शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४३८ - अंश

भाग: २३ साल: २०३८ महिना: जेष्ठ अंक:

निर्णय नं. १४३८     ने.का.प. २०३८                        अङ्क २

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३५ सालको देवानी विविध नम्बर ४३

फैसला भएको मिति : २०३७।११।२७।३ मा

निवेदक : जिल्ला वारा भरवालीया गा.पं. वडा नं. ३ बस्ने केदार सा कानु

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने रामानन्द सा कानु

मुद्दा : अंश

(१)   वादी प्रतिवादीका बीचमा आफ्नाफ्ना नाउँमा जग्गा दर्ता रहे भएको र वादीले नै प्रतिवादी मध्येका...लाई भिन्न भएको भाइ भनी वारेसनामा दिएको समेतबाट वादी प्रतिवादीहरू आपसमा बण्डा गरी अलगअलग बसेका रहेछन भन्ने कुरा प्रष्ट देखिन्छ । यस्तो अवस्थामा अंशबण्डा भएको छैन भनी वादीको दावी पुग्न सक्ने नदेखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

फैसला

            प्र.न्या. नयनबहादुर खत्री : म.क्षे.अ.को इन्साफ जाँच गरिपाउँ भनी निवेदकले चढाएको बिन्ति पत्रमा इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट ०३५।२।२५।४ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : रामवृच्छको जेठा छोरा म माहिला केदार कान्छा किसनुदेव समेत ३ छोरा पिता मातासमेत ५ अंशियार सँगोल मै छौं । ०३१।१।१ गते देखि अन्न लुगा समेत लगानी गर्ने भाइ केदारले नदिएकाले ५ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी ।

            ३.    वादी दावी बमोजिम हामी अंशियार अंश नभई जेठा छोरा रामानन्द दोकान बीरगन्जमा र खेति लगानी केदारले गरी आएकाले ०३१ साल बैसाख देखि वादीलाई खान लाउन नदिएबाट नालेस गरेकोले ५ भागको १ भाग वादीलाई अंश गरीदिन हामी मञ्जूर छौ भन्ने समेत वदीयादेवि र रामवृक्षको प्रतिवादी ।

            ४.    वादी र बाबु समेतले मलाई १३ साल देखि भिन्न गरी दिएको र मेरो सम्पत्तिमा दाजु बाबु मिली झुठ्ठा जालसाज फिराद गरेको हो । वादीको बाली मुद्दामा २०२५ साल श्रावणमा भिन्न देखाई गरेको वारेसनामा छिनुवा मिलिसमा छ । बण्डापत्र पास नभए पनि आफ्नोफ्नो अंशको जग्गा दर्ता खरीद बिक्री समेत गरी आएकोमा बण्डा पास गराई रहनु पर्दैन भन्ने सिद्धान्त समेत भइसकेकोले अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवादी केदारको प्रतिउत्तरपत्र ।

            ५.    दाजु केदार ०१३ साल वैसाखमा भिन्न भएको र मलाई पनि २०२१ साल कार्तिक देखि चुलो मानो अलग गरी मेरो अंशमा जग्गा विगाहा ६१५ अंश बापत दिई बण्डा पारित गरी नदिए पनि २०२१ सालमा ७ नं. फाराम भरी नापि हुँदा आफ्नो नाउँमा दर्ता गराई लिएको सँगोल भन्ने झुठ्ठा हो । मैले फाँटवारी र अंश दिन पर्दैन भन्ने समेत किसुनदेवको प्रतिवादी ।

            ६.    अंश गरिदिने बाबुरामवृच्छा साकानुले मञ्जूर गरी प्रतिवादी दिएको मानुछुट्टिएको मिति वादी प्रतिवादी हरूमा मुख नमिलेको हुँदा फिराद दायर रहेको अघिल्ला दिन ०३१।१०।२१ गते सम्मको जम्मा मोल बिगो रू.१४११९९। जेथा धनमाल र केदार साले दाखिल गरेको ऋण रू.३८९०। र रामानन्दले गरेको ऋण रू.८३८। सो ऋण धन सबै मध्ये ५ भागको १ भाग ऋण वादीले तिर्नुपर्ने र ५ खण्डको १ खण्ड मोल बिगो रू.२८२३९। ८० चल अचल श्रीसम्पत्तिबाट ५ भागको १ भाग वादीले प्रतिवादीबाट अंशपाउने ठहर्छ भन्नेसमेत वा.जि.अ.को २०३२।७।१४।६ को फैसला उक्त इन्साफमा चित्त बुझेन भन्ने केदार साको पुनरावेदन ।

            ७.    २००० साल कार्तिक १ गते देखि मानु छुटिन र मानु जोडिन समेत रजिष्ट्रेशन पास गर्नु पर्ने कानूनले बाध्य गरेको छ । २०१३ सालमा घर सारमा भएको मानु छुट्टिएको मितिलाई कायम मान्न नमिल्ने हुनाले वादी दर्ता भएको अघिल्ला दिन मानु छुट्टि ५ भागको १ भाग वादीलाई अंश छुट्टाई दिने ठहराएको वारा जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने ०३४।३।२२।४ को म.क्षे.अ.को फैसला ।

            ८.    वादी र प्रतिवादी केदार सा कानु समेतका नाउँमा जग्गा छुट्टाछुट्टै दर्ता भएको देखिँदा वादीलाई छलफलमा अ.बं.२०२ नं. र सर्वोच्च अदालत नियमावली बमोजिम झिकाई पेश गर्नु भन्ने २०३६।७।२।६ को डिभिजन बेञ्चको आदेश ।

            ९.    यसमा निवेदक प्रतिवादी केदारप्रसाद सा कानूको तर्फबाट विद्वान अधिवक्ता श्री गणेशराजशर्मा र विपक्षी वादीतर्फका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलको बहस समेत सुनी प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीले ५ भागको १ माग अंश पाउने ठहरी शुरू वारा जिल्ला अदालतले गरेको इन्साफ सदर गरी म. क्षे.अ.बाट भएको इन्साफ मनासिव छ छैन भन्ने तर्फ नै सर्वप्रथम निर्णय दिनुपर्ने विषय हुन आएको छ ।

            १०.    पिता रामबृच्छका ३ छोरामा जेठो म माहिला केदार, कान्छा किसुनदेव र माता समेतका ५ अंशियार हौं, ०३१।१।१ मा मानु छुट्टिएको मिति कायम गरी ५ भागको १ भाग अंश पाउँ भन्ने समेत वादी ३२४ गते नै भिन्न अलग रही आफ्नाफ्ना नाउँमा छुट्टाछुट्टै जग्गा दर्ता समेत गरी आएकोले अंश दिनुपर्ने होइन भन्ने समेत प्रतिवादी केदार साको प्रतिवाद भएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरू आफ्नाफ्ना अंश भाग लिई अलगअलग भएका हुन होइन भन्ने तर्फ हेर्दा प्रतिवादी किसुनदेव साह कानुका नाउँमा जग्गा विगाह १०१०१८ र वादी रामानन्द साह कानूका नाउँमा र निजको छोराका नाउँमा समेत जग्गा १११६ जग्गा दर्ता रहेको मिसिल साथ समावेश भएको तायदायी फाँटवारीबाट देखिएको र यिनै वादी रामानन्द साहु कानूले रूपनी अहिरनीका उपर बाली भराई पाउँ भनी वारा जिल्ला अदालतमा २०२५।४।११।६ मा दायर गरेको मुद्दामा यिनै प्रतिवादी मध्येका केदार साह कानुलाई भिन्न बसेको भाइ भनी वारेसनामा समेत दिएको देखिन्छ । अंशबण्डाको ३० नं. मा...तर यो ऐन प्रारम्भ हुँदासम्म बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुटिई आफ्नोफ्नो हिसाब भाग शान्ती बमोजिम लिई पाई दाखिल खारेज समेत गराइसकेको वा बण्डाबमोजिम आफ्नोफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भन्ने समेत कानूनी व्यवस्था भइरहेको र वादी प्रतिवादीका बीचमा आफ्नाफ्ना नाउँमा जग्गा दर्ता रहे भएको र वादीले नै प्रतिवादी मध्येका केदार साहलाई भिन्न भएको भाइ भनी वारेसनामा दिएको समेतबाट वादी प्रतिवादीहरू आपसमा बण्डा गरी अलगअलग बसेका रहेछन् भन्नेकुरा प्रष्ट देखिन्छ । यस्तो अवस्थामा अंशबण्डा भएको छैन भनी वादीको दावी पुग्न सक्ने देखिँदैन । तसर्थ वादी समेतका ५ अंसियार मध्ये ५ भागको एक भाग अंश वादीले पाउने ठहराई शुरू वारा जिल्ला अदालतको इन्साफ सदर गरी म.क्षे.अ.बाट २०३४।३।२२।४ मा भएको इन्साफ उल्टी हुने ठहर्छ । अरू तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले शुरू वारा जिल्ला अदालतका ०३२।७।१४ र म.क्षे.अ.का ०३४।३।२२।४ का फैसलाले वादीले प्रतिलादीबाट भरी पाउने ठहरेको अंश कोर्टफी भराउन नपर्ने हुँदा व्यहोरा जनाई सम्पूर्ण लगत कट्टागर्नु भनी बारा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.फाँटमा लगत दिनु । प्रतिवादी केदार साह कानु के.म.क्षे.अ.मा पुनरावेदन गर्दा मिति ०३२।१२।२२ मा का.जि.अ.मा दाखिल गरेको धरौटी कोर्टफी रू.२७९।३० नलाग्ने हुँदा निजले ऐनका म्यादभित्र फिर्ता माग्न आए कानूनबमोजिम फिर्ता दिनु भनी ऐ.ऐ.मा लेख पठाउन ऐ.ऐ.मा लगत दिनु ...।

 

म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३७ साल फाल्गुन २७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु