निर्णय नं. ६४५८ - कर्तव्य ज्यान

नि.नं. ६४५८ ने.का.प.०५४ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्र्मा
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत् २०४९ सालको फौं.पु.नं. ... ६०४,६०५
संवत २०५१ सालको साधक नं. .. ७६
फैसला मितिः २०५३।१२।१९।३
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः जिल्ला सुर्खेत लेख पराजुल गा.वि.स. वार्ड नं. १ घर भै हाल केन्द्रिय कारागार शाखा बाकेमा थुनामा वस्ने वीर बहादुर डांगी समेत जम्मा ३ ।
विरुद्ध
प्रत्यर्थी/वादीः रामेश्वर पंडीतको जाहेरीले श्री ५ को सरकार समेत जम्मा ८ ।
§ मृतकहरुको मृत्यु अमुक प्रतिवादीको कर्तव्यवाट भएको हो भन्ने मिसिल संलग्न कागजातवाट नदेखिदा र सवै मिली मृतकहरुलाई कर्तव्य गरी मारेको कुरामा स्वयंम राजीखुशी कसुर गरेमा सावित रहेको र कर्तव्य गरी मारेको कुरा लाश जाँच प्रकृति मुचुल्का मृतकको शरिरमा रहेका घा खतहरु र शव परिक्षण प्रतिवेदनवाट स्वतन्त्र रुपमा पुष्टी भइरहेको स्थितिमा प्रतिवादीहरुको कर्तव्यवाट मृतकहरुको मृत्यु भएको देखिइरहेकोले निजहरुलाई वादी दावी वमोजिम ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको फैसला कानून अनुसार मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं.३५)
पुनरावेदक प्रतिवादी तर्फबाट :
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.हरी प्रसाद शर्माः न्याय प्रसासन ऐन, २०४८ को दफा ९ र १० बमोजिम यस अदालतको अधिकार क्षेत्र भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुर दारको गेम स्काउट पदमा कार्यरत इन्द्र बहादुर गुरुङ गंगालाल ढकाल पोष्ट खडा गरी राष्ट्रिय निकुञ्जमा आएका पोष्टमा फर्कि नगएबाट ०४५।११।१ गते र्चाकिको मासिक प्रतिवेदन सहित लि खुसिराम सहित निकुञ्जमा आउँदा रातोमाटे भन्ने चौकिदेखि ४० मिटरको दुरी खोलामा रगत टोपि देखि डराइ पुनः चौकिमा गई वताउँदा म समेत उक्तस्थानमा आइ हेर्दा गंगालाल ढकाल र इन्द्र बहादुर गुरुङको लास देखि जाहेरी गरेको हु भनी रामेश्वर पंडितको जाहेरी दरखास्त ।
३. २०४५।११।२ को लाश प्रकृति मुचुल्का २०४५।११।१८ को सरजमिन मुचुल्का ।
४. हामी प्रतिवादीहरु आरक्षको वाटो हुदै आइरहेको अवस्था काली नारा खोलामा भारी विसाई खाजा खान लागेको अवस्था २ जना मानिस आएको देखि आरक्षका मानिस आए अव पक्राउ गर्दछन् भनी भाग्न लाग्दा मृतक २ जनाले वोलाए सवै जम्मा भयौ मृतकले रातोमाटे चौकी जाउ भन्दा वागदुला खोलामा पुग्दा दुवै पक्षबाट वाद विवाद भयो म समेत भै कुटपिट गरी मारेको हो भन्ने समेत प्र. गगनसिंहले प्रहरीमा गरेको कागज ।
५. डोका, नाम्ला समेत विक्री गर्न तारा तालतर्फ आइ रहेको अवस्था काली नाराको खोलामा पुगी खाना खान लागेको अवस्था २ जना आरक्षका मानिस आएको देखि भाग्न लाग्दा मृतकहरुले देखि नभाग भन्दा त्यही वस्यौ र परिचय भयो र मृतक अघि लागि हामी रातोमाटे चौकी तर्फ लाग्यौ सो अवस्था वागडुलाको खोलामा गई भारी विस्याई दुवै पक्षको वाद विवाद हुँदा सवै मिली लाढी ढुंगाले हानी मारेको हौ भन्ने समेत प्र. चुम्वा कार्कीले प्रहरीमा गरेको कागज ।
६. ताराताल तिर आई रहेको अवस्था काली नारा भन्ने खोलामा वसी खाजा खान लागेको अवस्था २ जना मानिस आएको देखि भाग्न लाग्दा नभाग भनेकाले त्यही वस्यौ हामीलाई रातो माटे चौकीमा जाउ भनेकाले जांदै गरेको अवस्था अव दूःख दिने भए मार्नु पर्छ भन्ने सल्लाह भई वागदुलाको खोलामा पुग्यौ दुवै पक्षको भनाभन भयो यसै वीच सवै मिली ढुंगा लाठीले प्रहार गरी मारेका हौ भन्ने समेत प्र. कर्ण बहादुरको प्रहरीमा गरेको कागज ।
७. तारावाल वुधवारे मेला लाग्ने भै डोका नाम्ला विक्री गर्न भनी म समेतका १४, १५ जना घरबाट हिडी कालीनारामा पुगी खाना खान लागेको अवस्थामा २ जना आरक्षका मानिस आएका देखि भाग्न लाग्दा नभाग भनेकाले त्यही वस्यौ रातो माटे चौकीमा लगि रहेको अवस्था वागदुलाको खोलामा पुग्यौ चौकीमा जाने सम्वन्धमा वाद विवाद हुँदा सवै मिलि लाठी ढुंगाले हानी मारेका हौं भन्ने समेत प्रतिवादी टेक बहादुर रंजालीले प्रहिरीमा गरेको कागज ।
८. तारालाल लाग्ने वुधवारे हटीयामा कुचो समेत विक्री गर्न आउन लागेको अवस्था कालीनारा आउँदा २ जना मानिस आएको देखि पक्राउ गर्लान भन्ने डरले भाग्न लाग्दा नभाग भनी भनेकाले त्यही वसी परिचय दियौ रातोमाटे चौकीमा लान मृतकहरु अगाडि पछाडि भई गएको अवस्था वाददुलाको खोलामा पुगीसकेपछि चौकीमा जाने सम्वन्धमा वाद विवाद हुँदा हामी सवै मिलि लाठी ढुंगा प्रहार गरी म समेत भै मारेका हौं भन्ने समेत प्र. वीर बहादुर कसेराले प्रहरीमा गरेको कागज ।
९. मेरो दाई खडक बहादुर घर्ति र म समेत कुचो विक्री गर्न भनी २०४५।१०।२५ गते ताराताल लाग्ने वुधवारे हटीयामा कुचो समेत विक्री गर्न भनी २०४५।१०।२५ गते ताराताल तर्फ घरबाट हिडी आरक्षको वाटो हुँदै गएको अवस्था कालो मारामा आइपुग्दा वीर बहादुरले आरक्षका मानिस आए भाग्न भनी भनेकाले सवै जंगलतर्फ भाग्न लाग्दा मृतकले नभाग आउ भनेकाले सवै भेला भयौ सवै चौकी तर्फ हिड भनी भनेकाले वागदुलाको खोलामा पुग्दा अगाडि हिडेका आरक्षका मानिसलाई खोला वारी मान बहादुरले समाई लडाए पछि सवैजना भै मारपिट गरी मारेका हौ भन्ने समेत प्र. मान बहादुरले प्रहरीमा गरेको कागज ।
१०. २०४५।१०।२५ गते ताराताल आरक्षको वाटो म आउँदा कालीनारा भन्ने ठाउँमा पुग्दा २ जना मानिस आएको देखि सवैजना जंगल तर्फ भाग्न लाग्दा नभाग भनी भनेकाले सवै जना मै परिचय लिना दिना भयो रातोमाटे चौकीमा जाने भनी भनेकाले वागदुलाको खोलामा पुगी भारी विसायौ दुवै पक्षबाट वाद विवाद भई अगाडि हिडेका ढकाललाई मान बहादुर वीर बहादुर र गुरुङलाई इन्द्र बहादुरले समाई वस्या वस्सी गर्दा म दील बहादुर भीमल डले भागी लुकी वस्यौ सो लुकेको ठाउँमा ऐया वा मरे भनी चिच्याएको सुनियो पछि मेरा वावु नजिक आइ घटना भएको कुरा वताए र कसैलाई नभाग्न भनी गगन सिं र इन्द्र बहादुरले भनेका थिए भन्ने समेत प्र. जंग बहादुर रंजालीले प्रहरीमा गरेको कागज ।
११. २०४५ साल माघ २५ गते रातोमाटे भन्ने जंगलमा वनपाले गंगालाल समेतले हामीलाई पक्राउ गरी वागदुला भन्ने डाडामा पुगेपछि चौकीमा जाने सम्वन्धमा वाद विवाद हुँदा हामी सवै मिलि लाठी ढुंगाले प्रहार गरी मारेका हौ भन्ने समेत प्र. मान बहादुर घर्तिले प्रहरीमा गरेको कागज ।
१२. २०४५।१०।२५ गते तारातालमा लाग्ने हरियामा कुच्चा समेत विक्री गर्न समेत म समेतका १४ जना आई रहेको अवस्था २ जना मानिस आइ रहेको देखि भाग्न लाग्दा नभाग भनेकाले सवै वस्यौ आरक्ष भित्र पस्यौ यस कारण पक्राउ पर्यो भनी सवैलाई चौकीमा लान लाग्दा वाद विवाद भयो यसै अवस्थामा म समेत भै लाठी ढुंगाले हानी मारेका हुँ भन्ने समेत जंग बहादुर रंजालीले प्रहरीमा गरेको कागज ।
१३. ताराताल लाग्ने वुधवारे हटियामा कुच्चा समेत विक्री गर्न म समेत आएको कालानारमा आई खाजा खान लागेको अवस्था २ जना मानिस आएको देखि भाग्न लाग्दा नभाग भनेकाले भागेनौ दुवै पक्षको वाद विवाद भयो हामीलाई रातोमाटे चौकीमा लान लाग्दा वागदुलाको खोलामा पुगेपछि यिनीलाई मारे मात्र छुटकारा हुन्छ भनी इन्द्र बहादुरले भनेपछि मार्ने सल्लाह भै अगाडी ढकाल र पछाडि गुररा र वीचमा हामी सवै भई गयौ वागदुला खोला पुगेपछि मान बहादुर कर्ण बहादुर चुम्वा, यम बहादुर समेतले भै गंगालाललाई र गुरुङलाई इन्द्र बहादुर टेक बहादुर जंग बहादुर गगन सिंह विर बहादुर खडक बहादुर समेतले लाठी ढुंगा मुक्का समेतले प्रहार गरी मारेको हो भन्ने समेत प्र.विर बहादुर डागीले प्रहरीमा गरेको कागज ।
१४. घटनास्थल तथा लाश प्रकृति मुचुल्का पोष्ट मार्टम फाराम समेतबाट मृतक इन्द्र बहादुर तथा गंगालालको मृत्यु कर्तव्यबाट नै भएको रहेछ भन्ने पुष्टि हुन आएकोले र को कस्को कर्तव्यबाट भएको भन्ने सम्वन्धमा आरक्षको वाटो म गएको अवस्था रातोमाटै चौकी तर्फ जाने लागेका मृतक गंगालाल ढकाल समेतको भेट भएपछि आरक्ष भित्र प्रवेश गरेको कारण चौकी तर्फ फकाई लिई जादैका अवस्था निहु खोजी वनपाले इन्द्र बहादुर, गंगालाल लाई मार्ने सल्लाह गरि प्र.मध्येका चुम्वा कार्की, यम बहादुर, वीर बहादुर डागी, मान बहादुर र कर्ण बहादुरजना ५ ले गंगालाल ढकाललाई लाठी ढुंगा आदीले प्रहार गरी कर्तव्य गरी मारी तथा इन्द्र बहादुर, खडक बहादुर, जंग बहादुर, टेक बहादुर वीर बहादुर गगन सिं समेत ६ जना भई मृतक इन्द्र बहादुर गुरुङलाई लाठी ढुंगाले हानी कर्तव्य गरी मारी मुलुकी ऐन ज्यान सम्वन्धीको १ नं. को अपराध गरेकाले, प्र.चुम्वा कार्की, यम बहादुर थापा, खडक बहादुर धर्ति, जंग बहादुर रंजाली, टेक बहादुर रंजाली, वीर बहादुर कसैरा, गगन सिंह रंजाली समेत जना ११ लाई ज्यान सम्वन्धिको १३(३) ले सजाय हुने र वारदात हुँदा डराई भागेको भन्ने दिल बहादुर धर्ति, भिमल धर्ति तथा गंगा बहादुर रंजाल मार्न सरिक नभएकाले ज्यान सम्वन्धीको २४ नं. नलाग्ने हुँदा खोजी भएका वखत उपस्थित गराउने र प्रतिवादी इन्द्र बहादुर र खडक बहादुर धर्ति तथा यम बहादुर, फरार रहेकोले अदालत वाटै वारेण्ट जारी गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।
१५. म समेतका १४ जना वारदातको वुधवारे हटियामा कुचो समेत विक्री गर्नका लागि घरबाट हिडी आरक्षको जंगल भई आउदा आरक्षका कर्मचारी जस्ता देखि भाग्न लाग्दा तिनिहरुले किन भाग्छौ भन्दा हामी फर्कि आयौ तिमीलाई छोडन मिल्दैन भनि चौकीमा जाउ भनेकाले तयार भै वाग्दूलाको खोलामा पुग्यो र हामीहरु मध्ये २ जना जान्छौ भन्दा सवै जानु पर्छ भनि भनेकाले गुरुङ केटालाई इन्द्र बहादुर, खडक बहादुरले समाई ढाली इन्द्र बहादुरले धाटी अठ्याई ढुंगाले टाउकोमा हानेको र खडक बहादुरले पनि टाउकोमा हानी जंग बहादुरले लाठीले विर बहादुरले ढुंगाले टेक बहादुरले हातले र मैले पनि ढुंगाले हाने र गुरुङ केटाको मुखबाट रगत वगी रहेको थियो र ढकाल भन्ने केटालाई वीर बहादुर, मान बहादुरले समाई ढाले चुम्वाले लाठीले हाने अरुले ढुंगाले हानी मारी फालिएको हो भन्ने म समेत प्र. गगनसिंह रंहालीले अदालतमा गरेको वयान ।
१६. वर्दिया तारतालको वुधवारे हतियामा कुच्चा, डोका विक्री गर्नको लागि म समेत आरक्षको जंगको बाटो हुदै गएको कालानारा भन्ने ठाउमा खाजा खान लागि रहेको समयमा २ जना आरक्षका कर्मचारी आएको देखि भाग्न लाग्दा नभाग भन्दा जम्मा भयौ । तिमिहरु आरक्ष भित्र किन आयौ चौकीमा जानु पर्छ भन्दा हिडेपछि वागदुलाको खोला आई पुगे पछि गुरुङ नकेटालाई यन्द्र बहादुरले समाती भूईमा ढाले पछि इन्द्र बहादुरले फरुवाको विडले टाउकोमा हाने र लौ आइजा भनि भनेकाले म पनि गई चार पटक मुडकीले हाने जंग बहादुले लाठीले हाने अरुले के को ले हाने थाहा भएन ढकाल केटालाई वीर बहादुर डागी र मान बहादुरले समाती ढाली पिटदै थिए भन्ने समेत प्र. टेक बहादुर रंजालीले अदालतमा गरेको वयान ।
१७. तारातालको बुधवारै वजारमा डोका समेत विक्री गर्न भनी घरबाट आरक्ष जंगलको बाटो हुँदै गएको काली नारामा खाजा खान लागेको समयमा २ जाना मानिस आएकोले पक्राउ गर्दछन भन्ने डरले भाग्न लाग्दा नभाग भनेकोले त्यही वसेका थियौ, २ जना कर्मचारीले चौकीमा जानुपर्छ भनेकाले साथमा लागि जांदा वागदुलको खोलामा पुग्दा दूःख दिने भए भनि मान बहादुर इन्द्र बहादुरले भनेका र यिनीलाई मारी फाले हामी भाग्न पाउछौं भनि रहेको थियो । गुरुङ केटालाई इन्द्र बहादुर र खडक बहादुले समाई ढाली ढुंगा लाठीले हाने मारे पछि ढकाल केटालाई मान बहादुर, विर बहादुरले समाई पल्टाई चुम्वाले लाठीले अरुले ढुंगाले हाने मान बहादुर समात भनेकोले मैले समातेको हुँ त्यतिकैमा दुवै केटा मरेका हुन भन्ने समेत प्र. कर्ण बहादुर रंजालीले अदालतमा गरेको वयान ।
१८. २०४५।१०।२५ गते घरबाट हिडी तारतालको वुधवारे हाट बजारमा कुच्चा डोका विक्री गर्न ताउक १४ जना आरक्षको बाटो गरी गएको अवस्था कालीनारा भन्ने ठाउँमा खाजा खान लागेको समय आरक्षका कर्मचारी आए भनि हामी जंगल तर्फ भागी गयौं । भाग्नु पर्दैन भनेकाले हामी सवै फर्कि गयौं । जंगल भित्र किन पस्यौ । त्यसै छोडन मिल्दैन पोष्टमा जाउ भनेकाले हिडी वागदुला खोलामा पुगेपछि पानी पिउन वसी रहेको समयमा इन्द्र बहादुर थापाले अव हामीलाई आरक्षको पोष्टमा लगी दुःख दिने भए त्यसो भए यिनीलाई यही मारी फाले हामी निस्कन पाउँछौ भनेकाले गुरुंग केटालाई इन्द्र बहादुर, खड्क बहादुरले समाई ढाली कुटपिट गर्न थाले र ढकाल केटालाई वीर बहादुर कर्ण बहादुर र म समेत भै समाती राखेका थियौ चुम्वा कार्की आई पछिबाट लाठीले हाने ढकालले मलाई नपार तिमीहरुलाई केही गर्दैनौ भन्दै थिए त्यतिकैमा कर्ण बहादुरले अण्डा र लिंग समाती ढाले कर्ण बहादुरले ढुंगाले टाउकामा हाने मैले १ चोटी हानेको हुँ भन्ने समेत प्र. मान बहादुर घर्तिले अदालतमा गरेको वयान ।
१९. गते वारको याद भएन माघ महीनाको आखिरी हप्ताको मंगलवारको दिन हो मेरा वावु गंगन सिं समेत कुचा डोका विक्री गर्न ताराताल वुधवारे हटियामा जान भनी आरक्ष भित्रको जंगल वाटो हुँदै गएको समयमा काली नारा भन्ने ठाउँमा खाजा खान लागि रहेको अवस्था २ जना जान्छौ अरु यही वसी खाना पकाउछन भनि भन्दा सवै जानुपर्छ भनेकोले इन्द्र वहादुर, खडक वहादुर मिलि गुरुङलाई समाती ढाली के के ले हाने थाहा भएन, इन्द्र वहादुरले लौ हान भने मैले पनि फरुवाको विडंले ४ पटक हानेको हुँ ढकाल भन्ने केटालाई मान वहादुर र विर वहादुरले समाती ढालेको देखेको हुँ के के हाने थाहा भएन । दुवै जना मरेपछि हामी भागेर खोलातिर गएका हौं भन्ने समेत प्र. जगं वहादुर रंजालीले अदालतमा गरेको वयान ।
२०. कुचा डोका समते विक्रि गर्न भनि तारातालको वुधवारे हाट वजारमा जान भनि आरक्षको जंगल वाटो हुँदै गएको कालीनारा भन्ने ठाउँमा पुग्दा २ जना आरक्षका कर्मचारी आएको देखि भाग्न लाग्दा नभाग भनेकोले त्यही रोकियो र तिमीलाई छाडन मिल्दैन चौकीमा जानुपर्छ भनेकाले साथ लागि वागदुलाको खोलामा पुगेपछि २ जना मात्र जान्छौ भनेकाले सवै जानुपर्छ भनेकाले इन्द्र वहादुर, खडक वहादुरले गुरङ केटालाई समाती भूईमा ढाली हाने खडक वहादुरले पनि ढुंगा हाने मैले २ चोट पिठंयुमा हातले हाने र ढकाल भन्नेले केटालाई मान वहादुर, विर वहादुर डांगीले समाई ढाले के के हाने देखिन दुवै मरेपछि त्यही छोडी भाग्न खोला तर्फ गएका हौ. भन्ने समेत प्र. विर वहादुर कसेराले अदालतमा गरेको वयान ।
२१. कुचा समेत विक्रि गर्न आरक्षको जंगल वाटो हुँदै गएको अवस्था काली नारामा पुगे पछि २ जना आरक्षका कर्मचारी आए भागौं भनि भाग्न लाग्दा नभाग भनेकाले फर्कि आयौ. र तिमीहरु किन आरक्ष भित्र पस्यौ छाडन मिल्दैन चोकीमा जानुपर्छ भनेकाले साथ लागि वागदुलाको खोला पुगेपछि पानी पिउन वस्यौं र २ जना मात्र जान्छन भन्दा नमानी सवै जानुपर्छ भनेकाले गुरुङ केटाले इन्द्र वहादुरको खुट्टामा लाठीले हानेपछि इन्द्र वहादुर, खड्क वहादुरले गुरुङ केटालाई समाती ढाली पिट्न शुरु गरे र ढकाल भन्ने केटालाई पनि इन्द्र वहादुरले समाती मार भनि भनेकाले मैले र मान वहादुरले पनि हान्यौ चुम्वा कार्कीले पनि हानेका हुन भन्ने समेत प्र. वीर वहादुर डांगीले अदालतमा गरेको वयान ।
२२. गतेको याद रहेन माघ महिनाको आखिरी हो तारातालको वुधवारे हाटमा कुच्चा विक्रि गर्नका लागि म समेत आरक्षको जंगल वाटो भै जांदा कालीनारा भन्ने ठाउँमा खाजा खाई रहेका अवस्था मर्ने गंगालाल र इन्द्र वहादुरलाई देखि पक्राउ गर्दछनकी भन्ने डरले भाग्न लाग्दा नभाग भनेकाले वस्यौं किन आरक्षभित्र पस्यौं ? तिमीहरुलाई टाडदैनौ चौकीमा जान भनेकाले चौकीतिर गएको थियो, वागदुला भन्ने खोलामा पुगेपछि पानी खानलाई वसी पानी खाई रहेका थियौं २ जना मात्र हामी जान्छौ भनेकोमा रिसाई गुरुङ केटाले फरुवाको विडंले इन्द्र वहादुरलार्ई क चोट हानेकाले खड्क वहादुर, इन्द्र वहादुर, टेक वहादुर विर वहादुर, गगन सिं समेत मिली कसैले ढुंगाले, कसैले लाठीले हानेका र फरुवाको विडंले जंग वहादुरले हाने र ढकालले समाई राखेको लाठी समाई तिन पटक पिठंयुमा हानेको हुँ ढकाललाई म वीर वहादुर, मान वहादुर, यम वहादुर, कर्ण वहादुरले ढुंगाले लाठीले हानी मारी सकेर गुरुङलाई इन्द्र वहादुर थापा, खडक वहादुर, टेक वहादुर, वीर वहादुर कसेरा, जंग वहादुर, गगन सिंले मारी फालेका हुँन भन्ने समेत प्र. चुमवा कार्कीले अदालतमा गरेको वयान ।
२३. जाहेरी मैले नै दिएको हुँ पक्राउ भै आएमा गगन वहादुर रंजाली समेतका व्यक्तिहरुले मृतकलाई मारेकोमा साविती भएकाले निजहरुले नै मारेको हुनुपर्छ भन्ने समेत जाहेरवाला रामेश्वर पंडितले अदालतमा गरेको वयान ।
२४. मृतकहरुलाई मारेकोमा सावित भएका र मृतकका समानहरु प्रतिवादीबाट वरमाद भएकोले निजहरुले नै मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत सरजमीनका नन्दराज लामीछानेले अदालतमा गरेको वकपत्र ।
२५. प्रहरी र अदालतमा समेत सावित भै वयान गरेका र यसैले हानेको चोटबाट मृतकहरुको मृत्यु भएको नदेखिंदा प्रतिवादी गगन सिंह रंजाली, चुम्चा कार्की कर्ण वहादुर रंजाली, टेक वहादुर रंजाली, वीर वहादुर कसेरा, मान वहादुर घर्ति, वीर वहादुर, जंग वहादुर रंजालीलाई मुलुकी ऐन, ज्यान सम्वन्धीको महलको १३(३) वमोजिम जन्मकैदको संजाय हुने ठर्हछ र प्रतिवादीहरु मृतक वीच पूर्व रिस रहेको देखिन नआई आरक्ष जंगल भित्र प्रतिवादीहरु आएको पक्राउ गरी कार्यालयमा लग्ने सिलसिलामा आफू मुख्य भै अपराध गरेको देखिंदैन, प्रतिवादी कसुरदार दखिएपनि ऐन वमोजिम जन्म कैदको संजाय गर्दा चर्को पर्ने जाने चित्तका लागेकाले जन्मकैदको वदला १० वर्ष प्रतिवादीहरुलाई कैद हुनु पर्ने अ.वं. १८८ नं. वमोजिम राय समेत दिई आएको ०४६।६।१० को वर्दिया जिल्ला अदालतको जाहेरी फैसला ।
२६. फरार रहेका प्र. यम वहादुर, इन्द्र वहादुर थापा खडक वहादुर धर्तिका हकमा मुलुकी ऐन अ.वं. १९० नं. वमोजिम वर्दिया जिल्ला अदालतबाट २०४६।११।२१ मुलतवी राख्ने आदेश ।
२७. आत्मरक्षाको सिलसिलामा हामी प्रतिवादीहरुको चोटबाट मृतकको मृत्यु हुन गएपनि घटना घट्दाको परिस्थिति कारण समेत नहुँदा शुरुबाट जन्मकैदको हुने ठहराई मुलकी ऐन अ.वं. १८८ नं. वमोजिम चर्को पर्ने हुँदा सम्मानित अदालतचबाट न्यायीक विवेचना गरी मुलुकी ऐन, अ.वं. १८८ नं. लाई व्यवहारीक रुपमा प्रयोग गरी न्याय पाउँ भन्ने समेत वीर वहादुर कसेरा समेत ८ जनाको पुनरावेदन अदालत सुर्खेत वीरेन्द्रनगर मा परेको पुन्रावपेदन पत्र ।
२८. एकले अर्कालाई पोलावट गर्दै आफू समेत भै मृतक गंगालाल ढकाल र इन्द्र वहादुर गुरुङलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएको छ र सो कुरालाई वुझिएका जाहेरवाला र सरजमीनका मानिसहरु समेतको बकाईबाट प्रमाणित हुन आएको देखिन्छ । अतः पुनरावेदक प्रतिवादीहरुले गंगालाल ढकाल र इन्द्र्र वहादुर गुरुङलाई कर्तवय गरी मारेकोमा मुलकी ऐन ज्यान सम्वन्धीको महलको १३ नं. को देहाय ३ दफा वमोजिम जन्मकैदको संजाय गर्ने ठहराएको शुरुको इन्साफ मुनासिव छ ।
२९. अव प्रतिवादीहरुको र मृतकको विचपूर्व रिसइवी देखिन नआएकोले जन्मकैद गर्दा चर्को संजाय पर्न जाने भनी प्रतिवादीहरुलाई शुरुले जनही १० वर्ष कैद हुनु पर्ने भनी अंवं. १८८ नं.वमोजिम राय लगाए तर्फ विचार गर्दा मृतक गंगालाल र इन्द्र वहादुर गुरङ वर्दिया राष्ट्रिय निकुन्जमा कर्मचारी देखिन्छन । निजहरुले यो पुनरावेदक प्रतिवादीहरुलाई आरक्षको जंगल भित्र आएको देखि किन आरक्ष भित्र आएको भनि रोकी आरक्षको चौकीमा जाउँ भनि पुनरावेदकहरुलाई भन्दा निज कर्मचारीहरु माथि जंगलको विचमा ढुंगा लाठी समेत चलाई मृतकलाई नमार वरु तिमीहरुलाई केही गर्देनौं भन्दा पनि नमानी मृतकको अण्ड र लिंग समाती निर्दयातापूर्वक कुटी मारी मृतकहरुले लास जंगलमा फाली गएको देखिएकोले यसरी अमानविक तरिकाले गंगालाल ढकाल र इन्द्र वहादुर गुरुङलाई कर्तव्य गरी मारेको देखिंदा यस स्थितिमा अ.वं. १८८ नं. वमोजिम जनही १० वर्ष कैद गर्ने गरी शुरुले लगाएको रायसँग सहमत हुन सकिएन । अ.वं. १८८ नं. वमोजिम घटी संजाय हुनु पर्छ भन्ने पुनरावेदन जिकिर पनि पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतको मिति २०४८।१२।२४ मा गरेको फैसला ।
३०. प्रहरीले गराएको कागज अनुसार अन्य अभियुक्तले पोल गरेको वाहेक म पुनरावेदकले हाने मारेको भन्ने प्रत्यक्ष प्रमाण नभएको र प्रहरीमा भएको मेरो कागज मेरो राजीखुशीवाट गराएको नभई मलाई कुटपिट गरी शारीरिक यातना दिई गराएकोमा प्रमाणमा लिन नमिल्ने वयानलाई प्रमाणमा लगाई मलाई वादी दावी वमोजिम कसुरदार ठहर्याई संजाय गर्ने गरेको शुरु र पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएबाट सो फैसला उल्टी मलाई कम संजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वीर वहादुर डांगीले यस अदालतमा दिएको पुनरावेदन पत्र ।
३१. जाहेरमा लेखिएका मृतकलाई लाठी ढुंगाले हानी कुटी म पुनरावेदकले मारेको भन्ने तथ्य प्रमाणको अभाव रहेको छ । प्रहरीले गराएको कागज अनुसार अन्य अभियुक्तहरुले पोल गरेको वाहेक म पुनर।वेदकले हानी मारेका भन्ने कुराको कुनै प्रत्यक्ष प्रमाण नभएको कुरा मिसिल कागजातबाट स्पष्ट रहेको स्थितिमा मलाई वादी दावी वमोजिम हदैसम्म संजाय गर्ने गरेको शुरु र पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएबाट मलाई कम संजाय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी चुम्वा कार्कीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३२. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वीर वहादुर डांगीले र चुम्वा कार्कीको पुनरावेदन परेकोले निजहरुका हकमा पुनरावेदकको रोहबाट र पुनरावेदन नगर्ने प्रतिवादीहरु गगन सिंह रंजाली मगर, टेक वहादुर रंजाली, कर्ण वहादुर रंजाली, मान वहादुर घर्ति जंगे वहादुर रजाली र वीर वहादुर कसेराको पुनरावेदन नपरेको देखिंदा यिनीहरुको हकमा साधकको रोहबाट प्रस्तुत मुद्दा हेर्नु पर्ने देखियो । पुनरावेदक वीर वहादुर डांगीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री मोजेन्द्र वहादुर खत्रीले मेरो पक्षको वारदातमा संलग्नता भएपनि निजको ज्यान मार्नुपर्ने मनसाय नभएको र आवेशमा आई निजको समेत सहभागितामा ज्यान मर्न गएकोले निजलाई ज्यान सम्वन्धी महलको १४ नम्वर लगाई सजांय कम गरी पाउँ भनि र अर्का प्रतिवादी चुम्वा कार्कीका तर्फबाट उपस्थित हुनु भएका विद्वान वैतनिक अधिवक्ता श्री सुनिल पोखरेलले मेरो पक्ष वारदातमा संलग्न भएपनी मृतकहरु वर्दिया राष्ट्रिय निकुन्जका सुरक्षाकर्मी मिलेट्रीहरु भएका र मेरो पक्ष समेतका सोझा साझा प्रतिवादीहरु यी सुरक्षकर्मीले हामीलाई कुटछन् भनि डराई सो संभावित कुटाई र यातनाको डरबाट वच्न परिस्थितिबस मेरो पक्ष समेतका प्रतिवादीबाट कर्तव्य हुन गई ज्यान गएकाले सो समेतको विचार गरी शुरु जिल्ला अदालतले अ.वं. १८८ नं. को राय लगाएको न्यायपूर्ण र उचित देखिंदा अ.वं. १८८ नं. लगाई मेरो पक्षलाई १० वर्षको कैद हुन पर्दछ भनि गर्नु भएको वहस समेत सुनी इजलास समक्ष प्रस्तुत मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतको फैसला मिले नमिलेको के रहेछ सो उपर निर्णइ दिनु पर्ने भएको छ ।
३३. यस्मा प्रीतवादी जिकीर तर्फ हेर्दा कुन प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनि मिसिल संलग्न प्रमाणबाट पुष्टी नभएको र प्रहरीमा कुटपिट र यातना दिई गराएको वयानलाई आधार वनाई हामीलाई वादी दावी वमोजिमको कसुरमा कसुरदार ठहर्याउने गरी गरेको शुरुको ठहर इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको फैसला अन्यायपूर्ण भएकोले कम संजाय गर्ने गरी इन्साफ पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा इजलाश समक्ष प्रस्तुत मिसिल संलग्न कागजात हेर्दा मृतक गंगालाल ढकाल र इन्द्र वहादुर गुरुङको कर्तव्यबाट मृत्यु हुन गएको हो भन्ने कुराको पुष्टी लाश जाँच प्रकति मुचुल्कामा उल्लेखित निजहरुको शरीरको विभिन्न ठाउँमा घा चोट परेको शव परिक्षण प्रतिवेदनबाट समेत पुष्टी भइरहेको देखिन्छ । शव परिक्षण प्रतिवेदनमा मृतक गंगालाल ढकालको टाउकोमा कुनै साह्रो वस्तुको प्रहारबाट चोट लाग्न गई गिद्धीमा दखल परी मृत्यु भएको भन्ने र मृतक इन्द्र वहादुर गुरुङको टाउकोमा धेरै ठाउँमा काटेको घाउको असरबाट र गिद्धीको रगतको नली फुटी रगत वगी सक (Shock) भै मृत्यु भएको भन्ने उल्लेख गरेको देखिंदा मृतकहरुको मृत्यु कर्तवइबाट भएको कुरामा विवाद देखिंदैन ।
३४. अब कस कसको कर्तव्यवाट मृतकहरुले मृत्यु भएको हो भन्ने तर्फ विचार गर्दा प्रतिवादीहरु मध्येको गगन सिंह रजालीले अधिकार प्राप्त अधिकारी समक्ष आफू समेत भै मृतकहरुलाई कुटपिट गरी मारेको भनी गरेको वयान पुष्टि गर्दै गुरुङ केटालाई इन्द्र बहादुर, खड्ग बहादुरले समाइ ढाली इन्द्र बहादुरले घाटी अठ्याई ढुंगाले टाउकोमा हानेको र खड्ग बहादुरले पनी टाउकोमा हानी जंग बहादुरले लाठीले, वीर बहादुरले ढुंगाले, टेक बहादुरले हातले र मैले पनी ढुंगाले हाने र गुरुङ केटाको मुखबाट रगत वगिरहेको थियो । ढकाल भन्ने केटालाई वीर बहादुर, मान बहादुरले समाइ ढाले चुम्बाले लाठीले हाने अरुले ढुंगाले हानी मारी फालीएको हो भनी अदालत समक्ष बयान गरिदिएको देखिन्छ । प्रतिवादी मध्ये चुम्बा कार्कि, कर्ण बहादुर रंजाली टेक बहादुर रंजालीले गुरुङ केटालाई इन्द्र बहादुरले समाती भूइमा ढालेपछि इन्द्र बहादुरले फरुवाको बिडले टाउकोमा हाने लौ आइजा भनेकोले म पनि गइ ४ पटक मुड्कीले हाने । जङ्ग बहादुरले लाठीले हाने, अरुले के के ले हाने थाहा भएन, ढकाल केटालाई विर बहादुर डागी र मान बहादुरले समाती ढाली पिटेका भनी र प्र. मध्येका कर्ण बहादुर रंजालीले गुरुङ केटालाई इन्द्र बहादुर र खड्ग बहादुरले समाती ढाली ढंगा लाठीले हानी मारेपछि ढकाल केटालाई मान बहादुर, विर बहादुरले समाइ पल्टाइ चुम्बा कार्किले लाठीले अरुले ढुंगाले हाने मान बहादुरले समात भनेकाले समातेको हुँ । त्यत्तिकैमा दुवै केटा मरेको हुन् भनी वयान गरेको र निजले अधिकार प्राप्त अधिकारी समक्ष सबै मिली लाठी ढुंगाले हानी मारेको हो भनी गरेको वयानलाई इन्कार गर्न र अन्यथा भनी सप्रमाण अदालत समक्ष वयान गर्न सकेको देखिदैन । प्रतिवादी मध्येका मान बहादुर घर्तिले गुरुङ केटालाई इन्द्र बहादुर र खड्ग बहादुरले समाइ ढाली कुट पिट गर्न थाले । ढकाल केटालाई म समेत भइ समाती राखेका थियौ । चुम्बा कार्कि आइ पछिबाट लाठीले हाने । कर्ण बहादुरले अन्डा र लिङ्ग समाती ढाले । कर्ण बहादुरले ढुङ्गाले टाउकोमा हाने, मैले एक चोटी हान्नेको हुँ भनी र प्रतिवादी मध्येका जङ्ग बहादुर रंजालीले, इन्द्र बहादुर, खड्ग बहादुर मिली इन्द्र बहादुर गुरुङलाई समाती ढाली के के ले हाने थाहा भएन । इन्द्र बहादुरले लौ हान भने मैले पनि फरुवाको विडले ४ पटक हानेको हुँ ढकाल भन्ने केटालाई मान बहादुर र वीर बहादुरले समाती ढालेको देखेको हु । के के ले हाने थाहा भएन । दुवैजना मरेपछि हामी भागेर खोला तर्फ गएका हौं भनी र प्रतिवादी मध्येका विर वहादुर कसेराले इन्द्र बहादुर थापा खड्क बहादुरले इन्द्र बहादुर गुरुङ केटालाई समाती भूइंमा ढाली इन्द्र बहादुरले घाटी दवाइ टाउकोमा ढूंगै ढुंगाले हाने खडक बहादुरले पनि हाने, मैले दुइ चोटी पिठ्ठुमा हातले हाने र ढकाल भन्ने केटालाई मान बहादुर, विर बहादुर डागीले समाइ ढाले के के ले हाने देखिन दुवै मरेपछि छाडेका हो भनी र प्रतिवादी मध्यका चुम्बा कार्किले गुरुङ केटालाई खड्ग बहादुर, इन्द्र बहादुर, टेक बहादुर, विर बहादुर गगन सिंह समेत मिलि कसैले ढुंगाले कसैले लाठीले हानेका र जङ्ग बहादुरले फरुवाको विडले हाने ढकालले समाई राखेको लाठी समाई तीन पटक पिठ्यूंमा हानेको हुँ । ढकाललाई म वीर वहादुर मान वहादुर, यम वहादुर, कर्ण वहादुरले ढूंंगाले लाठीले हानी मारी सकेर गुरुङलाई इन्द्र वहादुर थापा, खडक वहादुर, टेक वहादुर, वीर वहादुर कसेरा, जंग वहादुर गगन सिंहले मारी फालेका हुन भनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई समर्थन र पुष्टयाई हुने गरी कसुर गरेमा सक्षम अदालत समक्ष सावित रहेका देखिन्छन् त्यस्तै प्रतिवादी मध्येको पुनरावेदक वीर वहादुर डांगीले आफू समेतले मृतकलाई मार्ने सल्लाह गरी अगाडि गंगा वहादुर ढकाल र पछाडी इन्द्र वहादुर गुरुङ वीचमा हामी सवै भई गयौं । वागठलो खोलामा मारी विसाएर पछि वादविवाद हुँदा मान वहादुर, कर्ण वहादुर चुम्वा कार्की यम वहादुर र म समेतले गंगालाललाई र गुरुङलाई इन्द्र वहादुर टेक वहादुर, जंग वहादुर, गगन सिंह, वीर वहादुर, खडक वहादुर समेतले लाठी ढुंगा मुक्का समते प्रहार गरी मारेको भनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई निजले अदालत समक्ष इन्द्र वहादुर, खडक वहादुरले खडक वहादुर गुरुङ केटालाई समाती ढाल्न पिट्न शुरु गरी गंगा वहादुर ढकाल भन्ने केटालाई पनि इन्द्र वहादुरले समाती मार भनि भनेकाले मैले र मान वहादुरले पनी हान्यैें भनि गरेको वयान समेतबाट पुष्टी भइरहेको देखिन्छ ।
३५. यसरी प्रतिवादीहरु वर्दिया राष्ट्रिय निकुन्जका गेम स्काउट पदमा कार्यरत मृतकहरुले निज प्रतिवादीहरु निकुन्जमा अनाधिकृत प्रवेश गरेको भनि चौकी तर्फ लगि रहेको अवस्थामा चौकीमा जान प्रीतवादीहरु नमान्दा मृतकहरुसँग वादविवाद भएको र चौकीमा जान नपरोस भनि जानाजान मार्ने मनसाय राखी प्रतिवादीहरु सवै मिली कसैले ढुंगा कसैैले लठृी कसैले मुक्का प्रहार गरी मृतकहरुलाई मारेको कुरा प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष गरेको निजहरुको वयान कागजवाट समर्थित भएको देखिन्छ । मृतकहरुको मृत्यु अमुक प्रतिवादीको कर्तव्यबाट भएको हो भन्ने मिसिल संलग्न कागजातबाट नदेखिंदा र सवै मिली मृतकहरुलाई कर्तव्य गरी मारेको कुरामा स्वंयम राजीखुशी कसुर गरेमा सावित रहेको र कर्तव्य गरी मारेको कुरा लाश जाँच प्रकति मुचुल्का मृतकको शरीरमा रहेका घा खतहरु र शव परिक्षण प्रतिवेदनबाट स्वतन्त्र रुपमा पुष्टी भइरहेको स्थितिमा प्रतिवादीहरुको कर्तव्यबाट मृतकहरुको मृत्यु भएको देखि रहेकोले निजहरुलाई वादी दावी वमोजिम ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको फैसला कानून अनुसार मिलेकै देखिंदा सदर हुने ठर्हछ । पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम अनुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. कृष्ण कुमार वर्मा
इति सम्वत् २०५३ साल चैत्र १९ गते रोज ३ शुभम्