निर्णय नं. ६८१० - अंश

निर्णय नं. ६८१० ने.का.प. २०५६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री टोप वहादुर सिंह
संवत् २०५२ सालको फौ.पु.नं. .. ३१२६
फैसला मिति : २०५६।६।३।२
मुद्दा : अंश ।
पुनरावेदक
प्रतिवादीः जि. वांके पिप्रहवा गा.वि.स. वडा नं. ५ वस्ने स्व. पोलेको छोरा आशिक वेहना समेत
विरुद्ध
विपक्षी
वादीः जि. वांके पिप्रहवा गा.वि.स. वडा नं. ५ वस्ने स्व. पोलेको छोरो होली शेष
§ पुनरावेदक आशिश शेषले ०२४।१।१ मा वादी यो यो सम्पत्ति लिई छुटृी भिन्न भएको भन्ने कुराको कुनै प्रमाण दिन सकेको पाइएन । त्यसैगरी व्यवहार वा लिखतबाट वण्डा भएको भन्ने प्रमाण गुजार्न नसक्नुको अतिरिक्त प्रतिवादीले भरेको मोहीको १ नं. लगतमा वादी समेतलाई सगोलमा देखाएको पाइन्छ । यसरी लिखतबाट नै सगोलमा देखिएपछि अन्य लिखत वा कुनै वलियो प्रमाणवाट प्रतिवादी जिकिर वमोजिम ०२४।१।१ मा वण्डा भएको भन्ने देखिन नआएको हुंदा समेत शुरु वांके जिल्ला अदालतको इन्साफ उल्टी गरी वादीले दावी वमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. १८)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रविण कुमार कार्की
प्रत्यर्थी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री वेद प्रकाश शिवाकोटी
अवलम्वित नजीर :
फैसला
न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत नेपालगंजबाट भएको फैसला दोहोर्याई पाउं भनि न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ ।
२. मुल पुर्खा स्व. हसेना शेषको २ छोरा जेठा पाले शेष कान्छी स्व. भगरे शेष स्व. पोलेको ३ छोरा जेठा प्रतिवादी भिषा शेष, माहिलो प्र. आशिक शेष, कान्छो म वादी होली शेष स्व. पोलेको श्रीमती हाम्री आमा मफुला जीवितै छन । काका स्व. वादी भगरेका २ छोरा जेठा स्व. शेष, कान्छा मुमताज शेष, प्र. भिषा शेषका ४ छोरा फकिरे शेष, अलि वहादुर शेष, अव्दुल हकिम शेष, युनुष शेष, आशिषको २ छोरा प्रनन्को शेष, हलिम शेष भै फिरादीको २ छोरा नैराज शेष, सिराज शेष वाजे हुसेन शेषको मृत्यूपछि वावु पोले र काका मगरे घरसारमा छुटृी भिन्न भै धेरै दिन अघि देखि भिन्न भै अलग अलग वसि आएका थिए। हामी वादी प्रतिवादीहरु एक सगोलमा वसी सगोलकै आर्जनबाट खति उपति गर्दै आएका थियौं । सगोलको खरिद प्रयासबाट प्राप्त चल अचल सम्पत्ति प्र. दाजु भिखा शेष र आशिक शेषको नाउंमा दर्ता श्रेस्ता गरी घर बार चलाई आएका थियौं । पछि घर परिवारको घर व्यवहार नमिली झै झगडा भइरहने भएकोले प्रतिवादीहरुसंग मेरा अंश भाग छुटृयाई दिनुहोस भनि मिति ०४६।२।२ गते भन्दा तिम्रो अंश भाग छैन दिन्नौं भनेकोले प्रतिवादीहरुबाट अंशको फांटवारी लिई ४ खण्डको १ खण्ड अंश भाग दिलाई पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।
३. पोलेको कान्छी स्वास्नीको नाम मकुला हो, वादी निज मफुलाको छोरा हुन, निज वादीले आमा र मेरो वीचमा ०२४ साल वैशाख १ गते घरसारमा अंशवण्डा भइसकेको छ । पुर्ख्र्यौली सम्पत्ति मध्ये पोलेले आर्जेको फुसको छाना माटोको देचाल भएको घरमात्र थियो । अरु सम्पत्ति केही पनि थिएन । वादीको आमा र मेरो वीचमा अंशवण्डा हुंदा सो घर मैले पाएको थिए । वादीलाई मैले अंश दिनु पर्ने होइन । वादी दावा झुठा हो भन्ने समेत व्यहोराको प्रतिवादी आशिक वेहनाको प्रतिउत्तर जिकिर ।
४. वादी हाम्रो सगोल होइनन् । वादीलाई हामीले अंश दिनु पर्ने होइन छैन । वादी दावी झुठ्ठा हो र प्रतिवादी आशिकको प्रतिउत्तर जिकिर जस्तो हाम्रो पनि जिकिर सदर छ भन्ने व्यहोराको प्रतिवादी नन्को वेहना र फतुमा वेहनाको संयुक्त प्रतिउत्तर पत्र ।
५. स्व. वावु पोलेसंग म ३५ वर्ष अघि घरसारमा आफनो अंश भाग लिई छुटृी भिन्न वसेको छु । निज वावु स्व. पोलेसंग पुख्र्यौली सम्पत्ति मध्ये फुसको छानो माटाको देवाल भएको घर वाहेक अरु सम्पत्ति केही पनि थिएन, मैले घरसारमा अंशवण्डा गरी लिंदा असर्फी नाउंका घर सो पश्चिम, छोटे कुर्मिको घर सो उत्तर सूमिरन कोरीको घर सो पुर्व वाटो सो दक्षिण यति चार किल्ला भित्र रहेको फुसको छँनो भएको देवाल भएको घर पाएको थिए । सो घर वाहेक अरु केही पाएको थिएन । वादीलाई मैले अंश दिनु पर्ने होइन, वादी दावी झुठा हो भन्ने समेत व्यहोराको प्रतिवादी भिखा वेहनाको प्रतिउत्तर जिकिर ।
६. यसमा अंशियार भएकोमा दुवैको मुख मिलेकै हुंदा केही वोल्नु परेन । छुटृी भिन्न भएका हुन वा सगोलका हुन भन्ने तर्फ विचार गर्दा वादीले सगोल नै छौं भनेको र प्रतिवादीहरुले आज भन्दा ३० वर्ष अघि एक जना र अन्य २०४४ सालमा वावु पोलेको सम्पत्ति नहुंदा मानो छुटृी वसेको प्रतिउत्तर भएको र वादीका साक्षीले पनि वादी प्रतिवादी अलग अलग घरमा वस्दछन घेरै अघि देखि अलग छन । पोलेको सम्पत्ति थिएन भनि प्रतिवादीको समर्थन हुने गरी वकपत्र गरी दिएको देखिंदा अंशवण्डाको ३० नं. अनुसार ०३४।९।२७ पुर्व नै आ आफ्नो छुट्टा छुट्टै व्यवहार समेत गरी सकेको देखिंदा पहिले नै छुटृी भिन्न भइसकेको ठहराई वादीको अंश दिलाई पाउं भन्ने दावी नपुग्ने ठहर्याएको वांके जिल्ला अदालतको फैसला ।
७. अंशवण्डा भएको भन्ने कुराको कुनै लिखत र पारीत समेत भएको वण्डापत्र प्रमाण विपक्षीले पेश गर्न सकेका छैनन । कुनै ठाउं आधार एवं प्रमाण विना गरिएको फैसला वदर गरी मेरो फिराद माग दावी वमोजिम हक इन्साफ गरी पाउं भन्ने पुनरावेदन पत्र ।
८. यसमा पुनरावेदकले निवेदनमा उल्लेखित गरेको जालसाजी मुद्दाको टुंगो नलागे सम्म प्रस्तुत अंश मुद्दा अ.वं. १२ नं. वमोजिम मुल्तवी राखि दिन भन्ने भेरी अंचल अदालतको मिति ०४७।१०।१३ को आदेश ।
९. यसमा मिति ०४९।२।२६ को श्री सर्वोच्च अदालतबाट प्राप्त आ.वा. वमोजिम प्रस्तुत मुद्दा पुनरावेदन अदालत नेपालगंज वांकेको क्षेत्राधिकारको देखिंदा यस अदालतको मुल्तवी लगत कटृा गरी मिसिल पुनरावेदन अदालत नेपालगंजमा पठाई दिनु भन्ने पुनरावेदन अदालत सूर्खेतको ०४९।३।४ को आदेश ।
१०. त्यसमा यिनै पुनरावेदकले यिनै विपक्षी समेत उपर ०४७।२।६ गते वांके जिल्ला अदालतमा दायर गरेको फौ.नं. २५१ को जालसाजी मुद्दा निर्णय भइसकेपछि प्रस्तुत मुद्दा मुल्तवीवाट जगाउने गरी ०४७।१०।१२ गते तत्कालीन भेरी अंचल अदालतको आदेशले मुल्तवी रहेकोमा उक्त जालसाजी मुद्दा वांके जिल्ला अदालतबाट मिति ०४९।१२।२५ गते निर्णय भइ यसै अदालतमा प्रतिवादी आशिष वेहना समेतको पुनरावेदन परी द.फौ.नं. २२२।३६८ मा दायर भएको देखिंदा प्रस्तुत मुद्दा मुल्तवीबाट जगाई दिएको छ । मुल्तवीबाट लगत कटृा गरी सम्वन्धित दायरीमा दर्ता गरी मुद्दा मुल्तवी रहेका वखत तारेखमा रहेका पक्षबहरुका नाउंमा म्याद जारी गरी नियमानुसार पेश गर्नू भन्ने पुनरावेदन अदालत नेपालगंजको आदेश ।
११. यसमा वादी प्रतिवादीहरु अंशियार भएकोमा कुनै विवाद नदेखिएको र वादीले अंश वापत यो यस्तो सम्पत्ति पाएको भनि प्रतिवादी पक्षले खुलाउन नसकेको तथा समानुपातिक तवरले दुवै पक्ष वीच अंशको छुटकारा भएको सवुद प्रमाणको अभावमा वादीको फिराद दावी पुग्न नसक्ने ठहर्याको शुरु वांके जिल्ला अदालतको इन्साफ फरक पर्न सक्ने हुंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ को नियम ४७, ४८ वमोजिम छलफलका लागि विपक्षीहरुलाई झिकाउनु पर्नेमा यिनै पक्ष विपक्ष्ँ समेत भएको फौ.पु.नं. २२२।३६८ समेतको जालसाजी मुद्दामा विपक्षीहरु तारेखमा रहेको देखिंदा यो आदेश निजहरुलाई सूनाई कागज गराई यसमा समेत तारेखमा राखि नियमानुसार पेश गर्नू भन्ने पुनरावेदन अदालतको मिति ०५१।२।१४ को आदेश ।
१२. यसमा घरसारमा अंश लिई अगावै सकेको भन्ने प्र. जिकिर भएको र व्यवहार प्रमाणबाट छुटिृएको देखिंदा अंश नपाउने ठहर्याई जिल्ला अदालतबाट फैसला भएको देखियो । तर के कुन मितिमा कति अंश लिर्ई आफु छुटिृएको भन्ने कुनै निश्चित कुरा उल्लेख नगरी वण्डापत्र नभए पनि व्यवहार प्रमाण सम्वन्धी कुनै अन्य लिखतको प्रमाण समेत प्र.हरुले पेश गर्न सकेको नदेखिएको अवस्थामा साक्षीको मौखिक कथन मात्रको आधारमा यी वादी समेतले अंश पाएको भनि मान्न नमिल्ने भई निजले यो प्र.हरुबाट कानुन वमोजिम पाउने देखिंदा मानो छुटिृएको मिति सम्वन्धमा पनि मुख मिलेको नहुंदा फिराद परेको दिनलाई मानो छुटिृएको मिति कायम गरी सो को अघिल्लो दिन सम्म आ आफ्नो जिम्माको चल अचल श्री सम्पत्ति र ऋण गैह्रको तायदाती फांटवारी वादी प्रतिवादीवाट लिई एक अर्कालाई सूनाई वादीले पाउने अंशको कानुन वमोजिम लाग्ने कोर्ट फि समेत निजबाट दाखेल गराई लगाउको जालसाजी र लिखत वदर मुद्दा समेत साथै राखि नियम वमोजिम पेश गर्नू भन्ने पु.वे.अ. नेपालगंजको आदेश ।
१३. यसमा प्रत्यर्थी एवं पुनरावेदक दुवै पक्षबाट फांटवारी दाखेल भई मिसिल सामेल रहेको।
१४. वादी प्रतिवादीहरु छुटृी भिन्न भई वेराल वसी आएका भन्ने पारित वा घरसारको दुवै लिखत प्रमाण पेश हुन नसकेको प्रतिवादी मध्येकी फतुमाको नाममा खरिद भएको जग्गा दाइजो पेवा हो भन्ने व्यहोरा राजिनामामा उल्लेख नभएको वादी प्रतिवादी अंशियारहरु वीच कुनै लेनदेन वा विक्रि व्यवहार भएको समेत कुनै सवुद पेश हुन नआएको तथा मोहीको १ नं. फारममा भरेको लगतलाई मात्र अंशवण्डा प्रयोजनको लगि मुल प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने हुंदा समेत वादी प्रतिवादीहरु अंशियार रहेकोमा विवाद नरहेकोले फिराद परेको दिनलाई मानो छुटिृएको मिति कायम गरी यस अदालतबाट माग गरिएको सम्पत्तिको फांटवारी अनुसारको सम्पतिबाट अंशियार मध्येकी मकुलाको मृत्यू भइसकेको प्रमाण पेश भई तीन अंशियारको मात्र वांकी रहेको देखिंदा वादीले प्रतिवादीहरुबाट तिन भागको एक भाग अंश पाउने ठहर्छ । शुरु वांके जिल्ला अदालतको इन्साफ उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत नेपालगंजको फैसला ।
१५. पुनरावेदन अदालतको फैसलामा चित्त वुझेन । वादी प्रतिवादी छुटृी भिन्न भई सकेका हौं । नापी नभएको घरवास मिन्हाको जग्गामा घर भएकोले सो घरलाई घरसारमा वण्डा गरी म आशिक वेहना छुटृी भिन्न भएको हुंदा नापी दर्ता नभएको घर वण्डा गर्दा सो को लिखत रजिष्ट्रेशन पारीत हुन सक्ने होइन । घरसारमा छुटृी भिन्न भएपछि म आशिष वेहना ०३३।९।२६ र ०३०।१०।१६ मा आफ्नो परिश्रमबाट आर्जेको सम्पत्तिबाट जग्गा खरिद गरेको हुं । त्यस्तै मेरो छोरा समेतको नाउंमा जग्गा खरिद भएको हो । यसरी खति उपति लेनदेन कारोवार खानपिन छुट्टा छुट्टै भई घरसारमा वण्डँ गरी छुटृी भिन्न भएको अवस्थालाई अंशवण्डाको १८ र ३० नं. ले कानुनी मान्यता प्रदान गरेकोले पुनरावेदन अदालतको फैसलामा उल्लेखित कानुनको त्रुटी विद्यमान छ । म फतुमा वेहनिनवाट भिखा वेहनाले जग्गा खरिद गरेको ०४६।३।२६ को विकाता राजिनामा समेत पेश भएको समेतबाट हामी वादी प्रतिवादी छुटृी भिन्न भएको प्रष्ट छ । त्यस्तै मलेरीया उन्मुलन कार्यालयबाट घरको लगत लिएकोमा पनि वादी प्रतिवादीको घरको लगत छुट्टा छुट्टै रहेको २०३२ सालको नागरिकता टोलीमा पनि वादी प्रतिवादीको नाम छुट्टा छुट्टै रजिष्ट्ररमा उल्लेखित हुंदाहुंदै हामीहरुबाट वादीले अंश पाउने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी गरी वांके जिल्ला अदालतबाट भएको फैसला सदर गरी इन्साफ पाउं भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
१६. यसमा घर अलग अलग गरी वसेको पिता पुर्खाको सम्पत्ति नरहेको भन्नेमा दुवै थरको मुख मिलेको, तयादातीमा पेश भएको सम्पत्तिहरु प्रतिवादीहरुले ०२४ साल उप्रान्त खरिद गरेको र भुमि सूधारबाट वितरणमा प्राप्त गरेको देखिएको सो सम्पत्ति सगोलको आर्जन परिश्रमबाट खरिद र भू.सु.का. वाट प्राप्त भएको भन्ने प्रमाण पेश हुन आएको नदेखिएको साक्षीका वकपत्रबाट समेत प्रतिवादीहरु ०२४ साल देखि अलग रहेको भन्ने जिकिरको पुष्टि भइरहेको देखिंदा अंश नपाउने ठहराएको शुरु वांके जिल्ला अदालतको फैसला उल्टाई अंश पाउने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाउनु भन्ने यस अदालतको आदेश ।
१७. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रविण कुमार कार्कीले मेरो पक्ष ०२४ साल देखि नै घरसारमा छुटृी भिन्न भई वसेको पुर्खौली सम्पत्ति नभई ०२४ साल पछि आफ्नै निजी आय आर्जनबाट जग्गा समेत खरिद गरेको मोहीको १ नं. लगतमा वादी प्रतिवादीको लगत छुट्टा छुट्टै भरेको तथा नागरिकता टोलीमा छुट्टा छुट्टै परिवारको रुपमा रजिष्ट्ररमा नाम उल्लेख भएबाट समेत वादीसंग छुटृी भिन्न भइसकेको पुष्टि भइरहेको हुंदा मेरो पक्षवाट वादीहरुले अंश पाउने ठहराई पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी शुरु फैसला वमोजिम अंश नपाउने ठहर हुनु पर्दछ भनि र प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वेद प्रकाश शिवाकोटीले अंशवण्डा भई अलग अलग वसेको भन्ने कुनै प्रमाण प्रतिवादीले पेश गर्न नसकेकोले वण्डा भइसकेको भन्ने प्रतिवादीको भनाई स्वतः खण्डित भएको हुंदा समेत प्रतिवादीहरुबाट वादीले अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला सदर हुनु पर्दछ भनि गर्नू भएको वहस जिकिर समेत सूनियो।
१८. अव वादीले प्रतिवादीबाट अंश पाउने भन्ने दावी पुग्न नसक्ने ठहराएको शुरु वांके जिल्ला अदालतको फैसलालाई उल्टी गरी अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन र पुनरावेदन जिकिर वमोजिम हुने हो होइन भनि विचार गर्दा प्र. मध्येका भिखा शेषले प्रतिउत्तर फिराउंदा प्र. आशिष शेष वेहनाको भनाइलाई समर्थन गरेको देखिन्छ । तर वादी दावी वमोजिम अंश पाउने ठहर गरेको फैसला उपर यी प्र. भिखा शेषले यस अदालतमा पुनरावेदन नगरी पुनरावेदन अदालतको फैसलामा चित्त वुझाई वसेको देखिन आयो ।
पुनरावेदक आशिश शेषले ०२४।१।१ मा वादी यो यो सम्पत्ति लिई छुटृी भिन्न भएको भन्ने कुराको कुनै प्रमाण दिन सकेको पाइएन । त्यसैगरी व्यवहार वा लिखतबाट वण्डा भएको भन्ने प्रमाण गुजार्न नसक्नुको अतिरिक्त प्रतिवादीले भरेको मोहीको १ नं. लगतमा वादी समेतलाई सगोलमा देखाएको पाइन्छ । यसरी लिखतबाट नै सगोलमा देखिएपछि अन्य लिखत वा कुनै वलियो प्रमाणवाट प्रतिवादी जिकिर वमोजिम ०२४।१।१ मा वण्डा भएको भन्ने देखिन नआएको हुंदा समेत शुरु वांके जिल्ला अदालतको इन्साफ उल्टी गरी वादीले दावी वमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ र पुनरावेदक प्रतिवादीको पुनरावेदन
जिकिर पुग्न सक्दैन । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.टोपबहादुर सिंह
इति संवत् ०५६ साल आश्विन ३ गते रोज २ शुभम् .......................................... ।