनुपूर्व २०५५।५।१ देखि लागू हुने गरी नेको जेष्ठ नागरिक परिचयपत्रमा निजको संरक्षकमा नरेश महर्जन रहेको देखिन्छ । छोराहरू छुट्टिभिन्न भएपछि सोको एकहप्ता पछि नै तुलसीमायाले र.नं. ६००२ मिति २०५५।१२।५ मा आफ्नो भएको अष्टलोह श्रीसम्पत्ति शेषपछिको वकसपत्र गरि दिएको पाइन्छ । २०५९।५।९ को वीर अस्पतालको उपचार कागजातमा समेत तुलसीमायाको संरक्षकमा नरेश महर्जन भन्ने उल्लेख भएबाट फिरादीले आफूले पालन पोषण स्याहार संभार गरेको भनी लिएको दावी झुठ्ठा देखिन आएको छ ।

२२.   माथि उल्लेखित तथ्यहरूबाट छोराले नपालेको अवस्थामा नातिले पालेको भन्ने देखिन्छ। यस्तो अवस्थामा बकसपत्र नभए पनि अपुतालिको कानूनले नै हक प्राप्त गर्न सक्ने व्यवस्था देखिएकोमा आफ्नो हेरविचार नगर्ने व्यक्तिको मञ्जुरी चाहिने तर आफ्नो भाग हिस्साको सम्पत्ति आवश्यकता अनुसार भोग गर्न नपाउने गरि स्त्री अंशधनको २ नं. को व्यवस्था नदेखिएको, नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ बमोजिम पनि समान अवस्थाका अंशियार मध्ये स्त्री र पुरुष अंशियारहरू बीच प्राप्त अंश वा सम्पत्तिको भोग वा हक हस्तान्तरण सम्बन्धमा भेदभावपूर्ण फरक मापदण्ड अपनाउन पाउने व्यवस्था गरेको नदेखिएको, त्यही आधारमा निवेदक लिल थापा विरूद्ध श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार समेत भएको सम्बत २०६१ सालको विशेष रिट नं. ३४ को मुद्दामा उक्त स्त्रीअंश धनको २ नं.. कानूनी व्यवस्था उक्त संविधानको धारा ८८ बमोजिम यस अदालतबाट बदर घोषित भै सकेको छ । उक्त कानून नै सिद्धान्ततः असमान र अमान्य घोषित गरि बदर गरि सकिएको अवस्थामा उपरोक्त उल्लेखित तथ्यहरू रोहमा पुनः उक्त स्त्री अंशधनको २ नं. जगाई दातालाई नपाल्ने अंशियारकै मञ्जुरीबाट मात्रै समपत्ति उपभोग गर्न पाउछ भन्नु कानून, न्याय र समन्यायको विषयबाट समेत मिल्ने देखिन आउदैन । अतः तुलसीमायाले गरि दिएको र.नं. ६००२ को लिखतलाई सदर राखी फैसला गर्नुपर्नेमा पुनरावेदन अदालत पाटनले ४ भागको १ भाग वदर हुने गरी गरेको मिति २०६१।१२।१७ गतेको फैसला मिलेको नदेखिँदा उल्टी भै शुरु काठमाडौं जिल्ला अदालतले गरेको फैसला बमोजिम वादी दावी पुग्न नसक्ने ठहर्छ । वादी बस नारायण महर्जनको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्द्रप्रसाद कोइराला

 

इजलास अधिकृतः

 

उपसचिव राजेन्द्रकुमार आचार्य

 

इति सम्बत् २०६४ साल भदौ ३० गते रोज १ मा शुभम्............

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु