निर्णय नं. ३६७ - न्वारान गरी दिएन

निर्णय नं. ३६७ ने.का.प. २०२४
फुल बेन्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री मीनवहादुर थापा क्षेत्रि
२०२२ सालको पहिलो रिभिजन फौ.फु.नं.८६
निवेदक : प.२ नं.गोर्खा छोप्राक मैदान वस्ने देवीमाया श्रेष्ठनी
विरुद्ध
बिपक्षी : ऐ.ऐ.वस्ने इन्द्रनारायणको सकार गर्ने पद्मनारायण
मुद्दा : न्वारान गरी दिएन
(१) अं.व.१७७ नम्वर–लिखतको प्रमाण जुन सुकै तहमा पनि वुझ्न हुने ।
अ.ब.१७७ नं. ले लिखतको पक्का प्रमाण रहेछ र वुझिपाउं भन्यो भने जुन सुकै तहको अड्डाले पनि मुद्दा नछिनिएको भए वुझी दिनु पर्ने ।
(प्रकरण नं.१७)
(२) एकै मानिस भिन्न नाम गरी मिसिलमा देखापरे र अदालतलाइ सत्यतामा शंका लागे त्यस्तो मानिसले विभिन्न नामवाट गरेको ल्याप्चे जांच गराइ एकिन गर्न सकिने – ल्याप्चे जांच मिल्न भिड्न आएमा विभिन्न नाम गरेको एकै व्यक्ति ठहर्ने ।
झुट्टा बकि जालसाज गरे भन्ने मुद्दामा भिम नारायन नामलेखि दिएको ०१०।९।३।५ को प्रतिबादी र हिम नारायण नाम लेखि का.जि.अ.दो.मा गरेको १९।७।२४।६ को बयानमा हिम नारान नाम लेखि दिएको १९।२।८।२ को दर्खास्त समेतमा लागेको ल्याप्चे सहिछाप जाँच गराउने २३।८।१७।६ को फुल वेन्चवाट आदेश भई जांच गराउंदा १९।२।८।२ को दर्खास्तको सहिछाप अप्रष्ट र १०।९।३।५ को प्रतिवादी १९।७।२४।६ को बयानमा लागेको ल्याप्चे सहिछाप एक अर्कासंग मेल खान्छ भनि विशेषज्ञले ले िदिएकोवाट भिम नारायन र हिम नारान भन्ने मानिस एकै रहेछ भन्ने कुरा प्रष्ट भएकै ले त्यस तर्फ अरु शंका गरी रहनु परेन ।
(प्रकरण नं.१८)
(३) कस्तो स्थितिमा साक्षि सर्जमिनको भनाइ बकाइलाइ मान्यता दिन नमिल्ने ।
र ०८ साल भाद्र १ गते गोविन्द नेपाल गएको हो देवीमायाको गर्भ गोविन्दको होइन शंका लाग्दैन समेत भनि २५ जना सर्जमिन र गोविन्द भाद्र १ गते नै काठमाडौं गएको भन्ने कुरालाइ समर्थन समेत गरी प्रतेवादिका केहि साक्षिहरुले औ भाद्र २० गते मैले सूर्य विनाएकका स्थानमा भेटेथें भन्ने चेत नारान मेरो घरमा आइ संगै सूर्य विनाएक गै दर्शन गरेको भन्ने माष्टर गोपाल समेत प्रतिवादीकै साक्षि २ जनाले बकि लेखि दिएको देखिन्छ । तापनि ति सर्जमिन मध्येका धेरै जसोको भनाइमा निज गोपाल पढन गएको भन्ने भएको । स्कूल कजेलहरुमा पढाइको लागी प्रवेश गरीने टायम समेत नपर्ने वर्षा मौसम भदौको भेलमा टाढा पाहाड देखि पढन आएको भन्ने कुरा स्वाभाविक नभएको र यदि निज प्रतिवादी गोविन्द भन्ने इन्द्र नारान भाद्र १ गतेनै काठमाडौ आएको भई निजको करणी गर्भ नभए टाउके भन्ने भिम नारानलाई लगाउने निजलाइ रु.३०ण् दिने शर्त गरी भैयाद कृष्णदासवाट माथीका प्रकरणमा उल्लेख गरीए वमोजिम कागज गरी दिनु नपर्ने गरी दिएको देखिन आएको समेत यस स्थीतिमा उक्त साक्षि सर्जमिनहरुको भनाइ बकाइलाइ मान्यता दिन मिलेन ।
(प्रकरण न.२०)
फैसला
१. प्रतिवादी गोविन्द भन्ने ईन्द्रनारायण संग बरावर करर्णी आशयको हाँस ख्याल ठट्टा मस्करी हुन्थ्यो । ०८ साल बैशाख लाग्दैमा घर आउँदा पसल कोठामा गै चुरोट १ पाकेट झिकी ल्याउ भनी अरायो । लिन भित्र पसेको अं.९।१० घडि रात चढेको हुदो हो ढोका थुनी पाखुरामा समाती करणी गरेको । त्यस्को ६।७ दिन पछि दोश्रो पटक बाबुका घर भित्रै र त्यस पछि बराबर करणी लिनु दिनु भइरहेको ०८ साल भाद्र महीनामा रजश्वला भएको ५ दिनको दिन तिजको चौथीका दिन राति करणी हुँदा गर्भ रहेको । ईन्द्रनारायण ०८ साल कार्तिक महिनामा नेपाल गएको हुदा ०९ साज जेष्ट ३ गते नेपाल गै निज लोग्नेकै घरमा ४ दिन बसी खर्चली फर्कि आएको । ऐ २४ गते छोरी पैदा भइ घर लग्दा नराखी न्वारान गर्न पनि बास्ता नराखी नगरेकाले न्वारान गराई पाउँ भन्ने समेत देबीमायाको फिराद ।
२. भाद्र महिना तिज चौथी तेस्रो हप्तामा पर्ने भाद्र १ गते फते बाहादुर कृष्णबहादुरको साथ काठमाडौं तर्फ हिडी वही बसेको । भाद्र २० गते मंगल चौथी भक्तपुर सुर्य बनाएक गणेशको दर्शन गर्न जाँदा मास्टर गोपाल चैतनारायण समेत भेट भएको छ म काठमाडौंमा बादि छोप्राक मैदानमा र को कसरी करर्णी हुने हो बादिलाई मैले करर्णी गरेको होईन । बादिको संग करणीमा बिग्री रही सही बसेकी म नेबार टाउके, बाबुकाजी, समेत बादिको घरमा जाने आउने हाँस ख्याल गर्न बुझीएकोले बादिको जातक निजैहरुमा एकजना वा अरु कस्को हो म जान्दीन भन्ने समेत गोबिन्द भन्ने इन्द्रनारायणको प्रतिवादी ।
३. यही वादिले घुस खुवाई खाई जालसाज गरी यस मुद्दामा टाउकेलाई म्याद गुजार्न लगाए भन्ने टाउके ले मेरो करर्णी गरेको छैन भन्ने अर्को मुद्दा दायर गरेको भई उतै बाट ईन्साफ हुने, इन्द्रनारायणले न्वारान गरी दिनु पर्ने नपर्ने यस मुद्दाबाट निरोपण गरी दिनु पर्ने भई बाबुकाजी समेत ४ जना लाई म्याद दिएमा हाजिर नभै गुजारी बसेका टाउके भन्ने भिम नारायणका हकमा निजसंग करर्णीमा जालसाजीबाट म्याद गुजार्न लगाए भन्ने समेत यो वादिले यस मुद्दामा बक्से साछि म्याद गुजार्ने भिम नारान समेतका उपर करर्णी समेत मा अर्को नालेस गरेकी सो मुद्दा यस मुद्दामा वक्ने साछिले जालसाजी गरे घुस खाएको नठहरी ईन्द्रनारायणको कर्णी गर्भ नठहरी टाउके भन्ने भिम नारायणको करर्णी गर्भ ठहरी निज भिम नारायण ले नै न्वारान गरी दिनु पर्ने ठहराई आज फैसला भएको ले यसमा बादि ले ईन्द्रनारायण वाट न्वारान गराई पाउ भनि झुट्टै दावा गरेको ठहर्छ भनि पश्चिम २ नं. अदालतको १२।९।२६ को फैसला ।
४. ठाउके भन्ने भिम नारायणको करर्णीगर्भ भए मौकै देखि मैले पनि निज लाई भन्नु पर्ने र प्रतिवादीले पनि मौकै देखि भिम नारायणको हो भनि किटानि साथ ईन्कार दिन सक्नु पर्ने नसकेको समेत बाट ईन्द्रनारायणकै करर्णी गर्भ भन्ने सबुद पुग्न आएको समेत हुदा शुरु ईन्साफमा चित्त बुझेन भन्ने बादिको अपिल ।
५. भाद्र मंगल चौथीका दिन ईन्द्रनारयण प २ नं. मा नभई नेपालमा रहे भएको साछि ले किटान गरी वकी लेखी दिएको टोलमा सरजमिन गर्न पठाउदा २ जनाले देवीमाया आएको देखेको थियो । ८ साल जस्तो लाग्छ भनि वकेका बादिमा मिति नमिलेकाको देखेको अरु सरजमिन ले आएबसेको छैन भनि लेखि दिए बाट बादिको कुरा प्रमाणित हुन नआएको समेत हुदा ईन्साफ शुरुको मनासिब ठहर्छ भन्ने अपिल दोश्रोका हाकिम ना्सु झपट सिं को फैसला र घुस खाई जाल साज गरी झुट्टा वके भन्ने बादीले उजुर गरेको मुद्दामा टाउके भन्ने भिम नारायणको करर्णी नठहरी राय पर्चा भएको वादि देबि माया ईन्द्रनारायण लाई भेट्न नेपालको घरमा आई ४ दिन बसी गएको भन्ने बादि लेखाई भएको नयां बजारमा सरजमिन गर्दा २ जना सरजमिनले बादि सो घरमा आई बसेको देखेको हुँ भनी किटानिसाथ लेखि दिएका गाउका सरजमिनले देबिमाया ईन्द्रनारायण ठट्टा मसकरी गरेको नोहाउदा धोती पछारी दिएको समेत देखेको हुँ भाद्र आस्विन मा ईन्द्रनारायण घरमा छ कार्तिकमा मात्र नेपाल गएको भनि लेखी दिएको समेतबाट बादि देवीमायाको करणीईन्द्रनारायणको हुदा निज मरी सकेका ले मुद्दा सकार गर्ने पदम नारायणले न्वारान गरी दिनु पर्ने ठहर्छ भन्ने सो अपिल दोश्रो का.अ.स. दोजराजको राय पर्चा ।
६. टाउके संग करर्णी भएको भए ईन्द्र नारायन लाई देखाउनुपर्ने काण नभएको रिस ईवीले पोलेको भन्न ईन्द्रनारायणले नसकेकाले समेत टाउकेको करणी गर्भ जातक ठहराएको अपिल दोश्राका हाकिमको ईन्साफमा चित्त बुझेन भन्ने बादि देवीमायाको र यो वादि वेईजत वेपरदाका साथ निमेकारी हिडने त्यस्तो संग करणीमा फस्नु पर्ने अवस्था पत्यार नपर्ने करणीमा फसेको सबुद पनि नभएको समेत हुदा अ.ख. को राय पर्चा मा चित्त बुझेन भन्ने ईन्द्रनारायण मरी सकार गर्ने पदमनारायणको अपिल र छलफलमा प्र. टाउके लाई झीकाई पेश गर्नु भन्ने म.र. सिंगल बेन्च को आदेश ।
७. तिज पछिको चौथीमा सुर्य विनायकमा ईन्द्रनारायण गए भेटेको भन्ने मास्टर गोपाल त्रिरत्न दुर्गादास, हरिकृष्ण, चेत नारायण, भाद्र १ गते ईन्द्रनारायण नेपाल गएको भन्ने कृष्णबहादुर, फत्तेबहादुर, त्रिलोकबहादुर, बादिको करणी लाहुरे टाउकेको हो भन्ने उमाकान्त, टाउके देवीमायाको घरमा आवत जावत गर्थे भन्ने त्रिलोक वहादुरले वकेको निजहरुले घुसखाई झुट्टा वके बकाइ जालसास गरे गराए भन्ने समेत निज उमाकान्त टाउके र वकपत्र गर्ने साछी उपर वादी देवि मायाले उजुर गरेकी जालसाजी घुस मुद्दामा उजुर झुट्टा ठहरी छिनिएकोले यिनी हरुको बकाई कायम भएको, रिषिराम, होमनाथ, निलकंठ समेत सरजमिनले गोबिन्दको करणी गर्भ हो भनि शंका गरेको समेतबाट ईन्द्रनारायणको करणी हो कि भन्ने शंका देखिन आउछ तर ति सरजमिनहरु मुद्दा मामिला परेको केही ईवीदार झगडीया र केही तिनका तर्फदारी मानिस हुन । तिनको बकाई सदर नहुने भन्ने प्रतिवादी तर्फका वकिलले वहसमा भन्नु भएको र प्रमाणको मिसिलबाट अपिलाट पदम नारायण र निजका बाबु छेत्र नारायण का रिषीराम, नरहरी, निलकंठ, छवीलाल, होम नाथ, हरीप्रसाद गोविन्द, दण्डपानि, नन्दीकेशर, समेत परस्पर मुद्दा गरेका झगडीया देखिन आएको, वादी देवीमायाले ईन्द्रनारायण उपर माना चामल दिलाई पाउ भन्ने दिएको तो नं.११८७ को विन्तीपत्रमा पकनाजोल १५।७२ नं. देवलाल को घर बस्ने भनि लेखेकी । वादीमा भने पकनाजोल प्र.गोविन्द वसेको १९१ नं.को घरमा वसी उतैबाट घरतर्फ गएकी भनेबाट कुरा नमीलेको तिमिलाई माया मार्न सक्तीन मआए पछि घर मा राखुंला भन्दा चित्त नबुझी निजले दिएको मोरु १५। लिई सोही दिन घर तर्फ आएकी भन्ने वादीमा लेखेकी त्यस्तो हितचित्त मिली काम कुरा भए माना चामल पट्टि उजुर दिने अवस्था पर्न नआउने गोविन्द्र भाद्र महिनामा काठमाडौं आई सकेको प्रमाणबाट देखिने । वादीले कार्तिकमा मात्र गोविन्द काठमाडौं आएको सो भन्दा अघि नै मेरो पेट बढ्दै गएको गाउले र प्र. को बाबु छेत्र नारायणले सोद्धा गोविन्द कै करणीबाट गर्भ रहेको भन्ने कुरा वताई दिदा छेत्र नारायणले सोद्धा गोविन्द कै करणीबाट गर्भ रहेको भन्ने कुरा बताई दिंदा क्षेत्र नारायणले गोविन्द लाई गाली गरेको भन्ने वादीको भनाई भएको भाद्र तिज पछि गर्भ रहेको भन्ने देखिनआएको । कार्तिकमा गोविन्द काठमाडौं गएको भन्ने वादीको भनाई भए पछि अन्दाजी डेढ महिना जतिको अवधिमा अरुले थाहा पाउने किसिम संग पेट वडेको कुरा प्रष्ट रुपले थाहा हुन नसक्ने हुँदा प्र. गोविन्दको करणी विर्जे बाट गर्भ रहेको नठहराएको अपिल दोश्राका हाकिमको ईन्साफ मुनासिव छ । वादिले गर्भ रहेको भनेको समय र टाउकेले करणी गरेकी भनेको समय मिल्न आएको र टाउकेले न्वारान गराउनु पर्ने समेत ठहर्छ भन्ने जालसाजी मुद्दामा शुरु र अपिलका हाकिमले फैसला गरे उपर निजको अपिल पर्न नआएकाले समेत निज कै करणी विर्जेबाट गर्भ रहेको हुदा निजले न्वारान गर्नु पर्ने ठहराएको समेत मुनासिव छ । अ.ख. दोजराजको राय पर्चा गल्ती ठहर्छ भन्ने समेत डिभिजन बेन्चको ०१८।९।२९।६ को फैसला ।
८. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने देवीमायको निबेदन पर्न आएकोमा न्यायिक समितिबाट यस्मा प्रतिवादी गोविन्द भन्ने ईन्द्रनारायणको करर्णी विर्जे बाट बालक जन्मेकोमा न्वारान गरि दिएन गराइ पाउ भन्ने बादीको दाबीमा प्रतिवादी ईन्द्रनारायणले मेरो करर्णी विर्जे होइन भनि इन्कर गरेको छ तापनि आफ्नो नभए फलानाको स्वास्नी हो भनी पत्यार पर्दो परिवन्द पुर्याई लेखन सक्नु पर्ने, सो परै रहोस् आरोप नै प्रष्ट दर्साउन सकेको देखिदैन, जुन कुरा बृख बाहादुर श्रेष्ठ, भवे नेवार, टाउके नेवार बबुकाजी कारजीत वादीको घर जाने आउने खाने बस्ने सुत्ने वादिसंग विशेषव हाँसख्याल ठट्टा गर्ने गरेको भन्नेकुरा सुनिए वुझीएको ले सो वादिको गर्भ जातक निजैहमा एक जना वा अरु कस्को हो म जान्दीन भन्ने प्रतिवादीमा लेखेको बाट पुष्टी गर्दछ, उस्मा पनि ति व्यक्ती हरु बुझन म्याद पठाएकोमा म्यादै गुजारी बसेकाले वादिको घर जाने आउने बस्ने सुत्ने हाँसख्याल ठट्टा गर्ने गरेको भन्ने कुरा आधार बिनाको लेख मात्र देखिन आएको छ, बादिले नालेस गरेको झुट्टा बाकी जालसाजी गरे भन्ने मुद्दामा निज टाउके भनकेोभिम नारायणले प्रतिवादीमा माईजु दन्ते नेवारनीको घर बादिकै घर नजिक भएको माईजु डाक बोलाबट भेटघाट समेतका लागी जाने आउने गर्दा वादि संग जान पहीचान भएकोले करर्णी को आसयले हाँस ख्याल ठट्टा समेत भई करर्णी लिनु दिनु भएको भन्ने लेखेको छता पनि माईजु लाई भानिज टउके बराबर बोलउने भेटघाट गर्न जानु पर्ने काण खुलाई लेख्न सकेको छैन साचो कुरा भए यसै मुद्दामा म्यादमा हाजिर भई उल्लेखित कुराको बयान दि सवुद गुजार्न सक्नु पर्ने नसकेको उक्त जालसाजी मुद्दामा गर्भ रहे मेरै घरमा लैजाने कवुल थियो ईन्द्रनारायणको भनि नालेस गरेको बुझीनाले वेईमानी केटीको मुख हेर्न भन्दा नहेर्नु वेस ठानी टासीएको म्याद गुजारेको हुँ भन्ने लेखेको यदि त्यो कुरा हो भने जसले जे गरे पनि आफुले आफ्नो कर्तव्य पुरा गर्नु पर्ने थियो, जव त्यसरी बस्छ र त्यस्तो लेख्छ भने त्यसको करर्णी बिर्ये भनि कसरी मान्ने जालसाजीम माईजु दन्ते नेवारनी को नाउमा म्याद पठाउदा गुजारेको देखिन्छ भएकै कुरा भए निज टाउके म काहा आउने जाने गर्थे मलाई बोलाउन आएको थिए निज बादि यती परिबन्ध बाट निजको स्वास्नी हो र जातक निजै को हो भनि जातक जन्मदाको अवस्थासमेत देखाई स्वास्नी मानिस ले आफन्तमा गर्नुपर्ने ब्याहारकता र कर्तव्य दर्साई बयान दिदि हुन सो नभै गुजारेकी करर्णी को अवस्थामा पनि टाउकेले करर्णी गरेको दिन वार तिथी तोक्न पनि नसकेको र प्रतिवादीमा चौथी भाद्र २० गते पर्नेमा लाग्दै भाद्रमा माईजु लिन गएको भनि लेखेको त्यसबाट पनि कुरा मिल्न नआउने जन्मेको जातक लाई मेरै करर्णी विर्ये बाट जन्मेको हो भन्न नसकी अरु लाई पनि करर्णी दिन सक्ने हुनाले को कसलाई करर्णी दि गर्भ रहेको हो सो मलाई थहा नभएको भन्ने लेखेवाट गर्भको बालक आफ्नो करर्णी बिर्येको नमानेको सिद्ध हुन आउने आफनी स्वास्नी भए त्यसरी गर्भधारण गरको भएपछि तुरुन्त सोध खोज गर्नु पर्ने नगरेको । आफ्नो स्वास्नी हो र करर्णी गरे को भए जन्मेको बालक मेरो हो म स्याहार्न तयार छु, अहिले सम्म न्वारान नहुनाको कारण यो हो भनि सबै कुरा खुलाई लेख्न सक्नु पर्ने नसकेको प्रतिबादी मा बालक जन्मेको कुरा थाहा नपाएको अवस्था देखाई लेखेको समेत इत्यादी कुरा बाट वादिको गर्भ जातक निज टाउके भन्ने भिमनरायणको करर्णी विर्येको नदेखिई निज प्रतेबादी लेख कल्पना सिद्ध देखिन आएको र जुन वृषबहादुर, भवे, टाउके बाबुकाजी, वादिको घर जाने आउने खाने बस्ने सुत्ने बादि संग हाँसख्याल ठट्टा गर्ने रण्डी सरह भै सकेकी भन्ने प्रतिबादी ईन्द्रनारायणले प्रतिबादिमा लेखेको छ, सो कुरामा निज वृष वहादुर समेतले म्यादै गुजारी बस्नुको अतिरिक्त लेखिए बमोजिम देख्ने जान्नेअरु साछि सबुद पनि प्रतिबादीले गुजार्न सकेको देखिंदैन बलकी प्रतिबादी कै साछि धेरै ले बादि रण्डी सरहकी भन्न सक्दैनौ बादि को गर्भ प्रतिबादी ईन्द्र नारयणको गर्भ प्रतिवादी ईद्र नारायण को हो भनि वादी भन्थीन त्यस्तै कुरा गाउ घरमा गर्थे भनि लेखि दिएकोसरजमिन बुझ्दा सरजमिन मा मानिस कुनैले बादि र प्रतिवादी ईन्द्रनारायण हाँस ख्याल गरी हिडने र प्रतिबादीले पधेरामा नोहाउदा बादिले धोती पछारी दिने भनि विश्वासपद भाव दर्साई लेखी दियाका बादिको साछि जितबहादुरले बाबु काजी टाउके आउने जाने गर्थे भनि बकी लेखीदिएकोलाई उक्त लेखिए बमोजिम धेरै जना साछी सरजनिले लेखी दिएको कुरालाई नमानी १ जना निजले भनेको कुरा मान्ने अवस्था नदेखिनु को साथै मुख्य करणी भनि देखाएको व्यक्ती निज वावु काजी, टाउके नै हाजिर भै भन्न नसकेको कुरा बकेको र उसमा पनि काहाँ कैले जाने आउने गरेको हो खुलाईलेखनु नसकेको जनमेको जातक कसको हो म जान्दीन भनि लेखेकोले निजको बकाई परिवन्द पुगेको प्रमाण लाग्ने किसिमको भन्न मिल्दैन, प्रतिवादी भाद्र २० गते तिज चौथीको दिन सुर्य विनाएकको दर्शन गर्न गएको भन्ने कुरा देखाई ४ जना साक्षीले बकेको देखिन्छ, तापनि एक जना गोपाल जी भन्नेले मेरो घरमा आई सुती चौथीको दिन सुर्य विनायकको दर्शन गर्न गएको भन्ने र आर्को २ जना हरि कृष्ण, दुर्गा दासले प्रतिवादीको घरमा डेरा गरी बसेको छु चौथीको दिन सुर्य विनायक गएको भनि बकेकोले ति साछीहरुको कुरा परस्पर बाझीएको हुँदा मान्य हुन आएन जब गएकै कुरा मान्ने नभए पछि आर्को चौथी त्रिरत्नले टुंडिखेलमा भेट हुदा सुर्य विनायक गै आएको भनी भन्थे भन्नेबकेको कुरा सोतह अमान्य हुन आएकोले चारै जनाको बकाई झुट्टा सावित हुन आएको र प्रतिवादी ईन्द्रनारायण भाद्र १ गते नेपाल गएको भन्ने कुराका हकमा जुन साथमा जाने भनेका कृष्णबहादुर, फतेबहादुर, दुई जना निज प्रतिवादीका साथमा जानु पर्ने कुनैकारण बताउन सकेको छैन वेकारण साथ लागी गए लगेको भनेबाट नेपाल गएको भन्ने प्रमाण खडा गर्नाका निमित्त मात्र साथमा गएको भन्ने देखाएको भन्ने देखिन पढन गएको भन्ने कुरामा पनि पहिले कै पढि राखेको थियो अवके पढनको निमित्त गएको हो र स्कुल वा कालेज कहाँ भर्ना भएको हो अथवा प्राइभेट पढेको भए कोसंग कुन विषय पढेको हो कुनै कुरा खुलाई लेख्न सकेको छैन त्यस्तो मध्य बर्षाकाल बेमौसममा नेपाल गएको भनेको र उक्त लेखिए बमोजिम सुर्यविनायक मा गएको भनेको नमिलेकोले भाद्र १ गते नेपाल गएको भन्ने कुरा नमिल्ने वारदात छलनलाई परिपंच मिलाउन खोजेको सम्म देखिन वादिको साछिहरुले किटान साथ वादिको गर्भ जातक प्रतिवादी ईन्द्रनारायणको भनि सन्तोष जनक परिवन्द पुर्याई वकी लेखि दिएको देखिएको ति साछिहरु उपर प्रतिवादिले घुस खाई झुट्टा बकेको भनि नालेस दिएकोमा घुव खाई झुट्टा बकेको ठहरदैन भनी गरेको फैसला उपर प्रतिवादीले अपिल नगर बसेको पकनाजोलमा सरजमिन बुझदा १२ जना ले वादि प्र.का घरमा आई बसेको देखेको छैन भनि बकेका र २ जनाले प्रतेवादिको घरमा आई बसेको देखेको भनि लेखि दिएकोमा २ जनाले देखेको छैन भनि लेखिदिए तापनि निजहरुले वादिलाई चिनेको छैन भन्ने पनि लेखेकोले जसले चिनेकै छैन भनि भन्छ भने त्यो व्यक्ति प्रतिवदी को घरमा छ वा छैन कसरी जान्ने त्यसकारण १२ जनाले देखेको छैन भनि बकेको कुरा मान्न नमिल्ने र २ जनाले मात्र बकेको भए पनि वादीलाई प्रतिवादीको घरमा देखेको भनि बकेको कुरा मान्य हुन आउने र सर्वोच्च अदालतको फैसलामा वादिले फेरादपत्रमा प्रतिवादीको घर नयां बजार मा गै बसेको भन्ने लेखेकोमा माना चामल को निवेदन दिदा अन्तै वसेको देखाई लेखेको भन्ने कुरालाई वैमनस्य परि माना चामलमा उजुर दिनु परे पछि सो बखत वेगल ठाउमा वसी उजुर गर्न स्वाभाविकै देखिने ईन्द्रनारायण मर्दा वाबुले मुद्दा सकार नगरी दाजुले मुद्दा सकार गरेको देखिएको, मुद्दा दोहर्याई पाउ भनि वादी ले सर्वोच्च अदालतमा निवेदन दिदा दोहर्याउने निसा दिने नदिने निर्णयको निमित्त प्रधान न्यायाधीशका ०१८।११।१५।२ का आदेश बमोजिम टाउके भन्ने भिम नारायण समेतलाई झिकाउँदा निज टाउके भन्ने भिम नारायणले त्यस विषयको कागज तिमिले अड्डामा लिन गई सहीाप गरी दिनु पर्छ तिमिलाई केही हुदैन भनी कृष्णदास श्रेष्ठले कागज गरी दिएको हुनाले म केही नजान्ने मानिस भै अड्डामा गै बेमालुम के कागजमा हो सही छाप पनि गरी दिएको हुँ निज देवीमायालाई मैले करर्णी गरेको र निजले पाएको छोरी मेरो विर्येको होइन निज कृष्ण दास गाउको साहु हुनाले र हार्न नहुने मानिस भएकोहुदा अड्डामा गई कागज गरिदिएको हँदा १०।९।२४ को कागज सकल म संग भएकोले नकल साथ दर्खास्त गरेको छु भन्ने ०१९।२।८।२ मा भिम नारायण नामबाट दर्खास्त साथ नक्कल पेश गरी ०१९।२।२२।२ मा कृष्ण दासले गरी दिएको १०।९।२।४ को सकल कागज पेश गरेको र सो कागजमा देवीमायाले मेरो माइला बाबुको छोरा गोविन्दलाई न्वारान गराई पाउ भन्ने मुद्दा पारेकोले निज देवीमायाको न्वारान गरी के तिमी हिम नारायणलाई भन्दा रु.३००। दिन्छु भनि म प्रतिउत्तर जोरछु न्वरान गर्न परे गर्छु भनेकाले नुवारन गर्ने प्रतिउत्तर जोरने काम गरी काम सकिए पछि मेरा भाई पदम नारायणबाट लेखिएको रु.तिम्रा हातमा दिउँला निजले नदी वेइमान गरे मदिंउला दिन भने सिले भन्ने खेत खानु भन्ने लेखेको र सो कागज कृष्ण दासलाई सनाखत गराउदा मैले लेखिदिएको हुँ भनि लेखी दियाकोमा देखियाको समेत प्रमाण परिवन्दबाट वादिका गर्भ जातक प्रतिवादी ईन्द्रनारायणको देखिनेमा टाउके भन्ने भिम नारायणको ठहराएको सर्वोच्च अदालतको इन्साफ मिलेको नदेखिदा दोहर्याउने आदेश बक्सनु पर्ने भनि समितिबाट सिफारिस गरेको जाहेर हुदा श्री ५ महाराजाधिराजबाट नेपालको सम्बीधानको धारा ७२ को (ख) अनुसार उक्तमुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनि मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२१।११।२५।४ को हुकुम प्रमांगी ।
९. बक्स भै आएको उक्त हुकुम प्रमांगीको बेहोरा पेश हुदा बक्स भै आएको हु प्र.बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र यसको अन्तिम निर्णय भए पछि त्यस्तो निर्णयको २ दुई प्रति लिपि जाहेर गर्न श्री ५ महाराजाधिराका प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने माननीय श्री प्रधन न्यायाधीश ज्यूबाट ०२१।१२।२९।१ मा आदेश भएको ।
१०. हिम नारायणले ०१९।२।२२ गते दाखिल गरेको ०१० साल पौष २ गतेको भर्पाई प्र.इन्द्रनारायणको सकारवाला पदम नारायण लाई सुनाएको मिसिलबाट नदेखिएकोले उक्त भर्पाई पदम नारायणलाई सुनाउन नियम बमोजिम गरि पेश गर्नु भन्ने ०२३।२।२८।६ को आदेश ।
११. कृष्ण दासले हिम नारायणलाई गरिदिएको भनेको ०१०।९।२।४ को रु.३००।– दिउँला भन्ने भर्पाई कागज सद्दे किर्ते के हो मलाई थाहा नहुँदा म यसै हो भनि भन्न सक्तिन भन्ने पदम नारायणको वा.गणेशबहादुर को ०२३।२।३।६ को बयान ।
१२. हिम नारायण श्रेष्टको दरखास्त साथ पेश भई रहेको कृष्णदास श्रेष्टले हिम नारायण श्रेष्टलाई गरिदिएको भन्ने ०१०।९।२।४ को भर्पाई कागजमा रु.३००।– मेरो भाई पदम नारायणबाट तिम्रा हातमा दिंउँला भन्ने समेत व्यहोरा लेखिएकोले सो कागजका सम्बन्धमा निज पदम नारायणको भनाई के रहेछ सो बुझ्न निज पदम नारायणलाई ऐन बमोजिम १५ दिनको म्याद जारी गरि झिकाई म्याद भित्र हाजिर हुन आए बयान गराउन र नआए हाजिर हुने म्याद भुक्तान भएपछि नियम बमोजिम पेश गर्नु भन्ने फुल बेन्चको ०२३।४।११।३ को आदेश ।
१३. हिम नारायण भन्ने मानिस मैले चिने जानेको छैन । कृष्णदास ३।४ पुस्ताको भैयाद हो । मुद्दामा सरोकार नभएको हिम नारायणले पेश गरेको सो कागज लेख्ने भनेको कृष्ण दासले पनि मेरो बाबु म अथवा मेरा भाईको मन्जुरीले लेखेको नभनेको भई यस कागजले मलाई असर नपार्ने हुँदा सद्दे वा जालसाजी भनी रहनु नपर्ने । कागज लेखिदिने कृष्ण दासले आफ्नो मनमाना लेखिदिएका हो । अंश विषयमा अघि देखि ईवी परीरहेको मानिस हुनाले नभएको झुट्टा व्यहोराको कागज लेखिदिएको हो भन्ने पदम नारायणको बयान ।
१४. यिनिहरु कै झुट्टा बकि जाल साज गरे भन्ने फौ.फु.नं. ६८ को मुद्दामा भिम नारायण नाम लेखिदिएको । १०।९।३।५ को प्रतिवादिमा लागेको ल्याप्चे सहीछाप संग प्रस्तूत मुद्दामा हिम नारायण नाम लेखि दिएको । १९।२।८।२ को दरखास्तमा हिम नारायण नाम लेखिएको । जि.अ.दो. मा गरेको १९।७।२४।६ को बयानमा लागेको ल्याप्चे सहिछाप मिल्छ मिल्दैन विशेषज्ञ झिकाई रजिष्ट्रारको सामुन्नेमा जँचाई कारण सहितको रिर्पोट लिई नियम बमोजिम पेश गर्नु भने फुल बेन्च को २३।८।१७।६ को आदेश ।
१५. यस्मा तारेखमा रहेका पक्षहरु रोहवरमा रही २३।१०।२५।३ मा पेश भई निवेदक वादी तर्फबाट विद्धान एडभोकेट श्री मधुप्रसाद शर्माले र विपक्षी प्रतिवादी तर्फबाट विद्धान एडभोकेट श्री कृष्णप्रसाद पन्तले गर्नुभएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निवेदक वादी देवीमायाले जन्माएकी छोरी जातक प्रतिवादी गोविन्द भन्ने इन्द्रनारायणका करणी विर्यको हो होईन न्वारान कसले गरि दिनु पर्ने हो भन्ने कुराको मुख्य निर्णय दिनु पर्ने भएको छ ।
१६. यिनै वादी देवीमायाले दिएकी घुश खाने खुवाउने गरि झुट्टा बके जालसाज गरे भन्ने फौ.फु.नं. ६७ को अर्को मुद्दामा टाउके भन्ने भिम नारायणले दिएको प्रतिवादीमा देवीमायाको करणी मैले गरेको भन्ने लेखेको भए पनि प्रस्तूत मुद्दा डिभिजन बेन्चबाट फैसला भईसकेपछि दोहर्याई पाउँ भन्ने वादी देवीमायाको निवेदन परी त्यसतर्फ कारवाईको सिलशिलामा निज टाउके भन्ने भिम नारायण समेतलाई झिकाउने आदेश भई झिकाईएकोमा देवीमायाको करणी मैले गरेको छैन भन्ने समेत १९।२।८।२ को दरखास्त शाथ निज टाउके भन्ने भिम नारायणले दाखेल गरेको कृष्णदास श्रेष्ठले गिरिदएको भन्ने ०१०।९।२।४ को कागजमा छोप्राक मैदान बस्ने देवीमाया श्रेष्टनीले मेरो माईला बाबुको छोरा गोविन्दलाई न्वारान गराई पाउँ भन्ने मुद्दा पारेकोले निज देवीमायाको न्वारान गरिदेउ तिमी ऐं घुवाकोट बस्ने हिंमनारान श्रेष्टलाई भन्दा मलाई रु.३००।– तिन सय दिन्छु भने । म प्रतिउत्तर जोड्छु न्वारान गर्न पैरवी गर्छु भनेकाले आजको मितिमा मेरो चित्त बुझेकाले न्वारान गर्ने प्रतिउत्तर जोड्ने कामगरिसकेपछि मेरो भाई पदम नारानबाट म यो लेखिए बमोजिमको रु.तिम्रा हातमा दिउँला । दिइन भने मेरा घरका धनजेथाबाट अर्थात् सिंमले भन्ने खेत खानु भन्ने समेत व्यहोरा लेखिएको देखीयो ।
१७. सो कागज डिभिजन वेञ्चबाट फैसला हुँदा तक अघि पेश गर्न नसकेको । नयाँ भए पनि हालको अ वं.१७७ नं. ले लिखतको पक्का प्रमाण रहेछ र बुझिपाउँ भन्यो भने जुनसुकै तहको अड्डाले पनि मुद्दा नछिनिएको भए बुझि दिनुपर्ने हुनाले गोविन्द भन्ने ईन्द्र नारान लाई माईला बाबुको छोरा ष्भनी संवोधन गरि राखेको कृष्णदास श्रेष्टले सो कागज गरिदिए नदिएको के रहेछन् भन्ने कुरा मुख्य विचार गर्नु परेको छ । तत्सम्बन्धमा आदेश वमोजिम बुझिएको कृष्णदास श्रेष्टले बयान गर्दा सो कागज मैले भिम नारान श्रेष्टलाई गरिदिएको सद्दे हो भनेको देखिएकाले निज कृष्णदस श्रेष्टले गरिदएकै सिद्ध हुन आएकैछ ।
१८. हिम नारायण भन्ने मानिस मैले चिने जानेको छैन मुद्दामा सरोकार नभएको हिम नारायणले पेश गरेको सो कागजले मलाई असर नपार्ने भन्ने समेत पदमनारायणले बयान गरेको र सो कागजमा हिम नारायण श्रेष्ट भन्ने नै लेखिएको हुनाले कसो हो भन्ने हकमा भुट्टा बकी जालसाज गरे भन्ने मुद्दामा भिमनारायन नाम लेखी दिएको ०१०।९।३।५ को प्रतिवादी र हिम नारायण नामलेखी का.जि.अ.दो.मा गरेको १९।७।२४।६ को बयान हिम नारायण नाम लेखी दिएको १९।२।८।२ को दरखास्त समेतमा लागेको ल्याप्चे सहिछाप जांच गराउने २३।८।१७।६ को फुल वेन्चबाट आदेश भई जांच गराउँदा १९।२।८।२ को दरखास्तको सहिछाप अप्रष्ट र ०१०।९।३।५ को प्रतिवादी १९।७।२४।६ को बयानमा लागेको ल्याप्चे सहीछाप एक अर्कासँग मेल खान्छ भनी विशेषज्ञले लेखी दिएकोबाट भिम नारायण र हिम नारायण भन्ने मानिस एकै रहेछ भन्ने कुरा प्रष्ट भएकैले त्यस तर्फ अरु शंका गरि रहनु परेन ।
१९. सो कागज गरि दिने भनेको कृष्णदास अंशीयार भैयाद हो भन्ने कुरा पदम नारायणले स्विकार गरेको देखिन्छ । अंश विषयमा अघि देखी ईवी परेको मानिस हुनाले नभएको झुठ्ठा व्यहोराको कागज लेखि दिएको भन्ने निज पदम नारायणले बयानमा जिकिर लिएको भए पनि जालसाजी हो भन्ने किटान दावी गर्न र कृष्णदास संग रिस ईवी परेको कुनै सवुद दिन समेत नसकेकाले र अरुलाई लगाई दिनुहोस् ८।१० सय दिन्छु बन्दोबस्त गरि खाउ नमाने भने १२ वर्ष सम्म लड्ने भनी गोविन्द भन्ने इन्द्रनारायणको बाबु क्षेत्र नारायणले भनेको थियो भनी सर्जमिनमा पं.उदयनन्द पाध्याले लेखि दिएकोबाट रुपैंयां दिई अरुलाई लगाउँने प्रसंग उठेकै देखिन आउने हुनाले समेत प्रतिवादीका दाजु पदम नारायण समेतको सल्लाहबाट भैयाद कृष्णदासले टाउके भन्ने भिम नारायणलाई रु.३००। दिने शर्त गरि सो कागज गरिदिएको भन्ने कुरा प्रष्ट हुन आउँछ ।
२०. वादीले करणी वारदात देखाएको ०८ सालको तिज चौथी ०८ साल भाद्र २० गते परेको । सो अगावै भाद्र १ गते नै म काठमाडौं गएको हुँ । सो भाद्र २० गते तिज चौथीका दिन भक्तपुर सूर्य विनायकको दर्शन गर्न गएको थिएँ । त्यसो हुँदा मेरो करणी गर्भ होइन भन्ने प्रतिवादीको मुख्य जिकिर भएको र ०८ साल भाद्र १ गते गोविन्द नेपाल गएको हो । देवीमायाको गर्भ गोविन्दको होइन शंका लाग्दैन समेत भनी २५ जना सर्जमिन र गोविन्द भाद्र १ गते नै काठमाडौं गएको भन्ने कुरालाई समर्थन समेत गरि प्रतिवादीका केहि साक्षीहरुले औ भाद्र २० गते मैले सूर्य विनायकका स्थानमा भेटेथें भन्ने चेतनारायण, मेरो घरमा आई संग सूर्यविनायक गई दर्शन गरेको भन्ने माष्टर गोपाल समेत प्रतिवादी कै साक्षी २ जनाले बकि लेखी दिएको देखिन्छ । तापनि ति सर्जमिन मध्येका धेरै जसोको भनाइमा निज गोपाल पढ्न गएको भन्ने भएको । स्कूल कलेजहरुमा पढाईको लागि प्रवेश गरिने टायम समेत नपर्ने वर्षा मौसम भदौको भेलमा टाढा पाहाड देखी पढ्न आएको भन्ने कुरा स्वाभाविक नभएको र यदि निज प्रतिवादी गोविन्द भन्ने इन्द्रनारायण भाद्र १ गते नै काठमाडौं आएको भई निजको करणी गर्भ नभए टाउके भन्ने भिम नारायणलाई लगाउँने निजलाई रु.३०० दिने शर्त गरि भैयाद कृष्ण दासबाट माथिका प्रकरणमा उल्लेख गरिए बमोजिम कागज गरि दिनु नपर्ने गरिदिएको देखिन आएको समेत यस स्थितिमा उक्त साक्षी सर्जमिनहरुको भनाई बकाइलाई मान्यता दिन मिलेन ।
२१. अरु प्रमाण तर्फ हेरेमा गोविन्द ०८ साल कार्तिकमा मात्र नेपाल गएको हो गोविन्दको करणींको शंका लाग्छ भन्ने कुनै ०८ साल कार्तिकमा गोविन्द नेपाल गएको हो देवीमायाको जातक गोविन्द कै हो भन्ने कुनै गोविन्दको भनी देवीमायाले भनेकी भन्ने कुनै देवीमायाको गर्भ गोविन्दको भनी कचहरीमा भन्थे भन्ने कुनै करणी गर्भ गोविन्दको हो भन्ने र अरु थाहा छैन भन्ने, कुनै कार्तिक सम्म गोविन्द घरै थियो गोविन्द उपर शंका लाग्छ भन्ने कुनै कार्तिकमा नेपाल गएको भन्ने सुनेकोले देवीमायाको गर्भ गोविन्दको होला भन्ने लाग्छ भन्ने, कुनै गोविन्दको हो भन्ने लाग्छ भन्ने, कुनै गरि जम्मा २५ जना सर्जमिन र वादीका साक्षि समेतले बकि लेखी दिएको देखिन्छ । ति सर्जमिन मध्ये कारिषिराम पोखरेल, हरिप्रसाद पाध्या, होमनाथ पाध्या, निलकण्ठ पाध्या, नरहरि पाध्या समेत ५ जना सम्म प्रतिवादीको बाबु क्षेत्र नारान संग मुद्दा परेका झगडीया देखिन आए पनि अरुले प्रतिवादिको विरुद्धमा झुट्टा कुरा भन्नु बकनुपर्ने कारण हाल बहस समेतमा प्रतिवादी तर्फबाट कुनै आउन पनि सकेन ।
२२. प्रतिवादीको विरुद्धमा बकने मध्येका धेरै जसो जर्समिनले वादी र प्रतिवादी गोविन्द भन्ने ईन्द्र नारान हाँसख्याल ठट्टा मस्करी गरि हिड्ने र ईन्द्र नारानले पंधेरामा नुहाउदा वादीले धोती पछारि दिने गरेकी देखेको समेत भनेका र वादी र प्रतिवादी दुवै एकै गाउँ घर नगीचका मानिसमा वारदात देखाएको टायममा दुवै युवावस्थाका समेत देखिएको । वादीलाई भित्रको काम लगाउँने गरेको थिएन भन्ने प्रतिवादी ईन्कार भए पनि वाहिरी काम गर्न बोलाउने गरेको भन्ने कुरा प्रतिवादीले पनि स्वीकार गरि राखेकै समेत हुँदा आफ्नो घरमा काम गर्न आएको समेत अवस्थामा वादी र प्रतिवादी २ जनाको हेम प्रेम भई करणी लिनु दिनु हुन सम्भव हुन सक्ने र ०९ साल जेष्ठ ८ गते गोविन्द बसेको नेपाल पकनाजोल नयाँ बजार १९१ न.को घरमा पुगी ४ दिन बसेपछि रु १०।– खर्च दिई माई गई बस भनेकाले फर्केकी भन्ने वादीको लेखाई भएकोमा सो ठाउँको सर्जमिन बुझिदा धेरै जनाले वादी आई बसेको थाहा छैन भने पनि पकनाजोलकै राम विक्रम र हिराबहादुर २ जनाले वादी देवीमाया १५।१९१ नं.को घरमा बसेकी । यता उता हिँडडुल गर्दा देखेको भनी वादीकै भनाईलाई समर्थन गरि बकेको समेत यि सबै कुराहरु कृष्णदासले टाउके भन्ने भिम नारानलाई गरिदिएको ०१०।९।२।४ को कागजको आधारमा पुष्टी हुन आएका छन् ।
२३. तसर्थ उपरोक्त उल्लेख भएबमोजिम प्रमाण र यिनै वादी देवीमायाले दिएकी घूस खाने खुवाउने गरि झुट्टा बके जालसाज गरे भन्ने फौ फु नं.६७ को मुद्दा पट्टी टाउके भन्ने भिम नारानले जालसाजबाट देवीमायाको करणी मैले गरेको भनी भनेको समेत ठहरी आजै यस बेन्चबाट फैसला भएको समेत कारणहरुबाट वादी देवीमायाको गर्भ जातक प्रतिवादी गोविन्द भन्ने ईन्द्रनारानकै ठहराएको अपिल दोश्राका अ.ख.दोजराजको राय पर्चा मुनासिव र प्रतिवादी गोविन्द भन्ने इन्द्रनारान मरीसकेको देखिंदा निजको मुद्दा सकार गर्ने पदम नारानले वादी देवीमायाले जन्माएकी छोरी जातकको न्वारान गरि दिनु पर्ने समेत ठहर्छ । प्रतिवादी गोविन्द भन्ने ईन्द्र नारानको करणी गर्भ नठहराएको शुरु र अपिल दोश्राका हाकिमको राय सदर गरि देवीमायाको करणी गर्ने टाउके भन्ने भिम नारानले न्वारान गरि दिनु पर्ने भन्ने समेत ठहराई १८।९।२९।६ को डिभिजन बेन्चले छिनेको ईन्साफ संग यो बेन्च सहमत हुन सकेन । वादी देवीमायाले जन्माएकी छोरी जातकको न्वारान गरि दिनु भनि मुद्दा सकार गर्ने पद्म नारानलाई सुनाई दिनु । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
पश्चिम २ नं. गोरखा छोप्राक मैदान बस्ने प्रतिवादी गोविन्द भन्ने ईन्द्रनारायण मरी सकार गर्ने पद्म नारान श्रेष्टको गोविन्द भन्ने इन्द्र नारान आफुले देवीमायाको करणी गरि गर्भ रही छोरी जातक जन्मेको लाई न्वारान गरि नदिई आफ्नो होइन भनी इन्कार गरेको समेत ठहरेकोले यस्तो कसुर हाल प्रचलित लोग्ने स्वास्नीको १ नं. मा उल्लेखित लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुन सक्दैन भन्ने वाक्यांश भित्र परी आउने र उक्त ऐनमा सजायको व्यवस्था नभएको दं.स.को १२ नं. बमोजिम रु.५०। जरिवाना हुन्छ । बारेस हुँदा का.श्रे.अ.त.मा लगत दिनु .........................१
वादी देवीमाया श्रेष्ठनी के गर्ने गरेको देहाय बमोजिम दण्ड नलाग्ने हुँदा देहाय बमोजिम गर्न का.श्रे.अ.त.मा लगत दिनु....................२
प.२ नं अदालतको ०१२।६।२६।४ को फैसलाले गरेको रु.५। फिर्ता दिनु भनी गोर्खा जिल्ला अदालतलाई लेखि पठाउने कलम.................३
अपिल दोश्राका हाकिमको ०१४।७।१२।२ को फैसलाले गरेको रु.५०। फिर्ता दिने ऐ –१।
देहायका मानिस के.प.२ नं. अदालतको १२।६।२६।४ को फैसला झुट्टा बकेको भनी गर्ने गरेको देहाय बमोजिम नलाग्ने हुँदा असुल भएको फिर्ता बाँकीको लगत कट्टा गरि दिनु भनी गोर्खा जि.अ.लाई लेखि पठाउने ऐ –२
गोरखा छोप्राक गेरा गाउँ बस्ने दण्डपाणी पाध्या पोखरेल के रु —१।
ऐ ऐ वप्रापानी बस्ने भोजराजपाध्या के रु —१।
ऐ गैरा गाउँ बस्ने छविलाल पाध्या के रु —१।
ऐ क्यापानी बस्ने रिषीराम पाध्या पोखरेल के रु —१।
ऐ गैरी गाउँ बस्ने हरिप्रसाद पाध्या के रु —१।
ऐ ऐ बस्ने निलकण्ठ पाध्या के रु —१।
ऐ बथापानी बस्ने बैजनाथपदेरा जैशी के रु –१।
ऐ गैरा गाउँ बस्ने नरहरि पाध्या के रु —१।
ऐ ऐ बस्ने रघुनाथ पाध्या के रु —१।
ऐ डाडा बस्ने रुद्र नाथ पाध्या के रु –१।
ऐ वपापानी बस्ने पं हरिकान्त पाध्या के रु —१।
ऐ छोप्राक डाडागाउँ बस्ने जुजुमान नेवार के रु —१।
ऐ गैरा गाउँ बस्ने डोलनाथ पाध्या के रु —१।
ऐ बस्ने प्रजापति पाध्या ऐ —१।
ऐ बस्ने होम नाथ पाध्या के रु —१।
ऐ क्यापानी बस्ने बल भद्र पाध्या के रु —१।
ऐ गैरा गाउँ बस्ने केदारनाथ पाध्या के रु —१।
ऐ ऐ बस्ने दुर्गाप्रसाद पाध्या के रु —१।
ऐ फालकोले बस्ने सेते हनी के रु —१।
ऐ क्यापानी बस्ने उदय नन्द पाध्या के रु —१।
ऐ गैरी गाउँ बस्ने जिवनाथ पाध्या के रु —१।
ऐ डाडा बस्ने खर्गप्रसाद नेवार के रु — १।
ऐ बस्ने टिकादत्त पाध्या ऐ —१।
अपिल दोश्राका अ.ख.दोजराज उपाध्याय के गल्ती राय पर्चा गरेको भनी डिभिजन बेन्चको १८।९।२९।६ को फैसलाले गर्न गरेको जरिवाना रु २। नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकि भए लगत कट्टा गरि दिनु भनी ऐ ....................४
प्रतिवादीका साक्षि देहायका मानिस के भुट्टा बकेमा हालको अ.वं.१६९नं. बमोजिम १। का दरले जरीवाना हुन्छ असुल गर्नु भनी ऐ ......................५
गोर्खा छोप्राक गौरागाउँ बस्ने गणेश नारायण नेवार के १।
ऐ जखरबस्ने मुक्तिनारायण श्रेष्ठके–१।
ऐ जरेवरमा डेरा पसल गरि बस्ने चेतनारायण नेवार के —१।
ऐ छोप्राककयापानी बस्ने उमाकान्त पाध्या के–१।
ऐ छोप्राक मैदान बस्ने त्रिलोकबहादुर श्रेष्ट के —१।
ऐ पोखरोथोक बस्ने कृष्णबहादुर श्रेष्ट के — १।
ऐ काटेचौर बस्ने फतेबहादुर मास्के के –१।
भक्तपुर गोमडीटोल बस्ने माष्टर गोपाल तिमला के —१।
का.ई.नरदेवी ईटुंबहाल बस्ने त्रिरत्न शाक्य के – १।
ऐ ऐ पकनाजोल नयांबजार बस्ने हरिकृष्ण श्रेष्ट –१।
ऐ ऐ पकनाजोल नयांबजार बस्न दुर्गा दास श्रेष्ट के –१।
गोरखा छोप्राक मैदान बस्न जितबहादुरश्रेष्ट के –१।
पछि दाखिल हुन आएको प्रमाणबाट ईन्साफ उल्टी भएकोले उल्टीमा कसैलाई केहि
गर्नु पर्दैन .......................६
नियम बमोजिम मिसिल बुझाई दिनु .....................७
ईति सम्वत् २०३३ साल माघ २८ गते रोज ६ शुभम् ।