निर्णय नं. ११८-१ - जग्गा बाली

निर्णय नं. ११८ (क) ने.का.प. २०१८
डिभिजन बेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
अं. नं. ३३५
अपीलाट, प्रतिवादी : हिरामान श्रेष्ठ
विरुद्ध
विपक्षी, बादी : रत्नकुमारी श्रेष्ठनी
मुद्दा : जग्गा बाली
(१) जग्गावालाको हक छुटाउने बदनियत चिताएको देखिएमा र ३ सालको बाली समेत नबुझाई बाँकी राखेमा बादीले मोही पजनी गर्न पाउने र बाँकी राखेको बाली समेत बुझाउनु पर्ने ।
.... सालको तिरो धान मुरी ५।५ को दामासाहीले जग्गा रोपनी ६।ऽ।।। को हुने साल १ को तीरो धान मुरी ३।९।५।६ को साल १ को तिरो धान मुरी ७।४।४।५ को रु. ३१।१५ मालले बुझी गरी दिएका रसिदबाट देखिएकोले त्यसको दामासाहीले सालको रु. १४।६७ प्र. हिरामानले सालमा कुत तिर्नु बुझाउनु पर्नेमा नबुझाएबाट वादीले बुझाएको ३,४ र ५ सालको साल ३ को जम्मा रु. तिरो ४४।१ र सोही साल ३ को जम्मा मुनाफा धान मुरी १०।९।१। को बादी दावी बमोजिम रु. १ को धान १।२ का दरले हुने मोहरू १६७।३१।१ समेत जम्मा बिगो रु. २११।३२ प्रतिवादी हिरामानले बादी रत्नकुमारीलाई तिर्नु बुझाउनु पर्ने ठहर्छ । आफ्ना नाता पर्ने बादीको सो जग्गै बादीको हक छुट्याउन प्रतिबादीले आफ्ना नाउँमा मालमा दर्ता गराएकोमा पछि बदर भएको ०३।४।११ का मालबाट फैसला भएकोबाट प्रतिबादीबाट बदनियत चिताएको देखिने र बुझाउनु पर्ने कुत तिरो बाली समेत ३,४ र ५ साल ३ को नबुझाई बाँकी समेत राखेकोले समेत मोही पजनी गर्न पाउँछ ।
(प्रकरण नं. ९)
फैसला
१. अन्यायवाला हिरामानको बाबु पृथ्वीमानसंग श्यामकृष्णले बालाज्यू अम्बलको कालीप्रसाद पल्टनको मे. ज. सेर शम्शेरको खान्गिमा दरिएको लखुपाताल भन्ने खेत जग्गा मध्ये धान मुरी ७।४।४।५ गहुँ ।३।३ ध्यू रु. ।६९।२ तिरो लागेको जग्गा र सोही जग्गामा बनेको आधा झिंगटि छानो भएको १ नाले पक्की समेतको ४ केवले घर समेत मोहरू १०५१। मा ७९।११।२४ गते पास राजिनामा गराई लिएको । सो घर जग्गा मध्ये निज पृथ्वीमानको घर बगैंचा केहरमानका घरबारी देखि दक्षिण तर्फको पर्खालले घेरिएको बारीको सालको तल्सीङ बोटी धान मुरी ५।५ गहुँ पाथी ।२ ध्यू रु. ।५० र नाफा बोटी धान मुरी ५।५ समेत जम्मा धान मुरी १०।१० मध्ये तिरोको हकमा हिरामानले नै बुझाउने नाफा बोटीमात्र निज श्यामकृष्णले लिने समेत व्यहोराको ८२।३।१७ मा हिरामानको कबुलियत गराई घर जिम्मा जग्गा समेत मगनिमा कमाउन दिएको । निज मरेपछि निजका स्वास्नी उत्तरकुमारीले हाल नापजाँच ठहर रोपनी ६ऽ ।। को धान मुरी ७।४।४।५ गहुँ ।३।३ घ्यू रु. ।६९।२ तिरो लागेको जग्गा निजसँग मैले मोहरू १०५१ मा ८६।११।२८ मा मलाई राजिनामा गरी दिई हिरामानको सो कबुलियत सौंपी दिएको । सो जग्गाका सर्भे बालाज्यू २१३ नं. मौजाबाट नापी हुँदा ।६ऽ।। रोपनी कायम भई मोहियामा मेरो नाउँमा र मगनिया हिरामानका नाउँमा दर्ता भई मेरो हक भईसकेको जग्गामा मेरो हक छुट्टाउने नियतले का. मालमा निज हिरामानका नाउँमा दर्ता गराएको थाहा भई उजुरी दिँदा टाँसीएको म्यादमा हाजिर हुनु नभएको र मालबाट मेरा नाउँमा गरी दिने ०३।४।११ मा फैसला समेत भई दर्ता समेत भएको छ । कबुलिएत बमोजिम ३ साल देखि सरकारको तिरो समेत हिरामानले नबुझाएको र बाली काँकी समेत छलछाम गरी नदिएकोले ०३ साल देखि ०५ साल तक बर्ष ३ को धान मुरी १५।१५ को रु. १। को धान पाथी १।२ का दरले मोरु २५२ र मैले तिरेको सरकारको तिरो मोहरू ९३।४५ समेत जग्गा मोहरू ३४५।४५ दिलाई भराई जग्गा समेत पजनी गर्न पाउँ भन्ने बादी रत्नकुमारीको फिराद ।
२. बाबु पृथ्वीमानले श्यामकृष्णलाई ज. शेरशम्शेरको र नृप जंगराणाको खान्गी समेत गरी लेखिएको कुत धान १०।१० गहुँ ४ नगदी ७५ को तिरो लागेको खाली कमोद जग्गा रोपनी २५ बारी माझमा कच्ची १ तले १ नाले घर १ र काँचो इटको केही पर्खाल लागेको मात्र मोरु १०५१। मा बिक्री गरेको हो । बाबु पृथ्वीमानले हामी छोराहरू ८२ सालका बाली देखि भिन्न राखी दिएकोले निज बाबुको घर बगैंचा र केहरमानको घरबारी देखि दक्षिण तर्फको जति सबै बिक्री गरेको अं. २५ रोपनीको आधि १२।। रोपनी कमाउने गरी कुतधान १०।१० को आधि ५।५ र नाफा ५।५ तिर्ने गरी आधि जग्गा कमाउने किसिमसँग बाबु पृथ्वीमानले श्यामकृष्णलाई दिई छोराहरूलाई कमाउन दिएको । छोराको कबुलिएत गराउन होला भनी बाबुके चिठ्ठी लेखेको मात्र इन्कार गर्न नसकी श्यामकृष्णलाई मैले कबुलियत गरी दिएको हुँ । बाबु ८२ सालमा परालोक हुनु भएको । कबुलियतमा आधि कुत आधि मुनाफा बुझाउने लेखको भएपछि जग्गा पनि आधि भन्ने त्यसैबाट देखिने । ८२ सालमा हामी दाजु भाई भिन्न भएकोले यो बादीले किनेको जग्गा मध्ये हाल यो बादीले लेखेको सर्भे नापीमा ।६ऽ।। भएको कुत धान ३।४४ सालमा तिर्नुपर्ने जग्गा मैले कमाएको मलाई र अरू चन्द्रमान राजेन्द्रमानलाई यै बादीले ४ हिस्सा गरी छुट्टयाई दिई कमाई आएको । बाबुको बगैंचा बारी केहरमानको घरबारी दक्षिण तर्फ नातीमानलाई दिएकोले आधि लिने गरेको मुनाफा तर्फ धान २।८ मध्ये आधि मुनाफा १।४ र कुत ३।४४ समेत जग्गा धान मुरी ४।८।४ भई मालमा तिर्ने धान २।१६ र गहुँ ३।४ नगदी ।५१ को चाहिने रूपैयाँ तिमिसँग लिई माला तिर्ने भनी मैले कबुलियत गरी दिएको र नपुग मालमा बुझाउन पर्ने जति माग्न जाँदा नदिएकोले मैले नै बुझाई आएको । मेरै बढी परेको छ । वादी दावी बमोजिम तिर्न बुझाउन पर्ने हैन भन्ने समेत प्र. हिरामानको प्रतिवादी ।
३. मानु सम्म छुटी भिन्न भएको हो । अंशबण्डा भएको छैन । जग्गा जमीन हामीले पाएको नहुँदा सो जग्गा को को ले कमाएका छन् थाहा छ्रैन । आफ्ना दाजु प्र. हिरामनले कमाएको छ । बादीको जग्गा वादीले मलाई दिएको पनि छैन । म ९२ सालमा मानु छुटिएकोले केहि थाहा छैन भन्ने समेत इन्द्रमानको बयान ।
४. जग्गा बाली मुद्दामा मलाई केही थाहा छैन । बादी बहिनीको हक भएको जग्गा समेत दाजु प्र. हिरामान श्रेष्ठले कमाई निजैले कुत बुझाई आएको छ । वादीको जग्गा मैले कमाई आएको छैन भन्ने समेत चन्द्रमानको बयान ।
५. वादी दावीको जग्गा ६।ऽ।। प्र. हिरामानका नाउँमा दर्ता भएको देखिनाले वादी दावीको जग्गा मैले मात्र कमाएको छैन भन्ने प्र. हिरामानको जिकिर पुग्न नसकिने र अब ७ मुरी चानचुन तिरो तिरेको दिलाई पाउँ भन्ने समेत बादीको दाबी भएकोमा वादीले दाखिल गरेको कबुलियत गरी दिएमा प्रतिवादी सावितै र धान मुरी ५।५ तलसिङ नाफा बुटी धान ५।५ बुझाउँला भनी प्रतिवादीले गरी दिएको सो कबुलियतमा लेखिएकोले कबुलियत भन्दा बढी बादीले नपाउने र ४ सालको बाली प्र. हिरामानले तिरो बुझाएको रसिदबाट देखिन आएकोले ३।५ सालको कबुलियत बमोजिमको तिरो र मुनाफा ३।४।५ सालको तिरो कुत बाली समेत ३१४।३० बादीे भरी पाउने र जग्गाको हकमा रैकर हुनाले आफू खुस गर्न पाउँछौ । बादीलाई सुनाई दिने भन्ने समेत ०७।९।२१ को रा. का. दे. पै. को फैसला ।
६. पजनी हुने कबुलियत भएकोले मेरै खर्च लगाई पर्खाल लगाई बगैंचा समेत गरी आएको मेरो सो कबुलियत समेत दवाई फरेवी दावीलाई जिताउने फैसला चित्त बुझेन भन्ने मेत प्रतिवादीको अपील परेकोमा ४ सालको बाली वादी रत्नकुमारीले मालमा बुझाएको देखिएको । त्यस्तो बाली पाउँदैन भन्न मुनासिब नपर्ने हुनाले ४ सालको बाली वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ । अरू शुरुको मुनासिब भन्ने समेत ०८।२।२४ को अपील दोश्राको फैसला ।
७. अपील दोश्राको फैसलामा चित्त बुझेन । सबुद प्रमाण बुझी वादीका दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादीको अपील ।
८. यो यति रोपनीका दरले कुत बुझाउने भन्ने वादीलाई प्रतिवादीले गरी दिएको लिखित कबुलियत छैन । दाता श्यामकृष्णलाई गरी दिएको ८२ सालको कबुलियतको आधारमा वादीको दावी भएको प्रतिवादीले कमाएको जग्गा १७९ नं. को रापनी ६।ऽ।। भन्दा बढी छ भन्ने बादीले सर्पट दर्ताबाट समेत हिरामान मग्नी मोही भएको सो भन्दा बढी देखिदैन । सो ८२ सालको कबुलियतबाट जम्मा जग्गाको आधा जग्गा मगनीमा कमाई आधा जग्गा मुनाफा रहेछ भन्ने जनाउछ । लिखितबाट नृप जंगको खांगी कुत धान मुरी ३।५ र शेर सम्शेरको खांगीको कुत धान मुरी ७।४।४।५ गहुँ ।३।३ लागेको २ खांगीको जग्गा पछि सर्पट नापी हुँदा जम्मा ६ कित्ता भई नापी हुँदा जम्मा रोपनी १७।। ठहर देखिएको त्यसको । आधा ८।८।।ऽ।। जग्गालाई मुनाफा धान मुरी ५।५ कबुलियत गरेको देखिन आएको हाल सर्पट नापीबाट सो ८२ सालको कबुलियत बमोजिमको जम्मै जग्गा हिरामानले मगनीमा कमाई रहेको देखिन नआई श्रेस्ताबाट अरू भाई चन्द्रमान सुर्जमान मगनी मोही जनिएको । नं. १८० मा मोही रत्नकुमारी जनिएको मगनी मोही नै नभएको भनी दर्ता भई हिरामानका नाउँमा १७९ नं. को ६।ऽ।। मात्र दर्ता कायम देखिनाले ८२ सालको कबुलियत बमोजिमको सबै हिरामानलाई कायम नराखी अरू अरू मोही दर्ता गराई भोग गराएकोमा सो कबुलियत बमोजिमको मुनाफा बाली हिरामानले तिर्नु पर्ने भन्ने उचित नपर्ने भई जग्गाको दामासाहिले मात्र तिर्नु पर्ने हुँदा उक्त लेखिए बमोजिम देखिन आएको जम्मा रोपनी ८।।ऽ।। को वादीले दावा गरेको सालको धान मुरी ५।५ को दामासाहीले रोपनी ६।।ऽ।। को हुने मुनाफा सालको धान मुरी ३।१७।४ दरले साल ३ को धान मुरी ११।१२।४ हुने वादी दावीका दरले बिगो मोहरू १८६ प्र. हिरामानले वादीलाई तिर्नुपर्ने ठहर्छ । सो बमोजिम भराई दिनु पर्नेमा रु. २५२। भराई दिने गरेको अपीलको रायसँग सहमत नभएकोले झगडिया झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत ०१५।१२।१७ को सिंगल बेञ्चको आदेश ।
९. पेश हुन आएको यो मुद्दामा वादीको वा. मदन कृष्ण प्र. हिरामान र झिकाई आएका मोही चन्द्रमान समेत छलफलमा राखी यो मिसिल सबै हेरी बुझ्दा प्र. हिरामानले दाताको लोग्ने श्यामकृष्णलाई गरी दिएको दाताले वादीलाई राजिनामा गरी सौपेको भनेको मिसिल सामेल रहेको सो ८२।३।१७ गतेको कबुलियत नक्कलमा लखुपाताल भन्ने बालाज्यूको घरबारी मध्ये मेरो बाबुको घर बगैचा र केहेरमानको घरबारी देखि दक्षिण तर्फ पर्खाल समेत घेरेको बारी र सो बारी भित्रका घर मैले नै हेरचार गरी बस्ने गरी सो पर्खालले घेरिएको बारीको कुत तिर्नुपर्ने सालको धान मुरी ५।५ गहुँ पाथी ।२ घ्यू खानी ।५० समेत मैले नै कुत तिरी मुनाफा वापत सालको धानु मुरी ५।५ समेत जम्मा कुत धान मुरी १०। १० गहुँ पाथी ।२ घ्यू खानी ।५० समेत साल सालै बुझाउने गरी लेखिएको र नापी गोश्वाराबाट आएको जवाफमा ८२ सालमा सर्पट नापी हुँदा जम्मा ६ कित्ता भई नापी भएको मध्ये नं. १८० कित्ताको ठहर रोपनी ३= । मा हाल मोही रत्नकुमारी जनिएको र नं. १७९ को कित्तामा ठहर रोपनी ६।ऽ।। मा मोही मानकुमारी मगनी मोही हिरामान जनिएको भन्ने देखिएको । वादी तर्फका वारिस मदनकृष्णले केहरमानको घरबारी देखि दक्षिण तर्फको जग्गा वादी मोही रत्नकुमारीले जोतेको नं १८० को खेत हो भन्ने छलफलमा भन्नु भएको समेतबाट सो दाताबाट सौपि पाएको कबुलियतमा लेखिएको केहेरमानको घर बारी देखि दक्षिण लेखिएको बारी जग्गा ८२ सालको सर्पट नापीबाट ठहरेको १८० नं. को ३= को कित्ता नं. १७९ को ठहर कित्ता ६।ऽ।। समेत जम्मा खेत रोपनी ९।। ठहर भएको देखिएको । सो मध्ये १८० नं. को कित्ताको रोपनी ३ आफुले राखी बादीले १७९ नं. को ६।ऽ।। मात्र प्र. हिरामानलाई मगनीमा दिएको भन्ने सो ८२ सालको नापीबाटै देखिनाले प्रतिवादीका जिकिर अनुसार सो कबुलियतका जग्गा प्र. का अरू भाईहरूले जोतेको नदेखिएको सो कमाउन दिएको ६।।। जतिको प्रतिवादीबाट अर्को कबुलियत गराई नलिई दाताबाट सौंपी दिएको दाताको लाग्नेलाई उस बखत मगनीमा लिई गरी दिएका कबुलियतका आधारमा मगनीमा कमाउनै नदिएको जग्गा रोपनी ३ऽ को बढी दावी गरेको समेत देखिएकोले सो ८२ सालको बकुलियत बमोजिमको नापीबाट भएको नं. १७९ र नं. १८० को ठहर जम्मा जग्गा रोपनी ९।। को सालको तिरो धान मुरी ५।५ को दामासाहीले जग्गा रोपनी ६।ऽ।। को हुने साल १ को तिरो धान मुरी ३।९।५।६ को साल १ को तिरो धान मुरी ७।४।४।५ को रु. ३१।१५ मालले बुझी गरी दिएका रसिदबाट देखिएकोले त्यस्को दमासाहीले सालको रु. १४।६७ प्र. हिरामानले मालमा कुत तिर्नु बुझाउनु पर्नेमा नबुझाएबाट वादीले बुझाएको ३,४,५ सालको साल ३ को जम्मा रु. तिरो ४४।१ र सोही दामासाहीले साल १ को हुने मुनाफा कुत धान मुरी ३।९।५।६ दरले तिर्नु बुझाउन पर्ने नबुझाएको । सोही साल ३ को जम्मा मुनाफा धान मुरी १०।९।१।२ को वादी दावी बमोजिम रु. १ को धान १।२ का दरले हुने मोहरू १६७।३१।१ समेत जम्मा बिगो रु. २११।३२ प्रतिवादी हिरामानले वादी रत्नकुमारीलाई तिर्नु बुझाउनु पर्ने ठहर्छ । आफ्ना नाता पर्ने वादीको सो जग्गै वादीको हक छुट्टाउन प्रतिवादीले आफ्ना नाउँमा का. मालमा दर्ता गराएकोमा पछि बदर भएको ०३।४।११ का मालबाट फैसला भएकोबाट प्रतिवादीबाट बदनियत चिताएको देखिने र बुझाउनु पर्ने कुत तिरो बाल समेत ३,४ र ५ साल ३ को नबुझाई बाँकी समेत राखेकोले समेत वादीले मोही पजनी गर्न पाउँछ । अरू तपसीलका कुरामा तपसील बमोजिम गर्न तहसील लगत दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीबाट वादीले भरी पाउने ठहरेको बिगो मोहरू २११।३२ र सो बिगोमा लाग्ने कोर्ट फी मोहरू ११।१३ र समन् दस्तुर ।६२ र वादीको अपीलमा लागेको लिका दस्तुर जम्मा २२३।७ प्रतिवादीबाट वादीले भरी पाउनेमा वादीले बढी दावी गरेको ठहरेकोले प्रतिवादीको अपीलमा लागेको लिफा टिकटको ।८२ पैसा आधा बादीबाट प्रतिवादीलाई दिलाउनु पर्ने हुँदा आधा पैसा कटाई बाँकी रहेको २२३।६६ पैसा भराई माग्न ऐनका म्यादभित्र वादीले दरखास्त दिन आए ऐनबमोजिम प्रतिवादीबाट वादीलाई भराई दिनु .................१
वादीले बढी दावी गरेको ठहरेकोले वादीको बाँकी रिपोर्ट फी जफलत गरी आम्दानी बाध्नु । माथि लेखिए बमोजिम हुने भएकोले ०७९।२१।१ को देवानीको र ०८।२।२४।५ को अपीलको फैसला बमोजिम वादी प्रतिवादीलाई केही गर्नु पर्दैन लगत काटी दिनु । शुरुको अपीलको इन्साफमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम भई केही उल्टी भएको त्यसको सूचना रजिष्ट्रार अफिसमा दिनु .....................२
इति सम्वत् २०१७ साल मार्ग ७ गते रोज ३ शुभम् ।
§ २०१७ सालको सत्यप्रसाद सैंजु विरुद्ध दयालक्ष्मी भएको कर्तव्य ज्यान मुद्दाको पनि निर्णय नं. ११८ रहेको र यस हिरामान श्रेष्ठ विरुद्ध रत्नकुमारी श्रेष्ठनीको जग्गा बाली मुद्दाको पनि नि.नं. ११८ नै हरेको हुँदा सोही अनुसार राखिएको छ ।