शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३५८९ - खिचोला

भाग: ३० साल: २०४५ महिना: पौस अंक:

निर्णय नं. ३५८९ ने.का.प. २०४५ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.पु.नं. ५७३

फैसला भएको मिति : २०४५।८।१९।१ मा

 

पुनरावेदक/प्रतिवादी : जि.ललितपुर गा.पं.लुभु वा.नं.८ बस्ने भक्तबहादुर थापा

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने टेकबहादुर थापा

 

मुद्दा : खिचोला

 

(१)                  फ्नो हक प्रति सचेत नरही सुतेर बस्नेलाई अदालतले निजको हक कायम गराई दिन सक्ने स्थिति नदेखिने ।

(प्रकरण नं. १३)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानांग

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.     बाबा जुद्धबहादुरको २ श्रीमतीमा जेठी विपक्षी कुमाले तथा भक्तबहादुरको आमा र कान्छी तर्फबाट हरीबहादुर तथा म फिरादी टंकबहादुर समेत भएको हुँदा बाबा जुद्धबहादुर तथा आमा मिनकुमारीको मैले टहल चाकरी सेवा गरी सो सेवा टहलबाट खुसी भई सो बापत मलाई ललितपुर रजिष्ट्रेशन मार्फत मिति २०१६।१२।२४ गते रजिष्ट्रेशन पास गरी शेषपछिको बकसपत्र लेखी दिनु भएकोमा माता तथा पिताजीको परलोक अवस्था पछि मेरो हक भोग भई चलन समेत गरी रहेकोमा मिति २०२३ सालमा विपक्षीहरुसंग अंश मुद्दा परी आखिरमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०२८।२।६ गते अन्य अचल सम्पत्ति सहित ललितपुर जिल्ला लामाटार गा.पं.वा.नं.६(क) अन्तर्गत नापी भएको पूर्व सानो कृष्णबहादुर थापाको घर पश्चिम भक्तबहादुरको बारी उत्तर तिलकबहादुरको खेतको कुलो दक्षिण हरीबहादुरको बारी यति ४ किल्लाभित्रको कि.नं.८३ को रोपनी ०० को जग्गा विपक्षी मध्येका भक्तबहादुरको नामबाट नाप नक्शा भई निजको नाउँमा दर्ता रहेको भए तापनि त्यसबाट विपक्षी भक्तबहादुर कुमालेले उत्तरतर्फको ०० जग्गा पाउने गरी मिलापत्र भएकोले बाँकी ०० जग्गामा शेषपछिको बकसपत्र बमोजिम मेरो हक भएको हुँदा दक्षिण तर्फको ०० जग्गा मेरो नाममा कित्ताकाट गरी नामसारी गरी दिनु पर्‍यो भनी विपक्षीलाई भन्दा सो बमोजिम गर्ने छैन भनी जवाफ दिएकोले यो नालिश गर्न आएको छु । अतः विक्षीका नाउँमा दर्ता रहेको कि.नं.८३ को ०० जग्गा मध्येबाट ०० जग्गा कित्ताकाट गरी मेरो नाममा नामसारी दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको टंकबहादुर थापाको मिति २०३६।१०।२७।१ को फिरादपत्र ।

३.     उक्त जग्गा म प्रतिवादी भक्तबहादुरको नाउँमा दर्ता रहेको विपक्षीले देखाई सक्नु भएकै छ । यदि विपक्षीको हक लाग्ने भए देखि जग्गा नाप जाँच ऐनको म्यादभित्र उजूर गर्न सक्नु पर्ने र विपक्षीले दावी लिएको  जग्गा हाल भक्तपुर जिल्ला लुभु गा.पं.वा.नं.८ बस्ने सानो कृष्णबहादुर थापाले घर बनाई बसोबास गरी आएको समेत हुँदा विपक्षीले मिलापत्रबाट उल्लिखित जग्गा पाएको भन्ने कतै उल्लेख समेत नभएकोले विपक्षीको फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भक्तबहादुर थापा समेतको संयुक्त प्रतिउत्तरपत्र ।

४.     प्रतिवादी भक्तबहादुरले कि.नं.८३ को ०० मात्र जग्गा पाउने उल्लेख भई अंश मुद्दा मिलापत्र भएकोमा बाँकी ०० जग्गा समेतमा सानु कृष्णबहादुरले घर बनाई बसोबास गरिरहेको भन्ने हुँदा वादी दावी नपुग्नुको साथै प्रतिवादीको समेत जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतबाट मिति २०३८।१२।२।२ मा भएको फैसला ।

५.     शेषपछि बकसपत्रबाट मैले पाएको भन्ने स्पष्ट हुँदाहुँदै पनि वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको फैसला बदर गरी वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादीले बागमती अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।

६.     बकसपत्र समेतको आधारबाट वादीले जग्गा पाएकै र मिलापत्र बमोजिम प्रतिवादीले ०० मात्र जग्गा पाएपछि बाँकी ०० जग्गामा प्रतिवादीले वादी दावी बमोजिम खिचोला गरेको नठहर्‍याएको शुरुको फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट मिति २०३९।८।१८।६ मा भएको फैसला ।

७.     पिताजीले नै मेरो नाउँमा दर्ता रहेको कारणले गर्दा तायदातीमा समेत मैले खान पाउने लेखिएको जग्गा विपक्षीको ठहर्‍याएको इन्साफ अ.बं.८५ नं. ज.मि.को १८ नं. तथा अ.बं.१८२ नं. समेतको सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि हुने गरी गरेको बागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको परेको निवेदनमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को प्रश्नमा विवाद रहित कानूनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति ०४१।३।२०।३ मा भएको आदेश ।

८.     मिति २०१६।१२।२४ को बकसपत्रबाट पनि उक्त कि.नं.८३ को जग्गा पुनरावेदकका नाउँमा कायम हुनआएको जग्गा रोपनी ०० बाहेकको बाँकी जग्गा रोपनी ०० जग्गा विपक्षी टंकबहादुरकै हकभोगमा रहेको सम्झनु पर्ने हुँदा वादी दावी बमोजिमको ०० जग्गा प्रतिवादीले खिचोला गरेको भई सो जग्गा वादीका नाउँमा कित्ताकाट गरी नामसारी दर्ता हुने ठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।३।१८ को फैसला ।

९.     दर्ता श्रेस्ता जग्गाधनी प्रमाण पूर्जाबाट ०० जग्गा हाम्रो हक भोग हुनआएको प्रष्ट रुपले देखिँदा देखिँदै पनि लिखत भएको जग्गामा साविक एउटा बकाईको आधार र उक्त ०० जग्गा कसैको नाउँमा नदेखिएकोले विपक्ष टंकबहादुरकै नाममा देखिन्छ भन्ने म.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको निवेदनपत्र ।

१०.     प्रस्तुत विवादमा साविकमा ०० जग्गा भएकोमा मिलापत्रबाट भक्तबहादुरले ०० पाएको देखिन्छ । बाँकी ०० जग्गाको बारेमा केही उल्लेख नभई वादीकै हकको ठहर्‍याउन पक्का प्रमाणको अभावमा प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको म.क्षे.अ.को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ र अ.बं.१८४(क) समेतको त्रुटि गरेको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन बेञ्चको मिति २०४३।५।२५ को आदेश ।

११.     नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवभक्त  प्रधानांगले गर्नु भएको बहस समेत सुनी प्रस्तुत मुद्दामा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो । यसमा कि.नं.८३ को रोपनी ०० को जग्गा विपक्षी मध्येका भक्तबहादुरको नामबाट नाप नक्शा भई निजैको नाउँमा दर्ता रहेको भए तापनि त्यसबाट विपक्षी भक्तबहादुरले उत्तरतर्फको ०० जग्गा पाउने गरी मिलापत्र भएकोले बाँकी ०० जग्गामा शेषपछिको बकसपत्र बमोजिम मेरो हक भएको हुँदा दक्षिणतर्फको ०० जग्गा मेरो नाममा कित्ताकाट गरी मेरो नाममा नामसारी दर्ता समेत गरिपाउँ भन्ने वादी टंकबहादुरको फिराद व्यहोरा देखिन्छ ।

१२.    वादीले आफूले २०१६ सालमा शेषपछिको बकसपत्रबाट पाएको भनी दावा लिएको उक्त विवादीत जग्गाको सम्बन्धमा हेर्दा उक्त कि.नं.८३ को जग्गा साविकमा कि.नं.१०१० मा रहकोे र सो कि.नं.१०१० पनि भक्तबहादुरकै नाममा दर्ता रहेको भन्ने कुरा मिसिल सामेल रहेको जग्गाधनी प्रमाण पूर्जाको नक्कलबाट देखिएको छ भने २०१६ सालमा शेषपछिको बकसपत्र लिएको भनेकोमा सो बकसपत्रबाट बण्डा भई यो यति जग्गा भनी छुट्टिएको पनि छैन ।

१३.    २०२३ सालमा परेको अंश मुद्दामा यस अदालतमा आई २०२८।२।६ मा मिलापत्र गरिँदाका अवस्थामा सो २०१६ सालको शेषपछिको बकसपत्रबाट पाएको भनिएको जग्गाको हकमा सो बकसपत्र बमोजिम छुट्याई लिनु पर्नेमा सो बमोजिम वादीले लिनसकेको पनि देखिएन, शेषपछिको बकसपत्रबाट पाएको जग्ग्गामा बकसपत्र दिनेको शेषपछि आफ्नो हक हुन आएपछि त्यस जग्गालाई दान बकसको ५ नं.बमोजिम निज वादीले आफ्नो कायम गराई लिन समेत सकेको पाइएन । यस स्थितिमा आफ्नो हक प्रति सचेत नरही सुतेर बस्नेलाई अदालतले निजको हक कायम गराई दिन सक्ने स्थिति देखिएन ।

१४.    यस अदालतमा भएको उपरोक्त मिलापत्रको कागजमा कि.नं.८३ को जग्गा कित्ता एक भनी भक्तबहादुरको भागमा परेको पाइन्छ । यसमा कि.नं.८३ को जग्गा मध्ये जनाइएको छैन । यस स्थितिमा अदालतले अहिले आई सो मिलापत्रको मध्ये जनाइए सरह व्याख्या गर्न मिल्ने पनि देखिन आएन ।

१५.    सो कित्ता नं.८३ मा भक्तबहादुरको घर छ भन्ने कुरा अदालतबाट मिति २०३६।५।१२ मा भएको नक्शा समेतबाट देखिएको छ । वादीको बाबु जुद्धबहादुरले २०२७।११।२४।२ मा सर्वोच्च अदालतमा दिएको निवेदनको मिसिल सामेल रहेको फोटोकपीबाट भक्तबहादुरको भागमा परेको जग्गामा भक्तबहादुर कुमालेको नाममा दर्ता छ भनी भनेको देखिन्छ । यदि उक्त जग्गा वादीको दावी अनुरुप नै २०१६।१२।२४ को बकसपत्रले जुद्धबहादुरले वादीलाई बकस दिएको भए निज जुद्धबहादुरले सो निवेदनमा त्यसो भन्नु पर्ने होइन । यस परिस्थितिमा वादी दावीको जग्गा वादीले शेषपछिको मिति २०१६।१२।२४।४ को बकसपत्रबाट पाएको भन्ने कुरा मिति २०२८।२।२६।४ मा मिलापत्रको कागज भइसकेपछि पनि कायम रहेको मान्न नमिल्ने हुँदा वादी दावी पुग्न सक्तैन । वादी दावी बमोजिम खिचोला ठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय त्रुटिपूर्ण हुँदा उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उल्टी हुने ठहरेकाले मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।३।१८ को फैसलाको तपसील खण्डमा उल्लेख गरेबमोजिमको लगत राख्नु परेन । व्यहोरा जनाई लगत कट्टा गर्नु भनी शुरु भक्तपुर जि.अ.मा लेखी पठाउनु....१

पुनरावेदक प्रतिवादी भक्तबहादुर थापाके मध्यमाञ्चल  क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा मिति २०४१।५।४ मा बुझाएको कोर्टफी रु.२१।५० र यस अदालतमा पुनरावेदनको अनुमति पाई पुनरावेदन दर्ता गर्दा मिति २०४३।६।१३ मा राखेको कोर्टफी रु.१।५० समेत जम्मा रु.२३।भराई पाउँ भनी वादीको जेथा देखाई ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त परे कानून बमोजिम भरिभराउ गरी दिनु भनी शुरु भक्तपुर जि.अ.मा लगत दिनु...२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु......३

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल मार्ग १९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु