शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५८१ - अपुताली हक कायम जग्गा खिचोला चलन ।

भाग: ४० साल: २०५५ महिना: मंसिर अंक:

निर्णय नं. ६५८१     ने.का.प.२०५५             अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्वत् २०५१ सालको दे.पु.नं... २२२६

फैसला मिति : २०५४।१२।३।२

मुद्दा : अपुताली हक कायम जग्गा खिचोला चलन ।

पुनरावेदक/वादी : जिल्ला रौतहट भेडियाही गाउँ विकास समिति वडा नं. ४ बस्ने राम नारायण राय यादव ।

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने उपेन्द्रराय यादव समेत

§  अपुतालीको महलको ८ नं. मा हकवाला वा छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरुले खान पाउने कानूनी व्यवस्था देखिन्छ । पुनरावेदक वादी मने भुतहिको भतिजा नाताको हकवाला भएको कुरामा विवाद देखिदैन । हकवाला भतिजा हुदा हुदै छोरी पट्टीको नाती प्रतिवादी उपेन्द्र राय यादवको मर्ने भुतहिको सम्पत्तिमा अपुतली हक स्थापित हनसक्ने नेदेखिदा अपुतालीको ३ नं. बमोजिम भुतहीको छोरी ज्वाइले अपुताली पाउने ठहर्‍याई शुरु इन्साफ उल्टि गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ नमिलेकोले उल्टी हुने ।         

(प्र.नं.१३)

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने

विपक्षी प्रतिवादी तर्फबाट : x

अबलम्बित नजिर : x

फैसला

            न्या. लक्ष्मण प्रसाद अर्याल : पुनरावेदन अदालत, हेटौडाबाट भएको फैसला उपर यस सर्वोच्च अदालत समक्ष पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

            २.    मूल पुरुष कोदै रायको ३ छोरामा जेठा अनुमान राय माहिला माफिला राय कान्छा बुझवन राय भइ हनुमान रायको स्वास्नी प्रतिवादी सुमगिया देवि र निज हनुमान सुभगिया लोगने स्वास्नीको छोरा प्रतिवादी जितन राय भएको मोफिल रायको छोरा म भई कान्छी बुझवन रायको स्वास्नी भुतही भइ निज बुझवन भुतहीको ज्वाई उपेन्द्र राय भएको म र प्रतिवादीहरु बाहेक सो भन्दा अघिल्लो पुरुढा स्वास्नी मानिसहरु अघिपछि गर आफ्ना आफ्ना कालगतिले परलोक भई सकेको हुन । प्रतिवादी फुदना रायको स्वास्नी बुझवन भुतहीको छोरी फुलझरीया पनि परलोक भई सकेको छ साथै सबै भन्दा पछि २०४७ साल कार्तिक १४ गतेमा मेरो कान्छी आमा भुतही परलोक भएको छ निज कान्छी आमा भुतही परलोक भएको छ निज कान्छी आमा भुतही र म प्रतिवादी सुभगी समेत अंश लिई दिई भिदै बसी आमा पनि सदा कान्छी आमाको सेवा सुसार पालन पोषण आदी मैले निजको संगसाथमा बसी गरी आएको र निज कान्छी आमा भुतही परलोक हुनु हुदा निजलाई दागबत्ति मैले नै दिई कृया बोकीश्राद्ध समेत मैले नै आफ्नो तर्फबाट खर्च लगाई गरेको छु प्रतिवादी फुदेना निज भुतहीको ज्वाई प्रतिवादी शुभगिया जेठानी जीवन, भतिजो भनेता पनि निजहरुले केही गरेको छैन सो कान्छी आमाको श्राद्ध क्रममा प्रतिवादी फुदना उपेन्द्रलाई बोलाउन आवश्यक सम्झी सूचना दिई बोलाइकोमा निज भुतहीको धेरै जसो जेय जेथा जग्गा निजको जिन्दगी नै लिइसकेको भनेता पनि केही मात्र जग्गा र घर भडेरी लिने बिचारबाट ऐनका म्याद भित्र मैले मृत्यु दर्ता गराउने नै भएकोले मैले दर्ता गराउनु भन्दा अगावै अनधिकार प्रतिवादी फुदेना रायले कान्छी आमा भुतहीको मृत्यु दर्ता मिति २०४७।७।३० गतेमा नै गुपचसप गराई लिई राखी श्राद्ध सकेपछि पैतिवादी फुदेना उपेन्द्र दुवै बाबु छोरा आफ्नो घर गई २०४७ पुष १ गतेका दिन प्रतिवादी फुदेना, पेन्द्र दुवै जना बाबु र छोरा म कहाँ आई निज कान्छी आमा भुतही देवीको घरमा आई बसेपछि तुरुन्तै त्यहा बस्न नदिने भन्ने व्यवहारिक कुरा नभएकोले केही नभनी मैले भने स्वागत साथ नै राखेको २०४७ साल पौष ३ गतेको दिन अ. १० बजेका बखत प्रतिवादी फुदेना राय उपेन्द्र बाबुछोराको कान्छी आमा भुतही देवीको आजदेखि हामीले नै भोग चलन गर्छौ यो घरमा भएको तपाईको सामान तपाईले लानुस् भनी मलाई भन्दा मैले इन्कार गरेपछ प्रतिवादी फुदेना उपेनद्रले सो कान्छी आमाको घरमा मैले राखेको धनमाल निजहरुले बाहिर झिकी सो बखत देखि सो घरमा निजहरुले आफ्नो भात भान्साको छुट्टै व्यवस्था मिलाई घरमा बसी घर घडेरी लगायत निज कान्छी आमाको नामको भेडियाही वडा नं.६ कि.नं. १४४ को जग्गा कठ्ठा  ०-३-१३ ऐ वडा नं. १ कि.नं. २०९ को तिरो नलाग्ने घडेरी ०२ सोमा भएको दक्षिण मुखको अं. १२ हात लामो १२ हात चौडा फुसको घर १ समेत दखल गरी खिचोला लगाई दिएको हुदा मैले पैतिवादीहरुको नाममा यो नालिस दिन आएको छु । मेरो साक्षी सबूद बुझी मेरो अपुताली हक कायम गरी प्रतिवादीहरुले लगाई दिउको खिचोला छुटाई घर खाली गराई चलन चलाई नम्बरी जग्गा मेरो नाममा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

            ३.    निज भुतहीको जीवनकाल देखि नै हामीले सेवा सुसार औषधि उपचार र मरेपछि सामाजिक परम्परा अनुार दाग गरी किरिया समेत बोकी भोग भात समेत गरिएको हुनाले निज भुतहीको नाममा फिरादमा उल्लेखित भएको घर घडेरी जग्गा मेरो अपुताली पर्ने स्पष्ट छ विपक्षी वादीले षडयन्त्र गरी जालसाजी झुटा वारदात २०४७।९।३ को बनाइयो । झुटो नालेश गर्नु भएकोले मेरो साक्षी सबूद प्रमाण बुझी वादीको झुटा दाबीाट फुर्सद गरी पाउ भन्ने समेत व्यहोराको पैतिवादी सुभगिया देवी प्रतिवादी जीतन राय १ समेत जना २ को प्रतिउत्तर पत्र ।

            ४.    म प्रतिवादी उपेन्द्रको बजैको नाम दर्ता भई अएको जग्गा मध्ये भेडियाही पञ्चायत वडा नं. १ कि.नं. २६२ को ०० ऐ. कि.नं. २७६ को ०१० ऐ. कि.नं. ९९ को ०१५ ऐ वडा नं. ६ कि.नं. ५६ को ०२ समेतको जग्गा हालैको बक्सपत्र मेरो आमालाई लेखि पारीत गरी दिनु भएको थिइन् र सो बक्सपत्रमा लिने बक्स पाउने मेरो छोरीको गोता भए पनि मेरो साथ संगोलमा रही बसी मेरो सेवा सम्भार गरी आएको भनी व्यहोरा उल्लेख गरी र.नं. २३४ बाट मिति २०४३।४।२ गतेका दिन पारीत गरी दिनु भएको रहेछ । मिति २०४७।७।१४ गतेका दिन बजै भुतही पनि स्वर्गवास हुन गई निजकी दागबत्ती किरिया श्रोद्ध गरी बाकी रहन एको जग्गा मैले पूर्ववत आफ्नो कब्जामा दखलमा नै राखी भोगी आएको कुरा सर्वविदित छ । भुतहको किरिया श्राद्ध वादीले गराएको र निजको घर घडेरी वादीले भोगेको भन्ने कुरा सर्वथा झुटा हो वादीले अपुतालीको २ नं. को आधारमा नालेश गरेको हुन भुतही ग्वारीनको छोरी मेरो आमा फुल्झरीया भएको र निज मेरी सकेपछि छोरीको अस्तित्व समाप्त नहुने जाने स्थिति भएकोले फिराद दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी उपेन्द्र समेतको गरी पाउँ भन्ने समेत प्रतिवादी उपेन्द्र समेतको प्रतिउत्तरपत्र जिकिर ।

            ५.    वादीको अपुताली हक कायम दर्ता समेत हुने र उक्त घर जग्गामा वादीले प्रतिवादी फुदेन समेतबाट खिचोला छुट्टाई घर खाली गराई चलन समेत पाउने डहर्छ भन्ने मिति २०४८।१२।४ गतेको रौतहट जिल्ला अदालतको फैसला ।

            ६.    उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

            ७.    यसमा हकवाला मर्ने भुतहीको स्याहार सुसार काज किरिया गरेको देखिन आएको अवस्थामा अपुताली हकवालाले मात्र खान पाउने भनी गरेको शुरु रौतहट जिल्ला अदालतको इन्साफ विचारणीय हुँदा अ.वं. २०२ नं बमोजिम झगडीया झिकाई नियमानुसार पेश गर्नु भनने मिति २०५०।२।२६ गतेको पुनरावेदन अदालत हेटौडाको आदेश ।

            ८.    भुतही फुलझरियालाई गरी दिएको मिति २०४३।३।३१ गतेको हालैको बक्सपत्रको लिखित कैफियत महलमा फुलझरीया भुतहीको संगसाथमा बसी सेवा गरेको भन्ने व्यहोरा उल्लेख भएको हुँदा भुती छोरी ज्वाईको संगसाथमा रहेबसेको देखिएको र अपुतालीको ३ नं. ले सासुको अपुताली पाउने छोरी ज्याइले पाउने व्यवस्था भएको हुदा शुरु रौतहट जिल्ला अदालतको इन्साफ मिलेको नदेखिदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।

            ९.    मर्ने भुतही म पुनरावेदक राम नारायणको संग साथमा बसेको नदेखिएको भन्ने नै उक्त फैसलाको मुख्य निर्णयधार रहेको देखिन्छ तर उक्त फैसलाको या निर्णयधार विकुलै गलत अन्यायपूर्ण र कानून विपरित रहेको छ किनभने मर्ने भुतहीको एकामत्र छोरी फुलझरीया, भुतही मर्नुभन्दा अघि नै मिति २०४४।९।१६ मा स्वर्गवास भइसकेको र भुतही स्वर्गवास हुदा कानून बमोजिम निजको अपुताली खान छोरी नभएपछ म भन्दा नजिकको अन्य कुनै हकवाला नभएको तथ्य स्पष्ट नै छ। मर्ने भुतहीलाइ बाचुन्जेल म पुनरावेदकले पालन पोषण सेवा स्याहार सुसार र स्वर्गवास भइसकेपछि दाग बत्ति श्राद्ध काज किरिया समेत गरेको थिए भन्ने तथ्य गाउ विकास समितिले सर्जमिन समेत गराई मलाई दिएको सिफरिस र मेरो साक्षीहरुले गरे किटानी बकसपत्रबाछ समेत स्पष्टतः स्थापित भइरहेको छ । भुतहीको अपुताली हक ज्वाई फुदेना वा छोरीको छोरा नाती उपेन्द्रले पाउने सम्बन्धमा कहि कुनै कानूनी प्रावधान पनि छैन र ज्वाई फुदेना राय यादव र नाती उपेन्द्र भुतहीको स्याहार सुसार गेको भन्ने तथ्यलाई पुष्टि गर्नको लागि विपक्षीहरुबाट कुनै प्रमाण दखिल भएको कहि कतैबाट देखिदैन । यस्तो अवस्थामा शुरु रौतहट जिल्ला अदालतबाट भएको न्यायपूर्ण फैसलालाई उल्टाई छोरीलाई र नातीलाई अपुताली हक दिलाउने भनी भएको पुनरावेदन अदालत, हेटौडाको उक्त फैसला पूर्णतया गैर कानूनी र अन्यायपूर्ण हुनुको साथै अपुतालीको २ नं. कानूनी प्रावधान विपरित समेत भएकोले पुनरावेदन अदालत, हेटौडाको उक्त फैसला वदर हुनु पर्दछ वदर गरी पाउ भन्ने समेत व्यहोराको रामनाराया राय यादवले यस सर्वोच्च अदालत समक्ष पेश गरेको पुनरावेदन ।

            १०.    यसमा भुतहीको छोरी ज्वाई फुदेनाले नज भुतहीलाई स्याहार सुसार गरी पालेको जिकीर लिन नसकी निजका छोरा उपेन्द्रले स्याहा सुसार गरेको भनी जिकिर लिएको देखिन्छ । पुस्तावारीबाट वादी भुतहीको भतिजा नाताका देखिन आउदैन । हकवाला र छोरी नभएको अवस्थामा मात्र मर्नेको अपुताली छोरीको छोराले पाउने अपुतालीको ८ नं. ले कानूनी व्यवस्था गरेको देखिदा दावी नपुग्ने गरी गरेको पुनरावेदन हेटौडाको फैसला नमिली फरक पर्ने देखिदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षीलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको आदेश ।

            ११.    नियम बमोजिम दैनिक पेशी सूचिमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्ुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्त श्री बालकृष्ण नेउपानेले वादी मर्ने भुतहीको भतिजा नाताका देखिन्छन् । हकवाला नभएको अवस्थामा मात्र मर्नेको अपुताली छोरीको छोराले पाउने अपुतालीको महल ८ नं. को प्रतिकुल प्रतिवादी उपेन्द्रले अपुताली पाउने ठहर्याइएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको छैन । शुरु इन्साफ कायम राखी पाउ भनी वहस जिकरि प्रस्तुत भर्नुभयो ।

            १२.   विद्वान अधिवक्ताले गर्नु भएको बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, हेटौडाले गरेको इन्साफ मिलेको छ, छैन भन्ने कुराको निर्णय दिनु पर्ने देखियो।

            १३.   यसमा मर्ने भुतहीको एकमात्र छोरी फुलझरीयाको मृत्यु भइसकेको देखिन्छ । अपुतालीको ३ नं. बमोजिम अवस्थामा बाबु आमा वा सासु ससुराको अपुताली छोरी ज्वाइले पनि पाउन सक्ने कानूनी व्यवस्था भएको भएता पनि प्रस्तुत मुद्दामा फुदेना राय यादवले मर्ने सासु भुतहीको अपुताली दावी गर्न आएको नहुदा यस मुद्दाबाट यस सम्बन्भा विचार गरी रहन परेन । मर्ने भुतहीको छोरी पट्टीको नाती उपेन्द्र रायका अफुतालीमा हक पुग्ने नपुग्ने के हो भन्ने सम्बन्धमा विचार गर्दा अपुताली महलको ८ नं. मा हकवाला वा छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरुले खान पाउने व्यवस्था देखिन्छ । पुनरावेदक वादी मर्ने भुतहीको भतिजा नाताको हकवाला भएको कुरामा विवाद देखिदैन । हकवाला भतिजा हुदा हुदै छोरीपट्टीको नाती प्रतिवादी उपेन्द्र राय यादवको मर्ने भुतहीको सम्पत्तिमा अपुताली हक स्थापित हुन सक्ने देखिदैन । अपुतालीको ३ नं. बमोजिम भुतहीको छोरी ज्वाईले अपुताली पाउने ठहर्याई शुरु इन्साफ शुरु उल्टी गरेको पुनरावेदन अदालत, हेटौडाको इन्साफ नमिलेकोले उल्टी हुन्छ । वादी दावीको जग्गा समेतमा पुनरावेदक वादीको हक कायम गरी प्रतिवादी फुदेना समेतबाट खिचोला टुटाई चलन समेत पाउने ठहर्याएको शुरु रौतहट जिल्ला अदालतको इन्साफ मिलेको हुदा सदर हुन्छ तफसीलका कुरामा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

            माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौडाको न्साफ उल्टी भइ शुरु इन्साफ सदर हुने ठहरेकोले पुनरावेदन अदालत हेटौडाको फैसलाको तफसिल खण्ड दफा १, , ३ बमोजिम कायम भएको लगत बमोजिम गर्नु नपर्ने हुदा कट्टा गर्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाउनु ...................१

पुनरावेदक वादी रामनारायण यादव के इन्साफ खण्डमा ठहरे बमोजिम पुनरावेदन अदालछ, हेटौडाको इन्साफ उल्टी भई शुरु इन्साफ सदर हुने ठहरेकोले पुनरावेदन गर्दा यस अदालतमा राखेको कोर्टफि रु.१२।७५ पैसा प्रतिवादीबाट भराई पाउ भनी म्याद भित्र दरखास्त दिए कानून बमोजिम गरी भराई दिनु भनी शुरु रौतहट जिल्ला अदालतमा लगत दिनु .....................२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ........................३

 

उक्त रायमा म सहमत छु ।

 

न्या इन्द्रराज पाण्डे

 

इति सम्बत् २०५४ साल चैत्र ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु