शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८७ - मोहियानी हक

भाग: साल: २०२४ महिना: बैशाख अंक:

निणय नं ३८७            ने.का.प. २०२४

फुल बेन्च

न्यायाधीश श्री बाशुदेव शर्मा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री लोकराज जोशी

२०२३ सालको दे.फु.नं.७२

निवेदक      : जिल्ला प्रगन्ना महोत्तरी मौजे सिंग्याहि बस्ने हरीनारायण यादव समेत

विरुद्ध

विपक्ष : ऐ वलवा बिर्ता बिचला टोल बस्ने रघुनन्दन यादव

मुद्दा : मोहियानी हक ।

(१)   ऐन लागू हुनु पूर्व गरिएको दाबी कानून व्यख्या सम्बन्धी ऐन, २०१० को दफा ३ अनुसार लागू गर्न नमिल्ने ।

     १० सालकै बालीमा प्रतिवादीहरुले खिचोला र वेदखली गरे भन्ने पहिले उजुर परी म.स.गो.बाट कारवाई चलेको मुद्दामा डिभिजन बेन्चबाट भएको ०१५।१०।२७।१ को फैसला बमोजिम पुनः ०१५।११।२६ मा अदालतमा नालेस दर्ता हुन आएको समेत उक्त भूमी सम्बन्धी ऐन, ०१४ प्रारम्भ हुनु भन्दा अगावै ०१० सालकै वालीमा खिचोला र वेदखली गरे भन्ने दावीको यस्तो कुरामा कानून व्याख्या सम्बन्धी ऐन, ०१० को दफा ३ अनुसार उक्त भूमि सम्बन्धी ऐन, २०१४ लागू गर्न नमिल्ने समेत हुनाले उक्त ०१० सालको निमित्त मोहियानिमा वादीको हक दावी पुग्न सक्ने आधार देखिन आएन ।

(प्रकरण नं.१५)

निवेदक तर्फबाट : बरिष्ट अधिवक्ता कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट      : प्लिडर नारायणप्रसाद श्रेष्ट ।

फैसला

      १.     दाजु दुलारको वलवा बिर्ता चौर टोलको जग्गा विगाहा १६द्र१द्र१।। महोत्तरी मालबाट लिलाम हुँदा बडाबडिमा निजका नाउमा डाक खतम गराइ दर्ता गराइ ९४ साल देखि मलाई सौंपी दिएकाले मैले वाद गरि कहिले महुँदाबाट र कहिले बटैया तौरबाट र नपुगेकोमा तमसुक गरिदिएको कागजहरु ०११ साल बैशाख ६ गते चोरी भएको जनकपूर पुलिसमा दरखास्त दिई अर्को गराइ पाउँ भनी अन्यायवालाहरुको नाउमा नालेस दिएकोमा झुट्टा दरखास्त दी जालसाजी मुद्दा गरेको हो भनी निजहरुको जालसाजीमा नालेस गरेकोमा जलेश्वर अमिनिले खारेज गरि कागज गराई पाउँ भन्ने मुद्दामा मलाई हराई फैसला गरे भनि मैले महोत्तरी अपिलमा अपिलबाट मलाई जिताएको छ । त्यस्मा निजहरुको सर्बोच्च अदालतमा अपिल परी गएको र सो जग्गाको मोहियानी मुद्दामा स.गो.मा परेकोमा मलाई मोहियानी कायम गरि फैसला गरेकोमा पनि निजहरुको सर्बोच्च अदालतमा अपिल परी कागज गराई पाउँ भन्ने मुद्दा १ मोहियानी कायम गराई पाउँ भन्ने मुद्दा १ जालसाजी मुद्दा १ समेत डिभिजन बेन्चमा पेश हुँदा मोहियानी हक मुद्दामा गोश्वाराले फैसला गर्न पाउँने फैसला गरेको वदरगरिदिएको छ । ३५ दिन भित्र अदालतमा नालेस गरि हक वेहक गरि लिनु सो मुद्दा छिने पछि जालसाजी मुद्दा १ कागज गराई पाउँ भन्ने मुद्दा १ छिन्ने गरि हाल मुलतवी राखी दिएको छ भनि ०१५ साल माघ २७ गते सर्बोच्च अदालत दौडाहा मुकाम जलेश्वरबाट मुलतवी राखेकोले मोहियानी कायम गराई पाउँ भन्ने मुद्दामा ३५ दिन भित्र नालेस गर्न आएको छु । वलवा देखि सिग्याही ५।६ कोष फरक र प्रतिवादीहरुको आफ्नै धेरै जग्गा सिग्याहीमा भएको आफुले आवाद गर्न सकेको छैन भने ५।६ कोष टाढा वलवामा आई आवाद गरेको भन्ने कुरा पत्यार नपर्ने । अघि रुद्रनारायण र हरीनारायण सगोलमा छंदा घरको मुख्य रुद्रनारायणले ९८ साल भाद्र २५ गते जलेश्वर अमिनिमा बयान गर्दा रघुनन्दन असर्फिलाई बतैयामा दिएको हुँ भन्ने कुरा लेखीदिएको र असर्फि मेरो नोकर हुनाले ९४ साल देखि साल साल आवाद गरि हुन्डा वटैयामा दिने बुझाउने गरि आएको सरासरै ठहर्ने र सर्बोच्च अदालतका आदेश बमोजिम महोत्तरी मालले सरजमिन बुझ्दा वेलवा बिर्ताको ६० जना भन्दा बढिले मेरो मोहियानी किटी बकी लेखी दिएको समेत सबै प्रमाणबाट मेरो मोहियानी हक भएको जग्गामा ०१०।११ साल देखी प्रतिवादीले खिचोला उठाई हात पार्न खोजेकोले सजाय गरि मेरो मोहियानी कायम गराई पाउँ भन्ने रघुनन्दन यादवको फिराद ।

      २.    प्र.म.मौजे वलवाचौर टोलको जग्गा विगाहा १६ऽ१ऽ१।। लिलाममा लिएको सो जग्गा ०१० सालमा बण्डापत्र गरि हामि ३ जनाले ३ हिस्सा गरि खाएको छौं । सो जग्गा वादीले वटैया मनखपमा कमाएको छैन । वटैया वाली बुझाएको कागजहरु चोरी भयो भनेकोमा सो झुट्टा अजमाई उजुर गरेको हुँदा हामिले जालसाजीमा उजुर गरेका छौ । वटैयामा कमाएको भए भुमी सुधार ऐन वमोजिम साल सालको वाली वुझाएको रसिद भर्पाई पेश गर्न सक्नु पथ्र्यो । नसकेकाले समेत वादीले वटैयामा कमाएको नहुँदा झुट्टा दावीवाट फुर्सद गराई पाउँ भन्ने हरिनारायण, विस्नुनारायणको प्रतिउत्तर ।

      ३.    वादीलाई वटैयामा कमाउन दिएको छैन । वटैयामा कमाएको भए यो किसिमवाट वटैयामा कमाएको छु भन्न सक्नु पर्छ । सो नसकेको । फगत ९८ सालमा बयान गर्दा वटैयादार रघुनन्दन र असर्फी हो भन्ने सावित भएको भनेकोलाई असर्फी मेरो नोकर हुँदा सो बयानले मोहियानी कायम हुन सक्छ भनि गरेको जिकिर उचित भन्न नहुने कारण दुलारको जग्गा मैले लिलाममा लिएकोमा जाली दुलारले झन्झट लगाई दिंदा सो वतख जग्गा आवाद गराउन त्यस गाउँमा मेरो साधन नहुँदा साल १ लाई मात्र वादी असर्फीलाई अबाद गर्न दिएको त्यस पछि मैले नै आवाद गरि आएको छु । वादीले आवाद गरेको कुनै प्रमाण नभएकाले वादीको झुट्टा उजुरवाट फुर्सद गराइ पाउँ भन्ने रुद्रनारायणको प्रतिवादि ।

      ४.    ९८ सालमा रुद्रनारायणको र दुलारको वाली लुटपिट मुद्दामा रघुनन्दन र असर्फीलाई वटैयामा वन्दोवस्त गरेको भनी रुद्रनारायणले नालसे गरेको । त्यस पछि अरुलाई कमाउन दिएको भन्न सक्नु पर्ने नसकेकाले वादीले नै कमाई आएको देखिने हुँदा सो जग्गा मध्ये असर्फीले कमाएको विगाहा १ कटाइ बाँकीको वादी मोहया ठहर्छ भन्ने जलेश्वर इलाका अदालतको ०१८।१।१४ को फैसला ।

      ५.    मोहियानी कायम गराउने ठहराइ जलेश्वर इलाका अदालतले फैसला गरेकोमा चित्त बुझेन भन्ने रुद्रनारायणको पुनरावेदनपत्र ।

      ६.    वादिलाई मोहियानी कायम गराइ फैसला गरेकोमा चित्त बुझेन भन्ने हरिनारायण, विस्नुनारायण समेतको पुनरावेदनपत्र ।

      ७.    जग्गा विगाहा १६, , १।। को म मोहियानी ठहर्नु पर्नेमा जग्गा विगाहा १।। बाहेक गरि फैसला गरेकोले चित्त बुझेन भन्ने वादी रघुनन्दनको पुनरावेदनपत्र ।

      ८.    वाली बुझाएको रसीद भर्पाइ वेगर ऐ.ले र डिभीजन बेञ्चको फैसलाबाट यो वादिको फिराद दावी नपुग्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत जिल्ला अदालत महोत्तरीको १९।३।१९।३ को फैसला ।

      ९.    मेरो दावी वमोजिम इन्साफ हुनु पर्ने खारेज गरिदिएकाले चित्त वुझेन भन्ने समेत वादी रघुनन्दनको पुनरावेदन ।

      १०.    यो मुद्दा साथ प्रमाणमा आएको निजहरुको जालसाजी मुद्दा १ कागज गराइ पाउँ भन्ने मुद्दा १ समेत मुद्दा २ मोहियानी हक मुद्दा आए पछि यो अपिल फेरी दर्ता गरि एकै साथ पेश गर्नु भन्ने डिभिजन वेन्च सर्वोच्च अदालत पूर्व दौडाहाबाट आदेश भई मुलतवी रहेको देखिएको र यो मुद्दाको सम्वन्ध पर्ने भएको हुँदा उक्त दुवै मुद्दा मुलतवी जगाइ लगतमा दर्ता गरि नियम वमोजिम यसैसाथ पेश गर्नु भन्ने ०१९।९।२।२ को सर्वोच्च अदालत भिडिजन वेन्चको आदेश ।

      ११.    जिल्ला अदालतले खारेज गरेको नमिलेको हुनाले इन्साफ गर्न छलफलमा प्रतिवादिहरु लाई १५ दिने म्याद दिई झिकाई आए पछि पेश गर्नु भन्ने १९।१२।१६।६ को सर्वोच्च अदालत डिभिजन वेन्चको आदेश ।

      १२.   रसिद भर्पाइ सरहको चिठ्ठी चोरी भएकोले हुलिया दिएको छु भने पनि सो हुलियामा यो साल मितिको यस व्यहोराको यो यो कागज भनी विवरण खोली लेखिएको नभई गोल बोली लेखेकाले कागज चोरीमा पर्‍यो भन्ने पत्यार लायकको सवुद पुर्‍याउन वादीले नसकेको भए पनि जग्गा १ साललाइ दिएमा प्रतिवादी सावितै भएको र सर्वोच्च अदालत डिभिजन वेन्चका आदेशानुसार बुझेका सरजमिनले अपिलाटले जग्गा कमाएको हो भनी किटान साथ बकी दिएको देखिएको र वादी प्रतिवादिहरु मामा भानिज नाताका भन्नेमा विरोध नभएको वादी अपिलाटको घर सोही जग्गा भएकै ठाउँमा भएको र विपक्षको घर टाढा हुँदा घरैबाट खेती लगाउँन असम्भव र यसलाई कमाउन दिएको वा सो जग्गा नजिक यस ठाउँमा घर डेरा गरि आफैले कमाएको भन्ने सवुद पुर्‍याउन विपक्ष प्रतिवादिले नसकेकोले समेत प्रतिवादिको उक्त जग्गा अपिलाटले वटैयामा कमाइ आएको ठहर्छ भन्ने डिभिजन वेन्चको ०२१।५।५ को फैसला ।

      १३.   सो उपर चित्त बुझेन दोहर्‍याइ पाउँ भन्ने हरिनारायण समेतको निवेदन परेकोमा न्यायिक समितिबाट यस्मा प्रतिवादिको जग्गा वादी रघुनन्दन ले कमाइ आएको भन्ने कुरा प्रमाणको विरबहादुर थापा समेतको र दुलार राउत समेतको कुटपिट मुद्दाको मिसिल समेतबाट देखिन आई रहेको हुनाले प्रतिवादीको जग्गा अपिलाटले वटैयामा कमाइ आएको ठहर्छ भन्ने सर्वोच्च अदालतबाट ठहर गरेको मिलेकै देखिन आएको । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ३।४ ले अघिको कुरामा पछि जारी भएको ऐन प्रयोग हुन नसक्नेमा शुरु जलेश्वर इलाका अदालतको निर्णय हेर्दा ०१० साल देखि प्रतिवादिहरुले कमाए पनि जवरजस्ती भोग गरेको । त्यस्तो जवरजस्ती भोगलाई मान्यता दिन नहुने भन्ने र १४।।१ऽ१।। वादीको मोहियानी वटैया ठहर्ने भन्दै सजाय खण्डमा प्रतिवादीहरुलाइ भूमी सम्वन्धी ऐन, ०१४ अन्तरगत सजाय गर्ने गरेको र सर्वोच्च अदालतबाट निर्णय हुँदा शुरुको इन्साफ मुनासिव ठहर्छ भनी उक्त भूमि सम्बन्धी ऐन अन्तरगतको सजायलाई समेत समर्थन गरेको देखिएको यस केसबाट १० सालको खिचोला सम्मको निर्णय दिनु पर्नेमा अघिको कुरामा नलाग्ने भूमि सम्बन्धी ऐनको १० सालको पछिको भोग सम्बन्धी प्रश्न उठाइ समाधान गरेको र सो भूमि सम्बन्धी ऐन लगाइ सजाय गरेको कुरा मिलेको नदेखिएको हुनाले दोहर्‍याई बक्सनु पर्ने भनि समितिबाट शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइ दिनु भन्ने हुकुम बक्सेकोछ भन्ने मौसुफका प्रमुख सचिवालयबाट लेखि आएको ०२३।४।१०।६ को हुकुम प्रमांगी बक्स भई आएको हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा बकस भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त नियमको रित पुर्‍याइ लगतमा दर्ता गरि मिसिल झिकाइ दुवैपक्ष राखी फुल वेन्चमा पेश गर्नु र त्यसको अन्तीम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराज का प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीश ज्यूबाट भएको ०२३।३।१३।२ को आदेश ।

      १४.   यस्मा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२४।२।९।६ मा पेश भई निवेदक प्रतिवादी तर्फवाट विद्वान वरिष्ट अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र वादी तर्फवाट विद्वान ल्पिडर श्री नारायणप्रसाद श्रेष्टले गर्नु भएको वहस समेत सुनी आजको निर्णय सुनाउने तारेख सरेको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरि हेर्दा मैले मोहियामा कमाई आएको जग्गामा १० सालमा खिचोला वेदखली गरे भन्ने यिनै वादीको पहिले निवेदन परि म.स.गो.वाट कारवाइ किनारा भएकोमा पुनरावेदन परी आइ १५।१०।२७।१ मा स.अ.पु.दो.डिभिजन वेन्चमा पेश हुँदा तेरो मेरो भन्ने प्रश्न उठेको वाली भराइ पाउँ भन्ने दावा भएको मुद्दा म.स.गो.ले हेरे छिनेको सदर हुन सक्दैन आफुले मोहियानी कमाउन पाउँने र कमाएको सबुद प्रमाण खोली आजका ३५ दिन भित्र इलाका अमिनीमा उजुर गरि हक कायम गराउनु भनी वादीलाइ सुनाइ दिने भन्ने समेत उक्त डिभिजन वेन्चबाट फैसला भएपछि सोही आधारमा पहिले १० सालकै खिचोलाको कुरालाई लिएर वादीले १५।११।२६ मा प्रस्तूत मुद्दाको नालेस दर्ता गरेको देखिन्छ । त्यस कारण सो १० सालकै निमित्त मोहियानीमा वादीको हक दावी पुग्न सक्ने नसक्ने के हो भन्ने कुरा प्रस्तुत मुद्दामा मुख्य विचार गर्नु पर्ने भएको छ ।

      १५.   वादी दावी अनुसार जग्गा वादीले वटैयामा कमाई आएकै भएपनि त्यसरी कमाई आएको जग्गाको मोहियानी हक प्राप्त हुने र जग्गा धनीले खोसमोस गर्न नपाउँने समेत कुनै कानूनी आधार भए मात्र वादीको हक दावी पुग्न सक्ने अवस्था आउने हुनाले त्यस तर्फ हेरेमा यस्मा रैकर जग्गामा यस किसिमको मोहियानी हक प्राप्त हुने सम्वन्धमा उक्त १० सालमा कुनै कानूनी व्यवस्था भएको र जग्गा खोसमोस नगर्ने समेत गरि जग्गा धनी प्रतिवादीहरुले कुनै सर्त लिखत गरिदिएको समेत नदेखिएको र भूमी सम्बन्धी ऐन, २०१४ प्रारम्भ भई सकेपछि १५।११।२६ मा नालेस दर्ता गरेको समेत हुँदा उक्त भूमि सम्वन्धी ऐन अन्तर्गत सुरक्षीत किसानको हक प्राप्त हुने र जग्गा धनीले खोसमोस गर्न नपाउँने भन्ने वादी तर्फका विद्वान वकिलले हाल वहसमा जिकिर लिनु भएको समेत भए पनि उक्त ऐन वमोजिम सुरक्षित किसानको हक प्राप्त गर्न मुख्यतः उक्त ऐनको दफा ११ ले बाध्यता गरे अनुसार उक्त ऐन प्रारम्भ हुँदाको वखत जग्गा वादीले भोग चलन गरेको समेत हुनु पर्ने । सो ऐन अन्तरगतको फिराद दावी पनि नभई माथिको प्रकरणमा उल्लेख भए बमोजिम १० सालकै वालीमा प्रतिवादीहरुले खिचोला र वेदखली गरे भन्ने पहिले उजुर परी म.स.गो.बाट कारवाई चलेको मुद्दामा डिभिजन वेन्चबाट भएको ०१५।१०।२७।१ को फैसला वमोजिम पुनः ०१५।११।२६ मा अदालतमा नालेस दर्ता हुन आएको समेत उक्त भूमी सम्वन्धी ऐन, ०१५ प्रारम्भ हुनु भन्दा अगावै १० सालकै वालीमा खिचोला र वेदखली गरे भन्ने दावीको यस्तो कुरामा कानून व्याख्या सम्वन्धी ऐन, ०१० को दफा ३ अनुसार उक्त भूमी सम्वन्धी ऐन, २०२४ लागू गर्न नमिल्ने समेत हुनाले उक्त १० सालका निमित्त मोहियानीमा वादीको हक दावी पुग्न सक्ने कुनै आधार देखिन आएन ।

      १६.    तसर्थ उपरोक्त उल्लेख भएका कारणहरुबाट मोहियानीमा हक दावी नै पुग्न नसक्ने वादीको तत्काल प्रचलित अ.व.१०६ नं. ले प्रस्तूत नालेसै लाग्न नसक्ने समेत हुँदा खारेज हुने ठहराई जिल्ला अदालत महोत्तरीले १९।३।१९।३ मा छिनेको ईन्साफ मुनासिव ठहर्छ । ईन्साफ तहकिकात गरेको शुरु जलेश्वर ईलाका अदालतको सदर गरि ०२१।५।५।५ को डिभिजन वेन्चले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसिल बमोमिज गर्नु ।

 

तपसिल

प्रतिवादी देहायका मानिस के शुरु जलेश्वर ईलाका अदालतको ०१८।१।४।१ को फैसलाले गर्ने गरेको देहाय वमोजिम जिल्ला अदालत महोत्तरीको १९।३।१९।३ को फैसलाले नलाग्ने निजहरुलाई फिर्ता दिने समेत गरि ०१९।३।२८।१ मा जलेश्वर ईलाका अदालत मा लगत दिएको कायमै राखि कानूनको रित पुर्‍याई उक्त महोत्तरी जि.अ.को फैसला अनुसार गरि असूल भई सकेको फिर्ता बाँकीको लगत कट्टा गरि दिनु उक्त महोत्तरी जि.अ.को ०१९।३।१९।३ को फैसला बमोजिम लगत काटी जलेश्वर ई.अ.को १८।१।४ को फैसला बमोजिम लगत कायम राख्नु समेत भनी डिभिजन बेन्चको २१।५।५।५ को फैसला बमोजिम का.द.त.मा २१।५।२५।४ मा लगत दिएकोमा सो अनुसार गर्नु पर्दैन उक्त डिभिजन बेन्चको फैसला बमोजिम लगत काटी दिनु समेत भनी हालको महोत्तरी जि.अ.लाई लेखी पठाउन समेत का.श्रे.अ.त.मा लगत दिनु ........................१

प्र.रुद्रनारायण यादवके जरिवाना रु ३५।

प्र.हरिनारायण यादव के जरिवाना रु ३५।

वादी रधुनन्दन यादव के जिताउरी रु २।

वादी रघुनन्द यादव के वढि जग्गा दावा गरेमा भनि जलेश्वर ई.अ.को १८।१।४।१ को फैसलाले गर्ने गरेका दण्ड रु ५। नलाग्ने हुँदा असुल भई सकेको भए फिर्ता बाँकी हाल भए लगत कट्टा गरि दिनु भनी हालको महोत्तरी जि.अ.मा लेखी पठाउन ऐ...............२

ऐ ऐ के निजको नालेस खारेज भए वापत मानिसलाई जिल्ला अदालत महोत्तरीको १९।३।१९।३ को फैसलाले गर्ने गरेको दण्डको लगत कायमै देखिनाले अरु केही गर्नु पर्दैन ................३

म्यादमा हाजिर भई पैरविमा रहेका निवेदक प्रतिवादी हरीनारायण यादव १ जना २ को देहाय बमोजम जम्मा रु ६०।७२ वादी रघुन्दन यादवबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दरखास्त दिएमा दस्तुर केहि नलिई बराबरका दरले भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ......................४

निजहरु तर्फबाट रहेका विद्वान वरिष्ट अधिवक्ताको सर्वोच्च अदालत नियमावली २०२१ को नियम २४ बमोजिम भरी पाउँने वकिल फि रु.२५ निजले मुद्दा रिभिजन गराउदा २३।१२।२२।३ मा दाखेल गरेको कार्टफी ऐन, २०१७ को दफा १८ (४) बमोजिम भरी पाउँने कोर्टफी रु.३५७२

नियम बमोजिम मिसिल बुझाई दिनु .........................५

 

इति सम्वत् २०२४ साल भाद्र २३ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु