निर्णय नं. ३५ - जग्गा बाली

निर्णय नं. ३५ ने.का.प. २०१६
डिभिजन बेञ्च
न्यायाधीश श्री सिद्धिबहादुर मल्ल
न्यायाधीश श्री मुक्तिकान्त मैनाली
दे.डि.ठा.नं. ९५
अपीलाट : तुयु सिंह महर्जन समेत
विरूद्ध
रेस्पोण्डेण्ट : आशामरू महर्जन
मुद्दा : जग्गा बाली
(१) बाँकी बाली पाउँ भन्ने वादी दावीमा–प्रतिवादी सावित भएमा–बाँकी बाली बुझाउनु पर्ने आफ्नो लेना भए ऐनबमोजिम नालिस गर्नुपर्ने ।
वादीका दावीबमोजिमको बाली पाउँ भन्नेसम्म तुयुसिंह सावितै हुनाले आफ्नो लेना भए ऐनबमोजिम नालिस गरी लिनु पर्ने, तिर्जा बाली रोकी राख्न नहुने हुँदा तुयुसिंहको हकमा बाली बुझाउ नै पर्ने ।
(प्रकरण नं. ७)
(२) बाँकी बाली पाउँ भन्ने दावीमा वादीबाट पेश भएको तिर्जासम्मको बालीमा–बुझाएको केही निस्सा दरपिठ नभएमा–बाली बुझाउनु पर्ने–तिर्जा पेश नभएको बाली बुझाउनु नपर्ने ।
वादीको दावीबमोजिमको बाली पाउँ भन्नेमा बुझाईसकेको छु । भनी इन्कारी लिएको ९९ साल देखि ४ साल तकको तिर्जा वादीबाट पेश नभई ५।६।७ सालको तिर्जा मात्र दाखिल भएकाले बाली तिरे भन्ने प्रतिवादी भई वादीबाट तिर्जा दाखिल हुन नआएको हुँदा ९९ साल देखि ४ सालतकको अष्टमानले तिर्न नपर्ने र ५।६।७ सालको हकमा तिरे बुझाएको निस्सा दाखिल नभएको तिर्जा वादीले पेश गरेको दरपिठ भएको समेत नदेखिएकोले सो सालको बालीको हकमा बुझाउनै पर्ने ठहर्छ ।
(प्रकरण नं. ७)
(३) बाली बाँकीमा–पजनी गरी पाउँ भन्ने दावी नभएमा–मोहियानी हक कायम गरी पाउँ भन्ने दावी पुग्न नसक्ने ।
जग्गा मोहिया हक कायम गरी पाउँ भन्ने वादीलाई बाली पजनी गर्न पाउँ भन्ने दावी नभई आफै मोहियाहक कायम गरी पाउँ भन्ने दावी हुनाले त्यसमा वादीको दावी पुग्न नसक्ने ठहराई देवानी पहिला फाँटले छिनेको इन्साफ मनासिव छ ।
(प्रकरण नं. ७)
अपीलाट तर्फबाट : वकिल श्री मुक्तिलाल झा
रेस्पोण्डेण्ट तर्फबाट : वकिल श्री बलभद्र मिश्र
फैसला
१. यसमा महाने खान्गीको जागिरदारलाई सालको धान मुरी २। व्यू रू. ।५० चाठे ।५ समेत बुझाउनु पर्ने मोही बाजे हर्षमान ज्यापुका नाउँमा तिर्जा भई आउने काठमाडौं सोरे खेत माटोमुरी ।८ भनी तिर्जामा जनिएको बाजेले कमाई आएकोमा ९९ सालमा बाबु शंखनारायणले महाने खान्गी पाएकोले सो जग्गाको बाली बुझाउने जागिरदार आफैंं भई अन्यत्र बुझाउन नपर्ने भएबाट बाजेको जेठो छोरो अन्यायी मध्ये तुल्सीमान माहिला मेरो बाबु शंखमान भई सो जग्गा मध्ये माटोमुरी ।४ अन्यायी तुल्सीमानले र माटो मुरी ।४ अष्टमानले तिर्जाको बालीसम्म दिनेलिने गरी मगनीमा कमोत गर्न छाडी राखेकोमा बाबु मरी २००५ सालका बाली देखि सो खान्गीमा म भर्ना भएबाट तिर्जाबमोजिम बाली लिनु पर्नेमा बाबुले पाएको ९९ सालदेखि ०४ साल तकको र आशामरूले पाएको ०५ साल देखि ०७ साल तक नबुझाई बाँकी रहेको जम्मा बर्ष ९ को रू. १। को दर घान ।१।२ ले रू. २८८। नगदी रू. ४।९५ समेत जम्मा बिगो मोरू. २९२।९५ निज २ जनाबाट भराई जग्गाबाट झिकी आफैं मोहिया हक कायम गरी पाउँ भन्ने समेत ०८।२।३ को आशामरूको फिराद ।
२. महाने खान्गी सरकारीया रकम चलाई खानुपर्ने जग्गा वादीका बाबु बाजेकै पालादेखि सो जग्गा कमाई साल सालैबाली बुझाई आएको बाली कुनै सालको बाँकी राख्न नहुने, त्यस्तो कुरामा ९९ साल देखि बाँकी राख्यो होला भन्न नहुने । उजुर नगरी बस्यो होला भन्न पनि नहुने । बाली नबुझाई वादीले काम मात्र चलायो होला विचार हुनेछ, बाली बुझाउनु पर्ने बाँकी छैन । बुझाएको निस्सा भर्पाई रसिद लिनेदिने चलन नभएकोले दिएको छैन । तिर्जा पनि दिउँला बेइमान हुँदैन भन्थ्यो । मोलाईजामा रही बुझाएको बालीको दोहरा पारी लिउँला र जग्गा हाथ पारुँला भनी झुठ्ठा नालिस गरेको भन्ने समेत ८।४।२१ को अष्टमानको प्रतिवादी र ।
३. बाबु हर्षमान, सानीआमा, पुनीथंकु अन्यायको बाबु मेरो भाई शंकरमान र म समेत ४ जनाको अंश छुट्याई ७३ सालमा बण्डा गरेका बखत घर र बिर्ता साहु आसामीकोसम्म फाँट खोली तिरो तल्सींलाई तिर्नु पर्ने जग्गाहरू मुख जवानबाटै बाँडी दिएबमोजिम आफ्ना–आफ्ना भाग भोग गरी आएको बण्डाकै साहुहरू र अन्यायका बाबु र सानी आमाको साहु समेत तिर्न सावगासले पुगेन । तपाँईले नै तिरी साहुहरूलाई धितो दिएका भएजति समेत तिरी दिएको दरपिठबाटै देखिने । तिरी दिए मध्ये भाइले हक छाडी दिएका जग्गामा नै तुल्सीसँग मुद्दा परीरहेको साहु समेत जम्मै भुक्तान नगरी मोहिया हक र तिर्जाको बालीतर्फ समेत दावी नलाग्ने हुँदा वादीको दावीबाट फुर्सत पाउँ भन्ने समेत ०८।३।२।३ को तुल्सीमान भन्ने तुयुसिंहको प्रतिवादी परेकोमा ।
४. तुयुसिंह बाली बाँकीमा सावितै हुनाले आफ्नो लेना भए ऐनबमोजिम नालिस गरी लिनुपर्ने । तिर्जाको बाली रोक्न नहुने हुँदा तुयुसिंहको हकमा बाली बुझाउनै पर्ने र अष्टमानको हकमा बुझाई सकेको छु भनी इन्कारी लिएको ९९ साल देखि ४ सालतकको तिर्जा वादीबाट पेश नभई ५।६।७ सालको तिर्जा मात्र दाखिल भएकोले ९९ सालदेखि ४ सालसम्मको अष्टमानले तिर्न नपर्ने र ५।६।७ सालको बुझाएको निस्सा पेश दाखिल गर्न नसकेकोले बाली बुझाउनै पर्ने ठहर्छ । जग्गा पजनीतर्फ पजनी गर्न पाउँ भन्ने दावी नभई आफैं मोहिया हक कायम गरी पाउँ भन्ने दावी हुनाले त्यसमा वादीको दावी पुग्न नसक्ने ठहराई ०८।१।१९ गते देवानी पहिलाबाट फैसला गरेपछि ।
(५) सो इन्साफमा चित्त बुझेन भन्ने समेत आशामरू समेतको अपील परेपछि अष्टमानले आफूले बाली बुझाएको भए सो तिर्जा वा अरू किसिमको सबूद अष्टमानले नै पर्याउनु पर्ने, नसकेको भएपछि दावीको बिगो वादीले पाउँदैन भन्न नहुने हुनाले दावीबमोजिमको बिगो वादीले पाउँछ । जग्गा पजनीतर्फ ९ बर्षको बाली नबुझाएकोले पजनी गर्न पाउँदैन भन्न नहुनाले जग्गा पजनी गर्न पाउने ठहराई ०९।१०।२० मा अपील पहिलाबाट फैसला गरेकोमा ।
(६) सो इन्साफमा चित्त बुझेन भन्ने अष्टमानको र तुयुसिंहको अपील परेकोमा बाली बुझाएको सबुद अष्टमानले पुर्याउन नसकेको र बाली बाँकीमा तुयुसिंह सावित हुनाले समेत जग्गा पजनी गर्न पाउने समेत ठहराई छिनेको समेत अपील पहिलाको इन्साफ मनासिव ठहराई ०१४।२।८।३ मा सर्वोच्च अदालत सिंगलबेञ्चले फैसला गरेको र ।
(७) सो इन्साफमा चित्त बुझेन रिभ्यू गरी पाउँ भन्ने समेत तुयुसिंह समेतका निवेदनपत्रमा रिभ्यूको निस्सा भई राय गरी आदेशबमोजिम झिकाई आएको वादी आशामरू र वा.समेतको तुयुसिंह समेत दुवै थरी झगडीया राखी तुयुसिंहतर्फको विद्वान वकिल मुक्तलाल झा आशामरूतर्फको विद्वान वकिल बलभद्र मिश्र मसेतको बहस सुनी बुझ्दा यसमा वादीका दावीबमोजिमको बाली पाउँ भन्नेमा तुयुसिंह सावितै हुनाले आफ्नो लेना भए ऐनबमोजिम नालिस गरी दिनुपर्ने तिर्जा बाली रोकी राख्नु नहुने हुँदा तुयुसिंहको हकमा बाली बुझाउ नै पर्ने र अष्टमानको हकमा बुझाई सकेको छु भनी इन्कारी लिएको ९९ साल देखि ४ सालतकको तिर्जा वादीबाट पेश नभई ५।६।७ सालको तिर्जा मात्र दाखिल भएकाले बाली तिरें भन्ने प्रतिवादी भई वादीबाट तिर्जा दाखिल हुन नआएको हुँदा ९९ सालदेखि ४ सालतकको अष्ठमानले तिर्न नपर्ने र ५।६।७ सालको हकमा तिरे बुझाएको निस्सा दाखिल नभएको । तिर्जा वादीले पेश गरेको दरपिठ भएको समेत नदेखिएकोले सो सालको बालीको हकमा बुझाउनै पर्ने ठहर्छ । जग्गा मेहिया हक कायम गरीपाउँ भन्ने वादीलाई बाली काँकीमा पजनी गर्न पाउँ भन्ने दावी नभई आफैं मोहिया हक कायम गरीपाउँ भन्ने दावी हुनाले त्यसमा वादीको दावी पुग्न नसक्ने ठहराई देवानी पहिला फाँटले छिनेको इन्साफ मनासिव छ । अपील र सिंगलबेञ्चले गल्ती गरेको ठहर्छ । गल्ती इन्साफ गर्ने अपीलका तपसीलका मानिसलाई मोहरू १ जरिवाना गर्न समेत तपसीलबमोजिम लगत दिई मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिमअपील पहिलाफाँटका ०९।१०।२०।२ का फैसला र ०१४।२।८ का सिंगलबेञ्चका फैसला समेत उल्टि भई देवानी पहिलाको इन्साफ सदर भएकोले सो फैसलाबमोजिम गर्नुपर्दैन । देहायबमोजिम गर्नु भनी लगत दिने ........................१
वादी का. ई कालीमाटी बस्ने आशामरू महर्जन के वादीका दावीबमोजिम ९९ साल देखि ०७ सालतक बर्ष ९ को धान सालको मुरी २। ले र घ्यू मोरू. ।५० चाठे ।५ समेतको धान दर पाथी ।१।२ ले हुने मोरू २८८। सो लेखिएका कलममा वादीले फिराद गर्दा राखेको कोर्टफी मोरू १४।६४ मध्ये अष्टमानसँग बिगो बढी दावी गरेकाले सो बढी बिगोको कार्टफी कट्टी गरी बाँकी निजबाट भरी पाउने २।५७।२ र बिगो मोरू ४५।६५ तुयुसिंहबाट बिगो मोरू. १४८।३० कोर्टफी मोरू. ९।९० समेत दण्डसजायको ३६ नं. का म्याद ५ बर्ष भित्र निज प्रतिवादीको जायजाद देखाई वादीको दरखास्त परेमा को.स.५७।५९ दफाबमोजिम बिगोतर्फ सयकडा २।५० दस्तुर लिई र कोर्टफीतर्फ केही नलिई देहायका प्रतिवादीहरूबाट देहायबमोजिम भराई दिने भनी अ.त.बिगो फाँटमा लगत दिने १
प्र. का.ई. पुसुंबहाल बस्ने तुयुमहर्जनबाट बालीको बिगो मोरू. १४८।३० कोर्टफी मोरू. ९९० समेत जम्मा मोरू. १५८।२०
प्र. का.ई. कालीमाटी बस्ने अष्टमान महर्जनबाट बालीको बिगो मोरू. ४५।६५ कोर्टफी २।५७।२ समेत जम्मा मोरू. ४८।२२।२
वादी आशामरूले राखेको कोर्टफी १४।६४ मध्ये बिगो बढी दावी गरेको भरी नपाउने कोर्टफी मोरू. २।१६।२ को.स.२५ दफाले नपाउने .................................२
रा.का. देवानी पहिलाका देहायका मानिस के गल्ती इन्साफ गरेको भनी ०९।१०।२०।२ का अपील पहिलाका फैसलाले जरिवाना गरेकोमा हाल देवानीकै इन्साफ सदर भएकोले सो जरिवाना असुल भए फिर्ता र नभए ऐन सवालको रीत पुर्याई लगत काटी दिनु भनी लगत दिने ना.सु.सेरबहादुर थापा क्षेत्री का.ई. बटुके ................३
ना.सु.शेरबहादुर थापा क्ष्ोत्री का.ई. बटुके –।७०, डि.पोषणबहादुर कुँवर क्षेत्री का.ई. बागबजार के.।२०, वि.इश्वरीदत्त पाध्या ।१०
गल्ती इन्साफ गरेमा अपील पहिलाका देहायका मानिसहरू के देहायबमोजिम जरिवाना हुन्छ । हा.क.१५ नं. बमोजिम भएको जरिवाना असुल गर्न लगत दिने .......................४
का.मु.अ.ख.रामगोपाल श्रेष्ठका ई.येंगालके ।७०, वि.रामहरि तिमिल्सिना भ.पू.ई.कटुन्जे ।३०
इति सम्वत् २०१५ साल चैत्र ५ गते रोज ४ शुभम् ।