निर्णय नं. ३८२ - आयस्ता दिलाई पाउँ

निर्णय नं. ३८२ ने.का.प. २०२४
फुलवेन्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
न्यायाधीश श्री रंगनाथ उप्रेती
निवेदक : का.ई.भाटभटेनी बस्ने तारकजंग शाहाको सकार गर्ने मदनबहादुर शाहा ।
बिरुद्ध
रेस्पोण्डेण्ट : डल्लु वाहुन गाउँ बस्ने नरध्वज शाहाको सकार गर्ने कृतिध्वज शाहा
मुद्दा : आयस्ता दिलाई पाउँ ।
(१) २००८।२७ को इश्तिहार म्याद भित्र नाउँसारी गराउनु पर्ने ।
(२) कस्तो चिठ्ठीलाई प्रमाणिक मान्न नहुने ।
९५।५।१० को चिठ्ठीको हकमा नरध्वज कै हस्ताको हो भन्न नसकी अरु कसैलाई लेख्न लगाइ पठाएको समेत के हो यसै भन्न सक्दीन भनेको समेत देखिएको । यदि सो चिठ्ठीहरु प्रतिवादि नरध्वजले वादिलाई लेखेको सद्दे नै ठरहेका खण्डमा पनि २००९।८।२७ को सदर इस्तिहार बमोजिम म्याद भित्र वादिले आफ्नो नाउमा नामसारी गराइ आफूले भोग तिरो गर्न समेत नसकी प्रतिवादि कै दर्ता भोग तिरो कायम रहेको । सो मौजामा कानून बमोजिम रितपूर्वक अरु कुनै लिखत सबुद समेतको अभावमा सो घरायसी चिठ्ठी सम्मका आधारले वादिको हक कायम हुन नसक्ने हुनाले सो चिठिहरुलाइ मौजा हक वेहकको कुरामा प्रमाणिक मान्न नमिल्ने समेत हुँदा सो तिलकपुर मौजाको हकमा पनि मेरो हकको भन्ने वादिको भनाइ कायम हुन आएन ।
(प्रकरण नं.१२)
(३) हकै नभएको मौजाको वाली भराई पाउँ भन्ने मुद्दा लाग्न नसक्ने, खारेज हुने ।
पतेनी र तिलकपुर दुवै मौजामा वादिको हक देखिन नआए पछि हकै नपुग्ने मौजाको आयस्ता विगो भराइ पाउँ भन्ने दाबीको वादीको प्रस्तूत नालेस तत्काल प्रचलित अ.वं.१०६ नं. ले लाग्न नसक्ने हुँदा खारेज हुने ठहराएको सम्म ०२१।१०।१२ को डिभिजन वेन्चको मुनासिबै ठहर्छ ।
(प्रकरण नं.१३)
निवेदक तर्फबाट : प्लिडर लवदेव भट्ट
विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
फैसला
१. क.प.प्रेमजंग शाह संग ७६।६।२२।१ मा बुबा क.प.गुरुप्रसाद शाहलेराजीनामा गरि लिएको पतेनी विगहटी कं.रु.१८७।।।ऽ।।।३ र तीलकपुर विगहटी १२४।।द्र३ दस्तुर समेत जम्मा लगत कं.रु ३१४द्र।।।१ बुझाउने जिम्दारी वुवा छउन्जेल वहांले र १ मा वुवा परलोक भई मेरो हक भएको । बुबाकै पाला देखि सो मौजाको मैनेजरी खान्गी रु १२००। दिने लिने कबुल भई ठाइला बुबा नरध्वज साहलाई कारिन्दा राखि सो मौजा भोगी आएको । सो मौजाको आयस्ताबाट खांगी रु १२००। कटाई बाँकी देशी नोट बुझाउने गर्नु भएको थियो । ०८ सालमा एउटा मौजामलाई देउ भन्नु भएकोमा दिने ईच्छा भएन । नदिईएको रीसले ०९ साल देखीको आयस्ता अड्काउ गरेमा कामदाम गर्ने अर्को मानिसलाइ दिई ०९।१०।११ साल ३ को हरहिसाव दिलाई पाउँ भन्ने मैले उजुर दिएको मुद्दा ०१४।८।२ मा स.अ.बाट विगो खुलाइ नालेस गरेको नदेखिएको भनि खारेज गरेकोले यो नालेस गरेकोछु । ०९ साल देखि १४ साल तक वर्ष ६ को आयसता धान मुरी ७०६०।१० को विगो भा.रु.७०६०५। प्रतिवादि संग भराइ पाउँ भन्ने समेत वादि ।
२. पतेनी मौजा १० सालमा नारायण जंगलाई विक्री गरि मैले सकारदा मलाइ दिएको राजिनामा आयस्ताको लवज नभई पतैनिको मोल बुझेको । आयस्ता बाँकी राखी मौजा दिए भन्ने कुरै झुट्टा हो । ३ साल भन्दा बढी बाली बाँकीमा दावी गर्न नहुनेमा ६ सालको दावी गरेको । सुर्खेतमा १० देखि २० मुरी सम्म उब्जा हुन्छ । सबैतिर जमिन कमाउन असमर्थ भएकोले चौविस विगाहा सम्म जिम्मादारको भोग भएको । १३ सालको नापी बुझे देखिने । वाली राम्रो भएमा २।।३ सय मुरी सम्म उब्जा हुने । गुमस्ता दिएको कागज प्रमाण दिनु पर्ने । सत्य कुरा के भने पतेनी मौजा दाजुका नाउमा खरिद भई दाजु कै नाउमा दर्ता भई दाजुका शेष पछि मालका फैसलाले ८२ साल देखी मेरो नाउमा वाहाल भएको । अ वं.११।१११ नं.जग्गा पजनि को ७ नं. बमोजिम उजुर दिई वदर गराउनु पर्ने । २००० सालमा अर्काको नाउमा दर्ता रहेको जिम्दारी आफ्ना नाउमा दर्ता नगरे जस्को दर्ता छ उसैको हुन्छ भन्ने ईस्तीहार जारी भएकोमा आफ्ना नाउमा गराई लिन नसकेबाट डं.स.२० नं. ले ईस्तीहार वमोजिम हुने । खान्गी बुझेको भर्पाइ र कबुलियत पनि हुनु पर्ने । देवानीमा परेको मुद्दामा यिनै मौजा छाडी रु.१५००। दिई मिलापत्र गरे टंटा हराउने थियो भनी रु १५००। दिएको मोफतै गएको छ । सो लेखबाटै तिलपुर मेरो र प्रतिनी मौजा वादीको कायम भई वादीको पतेनी नारायण जंगलाई विक्री गर्दा मैले थामी लिएको । सो कागज फैसलावाट जिति पाएको । १० सालमा राजिनामा भएको जग्गाको १४ सालको वाली दावी गरेको फजुल देखिएको र मौजा मेरो नाउमा भएकोले ३५ दिन भित्र जग्गा र वाली दुवैमा उजुर गरेको गर्नु पर्ने । सो वालीको मात्र उजुर गरेको खारेज हुनु पर्ने । त्यसो हुँदा झुट्टा दावीवाट फुर्सत पाउँ भन्ने समेत नरध्वजको प्रतिवादी ।
३. वादीले हर हिसाब दिलाई पाउँ भन्ने दिएको मुद्दामा विगो खुलाएको नदेखिएकोले अर्को नालेस परेमा ऐन बमोजिम हुनेनै हुँदा खारेज हुन्छ भनि अपिल गर्दाको कोर्टफी फिर्ता पाउँने गरि सर्वोच्च अदालत डिभिजन वेन्च बाट फैसला भएको प्र. मी.वाट देखिएको । सो म्याद थमाई नालेस परेको देवानीमा परेका मुद्दामा पेश भएको । सो दुवै मौजा ७९ सालमा वादीको बाबु गुरुप्रसादले प्रेमजंबाट राजिनामा लिई निजका नाउमा दर्ता भएको । निज परलोक भएपछि प्र.नरध्वजका नाउमा दर्ता भएको । ९१।९५ सालका चिठ्ठीबाट वादि कै हक झल्काएको र वादीले विक्री गर्दा दर्तावाला प्र.ले नै सकारेकोबाट प्र.को दर्ता भए पनि वादिको हक मानेको भन्नुपरी पतेनी मौजा वादीको र तिलकपुर प्रतिवादीको हकमा कायम गर्ने । वादीले नै सर्वोच्च अदालतमा विन्तीपत्र र देवानीमा दरखास्त गरेको उक्त मिसिलबाट देखीएको । मुद्दाको टन्टा छोडाउन प्र.को छोरा शिववहादुरले वादीलाइ रु १५००। दिई कागज गरेको देखिएको । वादीको वावुबाट ८२ साल देखी प्र.का नाउमा दर्ता हुन आएको मालका वाहालीबाट र प्र.लेखाइबाट देखिएको । ९५ साल पछि वादीको हक देखाएको कुनै सबुद नआएको र दर्ता प्र.का नाउमै रहेको नजिरमा आएको १५ साल फागुण निर्णय नं. ३ पूर्ण गोविन्द र विज्ञानप्रसादको जिम्दारी नामसारी मुद्दामा २००० सालका ईस्तीहार वमोजिम आफ्ना नाउमा दर्ता गराउन नसकेको र जग्गा पजनी को ३४ नं.को म्याद नाघेकोले प्र.को हक देखिन आएको । अंश तर्फबाट प्र.वादिले वादीलाई प्रतिनी मौजा दिएको । सो विक्री हुन लाग्दा प्रतिवादीलाई लिखत गरेको । सो लिखत प.उ.अ.सम्मबाट पास हुने ठहरी पास भईसकेको र प्रतिनी वादीले हक छाड्नु अगाडि प्रतिवादीको देखाएको । आयस्ता दिएको सबुद नदेखिनाले र आयस्ता दिलाई पाउँ भन्ने तर्फ खारेज भई सर्वोच्चबाट अन्तीम फैसला हुँदा कोर्टफी फिर्ता दिने सम्म कुरालाई लिई बिगो खुलेको नदेखिएको । र फेरी उजुर परेमा ऐन बमोजिम हुने भन्ने सम्म लेखिएको । पहिले हिसाव कायम गर्न सम्म उजुर परेको । दिलाई भराई तर्फ वालीको झगडाको २० नं.अन्तरगत हुने । सो ऐनको म्याद थामेको नभई फैसला भएको म्याद सम्म थामी उजुर गरेको । फैसलाबाट वालीको झगडाको २० नं.को म्याद रहेको नहुनाले ०९।१०।११ सालको आयस्ता तर्फ सो म्याद नाघी सकेपछि त्यस पछिकोमा पतेनी बादीले विक्री गरि हक टुटी सकेको र तिलपुर हकै नभएकोले दिलाइ भराइ तर्फको यो उजुर खारेज हुने ठहर्छ भन्ने समेत १८।९।२८ को इ.अ.सुर्खेतको फैसला ।
४. ईन्साफ नै गर्नु पर्नेमा खारेज गरेकोले चित्त बुझेन भन्ने समेत वादिको सकारवाला मदनवहादुरको पुनरावेदन । फेरी उजुर गरेमा ऐन बमोजिम हुने नै छ भन्ने सर्वोच्च अदालतको फैसलामा लेखिएको । सो बमोजिम सोही अघिका सालको आयस्ता दावी गरेको नालेस खारेज गरेको फैसला वदर हुने ठहर्छ । शुरु कारवाइ गर्न सुरुमै पठाइ दिने भन्ने २०।५।२० को जि.अ.सल्यानको फैसला ।
५. जिल्ला अदालतको बदर गरि खारेज गर्ने गरेको शुरुको इन्साफ कायम गराई पाउँ भन्ने प्र.सकारवाला कृतिध्वजको पुनरावेदन ।
६. वादि तर्फबाट नारानजंलाइ विक्री गरेको जग्गा निखनी लिना निमित्त वादीले मेरो मौजा आफ्नै हक सकारेको हुँ भनि भाइ शिवध्वज मार्फत मो.रु.१०००१। पठाएकोले नारान जंलाई बुझाउनलाई बुझिलियाँ भनि रु १०००१। बुझेको ११।९।२७ को लिखत पास हुने ठहरी अघि १७।११।१३ मा प.उ.अ.डिभिजन वेन्चबाट अन्तीम फैसला भईसकेको देखिएको । सो मौजाको सो मितिभन्दा अघिको आयस्ता वादी वादीलाई प्रतिवादिले बुझाउन पर्ने गरि कबुलियत भए गरेको नदेखिएको र तिलकपुर पतेनी दुवै मौजा गुरुप्रसादको नाउमा लिएको । ८१ सालमा निज परलोक हुँदा ८२ सालमा मेरो नाउमा मौजा दाखिल बहाल भएको भन्ने समेत प्रमाणको पास मुद्दाको फिरादमा चौ.नरध्वज शाहाले लेखेको देखिनाले समेत बिपक्षी वादीको मुद्दा सकार गर्ने मदनवहादुर शाहालाई समेत राखी छलफल गर्नु पर्ने देखिनाले अ.वं.२०२ नं.स.अ.नियम बमोजिम म्याद पठाई झिकाई कानून र नियम वमोजिम पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन वेन्च को ०२१।४।१३।३ को आदेश ।
७. वादिले नारान जंलाई पतेनी मौजा विक्री गरेको रु.१०००१। को लिखत प्रतिवादीले सकार गरि सो सकार गरेको ११।९।२७ को भर्पाई पास हुने ठहरी १७।११।१३ मा प.उ.अ.बाट फैसला भएको देखिएको । र प्रतिनी तिलपुर समेत दुवै मौजा ८२ सालमा प्रतिवादीको नाउमा दाखेल वहाल भएको भन्ने सोही पास मुद्दाको फिरादमा चौ.नरध्वज साहले लेखेको देखीएको । सो दर्ता दाखिल उपर वादिले ऐन ईस्तीहारको म्याद भित्र उजुर गरि वदर गराउन नसकेको र सोही मौजाको वाली यति दरले बुझाउँला भन्ने वा मेनेजरी कारिन्दा काम गरेको समेत प्र.वादीले कुनै लिखत प्रमाणीक सबुद दिन पनि नसकेको । उक्त मौजामा वादीको आफ्नु हक पुग्ने पक्का सवुद वेगर जग्गै मेरो भनि पहिले प्रतिवादि दिएकोमा जग्गा तर्फ उजुर गर्न नसकी आयस्ता तर्फ मात्र उजुर हुनाले समेत तत्काल प्रचलित अ.वं.९९ (क) नं. ले नलाग्ने हुँदा त्यस्तो नलाग्ने नालेस लिई फैसला गरेको सुर्खेत ई.अ.को र नलाग्ने नालेसबाट कारवाइ किनारा गरेको सल्यान जि.अ.को समेत इन्साफ गल्ती ठहर्छ, भन्ने ०२१।१०।१२।२ को डिभिजन वेन्चको फैसला ।
८. सो उपर चित्त बुझेन दोहर्याइ पाउँ भन्ने वादि तारकजंको सकार गर्ने मदनबहादुरको निवेदन परेकोमा तत्काल प्रचलित अ.वं.९९ (क) प्रस्तुत केशमा प्रयोग हुन आउने अवस्थै नभएको । अ.वं.९९ नं.को कुरालाई लिएर अ.वं.९९ (क) नहुन गएको रहेछ कि भन्न मुद्दाको रुप हेर्दा त्यस्तो अवस्थाको देखिन नआई हक वेहकमा निर्णय दिन पर्ने नै मुद्दाको रुप देखिन आउँछ । र वादि ताकरजंको बाबु गुरुप्रसादका नाउबाट ८२ सालमा प्र.नरध्वजका नाउमा दर्ता वहाली हुँदा त्यस वखत सम्म सगोल भएको भन्ने कुरा नरध्वजकै प्रतिवादि लेख भए पछि दर्ता बदर गराउन नसकेको भन्ने समेतको सर्वोच्च अदालतबाट हक वेहकको बुंदा लेखिएको पनि मिल्न आएको देखिंदैन । तसर्थ पेश गरेका चिठ्ठी समेतका कागजातहरु सद्दे किर्ते र हक वेहकको निर्णय दिनु पर्नेमा यस किसिमले खारेज गर्ने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिंदा दोहर्याउन आदेश बक्सनु पर्ने भनि न्यायिक समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संबिधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइ दिनु भन्ने हूकुम बक्सेको छ भनि मौसुफका प्रमुख सचिवालय राजदरवार बाट लेखि आएको ०२३।४।१४।२ को हुकुम प्रमांगी ।
९. बक्स भईआएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्यााइ लगतमा दर्ता गरि मिसिल झिकाइ दुवै पक्ष राखी फुल वेन्चमा पेश गर्नु र त्यस्तो अन्तीम निर्णय भएपछि त्यस्तो निर्णयको दुइ २ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजा धिरजका प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाइ दिनु भन्ने माननीय प्रधान न्यायाधीश ज्यूबाट भएको ०२३।४।२।४ को आदेश ।
१०. यस्मा तारेखमा रहेका दुवै पक्षका बारेस रोहवरमा रही २४।५।२०।३ मा पेश भई निवेदक वादि तर्फबाट विद्वान प्लीडर श्री लवदेव भट्टले र विपक्षी प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको वहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरियो । डिभिजन वेन्चको २१।१०।१२ को फैसलामा तत्काल प्रचलित अबं.९९ (क) नं.लगाइ खारेज गरेको हकमा सो ९९ (क) नं.प्रस्तुत मुद्दामा प्रासंगिक नभएको । र उक्त फैसलामा जग्गा तर्फ उजुर गर्न नसकी आयस्ता तर्फमात्र उजुर गरेको भन्ने उल्लेखीत वाक्यांसहरुले अवं.९९ नं.लाई संकेत गरेकोले त्यस तर्फ हेरेमा उक्त अ.बं.९९ नं. मा अन्याय भएको कलम जतीमा एकैपटक नालेस नगरि पहिले दिएको नालेसको रुप विचार गरि मात्र सो मुद्दाको स्वरुपले अरुकुरामा पछि नालेस दिने नियम लिई यति कुरा मात्र यस नालेसबाट दिलाई भराइ वा सजाय गरि पाउँ भनी अर्थात् जग्गा र बालीको समेत नालेस दिनु पर्नेले साउँमा मात्र वा व्याजमा मात्र नालेस गरि अरु कुरामा पछि नालेस दिउँला भन्ने ईत्यदि किसिमको वादी दिन र सो वादीमा छुटेको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन पाउँदैन भन्ने समेत उल्लेख भएको । प्रस्तुत मुद्दा हेर्दा त्यस किसिमको देखिन नआई ७९।६।२२ मा बुबा गुरुप्रसादले प्रेम जंसंगराजीनामा लिई बुबा छउन्जेल बुबाको र बुबा परलोक भएपछि मेरो हक भएको सुर्खेत तिलकपुर पतेनी मौजा २ मा कारिन्दाको तवरले राखी काम गराई आएको प्रतिवादी नरध्वजले ०९।१०।११ सालको आयस्ता हरहिसाव नदिएकाले दिलाई पाउँ भनि यिनै वादिले यिनै प्रतिवादि उपर पहिला दिएको हरहिसाव मुद्दामा सो मौजे मेरो हक भएकोले आयस्ता हरहिसाव दिनु नपर्ने भन्ने नरध्वजको प्रतिवादी परेको र सो मौजा समेतमा हक वेहक गर्नु पर्ने देखिएको भनी रा.का.दे.पै.बाट १३।२।२५।५ मा वादीको बयान गराउँदा मेरो हक कायम गराई पाउँ भन्ने वादीको दावी बयान समेत भई कारवाई चलेकोमा आखिर यो सालको यो यति दिलाई पाउँ भन्ने नभएकोले विगो नखुलेको नालेसबाट ईन्साफ गर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ । ऐन बमोजिम नालेस परेमा ठहरे बमोजिम हुने भनी अपिल पहिलाबाट १३।८।१९।२ मा र सोही सदर गरि डिभिजन बेन्चबाट १४।८।२ मा फैसला भएको आधारमा वाली विगो समेत खुलाई ०९ साल देखिकै वालीमा पुनः यो नालेस दर्ता गरेको समेत देखिएकोले उक्त अ.वं.९९ नं.प्रयोग गर्न नमिल्ने समेत हुँदा प्रस्तुत मुद्दाको निर्णयकोलागी मुख्यतः सो तिलकपुर र पतेनी मौजाहरु वादीको हकको हो होईन भन्ने कुरानै सर्व प्रथम विचार गर्नु पर्ने भएको छ ।
११. यस प्रसंगमा हेर्दा सो तिलकपुर प्रतिनी दुवै मौजा ८२ सालमा प्रतिवादी नारधोजको नाउमा दर्ता भएको भन्ने कुरालाई वादीले पनि स्विकारै गरेको देखिन आयो । पतेनी मौजाको हकमा वादीको भागमा परेको भन्ने कुरा प्रतिवादीले नै लेखेको भए पनि यिनै वादी तारकजंले नरध्वजलाई गरिदिएको भन्ने ११।९।२७ को लिखतमा हजुर ठाईला बुबा नरध्वज शाहाको नाउमा लगत नंवरी भएको । सो मेरो मौजा नारानजंलाई रु १०००१। मा विक्री गरेकोमा मेरो मौजा म आफै हक सकार गर्छु भनी भाई शिवधोज मार्फत रु १०००१। पठाएकाले नारान जंलाई बुझाउनलाई बुझी लिए भन्ने समेत बोली लेखिएको र सो लिखत रजिष्ट्रेशन पास गराई पाउँ भन्ने नरध्वजको नालेस परेकोमा सो लिखतमा रहेको वादीले जति अधिकार गर्न सक्छ उती पाउँने गरि पास गरि दिने समेत ठहराई प.उ.अ डिभिजन बेन्चबाट १७।११।१३।६ मा फैसला भई सो फैसला बमोजिम पास गरि दिनु भनी सुर्खेत ई.अ.बाट सुर्खेत माललाई १७।१२।२८ मा पत्र लेखी गएको समेत देखिन्छ । उक्त पास मुद्दामा सल्यान अपिलबाट नारान जंगलाई बुझेकोमा पतेनी मौजा तारकजं संगै मैले राजिनामा लिएकै छैन भन्ने बयान गरेकोले हक सकार गरिलिने अवस्था परेको नदेखिए पनि मैले दर्ताबाला नरध्वजबाट वादीले हक छुट्याई लिएको लिखत सबुद समेत नभई नरध्वज कै दर्ता भोग तिरो कायम रहेको सो मौजा निज नरधोजको हक गराउन हक सकार गरेको समेत अरु लिखत चाहिने अवस्था नभएको । र वास्तवमा सो मौजा आफुले हक छोडे वापत मै वादी तारकजंगले प्रतिवादी नरध्वजबाट रु १०००१। बुझी लिई ११।९।२७ मा गरिदिएको उक्त लिखतको उपरोक्त उल्लेख भए बमोजिम पास हुने ठहरेको बोलीले वादीले आफ्नो बण्डा हक छोडेको सम्म कुरालाई अस्वीकार गर्न सक्ने प्रष्टै भएको समेत हुँदा उक्त पतेनी मौजामा वादीको हक देखिन आएन ।
१२. अव तिलकपुर मौजाको हकमा विचार गरेमा बुबा गुरुप्रसाद परलोक भए पछि २ सालमा दर्ता सम्म प्रतिवादी नरध्वजको नाउमा गराएको भए पनि मौजा मेरो हकको भई दाम काम गर्न प्रतिवादी नरध्वजलाई कारिन्दाको तवरले राखी ०८ साल सम्मको आयस्ता मलाई बुझाई आएको भन्ने वादीको मुख्य भनाईछ । तर त्यसकुराको कानून बमोजिम रीत पुर्वक लिखत सबुद भने वादीले कुनै दिनसकेको देखीन आएन । आफ्नो हकको जग्गा जिमिदारी आफ्नु नाउमा नामसारी गर्नु पर्छ नाउसारी गर्न नसके उजुर लाग्ने छैन भनी २०००।।८।२७ मा सनद इस्तीहार भएको भन्ने कुरा निर्णय नं. ३ ने.का.प.२०१५ भाग १ मा प्रकाशित निबेदक पूर्ण गोविन्द समेत, विपक्षी विज्ञानप्रसादको जिमिदारी नामसारी मुद्दामा डिभिजन बेन्चबाट भएको १४।४।२३।४ को फैसलामा उल्लेख भई राखेको । आफ्नो मौजा भए उक्त सनद इस्तीहारको म्याद भित्र वादीले आफ्नो नाममा नामसारी दर्ता गराई आफुले भोग गरेको तिरो पेश गर्न सक्नु पर्ने नसकी प्रतिवादी नरध्वजकै नाउमा दर्ता कायम रहेको र निजले नै भोग तिरो गरेको समेत देखीन आएको । र प्रतिवादी नरध्वजले लेखेको ९१।२।१२ ९५।५।१० को चिठ्ठीबाट मौजा मेरो हक र मलाई आयस्ता दिने गरि आएको देखिने भन्ने समेत बादिले मुख्य आधार लिएको हकमा सो चिठ्ठीहरु अघि परेको हरहिसाब मुद्दाबाट प्रतिवादीलाई सुनाउँदा ९१।२।१२ को चिठ्ठीको हकमा चक्रबहादुरलाई लेखेको व्यहोरा देखिंदा र मौजाको नाउ पनि नभएको र सही समेत नपरेकोले वेप्रमाणिक । ९५।५।१० को चिठ्ठीको हक्का मेरो बुबाको हस्ताक्षरको चिठ्ठी होइन भनि प्रतिवादी नरध्वजको वा.शिवधोजले १३।३।६।३ मा बयान गरेको । त्यस्को प्रतिवादमा वादीले बयान गर्दा सो ९१।२।१२ को चिठ्ठीमा चक्रबहादुर लेखिएको भई नाम नमिलेको भन्ने कुरालाई स्विकारै गरेको र ९५।५।१० को चिठ्ठीको हकमा नरध्वज कै हस्ताको हो भन्ने । नसरी अरु कसैलाई लेख्न लगाई पठाएको समेत के हो यसै भन्न सक्दीन भनेको समेत देखिएको । यदी सो चिठ्ठीहरु प्रतिवादी नरध्वजले वादीलाई लेखेको सद्दें नै ठहरेको खण्डमा पनि २०००।८।२७ को सदर इस्तीहार बमोजिम म्याद भित्र वादीले आफ्नो नाउमा नामसारी गराई आफुले भोग तिरो गर्न समेत नसकी प्रतिवादी कै दर्ता भोग तिरो कायम रहेको सो मौजामा कानून बमोजिम रितपूर्वक अरु कुनै लिखत सबुद समेतको अभावमा सो घरायसी चिठ्ठी सम्मका आधारले वादीको हक कायम हुन नसक्ने हुनाले सो चिठ्ठीहरुलाई मौजा हक बेहकको कुरामा प्रामाणिक मान्न नमिल्ने समेत हुँदा सो तीलकपुर मौजाको हकमा पनि मेरो हकको भन्ने वादिको भनाई कायम हुन आएन ।
१३. वादीको बण्डामा परेको भन्ने कुरा प्रतिवादीले नै स्वीकार गरि राखेको पतेनी मौजाका हकका ११।९।२७ मा मात्र वादीले हक छोडी लिखत गरिदिनु भन्दा अगाडी ०९।१० सालको आयस्ता वालीमा समेत वादिको दावी भएपनि ०९।१० सालको आयस्ता वाली वादिले पाउँनु पर्ने बाँकी भए अगाडिको सो हरहिसाब नमिलाई ११।९।२७ मा रु १०००१। मात्र लिई मौजा हक छाडेको उक्त लिखत गरि दिनु नपर्ने हुनाले त्यस तर्फ अरु शंका गरि रहनु परेन । तसर्थ उपरोक्त उल्लेख भए बमोजिमका कारणहरुबाट सो पतेनी तिलकपुर दुवै मौजामा वादिको हक देखिन नआए पछी हकै नपुग्ने मौजाको आयस्ता विगो भराई पाउँ भन्ने बादीको दावीको प्रस्तुत नालेस तत्काल प्रचलित अ.वं.१०६ नं. ले लाग्न नसक्ने हुँदा खारेज हुने ठहराँएको सम्म २१।१०।१२ को डिभिजन बेन्चको मुनासिबै ठहर्छ । उक्त डिभिजन बेन्चले तत्काल प्रचलित अ.वं.९९ (क) नं.प्रयोग गरेको बुंदा मिलेको देखिएन । डिभिजन बेन्चको फैसलाको बुंदामा परिवर्तन भई पछि बुझिएको समेतबाट खारेज भएकोले इन्साफ दोहर्याएमा निवेदक वादीलाई लाग्ने कोर्टफी २४।२।२१।१ मा दाखिल भई सकेको हुँदा अरु केही गर्नु पर्दैन । निवेदक वादी मदनबहादुर के सुरु फैसलाले गरेको दण्ड रु.८४७।२३ लाग्ने हुँदा दण्डको लगत कायमै राखनु । डिभिजन बेन्चको २१।१०।१२ को फैसला बमोजिम लगत कट्टा गर्नु पर्दैन भनि सु.जि.अ.लाई लेखि पठाउन का.श्रे.अ.त.मा लगत दिई नियम बमोजिम मिसिल बुझाई दिनु ।
ईति सम्बत् २०२४ साल भाद्र २७ गते रोज ३ शुभम् ।