निर्णय नं. १२५ - जग्गा
निर्णय नं. १२५ ने.का.प.२०१८
फुलबेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट क्षेत्री
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
फु. ठा. नं. ७६०
निवेदक, वादी : मानकुमारी
विरुद्ध
विपक्ष, प्रतिवादी : हरिबहादुर प्रधान
मुद्दा : जग्गा
(१) बेगर सबुदले, फैसला कायम ठहरेको कुत भन्दा बढी लिन नमिल्ने ।
जग्गा बढाई दिएकोबाट फैसलाले पाउने भन्दा बढी कुत लिने दिने गरेको भन्ने सबुद दिन प्र. हरिबहादुरले नसकेको । मुद्दा परी फैसलाले कायम ठहरेको कुत ५०। भन्दा बढी लिन पाउने सबुद बेगर बढी कुत लिन पाउँछ भन्न नहुने
(प्रकरण नं. ४)
(२) कस्तो कबुलियत प्रमाण नलाग्ने ?
प्र. का जिकिर बमोजिम ९०।१०।११।४ का कबुलियत बमोजिम मो. रु. ५। कुत लिन पाउने हुन् कि भन्न डिल्लीबजार बस्ने हाकुभाजु पुनबीर १ कान्छा भन्ने हर्कमान महर्जनले गरिदिएको ९०।१०।११।४ को कबुलियत मुद्दा छलफल बहस हुँदा प्र. हरिबहादुरले सक्कल कबुलियत लेखत यही हो यसबाट रु. ५। खास मैले पाउनु पर्छ भनी पछाडी पट्टी स. जं. को छाप लागेको लेखत देखाउनु भएबाट सो देखाउनु भएको सक्कल लिखत हेर्दा सो सक्कल लिखत कबुलीयतको ८।९ हरफमा (आ. मै. त. ) १२ हरफामा (छ) १३ हरफमा (५०५ पाँच) १६ हरफमा (५) मितिमा (९०) समेत अक्षर अंक पुरापुर सच्याएको र मितिको (माघ ११।४) भन्ने अक्षर अंक र उक्त पेट व्यहोरामा सच्चिएका अंक अक्षर समेत बेगल मसिले सच्चाई लेखेको । उक्त सचिएका ५। को अंक अघि ४ अंक अक्षरले लेखिएमा त्यसैलाई सच्चाई ५ गरेको स्पष्ट देखिएको । जुन कबुलियत लेखनबाट मैले रु. ५ पाउनु पर्छ भन्ने प्र. हरिबहादुरको जिकिर हो, त्यही लिखत शुरु मुख्य अंक नै सच्चाई प्रष्ट देखिँदा देखिँदै त्यस्तो ऐनले प्रमाण नलाग्ने ।
(प्रकरण नं. ४)
३. घरायसी टिप्पणी स्याहा प्रमाण मान्न नहुने ।
त्यसपछिका रु. ५। बुझाएको टिप्पणी स्याहा प्रमाण लाग्न आउँछ भन्न नहुने । मैले रु. ५०। बुझाएकोमा रु. ५ मा सहीछाप गराएकोमा अंक अक्षर नजान्ने निअक्षरी भन्ने वादीले लेखेको । त्यस्तो निअक्षरीलाई प्र. हरिबहादुरले आफ्नो सबुद प्रमाण पुर्याउन सक्छु कि भनि खडा गरेको घरायसी टिप्पणी स्याहा मान्न नहुने ।
(प्रकरण नं. ४)
निवेदक तर्फबाट : प्लीडर पूर्णनारायण
फैसला
१. यसमा मैतिदेवी घट्टेकुला देखि दक्षिण पट्टी सडक किनाराको अं. जग्गा = पर्तिमा ८८ सालमा रैकर दर्ता गराउन एगृकल्चरमा दर्खास्त दिँदा हिरामानका गुठी भित्रका जग्गा ठहरी साल १ का रु. ५०। हिरामानलाई ८८।८९ सालको रु. १। बुझाउने ठहरी दे. पै. बाट ९०।३।६ गते फैसला भएकोले रु. ५०। बुझाई आएको रसिद दिएको छैन । अहिले हरिबहादुरले जग्गा लिएँ भनी निजैले तिरो लाग्ने गरेको । लोग्ने छोरा मरे । जग्गा मेरो नाममा दर्ता भयो । कबुलियत छ । घरबाट निक्ली जा भनेकोले साविक बमोजिम तिरो तिरी छाप्रोमा बस्न पाउँ भन्ने समेत मानकुमारीको बयान ।
२. यो घर जग्गा पुजारी खान्गीको मेरो नाउँमा दर्ता भएको जग्गाको बहाल कुत मलाई नबुझाएकोले उठी जाउ भनेको हुँ । ९।९।४ गते पुनबीर ज्यापुसँग मो. रु. ४३। मा राजिनामा गरी लिई वादीको लोग्ने हाकु भाजु र कान्छा भन्ने हर्कमान ज्यापुलाई रु. २।५०। का दरले कुत लिने गरी मगनीमा दिएको । ९९ सालदेखि बाली बाँकी राखेकोले नालेस गर्ला भन्ने चलाकीले झुट्टा उजुर गरेको हो भन्ने समेत रा. हरिबहादुरको बयान ।
३. वादीका लोग्नेले गरी दिएको प्र. ले पेश गरेको ९०।१०।११। का कबुलियत र टिप्पन किताब समेत वादीलाई सुनाउदा कबुलियत यहाँ छैन । टिप्पन कितापको सहीछाप मेरो हो । रु. ।५० बुझाएकोमा होला भनी सहीछाप गरेको हुँ भन्ने वादीको बयान भएको । मौकामा उजुर बाजुर गरी बदर गराउन नसकेकाले कमाउनेको मन्जुरी बमोजिम कुत घटी बढी लिन पाउने नै हुँदा रु. ५०। बुझाउन पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । सालको रु. ५। बुझाउन पर्ने ठहर्छ भनी स. जं. गो. बाट छिनेमा चित्त बुझेन भन्ने मानकुमारीको अपील । ९०३।६ का. दे. पै. को फैसलाले रु. ।५० तिरो ठहर भएको । सो मुद्दा फैसला नहुँदा हिरामानले पुनवीरलाई गरेको । पुनवीरबाट प्र. हरिबहादुरले ९०।९।१४।५ मा रु. ४३। मा राजिनामा गराई लिएको जग्गाको हक टुंगो नलाग्दै पुनवीरलाई दिएको सदर नहुने भई प्र. हरिबहादुरले राजिनामा लिएको भनी सदर हुँदैन । ५। तिर्ने भन्ने प्रतित लायक देखिन आउन ८८ साल देखि छाप्रो बनाई भोग गरेको देखिएकोले सो जग्गाको रु. ५०। तिरो गरी वादीले खान बेहोर्न पाउने हुँदा शुरुले गल्ती गरेको ठहर्छ भन्ने समेत अपीलबाट सु. बीरसुन्दरले २००२।११।१५।३ मा छिने उपर प्र. हरिबहादुरको अपील पर्दा इन्साफ अपीलको सदर गठराई मे. ज. अर्जुन शम्शेर ज. व. रा. बाट ४०।५।३० मा फैसला भएको । त्यस उपर प्र. हरिबहादुरका बिन्ति चढाइएबाट जाहेर गर्नु भन्ने हुकुम प्रमांगी भई जाहेर हुँदा रु. ५। बुझाउँला भन्ने कबुलियत । रु. ५। बुझाएको स्याहामा मानकुमारीको सहीछाप परेको । झुक्याई गराएको सबुद गुजार्न नसकेको । पूजारीलाई सालको धान ३।६।२ प्र. ले बुझाएको देखिएकोले रु. ५। नतिरे पसल जग्गा छाडी दिनु पर्छ भन्ने समेत ६।६।२।१ मा खड्गनिशाना फैसला भएकोमा फुलबेञ्चबाट हेरी दिनु भन्ने हुकुम प्रमांगी भई आएमा यस्तो तेरो मेरा भन्ने मुद्दा हेर्न गजेट प्रकाश नभएकोले दोहराई हेर्न बाधा पर्दा जाहेर गरी पठाई जसो गर्नु भन्ने हुकुम हुन्छ, सो बमोजिम गर्ने भनी फुलबेञ्चबाट निर्णय भई जाहेर भई जाँदा, यसमा ऐन सवाल बमोजिम गरी दिनु भन्ने ०१४।७।१२।२ मा हुकुम प्रमांगी भई आएकोले यो उजुरी तामेलीमा राखी दिनु भन्ने ०१४।११।२८।३ मा फुलबेञ्चबाट आदेश भएकोमा टेकबहादुरको निवेदन पर्दा यसमा व्यहोरा साँचो भए अघि बक्सेको हुकुम प्रमांगी बमोजिम दोहराई ऐन सवाल बमोजिम गर्नु भन्ने ०१५।८।५।४ को हुकुम प्रमांगी बमोजिम दोहरीई हेरिन आएको यो मुद्दा पेश हुँदा आफूसँग भएको सबुद प्रमाण जो छ, सबै लिई ७ दिन भित्र हाजिर हुन आउनु भनी प्र. हरिबहादुरलाई झिकाई आएपछि पेश गर्नु भन्ने फुलबेञ्चबाट आदेश भएको ।
४. निवेदक टिकाबहादुर र झिकी आएका प्र. हरिबहादुर समेत राखी निवेदकको विद्वान वकिल प्लीडर पूर्णनारायणको बहस समेत सुनी हेरिएमा यो झगडा परेको जग्गाको कुत रु. ।५० कायम भई हिरामानले पाउने ठहरी राजधानी काठमाडौं देवानी पहिला फाँटबाट ९०।३।६ गते फैसला भएको । त्यसपछि जग्गा बढाई दिएकोबाट फैसलाले पाउने भन्दा बढी कुत लिने दिने गरेको भन्ने सबुद दिन प्र. हरिबहादुरले नसकेको मुद्दा परी फैसलाले कायम ठहरेको कुत ।५० भन्दा बढी लिन पाउने सबुद बेगर बढी कुत लिन पाउँछ भन्न नहुनेमा पनि प्र. का जिकिर बमोजिम ९०।१०।११।४ का कबुलियत बमोजिम मो. रु. ५। कुत लिन पाउने हुन् कि भन्न डिल्लीबजार बस्ने हाकु भाजु पुनवीर १ कान्छा भन्ने हर्कमान महर्जनले गरी दिएको सो ९०।१०।११।४ को कबुलियत मुद्दा छलफल बहस हुँदा प्र. हरिबहादुरले सक्कल बकुलियत लेखत यहि हो । यसबाट रु. ५। खास मैले पाउनु पर्छ भनी पछाडि पट्टी स. जं. को छाप लागेको लेखत देखाउनु भएबाट सो देखाउनु भएको सक्कल लिखत हेर्दा सो सक्कल लिखत बकुलियतको ८।९ हरफमा (आ. मै. त. ) १२ हरफमा (५) १३ हरफामा (५०+५। पाँच) १६ हरफमा (५।) मितिमा (९०) समेत अक्षर अंक पुरापुर सच्याएको र मितिको (माध ११।४) भन्ने अक्षर समेत बेगल मसीले सच्याई लेखेको । उक्त सच्चिएका ५। को अंक अघि ४ अंक अक्षरले लेखिएमा त्यसैलाई सच्याई ५ गरेको स्पष्ट देखिएको । जुन कबुलियत लेखतबाट मैले रु. ५। पाउनु पर्छ भन्ने प्र. हरिबहादुरको जिकिर हो, त्यही लिखत शुरु मुख्य अंक नै सच्याई स्पष्ट देखिँदा देखिँदै त्यस्तो ऐनले प्रमाण नलाग्ने लिखतले रु. ५। पाउँछ भन्न इन्साफमा लायक नपर्ने । कबुलियतमा नै प्रमाण नलाग्ने भएपछि त्यसपछिका रु. ५। बुझाएको टिप्पणी स्याहा प्रमाण लाग्न आउँछ भन्न नहुने । मैले रु. ५०। बुझाएकोमा रु. ५। मा सहीछाप गराएकोमा अंक अक्षर नजान्ने निअक्षरी भन्ने वादीले लेखेको । त्यस्तो निअक्षरीलाई भन्ने वादीले लेखेको । त्यस्तो निअक्षरीलाई प्र. हरिबहादुरले आफ्नो सबुद प्रमाण पुर्याउन सक्छु कि भनी खडा गरेको घरायसी टिप्पणी स्याहा प्रमाण मान्न नहुने हुनाले त्यही कबुलियतलाई प्रमाण मानी ६।६।२।१ का खड्गनिशाना फैसलाले मोहरू ५। बुझाउनु पर्ने भन्ने ठहरेको मनासिब नभएकाले अपीलका २००२।११।१५।३ को र सो सदर गरेको श्री मे. ज. अर्जुन सम्शेर ज. ब. रा. को ४।४।३० का फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट वादीले रु. ।५० पैसा प्र. हरिबहादुरलाई बुझाउनु पर्ने ठहराएको इन्साफ मनासिब छ । सो फैसलाबाट भएको दण्ड जिताउरी खड्गनिशाना फैसलाले लगत काटेको नदेखिई कायमै रहेको हुँदा हाल केही गर्नु पर्दैन । उल्टीमा भनी देहाय बमोजिम गरेको जरिवाना नलाग्ने हुँदा असूल भए फिर्र्ता, नभए काटी दिनु भनी तहसीलमा लतग दिई मिसिल नियम बमोजिम बुझाई दिनु ।
देहायका मानिस के प्रधान न्यायालय तेश्रा का ६।८।२९ का पर्चा र अ. त. दे. का ६।१२।१६ का लगतले लागेको देहायको जरिवाना –
प्र. न्या. ते. का उस बखतका का. मु. अ. मि. सु. रंगनाथ उप्रतीके जरिवाना मो. रु. –१।
अपील पहिलाका देहायका मानिस के जरिवाना १।
सु. बीर सुन्दर श्रेष्ठ के ।५०
अ. ख. नारायणप्रसाद तिमीलसिना के ।२०
इति सम्वत् २०१७ साल माघ ४ गते रोज ४ शुभम् ।