शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६२५४ - कर्तव्य ज्यान

भाग: ३८ साल: २०५३ महिना: पौस अंक:

निर्णय नं.६२५४  अङ्क ९  ने.का.प. ०५३

 

पुर्ण इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

संवत् २०५२ सालको फौ.पु.ई.नं. ... ११

आदेश मितिः २०५३।२।३१।५

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः जि.सिरहा गा.वि.स. लगहीगोठ वडा नं. ९ घर भै कारागार शाखा सिरहामा थूनामा    रहेको चन्दर पासवान दुसाध ।

विरुद्ध

विपक्षी

वादीः  श्री ५ को सरकार ।

 

      अन्चल अदालतवाट भएको फैसला अनुसार तत्कालिन पुर्वान्चल क्षेत्रिय अदालतमा साधकको लगतमा दायर भएको प्रस्तुत मुद्दा पुनरावेदक अदालत राजविराजमा सरी पुनरावेदक अदालत राजविराजवाट यी पुनरावेदकको पुनरावेदक समेत नपरेको आधारसम्म साधकको रुपवाट विचार गरी पुनरावेदकलाई ज्यान सम्बन्धीको महलको १३ (३) नं. वमोजिम जन्म कैद हुने ठहराएको शुरू सदर गरेको अन्चल अदालतको फैसला नै पुनरावेदक अदालतवाट सदर भै अ.वं. १८६ नं. वमोजिम साधक सदरको लागी प्रस्तुत मुद्दा यस अदालतमा दायर हुन आएको देखियो । यस प्रकार पुनरावेदक प्रतिवादीले तत्कालिन अन्चल अदालतवाट भएको फैसला उपर पुनरावेदक नै नगरी वसेकोवाट पुनरावेदक अदालतले साधकको रोहवाट फैसला गरी यस अदालतमा साधककै लगतवाट दर्ता हुन आई यस अदालत संयुक्त इजलासवाट समेत मिति २०५१।०८।०१ मा साधक रोहवाट हेरी फैसला भएको देखिन्छ । दोश्रो तहको पुनरावेदक नै नगरी वस्ने पुनरावेदकलाई पुनरावेदक अदालतवाट भएको साधक फैसलाको जनाउ सम्म दिएकोमा यस अदालतमा प्रस्तुत पुनरावेदक गरेको देखियो । यस प्रकार पुनरावेदकले दोश्रो तहको पुनरावेदन नै नगरेकोवाट निजको हकमा यस अदालत समेतवाट साधकको रोहवाट फैसला भै सकेको अवस्थामा सो पुनरावेदकवाट विचार गर्न नमिल्ने ।

(प्र.नं.१६)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

विपक्षी वादी तर्फवाटः

अवलम्वीत नजीरः

 

फैसला

     न्या. मोहन प्रसाद शर्माः १.यस अदालत संयुक्त इजलासको मिति २०५२।६।७ को आदेश अनुसार स.अ. नियमावली, २०४९ को नियम ३ को उप नियम (१) को खण्ड (घ) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः

      २. वासुलिया पासवानले जवरजस्ती राम उदगार पासवानको जग्गामा घर वनाएकोमा पंचको निर्णय  अनुसार पौष १० गते जग्गाखाली गरी दिनु पर्नेमा खाली नगरी दिएकोले ०४३।९।११ गते ११ वजेको समयमा राम उदगार र मेरो काका धनराज पासवानकै किनवा जग्गा खाली नगरी दिएको भन्दा वसुलिया पासवानले राम उदगार पासवानको घांटी समाती थिच्न लाग्दा उल्टै जग्गा वालाकै घांटी थिच्ने भन्दा वसुलिया, चन्दर, करिया, फुसिया, शिवजी समेतले लाठीले जत्रतत्र कुटपिट गर्न लाग्दा चन्दर र शिवजीले प्रहार गरेको फर्साकै चोटवाट काका समेत घाइते भै उपचारको लागी अस्पतालमा भर्ना गरी उपचार हुंदा हुंदै काका धनराजी पासवान ०४३।९।१२ गते मृत्यु हुन गएकोले कारवाही गरी पाउंभन्ने समेत व्यहोराको मिश्री पासवानको जाहेरी दरखास्त ।

      ३. रगत लागेको लाठी सुरतिया पासवानको हो वंचरोको विंड शिवजी पासवानको हो भन्ने समेत भै जग्गा सम्बन्धमा दुवै थरीमा मारपिट हुन गएको हो र कुटपिटवाट धनराजी पासवानको अस्पतालमा मृत्यु भएको हो भन्ने समेत प्रहरीमा भएको चन्दर पासवानको कागज ।

      ४. मेरो जग्गा सम्बन्धमा विवाद हूंदा जाहेरीमा लेखिएका प्रतिवादीहरुले कुटपिट गर्दा धनराजी पासवानको मृत्यु  भएको हो भन्ने समेत रामउदगार पासवानको प्रहरीमा भएको कागज ।

      ५. जग्गा सम्बन्धमा दुवै थरिको मारपिट भएको हो । मैले प्र. चन्दर पासवानलाई कुटपिट गरेको छैन । कुटपिटको चोटवाट धनराजीको मृत्यु भएको हो भन्ने समेत सुरतिया पासवानले प्रहरीमा गरेको कागज ।

      ६. यसमा प्र. चन्दर पासवान, वसुलिया, करिया, फुसिया, शिवजी, कपलेश्वर गुठाना, दुराहरण अनुप पासवान समेतले प्रहार गरेको चोटवाट धनराजी पासवानको मृत्यु हुन गएको सिद्ध हुन आएकोले निजहरुलाई ज्यान सम्बन्धीको ज्ञ नं. को कसूर गरेमा सोही ऐनको दफा १३(३) वमोजिम सजाय गरी पाउं भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी ।

      ७. रामउदगार पासवानको जग्गामा प्र. मध्ये वसुलिया पासवानको विवादभै हो हल्ला हूंदा सो ठाउंमा गै दोहोरो कुटपिट हूंदा वसुलिया पासवानले लाठीले धनराजी पासवानलाई कूटदा म छुट्याउन भनी जांदा म समेतलाई वेहोस हुने गरि निज जाहेरवाला मिश्री पासवानले कुटपिट गरेका हुन । म छुट्याउन गएको हूंदा मैले कुटपिट गरेको छैन । प्रहरीमा भएको कागज डर धाक त्रास देखाई कुटपिट गरि साविति वयानमा सहीछाप गराएका हून् भन्ने समेत व्यहोराको प्र. चन्दर पासवानको अदालतमा भएको वयान ।

      ८. प्र.वसुलिया पासवान, कपलेश्वर पासवान, गुजना पासवान, करिया पासवान, अनुप पासवान, दूखहरण पासवान, फुसिया पासवान, शिवजी पासवान समेत जना ८ का नाममा जारी भएको ७० दिने म्यादी पुर्जि मिति २०४४।३।१।२ मा तामेल भै आएको म्यादमा हाजिर नभै फरार भै बसेको ।

      ९. प्र.चन्दर पासवानलाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार जन्म कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको सिरहा जिल्ला अदालतवाट मिति २०४४।३।१ गतेमा भएको फैसला ।

      १०. सिरहा जिल्ला अदालतको फैसलामा चित्त वुझेन । शुरूको निर्णय  वदर गरि आरोपित अभियोगवाट सफाई पाउं भन्ने समेत व्यहोराको प्र. चन्दर पासवानले जि.का. कारागार शाखा सिरहावाट तत्कालीन सगरमाथा अन्चल अदालत राजविराज वेन्चमा गरेको पुनरावेदन पत्र।

      ११. प्र.चन्दर पासवानलाई ज्यान सम्बन्धिको १३(३) वमोजिम जन्मकैदको सजाय गर्ने गरी गरेको फैसलामा लिएको आधार प्रमाण समेतवाट शुरुको निर्णय  परिवर्तन गर्नु पर्ने अवस्था विद्यमान नदेखिएकोले शुरुको निर्णय  मनासिव ठहर्छ । आरोपित अभियोगवाट सफाई पाउं भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने तत्कालीन सगरमाथा अन्चल अदालत राजविराज वेन्चवाट मिति ०४६।०१।१९ गतेमा भएको फैसला ।

      १२. निज प्र.चन्दर पासवानले मृतकलाई लाठीको चोट छोडी मृत्यु भएको प्रमाणित हुन आएको हूंदा निजलाई ज्यान सम्बन्धिको १३(३) नं. अनुसार सजाय हुने ठहराएको शुरुको ईन्साफ सदर गरेको तत्कालिन सगरमाथा अन्चल अदालत राजविराज वेन्चको ०४६।१।१९ को फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत पुनरावेदक अदालत राजविराजको मिति २०४६।२।२४ को फैसला ।

      १३. उक्त फैसला उपर साधकको रुपमा पेश हुंदा सर्जमिनका व्यक्ति मौकामा कागज गर्ने उदगार पासवान र जाहेरवाला समेतले चन्दर पासवानले चोट छोडेको कारणले मृतकको मृत्यु भएको हो भनी किटानी गरी अदालत समेतमा आई वकपत्र गरि दिएका समेतका प्रमाणहरुवाट प्रतिवादी चन्दर पासवानले मृतकलाई चोट छोडी मृत्यु भएको प्रमाणित हुन आएकोले निज प्रतिवादीहरुलाई ज्यान सम्बन्धीको १३(३) नं. अनुसार जन्म कैदको सजाय हुने ठहराएको फैसला सदर गरेको पुनरावेदक अदालत राजविराजको फैसला सदर हुन्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५१।८।१ को फैसला ।

      १४. राम उदगारको जग्गामा प्र. वसुलियाले घर वनाएको विषयलाई लिएर मिति २०४३।९।११ गते झगडा भएपछि गैर व्यक्ति धनराज सो झगडामा जाने औचित्य नपर्ने, मृतकलाई मैले कूटनू पर्ने रिस इवि मिसिलमा विद्यमान छैन । वसुलिया, राम उदगार र धनराज बीच म छुट्याउन जांदा जाहेरवालाले मलाई छोडेको चोटवाट म वेहोस भएं र लडे म उपरको आरोप झुठ्ठा हुंदा आरोपवाट फुर्सद पाउं भन्ने समेत व्यहोराको चन्दर पासवानको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

      १५. यस्मा पुनरावेदकलाई ज्यान सम्बन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहराएको फैसलालाई सदर गरी पुनरावेदन अदालत राजविराजले साधक जाहेर गरे अनुसार सर्वोच्च अदालत संयुक्त इजलासवाट २०५१।८।१ मा साधक सदर गरी फैसला भएको पाइन्छ । प्रस्तुत पुनरावेदक यस अदालतमा २०५१।८।१।३ मा दर्ता भई आज यस इजलास समक्ष पेश हुन आएको छ । न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) मा अ.वं. १८६ नं. वमोजिम साधक जाहेर हुने मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहवाट हेरिनु पर्ने स्पष्ट व्यवस्था रहेको देखिंदा पुनरावेदनको रोहवाट हेरिनु पर्ने मुद्दा साधकको रोहवाट हेरि फैसला भएकोले प्रस्तुत पुनरावेदन हेर्न नमिल्ने कुनै कानूनी आधार नभएको र सो मुद्दाको निरोपण साधकको रोहवाट समानस्तरको इजलासवाट भइसकेको परिप्रेक्ष्यमा जटिल कानूनी प्रश्न समावेश रहेको देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (घ) वमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको  आदेश ।

      १६. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी चन्दर पासवानलाई ज्यान सम्बन्धि महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहराई शुरू सिरहा जिल्ला अदालतले फैसला गरे उपर निजले तत्कालीन सगरमाथा अन्चल अदालत, राजविराज वेन्चमा पुनरावेदक गरेकोमा अन्चल अदालतवाट मिति २०४६।१।१९ मा फैसला हुंदा शुरू जिल्ला अदालतको फैसला नै सदर  गरेको देखिन्छ ।

अञ्चल अदालतवाट भएको फैसला अनुसार तत्कालीन पुर्वान्चल क्षेत्रइी अदालतमा साधकको लगतमा दायर भएको प्रस्तुत मुद्दा पुनरावेदन अदालत राजविराजमा सरी पुनरावेदन अदालत राजविराजवाट यी पुनरावेदकको पुनरावेदन समेत नपरेको आधारमा साधकको रुपवाट विचार गरी पुनरावेदकलाई ज्यान सम्बन्धिको महलको १३(३) नं. वमोजिम जन्म कैद हुने ठहराएको शुरू सदर गरेको अन्चल अदालतको फैसला नै पुनरावेदन अदालतवाट सदर भै अ.वं. १८६ नं. वमोजिम साधक सदरको लागी प्रस्तुत मुद्दा यस अदालतमा दायर हुन आएको देखियो । यस प्रकार पुनरावेदक प्रतिवादीले तत्कालीन अन्चल अदालतवाट भएको फैसला उपर पुनरावेदक नै नगरी वसेकोवाट पुनरावेदन अदालतले साधकको रोहवाट फैसला गरी यस अदालतमा साधककै लगतवाट दर्ता हुन आई यस अदालत संयुक्त इजलासवाट समेत मिति २०५१।८।१ मा साधक रोहवाट हेरी फैसला भएको देखिन्छ । दोश्रो तहको पुनरावेदज नै नगरी वस्ने पुनरावेदकलाई पुनरावेदज अदालतवाट भएको साधक फैसलाको जनाउ सम्म दिएकोमा यस अदालतमा प्रस्तुत पुनरावेदक गरेको देखियो । यस प्रकार पुनरावेदकले दोश्रो तहको पुनरावेदक नै नगरेकोवाट निजको हकमा यस अदालत समेतवाट साधकको रोहवाट फैसला भै सकेको अवस्थामा सो पुनरावेदनवाट विचार गर्न मिल्ने भएन ।

प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । फैसलाको जनाउ प्रतिवादीलाई दिई मिसिल नियमानूसार गरी वूझाई  दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या. उदयराज उपाध्याय

न्या. कृष्ण कुमार वर्मा

इतिसंवत् २०५३ साल जेष्ठ ३१ गतेरोज ५ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु