शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६० - थैली बुझाई जग्गा निखनाई पाउँ

भाग: साल: २०१६ महिना: कार्तिक अंक:

निर्णय नं. ६०       ने.का.प. २०१६

डिभिजन बेञ्च

का.मु. प्रधान न्यायधीस श्री सिद्धिबहादुर मल्ल

न्यायाधीश श्र मिनबहादुरर थापा क्षेत्री

डे.डी.अ.नं. २९५

अपीलाट : काशीनाथ बदार खनिया

विरुद्ध

रेस्पोण्डेण्ट : नन्दप्रसाद बदार खनिया्

मुद्दा : थैली बुझाई जग्गा निखनाई पाउँ

१.    साहु आसामीका ३१ नं. भोगबन्धकी थैली घटाई लख सारेकोमा बन्धक दिने आसामीले तहसँग गई निखन्न पर्ने र पुरा थैली लिई लख सारेकोमा सोझै पछिल्ला साँहु कहाँ निखन्न गए पनि हुने ।

     आफ्नो भोगबन्धकी थैली घटाई लखबन्धकी दिएकोमा बन्धक दिने आसामीले निखन्न जाँदा बन्धक खाने साहुँ मार्फतै निखन्न जानु पर्ने र पुरा थैली लिई लखबन्धक दिएकोमा सोझै लखबन्धकवाला साहु मार्फतै निखन्न गर पनि हुने भन्ने साहु आसामीको ३१ नं मा उल्लेख भएकोबाट बन्धकी दिने आसामीले निखन्नेमा पनि लखबन्धकवाला मार्फत जाने व्यवस्था भएकै।

(प्रकरण नं. ८)

२.    साहु आसामीका ११ नं. बन्धकी परेको जग्गा सन्धीसर्पन गर्ने हकवालाले म्याद भित्र निखन्न पाउने म्याद नाघेमा आसामीको मञ्जुरी बेगर र अपुताली नपरी हकवालले निखन्न नपाउने ।

     आसामीले भोगबन्धक दिएकोमा सन्धीसर्पन पर्ने हकवालले म्याद भित्र निखन्ने बाहेक भोगबन्धकी दिएकोमा आसामीको मञ्जुरी नभई र अपुताली नपरी हकवालाले निखन्न साहु आसामीको ११ नं. ले नपाउने भई भोगबन्धकी लिएको वस्तु आसामीले निखनी नलिंदासम्म बन्धकीवाला साहुको हक हुने ।

(प्रकरण नं ८)

३.    साहु आसामीको १२ नं. लखबन्धकीको थैली तिरेमा भोगबन्धकी दिने साहुले निखनी लिन पाउने ।

     आफ्नो बन्धकी हक अरुलाई निखनी लखबन्धकी दिएकोमा लखबन्धकी भनेको लख भोगबन्धकी हुनाले लखबन्धकी थैली तिरी निखनी लिन भोगबन्धकी दिने साहुले साहु आसामीको १२ नं. ले पाउने हुँदा सिंगलबेञ्चको राय मनासिव छ शुरु कुन्छा अदालत र अपील दोश्रा फाँटले गल्ली इन्साफ गरेको ठहर्छ ।

रेस्पोडेन्ट तर्फका प्लीडर : मायानाथ उपाध्याय

 

फैसला

      १.     बदनी बदार खनियानीबाट खेत पाखो रु. १३३१।७२ मा मैले भोगबन्धकी लिएको सो थैली नन्दप्रसादबाट बुझी लख दिएको नन्नप्रसाद देशमा गएकोले चन्द्रप्रसाद मनहर्षलाई थैली बुझाउन जाँदा बुझी दिएनन र कुन्छा मालमा सो थैली धरौट राख्दा लखबन्धक लिखतमा दाताबाटै बुझी लिनु भन्ने लिखतमा लेखेकोबाट नालिस दिनु भन्ने मालले ०११।१२।२३ मा पर्चा गरी दिएकोले नालिस गर्न आएको छु मालमा धरौट रहेको थैली रु. १३३१।७२ बुझाई सो बन्धकी जग्गा मलाई दिलाई बुझ्नु पर्ने थैली नबुझेमा सजाय गरी पाउँ भन्ने समेत काशीनाथको ०१२।१।२५ को वादी ।

      २.    हाम्रा हकदार ४ पुस्ता भित्रका बदनीका हक भोगको खेत पाखो रु. १३३१।७२ मा ९५ साल पौष २१ गतेमा काशीनाथलाई भोगबन्धकीमा बदनीले बिक्री गरी निज बदनी देशमा गएकोले सो जग्गा हाम्रो सन्दीसर्पन पर्ने हकदार समेत हामी नै भएबाट म चन्द्रप्रसादको बाबु मनहर्षको दाज्यू नन्दप्रसादले बदनीले खाएको रु. १३३१।७२ काशीनाथलाई बुझाई लखबन्धकमा लिएको रुपैया बुझ्दाको धनीबाट रुपैयाँ बुझी जग्गा छाडी दिनु भन्ने काशीनाथले लख दिएको लिखतमा लेखिएको हकदार पनि हामी नै हाम्रो सन्दीसर्पन पर्ने भई वादीले रुपैयाँ बुझी बसेको दाता बदनीले रुपैयाँ बुझाउन आए मात्र रुपैयाँ बुझी जग्गा छाड्नु पर्ने यो बादीबाट रुपैयाँ बुझी जग्गा छाड्नु पर्ने हामीलाई दुःख दिन झुट्टा नालिस गरेको भन्ने प्रतिवादी ०१२।२।३ को ।

      ३.    मैले बन्धकी दिएको थैली बुझी दिएनन भन्न नभई मैले बदनीबाट भोगबन्धकमा लिई लखबन्धकीमा दिएको भन्ने जिकीर लिएको लखबन्धकी लिखतमा दाता बदनीबाट थैली बुझी लिनु भन्ने लेखिएकोले दाता बदनीबाट लेखिएको बदना बेगल लख दिने यो वादीले बुझाउन नपाउने हुँदा झुट्टा उजुर गरेको ठहर्छ भन्ने समेत कुन्छा अदालतबाट गरेको ०१२।१०।२ को फैसला।

      ४.    कुन्छा अदालतबाट गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत काशीनाथ बदार खनियाको अपील ।

      ५.    लिखत भएकामा लिखतै बमोजिम गर्नुपर्ने हुनाले सुरुको इन्साफ मनासिव छ भन्ने समेत अपील दोश्राबाट गरेको ०१३।२।४ को फैसला ।

      ६.    मैले बन्धकीमा लिई लखमा दिएको लखबन्धकी निखन्न पाउँदैन भन्ने ऐन नभएको रुपैयाँ बुझाउने हक दाताले मलाई नै दिएको थैली बुझाउन नपाउने ठहराई सुरु अपीलले गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत काशीनाथको अपील ।

      ७.    यसमा बन्धकी लिएको जग्गा बन्धकी वालाले लख दिएको र सो लख गएका जग्गा निखन्न नआएसम्म निजै बन्धकी वालाको हक हुने भई बन्धकी वालाले निखन्न आएमा आफ्नो अधिकारको चिज निखनी लिन पाउँदैन भन्न मनासिव नपर्नाले सुरु र अपीलका रायसँग सहमत नहुँदा छलफलमा प्रतिवादीलाई झिकाई नियम बमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगलबेञ्चको ०१५।४।२०।२ को आदेश ।

      ८.    यसमा सिंगलबेञ्चका आदेश बमोजिम झिकाई आएका वा समेत मनहर्ष र निज तर्फबाट राख्नु भएको विद्वान प्लीडर मायानाथ उपाध्यायलाई राखी पेश गर्न ल्याएको यस मुद्दामा वादीको धरौटी अपील जिकीर समेत हेरी वकील प्लीडर मायानाथका बहस समेत सुनी विचार गर्दा, फ्नो भोगबन्धक थैली घटाई लखबन्धकी दिएकोमा बन्धक दिने आसामीले निखन्न जाँदा बन्धक खाने साहुमार्फत नै निखन्न जानु पर्ने र पुरा थैली लिई लखबन्धक दिएकोमा सोझै लख बन्धवाला साहु कहाँ निखन्न गए पनि हुने भन्ने साहु आसामीको ३१ नं. मा उल्लेख भएकोबाट बन्धकी दिने आसामीले निखनेमा पनि लखबन्धकवाला मार्फत जाने व्यवस्था भएकै र आसामीले भोगबन्धक दिएकोमा सन्धीसर्पन पर्ने हकवालाले म्याद भित्र निखन्ने बाहेक भोगबन्धकी दिएकोमा आसामीको मञ्जुरी नभई र अपुताली नपरी हकवालाले निखन्न साहु असमीको ११ नं. ले नपाउने भई भोगबन्धकी लिएको बस्तु आसामीले निखनी नलिँदासम्म बन्धकीवाला साहुको हक हुने त्यस्तो आफ्नु बन्धकीहकहरूलाई लख बन्धी दिएकोमा भनेको लख भोगबन्धकी हुनाले लखबन्धकी थैली तिरी निखनी लिने दिने साहुले साहुँ आसामीको १२ नं. ले पाउने हुँदा सिंगलबेञ्चका राय मनासिव छ सुरु कुन्छा अदालत र अपील दोश्रा फाँटले गल्ती इन्साफ गरेकोठहर्छ र सो ठहर्नाले तपसीलका कालममा तपसील बमोजिम गर्नेगरी मिसिल नियम बमोजिम गरी पठाई दिनु ।

 

तपसील

प्रतिवादी प्र. ३ नं. लमजुङ्ग दुराडाँडा बरबोटे माझगाउँ बस्ने नन्दप्रसाद बदार खनियाके माथि राय लेखिए बमोजिम वादी काशीनाथबाट बुझ्नु पर्ने थैली नबुझेमा साहु आसामीको ५२ (क) नं. बमोजिम थैली मोरु १३३१।७२ को सयकडा २।५० ले मोरु ३३।३० दण्ड हुन्छ । रुजु नहुँदा वादी काशीनाथले कुन्छा मालमा घरौट राखेको रु. १३३१।७२ निज नन्नप्रसादले पाउने हुँदा सो धरौट लिन आएका बखत उक्त लाग्ने ठहरेको दण्ड कटाई पठाई दिनु भनी कुन्छा माललालई लेखी पठाउन समेत लगत कसी असुल गर्न तहसिलमा लगत दिने कलम देहायका प्रतिवादीहरूको हकमा निजहरूको बाबु दाजु नन्दप्रसादलाई सजाय भईसकेकोले केही गर्नु नपर्ने ....................१

प. ३ नं. लमजुङ्ग दुराडाँडा बरबोटे माझ गाउँ बस्ने मनहर्ष बदार खनिया १ ऐजन ऐजन बस्ने चन्द्रप्रसाद १

अपीलाट, वादी प्र. ३ नं. लमजुङ्ग दुराडाँडा बस्ने काशीनाथ बदार खनियाके बदनीबाट भोगबन्धकमा लिई प्रतिवादी नन्दप्रसादलाई लखबन्धकमा दिई राखेको खेत बारी निखनी भोग चलन गरी खान पाउने ठहरी जितेमा जग्गा मिच्नेको २० नं. बमोजिम जिताउरी मो.रु. १। लाग्छ निजलाई सुरु कुन्छा आदलतबाट ०१२।१०।२ मा गरेको दण्ड मोरु ५। अपील दोश्राबाट ०१३।२।४ मा गरेको दण्ड मोरु ।५० अपील दोश्रा उपर अपील गर्दा राखेको घरौट मोरु ।२५ समेत नलाग्ने हुँदा लाग्ने ठहरेको जिताउरी मोरु १। कटाई बाँकी ऐन सवालको रीत पुर्‍याई फिर्ता दिने भनी तहसिलमा लगत दिने कलम .................२

बादी काशीनाथबाट कुन्छा मालमा राखेको धरौट मोरु १३३१।७२ प्रतिवादी नन्दप्रसादले काशीनाथको नाउँको २००४।९।१ को रु. १३३१।७२ को लखबन्धकी तमसुक लिई लिन आएमा तमसुकमा दरपिट समेत गराई ऐन सवालको रीत पुर्‍याई सो तमसुक वादी काशीनाथसले लिन आएमा दिने गरी प्र. नन्दप्रसादलाई माथि १ दफामा लेखिए बमोजिम लाग्ने ठहरेको दण्ड मोरु ३३।३० कटाई तहसिलमा बुझाउने बाँकी फिर्ता दिनु भनी कुन्छा माललाई लेखि पठाउनलाई मिसिलै कुन्छा अदालतमा पठाई दिने ...................... ३

उल्टिमा देहायका अड्डालाई देहाय बमोजिम हुन्छ लगत कसी असुल गर्न तहसिलमा लगत दिने कलम ...............४

अपील दोश्रा फाँटका देहायका मानिस के हा.क. १५ नं. ले तजविजी मोरु १। एक जरिवाना हुन्छ ..........५

का.मु.हा.ना.सु. झपट सिंह रावल क्षेत्री का.ई. ज्ञानेश्वर के ।५०, अ.ख. दोजराज उपाध्या का.ई. मैतीदेवी के ।३०, वि. पद्मबहादुर प्रधान ऐजन ।२०

कुन्छा अदालत देहायका मानिसके हा.क. १५ नं. तजविज मो.रु. १ एक जरिवाना हुन्छ ................६

हाकिम डि. कटकबहादुर अधिकारी क्षेत्री पश्चिम २ नं. गोर्खा के ।६०, वि. ओमराज गौतम ।४०।

अपीलाट, वादी काशीनाथ बदार खनियालाई मुद्दा छिनेको जनाउ पठाई दिने ................. ७

 

इति सम्वत् २०१५ साल पौष १७ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु