शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६३ - अंश

भाग: ९० साल: २०२४ महिना: बैशाख अंक:

निर्णय नं. ३६३            ने.का.प. २०२४

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्रि क्षेत्री

न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

२०१९ सालको दोश्रो डिभिजन दे.फु.न.२८२

 

निबेदक      : जि. बहराइच वर्नपुर रेहवा बस्नेराजमाता वसन्त कुँवरवा

विरुद्ध

विपक्षी : ऐ. रेहवा कोठा बस्ने कुँवर इन्द्र प्रताप नारायण शिंको सकार गर्ने उमा सुन्दरी देवी

मुद्दा : अंश

(१)   साविकको अंश बण्डाको ६१ नं.लिखत र भोग नभएकोमा अघि बण्डा भइ बाँकी रहेकोमा जिउ जिउ सम्म मात्र उजुर लाग्ने । दाजु भाइको बण्डा भई बाँकी रहेकोमा दाजु सम्मको पालामा उजुर लाग्ने । दाजु परलोक भए पछिको उजुरी ऐनको म्याद नाघी भएको देखिने, खारेज हुने ।

     तत्काल प्रचलित अंश बण्डाको ६१ नं. मा लिखत र भोग नभएकोमा अघि बण्डा भई बाँकी रहेकोमा बण्डा पाऊँ भन्न आएमा भिन्न हुनेको दुइ जिउ जिउ सम्म मात्र उजुर लाग्छ नत्र लाग्दैन भन्ने व्यवस्था भएको देखिन्छ । वादि दावीका मौजाहरु बण्डा हुन बाँकी रहेको भए दाजुराजा रुद्र प्रताप जिवीत छँदै उजुर गर्नु पर्नेमा निज दाजु परलोक भई सकेपछि मात्र यो उजुर गरेको देखिएकोले उक्त अंश बण्डा को ६१ नं को हदम्याद नाघी परेकोमा उजुरीबाट मुद्दा चल्न नसक्ने हुँदा खारेज हुने ठहर्छ ।

 (प्रकरण नं.१७)

निवेदक तर्फबाट : ए. कृष्णप्रसाद पन्त

वादि तर्फबाट : ए. कृष्णप्रसाद घिमिरे

फैसला

      १.     मेरा बाबाराजा विजयबहादुर सिंहले आज्र्येको नेपाल तराई जिल्ला बर्दिया तप्पे रजहट मौजे देउघा कला १, मौजे भबानिपुर १, मौजे पडरिया १, मौजे सुर्कपुरा ।।, तप्पे फेना मौजे बनगाउँ १, समेत ४।। मौजा जिमिदार भई बाबाका नाउमा दर्ता रहेको वहाँको शेष पछि सगोलका दाजु रुद्र प्रताप नारायणका नाउमा दर्ता गरि हामि दाजु भाईले सगोलमा भोगचलन गरि आएका थियौं । दर्तावाला दाजुराजा रुद्र प्रताप १० साल भाद्रमा परलोक हुनुभएकाले मौजा दाखिल दर्ता गराउनलाई मलाई थाहा नदिई नाबालक भतिजा बिजय प्रतापले बर्दिया मालमा दरखास्त दिई कारवाई हुन लागेको थाहा पाई आधा मेरो नाउमा दर्ता दाखेल गरि पाउँ भनि दरखास्त दिई कारवाइ हुँदा मेरो सबुद लोप गराईराजा रुद्र प्रतापका जायजात तालुकदारिमा कुबर इन्द्र प्रतापको हक छैन भने भारतिय तर्फका कचहरिबाट फैसला भएको र कं.रु.५००००। इन्द्र प्रतापले रुद्र प्रतापबाट कर्जाको रुपमा मागेको चिठ्ठी लेखाईबाट सगोल हुन भन्ने पुष्टी नहुने भई आफ्नु हक भए अंश मुद्दा तर्फको हक बेहक न्याय बिभागबाट गराई ल्याएमा सो बमोजिम हुने भई लेखिएको मौजा विजय प्रतापका नाउँमा दर्ता बाहालि गरि दिने भनि बर्दिया मालले ०११।८।१३ मा फैसला गरेको । कर्जा मागेकोले अलग भन्ने हकलाईराजयबाट खर्च गर्न बजेट दरबन्दि पनि रहेको बजेटमा नलेखिएको कलममा आडर नलिई लिन नहुने रराजयको काम दाजुले र घर व्यवहार मैले गरेको हुँदा ट्याक्टर खरिद गर्न त्यस्तो चिठ्ठी लेखेको हो । दाजुुले लेखेको सगोल भन्ने चिठ्ठी पनि म सँग छ । फैसलाले अलग भन्ने हकलाई पनि आखिर न्यायाधीश फैजाबादबाट फैसला हुँदा सगोल देखिएको छ । अंश बण्डा लिइसकेको भए फोरिस्त बण्डा कागज समेत दाखिल हुनुपर्ने ।राजय छँदा गुजारी पाईरहेकोराजय छुटे पछि सो पनि छुट्यो । मेरो अंश दिन नपरोस भनि बखेडा गरेको र मालले प्रमाण दिएको फैसलामा अपिल परे नपरेको विचार नगरि बाहालि दिएको हुँदा यस नेपालराजयका मौजाहरुमा आधा आधा पंक्ति दिलाइ भराई पाउँने र मैले पाउँने अंश दिई सकेको छ, भनि झुठा कुराको दरखास्त दिने प्रतिवादिलाई सजाय गरि पाउँ भन्ने समेत ०११।८।२९ को कुबर इन्द्र प्रतापको फिराद ।

      २.    बाज्ये ससुरा रघुनाथ सिंलाई अंग्रेज सरकारले सन्तानलाई इलाका रेहुवा जिल्ला बहराइच बक्सेको । मजकुरराजाका शेष पछि गद्दि नियम अनुसार कान्छा भाइले गद्धिनसिनबाट गुजारा सम्म पाउँने भन्ने बसियत दरखास्त साहेब कमिसन् र बाहादुर फैजाबादको इजलासमा २६ जुन सन् ७४ इसबिमा कानून अनुसार सुरक्षित गरेको । बाज्ये ससुरा रघुनाथ सिंको शेष पछि ससुराराजा बिजय बाहादुर सिं गद्धिनसिन भई वहाँका शेषपछि सन १९१२ या १३ मा लोग्नेराजा रुद्र प्रताप नारायण सिं गद्दिनसिन भएको केहि पछि वादिले खानदानको नियम विरुद्ध चालचलन गरेमा लोग्नेले मनाहि गर्दा नमानि बसियत अनुसार गुजारा लिई अंदाजि ३० वर्ष देखि भिन्न बसि आफ्नो खति उपति गरेको । वादिको बेदनापुरमा केहि बगैंचाहरु र २००० विगहा जग्गा गुजाराको भई निजका नाउमा दर्ता बाहाल भएको रराजय छुटे पछि सो जग्गा बगैंचा सरकारले बादिलाइ नै थामेको छ ।राजयकै दौलतले आज्र्येको र सबै अनुकुल मिलाई बादिले गुजारा पाएकाले अंश पाँईन भन्ने वादिको जिकिर निरर्थक हो । वादि अघिदेखि भिन्न भएको लोग्नेबाट सरहदको जिमिदारीमा अंश लिन नसकि लोग्ने स्वर्गीय भए पछि दाबि गरेकोले अंश बण्डाको ६१ नं.को ऐन प्रमाण समेतबाट बादिले जिमिदारीमा अंश पाउने होइन फतुरो दाबा बाट फुर्सत गराई पाउँ भन्ने समेत रानि बसन्त कुबरबा समेतको प्रतिबादि ।

      ३.    राज्य तर्फबाट बादिले गुजारा पाएकै भए पनि गुजारा पाई अलग भए पछि यो जिमिदारि आज्र्येको भए बादिको हक नपुग्ने सम्झन हुन्थ्यो । त्यसो नभई सगोलमा छँदै आज्र्येको भन्ने दाबिमा भिन्न भएपछि आज्र्येको भन्ने प्रतिवादीले जिकिर गर्न नसकि सगोल छँदा कै आर्जन हो भन्ने कुरामा स्वीकार भईराजयकै आयस्ता बाट आज्र्येकोराजय कै जायजेथा हो भन्ने जिकिर लिएकोले पुर्खौलि आर्जन सम्पति भन्नु पर्ने । बादिका बाज्ये रघुनाथ सिंले दिएको बसियत दरखास्तमा साना भाईले गुजारा सम्म पाउने भन्ने लेखिएको हुनाले बादिले अंश नपाउने हो कि भन्नलाई भारत तर्फको तालुकमाराजा हुने बाहेक अरुलाई गुजारा सम्म पाउने थिती बन्देजको कागज देखिएको । त्यस तालुक भित्रको मौजामा अंश पाउँ भन्ने दावि नभईराजय नेपाल तराइको जमिनमा अंश पाउँ भन्ने दाबि भएको थिति बन्देजको कागजको लेखाइको अभिप्रायले तालुकराजय मौजा बाहेक अरु बिर्ता खरिदि अचल घर कोठी र चल सम्पति समेतमा अंश पाउँने देखिएको । बादिका साक्षिका बकाई बाट अंश भई सकेको भन्न नहुने र भिन्न भिन्न बसेको भन्न र लिनु दिनु गरेको लिखित प्रमाण पेश हुन कतैबाट नआएको गुजरा पाउँने गरेको थिएँ भन्ने बादिको भनाई भए पनि गुजारा भनेको हाम्रो नेपालीमा माना चामल खर्च पाई मानो सम्म छुट्टिएको भन्ने अर्थ हुने । त्यस्तो माना चामल सरहको गुजारालाई अंश लिई पाई सकेको भन्न मनासिब नपर्ने समेतबाट अंश बण्डाका ३ नं. बमोजिम जिमिदारि आदि यो वादिले अंश हक दर्ता भोग चलन गरि खान पाउँने ठहर्छ भन्ने समेत बाँके अमिनिको २०१२ साल भाद्र २८ गतेको फैसला ।

      ४.    बादि नावालक छँदैको अवस्थामा महारानि वादी श्रीमती बहुरानिले बादिलाई धर्म पुत्र बनाई आफ्नै साथ राखेकि । सन् १९४० मा बहुरानी स्वर्गे हुनु भएपछि सन् १९४० मा वादि ताँहि बसेको । चल अचल सम्पति भोग चलन कब्जा गरेकाले आफ्नो दाजुको सगोलमा रहेको भन्ने साबितै नहुने र विगो कायम गर्दा सिर जग्गाको मात्र कायम गर्नू पर्ने मौजे भरको कायम गरि जनहि जरिवाना समेत गरेकोमा चित्त बुझेन भन्ने समेत प्रतिबादिको अपिल ।

      ५.    बण्डा लिखत पेश गरेको नदेखिए तर्फ बादि प्रतिबादिहरु हिन्द नागरिक भएका र धेरै हैसियत भारत तर्फ भई भारत तर्फको अंश पाएको वा उजुर परि रहेको भनि बादिले लेख्न नसकेको । बण्डा कागज दाखिल हुन नसके पनि भिन्न वा सगोल अरु व्यवहारीक प्रमाणलाई हेरि निरोपण गर्नुपर्ने । बादि कै लेखाईबाट निज गद्दि पाउँने व्यक्ति नभईराजय नियम अनुसार गुजारा सम्म पाउँने व्यक्ति देखिएको । दिजढखा मुसलमान संगको बेदखलि मुद्दामा हाईकोर्ट सम्मबाट सगोल कै ठहरिएको भन्ने तर्फ पनि यस फैसलालाई अकाट्य प्रमाण सम्झी अंशियार सम्झनु पर्ने हो कि भन्न पनि यिनै बादि ईन्द्र प्रताप नारायण बहुरानि तर्फ धर्मपुत्र रहन गएको समेत देखिएको हुनाले त्यस तथ्यलाई स्वीकार गरेको पक्षमा त्यस्ता व्यक्तिको रेहुवाराजय तर्फ सम्पर्क रहदै नरहनेमाराजा रुद्र प्रताप नारायणले विशेष विचार राखेको नभई रेहुबाराजयको जमिनबाट पनि जग्गा जमिन दिए कै देखिएको हुनाले वेदखलि मुद्दामा सगोलको भनि ठहर्‍याउने मौका दिएको दाजु रुद्र प्रताप नारायणको सुभेक्षाको कारवाइ सम्म रहेछ भन्ने सिद्ध हुने ।  नेपाल सरहदको जिमिदार पुर्खौलि भन्ने जिकिर तर्फ रुद्र प्रताव नारायण सम्वत १९५६ माराजा भएको भन्ने लेखेको र वादिले पनि जिमिदारी यस प्रकारबाट आर्जन भएको मेरो समेत हक लाग्ने भनि प्रष्ट गरि लेख्न नसकेको । अपिलाटका बारेसले पेश गरेको रसिद हेरिएमा ६२ साल सम्म अबदुल हक र सो सालदेखि लाई सो मौजाको जिमिदार रुद्र प्रताप नारायणले आर्जेको देखिन आएको । बादिलाइ गुजारा निमित्त प्रसस्त जगा दिएको फाराम कागजबाट देखिएको । एकपटक गुजारा पाइ उजुर नगरि सन्तोष मानि बसेपछि अंश बण्डाको ३४ नं. ले त्यसलाइ पनि अंश भन्नु परि फेरि पनि अंशमा दाबि गर्न नपाउँने र कं.रु. ५०००।को चिठ्ठीबाट कर्जा मागेको देखिएको । मेरो सप्रने विग्रने खेतिमा निर्भर छ भनेबाट जिबिका निमित्त जग्गा पाएकै र ट्याक्टरद्वारा जोत्नु पर्ने खण्ड परेबाट जग्गा थोरै पाएको भनि शंका गर्न पनि नपर्ने लेखिएका प्रमाणले धेरै वर्ष अघि खेति उपति मानो छुट्याइ बसेको देखिन आएकोमा एक दुई मोटा मोटि शंकाबाट सगोल ठहराइ दोहरो अंश दिलाउने गरि ईन्साफ गर्दा न्यायको विपरित पर्न जाने हुँदा बादिले बढि अंशमा दावि गरेको ठहर्छ भन्ने बाँके बर्दिया अपिलको ०१२।८।२३ को फैसला ।

      ६.    चित्त बुझेन भन्ने वादिको अपिल ।

      ७.    राज्य कायम छउन्जेल गुजारा रराजय बिलिन भए पछि अंश पाउँने हुँदा उस तर्फको जेथा सम्पत्ति पनि अंश पाउँनु पर्ने बाँकी छ भन्ने अपिलाट वादिको भनाई र बहसमा जिकिर देखिएको यिनीहरुका खान्दानको बन्देज मुताविक गुजारा दिई पाई आएकालेराजय विलिन भएपछिराजाका साथमा भएको अन्य जेथा सम्पती अंश बण्डा हुनु गर्नुपर्ने समेत आफ्नो देश को कानून व्यवहार बमोजिम हक गराएको पक्का सबुद वेगर यति कै बाट यसराजयको जिम्दारि हक अंश छुट्याई पाउँछ भनि छुट्याई दिन प्रमाण नपुग्ने र उस तर्फ धेरै जेथा सम्पत्ति भएको वादिको भनाई भएकाले बाध्य भई आफ्नो अंश खोजि गर्न वादिलाई करै लागि रहेको देखिँदा उक्त जिकिर गरिए बमोजिम गुजारा पाई खाई आएकै भए पनिराजय बिलिन भएपछिराजाको अन्य जेथा समेत पाएको कानून अन्तरगत पक्का सबुद ल्याएको बखत उजुर परेमा ठहरे बमोजिम हुने भई अहिलेको यस उजुरबाट उपरोक्त र मुख्य सबुद बेगर यसराजयको अंश हक पाउँछ भनि दिलाउन नहुने हुँदा श्रेस्ता बाट देखिएको भोग चलनबाला जिम्दार रुद्र प्रताप परलोक भएपछि निजका छोरा विजय प्रतापका नाउमा दर्ता सारि कामदाम गरेको सदर ठहर्छ भन्ने ०११।१२।१७।१ को सर्वोच्च अदालत डिजिभन बेन्चको फैसला ।

      ८.    नेपालराजयको जिम्दारिमा भारतको कानून लाग्नै नसक्ने हुनाले उस पारको अंश बण्डाको सबुद बेगर दिलाउन नहुने भनि डिभिजन बेन्चबाट भएको फैसलामा पुनः विचार गरि रिभ्यु गरि पाउँ भन्ने समेत वादिको निवेदनमा ०१० सालमाराजय विलिन भएपछि वादिले गुजारा पाएको निस्सा मिसिल साथ रहेको नदेखिएकाले रिभ्यूको निस्सा गरिदिएको छ । त्यस्तो निस्सा भए लिई आउनु भनि प्रतिवादिलाई छलफलमा झिकाई आएपछि पेश गर्नु भन्ने ०१६।४।९।६ को डिभिजन बेन्चको आदेश ।

      ९.    झगडा परेको जिल्लै बर्दिया तप्पे रजहनको मौजै देउढा कला मौजे सुकै पुर ।।, ऐ.पडरिया ऐ भवानिपुर खुड १ र तप्पे फेनाको मौजे वनगाई १ समेत ४।। मौजा रुद्र प्रतापका नाउमा कुन सालमा के व्यहोरा बाट दर्ता हुन आएको रहेछ । निज रुद्र प्रतापका नाउमा दर्ता हुनुभन्दा अघि सो मौजाहरु क कस्का नाउँमा दर्ताभएको श्रेस्ताबाट देखिन्छ ? खुलाई पठाई दिनु भनि गोस्वारा तहबिल ईलाका माल समेतलाई लेखिपठाई आए पछि पेश गर्नु भन्ने ०१६।९।१ को डिभिजन बेन्चको आदेश ।

      १०.    मुद्दा नेपालगञ्ज उच्च अदालतबाटै हेरि पाऊँ भन्ने कुँवर ईन्द्र  प्रतापको निवेदनमा सर्वोच्च अदालतबाट भिकि पश्चिमाञ्चल उच्च अदालतबाट हेरि दिनु भन्ने ०१६।१०।१४।५ मा हुकुम प्रमांगि बक्सेको र सो बारे ०१६।११।२८ मा लेखि गए बमोजिम श्री ५ महाराजाधीराजका हजुरमा जाहेर हुँदा यस्मा अघि पश्चिमाञ्चल उच्च अदालतबाट हेर्न कानूनले नमिल्ने भए त्यसै अड्डाबाट हेरि ऐन सवाल बमोजिम गर्नु भन्ने हुकुम बक्सेको भनि ०१८।४।३२।४ मा सर्वोच्च अदालतका नाउँमा हुकुम प्रमांगी बक्स भई आएको ।

      ११.    अंश मुद्दा तर्फको हक बेहक न्याय विभाग बाट गराई ल्याएमा सो बमोजिम हुने भनि बर्दिया मालबाट ०११।८।१३।१ मा फैसला भएपछि मौजाहरु आधा सम्पत्ति दिलाई भराई पाउँने र खास मैले पाउँने अंश लाई दिई सकेको छु भनि झुठ्ठा कुराको मालमा दर्ता दिनेहरुलाई सजाय गरि पाउँ भन्ने फिराद जिकिर लिई अदालतमा उजुर गरेकोले अंशको नाताबाट नेपालराजयभित्रको जग्गा जिम्दारि आधा पाउँ भन्ने दावि गरेको देखिन आएकोले अंश बण्डा तर्फ उजुर नहुँदा खारेज गरि पाऊँ भन्ने प्रतिबादि पक्षको जिकिर मुनासिब देखिएन । झगडा गरेको मौजाहरु पुर्खौलि भनने बादि तर्फको रराजय पाएपछिराजयकै आयस्ताबाट रुद्र प्रताप सिंहले आर्जेको भन्ने प्रतिवादिको जिकिर बहस भएको । सो बमोजिम दुवै पक्षबाट लिखितप्रमाण पेश गर्न नसकेको । खालि सुकैपुर बाहेक अरु ४ मौजा १९६२ सालमा जि.अबदुलहरुले पटुवारि खांगी मालमा बुझाएको र त्यस पछि १९६६ सालमा सो मौजाहरुको पटुबारि खान्गी जि.रुद्र प्रताप तर्फबाट बर्दिया मालमा बुझाएको रसिद सम्म देखियो । बादि ईन्द्र प्रताप सिंह गुजारा लिई अन्दाजि ३० वर्ष देखि भिन्न भएको भनि २०११ सालमा प्रतिवादि दिएको । ११ सालबाट ३० वर्ष अघि १९८१ साल पर्ने भएकोले ८१ सालमा वादि मानु छुट्टि बसेको भन्ने प्रतिवादिकै भनाईबाट कायम गरे पनि त्यसै अघि वादि सगोल मै बसेको देखिएबाट प्रतिवादिका भनाई बमोजिम सो मौजाहरु ६३ सालमा आर्जेको भए पनि सगोलकै आर्जन देखियो । अंश बण्डको ३७ नं. ले मानो नछुट्टिई सँगै बसेका अंशियारहरु छन् भने अंशियारहरुले कमाएको धन र लाएको ऋण सबै अंशियारलाई भाग लाग्छ भन्ने उल्लेख भएको र वादि ईन्द्र प्रताप सिंराजा रुद्र प्रतापको भाई होईन भनि प्रतिवादले भन्न नसकेको र मिसिल बाट पनि भाई नै देखिएकोले नेपाल सरहद भित्रको सगोल अवस्थामा आर्जेको अचल सम्पत्तिमा वादिले अंश पाउँदैन भनि उक्त ऐनले भन्न भएन । सं.१८७४ ईसबिको बसियत दरखास्त बमोमिज जेष्ठ दाजु ईष्टेटको गद्दिवाला र भाईले गुजारा सम्म पाउँने इष्टेट र ईष्टेटको आम्दानिमा अंश बण्डा गराई माग्ने भाईको अधिकारलाई तोडि दिएको छ भन्ने प्रतिवादि जिकिरका हकमा सो बसियत दरखास्त हेर्दा सो बसियत दरखास्त भारतको ईष्टेट सम्बन्ध मात्रको देखिएकोले नेपाल अधिराज्य भित्रको सम्पतिमा सो व्यवस्था लागू नहुने भई नेपाल अधिराज्यकै कानून बमोजिम गर्नुपर्ने देखिन्छ । गुजारा लिई ३० वर्ष अगाडि नै वादि भिन्न बसेकोले वादिको अंशमा दावि गर्ने हक छैन भन्ने बूँदाका हकमा सो गुजारा लिंदा अरु अंशमा दाबि गर्ने हक छैन भनि वादिले गरेको छोडपत्र प्रतिवादिबाट पेश हुन नसकेकोले र गुजारालाई अंश भनि भन्न नहुने भएबाट बादिले अंश पाउँने नै देखिन्छ । वादिलाई बहुरानिले धर्मपुत्र राखेकाले अंश नपाउँने भन्ने जिकिरलाई प्रतिवादिले पेश गरेको सं.१९२९ सालको प्रि.वि.काउन्सील अपिल नं.१४ को कारबाईको रेकर्ड सम्बन्धी किताब यो (रेकर्ड सिडिङ) को पेज २५२ मा उल्लेख गरिएको ईच्छापत्रको व्यहोराबाट बहुरानिले सं.१९०७ मा वादि ईच्छापत्र द्वारा शेष पछिको बकसपत्र गरिदिएको र उक्त रेकर्डकै पेज ३९७ मा बहराइचको तहसिलदारको अदालतमा सन् १९२६ मा बहुरानिले गरेको बयानबाट ६ अप्रिल सं.१९२६ मा आफ्नो सम्पति सबै बकसपत्रबाट कुबर ईन्द्र प्रताप नारायणलाई बकसपत्र गरिदिएको हुँ भनि बयान गरेको देखिएबाट समेत कुबर ईन्द्र प्रताप नारायणलाई निज बहुरानिले धर्मपुत्र राखेको नभई बकसपत्र सम्म गिरिदएको देखिएको । धर्मपुत्र राखेको भए बकसपत्र गरि दिनु पर्ने आवश्यक पर्ने थिएन र सो १९०७ साल तदनुसार सम्बत १९६४ साल मै अर्काको धर्मपुत्र भई सकेको वादिलाई प्रतिवादि तर्फबाट सं.१९८० साल तिर गुजारा दिनु पर्ने अवस्था पनि नपर्ने भएबाट वादि बहुरानिको धर्मपुत्र भएको भन्ने कुरा प्रमाणित हुन आएन । उपरोक्त कारणहरुबाट वादिले अंशबापत दावि गरेको नेपाल सरहदको ४।। मौजमा वादिले आधा हक अंश पाउँने ठहर्छ ।राजय बिलिन भए पछि विदेश तर्फको अन्य जेथा समेत पाएको पक्का सबुद ल्याएका बखत उजुर परेमा ठहरे बमोजिम हुने भनि ०१४।१२।१७।१ मा डिभिजन बेन्चबाट भएको फैसला मुनासिब नभई शुरु बाँके अमिनिले गरेको इन्साफ मुनासिब छ भन्ने फुल बेन्चबाट भएको ०१९।२।१५।२ को फैसला ।

      १२.   सो उपर चित्त बुझेन दोहर्‍याई पाऊँ भन्नेराजमाता वसन्त कुँवरवाको बिन्ती पत्रको व्यहोरा श्री ५ महाराजाधीराज सरकारका हजुरमा जाहेर हुँदा यस्मा व्यहोरा साँचो भए दोहर्‍याई ऐन सवाल बमोजिम गरि दिनु भन्ने हुकुम बक्सेको छ, भन्ने मौसुफका निजि सचिवालय बाट लेखि आएको ०१९।११।२६।१ को हुकुम प्रमांगि ।

      १३.   बक्स भई आएका हुकुम प्रमांगि बमेजिम गर्न निमित्त लगतमा दर्ता गरि दुवै पक्ष राखि फुल बेन्चमा पेश गर्नु भन्ने माननीय भु.पु.प्रधान न्यायाधीश ज्यू बाट १९।१२।४।१ मा आदेश भएको ।

      १४.   वादिको जग्गा जिमिदारि दाखिल दर्ता बारे विजय प्रताप नारायण सिं को दरखास्त परि वर्दिया मालबाट कारवाई भई ०११।८।१३  गते फैसला गरि विजय प्रतापलाई बहालि दिएको मिसिल प्रमाणमा झिकाई पेश गर्नु भन्ने फुल बेन्च बाट ०२२।११।२८।६ मा आदेश भएको ।

      १५.   यस्मा तारेखमा रहेका दुवै पक्षका बारेस रोहबरमा रहि २३।१०।७।६ मा पेश भई निबेदक प्रतिवादि तर्फबाट विद्वान एडभोकेट श्री कृष्णप्रसाद पन्त र वादि तर्फबाट विद्वान एडभोकेट श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनि आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वावाराजा विजयबहादुर सिंले आर्जेको नेपाल सरहद जिल्ला बर्दिया तप्पे रजहर मौजे डेउदाकला १ मौजे भवानिपुर १ मौजे पडरिया १ मौजे सुरपुर ।। तप्पे फेना मौजे बगाई १ समेत ४।। मौजा बाबाको शेष पछि सगोलका जेठा दाजु रुद्र प्रताप नारायणका नाममा दर्ता गराई सगोलमा भेग चलन कब्जा गरि आएका थियौ । दाजु परलोक हुनुभए पछि भतिजो विजय प्रताप सिंले एकलौटि दर्ता गरेकोले सो मौजाहरुमा आधा आधा सम्पति दिलाई पाउँ भन्ने वादिको मुख्य दावी भएकाले वादी दावि बमोजिम आधा प्रतिवादिले पाउँने नपाउँने के रहेछ भन्ने कुराको निर्णय दिनुपरेको छ ।

      १६.    राजा रघुनाथ सिंले ईलाका रेहुवा प्रगन्ना फखरपुर जिल्ला बहराईच तत्कालिन सरकारबाट पाउँनु भएकामा कान्छा भाईलेराजा हुनेबाट गुजारा सम्म पाउँने बसियत अनुसार अं ३० वर्षदेखि वादिले गुजारा लिई भिन्न बसि आफ्नो खति उपति गरेको । वादिको बेदनापुरमा कोठा बगैंचा वगियाहरु र २००० विगाहा जति गुजाराको भई त्यस्को १३६१ फसलिको कृषि कर कं.रु ४९८ वादिले नै तिरेकोले वादि दाबिको जमिदारिमा वादिले अंस पाउँने होईन भन्ने प्रतिवादिको मुख्य जिकिर भएकोमा मैले गुजारा निमित्त २००० विगाहा जग्गा पाएको नभई नाम सम्म दाजुले भारत तर्फ दर्ता गराएका हुन् भन्ने वादिले अपिलमा जिकिर लिएको भए पनि मिसिल सामेल रहेका तहसिल केसरगञ्न्ज डिष्ट्रीक बहराइचको ३०।१२।५।४ को फैसला नक्कलबाट कृषी कर कं.रु. ४५८ को वादि ईन्द्र प्रताप नारायणसँग असुल गर्ने भन्ने देखिएको। सो कृषीकर पट्टि वादिले नकारात्मक कुरा केहि भन्न नसकेबाट वादिको जिकिर अनुसार निजको नाममा दर्ता गराईदिएको मात्र नभई निज वादि अघि नै भिन्न बसि छुट्टै व्यवहार गरि आएको र निजलाई गुजारा निमित्त सो जमिन दिएको रहेछ भन्ने कुरा प्रष्ट हुन आएको छ ।

      १७.   यद्यपि हाम्रो मुलुकको अंश बण्डाको ऐनले भाई भाईको बराबर अंश हुने हो । तर त्यसको साथ साथ वादि माथि अर्को विशेषता के देखिन आएको छ भने उपरोक्त उल्लेख भए बमोजिम रेहुवाराजयको चलन अनुसार गुजारा निमित्त वादिले भारत तर्फ कै केहि सम्पत्ति पाई सकेकोछ । तत्काल प्रचलित अंश बण्डाको ६१ नं. मा लिखत र भोग नभएकोमा अघि बण्डा भई बाँकी रहेकोमा बण्डा पाउँ भन्न आएमा भिन्न हुनेको दुई जिउ जिउ सम्म मात्र उजुर लाग्छ नत्र लाग्दैन भन्ने व्यवस्था भएको देखिन्छ । वादि दाबिका मौजाहरु बण्डा हुन बाँकी रहेको भए दाजुराजा रुद्र प्रताप जिवित छँदै उजुर गर्नु पर्ने मा निज दाजु परलोक भईसके पछि मात्र यो उजुर गरेको देखिएकाले उक्त अंश बण्डाको ६१ नं.को हदम्याद नाघि परेकोमा उजुरि बाट मुद्दा चल्न नसक्ने हुँदा खारेज हुने ठहर्छ ।

      १८.   ईन्साफ भए गरेको अघिल्लो फुल बेन्च समेतसँग यो बेन्च सहमत भएन । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

बादि कुबर ईन्द्र प्रताप नारायण सिं को सकार गर्ने उमा सुन्दरि देवि के पछि बुझिएको समेत बाट खारेज हुने ठहरेकाले सिर जमिनको मालपोत रु.१८३६।। ///।।१ र जिमिदारि खान्गी रु.३४९।/।।३ समेत रु.२१८६।/।। मध्य आधि रु.१०९३।ऽ।।२ को तत्कालिन प्रचलित डं.स.को २८ नं.सयकडा ४ ले हुने मोल विगो रु.९७३३२ को जिमिदारि नपाउँनेमा पाउँनु पर्छ भनि दावि गरेको ठहरे त्यस्को हाल को सटहि दर भा रु १०० को ने रु १०१।५५ ले हुने रु.२७७।५५।२९ को तत्काल प्रचलित अंश बण्डा को ५४ नं.सयकडा १० ले रु.२७७५।५३ हुने सो खारेज भएकाले हाल प्रचलित अ.बं.१८० नं.सयकडा ५ ले रु.१३७।७८ जरिवाना हुन्छ । वादि कुँवर ईन्द्र प्रतापलाई बाँके, वर्दिया अपिलको १२।८।२७ को फैसलाले गर्ने गरेको दण्ड भा रु.१३६६।।// को हाल सटहि दरले हुने ने.रु.१३८६।८ मध्ये सो लाग्ने ठहरेको रु.१३८।७८ कट्टा गरि बाँकी रु.१२४८।३० नलाग्ने हुँदा १२।१२।६।२ मा बाँके अमिनिमा तिरे बुझाएको कानूनको रित पुर्‍याई हाल मुद्दा सकार गर्ने उमा सुन्दरि लाई फिर्त दिनु भनी बाँके जि.अ.मा लेखि पठाउँन का श्रे.अ.त.मा लगत दिनु.........................१

वादि कुबर ईन्द्र प्रताप नारायण सिं के डिभिजन बेन्चको १४।१२।१७।१ को फैसलाले गर्ने गरेको दण्ड कं.रु १३६।।। पनि नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरि दिनु भनी ऐजन .....................२

प्रतिवादिराजमाता वसन्त कुँवरवा के बाँके अमिनि को १२।५।२८। को फैसलाले गर्ने गरेको दण्ड भा.रु.२२८९।// र बाँके वर्दिया अपिलको १२।८।१३ को फैसलाले लिने गरेको जिताउरि रु.३४१।//।। समेत नलाग्ने हुँदा असुल भए जति फिर्ता बाँकीको लगत कट्टा गिरिदनु भनि बाँकी जि.अ.लाई लेखि पठाउनु ऐ........................३

प्रतिवादिराजमात बसन्त कुँवरवा के फूल बेन्च को १९।२।१५।२ को फैसला बमोजिम रु.१३६६।लाग्ने कायम गरि निजलाई बाँके बर्दिया अपिलको १२।८।२३ को फैसलाले जिताउरी रु.३४१।।//।। लिने र बाँके अमिनिको १२।५।२८ को फैसलाले रु.२२८९। दण्ड लाग्ने गरेको नलाग्ने हुँदा रु.३४१।।//।। कटाई बाँकी फिर्ता दिने गरेको समेत शुरु र अपिलका फैसला बमोजिम लगत काटि दण्ड भा.रु १३६६।।// को ने.रु.२१८६।६० असुल गर्न समेत गरि का.दे.त.मा १९।४।१० मा लगत दिएकोमा सो फुल बेञ्चको फैसला बमोजिम गर्नु पर्दैन उक्त कलमको लगत काटि दिनु भनी ऐ.ऐ............................४

वादि कुबर ईन्द्र प्रताप नारायण सिं के फुल बेन्च को १९।१५।२ को फैसला बमोजिम दर्सौंद रु.४३७३।२० लाग्ने हुँदा लगत कस्ने र बाँके बर्दिया अपिलको १२।८।२३ को फैसलाले गर्ने गरेको दण्ड भा.रु.१३६।।। नलाग्ने हुँदा लगत कट्टा गरि दिन समेत भनि का.द.त.मा १९।४।१० मा लगत दिएकोमा सो फुल बेन्चका फैसला बमोजिम गर्नु पर्दैन । उक्त कलमको लगत काटी दिनु भनि ऐं ऐं .................................५

बादि कुँवर ईन्द्र प्रताप नारायण सिं के देहाएको जिमिदारी मध्ये आधी चलन दर्ता बहाली गिरिदनु भनि बर्दिया माललाई लेखी पठाउने गरि फुल बेन्चको १९।२।१५ २ को फैसला बमोजिम लगत दिएको मा सो अनुसार गर्नू पर्दैन । लगत काटी दिनु भनि ऐं ऐं .........६

असामी ......                                    लगत विगाहा                    मालपोत         जि.खान्गी      पटवारी खांगी

तप्पेरजहट मौज डेउढा

कला सोर आना                                  ५३६।। ।४                      १७१०८।                १३६।।।।।१      ४१।।ऽ३

ऐ सुकैपुर आठ आना                     १४ऽ.२३                      ३३।।ऽ।१        =           ।।।ऽ।।१

ऐ पडरीया सोर आना                     ३५।।।                                       ८००।।।।।२;          ७५।।।=                 १८।।।

ऐ पडरीयासोर आना                      २६५ ३                                               ५३०                   ४९।। ।                  ३२। ।।।

तप्पे फेना मौज बंगाइऐ                   २३४।।।=।।।                     ५८८।।।१      ५५=                   १३।।।ऽ।२

     

निवेदक प्रतिवादिराजमाता बसन्त कुबरवा के निज तर्फबाट रहेका विद्वान एडभोकेटको सर्बोच्च अदालत नियम २४ बमोजिम पाउँने वकिल फि रु.२० वादि कुबर ईन्द्र प्रतापको सकार गर्ने उमासुन्दरी देवी बाट भराई पाउँ भनि कोर्टको ऐन, २०१७ को दफा १५ (११) बमोजिम ५ बर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनि ऐ.ऐं .................७

नियम बमोजिम मिसिल बुझाई दिनु ....................... ८

 

ईति सम्वत् २०२३ साल माघ १८ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु