निर्णय नं. ४५ - अंश दपोट धनमाल मानाचामल समेत

निर्णय नं. ४५ ने.का.प. २०१६
फुल बेञ्च
(अपील दोस्रा उपर)
प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह
न्यायधीस श्री मीनबहादुर थापा क्षेत्री
न्यायाधीश श्री मुक्तिकान्त मैनाली
दे.अ.फु.नं. ३
अपीलाट, प्रतिवादी : चरीदेवी उपाध्यायनी समेत
विरुद्ध
रेस्पोण्डेण्ट, वादी : भीमकुमारी उपाध्यायनी
मुद्दा : अंश दपोट धनमाल मानाचामल समेत
(१) अंशबण्डाको ४६ नं.–दपोट गर्ने मानिसको भाग नदबाउने अंशियारले पाउने ।
अंशबण्डाको ४६ नं. ले दपोट गर्नेको भाग र वादीको भाग समेत वादीले दपोट गर्नेबाट भरी पाउने ठहर्छ ।
(प्रकरण नं ३)
(२) सगोलका घर जग्गामा घर बनाउनलाई अरु अंशियारको मञ्जुरी लिनपर्ने । सो नगरी त्यस्तो घर तायदातीमा नदिएको दपोटै ठहर्ने ।
सागोलको घरमा नयाँ थपी कुनै अंशियारले आफू एकलौटी गरी बनाउनलाई अरु अंशियारको मञ्जुरी पनि लिनुपर्ने । म्युनिसिपल्टी पास गरेको पनि नदेखिएको समेतबाट र वादी हकदारको मञ्जुरी लिई बनाएको भन्न र घरै थिएन, छैन भन्न र मानु छुट्टिएपछि नयाँ गरी आफ्नै भाग अंशको जग्गामा आफू मात्र खर्चले एकलौटी गरी बनाएको भन्न प्रतिवादीले नसकेकोले समेतबाट त्यस्तो घर तायदातीमा नदिएको दपोटै ठहर्छ ।
(प्रकरण नं. ५ र ८)
(३) अंशबण्डाको ५० नं.–अंश छुट्ट्याउन तायदाती भएपछि आफ्नो भागको आयस्ता रोक्का गर्ने दरखास्त दिएमा–वादीले आयस्ता पाउने । मानाचामल नपाउने ।
अंशबण्डाको ५० नं. ऐनले तायदाती दाखिल भएपछि जग्गा बाली रोक्का गरी आफ्ना भागको आयस्ता पाउँ भनी वादीले दरखास्त दिएमा आयस्ता नै दिलाई दिनुपर्ने हुँदा सो बमोजिम गर्ने गरी मा.न्या. हेरम्बराजजीको राय मनासिव छ । अंशबण्डा छुट्ट्याउन पर्ने वादीका उजुरी दरखास्तबाट कारवाई भएको प्रमाणलाई आएको मिसिल समेतबाट उक्त लेखिए बमोजिम आयस्ता वाली रोक्का भएको नदेखिएबाट आफ्ना भागमा परेका जग्गाको जग्गा छुट्ट्याई चलन नपाएसम्मको आयस्ता बाली बादीले नपाएको भए पाउँ भनी उक्त ऐनबमोजिम बिगो समेत कसी वादीले उजुर दिए उसै बखत ठहरेबमोजिम हुनेछ ।
(प्रकरण नं. १०)
(४) हा.क. १५ नं.– इन्साफ केही उल्टिमा अपील र शुरु अदालतका मानिस के जरिवाना हुने ।
केही उल्टिमा अपील दोश्रा र देवानी दोश्रा समेतलाई मो रु. १।– का दरले जरिवान हुन्छ ।
(प्रकरण नं. १०)
फैसला
१. यसमा मेरो ठाडो बिन्ति चढाईमा भएका हुकुम प्रमांगीबमोजिम बयान गर्न आएकी छु । मलाई अन्यायी प्रतिवादीहरूले अंश समेत नदिई मुद्दा पर्दा प्रतिवादीले तायदाती दिएकोमा मोरु. १२०० जाने घर १ मोरु. २५०० जाने २ मोरु ५०० जाने १ समेत ४ घर र दुर्गालक्ष्मीसँग मोरु १२०१ को आसामी प्र. सीतारामले उठाई सो समेत दपोट गरेका र मेरो कमलपोखरी घर कोठामा, नारायणहिटी दरबारमा नोकरी गरी कमाई ल्याई राखेको मोरु.६३१९। को धनमाल ९६ सालसम्म आवत–जावत गर्दा भएको पछि मुद्दा परेपछि, बाटो बन्द गरी जान नपाएको मुद्दा छिनेपछि हेर्न जाँदा नभएकोले सो धनमाल र २००५ साल आश्विन १० गते देखि आज तकको खड्गनिशाना फैसला बमोजिम महिना १ को मोरु. १०। ले पाउने मानाचामलको बिगो मोरु. २३४।४ समेत दिलाई भराई, सो दपोट गरेको आसामी उठाएको रुपैयाँ र घरहरू समेत ऐन बमोजिम एकलौटी मलाई दिलाई पाउँ भन्ने समेत ०७।५।२३ को वादी भीमकुमारीको उजुरी बयान ।
२. वादी झुट्टा हो । दपोट गरेको भनेको घरको हकमा १ नालेतर्फ मानु छुट्टिएपछि भुकम्पले भत्की ९०।९१ सालमा हामीले बनाएको र एउटा घर माधवजीको भागमा परी छोरा रामप्रसादबाट मधुसुदनले खरिद गरी लिएको अर्को घर फूपु रत्नकुमारीलाई दान दातव्य दिएको हुँदा दपोट गरेको होइन छैन । मानाचामलतर्फ अ.त. बिगो फाँटबाट अंशबण्डा भईसकेकाले दिनुपर्ने होइन । सीतारामले बुझेको नगदी आसामीतर्फ मलाई थाहा छैन भन्ने समेत चरीदेवी, दुर्गादेवीको वा. समेतको प्रद्युम्नको र अरु ऐनज मिलान र आसामी दुर्गालक्ष्मी सीतारामले बुझेको भए हामीहरूको समेत फाँट पाउँ भन्ने समेत प्र. मधुसुदनको र अरु ऐजन मिलान र आसामी दर्गालक्ष्मी मैले बुझी जस्तो लाग्दैन । फट्टा हेरी मेरो सहीछाप हो होइन अड्डैबाट छुट्ट्याई पाउँ भन्ने समेत सीतारामको बयान ।
३. मानाचामलतर्फ वादीले आयस्ता वा मानाचामल पाउने भएकोमा वादीले मानाचामल दावी लिएको आयस्ता दिन्छु भन्ने प्रतिवादीको जिकिर नभई बण्डा छुट्टी सकेकोले दिन नपर्ने भन्ने जिकीर भएको । अचल जग्गा जमीन बण्डा छुट्ट्याएको नदेखिएकोले समेत दावी बमोजिम मानाचामल भरी पाउने र आसामी दुर्गालक्ष्मी उठेको रुपैयाँ दपोट गरे भन्नेतर्फ रु.१२०१। भनेको १२५१ को तमसुक दरपीठ सीतारामलाई सुनाउदा सद्दे कीर्ति अड्डैबाट टुट्ट्याई पाउँ भनेको सहीछाप भिडाउँदा सीतारामको हस्तासँग मिल्न आएकोले र अंश मुद्दाको मिसलबाट ८६ सालमा मानु छुट्टिएको ठहरेको ८२ सालको लगानी ०४ सालमा उठाई लिएको भएपछि सगोलको धन बण्डा लाग्ने तायदाती नदिएकोले दपोट गरेको देखिन आएकोले अंशबण्डाको ४६ नं. ले दपोट गर्ने सीतारामको भाग र वादीको भाग समेत वादीले प्र. सीतारामबाट भरी पाउने र धनमाल पेवातर्फ त्यतिको धनमाल घर कोठामा राखेको भए सधैं माइतै बस्न नपर्ने । बुझिएका साक्षीका भनाइबाट पनि दरवारबाट निस्कँदा माइत जान्छु भनी गई आमासँग बसेको देखिएकोले समेत धनमालको बिगो पाउँ भन्ने वादीले झुट्टै उजुर गरेको र रु. १२०० जाने पूर्व हिराको घर भनेकोमा ९८ सालमा दिएको तायदातीमा फूपू रत्नकुमारीको भाग भन्ने देखाई तायदाती दिएको र बुझिएका साक्षीबाट पनि रत्नकुमारीकै देखिएको हुनाले समेत सो घर दपोट भन्ने वादी दावी पुग्न नसक्ने । माधवजीका घर भन्नेतर्फ सो घर बाबा माधवजीको अंश भई बाबा मरी मेरो हक भई मैले मोरु १५०१। मा ०७।३।१३ मा मधुसुदनलाई फार्छ्या गरी दिएको । बाजेको नामको दर्ता हुँदा पास हुन सकेको छैन भन्ने रामप्रसादको बयान र ६८ सालको बण्डापत्र भर्पाईबाट कमल पोखरीको घर पश्चिमपट्टी माझखण्ड माधवका भागमा परेको देखिएको । प्रतिवादीका साक्षीबाट पनि माधवको भागको घर भन्ने बकपत्र गरेको । २००१ सालमा सर्भे नापी हुँदा पनि माधवकै नाउँमा दर्ता भएको पुर्जा नक्कलबाट देखिनाले समत सो घर समेत दपोट नठहर्ने । रु. २५०० जाने जोडिएको २ घर दपोट भन्नेतर्फ अघि बनेको भन्ने वादीले सबूद पुर्याउन नसकेको । प्रतिवादीका साक्षीले ९०।९१ सालमा बनाएको घर हो भनी लेखिदिएको नक्सा पास नगर्दैमा दपोट ठहर्छ भन्न नहुने । उसमा पनि आफ्नै घरमा जोडी बनाएको देखिनाले समेत सो घरहरू दपोट भन्ने वादी उजुर झुट्टै ठहर्छ भन्ने समेत रा. का. देवानी दोश्राको ०८।११।१२ को फैसला
४. मैले दावी गरेका घरहरू समेत दपोट ठहर्ने रु. १२५१ आसामी उठेको रुपैयाँ मैले पाए एकलौटी खान पाउने । मेरो धनमाल पेवा समेत दिलाई भराई दिनुपर्नेमा सो नगरेकाले चित्त बुझेन भन्ने समेत वादीको र मानाचामल दिलाउने गरेकोमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपील ।
५. रु. २५०० जाने घर कित्ता १ सागोलको होइन । मानु छुट्टीएपछि ९०।९१ सालमा बनाएको भन्ने प्रतिवादीको जिकीरमा सगोलको घरमा नयाँ थपी कुनै अंशियारले आफू एकलौटी बनाउनलाई अरु अंशियारको मञ्जुरी पनि लिनुपर्ने । म्युनिसिपल्टी पास गरेको पनि नदेखिएको समेतबाट त्यस्तो घर तायदातीमा नदिएको, दपोटै ठहर्छ । धनमालको बिगो रु. ६३१९।तर्फ नासो धरौटको ऐनको म्याद भित्रको अवस्था रीतको उजुरी नहुँदा तककीकात गर्न नहुने गरेको हुँदा त्यस कलमको दण्ड वादीलाई नलाग्ने । अरु इन्साफ शुरुकै मनासिव छ भन्ने समेत ०१३।३।१ को अपील दोश्राको फैसला ।
६. अंशबण्डा भईसकेपछि पनि मानाचामल दिलाउने गरेको र भूकम्पले भत्की हामीले एकलौटी खर्च गरी बनाएको घर पनि दपोट भनी वादीले एकलौटी पाउँने ठहराएकोले चित्त बुझेन भन्ने समेत प्रतिवादी चरीदेवी समेतको अपील ।
७. रु. दसहजार भन्दा बढी बिगोको मुद्दा हुँदा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको ०१४।४।९ मितिको आदेश ।
८. रु. २५०० को घर २ दपोटतर्फ वादी हकदारको मञ्जुरी लिई बनाएको भन्ने र घरै थिएन छैन भन्न र मानु छुट्टिएपछि सवै नयाँ गरी आफ्नै भाग अंशको जग्गामा आफू मात्र खर्चले एकलौटी गरी बनाएको भन्न प्रतिवादीले नसकेकोले समेत अरुतर्फ अपीलको मनासिव देखिएको । मानाचामलतर्फ तायदाती दिईसकेपछि आयस्ता नै पाउने हुँदा महिना १ को रु. १० दरले मानाचामल भराउने गरेको सुरु र अपीलको समेत गल्ती देखिंदा झगडीया वादी झिकाई पेशगर्नु भन्ने समेत ०१४।६।१।३ को डिभिजन बेञ्चको राय आदेश ।
९. ०१४।७।१५ मा श्री मा. न्या. हेरम्बराजजी र श्री मा.न्या. पशुपतीप्रसादजीको डिभिजनमा मानाचामलतर्फ छुट्टा–छुट्टै रायबाझी भई नियम बमोजिम निर्णय निमित्त फुल बेञ्चमा पेश गर्नु भन्ने समेत उक्त मितिको डिभिजन बेञ्चको राय आदेश ।
१०. वादी भीमकुमारी र प्रतिवादी वा. समेतको प्रद्यमन समेतलाई रोहबरमा राखी प्रस्तुत मुद्दा बुझ्दा आयस्ता बालीमा हिसाब हुने गरी अ.त. बिगो फाँटमा दरखास्त परेको ०५।१२।७।१ तकको मानाचामल भराई दिने अरु ०१४।६।१ को डिभिजन बेञ्चको राय मनासिव भन्ने श्री.मा.न्या. हेरम्बराजजीको र अरुतर्फ ०१४।६।१ को डिभिजनेञ्चको राय मनासिव । मानाचामलतर्फ अदना स्वास्नी मानिस वादीले आजसम्म अंश नपाउँदा आफ्ना अंशबाट खान नपाई लरखरी रहेको र जग्गा बण्डा भई वादीले भोग गरेको पनि नभई वादी वृद्ध समेत देखिएको समेतबाट मानाचामल पाउने गरी देवानी र अपीलले गरेको इन्साफ मनासिव भन्ने समेत श्री मा.न्या. पशुपतीप्रसादजीको राय भई मानाचामलतर्फ रायबाझी भई नियम बमोजिम फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा अंशबण्डाको ५० नं. ऐनले तायदाती दाखिल भएपछि जग्गा बाली रोक्का गरी आफ्ना भागको आयस्ता पाउँ भनी वादीले दरखास्त दिएमा आयस्ता नै दिलाई दिनुपर्ने हुँदा सो बमोजिम गर्ने गरी श्री मा.न्या. हेरम्बराजजीको राय मनासिव छ । अंशबण्डा छुट्ट्याउन पर्ने वादीका उजुरी दर्खास्तबाट कारवाई भएको प्रमाणलाई आएको मिसिल समेतबाट उक्त लेखिए बमोजिम आयस्ता बाली रोक्का भएको नदेखिएबाट आफ्ना भागमा परेको जग्गाको जग्गा छुट्ट्याई चलन नपाएसम्मको आयस्ता बाली वादीले नपाएको भए पाउँ भनी उक्त ऐन बमोजिम बिगो समेत कसी वादीले उजुरी दिए उसै बखत ठहरे बमोजिम हुनेछ भनी उक्त ऐन बमोजिम बिगो समेत कसी वादीले उजुरी दिए उसै बखत ठहरे बमोजिम हुनेछ भनी वादीलाई सुनाई दिनु । उक्त लेखिएको अ.त. बिगो फाँटले बण्डा छुट्ट्याउने कारवाई गरेको मिसिल हेर्दा वादीले तारिख छोडेको भनी ०८।१२।२८ मा डिसमिस पर्चा भएकोमा तारिख थाम्ने वादी भीमकुमारीको निवेदन परी ०६ सालमा गुज्रेको तारिख भए पनि थामी दिनु भन्ने ०८।१०।४ मा तोक आदेश भई ०८।१२।५ मा वादीलाई घरसम्मको बण्डा काठमाडौं नगरपालिका साक्षी चेक फाँटबाट छुट्ट्याई सो बण्डापत्र सक्कल बुझाउने समेत बाँकी काममा ०९ साल बैशाख बेमितिमा अ.त. बिगो फाँटलाई लेखी पठाएको पत्रमा अगुवा भीमकुमारीलाई यही बैशाख १३ गतेको तारिख तोकी पठाएको छ भन्नेसम्म जनाई का. न.पा. साक्षी चेक फाँटले लेखेको पत्रमा पीठ जवाफ दिई अ.त. बिगो फाँटबाट फिर्ता पठाई फेरि मिति सदर गरी का. न.पा. साक्षी चेक फाँटबाट पत्र जवाफ गाँसी अ.त. बिगो फाँटमा पठाएबाट मिसिलबाट पत्रमा लेखिए मुताविक तारिख तोकेको र वादीले तारिख पाएको तारिख भर्पाई पर्चा समेत केही नदेखिएको र वादीको भाग अंशको बण्डापत्र अड्डाबाट बुझाएको र वादीले बुझेको समेत मिसिलबाट नदेखिएको । उक्त लेखिए बमोजिम आफ्ना भाग बण्डाका जग्गाको आयस्ता नै पाउने ठहरेको र वादीले तारिख थामी पाई घर बण्डा लिएको र जग्गा जमिनतर्फ वादीलाई तारिखमा राखी कारवाई भएको नदेखिँदा वादीले कानूनले पाईरहेको सुविधा हनन् हुन गएकोले उक्त लेखिए बमोजिम आयस्ता पाउने ठहरेको बण्डापत्र बुझे बुझाएको पनि नदेखिई जग्गा छुट्ट्याउने काम समेत बाँकी नै देखिँदा सो बण्डापत्र बुझाउने जग्गा छुट्ट्याउने समेत बाँकी काम ऐन बमोजिम कारवाई गर्नु भनी वादी भीमकुमारीलाई ०१४ साल माघ १५ गते अ.त. बिगो फाँटमा हाजिर हुन जानु भनी तारिख तोकी उक्त मुद्दाको मिसिल अ.त. बिगो फाँटमा बुझाई दिनु । केही उल्टिमा अपील दोश्रा र देवानी दोश्रा समेतलाई मोरु १ का दरले जरिवाना समेत अरु तपसीलका करामा तपसीलै बमोजिम गरी मिसिल, मिसिल विभागमा बुझाई दिनु ।
तपसील
प्रतिवादी देहायका मानिस के माथि इन्साफ खण्डमा लेखिए बमोजिम आफ्नो भाग अंशमा परेका जग्गाको वादीले आयस्ता नै पाउने मानाचामल नपाउने ठहरेकाले प्रतिवादीबाट वादी भीमकुमारीलाई भराउने गरेको मानाचामलको बिगो मोरु २३४।४ सुरु रा.का. दे.दो. का फैसला अ.त. बिगो फाँटका ०९।२।१२ का लगतले लागेको उक्त बिगोको लगत काटी दिनु भनी अ.त. बिगो फाँटमा लगत दिनु........................१
वादी भीमकुमारी के मानाचामलको दावी पुग्न नसकेबाट मानाचामलको बिगो रु. २३४।४ को कोर्ट फि सयकडा ५ ले मोरु ११।७१ लाग्नेमा सुरु र अपीलबाट सो माना चमल प्रतिवादीको देहायका मानिसबाट भराउने गरी सो लाग्ने कोर्ट फि रु.११।७१ समेत निज प्रतिवादीबाट लिने देखिनाले सो कोर्ट फि प्रतिवादीहरूलाई नलाग्ने हुँदा दामासाहीले फिर्ता दिनु भनी अ.त. बिगो फाँटमा लगत दिनु ..............२
पं मधुसुदन उपाध्याय १, दुर्गादेवी १, प्रद्युमन १, सीताराम पाध्या १, चरीदेवी १
वादी भीमकुमारी के पूर्व हिराको घर पश्चिम सडक उत्तर सडक दक्षिण सिलवाल सुवेदारको घर यति चारकिल्ला भित्रमा भएको घरमा जोडिएको उत्तर दक्षिण लंगको पूर्व मोहडाको १ नाले वारदाली समेतको घर १ र ऐजनमा दक्षिण पट्टी जोडिएको १ नाले २ तले समेतको अं रु.२५००। जाने भनेको का. ईं कमल पोखरीको घर २ वादील दपोट भनी उजुर गरी दपोट ठहरी जितेकाले अंशबण्डाको ४६ नं. ऐनले निज वादी भीमकुमारीले एकलौटी पाउने हुँदा सो घर २ चलन चलाई पाउँ भनी ऐनका म्याद भित्र वादीको दर्खास्त परेमा कोर्ट फि लागेको मुद्दा हुँदा सैंकडा रु. २ दस्तुर लिई उक्त लेखिएका घर २ वादीलाई ऐन सवालको रीत पुर्याई चलन चलाई दिनु भनी अ.त. बिगो फाँटमा लगत दिन.............३
केही उल्टिमा देहायका अड्डाका देहायका मानिस के हा.क. १५ नं. ले अड्डै पिच्छे मा.रु १ का दले दामासाहीबाटदेहाय बमोजिम जरिवाना हुन्छ । असुल गर्न तहसिलमा लगत दिनु....................४
रा.का. देवानी दोश्राका ना.सु. लक्ष्मण रमण उप्रेती ।५०, ऐजनका अ.डि. गुणराज उपाध्याय ।३०, ऐजनका वि. तारप्रसाद खरेल ।२०, अपील दोश्राका ना.सु. झपट सिंह रावल क्षेत्री ।५०, ऐजनका अ. ख. दोजराज जोशी ।३०, ऐजन का. वि.रोहिणीप्रसाद मैनाली ।२०
वादी भीमकुमारी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम मानाचामलको बिगो रु. २३४।४ नपाउने, आयस्ता नै पाउने ठहरेकाले उक्त बिगोको कोर्ट फि सवालले सयकडा५ ले मोरु. ११।७१ कोटफि लाग्नेमा सुरु उजुर पर्दा प्रमांगीबा टर्काफि नरही कारवाइ चलेकोर सुरु र अपीलबाट वादील्े सो मानाचामलको बिगो भरी पाउने गरी त्यसको लाग्ने कोर्ट फि प्रतिवादबाट असुल गरी लिएको वादीले सुरुमा हारेको कुारको दशौंद मोरु ४७।८ कोर्ट फि राखी सुरु उष्र अपील गरेकामा अपीलमा धनमाल पेवातर्फ खारेज गरी रु. २५०० कको घर २ दपोट ठहराई निज वादीले सो अपील गर्दा राखेको कोर्ट फि मध्ये रु. ४०।२८ फिर्ता दिने गरी ०१३।३।१ का अ.दो. का पर्च अ.त. दे. मा १३।३।१ मा लगत दिए मध्ये रु. ११।७१ मानाचामल वापतको कार्टफि लाग्ने हुँदा मोरु. ११।७१ कटाई बाँकी रु. २८।५७ मात्र निज वादीलाई फिर्ता दिनु भनी दिएको उक्त कोर्ट फि लगत काटी दिने समेत ऐन सवाल बमोजिम गर्नु भनी अ.त.दे. फाँटमा लगत दिनु ......................५
इति सम्वत् २०१४ साल माघ १ गते ३ शुभम् ।