शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३७३ - ज्यान

भाग: साल: २०२४ महिना: बैशाख अंक:

निर्णय नं. ३७३           ने.का.प. २०२४

फुल बेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री प्रकाशबहादुर के.सीं.

०२२ सालको फौ.फु.नं. १५

निवेदक      : श्री ५ को सरकार

विरुद्ध

विपक्षी : प्र.विहार मौजे वेतौना बस्ने नानीबाबु भन्ने दिल्लीबहादुर१ ऐ बस्ने हरिबाबु भन्ने हरिबहादुर क्षेत्री १ ऐ बस्ने नारायण क्षेत्री भन्ने भिमबहादुर क्षेत्री १ ऐ बस्ने शम्भुको बाबु चुहान क्षेत्री भन्ने पद्मबहादुर चुहान क्षेत्री १ ऐ बस्ने नंनु कोइरीको छोरा सिताराम कोइरी

मुद्दा ज्यान

(१)   बहुसंख्यक सर्जमिन मध्ये कसैले वारदातमा नै देखेको भन्ने र कसैले वारदातमा भाग्न लागेको देखें भन्ने भएमा अभियुक्तको इन्कारी जिकिर पुग्न नसक्ने ।

     अभियूक्तहरुको इन्कारी जिकिर भए पनि मुख्य गवाह मर्ने झौलीको वेनी मंची र अरु मौंका तहकिकातका विरेसपत गडेरी समेतका धेरै सर्जमिनहरु कसैले वारदातमा कसैले भाग्न लागेको देखेको भनि किटान साथ लेखिदिएको समेत प्रमाणबाट निजहरु वाददातमा रहे भएकै सिद्ध हुन्छ ।

 (प्रकरण नं.१४)

(२) सर्जमिनको भनाई एक मिलानको नभए लास जाँचबाट पनि २ चोट सम्म देखिएर वारदातमा चार जवान रहे भएको भए अरु मतलव समेत नदेखिएमा वारदातको घटना नरोकेको सम्म देखिने । साबिकको ज्यान सम्बन्धीको ३१ नं.को ३ दफाको अरु किसिमको मतलबी सम्म ठहर्ने ।

     निजहरु ४ जना समेत भई मर्ने झौलीलाई चोट छाडेको भन्ने कुरामा मुख्य गवाह मंची र मौकामा देख्ने भनेका अरु सर्जमिनको भनाइ नै एक मिलान नभएको र लासजाँचबाट मर्ने झैलीको शरिरमा दाइने कानदेखि दुई अंगुल मुनी फुलेको चोट १ र दाहिने कोखामा चोट १ सम्म बाहेक अरु धेरै घा खत भए परेको पनि नदेखिनाले निज ४ जनाले पनि चोट छाडेको भन्ने कुरा प्रमाणीत हुन सकेको देखिंदंैन । देवीको घर बनाउने सार्वजनिक कामको निमित्त सिताराम बाँस काट्न गएकोमा झैलीले रोक्दा रिस उठी झौलीको मृत्यु हुन गएको । यस घटनामा पुगी राखेका निजहरु ४ जनाले झौली उपर बन्चरो प्रहार हुँननदिन रोक्ने प्रयास समेत केही नगरि हेरी रहेको देखिएको र पछि पनि जाहेर नगरेकाले निजहरुलाई तत्काल प्रचलित ज्यान सम्बन्धीको ३१ नं.३ दफामा उल्लेख भए बमोजिम अरु किसिमको मतलबी सम्म भन्नु पर्ने देखिन आएको छ ।

(प्रकारण नं.१५)    

नानीबाबु भन्ने तर्फबाट : ए. राजारामप्रसाद सिं

बादि श्री ५ को सरकार तर्फबाट : ग.ए. जगन्नाथ उपाध्याय ।

फैसला

      १.     ०१८।१।१० गते दिन अं.९ बजे झौली गडेरी मर्न बाँच्न दोसांध भएकोले जाहेर गरेको छु भनि सीताराम गडेरीले भनेबाट गई हेर्दा झौली मरी सकेको र निजकी बैनी मन्चीले नानीबाबु भन्ने दिल्लीबहादुर, हरिबाबु, नारायण पहाडी, चुहान पाहाडी, सीताराम कोईरी समेतले कुटपिट गरि मरेको भनेकीले फेला परेको दिल्लीबहादुर र मर्नेको लास औ मन्ची गडेरनी समेतलाई दाखिल गरेको छु भन्ने हे.कं. रामकृष्ण समेतको रिपोर्ट ।

      २.    गाउँ देखि पश्चिममा भएको आंप, वांस मेरो दाजु झौलीले हेरविचार गरि राखेको । प्र.सीतारामलाई वाँस काट्न दिन्न भनि रोक्दा दिल्लीबहादुर, हरिबाबु, नारायण चुहान भन्ने क्षेत्री समेत भेला भई दाजुलाई थप्पड मुडकीले कुटपिट गर्न लाग्दा गुहार भन्दा भन्दै सीतारामले हातमा लिई राखेको बन्चराको पासाले दाजुलाई कोखामा र अरु ठाउँमा हान्दा सो पिरले दाजु मरेको भन्ने मन्चीको दरखास्त बयान ।

      ३.    मैले कुटपिट गरि मारेको होईन । म घरै थिएँं भन्ने समेत दिल्लीबहादुरको पुलिसमा कागज र झौलीले वाँस काट्न दिन्न भनि रोक्दा सितारामले नामालुम के चिजले हिर्काएबाट झौली मरेको भन्ने सुनेको हुँ । रिसबाट सरजमिलने झुट्टा भनेका हुन भन्ने निजको बयान ।

      ४.    वारदातको दिन म धनगठा बसन्तपुर ससुरा कर्णबहादुर कहाँ थिएँ । मैले कसुर गरेको छैन भन्ने हरिबाबु भन्ने हरिबहादुरको बयान ।

      ५.    वारदात मितिमा म सीलोखा पछवारी लरकनाहामा भिनाजु खड्गबहादुरले लगाउँको हरिकिरतनमा छु । सीताराम र झौलीको लडाई भई झौली मरेको भन्ने सुनेका हुँ । रिसले सरजमिलने झुट्टा लेखेका हुन भन्ने समेत प्र.नारायण भन्ने भिमबहादुरको बयान ।

      ६.    सो मितिमा म हलो लिन घुर्मिं जंगलमा गएको छु । झौलीको र सितारामको झगडा भई झौली मर्‍यो रे भन्ने सुनेको हुँ । मैले मारेको होईन भन्ने चुहान क्षेत्री भनेको पद्म वहादुरको बयान ।

      ७.    फरार रहेको सीतारामको हकमा अ.बं.२४० नं.वमोजिम मुलतवी राख्ने र अरु दिल्लीवहादुर समेत ४ जनाका हकमा निजहरुले पनि कुटेको भए चोट पटक धेरै परेको हुनु पर्ने । लासजांच वाट कान देखि मुनी फुलेको चोट १ दाईने कोखामा चोट १ सम्म देखिएको भए पछि निजहरुले कुटपिट गरेको भन्ने प्रमाण नपुग्ने हुँदा निज ४ जनाले हात छाडी कुटपिट गरेको ठहर्दैन । सरजमिनका भनाईबाट घटना स्थलमा पुगी रहेको देखिन आएकोले निज ४ जनालाई ज्यान सम्बन्धीको ३१ नं.३ दफा वमोजिम अरु किसिमको मतलवी ठहर्नाले ६ महिना देखि ३ वर्ष सम्म निकाश भए वमोजिम कैद गर्ने भन्ने सिराहा ई. अदालतको ०१९।१२।२१।४ को जाहेरी फैसला ।

      ८.    वारदातमा जाँदै नगएको हामीहरुलाई अरु किसिमको मतलवी ठहराई सजाय गर्ने गरेकोमा चित्त वुझेन भन्ने समेत दिल्लीवहादुर समेत ४ जनाको अपिल ।

      ९.    सीतारामको हकमा मुलतवी राख्ने गरेको मुनासिव छ अरुका हकमा ज्यान सम्बन्धी को ३१ नं.३ दफा लागू हुनलाई पहिला यि अभियूक्तहरु ज्यान मार्नाको मतलवमा पसेको हुनु पर्छ । नत अभियोग लागेको छ, नत यस कुराको प्रमाण मिसिलवाट देखीन्छ । अर्को कुरा यस किसिमको मतलवी भन्ने किटानी अभियोग लागी त्यस्को किटानी प्रमाण हुनु पर्छ । सो देखिन नआए पछि मतलवी भनि सजाय गरेको न्यायोचित देखिंदैन । निज अपिलाटहरुले रिहाई पाउँने ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको ०२०।११।२८।४ को फैसला ।

      १०.    बहुसंख्यक सरजमिनको लेखवाट पांचै जना भई झौलीलाई कुटेको भन्ने देखिएको छ । त्यस्ता अभियुक्तलाई ईलाका अदालत सिराहाले ज्यान सम्वन्धीको ३१ नं. ३ दफा लगाउँको नमिली अभियोगपत्रमा उल्लेख गरिएको ज्यान सम्वन्धीको २६ नं. ले सजाय गर्नु पर्नेमा सफाई दिने गरेको जिल्ला अदालत सप्तरीको ईन्साफ उपर चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारको अपिल ।

      ११.    अभियूक्तहरु उपर पुलिस तथा पव्लीक प्रोसिक्यूटरले लगाउँको अभियोग प्रमाणीत हुन्छ हुँदैन भन्ने सम्म निरोपण गर्नु पर्नेमा अभियोग लगाउँ बाहेकको ज्यान सम्बन्धीको ३१ नं.३ दफा लगाउँको सुरुको र त्यसैको व्याख्या गरि सो नलाग्ने भनि जि.अ.ले ठहर गरेको समेत नमिलेको र चस्मदित गवाहहरुले बारदातमा रहेको भनेका अभियूक्तहरुलाई ज्यान मार्नाको मतलबमा नपसेको र अरु किसिमको मतलबी पनि नठहराई ज्यान सम्बन्धीको ३१ नं.३ दफा लाग्ने गरेको जि.अ.को समेत ईन्साफ मिल्न नआएको । अघिको ईबी अदाबत केही नभए पनि बाँस काट्ने कुरामा झगडा उठी लात मुडकी थप्पड बन्चरो समेतको प्रहारबाट झौली मर्न गएको देखिएको ले अ.वं.२०२ नं. बमोजिम छलफलमा दिल्लीबहादुर, पद्मबहादुर, हरिबहादुर, नारायण भन्ने भिम बाहादुर समेतलाई झिकाई पेश गर्नु भन्ने डिभिजन वेन्चको ०२२।११।१३।५ को आदेश ।

      १२.   फरार रहेको सीतारामका हकमा मुल्तबी राख्ने गरेको मुनासिवै र दिल्लीबहादुर समेत ४ जनाका हकमा निजहरु सो ०१८।१।१० गते अनेत्रै छौ भन्छन तापनि दिल्लीबहादुरले पुलिसमा कागज गर्दा घरमा थिएँ भनेको । अदालतमा बयान गर्दा १ पाउ फरक खेतमा थिएँ भनेको भई कुरा नमिलेको । हरीबहादुर ले ससुराली जानुपर्ने काम केहि नदेखाएको । भिमबहादुर पनि धेरै दिन सम्म भिनाजुको घरमा बस्नु पर्ने काम नदेखिएकोबाट अनेत्र गए बसेको भन्ने कुरा कल्पित देखिने । मौका तहकिकातका सरजमिन बिरेसपत गडेरी, गुडरा गडेरी, गुडरा गदेरी, आनन्द गडेरी, बाबुजी गडेरी, बुधु गडेरी समेतले वारदातमा नै देख्यौं भनि र पुलकी जरायन गडेरी समेत २० जनाले भागी जाँदा देख्यौं भनि बकेको ।  बारदातमा थिएँ भनि मुख्य गवाहले पनि लेखेको । बारदातमा भएकै कायम गरि अन्चल अदालतले फैसला गरे उपर अपिल नगरेको समेतबाट निजहरु बारदातमा रहे भएको कायम हुन आएको छ । आफ्नो उपस्थितीमा कुनै अपराध कसैले गर्न लागे पनि शक्तिले भ्याए सम्म रोक्नु र घटना हुननदिनु मानवोचित कर्तव्य हो । प्रस्तुत घटना हुँदा रोहवरमा रहेका यि प्रतिबादीहरुले त्यस्तो गरेको देखिएन । साथै अपराध हुनासाथ भागी बारदातमा थिएनौ अन्यत्र थियौ भन्नुबाट कसुर छिपाउन प्रयास गरेको देखियो । देवीको घर बनाउन भन्नाले सार्वजनिक काम कुरामा केही बढी नै मानिसको सल्लाह सहयोग हुन सक्छ । बाँस काट्न सीतारामलाई झौलीले रोक्दा आफ्नो ईच्छा पुर्तिको निमित्त त्यस काममा सहमति हुने अरु पनि बारदातमा सम्मिलित हुन गई त्यस बखतको वातावरण भना भन अनुसार कुनै कुरा भन्नु गर्नु अवस्यंभावी हो । र त्यस वारदातमा पनि त्यस्तै रुप देखिएको छ । यिनीहरुले पनि मर्ने झौलीलाई हाने कुटेको भन्ने चस्मदित व्यक्तिको भनाईछ । तिनिहरुको भनाईमा केही घटी बढी परेकोलाई मानिसको बादबिबाद झगडा भएको देख्नेले कति टाढाबाट देखेका थिए, त्यस्को चित्त बृति कता लागेको थियो, स्मरण शक्ति कस्तो थियो ईत्यादि कुराबाट घटीबढी हुन सक्छ । हात लपेटाले हानेको भन्ने पनि देखिएको । त्यस्तोमा धेरै चोट पटक देखिएन भन्नु यूक्तीसंगत भएन । यिनीहरुले पनि हाने कुटेको हो भन्ने मुख्य गवाह मन्ची र अरु सरजमिनका व्यक्तीले झुट्टा भन्नु पर्ने । ईवी कारण नदेखिएबाट पनि निजहरुको भनाईमा सत्यता देखिन्छ । तसर्थ कडा चोट सीतारामको भए पनि अरु प्रतिबादी ४ जनाले मर्ने झौलीलाई उसै मौकामा उठेका रिस थाम्न नसकि साधारण लात मुक्का ईत्यादिले हानेकुटेको समेतबाट झौली गडेरी मर्न गएकोले ज्यान सम्बन्धीको १४ नं. मा उल्लेखीत कसुरको अपराधी ठहर्ने । निजहरुलाई ज्यान सम्बन्धीको ३१ नं.लगाई सुरुले र सफाई दिई जिल्ला अदालतले समेत केहि गल्ती ईन्साफ गरेको ठहर्छ । निज ४ जनालाई ज्यानसम्बन्धीको १४ नं बमोजिम कैद वर्ष १० का दरले गर्ने र माननीय सहयोगी न्यायाधीशज्यू संग राय नमिलेकोले नियम बमोजिम फुल वेन्चमा पेश गर्नु भन्ने समेत मा.न्या. श्री लोक ज्यूको राय र ।

      १३.   दिल्लीबहादुर समेत ४ जनाको हकमा झौलीको ज्यान मार्नालाई पहिले नै सरसल्लाह भई निजको हत्या भएको अथवा रिस ईबिको कारण पहिले देखि नै थियो भन्ने मिसिल प्रमाणबाट देखिदंैन । तत्कालीन ज्यान सम्बधीको दफा ३१ (३) यस मुद्दाको परिस्थितिमा लागू हुन सक्ने देखिँदैन । उक्त ऐनमा पहिले नै ज्यान मार्नाको मतलवमा पसेको भन्ने शब्दहरु देखिएको छ । ज्यान मार्नाको मतलबमा पसेको नत अभियोग लागेकोछ नत यस कुराको प्रमाण मिसिल बाट देखिन्छ । निज अपिलाटहरुले कुनै किसिमको मतलवी भई झौली गडेरीलाई मार्ने मतलवमा पसेको ठहर्दैन भन्ने समेत तत्कालीन जिल्ला अदालतको राय मनासिवै देखिन्छ । निज ४ जना उपर लागेको तत्कालिन ज्यान सम्बन्धीको २६ नं.र प्रचलित ज्यान सम्बन्धीको १४ नं.को अभियोग प्रमाणित हुन आउँछ आउँदैन भन्ने तर्फ उक्त ऐनमा त उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतीयारले हानेकोबाट विष खुवाएकोमा बाहेक साधारण लाठा ढुंगा लात मुक्का ईत्यादिले हान्दा सोहि चोट पटकले ऐनका म्याद भित्र ज्यान मरेमा भन्ने समेत उल्लेख भएको देखिन्छ । सीतारमको पहिलो जाहेरीमा झौलीलाई कसकसले कुटे त्यो कुरा उल्लेख भएको छैन । सरजमिनका व्यक्ति मध्ये सीतारामले वन्चरोले हानेकोले वेहोस भएको भन्ने मानिसहरुले भनेको भन्ने हरीदेव राउत, सीतारामले वन्चरोको पासोले हानेकोले मर्‍यो भनि सीताराम गडेरीले भनेको भन्ने बौएलाल समेत अधिकांस देख्ने सुन्ने व्यक्तिले सीताराम कोईरीले वन्चरोको पासोले हानेको चोट वाटै झौलीको मृत्यु भएको, भाग्ने बेलामा निजको हातमा बन्चरो थियो भन्ने सरजमिनमा बकेको र मर्नेकै वैनी मन्चीले पनि सीतारामले हातमा लिई राखेको वन्चरोको पासोले दाजुलाई कोखामा र अरु ठाउँमा हान्दा सोहि चोटले दाजु मरेको भन्ने जाहेर गरेकी । लासजांचवाट मर्नेको जिउमा दाहिने कोखामा चोट १ दाहिन कान देखि २ अंगुल मुनि फुलेको चोट १ भएको भन्ने लेखिएको छ । मर्नेकी वहिनी मन्चीको जाहेरी अनुसार उक्त चोट सीताराम कोईरीले वन्चरोको पासाले हानेकोबाट मरेको भन्ने भनाई छ । अरु चोट पटक देखिँदैन । दिल्लीवहादुर समेत ४ जनाले कुटपिट नगरेको कुरा झौलीको जिउमा अरु चोट नभएबाटै स्पष्ट हुन आउंछ । डिल्लबहादुर समेत ४ जनाको हातमा कुनै हातहतियार, लाठा, ढुंगा ईत्यादि थियो भन्ने कुरा नत जाहेरवालाले नत सरजमिनका मानिस कसैले भनेका छन् । निज ४ जनाले कसुर गरेको ठहर्दैन भनि सुरुले गरेको ईन्साफमा वादी श्री ५ को सरकारले चित्त वुझाई अपिल नगरेको । यस प्रकार उक्त ज्यान सम्वन्धीको १४ नं.को अवस्था देखिन आउने र यि ४ जनाले उक्त ऐनमा उल्लेख भए बमोजिम चोट छोडेको भन्ने जवसम्म निर्विवाद रुपबाट स्थापित हुँदैन तवसम्म उक्त ऐन बमोजिम सजाय गर्न कुनै अवस्थामा पनि नमिल्ने । उपरोक्त उल्लेख भए बमोजिम दिल्लीबहादुर समेत ४ जनाले चोट छाडेको भन्ने प्रमाणीत हुन आएको देखिंदैन । सरजमिनका केहि ब्यक्तीले उनीहरु भाग्न लागेको देखें भन्नेसम्म भनाईछ । चोट छाडी भागेको भन्ने कसैको भनाई छैन । र चोट छाडेर नै निजहरु भागेका हुन भनि शंका लिई शंकाको आधारमा अभियुक्तहरुलाई दोषी ठहर्‍याउन न्यायोचित नहुने स्पष्ट छ । जब सम्म शंकारहित प्रमाणबाट अपराध सावित हुँदैन तव सम्म अभियूक्त निर्दोषी छ भन्ने अदालतले मान्नु पर्छ । तसर्थ निज प्रतिवादी दिल्लीबहादुर समेत ४ जनालाई सफाई दिने ठहराएको तत्कालीन जि.अ.सप्तरीको इन्साफ मुनासिब छ । ज्यान सम्बन्धीको १४ नं लगाई कैद वर्ष १० का दरले गर्ने गर्नु भएको सहयोगी मा.न्या.श्री लोकराज ज्यूको रायसँग सहमत नहुँदा नियम बमोमिज फुल बेन्चमा पेश गर्नु भन्ने मा.न्या बब्बरप्रसाद शिंको राय भएको ०२३।४।२५।३ को डिभिजन बेन्चको फैसला । यस्मा ०२३।४।५।३ को डिभिजन बेन्चमा माननीय न्यायाधीशहरुको राय नमिलेकोबाट निर्णयार्थ ०२३।९।१२।३ मा यस बेन्चमा पेश भई प्रतिवादी हरिवाबु भन्ने हरिवहादुर, नानीवाबु भन्ने दिल्लीवहादुर, नारायण भन्ने भिमबाहादुरहरु तर्फवाट विद्वान एडभोकेट श्री रामरामप्रसाद सिंले गर्नु भएको वहस समेत सुनी आज निर्णय सुनाउने दिन तोकिएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फवाट विद्वान गभर्नमेन्ट एडभोकेट श्री जगन्नाथ उपाध्यायले दिनु भएको वहसनोट समेतको अध्ययन गरि यो फरार रहेको सिताराम गडेरीका हकमा मुलतबी राख्ने ठहराय तर्फ डिभिजन बेन्चमा माननीय न्यायाधीशहरुको राय मिलेको र प्रतिवादी नानीबाबु भन्ने दिल्लीबहादुर, नारायण भन्ने भिमबहादुर हरिबाबु भन्ने हरिबहादुर चुहान भन्ने पद्मबहादुर समेत ४ जनाका हकमा सम्म राय नमिलेको देखिंदा निजहरु ४ जनाको हकमा सम्म यस बेन्चबाट निर्णय दिनु परेको छ ।

      १४.   निजहरु ४ जना वारदातमा थिए थिएनन् भन्ने तर्फ हेरेमा हामीहरु अनेत्रै भएकाले सो बारदातमा थिएनौं भन्ने समेत निज अभियूक्तहरुको इन्कार जिकिर भए पनि मुख्य गवाह मर्ने झौलीकी बैनी मंची र अरु मौका तहकिातका विरेसपत गडेरी समेतका धेरै सरजमिनहरु कसैले वारदातमा, कसैले भाग्न लागेको देखेको भनि किटान साथ लेखि दिएको समेत प्रमाणबाट निजहरु वारदातमा रहे भएकौ सिद्ध हुन्छ ।

      १५.   अव कसुर तर्फ हेरेमा निजहरु ४ जना समेत भई मर्ने झौलीलाई चोट छाडेको भन्ने कुरामा मुख्य गवाह मंची र मौकामा देख्ने भनेको अरु सरजमिनको भनाइ नै एक मिलान नभएको र लासजाँचबाट मर्ने झौलीको शरीरमा दाइने कान देखि २ अंगुल मुनी फुलेको चोट १ र दाहिने कोखामा चोट १ सम्म बाहेक अरु धेरै घा खत भए परेको नदेखिनाले निज ४ जनाले पनि चोट छाडेको भन्ने कुरा प्रमाणित हुन सकेको देखिंदैन । देवीको घर बनाउने सार्वजनिक कामको निमित्त सीताराम वांस काट्न गएकोमा झौलीले रोक्दा झगडा उठी झौलीको मृत्यु हुन गएको । यस घटनामा पुगी राखेका निजहरु ४ जनाले झौली उपर बन्चरो  प्रहार हुन नदिन रोक्ने प्रयास समेत केहि नगरि हेरी रहेका देखिएको र पछि पनि जाहेर नगरेकाले निजहरुलाई तत्काल प्रचलित ज्यान सम्बन्धीको ३१ नं.३ दफामा उल्लेख भए बमोजिम अरु किसिमको मतलवी सम्म भन्नु पर्ने देखिन आएको छ ।

      १६.    तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट निजहरु ४ जनालाई अरु किसिमको मतलवी सम्म ठहराई तत्काल प्रचलित ज्यान सम्बन्धीको ३१ नं.३ दफा बमोजिम तोकिएको कैद गर्ने समेत गरि सुरु ईलाका अदालत सिराहाले ०१९।१२।२१।४ मा जाहेरी फैसला गरि छिनेको मुनासिब र हालको ज्यान सम्बन्धीको ७ नं.३ दफा बमोजिम वर्ष १। को दरले कैद हुने समेत ठहर्छ । ०२३।४।२५।३ को डिभिजन बेन्चमा माननीय न्यायाधीश दुवै जनाले व्यक्त गर्नु भएको राय मिलेको देखिएन । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

प्रतिवादी देहायका मानिस के हालको ज्यान सम्बन्धीको १७ नं.३ दफा बमोजिम लाग्ने ठहरेको कैद बर्ष १ का दरले लगत कसी कानून बमोजिम गर्न भनि बेरुजु हुँदा का.श्रे.अ.त.मा लागत दिनु .....................१

नानीबाबु भन्ने दिल्लीबहादुर क्षेत्रीके कैद बर्ष

हरी बाबु भन्ने हरिबहादुर क्षेत्री के ऐ

हरी बाबु भन्ने हरिबहादुर क्षेत्री के ऐ

पद्मबहादुर चुहान क्षेत्री के ऐ

नारायण भन्ने भिमबहादुर क्षेत्री के ऐ

प्रतिवादी देहायका मानिस के सप्तरी जिल्ला आदलतको २०।११।२८।४ को फैसला बमोजिम रु ५ दरले जिताउरी लिने गरेको नलाग्ने हुँदा असुल भएको जति फिर्ता बांकीको लगत कट्टा गरि दिनु भनि सिराहा जि.अ.मा लेखि पठाउन ऐ ऐ.................२

नानीबाबु भन्ने दिल्लीबहादुर क्षेत्री के रु

हरिबाबु  भन्ने हरिबहादुर  चुहान क्षेत्री के रु

पद्मबहादुर चुहान क्षेत्री के रु

नारायण भन्ने भिमबहादुर क्षेत्री के रु

देहायका साक्षि के झुट्टा बकेको भनि ईलाका अदालत सिराहाको ०१९।१२।२१।४ को फैसलाले गर्ने गरेको देहाय बमोजिम कैद सप्तरी जिल्ला अदालतको ०२०।११।२८।४ को फैसलाकले लागत कट्टा गरि दिने गरेकोमा सो लगत कट्टा गर्नु पर्दैैन सुरु फैसला बमोजिम लगत कायम राख्नु भनि सिराहा जि.अ.मा लेखि पठाउन का.श्रे.अ.त.मा लागत दिनु ...३

प्र.पी.मौजे बेतौना बस्ने रघुनी महतौ कोईरी के कैद दिनं पन्द्र ।१५

ऐ बस्ने सुवधा मुसहर के कैद दिन पन्द्र ।.।१५

ऐ बस्ने जुडिया मुसहर के कैद दिन पन्ध्र ।.।१५

ऐ मौजे गुड्डुराहा कुमार पुर बस्ने मुनीया के वा.के ऐ ।.।१५

ऐ बस्ने रामनाथ यादव के ऐ ।.।१५

ऐ बस्ने राम नारायण ग्वार के ऐ ।.।१५

ऐ बस्ने बेंचु यादव के ऐ ऐ ।.।१५

प्र.धं.मौजे जंगठा बसन्तपुर बस्ने जुम नमियाँ के कैद दिन पन्ध्र ।.।१५

ऐ बस्ने कैलुमियां के कदन दिन पन्ध्र ।.।१५

ऐ बस्ने दसवामिया के ऐ ।.।१५

ऐ बस्ने टिमा मियां के ऐ ।.।१५

ऐ बस्ने रमज्यान मियां के ऐ ।.।१५

ऐ बस्ने विलत मियां के ऐ ।.।१५

ऐ बस्ने मनमा अमात के ऐ ।.।१५

प्र.धं.मोजे सरस्वति गोबिन्दपुर बस्ने टिकाबहादुर खत्री क्षेत्री ऐ ।.।१५

ऐ बस्ने चन्द्रबहादुर कार्कि क्षेत्री के ऐ ।.।१५

ऐ बस्ने कृष्णबहादुर खत्री क्षेत्री के ऐ ।१५

ऐ बस्ने प्रेमबहादुर खत्री क्षेत्री के ऐ ।.।१५

ऐ बस्ने निरबहादुर खत्री क्षेत्री के ए  ।.।१५

ऐ बस्ने रामबहादुर खत्री क्षेत्री के ऐ ।.।१५

ऐ बस्ने सहदेब साहु कलुबार के ऐ ।.।१५

ऐ बस्ने बुधबहादुर भुजेल धरती के ऐ ।.।१५

प्र.पी.मौजे सिलोखापछबारी लरकबहा बस्ने महाबिर मंडर धानुक के ऐ ।.।१५

ऐ बस्ने मखन यादव के ऐ ।.।१५

ऐ बस्ने मकुट चमार के ऐ ।.।१५

ऐ ऐ बस्ने मानेबहादुर भुजेल के ऐ ।.।१५ 

प्र.पी.मौजे गङ्गराहा कुमार पुर बस्ने हरिदार क्षेत्री के ऐ ।.।१५

ऐ बस्ने शाली ग्राम पोखरेल के ।.।१५

ऐ बस्ने रामु पोखरेल के ऐ ।.।१५

सप्तरी जि अ.का.न्या.जोगेन्द्रप्रसाद श्री वास्तवके ईन्साफ केही उल्टीको रिकर्ड राख्न रजिष्ट्रार अफिसमा सूचना दिनु....................४

प्रतिवादी नानीबाबु भन्ने दिल्लीबहादुरले १८२।२४ मा राखेको धरौट रु २४००। मध्ये जिताउरी रु ५ कट्टा गरि बांकी रु २३९५ फिर्ता दिने भनि २०।११।२८।४ को सप्तरी जिल्ला अदालतको फैसलामा उल्लेख भएकोमा जिताउरी रु ५ नलाग्ने भएकाले सो रु ५ कट्टा गर्नु पर्र्दैन । हाल लाग्ने ठहरेको रु २४०० कानून बमोजिम फिर्ता दिनु भनि ऐ ऐ ..................५

यो फैसलाको १ प्रति नक्कल श्री महान्यायाधीबक्ताको अफिसमा पठाई नियम बमोजिम मिसिल बुझाई दिनु .......................६

 

इति सम्बत ०२३ साल माघ १८ गत रोज ३ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु