शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४ - कुटपीट

भाग: साल: २०१६ महिना: बैशाख अंक:

निर्णय नं. १४       ने.का.प. २०१६

डिभिजन बेञ्च

न्यायाधीश श्री रंगनाथ उप्रेती

न्यायाधीश श्री मुक्तिकान्त मैनाली

फौ.डि.नं. ५

निवेदक      : पूर्णनारायण प्रधान समेत

विरूद्ध

विपक्षी : बृजराज राजभण्डारी

मुद्दा : कुटपीट

(१)   रिभ्यूको निवेदन परी खारेज नभई दायर रहेकोमात्यस टाइमको मुद्दा शाही आदेशबमोजिम दोहराउनु पर्ने भएमाडिभिजन बेञ्चले शाही आदेशबमोजिम निवेदनलाई कायम राखी दोहराई हेर्नुपर्ने ठहराएमाशाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहर्‍याई हेर्नु पर्ने ।

     सिंगलबेञ्चबाट भएको फैसलामा चित्त बुझेन । रिभ्यू गरी फेरी हेरी पाउँ भनी दिएको निवेदन खारेज नगरी दायर रहेकै अवस्था त्यस टाइमका मुद्दा दोहर्‍याई हेरी दिने शाही आदेश जारी भई सोही निवेदन कायम राखी शाही आदेशबमोजिम दोहर्‍याई हेर्नु पर्ने ठहराई डिभिजन बेञ्चबाट आदेश दिई दोहरिई दायर भएको देखिनाले शाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहर्‍याई हेर्नुपर्ने ।

(प्रकरण नं. ११)

(२)  हुकुम प्रमांगीबमोजिम तुरून्त बुझ्नु परेको सरजमिनमादुवै पक्ष नराखी ऐनबमोजिम साक्षी राखी मैजिष्ट्रेटबाट भएको सरजमिनगैरकानूनी भन्न नमिल्ने ।

     हुकुम प्रमांगीबमोजिम तुरुन्त सरजमिन बुझ्नु परी १ पक्ष थुनामा राखिएको १ पक्ष बिरामी हालतमा भई दुवै पक्ष नराखी ऐनबमोजिम साक्षी राखी मैजिष्ट्रेटबाट सरजमिन भएको र हुकुम प्रमांगीबाटै मैजिष्ट्रेटबाट थुनामा राखी कारवाई गरी हेरिएको देखिँदा भएको कारवाई गैरकानूनी भन्न नमिल्ने ।

 (प्रकरण नं. ११)

(३)  अ.बं.को ६५ नं.कूटपीटमा बिरामी परी निको भई निस्केका ३ महिना भित्रै बयान भएमा म्याद नाघेपछिको उजुर भन्न नमिल्ने

     मौका रिपोर्ट देखि वादी बृजराज बेहोस अवस्थाको भन्ने समेत देखिनाले सोही सिलासिलाबाट औषधि हुँदै होस ठेगान भई निको भई निस्केको मितिले ३ महिनाभित्रै बयान भएको देखिँदा अ.बं.६५ नं. ले म्याद नाघेपछिको उजुर भन्न पनि नमिल्ने ।

(प्रकरण नं. ११)

(४)  कूटपीटमा कुट्ने कुटाई खानेलाई मौकैमा पुलिसले पक्री दाखिल गरेमावादी घा खत परी बिरामी भएको देखिन आएमा प्रतिवादीले घा खत अरू परिबन्दबाट परेको भनी सबुद गुजार्न नसकेमाप्रतिवादीले गरेका कूटपीटका चोटबाटै घा खत परेको देखिने ।

     प्रतिवादीसँगै झगडा भई मौकैमा दुवै पक्षको चोट भन्ने देखिन आई कुट्ने कुटाई खानेलाई मौकैमा पुलिसले पक्री दाखिल गरेको । मौकै देखिको अस्पताल जाँचबाट खप्परको हाड समेत फुटी बृजराज घा खत परी सख्त बिरामी भएको देखिन आई सो घा चोट अरू परिबन्दले परेको भनी प्रतिवादीले सबुद गुजार्न नसकी प्रतिवादीसँग परेको झगडैमा प्रतिवादीले गरेका कूटपीटका चोटबाटै घा खत परेको देखिन आएको ।

(प्रकरण नं. ११)

(५)  कूटपीटको ७ नं.अङ्ग भङ्गको खत पार्नेलाई हुने सजाय ।

     अङ्गभङ्गको खत पार्नेलाई रू. ५००। दण्ड गरी ८ बर्ष कैद गर्नु । निको भई काम लाग्ने भए २ बर्ष कैद गर्नु ।

(प्रकरण नं. ११)

(६)   अ.बं. को २३२ (२) नं. र अख्तियारी सनदऐनले नतोकेको कुरामा मुख्त्यारको तजबिजबमोजिम हुने र सो तजबिज अख्तियारी सनदबमोजिम प्रधान न्यायालयबाट प्रयोग  गरिने ।

     ऐन नभई अडबड परेमा अ.बं.२३२ नं. को २ दफाबमोजिम मुख्त्यारका तजबिजले तोकिएको सजाय गर्नु भन्ने लेखिएको र सो मुख्तयारका तजबिजले गर्ने सजाय प्रधान न्यायालयबाट गर्नु भन्ने अख्तियारी सनदबमोजिम प्रधान न्यायालयबाट प्रयोग गरिने ।

(प्रकरण नं. ११)    

(७)  अङ्ग भङ्गको खतमाअङ्गको शक्ति बिल्कुलै हरण भएको र निको भई सम्पूर्ण शक्ति प्राप्त भएको समेत दुवै अवस्था नभई अङ्गको शक्ति केही हरण भएको बीचको अवस्थामा आधी सजाय हुने ।

     जिभ्राको बोल्ने शक्ति हरण भएको अवस्थाका र निको भई बोल्ने शक्ति पूरा भएको समेत दुवै अवस्थामा नदेखिई सो कूटपीटका चोटबाट परेको घाको असरबाट जिभ्राको बोल्ने शक्ति केही हरण भएको बीच अवस्थाको देखिन आएको । त्यस्तो जिब्राको बोल्ने शक्ति पूरा हरण पनि नभएको बीच अवस्थामा कूटपीटका ७ नं. ऐनले हुने दण्ड मो.रू. ५०० । र कैद बर्ष ८ को आधी दण्ड मो रू. २५०। कैद बर्ष ४ हुने ।

(प्रकरण नं. ११)

(८)  कूटपीटको २६ नं. कुन अपराधिको चोटबाट खत भएको भन्ने कुरा नखुलेमादामासाहीले सजाय हुने ।

     कुट्ने प्रतिवादी २ मा यसैको चोटबाट सो खत भएको भन्ने नखुलेकोले कुटपिटका २६ नं. ले कुटपटि गर्ने प्रतिवादी जवान २ लाई दामासाहीले सजाय हुने ।

(प्रकरण नं. ११)

(९)   कूटपीटको २३ नं. कूटपीट गर्न बचन दिनेलाई पूरा सजाय हुने ।

     बचन दिएमा सु.पूर्णनारायणलाई सो बचन सो बचन मानी कुटपीट गर्ने प्रतिवादीलाई भएको सजायको कूटपीटको २३ नं. बमोजिम पूरै सजाय हुने ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : एडभोकेट श्री पद्मराज विष्ट

विपक्षी तर्फबाट      : सिनियर एडभोकेट श्री देवनाथप्रसाद वर्मा

फैसला

      १.     यसमा ०१२ साल आषाढ २७ गते बेलुका १० बजे घुम्दै जाँदा न्हैकन्तलामा प्रतापनारायण, बुद्धनारायण बृजराज हात मिसामीस गरी रहेको बृजराज रगत पक्ष बेहोस भएको । बुद्धनारायणको नाकबाट रगत आएको । निजहरूलाई पक्राउ गरी ल्याउँदा २।४ सद्दे जनताले यसले पनि कुटेको हो भनी सु.पूर्णनारायणलाई आटेक गरेकोले निज पूर्णनारायण समेतलाई पक्री बृजराजलाई अस्पताल भर्ना गरी बुद्धनारायणलाई डाक्टर जँचाई निज सु.पूर्णनारायण, प्रतापनारायण, बुद्धनारायणलाई दाखिल गरेका छौं भनी ज.म.जीतबहादुर समेतले दाखिल गरेकाले पठाएको छु भन्ने समेत १२।३।२७ को का. असन थानाको पुलिस गोश्वारालाई लेखेको पत्र ।

      २.    हामीले निज बृजराजलाई कुटे कुटाएको छैन । कसले कुटी घा चोट परेको हो थाहा छैन भन्ने समेत सु.पूर्णनारायण, ऐजनको छोरा प्रतापनारायण, बुद्धनारायण समेतको १२।३।२९ मा पुलिस गोश्वारामा गरेको मौका ठाडो कागज ।

      ३.    सु.पूर्णनारायणले मार काट भनी अह्राई प्रतापनारायणले छुरीले बुद्धनारायणले खुकुरीले हानी काटी कूटपीट गरेका हुन । मलाई कलकत्ता लगी होस खुली बिदेश गई घा चोट निको भए तापनि राम्रो बोल्न लेखपढ गर्न समेत नभई मुख बाड्डो भएको छ । म स्कुलमा पढी रहेको नौजवान लडकाको जीन्दगी नै बरबाद हुने गरी कुटपीट गरे गराएमा ऐनबमोजिम सजाय गरी पाउँ भन्ने समेत कोही इसाराले र कोही बल्ल तल्ल आफैंंले गरेको भन्ने समेत १२।८।६।२ को बृजराज राजभण्डारीको बयान ।

      ४.    निज बृजराजलाई निज तर्फबाट मेरा घरमा हानेका ढुंगा ईटा फर्की लागेकोमा घा चोट होला । मैले बचन दिए कुटेको र छोराहरूले समेत निजलाई कुटेको छैन । मुख बाड्डो र अलि अलि भकभके अघि देखिकै हो भन्ने समेत सु.पूर्णनारायणको बयान भएको । छोरा प्रतापनारायण, बुद्धनारायणले सोधिएको कुराको जवाफै नदिई रा.का. फौ.अ.साक्षी बसी १२।९।६ मा गराएको बयान ।

      ५.    कलकत्ता अस्पतालबाट कन्सुलेट जनरलले लेखि पठाएको पत्रहरू र बुझिएका सरजमिन मुचुल्का, पुलिसका मौका रिपोर्ट, घा जाँच इत्यादी प्रमाण परिबन्दबाट जिभ्राको बोल्ने शक्ति हिन हुने गरी सु.पूर्णनारायणले बचन दिई प्रतापनारायण, बुद्धनारायणले वृजराजलाई कुटपिट गरेको ठहर्छ । कूटपीटका ७।२३ नं. बमोजिम सु.पूर्णनारायण, प्रतापनारायण, बुद्धनारायणहरूलाई कैद बर्ष ८ र मोरू ५००। दरले दण्ड समेत हुन्छ भन्ने समेत १२।१०।६ को का. मैजिष्ट्रेटको फैसला ।

      ६.    सो का. मैजिष्ट्रेटले ऐन विरूद्धको कारवाई र अन्यायसँग इन्साफ गरी हराएकोले चित्त बुझेन भन्ने समेत सु.पूर्णनारायण, प्रतापनारायण, बुद्धनारायण समेत जना ३ को अपील ।

      ७.    अस्पताल डाक्टर, कन्सुलेट जनरल समेतका लेखाई अस्पताल जाँच, मौका पुलिस रिपोर्ट सरजमिनका लेखाई र निज बृजराजलाई झिकाई हेरिंदा देखिएको समेतबाट इन्साफ का. मैजिष्ट्रेटको मनासिव छ । सजायका हकमा कसूर अपराध हेरी कडा सजाय गर्नुपर्ने देखिन्छ तापनि नागरिक ऐनले हुने भन्दा बढ्ता सजाय गर्न नमिल्ने भई बचन दिएमा सु.पूर्ण नारायण के कुटपिटको ३, , २३ नं. २५ समेतबमोजिम कुट्ने प्रताप बुद्धनारायणलाई हुने सजायको पुरै सजाय कैद बर्ष ८ र दण्ड रु.८० र कुटपिटको चोट नछुट्टिएकोले ऐ.२६ नं. ले प्रतापनारायण, बुद्धनारायणके दामासाहीले कैद बर्ष ४ र दण्ड रू. २९०। का दरले र अपील गरे वापत त्यसको दशौंद थप सजाय समेत हुन्छ भन्ने समेत १२।१२।१४ को प्र.न्या. सिंगलबेञ्चको फैसला ।

      ८.    निज वादी बृजराज स्कूलमा पढदै छ । हामीले जिभ्राको बोल्ने शक्ति हरण हुने गरी निजलाई कुटे कुटाएको ठहरी अन्याय अनरीतसँग सजाय भोगी रहेको छौं । इन्साफ जाँची दोहोर्‍याई हक इन्साफ गरी पाउँ भन्ने समेत प्रतिवादी सु.पूर्णनारायण समेत ३ जनाको थुनुवाद्वारा निवेदन ।

      ९.    ६ बर्ष भन्दा बढी कैद परेको मुद्दा हुँदा नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने १४।६।४ को सिंगलबेञ्चको आदेश ।

      १०.    ०१४।१।१० का शाही आदेशबमोजिम मुद्दा दोहार्‍याई हेर्न लगतमा दर्ता गरी पेश गर्नु भन्ने समेत ०१४।६।२५को डिभिजन बेञ्चको आदेश ।

      ११.    उक्त आदेशबमोजिम मुद्दामा दर्ता भई पछि पटकपटक भएको आदेशअनुसार स्कूल कलेज हस्पिटल समेत बुझी थुनामा रहेका सु.पूर्णनारायण, प्रतापनारायण र श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सवमा सजाय माफ पाई छुटी तारिखमा रहेका बुद्धनारायण र बाणी विमर्शलाई झिकाई तारिखमा रहेका वादी बृजराज समेतलाई रोहबरमा राखी पेश हुन आएको वादी बृजराज तर्फबाट रहेका विद्वान वकिल देवनाथ वर्मा समेत र प्रतिवादी पूर्णनारायण समेत तर्फबाट रहेका विद्वान वकिल पद्मराज बिष्ट समेतको बहस समेत सुनी यो मुद्दा बुझ्दा वादी वृजराज तर्फबाट विद्वान वकिल देबनाथ समेत र निवेदक प्रतिवादी पूर्ण समेत पक्षका विद्वान वकिल पद्मराज विष्ट समेतले विस्तृत बहस दिनु भयो । सो बहसका मुख्य मुख्य कुरा यी छन : सरजमिनमा मेरा पक्षलाई नराखी मैजिष्ट्रेट अफिसबाट कानून विरूद्ध भयो । मेरो टोलमा बसी भएन । मैजिष्ट्रेटले ठाडो हेर्न नहुने मुद्दा कानून काटी हेरियो । ऐनले ३ महिना नाघे पछि उजुरै नलाग्नेमा ३ महिना नाघेकोमा सरकार वादी सरह अड्डाले विपक्षी झिकाई बयान लिई कारवाई गरियो । यो कानूनले सरकारवादी मुद्दा होइन । कानूनबमोजिम म्याद भित्र विपक्षीले खोजी गरी नालिस दिएमात्र दायर हुने मुद्दा हुँदा खारेज हुने । कानूनले पुर्पक्षमा थुनामा राख्न नहुने, राखियो । मौका डाक्टर जाँचमा हतियारको चोट भन्ने छैन । कलकत्ताबाट डाक्टरको सर्टिफिकेट आएको होइन । कन्सुलेट जनरलको लेख निराधार । हतियारको चोट भन्ने छ । हतियारको चोट भए थिची कुची फुटी टुक्रा हुनै नपर्ने । अप्रेसनबाट हड्डी फुटेको पनि देखियो । त्यसबाट हामीले हतियारले हानी कुटेबाट परेको घाउ भन्ने र हामीले नै कसूर गरेको भन्ने वादीको कुरा मिथ्या देखिएकै छ । हामीले कसूर गरेकै भन्ने वादीले कुनै सबुद दिन सकेको छैन । जिभ्राको बोल्ने शक्ति हरण भएको, अङ्ग भङ्ग भनी हामीलाई सो ऐन लगाई सजाय तोकिएको छ । विपक्षी बृजराज कलेजमा साइन्स लिई वी.ए.मा पढदै बिदेश भ्रमण समेत गर्दै हुनुहुन्छ भन्ने समेत इत्यादी प्रतिवादी तर्फबाट र यो मुद्दा सर्वोच्च अदालतबाट छिनीएकै होइन र रिभ्यूको निवेदन लाग्दैन । विपक्षीको रिभ्यूको निवेदन खारेज हुनु पर्छ । शाही आदेशबमोजिम दोहर्‍याई पाउँ भन्ने अर्को निवेदन नदिएकाले यो मुद्दा दोहर्‍याइ हेरिनु पर्दैन र खारेज हुनुपर्छ । मौकामा दुवै पक्ष पुलिसद्वारा पक्डाउ गरिएका छन र मेरो पक्ष वादी बृजराज बेहोसी हालतमा रही त्यसै जरियाले अहिलेसम्म राम्रो बोल्न लेख्न नसक्ने डाक्टरका जाँच, कलेजका प्रोफेस।रका लेख पढाईको कापी, इत्यादीबाट देखिएकै छ । सो कुराका जरियाबाट बेहोस भई औषधी गराई निको भई आएका ३ महिना भित्रै बयान भएको छ । विशेषाधिकार शाही आदेशबाट मैजिष्ट्रेटबाट थुनामा राखिएको छ । ठाडो कारवाई भएको कानूनबमोजिम भन्ने समेत इत्यादी वादीतर्फको समेत दुबै पक्षका विद्वान वकिलका बहसबाट मुद्दामा विचार गरी निर्णय दिन बेञ्चलाई धेरै सुविधा प्राप्त भयो र विचार गर्दा, उक्त सिंगलबेञ्चबाट भएको फैसलामा चित्त बुझेन । रिभ्यू गरी फेरी हेरी पाउँ भनी दिएको निवेदन खारेज नगरी दायर रहकै अवस्था त्यस टायममा मुद्दा दोहर्‍याई हेरी दिने शाही आदेश जारी भई सोही निवेदन कायम राखी शाही आदेशबमोजिम दोहर्‍याई हेर्नु पर्ने ठहराई डिभिजन बेञ्चबाट आदेश दिई दोहरिई दायर भएको देखिनाले शाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहराई हेर्नु पर्ने र वादी प्रतिवादीको घर २ टोलमा परे तापनि जोडिएको भन्ने देखिनाले सरजमिन अर्को टोलमा बसी भयो भन्ने र हुकुम प्रमाड्डीबमोजिम तुरून्त सरजमिन बुझ्नु परी १ पक्ष थुनामा राखिएका १ पक्ष बिरामी हालतमा भई दुवै पक्ष नराखी ऐनबमोजिम साक्षी राखी मैजिष्ट्रेटबाट सरजमिन भएको र हुकुम प्रमाड्डीबाटै मैजिष्ट्रेटबाट थुनामा राखी कारवाई गरी हेरिएको देखिँदा भएको कारवाई गैरकानूनी भन्न नमिल्ने र मौका रिपोर्ट देखि वादी वृजराज बेहोस अवस्थाको भन्ने समेत देखिनाले सोही सिलसिलाबाट औषधी हुँदै होस ठेगान भई निको भई निस्केका मितिले ३ महिना भित्रै बयान भएको देखिँदा अ.बं.६५ नं. ले म्याद नाघे पछिको उजुर भन्न पनि नमिल्ने । हाल सर्वोच्च अदालतमा मुद्दा हेरिन नसक्ने भन्ने वादीतर्फको र मैले शुरूमा कारवाई चल्न नसक्ने भन्ने प्रतिवादीको जिकिर भई दुबै पक्षको मुद्दा नचल्ने भन्ने भनाईलाई बेञ्चबाट समर्थन गर्न नमिल्ने भई दोहर्‍याई हेरी इन्साफ दिन पर्ने र हतियारले हानी चोट परेको भन्ने वादी र अस्पताल जाँचबाट धार नभएकोले परेको देखिन आएको छ तापनि रातको बीच झगडा दंगामा दुरूस्त हतियार चिन्न मुस्किलै पर्ने भई चिन्न नसक्ने अवस्था पर्नेमा पनि जे जस्तो हतियारबाट सो खत पारे तापनि सजायमा फरक पर्ने नभई प्रतिवादी सँगै झगडा भई मौकैमा दुवै पक्षको चोट भन्ने देखिन आई कुट्ने कुटाई खानेलाई मौकैमा पुलिसले पक्री दाखिल गरेको । मौकै देखिका अस्पताल जाँचबाट खप्परका हाड समेत फुटी वृजराज घा खत परी सख्त बिरामी भएको देखिन आई, सो घा चोट अरू परिबन्दले परेको भनी प्रतिवादीले सबुद गुजार्न नसकी प्रतिवादीसँग परेको झगडैमा प्रतिवादीले गरेका कुटपीटका चोटबाटै घा खत परेको देखिन आएको र बचन दिने भनेका सु.पूर्णनारायण पनि मौका वारदातमा नभई अन्यत्र छु भन्न नसकी सोही घरमा रहेमा सावित हुँदा र बुझिएका सरजमिन समेतका प्रमाणबाट कुट्न दुरूत्साहन बचन दिएको देखिन आएको समेत हुनाले अरू सिंगलबेञ्चका राय फैसलाबमोजिम प्रतिवादीले बचन दिए कुटेको ठहराएको इन्साफ सिंगलबेञ्चको मनासिव र सजायका हकमा जिभ्राको बोल्ने शक्ति हरण गरी दिने अङ्ग भङ्गको खत ठहर्ने र सो खत पार्नेलाई रू. ५००। दण्ड गरी ८ बर्ष कैद गर्नु । निको भई काम लाग्ने भए २ बर्ष कैद गर्नु भन्ने कुटपीटको ७ नं. मा लेखिएको । वृजराज पटकपटक जाँच भएको डाक्टरका बोर्डको राय, प्रोफेसरको लेखाई, अघि र पछि पडी रहेका कापी, मौखिक जाँच समेतबाट जिभ्राको बोल्ने शक्ति बिलकुल हरण भएको अवस्थाको निको भई बोल्ने शक्ति पुरा भएको समेत दुवै अवस्था नदेखी सो कुटपीटका चोटबाट परेको घा को असरबाट जिभ्राको बोल्ने शक्ति केही हरण भएको बीच अवस्थाको देखिन आएको । यस्तो जिभ्राको बोल्ने शक्ति पूरा हरण पनि नभएको बीच अवस्थामा यो सजाय गर्नु भन्ने सो कुटपीटका ऐनमा व्यवस्था भएको नदेखी, ऐन नभई, अड्बड परेको अवस्थाको देखिएको र त्यस्तो ऐन नभई अडबड परेकोमा अ.बं. २३२ नं. को २ दफाबमोजिम मुख्त्यारका तजबिजले तोकिएको सजाय गर्नु भन्ने लेखिएको र सो मुख्तियारका तजबिजले गर्ने सजाय प्रधान न्यायालयबाट गर्नु भन्ने अख्तियारी सनदबमोजिम उक्त अवस्थाको चोट खत पारी कुटपीट गरेमा सो कुटपीटका ७ नं. ऐनले हुने दण्ड मोरू ५००। र कैद बर्ष ८ को आधी दण्ड मोरू २५०। कैद बर्ष ४ र अरू खतमा सिंगलबेञ्चका राय फैसला बमोजिमको दण्ड रू. ४०। समेत कुट्ने प्रतिवादीको २ मा यसैको चोटबाट सो खत भएको भन्ने नखुलेकोले कुटपीटका २६ नं. ले कुटपीट गर्ने प्रतिवादी प्रतापनारायण, बुद्धनारायण जवान २ लाई दामासाहीले प्रतापनारायण के कैदै बर्ष २ र दण्ड रू. १४५। बुद्धनारायण के कैद बर्ष २ र दण्ड रू. १४५। र बचन दिएमा सु.पूर्णनारायणलाई सो बचन मानी कुटपीट गर्ने प्रतिवादीलाई भएको सजायको कुटपीटको २३ नं. बमोजिम पुरै सजाय हुने हुँदा कैद बर्ष ४ र दण्ड मोरू. २९०। गर्नु । सजायमा बढी भएको देखिँदा अपील गरेमा र निवेदन गरी दोहर्‍याए वापतको सजाय गर्नु पर्दैन । सिंगलबेञ्चका फैसलाबाट गर्ने गरेको बढी दण्ड कैद नलाग्ने हुँदा लगत काटी दिने समेत अरू तपसीलका कुरामा तपसीलैबमोजिम गरी मिसिल, मिसिल बिभागमा बुझाई दिनु । सजाय फरक पारेमा का. मैजिष्ट्रेटलाई र सिंगलबेञ्चलाई केही गर्नु पर्दैन ।

 

तपसील

प्रतिवादी देहायका मानिस के इन्साफ खण्डमा लेखेबमोजिम ठहरेकाले देहायबमोजिम दण्ड कैद हुन्छ । ऐनबमोजिम गरी असुल गर्न तहसीलमा लगत दिनु .....................१

सु.पूर्णनारायण प्रधानके कैद बर्ष ४ दण्ड मोरू२९०।प्रतापनारायण प्रधानके कैद बर्ष २। दण्ड मोरू १४५।हुनेमा निजहरू १२।३।२७ देखि स.पु.गो.मार्फत थुनामा रहेको र महिना ३ कैद श्री ५ महाराजाधिराजको शुभराज्याभिषेकमा माफी पाएको भन्ने देखिएको र हिजो १४।११।८ गते तक कैद परेकोले सो कैद भूक्तान भईसकेको दण्डवापत कैद परेको समेत ऐनबमोजिम मिनाहा पाउने कट्टा गरी बाँकी हुन आएको मोरू. २०।६० र टिकट दस्तुर ।४ समेत मोरू. २०।६४ दाखिल गरेकोले असुल गरी तहसीलमा बुझाउन नगदी बिभागमा बुझाई निज प्रतापनारायणलाई थुनाबाट छाडी दिनु ...............२

बुद्धनारायण प्रधानके निज श्री ५ महाराजधिराजका शुभ जन्मोत्सवमा सो कूटपिट गरे वापतमा लागेको सजाय माफी मिनाहा पाई १४।३।९ मा छुटी सकेकोले केही गर्नु पर्दैन ..................३

प्रतिवादी देहायका मानिस के माथि इन्साफ खण्डमा लेखिएबमोजिम दण्ड कैद हुने ठहरेकाले माथि १ दफाबमोजिम गरी सिंगलबेञ्चका १२।१२।१४ का फैसला र अ.त.फै फाँटका १३।३।२६ का लगतले देहायबमोजिम गर्ने गरेको दण्ड कैदको लगत काटी दिनु भनी स.जं.को अ.त.लाई लेखी पठाउन तहसीलमा लगत दिनु .................४

सु.पूर्णनारायण प्रधान के कैद बर्ष ।९।१९ दण्ड मोरू. ६३८। प्रतापनारायण प्रधानके कैद बर्ष ४।४।२४ दण्ड मोरू. ३१९।

१२।३।२७ देखि चु.गो.मार्फत थुनिएको निज सु.पूर्णनारायण प्रधान समेतले मैले पनि श्री ५ महाराजाधिराजको शुभराज्यभिशेषमा महिना ३ कैद मिनाहा माफी पाएको भनी रोहबरमा भनेकोले सो मनिाहा पाएको भए, निजलाई लाग्ने ठहरेको उक्त १ दफामा लेखिएको कैद बर्ष ४। मा सो माथि पाएको कैद महिना ३। तीन कट्टा गरी लाग्ने ठहरेको दण्ड कैद ऐनबमोजिम भुक्तान भएपछि ऐन सवालको रीत पुर्‍याई छाड्ने समेत व्यहोरा लगाई तहसीलमा लगत दिनु.................५

 

इति सम्वत् २०१४ साल फागुण ९ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु