निर्णय नं. ११ - जग्गा हटक

निर्णय नं. ११ ने.का.प. २०१५
(धनकुटा अपील ऊपर)
डिभिजनबेञ्च
प्रधान न्यायाधीश श्री अनिरूद्धप्रसाद सिंह
न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री
दे.अ.डि.नं.१४५
अपिलाट : मनोरथ उपाध्याय
विरूद्ध
रेस्पोन्डेन्ट : विष्णुप्रसाद उपाध्याय समेत
मुद्दा : जग्गा हटक
(१) पञ्चायती अदालत ऐनको दफा ४६–हद माथिको मुद्दा अदालतमा बुझाउन पर्ने–ऐन बमोजिम बुझाएको मुद्दा अदालतले हेरी छिन्न पाउने । पञ्चायती अदालत ऐनको ४६ ख.दफामा हद माथीको मुद्दा भएबाट पंचायतमा दर्ता भएको देखिए पछि सो मिसिल अदालत अमिनीमा बुझाउनु भन्ने लेखिएकोले सो बमोजिम बुझाएको मुद्दा अदालतले हेरी छिन्न पाउने हुँदा खोरज गर्ने गरेको धनकुटा अपीलको गल्ती ठहराए तर्फ सर्वोच्च अदालत सिंगलबेञ्चको राय मुनासिव छ ।
(प्रकरण नं. ९)
(२) आखिरी तह सम्म आई सकेको मुद्दामा कुन मुद्दा फिर्ता पठाउने र क कस्तोको इन्साफ आखिरी तहबाटै गर्नु पर्ने ।
शुरू अदालत र अपील समेत दुवै अड्डाले इन्साफ हारजीतको ठहर नगरी हदम्याद नाघेको वा रीत अंग पुगेको भन्ने समेत मुद्दामा अंग पुर्याउने कार्यवाही केही नगरी खोरज गरेका मुद्दा जति माथिल्लो तहबाट सवै अंग पुर्याउने कारवाई गर्नु पर्दा साक्षी सबुद प्रमाण झिक्न बुझ्न समेत टाढा असुबिधा पर्ने र एक तहसम्मबाट पनि इन्साफ हुन नपाएकोमा शुरू ठहर इन्साफै अखिरी माथिल्लो तहबाट हुन जांदा अपील गरी इन्साफ जंचाउने १ तहसम्म पनि नपाउने हुन जाने हुनाले त्यस्तो अवस्थामा अंग पुर्याई तहकिकात गर्न पठाउन आवश्यकै देखिने र सो बाहेक माल गोश्वारा समेतले ऐन सवालले हेर्न छिन्न अख्तियार नभएको मुद्दा हेरी छिनेको प्रस्तुत मुद्दा नभई पंचायतमा नालिश दायर भए पनि कारवाईबाट हद माथिको मुद्दा हुन आएकोले अदालतमा सारी अदालतबाट प्रस्तुत मुद्दा फैसाला भएको देखिएको । शुरू वा अपील १ तहबाट हारजीतको टुड्डो लगाई छिनेको एक अड्डाले इन्साफ गर्न नपर्ने भनी खारेज गरेको प्रस्तुत मुद्दामा अपील परी आएकोले फेरी तहकिकात गरी छिन्नु भनी फिर्ता पठाउने गर्दा आखिर तहसम्म आई सकेको मिसिल फिर्ता गई तह तह चढी फेरी आखिरी तहमा आउनपरी मुद्दावालालाई धेरै दुख हुने र त्यस्तो अवस्थाको मुद्दा माथिल्लै तहबाट छिनी दिएमा कानूनी बाधा समेत नपरी जनतालाई सुविस्ता हुने देखिएको ।
(प्रकरण नं. ९)
(३) लिखितको कागजमा हस्ताक्षर कीर्ते भनी बयानगरेमा– लिनु दिनु गरेको जग्गाको ४ किल्ला पनि नखुलेमा – कागज लेखिएको मसी र सही गरेको मसी फरक देखिएमा – पुछारमा कारणीको ल्याप्चे र लिखतको सही नभएकोमा – साक्षीले पनि लिफामा लेखेको हुँ भनी बयानगरेमा – मौकैमा कागज भई लिनु दिनु गरी साक्षीका सामुन्ने कारणीले सहीछाप गरेको भन्ने नदेखिएकोले – जालसाजी राजीनामा खडा गरेको ठहर्छ ।
हस्ताक्षर कीर्ते भन्नेसमेत वादी मनोरथले बयान गरेको । निज मनोरथले विष्णुप्रसादलाई २०००।१०।४ मा गरी दिएको भनेको रू.९९। को लिखतमा लिनु दिनु गरेको जग्गाको ४ किल्ला पनि नखुलेको, लिखितम् निर दुई ल्याप्चे र लिखतको सही भएकोमा सो कागजमा लेखिएको अरू मसी र सही गरेको मसी एकै नभई फरक मसी देखिएको, पुछारमा कारणीको ल्याप्चे र लिखत सही समेत नभएको । लिखतको साक्षी हुने बलवहादुरले बयानमा लिफामा लेखेको हुँ । साक्षीको सही समेत मैले गराएको होईन भन्ने र मैले गरी दिए हुन्छ भनी मनोरथले भनेकोबाट मैले सही गरेको हुँ भनी किनाराको साक्षीले बयान गरेको देखिनाले मौकैमा कागज भई रूपैयाँ लिनु दिनु गरी साक्षीका सामुनेमा कारणी मनोरथले सहीछाप गरेको भन्ने नदेखिने । साक्षीले सहीछाप गरेको ल्याप्चे सहीको आकार सम्म भएकोबाट रूपैयाँ लिए दिएको सच्चा व्यवहार भए त्यस किसिमको कागज हुन नपर्ने हुनाले समेत सो लिखत सद्दे साँचो रहेछ भन्न नभई लिफाबाट राजीनामा खडा गरेको रहेछ भन्ने प्रष्टै देखिन आएकोले वादीको ल्याप्चे सही गराई लिएको लिफाबाट प्रतिवादी विष्णुप्रसादले जालसाजी राजीनामा खडा गरेको र १९८४।११।२ गतेको वादी प्रतिवादीको बण्डापत्र सद्दे साँचो ठहर्याई शुरू पूर्व ४ नं. भोजपुर अदालतले छिनेको इन्साफ मुनासिव छ ।
(प्रकरण नं. ९)
फैसला
१. यसमा अन्यायी बिष्णुप्रसाद जेठा छोरा र कान्छा हरिप्रसाद भई ८४।११।२ मा प्र. विष्णु प्रसादले पाउने अंशबण्डा लिई बाबुको अंश ज्युनी आमाको पेवा जुन भाईले पालन गर्छ उसै भाईले खानु भन्नेसमेत भरपाई गरी दिएकोमा बडारे पल्लो छेउ कैदले छेउ भन्ने गरेको रैकर खेतहरूमा ११ साल आषाढ २६ गते रोप्न तैयार पारेको बखत अन्यायीहरूले जबरदस्ती रोपाई गरेकाले सो भरपाई बमोजिम निज विष्णुप्रसादको हक नलाग्ने हुँदा सो जग्गामा निजको दाबी छुटाई पाउँ भन्ने समेत ११।४।५ को मनोरथ उपाध्याको फिरादपत्र ।
२. सो जग्गा अघि देखि प्र. विष्णुप्रसादबाटै रामचन्द्र कस्कुमानहरूले अधिया कमाएका र ११ सालको बाली मैले कबुलियत गरी कमाएकोले वादीको हकको जग्गा होइन भन्ने समेत चन्द्रप्रसादको र २००० साल माघ ४ गतेमा बाबाको भाग समेत कं. रू. ९९ मबाट लिई मलाई नै राजीनामा दिनु भएकाले मैले नै भोगी खाएको छु । वादीमा लेख्नु भएको ४ किल्ला भित्रमा पिताजीले भानुभक्त जिम्माको चक्रमानको खेत र बाँझो चौर देखि पूर्व देबनारायणको खेत देखि पश्चिम खोलसी दक्षिण चक्रमानका खेत उत्तरमा छ । वादी बाबाज्यूबाट बेचबिखन गर्न नपाउने बन्दोबस्तबाट भोग्नु भएको छ । वादीको पूर्व पट्टि किल्लामा ९ गरा खेत वारपार कैदले पट्टीको जग्गा पारी किल्ला हाल्नु भएछ । सो झुठ्ठा हो । मैले आमाको पेवा धारे खेतमा उजुर ग¥यो भन्ने रीस इबीबाट झुठ्ठा नालिस दिनुभएको हो भन्ने समेत प्र. विष्णु प्रसादसमेतको एउटै प्रतिवादी ।
३. प्र. विष्णुप्रसादले दाखिल गरेको मबाट लिए भनेको राजीनामा किर्ते हो भन्ने समेत मनोरथको र वादीले दाखिल गरेको बण्डापत्र समेत मैले गरी नदिएको हुँदा किर्र्ते जालसाजी हो भन्ने समेत प्र. विष्णुप्रसादको बयान ।
४. बाबुले राजीनामा दिएकोले सो २००० साल देखि वादीको भाग पनि मै खांदै छु भन्ने सम्म प्रतिवादीमा लेखी सो तमसुक हेर्दा २ मुरीसम्म माटो जनिई किल्ला तीरो समेत नखुली रीतपूर्वकको तमसुक र देखिएकोमा पनि सो तमसुक पंचायतबाट सद्दे किर्र्तेमा सुनाउँदा अघि लिफा लिई राखेकोले जालसाजबाट सो लिफामा लेखेको भनी बयान गरेको र तमसुकको लेख्ने साक्षी बुझिदा पनि खास लिफामा लेखेको भनी साविती बयान भई आखिर सो सक्कलै तमसुक हेर्दा कारणीको ठाउँमा लिखत सही बेगल मसी र वादीको अक्षर भिडाउँदा पनि भिड्न नआएको र खुशी राजीले तमसुक गरी दिएको भए अवश्य किल्ला पोत नभएबाट सो जग्गाको हकमा प्रतिवादीहरूले कचिंगल गरेकै ठहर्ने र वादीका पूर्व किल्लामा ९ गरा वारपार कैदले पट्टीको जग्गा पारी बाबु मनोरथले किल्ला हाल्नु भए छ भन्ने प्रतीवादी लेखाईलाई सो कैदले भन्ने जग्गा कस्को हकको कति माटा तिरोको हो ? जिम्मा को हो ? सो खुल्न आएको नदेखिएकोले आफ्नो हकको जग्गा घुसेको भए म्याद भित्र रीतपूर्वकको उजुरी दिन पाउने भई उजुर पर्न आएमा ठहरे बमोजिम हुने । अब बण्डापत्र भरपाई जालसाज हो भन्ने प्र. विष्णु प्रसाद, सद्दे हो भन्ने वादी भई बुझिएको लिखतका साक्षीहरूले पनि सद्दे हो भनेका र अक्षर रूप समेत भिड्न आएकोले समेत जालसाज किर्ते खडा गरे भन्ने विष्णुप्रसादको अनपत्यार कुरा देखिएकोबाट किर्ते भनी झुठ्ठा बयान गरेको ठहर्छ भन्ने समेत पू. ४ नं. भोजपुर अदालतको १२।१।२ को फैसला ।
५. सो पूर्व ४ नं. भोजपुर अदालतले गरेको इन्साफमा चित्त बुझेन । हामीले जालसाज गरेको छैन भन्ने समेत प्र. विष्णुप्रसाद र तमसुकको साक्षी सहस्रमान राई समेतको अपील ।
६. यो मुद्दा पंचायतले नालिश लिई सद्दे किर्र्ते तहकिकात गर्ने बयान समेतको कारवाई गरी अदालतमा पठाएको देखिएको । किर्र्ते तर्फ रू. २५ देखि बढी दण्ड हुने मुद्दा पंचायतले हेर्न कारवाई गर्न नपाउने भई अदालतमा नालिश दिन जानु भनी सुनाई दिनु पर्नेमा शुरूले पंचायतको ऐन सर्वोच्च अदालतबाट भएको १३।५।२५ को तोक सदरले सदर मात्र नहुने हुँदा सो कारवाई फैसला बदर हुन्छ । अब ३५ दिन भित्र चित्त नबुझे इलाका अदालतमा नालिश गर्नु भनी वादीलाई सुनाई दिने भन्ने समेत १३।१२।६ को धनकुटा अपीलको फैसला ।
७. पंचायतमा कारवाई भए गरे तापनि । सद्दे किर्ते बयान भएपछि हद माथीको देखी अदालतमा पठाई अदालतबाट फैसला भएको भए पछि खारिज गर्न नहुनेमा म ७० बर्ष को बृद्ध बूढो मानिसलाई मर्का पारी अन्याय फैसला गरेकाले सो धनकुटा अपीलको फैसला बदर गरी शुरू पूर्व ४ नं. भोजपुर अदालतको इन्साफ फैसला सदर गरी मेरो फिरादमा लेखेका जग्गाहरू मेरै सदर गरी पाउँ भन्ने समेत वादी मनोरथ उपाध्याको अपीलपत्र ।
८. पञ्चायती अदालतको ऐनको ४६ दफाले अदालतमा मुद्दा सार्न हुने हुनाले सो फिरादपत्रबाट कारवाई गर्न हुँदैन । खारिज हुन्छ भनी अपीलले ठहराएको ऐन विरूद्व हुनाले अब जम्मै फिरादको मिसिलबाट ऐन बमोजिम गर्नु भनी मिसिल धनकुट्टा अपीलमा पठाउनु पर्ने देखी अपीलसँग राय नमिलेकोले नियमबमोजिम झगडिया झिकाई डिभिजनबेञ्चमा पेश गर्नु भन्ने समेत १४।६।३०।४ को सिंगलबेञ्चको राय आदेश ।
९. उक्त सिंगलबेञ्चका राय आदेश बमोजिम छलफलमा झिकाई आएको प्र. विष्णुप्रसाद उपाध्यायको वारिस टीकाप्रसाद उपाध्याय समेतलाई रोहबरमा राखी अपीलद्वारा पेश हुन आएको यो मुद्दा बुझ्दा पंचायतमा दायर भएको पंचायती अदालत ऐनले पंचायतबाट फैसला गर्न नहुने हदमाथीको मुद्दाको मिसिल अदालतमा सारी उसै मिसिलबाट इन्साफ गर्न नहुने भन्ने सर्वोच्च अदालतबाट लेखि आएको भनी धनकुटा अपीलको फैसलामा लेखिएको । उक्त विषय परिपत्र गएको निर्णयमा वादी लेखाईबाट हदमुनी भई पंचायतमा दायर भए पछि अरू कारवाईबाट हदमाथी हुन आएको । छिन्न बाँकी छँदै अदालतमा बुझाएको यस किसिमको मिसिल सम्बन्धको कुरा निर्णय भएको नभई हद भन्दा माथिको मुद्दालाई निस्सा नभए अदालतले नालिश नलिने र नलिनु भन्ने कतै नलेखिएकोले लिन बाधा नपर्ने । हेर्ने हदमाथीको मिले मिलापत्र गराउन हुने मुद्दा जतिको उजुरै नलिनु भन्ने नलेखिएको भए पछि झगडिया नमिली अदालतमा पठाउन परेमा त्यस्तो उजुर नालिश खारिज गरी सो ऐनबमोजिमको पूर्जिसम्म पंचायतले पठाउनु पर्छ । कारवाई समेत गरी मिसिलै पठाउने होइन भन्ने १३।५।१८ मा स्टैडिंग कमिटीबाट निर्णय भई सो बमोजिम लेखी गएको देखिएको । पंचायती अदालती ऐनको ४६ ख. दफामा हदमाथीको मुद्दा भएबाट पंचायतमा दर्ता भएको देखिए पछि सो मिसिल अदालत अमिनीमा बुझाउनु भन्ने लेखिएकोले सो ऐन बमोजिम बुझाएको मुद्दा अदालतले हेरी छिन्न पाउने हुँदा खारिज गर्ने गरेको धनकुटा अपीलको गल्ती ठहराए तर्फ सर्वोच्च अदालत सिंगलबेञ्चको राय मुनासिव छ । मुद्दा खारिज नहुने भएबाट अब इन्साफ गर्न फेरी धनकुटा अपीलमै मिसिल फिर्ता गर्ने भनी सिंगलबेञ्चबाट राय भएको हकमा शुरू अदालत र अपील समेत दुवै अड्डाले इन्साफले हार जीतको ठहर नगरी हदम्याद नाघेको वा रीत अंग पुर्याउने कारवाई गर्नु पर्दा साक्षी सवूत प्रमण झिक्न बुझन समेत टाढा असुविधा पर्ने र एकतह सम्मबाट पनि इन्साफ हुन नपाएकोमा शुरू ठहर इन्साफै आखिरी माथिल्लो तहबाट हुन जाँदा अपील गरी इन्साफ जँचाउने तहसम्म पनि नपाउने हुन जाने हुनाले त्यस्तो अवस्थामा अंग पुर्याई तहकिकात गर्न पठाउन आवश्यकै देखिने र सो बाहेक माल गोश्वारा समेतले ऐन सवालले हेर्न छिन्न अख्तियार नभएको मुद्दा हेरी छिनेको प्रस्तुत मुद्दा नभई पंचायतमा नालिश दायर भए पछि कारवाईबाट हदमाथीको मुद्दा हुन आएकोले अदालतमा सारी अदालतबाट मुद्दा फैसला भएको देखिएको । शुरू वा अपील १ तहबाट हारजीतको टुंगो लगाई छिनेको एक अड्डाले इन्साफ गर्न नपर्ने भनी खारिज गरेको प्रस्तुत मुद्दामा अपील परी आएकोले फेरी तहकिकात गरी छिन्नु भनी फिर्ता पठाउने गर्दा आखिर तहसम्म आई सकेको मिसिल फिर्ता गई तहतह चढी फेरी आखिरी तहमा आउन परी मुद्दावालाई धेरै दुख हुने र त्यस्तो अवस्थाको मुद्दा माथिल्लै तहबाट छिनी दिएमा कानूनी बाधा समेत नपरी जनतालाई सुविस्ता हुने देखिएकोले इन्साफ तर्फ बिचार गर्दा, मुद्दाहरूमा चाहिन्छ भनी ल्याप्चे सही छाप गराई लिएको लिफामा राजीनामा खडा गरेको हो । मैले राजीनामा गरी दिएको होइन । हस्ताक्षर किर्र्ते भन्ने समेत वादी मनोरथले बयान गरेको । निज मनोरथले विष्णुप्रसादलाई २०००।१०।४ मा गरी दिएको भनेको रू. ९९ को लिखतमा लिनु दिनु गरेको जग्गाको ४ किल्ला पनि नखुलेको, लिखितम् निर दुई ल्याप्चे र लिखतको सही भएकोमा सो कागजमा लेखिएको अरू मसी र सही गरेको मसी एकै नभई फरक मसी देखिएको । पुछारमा कारणीको ल्याप्चे र लिखतको सही समेत नभएको । लिखतको साक्षी हुने बलबहादुरले बयानमा लिफामा लेखेको हुँ । साक्षीको सहीसमेत मैले गराएको होइन भन्ने र मैले सही गरी दिए हुन्छ भनी मनोरथले भनेको । मैले सही गरेको हुँ भनी किनाराको साक्षीले बयानबाट गरेको देखिनाले मौकैमा कागज भई रूपैयाँ लिनु दिनु गरी साक्षीका सामुनेमा कारणी मनोरथले सही छाप गरेको भन्ने नदेखिने । साक्षीले सहीछाप गरेको ल्याप्चे सहीको आकारसम्म भएकोबाट रूपैयाँ लिए दिएको सच्चा व्यवहार भए त्यस किसिमको कागज हुनु नपर्ने हुनाले समेत सो लिखत सद्दे साँचो रहेछ भन्न नभई लिफाबाट राजीनामा खडा गरेको रहेछ भन्ने प्रष्टै देखिन आएकोले वादीको ल्याप्चे सही गराई लिएको लिफाबाट प्रतिवादी बिष्णुप्रसादले जालसाजी राजीनामा खडा गरेको र १९८४।११।२ गतेको वादी प्रतिवादीको वण्डापत्र सद्दे साँचो ठहर्याई शुरू पूर्व ४ नं भोजपुर अदालतले छिनेको इन्साफ मुनासिब छ । अरू तपसीलका कुरामा तपसील बमोजिम गर्न लगत दिनु । यस्तै अपीलबाट इन्साफ हारजीतको फैसला नगरी खारेज गरेको गंगाबहादुर, जोगबहादुरको जग्गा मुद्दामा धनकुटा अपीलको खारिजी फैसला बदर भई दर्ता भएको फिरादबाटै कानून बमोजिम गर्नु भनी मिसिल धनकुटा अपीलमा पठाउने गरी ०१४।६।२८ मा श्री मा. न्यायाधीश हेरम्बराज, श्री मा. न्या. भैरवप्रसादज्यूहरुको डिभिजनबेञ्चबाट फैसला भईसकेको देखिएकोले सो डिभिजनबेञ्चको रायसँग रूलिङ्ग बाझिने भएबाट नियम बमोजिम यो मुद्धा फुलबेञ्चमा पेश गर्नु ।
तपसील
देहायका मानिस के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरी इन्साफ शुरू अदालतको सदर भएकोले सुरू भोजपुर अदालतले देहायका मानिसलाई देहाय बमोजिम दण्ड गरेको अपीलले खारिज गरी नलाग्ने भनी फिर्ता दिने गरेको देहाय बमोजिमको दण्ड इन्साफ शुरकै सदर भइ लाग्ने नै हुँदा अपीलले फिर्ता गर्ने गरेको गलत काटी ऐन बमोजिम अुूल गर्नु भनी जिल्लालाई लेखि पठाउन तहसीलमा लगत दिनु ....................१
पूर्व ४ नं. पौवा सुन्तलावारी बस्ने विष्णुप्रसाद पाध्या के मो. रू. ४०।४५
ऐजन बस्ने चन्द्रप्रसाद पाध्या के १।
ऐजने याकवखे बस्ने बल बहादुर खत्री क्षत्री के १०।
ऐजन लेर्बा बस्ने सहस्रमान राइ के १०।
वादी मनोरथ पाध्या ऐजन सुन्तलावारी के सलामी मो. रू. १। सुरू अदालतले लिने गरेको धनकुटा अपीलले फिर्ता दिने गरेकोमा इन्साफ सुरूकै सदर भइ लाग्ने नै हुँदा सो धनकुटा अपीलले फिर्ता गर्ने गरेको लगत काटी ऐन बमोजिम असूल गर्नु भनी ऐजन .......................२
देहायका मानिस के खारिज हुने मुद्दा ऐन छाडी इन्साफ गरेमा भनी धनकुटा अपीलले देहाय बमोजिम गर्ने गरेको जरीवाना असूल भए फिर्ता र नभएको भए लगत काटी दिनु भनी ऐजन .....................३
पूर्व ४नं. भोजपूर अदालतका डि. तारानाथ उप्रेति ।६०
वि. राम वहादुर कार्की क्षेत्री ।४०
धरौटी अपील गर्ने वादी मनोरथ के मुद्दा छिनेको जनाउ पठाइदिनु ....................४
वादी मनोरथ के निजले धनकुटा अपील उपर अपील गर्दा ०१४।१।१४।६ मा धनकुटा अपील मार्फत ऐजन अदालतमा राखेको धरौट मो. रू. १। एक निजले जिती नलाग्ने हुँदा ऐन बमोजिम गरी फिर्ता दिनु भनी ऐजन ...........................५
रोक्का रहेको बाली समेत वादीलाई फुकुवा गरी दिनु भनी जिल्लामा लेखि पठाइ दिनु ..................६
इति सम्बत् २०१४ साल पौष १९ गते रोज ५ शुभम् ।