निर्णय नं. ६५८२ - बकसपत्र वदर

निर्णय नं. ६५८२ ने.का.प. २०५५ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
२०५२ सालको दे.पु.नं........ ३२४७
फैसला मिति : २०५५।१।८।३
मुद्दा : बकसपत्र वदर
पुनरावेदक/वादी : जिल्ला रामेछाप हिम गंगा गा.वि.स. वडा नं. १ बस्ने पूर्ण बहादुर थापा मगर ।
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने केशरी मगर्नी ।
§ फिराद पत्रमा बाबुलाई अफ्ना् हकको जग्गा बकसपत्र गरी दिने अधिकारै छैन भन्ने उल्लेख गरेको देखिदैन । अफ्ना् हक भन्दा बढि अर्थात् आधी भन्दा बढी छोराको मञ्जुर नलिई बकसपत्र गरी दिएको देखिदा लेनदेन व्यवहारको १० नं. बमोजिम वादीको हक सम्म अर्थात् आधा जग्गासम्म बकसपत्र हुने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसलालाई अन्यथा भन्न नमिल्ने हुदा सदर हुने ।
(प्र.नं.९)
पुनरावेदनक वादी तर्फबाट : X
विपक्षी प्रतिवादी तर्फबाट : X
अबलम्बित नजिर : X
फैसला
न्या. लक्ष्मण प्रसाद अर्याल : प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. स्व. जेस थापा मगरको एक मात्र छोरा म फिरादी २०३९ सालमा मानेसम्म छुट्टी भिन्न बसेको बाबु र मेरो अंशबण्डा नभएको र बाबुको जीवनकालमै म समेतको हक लाग्ने मेरो मञ्जुरी बेगर रा.जि. चिलाउने खर्क गा.वि.स. वडा नं. ३ (क) कि.नं. १३२ को २–२–१० ऐ कि.नं. १७५ को २–५–०–२ ऐ.कि.नं. २०० को ०–२–०–० ऐ. कि.नं. २०२ को ०–२–३ र ऐ. कि.नं. ३२५ क १–४–१–३ जग्गा र कि.नं. १३२ को कित्तामा भएको ७, १३ को घर समेत रु.४५,००० मोल राखी जेसे थापाले दिने केशरी मगर लिने गरी २०४१।३।७ गते शेषपछिको बकसपत्र पारित गरि लिनु दिनु गरेकोले मेरो आधी हक वदर गरी पाउ भनी यसै अदालतमा मुद्दा चलाई मेरो फिराद म्याद भित्रको नहुदा वादी दावी खारेद हुने ठहरी फैसला भएपछि सो फैसला उपर मेरो पुनरावेदन परी पुनरावेदनबाट पाउनेको हक पुगेपछि मात्र फराद गर्ने हक हुने हुदा सो अगावै नालेश गरेकोले अ.वं. ८२ नं. अनुसार खारेज हुने ठहर्याई २०४९।२।७ मा फैसला भएकोले बाबु जेसे २०४९।१।४ गते परलोक भई सकेकोले विपक्षीले २०४९ सालको वर्षे बाली देखि जग्गा घर भोग चलन गरेकोले सो को २ वर्ष भित्र फिराद गर्न आएको छु सो २०४१।३।७ गतेको शेषपछिको सम्पूर्ण वकसपत्र लिखित बदर गरी मेरो नाउमा दर्ता गरी पाउ भन्ने फिराद पत्र ।
३. विपक्षी २०२६ सालमा नै भिन्न भएको हुदा र बुबाको हेर विचार रेखदेख गर्ने कोही नभएकोले मेरो पति र मलाई मेरो हेर विचार र पालनपोषण गर हेरचाह गरे बापत रिझाएको हुदा उक्त विवादित जग्गा वकसपत्र गरी दिनु भएको हुदा लिखत बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादी दावी अनुसार वक्सपत्र वदर हुने ठहर्याएको मिति २०५०।३।८ गतेको शुरु रामेछाप जिल्ला अदालतको फैसला ।
५. मिति २०५०।३।८ गतेको रामेछाप जिल्ला अदालतको फैसला प्रत्यक्ष कानुनी त्रुटी पूर्ण हुदा उक्त फैसला बदर गरी वकसपत्रबाट पाएको जग्गा सुरक्षित राखि पाउँ भनने पुनरावेदन पत्र ।
६. दानवक्सको ५ नं. ले शेषपछिको बकसपत्र दिने व्यक्तिको मृत्यपश्चात प्रतिवादीहरुको हक प्राप्त हुन सक्ने अवस्थामा वादीले आफ्नो बाबु संगोलमा नै रहेको अवस्थामा एकाघरको अंशियारको मञ्जुरी नलिई हक हस्तान्तरण गरेको कुरामा लेखदेन व्यवहारको १० नं. आकर्षित हुन सक्ने भई वादीले आफ्नो हकसम्म शेषपछि शेषपछि बक्सपत्र गरी दिएको आधा जग्गासम्म वक्स वदर गर्न सक्ने हुदा सोसम्म वदर हुने ठहर्छ । शुरुको इन्साफ केही उल्टी हुन्छ भन्ने व्यहोराको पुनरावेदन अदालत जनकपुरको २०५१।१०।१ को फैसला ।
७. बाबुको शेषपछि सम्पूर्ण सम्पत्तिमा मेरो मात्र हक लाग्ने हुदा आधा सम्म वक्सपत्र वदर हुने गरेको फैसला लेनदेन व्यवहारको १० नं. दानबक्सको ५ नं. विपरित हुदा वदर गरी शुरु फैसला अनुसार सम्पूर्ण शेषपछिको वक्सपत्र वदर गरी पाउ भन्ने समेत व्यहोराको वादीको यस अदालत पुनरावेदन परेको रहेछ ।
८. पुनरावेदक वादीले मिति २०५२।९।२६को तारेख गुजारी बसेको रहेछ ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा शुरु रेकर्ड मिसिलहरुसमेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा मेरो समेत हक लाग्ने चिलाउने खर्क गा.वि.स. वडा नं. ३ (क) कि.नं १३२ जग्गा र घर १७५, २०० कि.नं. २०२, २३५ को जग्गा पिताजीले ०४१।३।७ मा शेषपछिको बक्सपत्र गरी दिएको र २०४९।१।४ मा बाबु परलोक भई सकेको हुदा सम्पूर्ण लिखत बदर गरी पाउ भन्ने समेत फिराद दावी भएकोमा विपक्षीको बाबुलाई मेलै पालनपोषण गरी रिझाएको हुदा उक्त जग्गा बक्सपत्र गरी दिएको हो लिखत बदर हुनुपर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकरि रहेका पाइन्छ । विवादको जग्गा वादीको पिताले २०४१।३।७ मा बक्सपत्र गरी दिएको र वादीको पिता २०४९।१।४ मा परलोक भएको कुरामा कुनै विवाद छैन । प्रस्तुत मुद्दाको फिराद बाबुको परलोक भएपछि दायर भएको देखिन्छ । फिरादपत्रमा बाबुलाई आफ्नो हकको जग्गा बक्सपत्र गरी दिने अधिकारै छैन भन्ने उल्लेख गरेको देखिदैन । आफ्नो अक भन्दा बढी अर्थात् आधीभन्दा बढी छोराको मञ्जुर नलिई बक्सपत्र गरी दिएको देखिदा लेनदेन व्यवहारको १० नं. बमोजिम वादीको हक सम्म अर्थात् आधा जग्गासम्म बस्कपत्र जदर हुने ठहराइको पुनरावेदन अदालत जनकपुरको फैसलालाई अन्यथा भन्न नमिल्ने हुदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम बुझार्इ दिनु ।
उक्त रायमा म सहमत छु
न्या.राजेन्द्र नाख्खा
इति सम्वत् २०५५ साल वैसाख ८ गते रोज ३ शुभम् ।