निर्णय नं. ८३ - वन काट्यो

निर्णय नं. ८३ ने.का.प. २०१६
डिभिजन बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
डि.अ.नं. ६६
वादी, अपीलाट : जगन्नाथ उपाध्याय
विरुद्ध
प्रतिवादी : दिल्लीराम पाध्याय
मुद्दा : वन काट्यो
१. सनद हुँदा आवादी भएका बाहेक अरु संरक्षण गर्नु भन्ने लेखिएकोमा–सो सनद अगावै आवादी भएकोलाई कायम गर्नुपर्ने र सनद पछि रुख काटी आदावद गरे गरायमा सजायको भागी हुने ।
७० सालको वनपाला सनदको ४ किल्ला भित्रको यो झगडा परेको जग्गा देखिन आएको र ७० सालमा सनद हुँदा आवादी बाहेक अरुजङ्ग संरक्षण गर्नु भन्ने लेखिएको र भँगेरी भन्ने जग्गाको हकमा बनपाला सनद हुनु भन्दा अगाडिको आवादी दर्ता देखिएको सो बाहेक मुलपानी भनी प्रतिवादीले देखाएको जग्गा सनद हुनु भन्दा पछाडी ९४ सालको हालावादी देखिएको त्यस्तो सनदीय वनपालाको जग्गा सनद हुनुभन्दा पछि हाल अवाद हुन्न भन्न मनासिव नभएको र अरु रुखहरू बुझिएका सरजमिनका लेखाई समेतबाट प्रतिवादीले काटेकै देखिन ठहर्न आएकोले भड्डेरी भन्ने जग्गा प्रतिवादैकै आवादी देखिँदा निजलाई थाम्ने गरेको र सो बाहेक मुलपानी जग्गा समेत आवाद गरेको बझ्याउने र अरु रुख काटेमा समेत प्रतिवादीलाई सजाय गर्ने गरेको शुरु स्याङजा अदालत र सिंगलबेञ्चको राय मनासिव ।
(प्रकरण नं. ८)
प्रतिवादी तर्फबाट : वकिल मिन मर्दन
फैसला
१. यसमा मेरा बाबुका नाउँमा ७० सालमा भएको ठूलो खोला समेत ४ किल्ला भित्रको साउनेपानी चिपलेटी भन्ने समेत वन रोक्का रहेकोमा उक्त चार किल्ला भित्रको ढरयान भड्डेरी ठुलो खोलो ढुस किलो गुरासे साउने पानी भन्ने वनहरूमा लकडी काटी कमेरे भन्ने जग्गामा खेत बिराई ढरयान भन्ने जग्गामा कोदाको बिउ राखी आवाद गरेकोले रुख काटेमा र जग्गा आवाद गरेमा समेत सजाय गरी पाउँ भन्ने समेत पद्म पाणीको हकमा जगन्नाथले दिएको निवेदनमा सनदका किल्ला भित्रको जंगल काटफाँट दर्ता समेत गराई सकेको रहेछ भने कहिले कसरी दर्ता गरेको रहेछ बुझी ऐन सवाल सनदबमोजिम गर्नुगर्न लगाउनु भन्ने प्रमांगी भई निवेदनपत्रबमोजिम पद्मपाणीको वादी बयान ।
२. वादीको दावी झुट्टो हो भड्डेरी भन्ने जग्गा १९६३ सालमा हरिकृष्ण समेतका नाउँमा दर्ता भएको निजका छोराबाट लिई भोगेको छु । कमेरेभन्ने लेखिएको जग्गा मुल पानी हो । सनदको किल्ला भित्रको नहुँदा ९४ साल देखि आवाद गरी तिरो भरो चलाई खाएको छु भन्नेसमते दिल्ली रामको प्रतिवादी ।
३. दर्ता उत्तर झिकाएको र झगडा परेको जग्गाको नक्सा समेत गरी वादीले दाखिल गरेको सनदको नक्कल र प्रतिवादीले दाखेल गरेको रसिद समेत हेरी विचार गर्दा, ६३ सालमा हरिकृष्णको दर्ता भड्डेरी भन्ने जग्गा सनद हुनु भन्दा अगाडिको हुँदा सो जग्गा थामी अरु सनदका किला भित्रको पछि अवाद गरेको देखिन आएकोले सरजमिन मुचुल्काबमोजिम बन्द भएको जंगलको रुख समेत प्रतिवादीले काटेको ठहर्छ भन्ने समेत स्याङ्गजा अदालतले २०१३।४।१९ गते फैसला भएको ।
४. उक्त ९४ सालमा दर्ता गरी तिरो चलेको हुँदा सो जग्गाको लगत कायम भई भोग गर्न पाउने र वन काटेमा भनी लगाएको सजाय नलाग्ने हुँदा चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपील ।
५. भड्डेरीतर्फको इन्साफ शुरुको मनासिव मुलपानीको हकमा ९४ सालमा प्रतिवादीको नाउँमा दर्ता भई भोग गरेको सनदको जग्गा भए उसै बखत तालुकदारले बदर गराउन सक्नु पर्ने नसकेको सनदको ४ किल्ला भित्र सवै गाउँलेको दर्ताको जग्गा देखिएको वन जंगल पनि २५ रोपनीसम्म पाल्न पाउने नै हुँदा उक्त दर्ताको जग्गा थाम्ने ठहराई शुरुको केही उल्टि गरी पाल्पा अपीलले २०१४।१।२० मा जाहेरी फैसला गरेको ।
६. सनदया वन भएकोले जग्गा बुझाई पाउँ भन्ने समेत वादीको ढरौटी अपील ।
७. शुरु स्याङ्गजा अदालतको इन्साफ मनासिव हुँदा अपीलको इन्साफसँग सहमत नभएकोले छलफललाई प्रतिवादी झिकाई डिभिजन बेञ्चमापेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश भई डिभिजन बेञ्चमा पेश हुँदा क–कस्को के व्यहोराबाट भोग गरेको रहेछ । ऐनको रीत पुर्याई नक्सा सरजमिन गरी पठाई दिनु भन्ने लेखी पठाई काम तापेक भई आए पछि पेश गर्नु भन्ने आदेश भएकोमा उक्त आदेशबमोजिम नक्सा सरजमिन भई आएको ।
८. वादी पद्मपाणी मरी मुद्दा सकार गर्ने जगन्नाथको धरौटी अपील परेको र तारेखमा रहेको प्रतिवादी दिल्ली रामको वारिसलाई राखी निजतर्फको विद्वान वकिल मिनमर्दनको बहस समेत सुनी पेश हुन आएको मुद्दाको सवै कागजपत्र र अपील जिकिर समेत बुझी विचार गर्दा, डिभिनबेञ्चको आदेशबमोजिम भई आएका नक्सा हेर्दा ७० सालको वनपाला सनदको ४ किल्ला भित्रको यो झगडा परेको जग्गा देखिन आएको र ७० सालमा सनद हुँदा अवादी बाहेक अरु वन जंगल संरक्षण गर्नु भन्ने लेखिएको र भड्डेरी भन्ने जग्गाको हकमा बनपाला सनद हुनु भन्दा अगाडिको अवादी दर्ता देखिएको सो बाहेक मुलपानी भनी प्रतिवादीले देखाएको जग्गा सनद हुनु भन्दा पछाडी ९४ सालको हाल आवादी देखिएको त्यस्तो सनदीया वन पालाको जग्गा सनद हुनुभन्दा पछि हाल अवादी हुन्छ भन्न मनासिव नभएको र अरु रुखहरू बुझिएका सरजमिनका लेखाई समेतबाट प्रतिवादीले काटेकै देखिन ठहर्न आएकाले भगेरी जग्गा प्रतिवादीकै आवादी देखिंदा निजलाई थामने गरेको र सो बाहेक मुलपानी जग्गा समेत आवाद गरेको बुझ्याउने र अरु रुख काटेमा समेत प्रतिवादीलाई सजाय गर्ने गरेको शुरु स्याङ्गजा अदालत र सिंगलबेञ्चको राय मनासिव हुँदा पाल्पा अपीलको इन्साफ केही उल्टि ठहर्छ । सो ठहर्नाले तपसीलका कुरामा तपसीलबमोजिम गर्नु भनी लगत अ.त.दे.मा दिई मिसिल नियमबमोजिम गर्नु ।
तपसील
प्रतिवादी प.४ नं. भिरकोट समादी मुखवारी बस्ने पं.दिल्लीराम पाध्याके देहायबमोजिम हुन्छ ।
शुरु स्यांजा अदालतका १३।४।१९ का फैसलाले देहायबमोजिम बिगो दण्ड जिताबरी लिने गरेकोमा पाल्पा अपीलका ०१४।१।२०।५ का फैसलाले जिताउरी लिने गरेको मनासिवै गरी बिगो दण्ड नलाग्ने भनी फिर्ता दिने गरेको हाल माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरुको इन्साफ मनासिव ठहरेकाले सो लाग्ने नै हुँदा असुल भई फिर्ता नगरेको भए ऐन सोही कायम गर्ने र लगत काटी फिर्ता गएको भए ऐन बमोजिम लगत कस्नु भनी पुर्जि गर्न तहसीलमा लगतदिनु .........................१
दण्ड मोरु ५२। बिगो मोरु ४७। जिताउरी मोरु १
पाल्पा अपीलमा अपील गर्दा १३।६।१८।४ मा राखेको धरौट मोरु १०। पाल्पा अपीलका १४।१।२०।५ का फैसलाले फिर्ता दिने गरेकोमा माथि लेखिएबमोजिम शुरुको इन्साफ सदर भएकाले पहिला अपील वापत शुरु दण्ड मो ५२। को हा.का. १० नं. ले दशौद रु.५।२० लाग्ने हुँदा सो फिर्ता गर्न गरेको दण्ड रु.१० फिर्ता गइ नसकेको भए सो रु.५।२० कट्टा गरी बाँकी फिर्ता दिने र फिर्ता गईसकेको भए ऐनबमोजिम लगत करन ऐ ...................... २
पाल्पा अपीलका १४।१२०।५ का फैसलाले देहायबमोजिम गर्ने गरेको दण्ड जरिवाना नलाग्ने हुँदा असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी पुर्जि गर्न तहसीलमा लगत दिनु ..................३
स्याङ्गजा अदालतका देहायका मानिसलाई गर्ने गरेको देहायका कलम–१, डिठ्ठा ईश्वर शर्मा के.रु.।६० वि.रत्नबहादुर गुरुङ्ग के.रु.।४०, अपीलाट, वादी भिरकोट वास्तरा सामदी बस्ने पद्मपाणी मरी सकार गर्ने जगन्नाथ पाध्याबाट लिने गरेको दण्ड मोरु ७।२० को कलम ....................४
इन्साफ केही उल्टिमा पाल्पा अपीलका देहायको मानिसको नाम किताबमा जनाई राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु ...................५
हा.का.मु.ना.डि.सुरेन्द्रबहादुर श्रेष्ठ १ मु.क्षेत्रबहादुर थापा १ अपीलाट, वादी जिल्लै भिरकोट बांसतरा सामदी बस्ने पद्मपाणीको सकारवाला जगन्नाथ पाध्याय के निजले सर्वोच्च अदालतमा अपील गर्दा १४।७।३० मा पाल्पा अपीलमा राखेको धरौट रु.।७३ पैसा नलाग्ने हुँदा ऐन सवालबमोजिम फिर्ता दिनु भनी पुर्जि गर्न तहसिलमा लगत दिनु ....................६
माथि इन्साफ खण्डमा लेखिएबमोजिम सनदको किल्ला भित्र दर्ता गरेका ठहरेकाले ढांड भन्ने जग्गाको दर्ता उतार नदेखिएको र मुलपानि भन्ने देहायको कित्ताको २०१६ सालको बाली देखी आली बालीको लगत काटी दिन पा.वं.तविल फाँटलाई यसै अड्डाबाट लेखी पठाउने ...............७
जिल्लै भिरकोट
मौजे वास्तरा
जि.रामबहादुर अधिकारी जिम्मा ९४ साल देखि बाली आउने
आसामी |
खेत |
धान |
ठेक |
घ्यू |
चारदाम |
प्रेम नारायणको खेत मुरी वादी खोला देखि पश्चिम सनद देखि पूर्व भनेमासनदको वनकुला देखि पूर्व छबेधतिको पाखो वारी देखि उत्तर भनेमा भालुको रेका खोल्सा देखि उत्तर मुलपानी देखि दक्षिण यति ४ किल्ला भित्रको मुलपानि भन्ने जग्गा अवाद गर्ने मोही दिल्लीराम पाध्या सो खेत ।१ लोसेमा भएको ठहर हाल मोही निज |
–८। |
१८। |
. |
।१६ |
।५
|
इति सम्वत् २०१६ साल माघ २५ गते रोज २ शुभम् ।