शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४६५ - लिखत दर्ता वदर

भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११

निर्णय नं. ६४६५       ०५४, ने.का.प                     अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने

सम्वत् २०५० सालको दे.पु.नं. ... १३७३

फैसला मिति : २०५४।५।२५।४

 

मुद्दाः लिखत दर्ता वदर ।

 

पुनरावेदक/वादी : सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. ४ वस्ने श्री किशुन राय यादव ।

बिरुद्ध

विपक्षी/प्रतिवादीः सर्लाही जिल्ला किसनपुर गा.वि.स. वडा न. ४ वस्ने मन तारिया देवी थरुनी समेत जम्मा ४ ।

 

§  हालैको वक्स पत्र भएको कुनै पनि किताका जग्गाहरु वादीले लेनदेन मुद्दाका आधारबाट रोक्का राख्न सकेको देखिंदैन । यसरी रोक्का नरहेको जग्गामा रुपैया कर्जा लिएका आधारबाट मात्र प्रतिवादीहरुका जग्गामा वादीको हक पुगेको भन्न मिल्ने देखिंदैन । हकै नपुगेको कुरामा प्रतिवादीहरुका वीच जग्गा वक्सपत्र गरी लिनु दिनु गरेको कुरामा वादीको रुपैया भूस पार्ने उद्देस्यबाट नै सो कार्य गरेको भन्न अनुमान गर्न नमिल्ने हुँदा जालसाजी नठहराएको पु.वे.अ. को फैसलालाई सदर गर्ने गरी यसै लगाउको यिनै वादी प्रतिवादी वीच चलेको सम्वत् २०५० सालको फौ.पु.नं. ६६४ को जालसाजी मुद्दामा आजै फैसला भएको हुँदा प्रतिवादीहरुको वीच भएको जग्गामा वक्सपत्र वदर गर्ने उपर्युक्त कानूनी आधारको अभावमा वक्सपत्र वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरँवेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ।

(प्र.नं. ८)

 

पुनरावेदक तर्फबाट : x

विपक्षी तर्फबाटः x

अवलम्वित नजीरः x

 

फैसला

            न्या.मोहन प्रसाद शर्माः प्रस्तुत पुनरावेदनको संंक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

            २.    विपक्षी तुरनी देवीको पति भोला सोनेलालको पिता रामउगरको कान्छा वावु मन्तोरियाको वाजे दशै चौधरीले म वाट रु. ११,०००।- लिई कपाली तमसुक गरी दिएको भाषामा रुपैया वुझाई नदिई निज दशै मरेवाट निजको अपुताली व्यहोर्ने विपक्षी तुरनी, राम उगर, भोला र सोनेलाल उपर लेनदेन मुद्दा दायर गरी सांवा व्याज भरी पाउने ठहरी मिति ०४६।१।४ मा फैसला भएको र उक्त  मुद्दा दायर गरे पछि गेनाई खांको वावुको  वेला गा.वि.स. वा.नं. ७ (ख) कि.नं. २७ को २--४ मध्ये पूर्ववाट १-१०-० जग्गा रोक्का राख्ने आदेश भई मालपोत कार्यालयमा पत्र लेखी जांदा निज विपक्षीहरु उपर राम नारायणले चलाइएको लेनदेन मुद्दामा अगाडि देखि नै रोक्का रहेकोले दोहोरो रोक्का गर्न नमिल्ने भनी जवाफ आएपछि रामनारायणसँग लेनदेन मुद्दा मिलापत्र गरी रोक्का रहेको जग्गा फुकुवा गराई सवै विपक्षीहरुले मिलोमतो गरी मेरो थैली डुवाउने उद्देश्यले विपक्षी मध्येकी तुरनी र राम उगरको नाममा नामसारी दर्ता गराई ०४६।१।७ गते वक्सपत्र लेखत जालसाजीबाट गरी विपक्षी मन्तोरीयाका नाउँमा ०४६।१।८ गते रजिष्ट्रेशन पास गरे गराएको उक्त वक्सपत्र लेखत तथा सो को आधारबाट गराएको दर्ता समेत वदर गरी पाउँ भन्ने व्यहोराको वादीको फिराद पत्र ।

            ३.    वादीको ऋण दशै चौधरीले लिए खाएकोमा निजकै श्रीमतीबाट असुल   उपर हुनु पर्ने हो । जवकि दशै चौधरीको नाउँमा १--० जग्गा रहेको थियो । म तुरनीदेवी र म प्र. राम उगर चौधरीको स्व. गेनाई खांका नाउँमा दर्ता रहेको जग्गामा आधी आधी दुवैजना अंशियार भएबाट हामीले संयुक्त नामसारी गराई नातिनी छोरी प्र. मन्तोरियालाई वक्सपत्र पारीत गरी दिएका जग्गा जालसाजी नभएकाले लेखत दर्ता वदर हुनु पर्ने होईन भन्ने व्यहोराको प्रतिउतर  पत्र ।

            ४.    लेनदेन मुद्दाको विगो पचाउने उद्देस्यले प्र. तुरनी देवी तथा राम उगरले मन्तोरियालाई वक्सपत्र गरी दिएको हुँदा सो वक्सपत्र लिखत तथा दर्ता समेत वदर हुने ठहर्छ भन्ने मिति ०४७।७।११ गते स.जि.अ.वाट भएको फैसला ।

            ५.    सर्लाही  जिल्ला अदालतले वक्सपत्र लिखत तथा दर्ता समेत वदर हुने गरेको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला वदर गरी पाउँ भन्ने व्यहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।

            ६. यसमा मुद्दा पर्दा पर्दैका अवस्थामा विपक्षीहरुले जग्गा वक्सपत्र गरी लिनु दिनु गरेकाले जालसाजी गर्ने विपक्षीहरु उपर जालसाजी मुद्दा दायर गरी सकेको हुँदा वक्स पत्रको लिखत वदरगरी पाउँ भन्ने वादी भएकोमा वक्सपत्रको लिखत वदर हुने होइन भन्ने प्रतिवादी पुनरावेदक भएको यस मुद्दामा वादीले लेनदेन मुद्दाबाट प्रतिवादीको जग्गा पक्रि रोक्का गर्न सकेको समेत मिसिलबाट नदेखिएको र वादीले गरेको लेनदेन व्यवहारवाट वादीको प्रतिवादीहरुले वक्सपत्र पत्र गरी लिनु दिनु गरेको जग्गा हक स्वामित्व हुन सक्ने अवस्था कतैबाट नदेखिएको हुँदा प्रतिवादीहरु वीच जग्गा वक्सपत्र लिनु दिनु गरी गरेको कृयाबाट वादीको हकमा आघात पर्‍यो भनि जालसाज भन्न नमिल्ने भएकोले जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने ठहराई यिनै वादी प्रतिवादी भएको फौं.पु.नं. ५६० को जालसाजी मुद्दामा यसै अदालतबाट आजै निर्णय भएको हुँदा प्रतिवादीहरुको वीच जग्गामा वक्सपत्र वदर गर्ने उपर्युक्त कानूनी आधारको अभावमा वक्सपत्र वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठर्हछ । शुरुले वक्सपत्र वदर हुने ठहराएको निर्णय उल्टी हुन्छ भन्ने समेत व्यहोराको पु.वे.अ. जनकपुरको मिति २०५०।३।१ को फैसला ।

            ७.    पु.वे.अ. जनकपुरको फैसलामा मेरो चित्त वुझेन । ऋणीको मृत्यु पश्चात निजको हक खाने पत्नी छोरा एवं भतिजाबाट उक्त ऋण भराई लिन पाउने गरी सर्लाही जिल्ला अदालतबाट फैसला हुनु पूर्व नै मुद्दा चल्दाचल्दैका अवस्थामा ऋणीको समेत हक रहेको उल्लेखित जग्गा रोक्का राख्ने सम्वन्धमा जिल्ला अदालतबाट भएको आदेश वमोजिम जग्गा रोक्का राख्नु पर्ने दायित्व भएका सम्वद्ध कार्यालयले रोक्का राख्नु पर्नेमा उल्लेखित जग्गा पुनरावेदकले रोक्का राख्न सक्नु पर्ने भनी लिएको निर्णयाधार त्रुटीपूर्ण छ । यस्तै अदालतको फैसला अनुसार अरुको ऋण तिर्नुपर्ने कानूनी दायित्व भएका विपक्षीहरुले अदालतबाट रोक्का राख्न मेरो आदेश भएको उल्लेखित जग्गा मेरो विगो भूस गराउने उद्देश्यले आफ्नै छोरी तथा नातिनी प्र. मनतोरियालाई अदालतको फैसला २०४६।१।४ मा भएको लगतै पछि २०४६।१।७ मा वक्सपत्र लिखत गरी दिएबाट विपक्षीहरुको केवल विगो पचाउने नियत रहेको स्पष्ट हुँदा अर्कोलाई हानी नोक्सानी गराउने भावनाबाट प्रवृत भएर गरेको कार्य जालसाजी वाहेक अन्य केही हुन नसक्ने अवस्थामा लिखत दर्ता वदर हुने ठहराउनु पर्नेमा सो नठहराएको पु.वे.अ. को फैसला त्रुटिपूर्ण हुँदा वदर गरी शुरु जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको बादी श्री किशुन राय यादवको यस अदालतमा परेको पुनरावेदन ।

            ८.    नियमानुसार दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितका सम्पूर्ण मिसिल कागजात अध्ययन गरी हेर्दा यस्मा थैली भूस गराउने उद्देस्यले आपसमा मिलोमतो गरी विपक्षीकै नातिनी तथा छोरालाई उल्लेखित जग्गा जालसाजीबाट २०४६।१।८ गते वक्सपत्रको लिखत पािरत गरी लिए दिएको हुँदा उक्त वक्सपत्रको लिखत तथा सो को आधारमा गराएको दर्ता समेत वदर गरी पाउँ भन्ने वादी दावी त्यस्तै वादीको ऋण दशै चौधरीले लिएकोमा निजकै नाउँमा रहेको जग्गाबाट असुल उपर हुनु पर्ने हो मन तोरीया देवी र राम उगर चौधरीले स्व. गेनाई खांको नामको जग्गा हामीले आफ्नो नाममा संयुक्त नामसारी गराई नातिनी छोरी प्र. मन्तरियालाई वक्सपत्र गरी दिएको जग्गा जालसाजीबाट नभएकोले लिखत दर्ता वदर हुनु पर्ने होईन भन्ने प्रतिवादीहरुको प्रतिउतर जिकीर रहेको अवस्थामा हालैको वक्स पत्र भएको कुनै पनि कित्ताका जग्गाहरु वादीले लेनदेन मुद्दाका आधारबाट रोक्का राख्न सकेको देखिंदैन । यसरी रोक्का नरहेको जग्गामा रुपैया कर्जा लिएका आधारबाट मात्र प्रतिवादीहरुका जग्गामा वादीको हक पुगेको भन्न मिल्ने देखिंदैन । हकै नपुगेको कुरामा प्रतिवादीहरुका वीच जग्गा वक्सपत्र गरी लिनु दिनु गरेको कुरामा वादीको रुपैया भूस पार्ने उद्देस्यबाट नै सो कार्य गरेको भन्न अनुमान गर्न नमिल्ने हुँदा जालसाजी नठहराएको पु.वे.अ. को र्फैसलालाई सदर गर्ने गरी यसै लगाउको यिनै वादी प्रतिवादी विच चलेको सम्वत् २०५० सालको फौ.पु.नं. ६६४ को जालसाजी मुद्दामा आजै फैसला भएको हुँदा प्रतिवादीहरुको वीच भएको जग्गामा वक्सपत्र वदर गर्ने उपर्युक्त कानूनी आधारको अभ्ाँवमा वक्सपत्र वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरँवेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ ।  पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमती छ ।

 

न्या. नरेन्द्र वहादुर न्यौपाने

 

इति सम्वत् २०५४  साल भाद्र २५ गते रोज ४ शुभम् .... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु