शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २७ - बाली

भाग: साल: २०१६ महिना: जेष्ठ अंक:

निर्णय नं. २७       ने.का.प २०१६

डिभिजन बेञ्च

(सदर अपील दोश्रा उपर)

न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री

न्यायाधीश श्री हेरम्वराज

डि.नं २९३/१३१

अपीलाट, वादी : विकुमान सिलिन्छे श्रेष्ठ

विरूद्ध

प्रतिवादी, रेस्पोण्डेण्ट : पद्मबहादुर खत्री क्षेत्री

मुद्दा : बाली

१.    लिने खाने गरेको कुतको प्रमाणिक सबुद वादी प्रतिवादी दुवै तर्फबाट गुज्रन नसकेमा दुई खला जग्गाको उब्जनी दुई किसमको भएमा सँधियारको जग्गाको हिसावले दुवै जग्गामा सरदरको हिसावले कुत तिर्नु पर्ने ठहर्छ ।

     वादीको दावीको २ खला जग्गाको बालीको बिगो भराई पाउँ भन्ने दावीमा साविकमा यो यति कुत लिने खाने गरेको भन्ने वादी प्रतिवादी दुवै तर्फबाट यकिन प्रमाणिक सबुद गुज्रन नसकेको वादी दावीको जग्गाको पोता बुझ्दा ७३ नं. सो धालङाबु साविक ।ऽ।२ जग्गाको हाल १।१ को खलो रोपनीको ।४८ पैसा पोता लागेको देखिएको नं. ६८७ को ताथलीङाबु साविक ४।।।।।२ को हाल ५।।।ऽ।। भई रोपनीको ३२ पैसा पोता लागेको देखिएकोले यी दुवै जग्गाको उब्जनी एकै किसिमको भन्न नमिलेकोले बुझिएका सँधियारको भनाईबाट रोपनी ५ चानचुन खलाको बढीमा रोपनीको १ मुरी भन्दा घटी नै कुत लागेको भन्ने देखिन आएको र अर्को १ रोपनी चानचुनको खलाको हकमा त्यसैको सँधियार मोही कृष्णकुमारको र लोकेशमानको बालीमा झगडा परेको रोपनी २।२ को खला पोता रू. ।३२ पैसा लागेको खलाको फैसलाबाट कुत धान मुरी ३।१० कायम भई फैसला भएको प्रमाणको मिसिलबाट देखिएकोले सिंगलबेञ्चको राय मनासिव नदेखिई वादीको दुवै खला जग्गाको सरदर लगाउँदा सालको कुत धान मुरी ७।१ र अरू गहुँ नगदीका हकमा वादीको दावीबमोजिम नै कुत ठहर्छ ।

(प्रकरण नं. ९)

 

फैसला

      १.     यसमा भ.पु.टौलाक्षे २३९ नं. पोता लगतको २४ नं. मौजे सो ढालको रोपनी १।१ र नं. २३ को रोपनी ५।।।ऽ।। समेत जम्मा रोपनी ७।।१ को कुत धान मुरी १०।१० गहुँ पाथी ।१५ मोहरू २।५० तिर्ने गरी अन्यायवालाले कमाएको ०८ सालको बालीमा धानमुरी ४ मात्र बुझाई अरू बाँकी राखेको र ०९ सालको कुत बाँकी राखेकोले हराएको कबुलियत गर भन्दा मालको भाउले लिने भए लेउ धान तिर्न सक्तिन भनेकोले बिगो रू. ३८५। भराई जग्गा पजनी गर्न पाउँ भन्ने समेत विकुमानको फिराद ।

      २.    वादीको बिर्ता जग्गा अघिदेखि साल १ को कुत धानमुरी ४। गहुँ पाथी ८ तिर्ने कवुलियत गरी ०८ साल तकको बाली चुक्ती गरी बुझाई सकेको छु ।

      जग्गै आफैंले झिकी कमाउने मुरादले बढी कुत देखाई ०९ साल देखि बाली नबुझी नालिस गरेको मात्र हो भन्ने समेत पद्मबहादुरको प्रतिवादी ।

      ३.    वादीको दावीबमोजिमको जग्गा कमाएको छैन भनी प्रतिवादीले भन्न नसकेको र ०८ सालसम्मको बाली बुझाएको भर्पाई पेश गर्न नसकेको । कुत घटी बढीतर्फ विचार गर्दा, ।।१ जग्गाको दावीबमोजिमको कुतको बिगो भराई जग्गा पजनी गर्न पाउने ठहर्छ भन्ने समेत ०१०।१२।२४ को भक्तपुर अदालतको फैसला ।

      ४.    चित्त बुझेन भन्ने समेत पद्मबहादुरको अपील ।

      ५.    कुत कायम गर्न सँधियार बुझेमा कायम भई आएको उब्जाबाट प्रतिवादीको भनाईबमोजिम कुत कायम हुन आएको देखिएकोले र वादीको कबुलियत दाखिल गर्न नसकेकोले प्र. जिकिरबमोजिम कुत धान ४। गहुँ पाथी ।८ कायम हुने हुँदा कुत नमिलेकोले जग्गा पजनी हुन सक्तैन भन्ने समेत ०१३।३।७।४ को अपील दोश्राको फैसला ।

      ६.    चित्त बुझेन भन्ने समेत बिकुमानको अपील ।

      ७.    जग्गाको किसिम र लोकेशमान प्रधानको जग्गा बाली मुद्दाको मिसिल झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०१५।५।४ को सिंगलबेञ्चको आदेश ।

      ८.    झगडा परेकै दक्षिण साँधको जग्गा कमाउने कृष्णकुमारले लोकेसमानको २२ जग्गा कमाएकोमा कुत मुरी ३।१० बुझाउनु पर्ने फैसलामा चित्त बुझाई बसेकोले जग्गा रोपनी ७।।१ मा धानमुरी ४ मात्र लागेको भन्ने मनासिव नदेखिएकोले घटी कुत कायम गर्न नमिली इन्साफ शुरूको मनासिव भई अपीलसँग राय नमिलेकोले झगडीया झिकाई निर्णयलाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत ०१५।७।२१ को सिंगलबेञ्चको आदेश ।

      ९.    पेश हुन आएको यो मुद्दामा अपीलाटको वा. न्हुछे भगत र प्र. को वा.हेमराज गिरीलाई राखी बुझ्दा वादीको दावीको २ खला जग्गाको बालीको बिगो भराई पाउँ भन्ने दावीमा साविकमा यो यति कुत लिने खाने गरेको भन्ने वादी प्रतिवादी दुवै तर्फबाट यकिन प्रमाणिक सबुद गुज्रन नसकेको । वादी दावीको जग्गाको पोता बुझ्दा ७३ नं. सो धालङाबु साविक ।क।२ जग्गाको हाल १।१ को खलो रोपनीको ४८ पैसा पोता लागेको देखिएको । नं. ६८७ को ताथलाङाबु साविक ४।। ।।।२ को हाल ५।।।क।। भई रोपनीको ३२ पैसा पोता लागेको देखिएकोले यी दुवै जग्गाको उब्जनी एकै किसिमको भन्न नमिलेकोले बुझिएका सँधियारको भनाइबाट रोपनी ५ चानचुनको खलाको बढीमा रोपनीको १ मुरी भन्दा घटी नै कुत लागेको भन्ने देखिन आएको र अर्को १ रोपनी चानचुनको खलाको हकमा त्यसैको सँधियार मोही कृष्णकुमारको र लोकश मानको बालीमा झगडा परेको रापनी २।२ को खला पोता रू. ।३२ पैसा लागेको खलाको फैसलाबाट कुत धान मुरी ३।१० कायम भई फैसला भएको प्रमाणको मिसिलबाट देखिएकोले सिंगलबेञ्चको राय मनासिव नदेखिई वादीको दावीको दुवै खला जग्गाको सरदर लगाउँदा सालको कुत धान मुरी ७।१। अरू गहुँ नगदीका हकमा वादीको दावीबमोजिम नै कुत ठहर्छ । ०८ सालको धान मुरी ७।१ पाउनेमा ०८ सालको बाली मध्ये धान मुरी ४ लिई खाएकोमा वादी नै सावित हुँदा ०८।०९ सालको नपुग हुन आउने धान मुरी १०।२ र नगदी गहुँको गरी जम्मा बिगो रू. २४७। वादीले प्रतिवादीबाट भरी पाउने समेत ठहर्छ । कुतमा मुख नमिलेकोले मोही पजनी हुन सक्तैन । तपसीलका कुरामा तपसीलबमोजिम लगत दिई मिसिल बुझाईदिनु ।

 

तपसील

भ.पु.अ.का १०।१२।१४ का फैसला र ०११।२।३।१ का लगतले लागेको अपीलाटले अपील गर्दा राखेको शुरू कोर्ट फी नक्कल दस्तुर समेत जम्मा रू. १९।८७ अ.त.बिगोमा ११।४।२८ मा धरौट रहेकोमा वादीको दावी मनासिव ठहरेको बिगो रू. २४७। को दस्तुर रू. १२।३५ र नक्कल दस्तुर रू. ।६२ समत जम्मा रू. १२।९७ वादीले पाउने र बढी देखिएको रू. ६।९० प्रतिवादीले नै फिर्ता पाउने र बढी देखिएकोले मु.स.बही बुझ्ने बारेको ५९ दफाको म्याद ३ बर्षभित्र वादी प्रतिवादी दुवैले दरखास्त गरेमा को.स.का ५७ दफाबमोजिम केही दस्तुर नली भराई दिनु सो कलमको अपीलका ०१३।३।७ का फैसलाले ०१३।९।१ मा लगत गरेको सो कलमको लगत काटी दिनु भनी शुरूमा पुर्जी गर्न अ.त.वि.मा लगत दिनु.................१

वादी विकुमाके निजले भरी पाउने ठहरेको बिगो मोहरू २४७। भरी पाउँ भनी प्रतिवादी पद्मबहादुरको जायजात देखाई दं.स.३६ नं. का ऐनका म्याद ५ बर्ष भित्र दर्खास्त गरेमा को.स.५९ दफाबमोजिम सयकडा २।। दस्तुर लिई भराई दिनु भनी ऐजन ऐजन ................२

वादी बिकुमानलाई प्रतिवादी पद्मबहादुरबाट अपीलका ०१३।३।७ का फैसलाले बिगो मोहरू २७२। भराउने गरी लगत दिएकोमा माथि लेखिएबमोजिम मोहरू २४७। भरी पाउँने बिगो कायम भएकोले सो बिगो रू. २७२। को लगत काटी दिनु भनी ऐजन ऐजन ................३

अपील दोश्राका देहायका मानिसके इन्साफ केही उल्टिमा हा.का १५ नं तजबिजी मोहरू. १। जरिवाना हुन्छ । देहायका दरले लगत गरी असुल गर्नु भनी अ.त.दे.मा लगत दिनु .................४

का. मु हाकिम ना.सु.झपट सिंह रावल क्षेत्री का.ई. ज्ञानेश्वरके रू. ।५० अ.ख.दोजराज जोशी का. ई मैतीदेवीके ।३०

बि.सूर्यकान्त मैनाली का. ई क्षेत्रपाटीके रू. ।२० कोर्ट फी लिफामा अपील गरेकोले अपीलाटलाई केही गर्नु पर्दैन ..............५

 

इति सम्वत् २०१५ साल चैत्र १० गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु