शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५९० - दर्ता वदर ।

भाग: ४० साल: २०५५ महिना: मंसिर अंक:

निर्णय नं. ६५९०           ने.का.प. २०५५                       अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याया

सम्वत् २०५० सालको दे.पु.नं...... १८४४

फैसला मिति : २०५५।१।२१।२

मुद्दा : दर्ता वदर ।

पुनरावेदक/ प्रतिवादी : जि. चितवन भरतपुर न.पा.वा.नं. १० बस्ने उमा मैनाली

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.वा.नं.८ घर भई वा.नं. १० मा डेरा गरी बस्ने टिकासरी भन्ने टिका श्री गुरुङसेनी।

§  लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मञ्जुरीको लिखत पनि नभए मञ्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एकवर्ष सम्मा थाहा पाएको पैतिस दिन भत्रि उजुर गर्‍यो र निजको मञ्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराइ दिनुपर्छ भन्ने कानूनी व्यवस्था भउकोमा मिति ०४१।५।१ मा रजिष्ट्रेशन पारित भएको लिखत उपर मिति २०४४।९।२६ मा फिराद परेको देखिदा सो बमोजिम राजिष्ट्रेशन पारित भएको मितिले एकवर्ष सम्ममा थाहा पाएको पैतिस दिन भित्र नालेश नपरेकोले समेत प्रस्तुत नालिस खारेज हुने ।

 (प्र.नं.११)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र श्री गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्री प्रकाश वस्ती ।

प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल ।

अबलम्बित नजिर : x

फैसला

            न्या. उदयराज उपाध्याय : न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) (ख) बमोजिम दोहोर्याउने निस्सा प्राप्त गरी दर्ता हुन आउको प्रस्तुत पुनरावेदनको संक्षिप्त विवरण यसप्रकार छ :

            २.    विपक्षी मेजर इन्द्र बहादुरका दुई श्रीमती, कान्छी  श्रीमती म हुँ जेठीका कोखबाट पैदा भएका छोराहरु पद्म बहादुर समेत २०२७ सालमा छुट्टी भिन्न भई सबै अंशियारको मञ्जुरीले मेरो दाइजो पेवाबाट खरिद भएको गा.वि.स. कलयणपुर वडा नं. ७ ख कि.नं. १० को जग्गा मेरो हक कायम राखी आ आफ्नो अंश भाग बुझी छुट्टी भिन्न भएको थिए, अंश मुद्दाको फैसला पश्चात सो फैसला बमोजिम पदम बहादुरको नाउमा उक्त कित्ताफोड भई कि.नं. ४६८ को ज.वि. ०.९.९.३/४ दर्ता भएको र कि.का. भएको कि.नं. ४६९ को जग्गा चाहि मेरै नाउमा राखिएकोमा सो कि.नं. ४६९ को ज.वि. १.१४.१९.१/४ जग्गा पनि सम्बन्ध विच्छेद मुद्दाको फैसलाको आधार लिई पतिको अधिकृत वारेस भई पुरेन्द्र कुमार मैनालीले मालपोत कार्यालयमा निवेदन लिई ०४१।४।३० को निर्णयानुसार मेरो नाम दर्ताको जग्गालाई विपक्षी इन्द्र बहादुरको नाउमा दर्ता गराई निज पुरेन्द्र कुमार मैनालीले आफू अधिकृत वारेस भई प्र उमादेवी मैनाली धनि भई सो कि.नं. ४६९ को १.१७.१९.३/४ जग्गा ०४१।४।३० मा पारित गरी दिनुदिनु गरेकोले सो राजिनामा लिखत र सो को आधारमा भएको दर्ता समेत वदर गरी मेरो नाउमा दर्ता गरी पाउ भन्ने समेत व्यहोराको टिकासरी भन्ने टिकाश्री गुरुङ्गको फिरादपत्र ।

            ३.    इन्द्र बहादुर म उमा मैनालीले मुद्दा पर्दापर्दैको अवस्थामा विवादित जग्गा राजिनामा गराई लिनु दिनु गरेको नभई विपक्षी इन्द्र बहादुर र टिकासरीको सम्बन्ध जिच्छेद र अंश मुद्दा फैसला भएपछि फैसला अनुसार इन्द्र बहादुरको हक हुन आएको जग्गा इन्द्र बहादुर बाट मैले ०४१।४।३० मा राजिनामा पास गरि लिनुदिनु गरेको हो सो मेरो नाउँमा दर्ता भएको जग्गा बदर हुनुपर्ने होइन मुद्दा पर्दा पर्दै खरिद गरेको भन्नु कुरा सम्पूर्ण झुट्टा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

            ४.    इन्द्र बहादुर र टिकासरीको सम्बन्ध विच्छेद मुद्दाको आधारमा लिखत दर्ता भएको देखिन्छ । सो सम्बन्धमा विच्छेद मुद्दा वादी टिकासरी गुरुङ र इन्द्रबहादुर गुरुङको वैवाहिक सम्बन्ध विच्छेद नहुने ठहरी आज यै बेन्चबाट निर्णय भएको हुदा यस्तो सिथ्तिमा सो लिखत कायम रहन नसक्ने हुँदा वादी दावी बमोजिमको लिखत दर्ता जदर हुने र वादीको नाउमा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको फैसला ।

            ५.    सवुद प्रमाणको आधारमा मिति एकिन गरी हदम्याद भित्र उजुर परेको छ, छैन हेरी मात्र निर्णय गर्नु पर्नेमा सो नगरी त्रुटीपूर्ण फैसला गरेको शुरु अदालतको फैसला वदर गरी यस पुनरावेदन पत्रको जिकिर र मेरो प्रतिउत्तर पत्रको व्यहोरा समेत हेरी मेरो प्रतिउत्तर पत्र जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको उमा मैनालीको पुनरावेदन पत्र ।

            ६.    यसमा फिराद दावी अनुसारको सम्पूर्ण विषयमा शुरु इन्साफमा नबोलेको हुदा अ.बं. २०२ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसा पेश गर्नु भन्ने तत्कालिन नारायणी अञ्चल अदालतको आदेश ।

            ७.    प्रमाणको रुपमा पेश भएको मिति २०४०।१०।२० सम्बन्ध विच्छेद मुद्दाको एकतर्फी फैसला मिति ०४५।८।६ को फैसलाले निस्कृय भउको र सो फैसलाको आधारमा प्रतिवादी इन्द्र बहादुरले वादी टिकासरीको नाउको जग्गा नामसारी दर्ता गराएका हुन्, त्यो आधार नै मिति ०४५।८।६ को फैसलाबाट ढलेको र वादीको दावीमा माल समेतो निर्णय दर्ता लिखत समेत वदरको दावी मिति ०४५।८।६ को फैसला पूर्व मिति ०४४।९।२६ मा दायर भएको देखिदा उपर्युक्त सबुद प्रमाण समेतको आधार प्रमाणबाट शुरु चितवन जिल्ला अदालतले लिखत दर्ता वदर हुने ठहर्याएको फैसला मिलेकै देखिदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको फैसला ।

            ८.    विवादित कि.नं. ४६९ को जग्गा मेरो दाताबाट निजको पूर्ण स्वामित्व हुनाले राजिनामा मार्फत् प्राप्त गरेको हुँदा सो जग्गाको सम्बन्धमा चितवन जिल्ला अदालतबाट भएको दोश्रो मिति ०४५।८।६ को निर्णयले कुनै असर नर्पो अवस्था रहेको, मालपोत कार्यालयको निर्णयको विरुद्धमा कुनै प्रकारको चुनौती नभएको तर त्यसैलाई नै निर्णयाधार बनाइएको दुई पृथक दावीको हकमा एउटै फराद गैहण गरी भउको इन्साफ अ.वं. ७२ नं प्रतिकुल रहेको समेतबाट पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटिपुर्ण हुदा मुद्दा दोहोर्याइ पाउ भन्ने समेत व्यहोराको निवेदन ।

            ९.    इन्द्र बहादुर समेत अंशियार रहेको वादी टिकासरी ५ अंशियार मध्येका एक अंशियार देखिदा यस्तो ५ अंशियार मध्ये १ अंशियारको दावीबाट विवादको सम्पूर्ण जग्गाको दर्ता जदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) (ख) को त्रुटी देखिदा सो फैसदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

            १०.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता द्वय श्री मुकुन्द रेग्मी र श्री गणेश राज शर्मा तथा विद्वान अधिवक्ता श्री प्रकास वस्तीले टिकासरीको २०२६ सालको लिखतबाट सो जग्गा दाइजोबाट खरिद गरेको देखिदैन, दाइजोबाट निजले खरिद गरेको कुराको प्रमाण पेश गर्न सकेको छैन। नालिस गनेए कारण परेको मितिले नालिश गरेको छैन, वादीले आफ्नो हकदैया स्थापित गर्न सकेको छैन सो समेतको आधारमा प्रमाणबाट लिखत दर्ता वदर हुने ठहर्षएको पुनरावेदन अदालत हेटौडाको फैसदला त्रुटिपुर्ण हुदा उल्टी हुनुपर्छ भनी र प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले लिखतमा दाइजो पेवाबाट खरिद भएको होइन भन्न मिल्दैन । इन्द्र बहादुरले आफ्नो श्रीमाती टिकासरीको नाउमा जग्गा खरीद गरेको भनेको छैन । इन्द्र बहादुरले टिकासरीले ेखेको पत्रबाट समेत सो जग्गा टिकासरीलाई देखिएको छ, सो समेतको आधारमा प्रमाणबाट पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै हुदा सदर हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनी पुनरावेदन आदलत हेटौडाको फैसला मिलेको छ, छैन सोही विषयमा निर्णय गर्नुपर्ने देखिन आयो ।

            ११.    निर्णय तर्फ विचार गर्दा यसमा यिनै पक्ष विपक्ष भएको लगाउको फौ.पु.न. ८८८ को जालसाजी मुद्दा समेत खारेज भएको र लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेजबिखन गर्दा वा कुनै किसिमले हक छाडि दिदा एैनले आफूखुसी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसगको अंशियार सबै साक्षी बसेको वा निजहरुले मञ्जुरीका लिखत गरिदिएको भए मात्र पक्की ठहर्छ । साक्षी पनि नबसेको र मञ्जुरीको लिखत पनि नभए मजुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एकवर्ष सम्ममा थाहा पाएको प्रतिस दिन भित्र उजुर गर्‍यो र निजको मञ्जुर ठहरिएन भने निजको हक जति सो सम्पत्ती निजलाई फिर्ता गराई दिनुपर्र्छ भन्ने कानूनी व्यवस्था भएकोमा मिति ०४१।५।१ मा रजिष्ट्रेशन पारित भएको लिखत उपर मिति २०४४।९।२६ मा फिराद परेको देखिदा सो बमोजिम रजिष्ट्रेशन पारित भएको मितिले एकवर्ष सम्ममा थाहा पाएको पैतीस दिनसम्म नालेश नपरेकोले समेत पूस्तु नालिस खारेज हुने ठहर्छ । वादी दावी बमोजिम दर्ता बदर ठहर हुने ठहर्याएको शुरु चितवन जिल्ला अदालतको इन्साफ सदर गरेकोहदसम्म पुनरावेदन अदालत हेटौडाको इन्साफ उल्टी हुन्छ । मिसिल नियम बमोजिम गर बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या हरिश्चन्द्रप्रसाद उपाध्याय

 

इति सम्बत् २०५५ साल वैसाख २१ गते २ शुभम् ..........।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु