शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६४ - झुक्याई कागज गरायो

भाग: साल: २०१६ महिना: कार्तिक अंक:

निर्णय नं. ६४       ने.का.प. २०१६

डिभिजन बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री पशुपतीप्रसाद उपाध्याय

अ.नं. २८५।२८६

अपीलाट : सूर्जेलाल समेत

विरुद्ध

विपक्षी : ले.ज. कल्याण शम्शेर ज.ब.रा.

मुद्दा : झुक्याई कागज गरायो

(१)   आफैले अडर गरी लेखी ल्याएको कागजमा व्यहोरा नहेरी सहीछाप गरे भन्ने दावी असम्भव अनपत्यारको कुरा हुने ।

     एकैमुष्ट कागज लेखी ल्याउने आफैले अडर गरी लेखी ल्याएको कागजमा हस्ताक्षर तथा ल्याप्चे समेत सहीछाप गर्नु हुने वादीले व्यहोरा नहेरी सहीछाप गर्नु भएछ भन्न सा¥ह्रै असम्भव अनपत्यारको कुरा गर्नु भएको ।

(प्रकरण नं. १७)

(२)  जान्न बुझ्न करै लाग्ने कुरामा चुपलागि बसेमा र आफ्नो गल्ती लापरवाही वा अनुचित मात्राको भरपत्यारमा परी करवाई वा अनुचित मात्राको भरपत्यारमा परी कारवाई गरेकोमा सो को उत्तरदायित्व वादीमै हुँनुपर्ने ।

     सहीछाप गरी पठाएका ४।५ महिनासम्म अर्थात् उनैहरूले भने अगाडि के कुरामा सहीछाप गरेको छ भनी जान्न बुझ्न करै लाग्ने कुरामा चुप लागि रहेको वादीबाटै देखिएकाले यदि झुक्याएको भनी एकक्षण अनुमान गरे पनि आफ्नै गल्ती सुस्ती लापरवाहीले वा अनुचित मात्राको भरपत्यार वा अन्धविश्वासले भन्नु परेकोले त्यस्ता काम कारवाईको उत्तरदायित्व वादीले नै बहन गर्नुपर्ने भन्न परेकाले समेत यस्ता कुरामा झुक्याएर सही गरायो भन्न ऐन कानून व्यवहारले नमिल्ने हुँदा झुक्याएको भन्ने ठहराएको अपीलको गल्ती झुक्याएको नठहराएको शुरुको मनासिव।

(प्रकरण नं. १७)

अपीलाट तर्फबाट : प्लीडर नारायणप्रसाद

वादी तर्फबाट : एडभोकेट देवनाथप्रसाद बर्मा

फैसला

      १.     यसमा प्रतिवादी मणिदीपको ससुरा डि. टिकादत्त अघि देखि कारिन्दा सरह भई बसेका आफ्नो पुरा विश्वासको मानिस भएकाले कर्जा दिने मानिस खोज भनी मैले निज टिकादत्तलाई भन्दा प्रतिवादीहरूलाई ल्याई चिनाई दिएबाट रुपैयाँ चाहिएमा कहिले मणिदीपबाट कहिले सूज्र्येलालबाट लिई कर्जी भन्ने बोली नपारी राख्न दिएको भन्ने बोलि पारी मेरो दस्तखत गराई लिने १० १२ महिना पछि सावाँ व्याज ध्यूखाने समेत जम्मै गभाई व्याजको पनि व्याज लिने खाने गरी आएको सुज्र्येलाल तर्फ ०३ साल मार्ग २४ गते तकको नोट रु. १०००० ठहरेकोले सो सावाँ व्याज समेत निजले ०८।५।३ मा मसँग बुझी लिई भर्पाई गरी दिएको निजतर्फ हिसाब गरी दिनु पनि बाँकी नै भएको र मणीदिप तर्फ लिएको पनि हिसाब गरी दिनु पर्ने बाँकी नै थियो गते बारको सम्झना भएन ०८ साल भाद्र ४।५ गते के हो मलाई रुगाखोकी लागि ज्वरो आई बेचइन भएको अवस्था करिब रातको ८ बजेको टायममा डी. टिकादत्त प्रतिवादी २ जना र मैले नचिनेको १ जना समेत आई प्रतिवादी सुज्र्येमणी दिपले हामीहरूको हरहिसाब गरिएकै मुष्ट दस्तखत गरी पाउँ भनेकी हुँदा एकैमुष्ट हिसाब गरी लेउ भनी मैले भनेपछि ३ जना उठी हुन्छ हिसाब गरी ल्याउँला भनी तल बरण्डा कोठामा गई केही बेरपछि हरिहसाब ठीक गरी कागज लेखी ल्यायौं सहीछाप गरी बक्सियोस भनी लेखेको कागज थान २ ल्याई भन्दा । बेरामी भएबाट हिसाब जाँच्न नसक्ने भएकाले डी. टिकादत्तलाई हिसाब जाँची देउ भन्दा के जाँच्नुपर्छ । बेमान गर्लान भन्ने शंकै गरी बक्सनु पर्दैन भनेकाले विश्वासमा परी लेखी ल्याएको कागज मैले हेर्दै नहेरी बाँची नसुनी सहीछाप गरी दिएपछि निजहरू ४ जना गएका थिए ०८ साल माघ ३ गतेका दिन प्रतिवादी २ जना मेरा घरमा आई रुपैयाँ आजै चाहियो भनी जोर जुलुम गरी बेइज्जतीको आवाज निकाल्दा यस्तो बेइज्जती गर्ने हो भने बेइज्जतीमा नालिस गर्छु भनी मैले भन्दा हजुरको घर हामीहरूलाई लेखी तमसुक गरी दिएको छ । नालिस गरी घर चलन गरी लिउँला भनेकाले मलाई झुक्याई दस्तखत देखि बाहेक के कति अंक बढाई लिए छन भन्ने कुरा सो माघ ३ गते मात्र थाहापाई बिन्तिपत्र चढाउँदा नालिस दिनु भन्ने भएकाले नालिस गर्न आएको झुक्याई गराएको कागजहरू र मेरो पटकपटकको दस्तखतहरू समेत निजहरूबाट खिची निजहरूको हस्ताबाट लेखेको चिठ्ठी भर्पाई हरिहसाब टिपन समेत बुझी झुक्याई लिएको ०८ साल भाद्र ४।५ गते कुन मितिको कागज हो बदर गरी पाउँ भन्ने समेत ले.ज. कल्याण शम्शेरको फिराद ।

      २.    वादीलाई अघिदेखि चिनाजानी भई वहाँको घर व्यवहारका निमित्त रुपैयाँ लिनु दिनु गरी आउनु भएको ०८ साल भाद्र ४ गतेका दिन वादी हामी दुवैलाई बोलाउन पठाउनु भएबाट जाँदा घर व्यवहारको कामलाई सारै सन्धीसर्पन पर्‍यो आजै २५।२६ हजार रुपौयाँ दिनु पर्‍यो । अघिको र हालको समेत एउटै कागज गरी घर दृष्टि लेखी दिने छु भनी भन्नु भएकोले म मणिदीपबाट अघि गई राखेको दस्तखत बमोजिमको मोरु ४६७७५।८५ र सोही दिन दिएको मोरु ७१४७।१५ समेत जम्मा रु. ५३९२३ र म सुज्र्येालालले त्यसै दिन दिएको मोरु. १८५०१। समेत जम्मा मोरु ७२४२४। मा दृष्टि बन्धक लेखी दिनु भएको पास गरी नदिनु भएकाले पास गराई पाउँ भनी नालिस पनि गरेका छौं । लेखिएको कागज आफैले सिरदेखि पुछारसम्म हेरी खास व्यवहार हुनाले चित्त बुझाई आफ्ना हस्ताबाट र दुवै औंलाको ल्याप्चे सहीछाप समेत गरी दिनु भएकोले बिरामी नै नभएकोमा बिरामी भएको मौकामा कागज गराएको भनी दुःख दिनाका लागि झुट्टा नालिस दिएको हो । हामीहरूले झुक्याई कागज गराएको र व्याजको व्याज गराई लिए खाएको समेत होईन वहाँले गरी दिएको दस्तखत बुझेमा जाहेर हुनेछ झुक्याई कागज गराई रहनाको जरुरत पनि केही नभएको जसको भर पत्यरमा परी सहीछाप गरी भन्छन । उसका नाउँमा समेत उजुर गर्न सक्नु पर्ने नसकेको हुँदा वादी दावी झुट्टा हो भन्ने समेत सुज्र्येलाल मणीदिपको एउटै प्रतिवादी ।

      ३.    बुझिएसम्मका प्रमाणबाट घ्यूखानी व्याजको व्याज लिए खाए भन्ने तर्फ ऐनले लाग्ने नालिस गरेमा उसै बखत ठहरे बमोजिम हुने र झुक्याई कागज गराए भने तर्फ झुक्याई कागज गराउनेले भोग राजिनामा फाछर्या समेत गराउन सक्नेमा दृष्टि लिखत पासगरी दिने अवस्थामा यो नालिस परेको देखिएकाले वादी दावी झुट्टा ठहराई रा.का. देवानी दोश्रा फाँटवाट ०९।४।२६।१ मा फैसला ।

      ४.    ०३।१२।२ को रु. ७७२२।८५ र ०७।२।५ को रु. ९४६८। समेत जम्मा मोरु १७१९०।८५ मात्र दस्तखत बमोजिम कायम हुन पर्ने भन्ने समेत ले.ज. कल्याण शम्शेरको अपील ।

      ५.    दस्तखत थान ४ सद्दे हुन ०८।५।४ को तमसुकको दस्तखत थान ४ को जम्मा मोरु ४६७७५।८५ मा भर्ना भईसकेको कटाई बाँकी मणीदिपलाई तिर्नु पर्ने १७१९०।८५ मात्र हुनाले सो बाहेक अरु अंक बढाई तमसुक झुक्याएको हो भन्ने समेत वादीको वा. ईश्वरनाथको बयान ।

      ६.    नाउँनामासी र सहीछाप समेत नभएको खेश्रा टिपोट बमोजिम हरिहसाब गरी पाउँ भन्ने दावी नहुनाले सद्दे किर्ते के हो भनी निर्णय गर्न आवश्यक नहुनाले सो कागज सद्दे किर्ते भनी म बयान गर्दिन चिठ्ठी मेरो हस्ताको हो भन्ने समेत मणीदिपको बयान ।

      ७.    नोट रु. १०००० बुझी लिए भन्ने कागज मैले गरी दिएको सद्दे हो भन्ने समेत सुज्र्येलालको बयान ।

      ८.    २००८ साल भाद्र ४ गतेको तमसुक झुक्याउन पारेको हैन सद्दे साँचो हो भन्ने समेत सुज्र्येलाल मणिदीपको एउटै बयान ।

      ९.    प्रतिवादीहरूको भरपत्यारमा परी पढी बाँची नसुनी साक्षीमा सहीछाप गरी दिएको हुँ भन्ने समेत अन्तर साक्षी सु.बे. केशरबहादुरको बयान ।

      १०.    धेरै वर्ष देखि बाथको रोगले बेमार भएकोले ०८।५।४ मा वादी कहाँ गएको छैन भन्ने टिकादत्त र ०८।५।४ को तमसुक पढी बाँची सुनी हेरी सकेपछि वादीले सहीछाप गर्नु भयो र त्यस पछि साक्षीमा म र सुबेदार लेखक समेतले सहीछाप गरी दिएको हो झुक्याएको होइन भन्ने समेत अन्तर साक्षी वा समेतको तोयनाथको बयान ।

      ११.    ०८।५।४ मा तपाँईंलाई मर्जी भएको छ भनी आठपरिया सु.बे. केशरबहादुर बोलाउन आएबाट जाँदा तमसुक लेखी देउ भन्ने मर्जी भएबाट तमसुक लेखी पढी बाँची सुनी सहीछाप गर्नु भएको हो झुक्याएको होइन भन्ने समेत लेखक साक्षी ख. राम श्रेष्ठको बयान ।

      १२.   ०३ साल मार्ग २४ गते तकको रुपैयाँ बुझी लिई ०८।५।३ मा कागज गरी दिएमा प्र. सुज्र्येलाल सावित भएको देखिएको ०३।८।२४ गते भन्दापछि वादीले रुपैयाँ लिएको लिखत छ भन्न निजले नसकेको वादीलाई ०८ साल भाद्र ४ गतेका दिनमा २५४६८।१५ चाहिने भए अघिल्लो दिन कं.रु. १०००० को सावाँ व्याज प्र. सुज्र्येलाललाई तिर्नु हुँदैनथ्यो । एक दिनमा त्यतीको रुपैयाँको आवश्यक थियो भन्ने मनाबिस माफिकको कारण प्र. हरूले देखाउन नसकेका आफूसँग भएको रुपैया साहुलाई दिई साहुबाट फेरि लिई आफ्नो घर धितो लेखी दिएको व्यवहार आसामीले जानी बुझी गर्‍यो होला भन्न इन्साफमा लाएक नपर्ने हिसाबको टिपोट मणीदिपलाई देखाउँदा टिपोट हुनाले केही भन्दीन भनी बयान गरेबाट मणीदिपको बिचार राम्रो नदेखिने २ जना साहूको थैली पनि घटि बढी भएको आसामीले १ जना साहुको रुपैयाँ बुझाए उस तर्फको धितो उत्तिनै खेरै वापस पाउँनेमा १ जनाको तिरेपनि वापस नपाउने किसिमसँग एउटै धितो लेखेको ऐनको रुलमा नमिल्ने र त्यस्तो लिखत गराउनु पर्ने अवस्था केही नभई हडबड परी झुक्याउनमा पारी गराउँदा ऐनमा बित्यास पर्ने लिखत हुन गएछ भन्ने कुरा लिखतका रुपबाट भन्नु पर्ने भएबाट तमसुक झुक्याई सहीछाप गराएको ठहर्छ भन्ने अपील दोश्राको ११।९।७।४ को फैसला ।

      १३.   झुक्याई कागज गराएका मितिले ३५ दिन भित्र नालिस दिए लाग्नेमा ३५ दिन नाघेपछिको उजुर हुँदा खारेजै गर्नु पर्नेमा झुक्याई कागज गराएको ठहराएकोमा चित्त बुझेन भन्ने समेत प्र. सुज्र्येलाल मणीदिप तोयनाथको र झुक्याई सही गराएको भनी सजाय गर्ने गरेकोमा चित्त बुझेन भन्ने समेत ख. राम श्रेष्ठको अपील ।

      १४.   हदम्याद नाघि आदेशमा समेत म्याद नथामिएपछि मुद्दा नै दायर रहन नसकी खारेज हुने हुँदा छलफलमा झगडीया झिकाउनु पर्ने देखिन्छ भन्ने समेत डिभिजन बेञ्चका श्री मा.न्या. सिद्धिबहादुर मल्लको राय ।

      १५.   यो मुद्दा खारेज हुन सक्तैन इन्साफै गर्नुपर्ने देखिन्छ भन्ने समेत डिभिजन बेञ्चका श्री मा.न्या. तिलक शम्शेरको राय ।

      १६.    इन्साफै गर्नुपर्ने भन्नेसम्म राय श्री माननीय न्यायाधीश तिलक शम्शेरज्यूको मनासिव हुने इन्साफ गर्नालाई मुद्दा कजलिष्टमा चढाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत फुल बेञ्चको ०१३।६।१०।३ को आदेश हरिहसाब मिलाई अंक कायम गरी पाउँ भन्ने ऐन बमोजिम नालिस गरेमा उसै बखत ठहरे बमोजिम हुने भनी अपील दोश्राको फैसलामा लेखिएको त्यसो भन्न यस मिसिलको व्यहोराबाट नमिल्ने भई यसै मुद्दाबाट लिनु दिनु पर्ने अंक यकिन गरी छिनी दिनु पर्ने त्यसो नगरी काम बाँकी राखी फेरिपछि सो झगडा रही रहने गरी छिन्न अ.बं २४२ नं. ले समेत नमिल्ने हुनाले छलपलमा वादी कल्याण शम्शेर ज.ब.रा. लाई झिकाई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको ०१५।५।२५ को आदेश ।

      १७.   तारिखमा रहेका अपीलाट सुज्र्येलाल मणीदिपको वा. जिवराज ख. राम श्रेष्ठको वा. हर्षमानलाई र वादीको वा. पद्मबहादुरलाई समेत राखी अपीलाट तर्फको वकील श्री विद्वान प्लीडर नारायणप्रसाद र वादी तर्फको वकील श्री विद्वान सिनियर एडभोकेट देवनथाप्रसाद वर्मा समेतको बहस सुनी प्रस्तुत मुद्दा बुझ्दा मणीदिप सुज्र्येलाल समेतले झुक्याई कागज गराएकाले म्याद थामी नालिस गर्न पाउँ भन्ने निवेदनपत्रमा यसमा व्यहोरा साँचो हो र झुक्याई कागज गराएको रहेछ भन्ने ऐनले लाग्ने ऐन बमोजिमको नालिस लिई दिनु भन्ने आदेश बमोजिम प्रतिवादीहरू भाद्र ४ वा ५ गते राती ८ बजे आई हरिहसाब गरी एकैमुष्ट गरी दिनुहोस भनेकाले एकै मुष्ट कागज लेखी ल्याउ म दस्तखत गरी दिन्छु भनी मैले भनेपछि निजहरू तलगई लेखी ल्याएको कागज मेरो कारिन्दा टिकादत्तले ठीक छ भनेपछि हेर्दै नहेरी पढी बाँची नसुनी सहीछाप गरीदिएको हुँ । रुगा खोकीले म बेचैन थिएँ । उसै बखत नालिस गर्न थाहा भएन माघमा मात्र घर लेखेको छ भनेकाले झुक्याएर लेखाएको थाहा पाई आदेशका म्यादभित्र नालिस गर्न आएको छु । झुक्याई गराएको कागज बदर गरी पाउँ भन्ने मुख्य वादीको दावा देखिएको यस दावाबाट झुक्याई सहीछाप गराएको हो होइन के रहेछ यतिसम्म कुराको इन्साफ दिन पर्नेमा पछि अपील समेतका जिकीर दावाबाट थैली के हरहिसाब कट्टीमट्टी समेत गरी अपीलबाट झुक्याए कै ठहराई घ्यू खानी र व्याजको व्याज समेत गभाएकोमा यसैबाट इन्साफ गरीदिन पर्ने भनी ०१५।५।२५।४ मा डिभिजन बेञ्चबाट आदेश भएको देखिन्छ तापनि साहु आसामीले हरिहसाब गरी कागज भएकामा पनि चित्त नबुझ्ने हरिहसाब गरी पाउँ फाँट खोली प्रमाण पुर्‍याई नालिस गरेकामा हरिहसाब दोहोर्‍याई दिने ऐन भईरहेको यस वादी दावामा सो बमोजिम हरिहसाब तर्फ दाव नभएकोले लागवादीले दावा लिए बाहेकको कुरामा ऐनले इन्साफ गर्न नहुने भई हरिहसाब तर्फ चित्त नमिलेको भए फाँट खोली छुट्टै उजुर गर्नुपर्ने हुँदा आजका ३५ दिन भित्र नालिस गर्नु भनी वादीलाई सुनाई दिई झुक्याएर सही गराए नगराएको तर्फसम्म विचार गर्दा, वादी प्रतिवादीको लेनदेन व्यबहारै नभएको नभई व्यबहार बाँकी रहेको भन्ने कुरा वादी प्रतिवादीबाटै देखिएकोमा एकै मुष्ट कागज लेखी ल्याउने आफैले आडर गरी लेखी ल्याएको कागजमा हस्ताक्षर तथा ल्याप्चे समेत सहीछाप गर्नु हुने वादीले व्यहोरा समेत नहेरी सहीछाप गर्नुभएछ भन्न सा¥है असम्भव अनपत्यारको कुरा गर्नु भएको र टिकादत्त उपर उजुर गर्न नसक्नु भएकोमा पनि ठूलो होस ठेगान नभएको बिरामी अस्वाथा भएको भन्न नसकी रुखा खोकीको बिमारी भन्ने लेख्नु भई त्यसको प्रमाण पनि नभएको सहीछाप गरी पठाएका ४।५ महिनासम्म अर्थात् उनैहरूले भने अगाडि के कुरामा सहीछाप गरेको छ भनी जान्न बुझ्न करै लाग्ने कुरामा चुप लागि रहेको वादीबाटै देखिएकोले यदि झुक्याएको भनी एकक्षण अनुमान गरे पनि आफ्नै गल्ती सुस्ती लापरवाहीले वा अनुचित मात्राको भरपत्यार वा अन्धविश्वासले भन्नु परेकोले त्यस्ता काम कारवाईको उत्तरदायित्व वादीले नै बहन गर्नु पर्ने भन्न परेकाले समेत यस्ता कुरामा झुक्याएर सही गराएको भन्न ऐन कानून व्यवहारले नमिल्ने हुँदा झुक्याएको भन्ने ठहराएको अपीलको गल्ती झुक्याएको नठहराकएको शुरुको मनासिव र हरिहसाब समेत यसै मुद्दाबाट गराई दिने डिभिजन बेञ्चको अदेश समेत उक्त लेखिएका कारणले मनासिव ठहर्दैन तपसील बमोजिमको लगत तहसिलमा दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

तपसील

वादी ले.ज. कल्याण शम्शेर ज.ब.रा. के रा.का. द.दो. ०९४।२६।१ का फै. र ०९।५।३१।२ का ल. ले गर्ने गरेको दण्ड नेरु. ५। पाँच रुपैयाँ अपील दोश्राका ०११।९।७।४ का फै. र ११।९।१८ का पर्चा ०११।९।२६।२ का ल. ले नलाग्ने भनी फिर्ता दिने गरेकोमा हाल माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरुको सदर र अपीलको उल्टि भएकोले लाग्ने नहुँदा अपीलका फैसला बमोजिमको लगत काटी शुरुका फैसला बमोजिमको लगत कायम गर्नु भनी अ.त.दे. मा लगत दिने ..................१

देहायका प्रतिवादीहरू के अपीलका ऐजन मितिका फै. र ऐजन मितिका ल. ले गर्ने गरेको देहाय बमोजिमको दण्ड हाल नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी ऐजनमा लगत दिने ........................२

का.ई. टेबहाल बस्ने मणिदीप थपलियाके नेरु. दस रुपैया १०।, का.ई. ढोकाटोल बस्ने सुज्र्येलाल श्रेष्ठके ऐजन ऐजन ।१०, का.ई. बम्बहाल बस्न तोयनाथ तिमिल्सीनाके नेरु. पाँच रुपैया ५।, का.ई. . ढोकाटोल बस्ने ख. राम श्रेष्ठके ऐजन ऐजन ५।

रा.का. दे.दो. का देहायका मानिसके अ.दो. का ऐजन मितिका फै. र ल. ले गर्ने गरेको देहाय बमोजिमको जरिवान हाल नलाग्ने हुँदा असुल भए फिर्ता र नभए व्यहोरा जनाई लत काटी दिनु भनी ऐजन ऐजन २

अ.डी. गुणराज उपाध्याय के ने.रु. पचहत्तर पैसा ।७५, वि. ताराप्रसाद खर्‍यालके ने.रु. पचिस पैसा ।२५, वादी ले.ज. कल्याण शम्शेर ज.ब.रा. के निजले शुरु उपर अपील गरेवापत शुरु दण्ड नेरु ५। पाँचको हा.क. १० नं. ले पहिला अपील हुँदा सयकडा १० ले नेरु. ।५० पचास पैसा दण्ड हुन्छ वारिस हुँदा असुल गर्नु भनी ऐजनमा लगत दिने नेरु ।५०

देहायका प्रतिवादीहरूके निजहरूले वकील श्री विद्वान प्लीडर नारायणप्रसादलाई राखी बहस गराएकाले सर्वोच्च अदालत नियमावली २४ दफा बमोजिम एकपटक बहस गराएको फिस नेरु १२। बा¥ह रुपैयाँ वादी ले.ज. कल्याण शम्शेर जायजात देखाईएका प्र. हरूको दर्खास्त परे दस्तुर केही नलिई ऐन सवालको रीत पुर्‍याई बराबरका दरले भराई दिनु भनी अ.त. बिगो फाँटमा लगत दिने ..................... ३

अपीलको इन्साफ उल्टि भएकाले अपील दोश्राका का.मु.हा.ना.सु. झपट सिंह रावल अ.ख. दोजराज वि. रमाकान्ताको नाउँ उल्टि पटके किताबमा लेखी राख्नु भनी सार्वोच्च अदालत रजिष्ट्रार अफिसमा लेखी पठाई दिनु .................. ४

 

इति सम्वत् २०१६ साल कार्तिक १८ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु