निर्णय नं. ६७८७ - अंश

नि.नं. ६७८७ ने.का.प. २०५६ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री टोपवहादुर सिंह
संम्वत २०५२ सालको दे.पु.नं. ... २८६४, ३०२१, ३१५१
फैसला मिति : २०५५।११।२४।२
मुद्दाः अंश ।
पुनरावेदक
वादी : का.जि.का.म.न.पा. वडा नं. ३३ वस्ने पशुपतिराज मिश्र
विरुद्ध
प्रत्यर्थी
प्रतिवादी : ऐ.ऐ. वस्ने जगन्नाथ मिश्र समेत
पुनरावेदक
प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ३३ वस्ने जगन्नाथ मिश्र
विरुद्ध
प्रत्यर्थी
वादी : ऐ.ऐ. वस्ने पशुपति राज मिश्र
पुनरावेदक
प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ४ वस्ने लेख कुमारी भन्ने जनक कुमारी मिश्र
विरुद्ध
प्रत्यर्थी
वादी : ऐ.ऐ. वडा नं.. ३३ वस्ने पशुपतिराज मिश्र
§ वादी प्रतिवादी वीच चल सम्पत्ति वण्डा गर्ने गरी २०११।४।१२ मा भएको लिखत पेश भएको र मिति २०११।४।१२ को लिखतलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेको पाइदैन । यस स्थितिमा उक्त मिति २०११।४।११ लाई नै मानो छुटिृएको मिति कायम हुने ।
(प्र.नं. १८)
§ वादी प्रतिवादीहरु समेतबाट पेश भएको तायदातीमा उल्लेखित जग्गा पैतृक सम्पत्ति देखिएको र प्रतिवादीले वण्डा हुनु नपर्ने भनि जिकिर लिए तापनी स्वतन्त्र प्रमाणबाट उक्त सम्पत्ति निजी आर्जनको भई वण्डा नलाग्ने हो भनि पुष्टि गर्न सकेको पाइदैन । तसर्थ प्रेम कुमारले छोडपत्रबाट पाएको जग्गा मध्ये अंश मुद्दा पर्नु अघि अन्यत्र हक हस्तान्तरण भई वांकी रहेको जग्गा र अन्य अंशियार विमला कुमारी मिश्र तथा गोपीप्रसाद मिश्र समेतले पाएको छोडपत्रको जग्गा समेतबाट ३ भागको १ भाग अंश वादीले पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ।
(प्र.नं. १८)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री सिताराम तिवारी र विद्वान अधिवक्ता श्री मनुप्रसाद पौडेल
अवलम्वित नजिर :
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. पिता डिल्लिराजको छोराहरु मध्ये जेठा जगन्नाथ माहिला कुलनाथ र कान्छा म फिरादी समेत ३ अंशियार भएकोमा पिता १९९४ सालमा मृत्यु भएको, कुलनाथको २००६ सालमा मृत्यु भई हक खाने निजको श्रीमती लेख कुमारी भन्ने जनक कुमारी हुन, २०११।४।११।२ मा घरसारमा र लिखत पारीत गरी सो मिति देखि आमा ललित कुमारी म तर्फ वस्नू भई हामीहरु मानो छुटिृई अलग अलग वसी अन्यायी जगन्नाथ १, जनककुमारी १ म फिरादी १ समेत तीन अंशियार छौं । मिति २०११।४।१२ गतेको अघिल्लो दिन सम्मको वण्डा गर्नुपर्ने चल अचल जग्गाको तायदाती फांटवारी लिई ३ भाग मध्ये मेरो एक भाग अंश मलाई छुट्याई दिलाई पाउं भन्ने समेत वादी पशुपति राज मिश्रको फिराद पत्र ।
२. अंशियार मध्ये म जगन्नाथ १ कुलनाथकी श्रीमती जनक कुमारी १, कान्छा भाई विपक्षी वादी १ समेत तीन अंशियार छौं । घर जग्गा वुहारी जनक कुमारीको भोगमा रहेको कुरा विपक्षी स्वीकार्दछौं । मैले पनि आजसम्म अंश लिएको छैन, तीन अंशियार भएकोले मेरो अंश मैले समेत पाउने गरी हक इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी जगन्नाथ मिश्रको प्रतिउत्तर पत्र ।
३. नापीमा घरका मुख्य जेठा जगन्नाथ मिश्रका नाउंमा दर्ता भएको पुख्यौली पुरानो घर भएको जग्गा म तर्फ रौतहटको नौ विगाहा दश कठृा जग्गा र मोहन कुमारीका नाउंमा खरिद भई थपेको घरजग्गा जगन्नाथ मिश्रलाई तथा ज्ञानेश्वर हाल वडा नं. ३३ को घर जग्गा एवं विशालनगर धुम्वाराहीको कि.नं. ३३ को क्षे.फ. १-३-१ ऐ.ऐ.को कि.नं. २४ को क्षे.फ. ४-१५-० जम्मा गरी जम्मा क्षे.फ. ६-७-१ र सगोलबाट रु.२००००। समेत पशुपतिराज मिश्रले लिई अंश भाग लगाई सकेको हुंदा पशुपतिराज मिश्र र जगन्नाथ मिश्रलाई अंश दिन वांकी छैन । छँेरा प्रेम कुमारलाई प्र. मध्येका जगन्नाथले वादीको नाममा नापी भएको जग्गा आफ्ना नाममा लालपुर्जा लिई मिति २०३२।५।१० र २०३२।९।८ मा छोडपत्र गरी दिएपछि प्रेम कुमार मिश्रले मिति २०३२।६।१२ मा सरस्वती देवी श्रेष्ठलाई ०-४-० तथा ऐ. मितिमा शान्तिदेवी वस्नेतलाई ०-४-० राजिनामा रजिष्ट्रेशन पारीत गरी विक्रि गरी दिएको र ०३२।७।११ मा वहिनी सरला र दिदी प्रमिलालाई पनि उपरोक्त जग्गा मध्येबाट वक्सपत्र पारीत गरी दिएकोमा विपक्षीहरुको कुनै ऊजूर वाजुर नपरेबाट वण्डा भइसकेको स्पष्ट हुन्छ । छोरा प्रेम कुमार मिश्र मिति २०३५।२।१२ मा परलोक भएपछि नाती नविन कुमार र म जनक कुमारीको नाममा २०३५।६।२ मा नामसारी गरी भोग तिरो मैले मात्र एकलौटी गरी आएकोले वादीको सगोलको भनाई सांचो देखिदैन, प्रतिवादी मध्येका जगन्नाथ मिश्रले आफ्नो छोरा गोपीप्रसाद मिश्रलाई २०३२।६।२२ मा अंश छोडपत्रको लिखत र पास गरी दिनु भएको र म जनककुमारी तर्फ मिति २०३२।६।१२ मा राजिनामा तथा २०३२।७।११ मा वक्सपत्र दिने व्यहोरा गरेबाट छुटृाछुटैृ आ आफ्नो अंश भाग लिइ घर व्यवहार चलाई आएको स्पष्ट हुन्छ, मैले जानी वुझी राजिखुशीसंग २०११ सालमा मानो छुटिएको लिखत गरी दिएको छैन । २०२८ सालमा सासुको परलोक पछि मात्र अलग अलग मानो छुटिृई अंश लिई वरावर हुंदा २०११ सालमा मानो छुटिृएको हो होइन भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका लेख कुमारी भन्ने जनक कुमारी मिश्रको प्रतिउत्तर पत्र ।
४. वादीले ३ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने व्यहोराको जिल्ला अदालतको मिति २०३८।८।१० को फैसला । २०११।४।११ को घरसारको पास नभएको रजिष्ट्रेशन कागजलाई प्रमाण लिएको मिलेको नदेखिएकोले शुरु फैसला वदर गरी आफ्नो प्रमाण वुझि इन्साफ गर्नु भनि २०३९।६।१३ मा वा.अ.अ. ले शुरु फिर्ता गरेको ऐ. उपर अनुमतिवाट म.क्षे.अ.मा पशुपति मिश्रको पुनरावेदन परी वा.अ.अ. को फैसला म.क्षे.अ.ले वदर गरेको ।
५. प्र. जगन्नाथबाट कुलनाथको छोरा प्रेम कुमार, प्रेम कुमारबाट जनक कुमारी र नविनको नाममा भएको जग्गामा पनि वादी पशुपतिको अंश हक नलाग्ने भन्नु न्यायिक दृष्टिकोण वाट उपयुक्त नभएको कारणले शुरु जिल्ला अदालतले वादी दावी वमोजिम ३ खण्डमा १ खण्ड अंश पाउने ठहर गरेको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको मिति २०४३।८।१० को वा.अ.अ. को फैसला ।
६. रीत नपुर्याई पहिले वदर गरिएको तायदाती कायम गरी सो कै आधारमा नमुना भई अंश पाउने ठहराउन मिल्ने नदेखिंदा शुरुले अंश पाउने ठहराई गरेको फैसला सदर गरेको वा.अ.अं. को फैसला मिलेको नदेखिएकोले दुवै फैसलाहरु वदर गरी दिएको छ कानून वमोजिम जे जो वुझ्नु हेर्नु पर्छ हेरी बुझि पुनः इन्साफ गर्नु भनि शुरु अदालतमा पठाई दिने भनि मिति २०४५।९।२० मा म.क्षे.अ. वाट भएको फैसला अनुसारका जि.अ. मा दर्ता भएको रहेछ ।
७. वादीले यो यस्तो व्यहोराबाट यति अंश वुझेको भनि रीतपूर्वकको कानून मुताविक कुनै लिखत वण्डापत्र भरपाई लगायतका कुनै कागजात प्रमाण पेश गर्न सक्नु पर्नेमा प्रतिवादीले सो गर्न सकेको नदेखिंदा प्रतिवादीहरुबाट वादीले अंश पाउन पर्ने देखिन आयो । तसर्थ कि.नं. २९, ३१ र ३७४ अचल सम्पत्ति जग्गाहरु लगायत अंशको तायदाति फांटवारीमा उल्लेखित अन्य सम्पत्ति समेत मध्येबाट वादी दावी अनुसार प्रतिवादीबाट वादीले भाग अंश छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाण्डौ जिल्ला अदालतको फैसला ।
८. शुरु जिल्ला अदालतले मेरो सम्पुर्ण दावी नपुग्ने गरी मलाई आंशिक रुपमा हराउने गरी गरेको इन्साफमा चित्त वुझेन मेरो फिराद दावी एवं पुनरावेदन जिकिर अनुसार इन्साफ पाउं भन्ने समेत व्यहोराको निज पुनरावेदक वादी पशुपतिराज मिश्रले यस अदालतमा पेश गरेको पुनरावेदन पत्र ।
९. मैले अंश स्वरुप पाएको जग्गा समेत वण्डा लगाउने गरी गरेको शुरु जिल्ला अदालतको फैसला कानून त्रुटिपूर्ण भई वदर भागी भएकोले उक्त फैसला वदर गरी मेरो पुनरावेदन जिकिर अनुसार गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी जनक कुमारी मिश्रले पुनरावेदन अदालतमा पेश गरेको पुनरावेदन पत्र ।
१०. यसमा वादी प्रतिवादी वीच मानो छुटिृएको भनेको मितिमा मुख नमिलेको वण्डा गर्नु नपर्ने भनेको सम्पत्ति सम्वन्धमा पनि शुरुको निर्णय मनासिव नदेखिंदा पुनरावेदन नगर्ने विपक्षीलाई अ.वं. २०२ नं. वमोजिम झिकाई तथा पेट वोलिको जगन्नाथको छोरा गोपीप्रसाद मिश्रलाई पनि अ.वं. १३९ नं. वमोजिम वुझि वयान गराउनु, गोपीप्रसादले अंश छोडपत्र गरी लिएको २०३२।६।१२ को पारीत लिखतको प्रतिलिपी पनि भू.प्र.का. वाट झिकाउनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतवाट भएको आदेश ।
११. वावु जगन्नाथ मिश्रले मलाई अंश छोडपत्र गराई अंश छोडपत्र गरी दिनु भएको ठिक हो र वावु जगन्नाथ मिश्रले धुम्वाराहीको जग्गा मैले नलिने हुनाले तिमीलाई त्यहांबाट अंश दिन्न भन्नु भएकोले उक्त छोडपत्रमा उल्लेखित सम्पत्ति सम्म मैले वुझि लिएको हुं, यदि जगन्नाथ मिश्रले धुम्वाराहीको सम्पत्ति पाउनु हुन्छ भने सो मा मैलेपनि पाउनु पर्छ भन्ने समेत व्यहोराको निज गोपी प्र. मिश्रले पुनरावेदन अदालतमा गरेको वयान ।
१२. विपक्षी अंशियार जगन्नाथको पत्नी विमला मिश्रलाई अ.वं. १३९ नं. वमोजिम वुझ्ने भन्ने यस अदालतबाट भएको वादी र प्रतिवादी अंशियार हुन र वादी प्रतिवादी वीच अंशवण्डा भएकोे छैन । मैले मेरो श्रीमानले वक्स पाएको जग्गाबाट मात्र अंश पाएको छु, सगोलको सम्पत्तिबाट पाएको छैन । विवादित घर जग्गाबाट मैले अंश पाएको छैन । मेरो माहिलो सौता मोहन कुमारीको घर जग्गा र निज तर्फकै छोरा गोपीप्रसाद मिश्रले वावु जगन्नाथ मिश्रलाई वस्नको लागि पूर्वतर्फको एक लङ छोडपत्र गरी दिएका थिए । त्यहि घर मध्ये मलाई पनि दिनु भएको हो भन्ने समेत व्यहोराको विमला कुमारी मिश्रले पुनरावेदन अदालतमा गरेको वयान ।
१३. यसमा २०११।४।११ लाई मानो छुटिृएको मिति कायम गरी अंशको तायदाती फांटवारी वादी प्रतिवादीबाट पेश भएको र तायदातीमा उल्लेख गरेको सम्पत्ति वण्डा लगाउनु नपर्ने भन्ने जिकिर लिएतापनि सोको कुनै विवाद रहित स्वतन्त्र आधार प्रमाण प्रतिवादीले पेश गर्न सकेको नदेखिएबाट उक्त सम्पत्तिको वण्डा लाग्ने नै देखियो । त्यस्तै प्रेम कुमारले छोडपत्रबाट पाएको जग्गा मध्ये प्रस्तुत अंश मुद्दा पर्नु अघि अन्यत्र हक हस्तान्तरण भए गरेको जग्गालाई समेत वण्डा गर्ने गरेको शुरुको फैसला मिलेको देखिएन । साथै प्रतिवादी मध्येका जगन्नाथले खड्ग निशानाबाट प्राप्त गरेको जग्गा मध्येबाट गोपीप्रसाद मिश्र र विमला मिश्रलाई दिएको जग्गा समेतमा वादी समेतको अंश हक लाग्ने भई निजहरुले पाएको जग्गा समेतमा वादी समेतको अंशहक लाग्ने भई निजहरुले पाएको जग्गा समेत वण्डा गर्नुपर्नेमा सो नगरी रौतहट जिल्लाको प्रतिवादी जगन्नाथ मिश्रको नाउंका कि.नं. ३७४ का ज.वि. १-७-१० मात्र वण्डा गरी दिने गरेको शुरुको निर्णय मिलेको देखिएन । तसर्थ प्रेमकुमारले छोडपत्रवाट पाएको जग्गा मध्ये प्रस्तुत अंश मुद्दा पर्नु अघि अन्यत्र हक हस्तान्तरण भई वांकी रहेको जग्गा र अन्य अंशियार विमला कुमारी मिश्र तथा गोपीप्रसाद मिश्र समेतले पाएको छोडपत्रको जग्गा समेतबाट ३ भागको १ भाग अंश वादीले पाउनेमा विमला कुमारी तथा गोपीप्रसाद मिश्रको नाउंको जग्गाबाट वण्डा नलाग्ने गरेको र प्रेम कुमारको छोडपत्रको जग्गा मध्ये अन्यत्र हक हस्तान्तरण भइसकेको जग्गाबाट समेत वण्डा गर्ने गरेका सम्म शुरु जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा सो हदसम्म शुरुको फैसला केहि उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।
१४. यसमा प्रतिवादी जगन्नाथले प्रतिवादी जनक कुमारीको छोरा प्रेम कुमार मिश्रलाई मिति २०३२।५।१० समेतमा छोडपत्र गरि दिएको र उक्त प्रेम कुमारले प्राप्त गरेको छोडपत्रमा उल्लेख भएको सम्पत्तिमा मेरो समेतको अंश हक सन्निहित रहेको भन्ने कुरा स्थापित र प्रमाणित हुंदा हुदै जालसाजी ठहर नगरेको सम्वन्धमा आजै जालसाजी मुद्दामा पुनरावेदन गरेको हुंदा प्रस्तुत पुनरावेदनको अभिन्न अंग मानी प्रेम कुमारले अन्य व्यक्तिहरुलाई पनि हक हस्तान्तरण गरेको भन्ने तथ्य म पुनरावेदकलाई जानकारी नभएको स्थितिमा उक्त कित्ताहरुको अंश हक म पुनरावेदकलाई वन्चित गर्नु न्यायसंगत हुंदैन । म पुनरावेदकले प्रेम कुमारले कथित छोडपत्रबाट लिएको सवै जग्गाबाट अंश पाउनु पर्ने निर्वाध कानूनी हक रहेको हुंदा प्रेम कुमारबाट लिखत गरी दिने व्यक्तिहरुलाई पनि वुझि पुनरावेदन अदालतको उक्त ठहरको अंश त्रुटिपूर्ण हुंदा वदर गरी शुरु का.जि.अ.को फैसला सदर गरी पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१५. यसमा रौतहट जिल्लाको जग्गा पिता पुर्खाको पालाको नभई मैले खड्ग निशानाबाट प्राप्त गरेको मेरो स्वआर्जनको निजी सम्पत्ति हो भन्ने कुरा पुनरावेदन अदालतको फैसला समेतबाट प्रष्ट भएको हुंदा मुलुकी ऐन अंशवण्डाको महलको १९(२) नं. र लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्था वमोजिम उक्त जग्गा मैले आफू खुशी गर्न पाउने मेरो निजी सम्पत्ति हुंदा मैले कानून वमोजिम विमला कुमारी मिश्र र गोपीप्रसाद मिश्रलाई प्रस्तुत मुद्दा पर्नु अगावै अंश वापत छोडपत्र लिखत पारीत गरी दिई कानून वमोजिम निजहरुका नाममा दर्ता भई निजहरुले अविछिन्नरुपमा भोगचलन गरी आएको जग्गा हुंदा उक्त जग्गामा वादीको अंश हक नलाग्ने प्रष्ट कानूनी व्यवस्था हुंदा हुंदै उक्त जग्गा समेतबाट वादीले तिन भागको एक भाग अंश पाउने ठहर्याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । मरी निजी आर्जनको सम्पत्तिवाट छोडपत्र पारीत गरी दिएको उक्त जग्गाबाट कुन कानूनको आधारमा वादीले एक भाग अंश पाउने हो सो कुरा पुनरावेदन अदालतको फैसलामा उल्लेख भएको नहुंदा कानूनी प्रमाण वेगर उक्त जग्गाबाट समेत वादीले एक भाग अंश पाउने ठहर्याई गरेको पुनरावेदन अदालतको फैसला सो हद सम्म उल्टाई वदर गरी गोपीप्रसाद र विमला कुमारीका नाममा दर्ता रहेको जग्गा वाहेक र म प्रतिवादी जगन्नाथ मिश्रका नाममा दर्ता कायम रहेको रौतहट जिल्लाको कि.नं. ३७४ को जग्गाबाट मात्र ३ भागको एक भाग वादीले अंश पाउने ठहर्याएको शुरुको फैसला सदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१६. मिति २०११।४।११ को रीत नपुगेको कागजको आधारमा उक्त मितिलाई मानु छुटिृएको मिति कायम गरेको त्रुटीपूर्ण छ । उक्त कागज मेरो विरुद्ध प्रमाणमा लाग्न सक्दैन । विपक्षी पशुपति राजको नाममा नापीको जग्गा आफ्नो नाममा कायम गराएपछि जगन्नाथ मिश्रले मिति २०३२।५।१० समेतमा रीतपूर्वकको छोडपत्रको कागज गरी मेरो छँेरा प्रेम कुमार मिश्रलाई अंश भागमा दिनु भएको जुन कुरालाई विपक्षीले समेत स्वीकार गरी उक्त लिखतहरुलाई वदर गराउन सक्नु भएको छैन । यसरी मेरो छोराले आफ्नो अंश भाग प्राप्त गरेपछि उक्त कि.नं.. ३१ को जग्गा मध्येबाट विभिन्न मितिमा विभिन्न व्यक्तिलाई लिखत गरी दिएको पनि विपक्षीले ऊजूर वाजुर नगरी स्विकार गरी वस्नू भएको छ । व्यवहार प्रमाणबाट म मिति २०३२।५।१० मा अंश भाग पाई छुटृी सकेको छु । प्रस्तुत अंश मुद्दा पर्नु अघि नै अर्थात छोरा प्रेम कुमार २०३५।२।१२ मा परलोक भएपछि निजको नाममा दर्ता रहेको जग्गा म प्रतिवादी पुनरावेदक तथा नावालक नविनकुमारको नाममा नामसारी भई आएको जग्गा मध्येबाटै विभिन्न व्यक्तिलाई हालैको वक्सपत्र पारीत गरी दिई तदनुसार कित्ताकाट हक हस्तान्तरण भई सो लाई विपक्षीले स्वीकार गर्नु भएको हुंदा आफ्ना जिम्मा नै नरहेको कित्ताकाट भई अरुलाई हक हस्तान्तरण भई किताकाट भएको जग्गाबाट ३ भागको १ भाग वादीले छुट्याउन पाउने गरी मलाई आंशिक हराई गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी लेख कुमारी भन्ने जनक कुमारी मिश्रको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१७. नियम वमोजिम पेशी सुचिमा चढी आज निर्णय सुनाउनका लागि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले २०११ सालको मानो छुटिृएको मिति पारीत भएको हुंदा सोही मिति कायम हुनु पर्दछ । प्रेमकुमारले प्राप्त गरेको छोडपत्रमा उल्लेख भएको सम्पत्तिमा मेरो समेतको अंश हक सन्निहित रहेको छ भन्ने कुरा स्थापित र प्रमाणित हुंदाहुंदै उक्त कित्ताहरुको अंश हकवाट मलाई वन्चित गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी उक्त जग्गाबाट समेत अंश पाउनु पर्छ भनि र पुनरावेदक प्रत्यर्थी प्रतिवादी लेखकुमारी भन्ने जनक कुमारी मिश्रका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सिताराम तिवारीले फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम हुनु पर्ने र विपक्षी पशुपति राजको नाममा कायम भएको जग्गा २०३२।५।१० समेतमा रीतपूर्वकको छोडपत्रको कागज पारीत गरी मेरो छोरा प्रेम कुमार मिश्रलाई अंश भाग दिनु भएको छ, जुन कुरालाई विपक्षीले समेत स्विकार गरी उक्त लिखतलाई वदर गराउन समेत सक्नु भएको छैन । आफ्नो अंश हकबाट प्राप्त जग्गा विभिन्न व्यक्तिहरुलाई लिखत पारीत गरी दिएको हुंदा त्यो लिखतलाई विपक्षीले समेत स्वीकार गरेको हुंदा आफ्नो जिम्मामा नै नरहेको कित्ताकाट भई हस्तान्तरण समेत भइसकेको जग्गाबाट वादीले अंश छुट्याउन पाउने भनि गरेको पु.वे.अ. को फैसला त्रुटिपूर्ण हुंदा वदर गरीनु पर्छ भनि र पुनरावेदक प्रत्यर्थी र प्रतिवादी जगन्नाथ मिश्रका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मनुप्रसाद पौडेलले रौतहट जिल्लाको जग्गा जगन्नाथ मिश्रले खड्ग निसानबाट प्राप्त गरेको स्वआर्जनको भएको र त्यस्तो स्वआर्जनको जग्गा र निजले नै विमला कुमारी र गोपीप्रसादलाई अंश वापत छोडपत्र लिखत पारीत गरी दिएको जग्गामा समेत वाट वादीले अंश पाउने ठहर्याएको फैसला त्रुटीपूर्ण हुंदा वदर गरिनु पर्छ भनि गर्नु भएको वहस समेत सुनी र पेश भएको वहस नोट समेत अध्ययन गरी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भनि निर्णय दिनु पर्ने देखियो ।
१८. निर्णय तर्फ विचार गर्दा यसमा प्रतिवादीहरुबाट अंश नपाएकोले अंश दिलाई पाउं भन्ने वादीको दावी भएको र २०२८ सालमा नै अंशवण्डा गरी सकेकोले अंश दिनुपर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकिर रहेको पाइन्छ । मिसिल प्रमाणबाट वादी प्रतिवादीहरु वीच २०२८ सालमै अंशवण्डा भइसकेको भन्ने पुष्टी हुदैन भने अ.वं. १३९ वमोजिम वुझिएका विमला कुमारी मिश्र र गोपीप्रसाद मिश्रले वयान गर्दा वादी र प्रतिवादी अंशियार रहे भएको र वादी प्रतिवादी वीच अंशवण्डा नभएको भनि वयान गरेको देखिन्छ । वादी प्रतिवादी वीच चल सम्पत्ति वण्डा गर्ने गरी २०११।४।१२ मा भएको लिखत पेश भएको र मिति २०११।४।१२ को लिखतलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेको पाइदैन । यस स्थितिमा उक्त मिति २०११।४।११ लाई नै मानो छुटिृएको मिति कायम हुने देखिन्छ । वादी प्रतिवादीबाट पेश भएको फांटवारीमा उल्लेखित कि.नं. २९ को जग्गा प्रतिवादी मध्येका जगन्नाथ मिश्रले भतिजा नाता पर्ने प्रेम कुमार मिश्रलाई मिति २०३२।९।८ समेतमा छोडपत्र गरी दिएको र प्रेम कुमारले छोडपत्रबाट पाएको जग्गा मध्येबाट प्रस्तुत अंश मुद्दा पर्नु अगावै विभिन्न व्यक्तिलाई छुट्टा छुट्टै रुपमा लिखत पारीत गरी हक हस्तान्तरण गरी दिएको देखिन्छ । प्रेमकुमारले पाएको जग्गा मध्येबाट अन्य व्यक्तिलाई हक हस्तान्तरण गरी दिए उपर वादीले म्यादभित्र दावी ऊजूर गर्न सकेको देखिदैन । प्रतिवादी मध्येका जगन्नाथ मिश्रले आफ्ना छोरा गोपीप्रसाद मिश्र र श्रीमती विमला मिश्रलाई दिएको जग्गा समेतमा पुनरावेदक वादीको अंश हक निहित रहेको हुंदा निजहरुका नाममा रहेको जग्गा वण्डा लाग्नु पर्ने होइन भन्न मिल्ने देखिएन । वादी प्रतिवादीहरु समेतबाट पेश भएको तायदातीमा उल्लेखित जग्गा पैतृक सम्पत्ति देखिएको र प्रतिवादीले वण्डा हुनु नपर्ने भनि जिकिर लिएतापनि स्वतन्त्र प्रमाणबाट उक्त सम्पत्ति निजी आर्जनको भई वण्डा नलाग्ने हो भनि पुष्टि गर्न सकेको पाइदैन । तसर्थ प्रेम कुमारले छोडपत्रबाट पाएको जग्गा मध्ये अंश मुद्दा पर्नु अघि अन्यत्र हक हस्तान्तरण भई वांकी रहेको जग्गा र अन्य अंशियार विमला कुमारी मिश्र तथा गोपीप्रसाद मिश्र समेतले पाएको छोडपत्रको जग्गा समेतबाट ३ भागको १ भाग अंश वादीले पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहर्छ । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. टोपवहादुर सिंह
इति संवत् २०५५ साल फाल्गूण २४ गते रोज २ शुभम् ............................................ ।