निर्णय नं. ६८०१ - मोही नामसारी

निर्णय नं. ६८०१ ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी
संवत् २०५३ सालको दे.पु.नं. ..... ३८५४
फैसला मिति : २०५६।३।३।५
मुद्दा : मोही नामसारी ।
पुनरावेदक
प्रतिवादी : जिल्ला रौतहट लक्ष्मी निया गा.वि.स वडा नं. ४ वस्ने जालीम चौधरी
विरुद्ध
विपक्षी
वादीः ऐ.ऐ. वस्ने जानकी तेलीन
§ पुनरावेदक प्रतिवादीले यस अदालतबाट तोकी पाएको मिति ०५५।३।२३ को तारेख गुजारी वसेको भएतापनि अ.वं. २०१ नं. वमोजिम निर्णय दिनु पर्ने ।
(प्र.नं. १०)
§ विवादग्रस्त कि.नं. २१० को जग्गा ०-०-७ (सातघुर) क्षेत्रफल भएको र सो जग्गामा मोही हिरालाल साह तेलीले घर बनाई अघि देखि वसी आएको स्थितिमा सो घरवारका नाताले मोहियानीवाट वंचित भएमा घरवार विहिन हुन जाने स्थिति हुने हुंदा निज मृतक मोही की वुहारी जानकी तेलीन आफ्नो घरमा वसोवास गर्दागर्दै मोही लगत कटृा गर्न न्यायोचित नहुने हुंदा वादी दावी वमोजिम मोही नामसारी गर्ने ठहर्याएको पुनरावेदन अदालत हेटौंडँको मिति ०५०।३।३०।४ को निर्णय मनासिव देखिंदा सदर हुने ।
(प्र.नं. १०)
पुनरावेदक प्रतिवादीतर्फबाट :
प्रत्यर्थी वादीतर्फबाट :
अवलम्वित नजीर :
फैसला
न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) वमोजिम दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. विपक्षी जग्गाधनीको नाउंको गा.वि.स. लक्ष्मीनिया वडा नं. ४ कि.नं. २१० को ०-०-७ जग्गामा मेरो स्व. ससुरा हिरा साहतेलीको मोही भई ससुरा हिरालाल साह आफ्नो कालगतिले परलोक भएको र मेरो सासु २०३० सालमा परलोक भएको मेरो लोग्ने २०३२ सालमा परलोक भएको निजको हक खाने म वुहारी हुंदा ससुरा नाउंको मोही जग्गा मेरो नाउंमा मोही नामसारी गरी पाउं भन्ने शुरु भूमि सुधार कार्यालय रौतहटमा परेको जानकी तेलीनको निवेदन दावी ।
३. वादी दावी अनुसार कि.नं. २१० को ०-०-७ जग्गामा वादीको मोही नभएकाले मोही नामसारी हुनु पर्ने होइन, अ.वं. ८२ तथा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ समेतको विपरीत भएकाले खारेज नै गरी पाउं भन्ने प्रतिउत्तर जिकिर ।
४. फिल्डवुक नक्कलबाट किसानको व्यहोरामा यो जग्गा भुनेश्वरी थरुइनको नम्वरी हो, मैले घरवास वनाई भोगगरी आएको छु भन्ने उल्लेख भएको ।
५. उक्त कित्ता जग्गाको साविक मोही हिरा साहेतलीको घर भएको र निजको मृत्यु पछि निजका श्रीमती तथा छोराहरुको मृत्यु भएकाले उक्त कित्ताको घरमा निजकी वुहारी जानकी तेलीन वसी आएको भन्ने देखिंदा भूमि सम्वन्धी ऐन तथा नियमहरु लागु हुनु पूर्व देखिनै मोहीले जग्गाधनीको मंजुरीले घर बनाई वसी आएको र त्यस्तो प्रकृतिको जग्गामा मोहीयानी प्राप्त नहुने व्यवस्था भूमि सम्वन्धी ऐन नियममा समेत नदेखिएको र मोहीको शेषपछि निजका स्वास्नी छोराहरु नभएको अवस्थामा हकवाला एकमात्र वुहारीका नाममा मोहीमा मोही नामसारी हुन नसक्ने नदेखिंदा उक्त कित्तँ जग्गाको मोही हक निवेदिका जानकी देवी तेलीनका नाउंमा मोही नामसारी हुने ठहर्छ भन्ने शुरु भूमि सुधार कार्यालयबाट मिति ०४९।७।३० मा भएको फैसला ।
६. भूमि सुधार कार्यालय रौतहटको निर्णय कानूनी त्रुटिपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेतको प्रतिवादी जालिम चौधरीले मिति ०४९।११।२२ को पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।
७. निवेदक वादी जानकी देवी तेलीनका नाउंमा उक्त कि.नं. २१० को जग्गाको मोही नामसारी गर्ने ठहर्याएको शुरु भूमि सुधार कार्यालय रौतहटको मिति ०४९।७।३० को निर्णय मनासिव हुंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको पुनरावेदन अदालत हेटौंडाको मिति ०५०।३।३।४ को फैसला ।
८. जि. रौतहट गा.वि.स लक्ष्मीनिया वडा नं. ४ (क) को कि.नं. २१० को ज.वि. ०(०(७ जग्गाको मोही हिरा साहतेली भए पनि मोहीको १ नं. लगत भर्दा घर अरुको भनि भरी सहिछाप गरेको । मोहीको मृत्यु भै सकेको र निजको छोराहरुको मृत्यु भएपछि भूमि सम्वन्धी ऐनले वुहारीलाई मोही मान्न मिल्दैन । निजको नाममा मोही नामसारी हुने अवस्था नै नभए पछि शुरु भूमिसुधार कार्यालय रौतहटवाट भएको निर्णयलाई सदर ठहर्याई पु.वे.अ. हेटौंडावाट भएको फैसलामा गम्भीर रुपले कानूनी त्रुटी भएकाले दोहोर्याई हेरी पाउं भन्ने समेतको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. यसमा पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०५०।३।३०।४ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) अनुसारको नि.नं. २४२२ को त्रुटी देखिएकोले दोहोर्याउन निस्सा दिएको छ भन्ने समेतको यस अदालतको आदेश ।
१०. नियम वमोजिम दैनिक मुद्दा पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले यस अदालतबाट तोकी पाएको मिति ०५५।३।२३ को तारेख गुजारी वसेको भएतापनि अ.वं. २०१ नं. वमोजिम निर्णय दिनु पर्ने भएकाले सम्वन्धित मिसिल प्रमाणहरु अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा विवादग्रस्त कि.नं. २१० को जग्गा ०-०-७ (सातघुर) क्षेत्रफल भएको र सो जग्गामा मोही हिरालाल साह तेलीले घर बनाई अघि देखि वसी आएको स्थितिमा सो घरवारका नाताले मोहियानीवाट वंचित भएमा घरवार विहिन हुन जाने स्थिति हुने हुंदा निज मृतक मोही की वुहारी जानकी तेलीन आफ्नो घरमा वसोवास गर्दागर्दै मोही लगत कटृा गर्न न्यायोचित नहुने हुंदा वादी दावी वमोजिम मोही नामसारी गर्ने ठहर्याएको पुनरावेदन अदालत हेटौंडँको मिति ०५०।३।३०।४ को निर्णय मनासिव देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. केदारप्रसाद गिरी
इति संवत् २०५६ साल आषाढ ३ गते रोज ५ शुभम् ..................................... ।