शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५८३ - अंश

भाग: ४० साल: २०५५ महिना: मंसिर अंक:

निर्णय नं. ६५८३          ने.का.प. २०५५                       अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

सम्वत् २०५२ सालको दे.पु.नं..... २५५३

फैसला मिति : २०५५।२।१२।३

मुद्दा : अंश

पुनरावेदक/वादी : जिल्ला सर्लाही गाउँ विकास समिति गमहरीया वडा नं. ५ हाल ऐ.ऐ. वडा नं. ६ बस्ने विहारी राय यादव

विरुद्ध

विपक्षी/प्रतिवादी ऐ.ऐ. बस्ने गुदर राय यादव ।

§  प्रतिवादीले प्रतिउत्तर नै नफिराई म्यादै गुजारी बसेकोमा वादीले मुद्दाको तथ्य सम्बन्धमा लिएको दावामा अदालत स्वयंले प्रश्न उठाउन मनासिव माफिकको कारण वा अवस्था हुनुपर्नेमा वर्तमान मुद्दामा वादीहरुले दावी लिएको नाता मानो छुट्टिएको मिति र अंश नभएको भनने तथ्यमा वादीले प्रमाण नपुर्‍याएको भनी प्रतिवादीले विवाद नै नउठाएको कुरालाई समाती शुरु र पुनरावेदन अदालतबाट निर्णय भएको देखिन्छ । आफ्नो आमा सहोदर भाई जस्ता नाताका व्यक्ति स्वभाविक रुपमा अंशियार मान्नुपर्ने भएको र पछि यस अदालतबाट निज प्रतिवादी गुदर रायलाई झिकाई अ.वं. १३३ नं. बमोजिम कागज गराउँदा समेत सो नाता सम्बन्धलाई स्वीकार गरेकोले अंशियार भन्ने प्रमाणित हुन आएको समेत देखिन्छ । यस्तो स्थितिमा ति अंशियारहरुले अंश पाएको छैन भन्ने प्रमाण वादीले होइन बरु छुट्टिसकेको हुन् भन्ने कुराकाु प्रमाणको भार प्रतिवादीले नै पुर्‍याउनुपर्छ र सो व्यवहार वा प्रमाण दिन नसकेमा वादीको पक्षमा न्यायिक अनुमान र निष्कर्ष बन्ने प्रमाण सम्बन्धि न्यायिक प्रकृया र परिणति हुने ।

 (प्र.नं. १४)

पुनरावेदक वादी तर्फबाट : x

विपक्षी प्रतिवादी तर्फबाट : x

अबलम्बित नजिर : x

फैसला

            न्या केदारनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क)(ख) अत्र्गत मुद्दा दोहोर्याउने निवेदन परी यस सर्वोच्च अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

            २.    मुल पुरुष मनकरायको २ छोरामा जेठो विपक्षी गुदर राय कान्छो म वादी हु र मनक रायको श्रीमती म वादी मूर्ती देवी हु मनकराम परलोक भई सक्नु भएको विपक्षी गुदर राय जुवा खेल्ने, रक्स खानजे गरी धान विनास गरेकोले २०२६।११।१५ गते माने छुट्टी आआफ्नो भागको जग्गा भोग गर्दै आएका थियौ। घरका मुख्य व्यक्ति मुर्तिया देवी भएपनि जग्गा विपक्षीका नाममा दर्ता भएका नाताले विपक्षी गुदरबाट सम्पुर्ण चल अचल सम्पत्तिको ३ खण्डको १ खण्ड विपक्षीको अंश परसारी बाकी २ खण्ड हामी वादीहरुको अंश भाग छुट्टयाइ पाउ भनने समेत वादीहरुको फिराद पत्र ।

            ३.    प्रतिवादीको नाममा जारी भएको इतलायनामा मिति २०४७।५।३१ मा तामेल भई प्रतिउत्तर नफिराई शुरु म्याद गुजारी बसेको ।

            ४.    अंश पाउ भनने वादीले अफ्नो दावी प्रमाणित गर्न कुनै साक्षी प्रमाण गुजार्न नसकी पैरवी नै छोडी बसेको देखि आएकोले सुवतको अभावमा हुदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरुको फैसला रहेछ ।

            ५.    पुनरावेदक वादीले आफ्नो सबुत प्रमाण बुझी नसकेको अवस्थामा नै तारेख गुजारी बसेको र वादी दावी पुष्टि हुने खालको प्रमाणको अभावमा प्रतिवादीले प्रतिउत्तर नफिराइको कारणबाट मात्र वादी दावी पुग्न नसक्ने भएकोले शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहर गरेको मिति २०४८।३।१३।५ को फैसला मिलेको देखिदा सदर हुने ठहर्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको फैसला ।

            ६.    प्रस्तुत मुद्दा अन्य मुद्दा जस्तो नभई अंश मुद्दा हो अंश मुद्दामा प्रथमतः अंशबाट बञ्चित गर्न न्यायोचित होइन । प्रथमतः प्रतिवादीले प्रतिउत्तर नफिराई वादी दावी स्विकार गरेको छ । दोश्रो वादी मध्ये वादि मुर्ति देवी २०४० साल जेष्ठ महिनामा न स्वर्गिय भई सक्नु भएको वहा मेरी आमा भएकोले वहाको काजक्रिया आदि गर्दा तारेख गुज्रन गएको हो । त्यसैले वादी मध्ये वादी मुर्ति देविको पुनरावेदन नपरेको हो । तारेख गुजारे पनि यो अंश मुद्दा भएकोले प्रमाण ऐनको दफा ६ (क)(ख) अ.वं.१८४ (क) तथा १८५ र अंशबण्डाको २२, ३२ नं. समेतले प्रमाण समेत बुझी न्याय दिनु पर्ने तर पुनरावेदन अदालतले कर्तव्य र दायित्वलाई पन्छाई गरेको न्याय मिलेन । त्यसैले मुद्दा दोहोर्याई नमिल्दो फैसला बदर गरी न्याय पाउँ

            ७.    वादी मध्येकी आमा मूर्ति देवी स्वर्गीय भई सक्नु भएपछि अब अंशियार म वादी र विपक्षी प्रतिवादी गुदर राय मात्र अंशियार भएकोले सम्पूर्ण चल अचल सम्पत्तिको २ भागको १ भाग म वादीले पाउनु पर्ने र मेरो कानूनी अधिकार हो र पुनरावेदन अदालतले खास गरी अंशियार हो होइन अंश पाउने हो होइन भनी प्रमाण ऐन दफा ६ (क) (ख) ले अनुमान गर्न सकिने समेत अधिकार प्रदान गरेकै छ र स्वयं वादी प्रतिवादी अंशियार रहे भएको र अंश भएको यकिन आधार नभएको भनी २०४९।५।१६ गतेको आदेशले स्वीकार गरिएकै छ । उक्त आदेशले पनि सगोलमै रहेको बण्डा भई नसकेको पुष्टि हुन आउछ । यसरी भइ रहेको अधिकारलाई पन्छाई प्रमाणको अभावमा अंश नपराउने गरी गरेको निर्णय कानून विपरित रहेकोले त्यस्तो फैसला बदर गरी अंश पाउने गरी न्याय पाऊ ।

            ८.    अंशवण्डा सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट कतिपय सिद्धान्त नजिर प्रतिपादित भएको छ । वादी मरी मु.सकार गर्ने चनी देवी प्रतिवादी दुर्गा प्रसाद भएको दे.पु.नं. २४८ अघि नै अश लिई पाइ सकेको अम्बिर हुने प्रमाणको अभावमा त्यतिकै भरले अंश लिई पाइ सकेको भनन न्यायोचित नदेखिने फैसला मिति २०२१।१।३० सर्वोच्च अदालत, फूलबेन्चबाट नजिर प्रतिपादित भएको छ । यसै गरी बण्डा भएको लिखत सबूत पेश दाखल गर्न नसकेको समेतबाट बण्डा छुट्याइ दिनु पर्ने प्रतिवादी गणेश बहादुर भन्ने दल बहादुर वादी मीन कुमारी मुघा अंश दे.पु.नं. २४३ मिति २०२१।३।३ मा फैसला भएको छ जुन नजिर सर्वोच्च अदालत निर्णय संग्रह भाग १ पृष्ठ ३३।५० मा प्रकाशित भएको छ । सो नजिर समेतको आधारबाट पनि अंश पाउनु पर्नेमा अंश नपाउने गरी गरेको फैसला नजिर समेत विपरित रहेकोले मुद्दा दोहोर्याइ उक्त पुनरावेदन अदालतको फैसला वदर गरी अंश पाउने गरी न्याय पाउँ भन्ने समेतको यस अदालत समक्ष प्रस्तुत गरेको पुनरावेदन पत्र ।

            ९.    यसमा अंशियार भन्ने कुरामा शुरु र अञ्चल अदालतले अन्यथा भन्न सकेको देखिएन । अंशको हक जन्म सिद्ध हक भएकोले अंश भइसकेको भन्ने प्रतिवादीबाट प्रमाणित गर्नुपर्ने हुन आउछ । एकातर्फी मुद्दामा पनि यो यस्तो प्रमाणले बण्डा भइसकेको भन्ने कुराको निष्कर्षमा पुग्न सक्ने अवस्थामा मात्र अशियारको अंशमा दावा नपुग्ने हुन आउछ । देवानी मुद्दामा साक्षीको प्रमाण निर्णायक नहुने हुदा अशियार हु अंश पाएको भनी फिराद गर्नेले अरु के कस्तो बण्डा पाउन पर्छ भन्ने प्रमाण पेश गर्नु हो शुरु र सो लाई सदर गर्ने फैसलाहरुमा कुनै कुरा उल्लेख छैन प्रमाण ऐन, २०३१ को दफा ६ (क) र यस अदालतबाट प्रतिपादित सिद्धान्तबाट बण्डा भइसकेको भनने कुराको प्रमाण अउनु पर्दछ भन्ने देखिन आउछ ।  प्रतिवादी गुदर राय यादवका नाममा सबै जग्गा दर्ता छ भन्ने र वादी मध्येकी मुर्तीदेवी २०४० सालमा परलोक भएको भन्ने कुराको प्रमाण पनि नबुझी अंश मुद्दाको विशेष प्रकृतिलाई ध्यानमा समेत नराखि गरेको फैसला अंशबण्डाको १ नं. प्रमाण ऐन, २०३१ को दफा ६ (क) यस अदालतबाट मिति २०२१।१।३० मा स.अ. बुन्च लगायतबाट प्रतिपादित सिद्धान्त समेत त्रुटि  गरेको देदिा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्तरगतको त्रुटी दखिदा मुद्दा खोहोर्याई हेर्न निस्सा प्रदान गरिएको नियमानुसार विपक्षी समेत झिकाई पेश गर्नु भन्ने समेत यस सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको आदेश ।

            १०.    यसमा झिकाई आएका प्रतिवादी गुद राय यादवको वादीहरु निजको कै नाताका व्यक्तिहरु हुन् सो कुरा र निजको नाममा अद्यपी के कति घर जग्गाहरु दर्ता छन् सो सम्बन्धमा अ.बं. १३३ नं. बकोजिम कागज गराई सम्बन्धित कागजातको रीतपूर्वकको प्रतिलिपिहरु समेत दाखिला गराई नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।

            ११.    यसमा वादीलाई अंश दिइसकेको तथ्ययुक्त प्रमाण पेश नभएको परिप्रेक्ष्यमा प्रतिवादीबाट वादीले अंश नपाउने भन्ने इन्साफ मिलेको देखिएन । साथै मिति २०२६।११।१५ मा मानो छुट्टिएको भन्ने फिराद जिकिर भएकोमा त्यसको पैतिकार पैतिवादीबाट नभएकोले उपरोक्त मितिलार्य मानो छुट्टिएको मिति कायम गर्ने र सो भन्दा अघिल्लो मितिसम्मको आआफ्नो जिम्माको अंशबण्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती वादी पैतिवादी दुवै पक्षबाट कानून बमोसजम पेश गराई अंशबण्डाको २०, २१, २२, २३ को प्रकृया पुरा गरी वादीबाट कानून बमोजिम कोर्टफि समेत लिई नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।

            १२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निणयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी निर्णय तर्फ वचार गर्दा यसमा पुनरावेदन अदालत जनकपुरले गरेको इन्साफ मिलेको छ, छैन भने तर्फ नै निर्णय दिनु पर्ने देखिन आयो ।

            १३.   यसमा वादी मूर्तिदेवी र विहारी रायले आफूले प्रतिवादी गुदर रायको अंशियार र आमा र भाई नाता देखाई ३ खण्डको २ खण्ड अंशको दावी गरी फिराद गरेकोमा प्रतिवादीले शुरु म्यादै गुजारी बसेको भन्ने देखिन्छ । प्रतिवादीद्वारा प्रतिउत्तर नै नफिराई बसेको भएपनि वादीद्वारा आफ्नो प्रमाण पेश नगरी तारेख गुजारेको भन्ने समेत कारण देखाई वादी दावी नपुग्ने गरी शुरु सर्लाही जिल्ला अदालतले फैसला गरेको र सोही कारण देखाई नाता समेतको प्रमाणको अभाव रहेको भनी पुनरावेदन अदालत, जनकपुरले शुरको फैसलालाई सदर गरेको देखियो ।

            १४.   प्रतिवादीले प्रतिउत्तर नै नफिराई म्यादै गुजारी बसेकोमा वादीले मुद्दाको तथ्य सम्बन्धमा लिएको दावामा अदालत स्वयंले पेश्न उठाउन मनासिव माफिकको कारढण वा अवस्था हुनुपर्नेमा वर्तमान मुद्दामा वादीहरुले दावी लिएको नाता मानो छुट्टिएको मिति र अंश नभएको भनने तथ्यमा वादीले पमाण नपुर्याउको भनी प्रतिवादीले विवाद नै नउठाएको कुरालाइृ समाती शुरु र पुनरोदन अदालतबाट निर्णय भएको देखिन्छ । आफ्नो आमा सहोदर भाई जस्ता नाताका व्यक्ति स्वभाकि रुपले अशियार मान्नुपर्ने भएको र पनि यस अदालतबाट निज प्रतिवादी गुदर रायलाई झिकाई अ.वं.१३३ नं. बमोजिम कागज गराउदा समेत सो नाता सम्बन्धलाई स्वकार गरेकोले अंशियार भन्ने प्रमाणित हुन आएको समेत देखिन्छ । यस्तो स्थितिमा ति अंशियारहरले अंश पाएको छैन भन्ने प्रमाण वादीले होइन बरु छुट्टि सकेको हुन भन्ने कुराको प्रमाणको भार प्रतिवादीले नै पुर्याउनु पर्छ र सो व्यवहार वा प्रमाण दिन नसकेमा वादीको पक्षमा न्यायिक अनुमान र निष्कर्ष बन्ने प्रमाण सम्बन्धि न्यायिक प्रकृया र परिणति हुन्छ ।

            १५.   वादी स्वयंले आफुले यस अदालतमा दोहोर्याइ पाउ भनी निस्साको लाग दिएको निवेदनमा आमा मुर्तिदेवीको मृत्यु भइसकेको कुरा उल्लेख गरेको हुदा वादी विहारी राय यादव र प्रतिवादी गुदर राय यादव दुइ जना दाजुभाई मात्र अंशियार बाकी रहेको देखिन आयो । तसर्थ २०२६ सालमा मानो छुट्टिनु भन्दा अघिको मिसिल संलग्न तायदातीमा देखएिको मौजुदा सम्पत्ति मध्ये वादीले प्रतिवादीबाट आधि अंश पाउने ठहर्छ । अंश पाउ भन्ने वादीको दावी कायम नगरेकोमा शुरु र त्यसलाई समेत इन्साफ उल्टी हुन्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक वादी बिहारी राय यादवको माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरी फैसला भएकोले मिति २०५४।१२।६ मा प्रतिवादी गुदर राय यादवबाट यस अदालतमा पेश भएको तायदाती फाटवारीमा उल्लेखित देहाय बमोजिमको सम्पत्तिबाट २ भाग गरी १ भागा बण्डा छुट्याइ चलन चलाई पाउ भनी ऐनको म्यादभित्र वादी विहारी राय यादवको दरखास्त परे कानून बमोजिम अंश छुट्याइ चलन चलाई दिनु भनी सर्लाही जिल्ला अदालतमा लागत दिन लेखी पठाउने .....१

मिति २०५४।१२।६ मा प्रतिवादीबाट पेश भएको फाटवारी बमोजिमको सम्पत्ति :

प्रतिवादी गुदर राय यादवको नाममा दर्ता रहेको जग्गाहरु हाल उक्त जग्गाहरु बिक्री व्यवहार भई सकेको

जिल्ला       गा.वि.स.           वडा नं.            कि.नं.       क्षेत्रफल

सर्लाही       मुसेली             ८           २५०         ०१२

”                      ”                                  ९           ११          ०

”                      ”                                  ९           १७          ०

”                      ”                                  ८           ५२          ०१९

”                      ”                                  ८           ६५          ०

”                      ”                                  ८           ११३         ०

”                      ”                                  ८           १३९         ०

”                      ”                                  ८           १४६         ०१०

”                      ”                                  ८           १४७         ०

”                      ”                                  ८           १५३         ०१३

”                      ”                                  ८           १५७        ०१३

”                      ”                                  ८           १८७         ०१२

”                      ”                                  ८           ३४९         ०

”                      ”                                  ९           २३९         ०१०

”                      गम्हरीया           ५(क)       १६८         ०१०

”                      ”                                  ५(क)       १७१         ०

”                      ”                                  ५(क)       २०७         ०११

”                      ”                                  १           ३५३        ०१५१०

”                      ”                                  १           ३६३         ०१६

”                      ”                                  ५(क)       २२६         ०१८.५

”                      ”                                  ३(१)        ४१३         ०१०१५

”                      ”                                  ५(क)       ५१          ०

”                      ”                                  ५(क)       २४४        ०१९.५

”                      ”                                  ५(क)       ३१७         ०१४

”                      ”                                  ५(क)       ३१६         ०१४

जिल्ला सर्लाही गमहरिया गा.वि.स. वडा नं. ५ हाल वडा नं. ६ अन्तर्गत रहेको कामेश्वर रायको पश्चिम, गिर्जा रायको उत्तर २ जुडी रायको  पूर्वदेव नारायण रायको दक्षिण, यति ४ किल्ला भित्रको २५ हात चौडाई २७ हात लम्बाई पूर्व मुखको ०५ घर जग्गा प्रतिवादी गुदर राय यादव र वादी बिहारी रायको नाममा रहेको सगोलको सम्पत्ति......२

पुनरावेदक वादीको माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले फिराद गर्दा रोखेको कोर्ट फि. रु.२५ पुनरावेदन आदलतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.२८।७५ यस अदालतको आदेश अनुसार यस  अदालतमा दाखिल गरेको कोर्टफि रु.३२७५। समेत जम्मा रु. ३३२७।७५ प्रतिवादीबाट भराई पाउने हुदा सो भराई पाउ भनी प्रतिवादीहरुको यसै सरदहको जेथा देखाई कोर्टफि ऐन, २०१७ बमोजिमको म्याद भित्र दर्खास्त दिए केही दस्तुर नलिइ प्रतिवादी गुदर राय यादवबाट वादी बिहारी राय यादवलाई भराई दिनु भनी सर्लाही जिल्ला अदालतमा लेखि पठाई दिनु ...... ३

मिसिल नियमानुसार गरी बुझाई दिनु ....... ४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णकुमार बर्मा

 

इति सम्वत् २०५५ साल जेष्ठ १२ गते ३ शुभम्..... ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु