शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१ - जग्गावाली

भाग: साल: २०१६ महिना: कार्तिक अंक:

निर्णय नं. ६१       ने.का.प. २०१६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा

न्यायाधीश श्री भैरवराज पन्तोपाध्या

न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री

न्यायाधीश भगवतीप्रसाद सिंह

अ.नं

अपीलाट : कर्णबहादुर मगर

विरुद्ध

रेस्पोण्डेण्ट : तुलसीप्रसाद उपाध्याय

मुद्दा : जग्गावाली

(१)   जग्गामिच्नेका २१ नम्बर र जग्गा पजनीका ३४ नम्बर आफ्नो हकको जग्गा अर्कोले दर्ता तिरो भोग गरी खाएकोमा २ वर्ष भित्र उजुर गरी आफ्नो गराउनु पर्ने सो म्याद भित्र नगरे उजुर नलाग्ने ।

     सो जग्गा प्रतिवादीका नाउँमा दर्ता भई तिरो भोग गरी भोग चलनगरी आएको ०१ साल देखि ०४ सालसम्मको पेश हुन आएको रसिदहरूबाट देखिन आएकोले आफ्नो हकको जग्गा अर्काले दर्ता तिरो भोग गरी खाएकोमा जग्गा मिच्नेका २१ नं. जग्गा पजनीको ३४ नं. का ऐन बमोजिम म्याद २ वर्ष भित्र उजुर गरी आफ्नो गराई प्र. कर्णबहादुरले लिनुपर्ने म्याद भित्र उजुर नपरेको हुनाले समेत इन्साफ प्रधान न्यायालय तेश्रा फाँटको मनासिव ठहर्छ ।

(प्रकरण नं. ८)

फैसला

      १.     यसमा प्र. कर्णबहादुरले ९५।१२।१४ गते मसँग मोरु ४०१ लिई निजको जेठोटाप खेत ।११।१ मध्ये र ।३।१३।६ को जग्गा खला १ र गर्‍याङ भन्ने खेतमाटो ।१६।१२ को मध्ये माटो मुरी ।८।६।४ मोरु १०० मा ९७।२।२१ गते राजिनामा गरी दिएकोले भोग गरेको थिएँ । ०५ साल मार्ग १५।१६ गते ३०।४० जवान ल्याई प्रतिवादीहरूले पाकी तयार भएको धान लुटी लगेको कुरो गणेशले भन्न आएकोले गई भन्दा पास नभएको लिखत हुँदा रु. बुझी जग्गा छाडी वा अरु रुपैयाँ थप देउ भनेर बाली खाएको हुन भनी भनेकालेले नालिस गर्न आएको छु । राजिनामा भोग तिरोबाट सो जग्गा मेरो हक पक्का भईसकेकोले दुवै कित्ताको धान पराल भटमास समेतको बिगो रु. ४७४।३४ प्रतिवादीहरूबाट भराई सो जग्गा खिचोला मेटाई पाउँ भन्ने वादी रहेछ, सो ३।१३।६ को रु. ४०१ मा ९५ सालमा र अर्को रु. १०१ मा ९७ सालमा पछि वापस जग्गा लिने बोल कबोल गरी दिएको हुँदा सो कागजहरू रजिष्ट्रेशन पास गरी दिएको थिएन । ०४ साल मार्गमा रुपैयाँ बुझी जग्गा देउ भन्दा म कर्ण बहादुरलाई टारवारको जवाफ दिएको र सो लिखतहरू रजिष्ट्रेशन पास नभएको कागज हुँदा लिखतै बदर हुने हुँदा सो विरुवाटारीखेत ।३।।१३।६ को कित्ता १ भालु खोला भन्ने खेत ।८ को कित्ता १ म कर्ण बहादुरले रु. १००० मा दिने म अ‍ैतविरले लिई ०४।१०।२० गते रजिष्ट्रेशन पास गरी राजिनामा गराई लिएको वादीले थाहा पाएपछि १।। वर्षसम्म चुप लागि ०५ सालको बाली म अ‍ैतविरले लगाएकोमा सो १५।१६ गते वादी समेतका ६०।७० जनाले लुटी लगेछन मार्ग १४ गते नौतुनुवामा पुगीनु समेत खरिद गरी १८ गते मात्र घर आएपछि थाहा पाई किन बाली लुट्यौ भनी वादीसँग भन्दा सो जग्गा मलाई रजिष्ट्रेशन पास गरी देउ बरु रुपैयाँ थपी लुटेको बाली पनि दिन्छु भनेकोले म अ‍ैतविरले सकार गरिन र ऐले झुटो नालिस गरेको हो । सो जग्गामा वादीले बाली लगाएको होइन रु. १००। को राजिनामा देख्न पाए जालसाजीमा उजुरी गर्ने छु भन्ने कर्णबहादुर अ‍ैतवीर ऋषिराम समेतको प्रतिवादी रहेछ ।

      २.    वादीको उजुर झुट्टा हो । सो जग्गा फिर्ता गराई देउ भनी वादी भन्थे कर्णबहादुरलाई भनी दिए तर मानेनन् र सो कुरा इबी लिई म उपर झुटो दावी गरेको म बाथको बोथाले घरमै बसेको छु भन्ने गणेश नेवारको प्रतिवादी रहेछ । ९२।२।२१ गतेको मोरु १००। को सक्काल राजिनामा वादीबाट दाखिल भएको प्रतिवादीलाई सुनाउदा सो राजिनामा मैले गरी दिएको हुँ रु. १०१ को राजिनामा गरेको हुँ भनी प्रतिवादीमा लेखेको भूल हो भन्ने कर्णबहादुरको बयान रहेछ ।

      ३.    वादी प्रतिवादीहरूको साक्षी बुझी मोरु १०० देखि माथिको रजिष्ट्रेशन पास नगरेको घरसारको लेख्तबाट दावी गर्न पाउँदैन भन्ने रजिष्ट्रेशनको ७ नं. को ऐन भएकोलेवादीको दावी पुग्न नसक्ने दर्ताबाट पक्का हुने होकि भन्ने सोही ऐनले सदर नहुने कागजबाट दर्ता भएको पक्का भन्न नहुने पास नभएको कुरामा दर्ताको नाताबाट हक छुट्न नसक्ने भन्ने दल बहादुर दुर्गामानको मुद्दामा खड्गनिशान भएको देखिँदा लिखत बदर हुने र थैली कपाली हुने ठहर्छ । १००। को तमसुकको हकमा घरसारको लिखत ऐनले सदरै हुने हुँदा सो जग्गामा वादीले लगाएको भन्ने तर्फ विचार गर्दा, सो जग्गामा वादीले बाली लगाएको भन्न वादी कै साक्षीले भन्न नसकेकोले माटो मुरिसम्म उब्जा हुने हुँदा बिगो मोरु ९०।६६ प्र. कर्णबहादुरबाट वादीले भरी पाउने ठहर्छ भन्ने पाल्पा अदालतको ०६।५।१४ को फैसला रहेछ ।

      ४.    १०।११ वर्षसम्म भोग दर्ता भएको जग्गा जग्गा मिच्नेको ऐनले मेरै सदर हुने बाली कुत बाँकीमा सकार समेत गरेकोले पास गर्नु नपर्ने र बाली समेत मैले नै लगाएको हुँ भन्ने समेत वादीको अपील रहेछ । प्र. कर्णबहादुरले आफूले पास गरी लिएको कागज बादीलाई सौपी राजिनामा गरी दिएमा सावित वादीले नै तिरो भोग गरेको जसको तिरो भोग छ । उसैको हुन्छ भन्ने जग्गा जमीन गोश्वाराको १४ नं. को ऐन भएकोले हक टुटी सकेको जग्गामा कर्णबहादुरले बिक्री गरी खिचोला गरेकै ठहर्ने । बालीका हकमा वादीले बाली लुटेको भए उजुर गरी कायम गराउन सक्नुपर्ने नसकेको वादीलाई बिक्री गरेको जग्गामा प्रतिवादीले बाली लगाएको भन्न सबुत बेगर नहुने गणेशले समेत लुटेको होकि भन्न साक्षीबाट समेत नदेखिँदा गणेशले लुट्यो भन्ने वादीको दावी झुट्टो बाली बिगोमा घटी बढी भन्ने प्र. को जिकीर नभएकोले अरु प्रतिवादीहरूले बाली लुटेकै ठहर्छ दोहोरा पारी कर्णबहादुरले बिक्री गरेको होकि भन्न भोग तिरोको प्रमाणबाट जग्गा वादीकै ठहरेकोले दोहरान ठहर्ने भन्ने समेत पाल्पा अपीलबाट ०६।१०।१६ मा फैसला भएको रहेछ ।

      ५.    रु. १०० को राजिनामातर्फ मलाई हराए । त्यसतर्फ चित्त बुझेन भने शुरु उपर कर्णबहादुरको ०६।११।१६ गतेको अपील रहेछ ।

      ६.    यसै मुद्दामा वादीको अघि अपीलबाट मोरु १००। तर्फको समेत जग्गा वादीले जिती पाईसकेको समेत यो अपीलाट प्रतिवादीहरूको जिकीर पुग्न नसक्ने ठहराई पाल्पा अपीलबाट ०७।४२९ मा फैसला भएको रहेछ । पास नभएको लिखत समेत हुँदा बालीको जग्गा हकै नठहर्ने भएकोले समेत इन्साफमा चित्त बुझेन भन्ने कर्णबहादुर समेत अपील रहेछ ।

      ७.    इन्साफ पाल्पा अपीलको सदर गरी प्रधान न्यायालय तेश्रा फाँटबाट ०७।९।३।२ मा छिनेको रहेछ । रजिष्ट्रेशनका ३ नं. ऐनले सो लिखत पास गर्नुपर्ने नगरे सदर नहुने र रजिष्ट्रेशनकै ७।११ नं. ले पनि बदर हुने हुँदा इन्साफ दोहर्‍याई पाउँ भन्ने अ‍ैतवीरको समतेको निवेदन पत्रमा इन्साफ जाँची ऐनबमोजिम गर्नु भन्ने का.मु. प्रधान न्यायाधीश बल्लभ शम्शेर ज.ब.रा. को आदेश रहेछ ।

      ८.    यसमा यो मुद्दा फुल बेञ्च खडा भएपछि फुल बेञ्चमा पेश गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशका आदेश बमोजिम ताखिरमा रहेको वा समेत व.कर्णबहादुर र वादी निलकण्ठ मरी मुद्दा सकार गर्ने तुलसीप्रसादको वा नरेश्वर समेतलाई राखी पेश हुन आएको यो मुद्दा बुझ्दा रु. १०० को थैली परेको माटो मुरी ।८।६।४ को खलाको हकमा रजिष्ट्रेशनका ऐनले पास गर्नु नपर्ने र जेठी धापखेत ।३।१३।६ को खला रु. ४०१ मा ९५।१२।१४ गते घरसारमा लिखत गरी कर्णबहादुरबाट निलकण्ठले लिएको रजिष्ट्रेशनका ३ नं. का ऐनले सो लिखत रजिष्ट्रेशन पास नभएकोले कसो हो भन्नालाई सो जग्गा प्रतिवादीका नाउँमा दर्ता भई तिरो भोग गरी भोग चलन गरी आएको ०१ साल देखि ०४ साल सम्मको पेश हुन आएको रसिदहरूबाट देखिन आएकोले आफ्नो हकको जग्गा अर्कोले दर्ता तिरो भोग गरी खाएकोमा जग्गा मिच्नेको २१ नं. जग्गा पजनीको ३४ नं. का ऐन बमोजिमको म्याद २ वर्षभित्र उजुर गरी आफ्नो गराई प्र. कर्णबहादुरले लिनुपर्ने म्याद भित्र उजुर नपरेको हुनाले समेत इन्साफ प्रधान न्यायलय तेश्रा फाँटको मनासिव ठहर्छ । इन्साफ जाँची पाउँ भन्ने निवेदन गर्ने प्र. कर्णबहादुर समेतलाई के हो गर्न पदैन ।

 

इति सम्वत् २०११ साल माघ २० गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु