शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८७१ - लागु औषध हेरोइन बिक्री वितरण ।

भाग: ४२ साल: २०५७ महिना: असार अंक:

निर्णय नं. ६८७१        ने.का.. २०५७          अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत २०४९ सालको फौ.पु.नं. ... ६०९

फैसला मितिः २०५७।२।२५।४

मुद्दाः   लागु औषध हेरोइन बिक्री वितरण ।

पुनरावेदक/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९ बस्ने वीरेन्द्र साई समेत

 

§  यी प्रत्यर्थी प्र.वीरेन्द्र साई एवं भुवन कुमार साई उपर वादी श्री ५ को सरकारको तर्फबाट अभियोग दायर हुँदा ऐनको दफा १४()() () अनुसार सजायको माग दावी लिई अभियोग दायर गरेको देखिएता पनि निजहरुले उक्त लागु औषध हेरोइन बिक्री वितरण गर भन्‍ने कुराको विश्‍वास गर्न लायक ठोस प्रमाणको अभाव देखिनुको साथै प्र.वीरेन्द्र साई र प्र.भुवन साईको साथबाट ४।४ पुरिया अर्थात ४००।४०० मिलिग्राम मात्र बरामद भएको देखिएबाट पनि निजहरुलाई लागु औषध हेरोइन बिक्री वितरण कारोबार समेत गरेको ठहर गरी बिक्री वितरण र कारोबारमा समेत सजाय गर्नु कानून र न्यायसंगत नहुँदा निज प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम सेवन सम्म गरेको ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०४९।५।३१ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने ।

                                                                       (प्र.नं. १८)

 

पुनरावेदक वाद तर्फबाटः विद्बान उपन्यायाधिवक्ता श्री बज्रेश प्याकुरेल

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्बित नजिरः

 

फैसला

न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम यस अदालतमा वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः

2.           मोहमद साह, जहाँ अन्सारी, भुवन सा, वीरेन्द्र साईसमेतका व्यक्तिहरु लागु औषध बिक्री वितरण तथा सेवन समेत गर्दछन भन्‍ने बुझिन आएकोले निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारबाही गर्नु भन्‍ने जिल्ला कार्यालय, काठमाडौंको प.सं..फा. २०४६।४७ च.नं.१२१ मिति २०४६।९।१३ गतेका पत्रानुसार निजहरुलाई खोजतलास गर्दै जाँदा का.जि.झोछे हिडिरहेको अवस्थामा पक्राउ गरी सोध्दा हामीहरुसँग भएको लागु ‍औषध खैरो हेरोइन बिक्री गर्नका लागि ग्राहक खोजि हिडिरहेका छौ भनेबाट निजहरुको शरीर तत्काल कानून बमोजिम खानतलासी गर्दा मोहनसद सहाजहाँ अन्सारीबाट ४८ ग्राम, वीरेन्द्र साइबाट ४०० मिलिग्राम लागु औषध बरामद भएको हो भन्‍ने समेत व्यहोराको मिति २०४६।९।१७।२ को बरामदी मुचुल्का ।

3.            खैरो हेरोइनकोव्यापार गर्न लागेको दुई महिनाजति भयो । म र भुवनसँगबाट बरामद भएको खैरो हेरोइन समेत भारत रक्सौलबाट  भुवन हुसेनले ल्याई दिएका हुन । मैले ४८ ग्राम राखी वीरेन्द्र साईलाई ४०० मिलिग्राम मुवारक हुसनलाई ने.रु.४००- मा बिक्री गरेको रहेछ । मबाट बरामद भएको खैरो हेरोइन कृष्ण र के.वि.भन्‍नेलाई बिक्री गर्न भनी जाँदा पक्राउ परेका हौ भन्‍ने समेत व्यहोराको मोहमद साहजहाँ अन्सारीले प्रहरीमा गरेको बयान कागज ।

4.          मैले लागु औषध सेवन गर्न थालेको २ वर्ष जति भयो । लागु औषध सेवन गर्न पैसाले नपुग्ने भई बिक्री वितरण समेत गर्दा बाचेको पैसाले आफूलाई खान समेत पुग्ने देखि बिक्रीवितरण गर्न थालेको छु । २०४६।९।१७ गते देखि मोहमद साहजहाँ अन्सारी सँगै डेरा गरी बस्ने मुवारक सँग किनी ल्याएको हुँ । मैले ६ पुरिया किनेकोमा २ पुरिया म आफैले राखी ४ पुरिया भुवन कुमार साईलाई रु.४००।- मा बिक्री गरी हामी तीनै जना झोछेमा लागु औषध सेवन गर्ने कृष्ण र के.वि.बिक्री गर्न जादैको अवस्थामा पक्राउ परेको हो  भन्‍ने समेत व्यहोराको वीरेन्द्र साईले गरेको बयान कागज ।

5.          मैले गणेशस्थान बस्ने राजेन्द्र साईसँग १ वर्ष अगाडी लागु औषध खैरो हेरोइन किनी खरिद गर्ने गरेको थिए । पछि पैसाका कमीले गर्दा बीचमा खान छाडी हाल तीन महिना भयो सेवन गर्ने र खरिद गर्न थालेको छु । वीरेन्द्र साईसँग रु.४००।- मा चार परिया किनी लिई सोही दिन कृष्ण र के.वि.भन्‍नेलाई बिक्री गर्नु भनी तीनजना झोछे तर्फ जाँदा प्रहरीले पक्राउ गरी लागु औषध समेत बरामद गरेको हो भन्‍ने समेत व्यहोराको भुवन कुमार साईले गरेको वयान कागज ।

6.           लागु ‍औषध बरामद गरी भुवन साई, वीरेन्द्र साई र मोहमद साह जहाँ अन्सारीसमेतलाई प्रहरीले पक्राउ गरी लगेको सुनेको हुँ भन्‍ने समेत व्यहोराको मिति २०४६।१०।३।३ को सर्जमिन मुचुल्का ।

7.          जि.का.को पत्र, बरामदी मुचुल्का, अभियुक्तहरुको बयान कागज, सर्जमिन मुचुल्का समेतबाट प्रतिवादी मध्येका मोहमद साहजहाँ अन्सारी, राजेन्द्र राईले लागु औषध हेरोइन बिक्री वितरण गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४() अनुसारको कसूर प्रतिवादी मध्येका वीरेन्द्र साई र भुवन कुमार साईले सोही ऐनको दफा ४() () अनुसारको कसूर गरेको स्पष्ट देखिन आएको हुँदा प्रतिवादी मोहमद साहजहाँ अन्सारी र राजेन्द्र साई उपर लागु ‍औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४()()  र प्रतिवादी वीरेन्द्र सा तथा भुवन कुमार साई उपर ऐ.ऐनको दफा १४()() () बमोजिम हदैसम्म सजाय गरी पाउन फरार रहेका राजेन्द्र साईलाई अड्डाबाट झिकी बुझी कारवाही एवं सजाय गरी पाउँ भन्‍ने समेत व्यहोराको मिति २०४६।१०।८ को प्रहरी प्रतिवेदन ।

8.          २०४६।९।१२ गतेका दिन का.जि.ओमबहाल डेरा गरी बस्ने मुवारक भन्‍ने साथीको डेरामा सुते र भोलिपल्ट बिहान सो स्थानमा प्रहरीहरु आई खानतलासी गरी लागु औषध समेत बरामद गरी पक्राउ गरेका हुन । म लागु औषध बिक्री वितरण गर्ने मानिस होइन र वीरेन्द्र साई र भुवन कुमार समेतलाई चिन्दीन । सर्जमिनका मानिसहरुले किन पोल गरे थाहा छैन । प्रहरीमा भएको बयान कागज पढी बाँची सुनाई मेरो राजिखुसीबाट भएको होइन भन्‍ने समेत व्यहोराको मोहमद साहजहाँ अन्सारीले बाग्मती विशेष अदालतमा गरेको बयान ।

9.          मैले लागु औषध कहिले पनि बिक्री वितरण गर्ने गरेको छैन । ३,४ महिना अगाडिसम्म सेवन गर्थे हाल छाडी सके । मलाई मिति २०४६।९।११ गते रणमुक्तेश्‍वरमा पसलबाट घर जान लाग्दा पक्राउ गरेको हो । मेरो साथबाट कुनै किसिमको लागु औषध बरामद गरेको छैन । प्रहरीमा कुटपिट गरी मेरो राजिखुशि विना यान लेखी सही गराएका हुन । मोहमद साहलाई चिनेको छैन भन्‍ने समेत व्यहोराको वीरेन्द्र साईले गरेको बयान ।

10.       २०४६।९।१२ गतेका दिन प्रहरीले खिचापोखरी स्थित मामाको पसलमा जान लाग्दा पक्राउ गरेको हो । मेरो साथबाट कुनै किसिमको लागु औषध बरामद गरेको थिएन । प्रहरीमा मेरो राजिखुशि विना कुटपिट गरी बयान गराएको हो । मोहमद साहजहाँलाई चिनेको छैन भन्‍ने समेत व्यहोराको भुवन कुमार साईले गरेको यान ।

11.        प्र.राजेन्द्र साईका नाउँको मिति २०४७।५।८ मा तामेल भएको म्यादी पूर्जिमा हाजिर नभएको ।

12.       प्रतिवादी मध्येका राजेन्द्र साई अदालतबाट जारी भएको म्यादमा हाजिर नभै फरार रहेको देखिँदा निजको हकमा अ.वं.१९२ नं. बमोजिम मुल्तवी राखी दिने ठहर्छ । प्रतिवादी मोहम्मद शाहले आफु सजायबाट रिहाई पाउने जिकिर लिएपनि सोको कुनै प्रमाण पुर्‍याउन नसकेको हुँदा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४() बमोजिम माग दावी मनासिव नै देखिँदा निजले वीरेन्द्र साई र भुवन कुमार उपर लागु औषध (नियन्त्रण) ऐनको दफा ४ को () () को अभियोग भएपनि निजहरुका साथबाट केवल ४।४ सय मिलीग्राम हेरोइन मात्र बरामद भएको र बरामदको मात्राबाट पनि निजहरु सेवन गर्ने प्रकृतिका मानिस हुन भन्‍ने तर्कसंगत रुपमा अनुमान गर्न सकिने र वीरेन्द्र साईका साक्षी समेतले खान्छ भन्‍ने सुनेको कारोबार गर्छ भन्‍ने थाहा थिएन भनी बकपत्र गरी दिएको देखिँदा निजहरुले लागु  औषध सेवन सम्म गरेको कुरा पुष्टि हुन आउँछ । बिक्री वितरण तर्फको वादी दावी पुग्न सक्ने आधारहरु देखिएन । प्र.मोहम्मद साहजहाँ अन्सारीको हकमा निजका साथबाट मौकैमा लागु औषध हेरोइन ४८ ग्राम बरामद भएका र सो हेरोइन नै हो भन्‍ने रोनाष्टको प्रतिवेदनबाट पुष्टि हुनुको साथै सो कुरालाई निजले स्वीकार गरी मौकामा कागज गरी दिएको र सो सावितीलाई अन्यथा भन्‍न नसकिने अवस्था देखिँदा निजलाई वादी दावी बमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ (संशोधन सहित) को दफा ४() को कसूर गरेको ठहरी निजलाई ऐ.ऐनको दफा १४() () बमोजिम कसूरको मात्रा अनुसार पाच वर्ष कैद र रु.५०००।- जरिवाना हुने र प्रतिवादी वीरेन्द्र साई र भुवन कुमार साईलाई जनही कैद वर्ष एक हुने ठहर्छ भन्‍ने समेत व्यहोराको २०४९।५।३१ को पुनरावेदन अदालत पाटन ललितपुरको फैसला ।

13.        प्रतिवादीहरुले बिक्री वितरण समेत गरेकोमा पुनरावेदन अदालत पाटनले इन्साफ गर्दा बिक्री वितरण गरेको ठहर नगरी सेवन सम्म गरेको ठहर गरी भएको फैसलामा चित्त नबुझेकोले अभियोग माग दावी बमोजिम कारोबार गरेकोमा समेत सजाय गरी पाउँ भन्‍ने वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

14.      प्रतिवादी वीरेन्द्र साई र प्रतिवादी भुवन कुमार साईको हकमा फैसला सुनी पाएको निस्सा राखेको र पुनरावेदन म्याद समेत दिएको मिसिलबाट नदेखिनाले फैसला सुनी पाएकोमा निस्सा वा पुनरावेदन म्याद दिएको भए साथै राखी र नदिएको भए पुनरावेदनको म्याद दिई पुनरावेदन परे किनारा गर्न साथै र नपरे परिरहेको पुनरावेदन किनारा गर्न पठाउनु भनी मिसिल पुनरावेदन अदालत पाटनमा पठाई कार्य सम्पादन भई आएपछि नियमानुसार पेश गर्नु भन्‍ने यस अदालतको २०५४।३।३१ को आदेश ।

15.       यसमा पूर्वशानुसार प्र.भुवन कुमार साईका नामको म्याद समेत पुनरावेदन अदालत पाटनबाट मिति २०५४।११।१२ मा काठमाडौं जिल्ला अदालतमा पठाएको देखिन्छ । तर काठमाडौं जिल्ला अदालतबाट पुनरावेदन अदालत पाटनमा २०५४।११।२९ मा पठाएको पत्रबाट वीरेन्द्र साईको १ थान तामेली म्याद मात्र पठाएको देखिँदा भुवन कुमार साईको तामेली म्याद तत्कालै झिकाउने र यस्तो लापरवाही कसरी कस्को गफलतबाट भएको हो । काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीशको ध्यान आकर्षण गराई आवश्‍यक कारवाही गर्न लेखी पठाई दिनु भन्‍ने मिति २०५५।११।२१ को आदेश ।

16.       प्रतिवादीहरु मध्ये भुवन कुमार साईको नामको पुनरावेदनको म्याद २०५५।२।१ मा तामेल भएको अ.वं. ११२ नं. बमोजिम वेपत्ते र अ.वं.११० नं. अनुसार नगरपालिकाको सदस्य वा सचिवलाई राख्‍नु पर्नेमा सो समेतको रत पुगी तामेल भएको देखिन नआएकोले उक्त तामेली म्याद वदर गरी दिएको छ । पुनः निजको नाममा पुनरावेदनको म्याद जारी गर्न पठाउन । प्र.महमद साहजहाँ अन्सारीले जरिवाना दाखिल गर्नका लागि सक्‍कल मिसिल जिल्ला अदालत काठमाडौंमा पठाई पाउँ भनी २०४९।९।२९ मा निवेदन दिई मिसिल सामेल रहेको देखिन आएको र प्र.वीरेन्द्र साईका नाममा मिति २०५४।११।२५।२ मा पुनरावेदन म्याद तामेल भै रहेको देखिँदा प्र.भुवन कुमार साईको नामको पुनरावेदन म्याद तामेल भै आएपछि ‍प्र.महम्मद शाहजहाँ अन्सारी र प्र.भुवन कुमार साई एवं वीरेन्द्र सा समेतको पुनारवेदन परे साथै र नपरे सोही अनुसारको जवाफ सम्बन्धित फाँटबाट लिई नियमानुसार गरी पेश गर्नु भन्‍ने समेत यस अदालतबाट मिति २०५५।३।१ मा भएको आदेश ।

17.       नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट बसहको लागि उपस्थित विद्बान  उपन्यायाधिवक्ता श्री बज्रश प्याकुरेले प्रतिवादीहरुले आफूलाई खान लिएको लागु औषध पैसाको जरुरी भै बिक्री गर्नु परी बिक्री गरेको हो भनी साविती बयान गरेमा पुनरावेदन अदालतबाट निजहरुलाई सजाय गर्दा सेवन गरेको सम्म ठहर गरी गरेको फैसला नमिलेको हुँदा उक्त फैसला उल्टी गरी शुरु अभियोग माग दावी बमोजिम सजाय हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।

18.      यसमा प्र.मोहम्मद शाहजहाँ अन्सारी र राजेन्द्र साईले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४() र प्र.वीरेन्द्र साई तथा भुवन साईले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४()() अनुसारको कसूर गरेको देखिंदा प्र.महम्मद शाहजहाँ अन्सारी र राजेन्द्र साई उपर सोही ऐनको दफा १४.() अनुसार र प्र.वीरेन्द्र साई तथा भुवन कुमार साई उपर सोही ऐनको दफा १४()()() अनुसार सजायको माग दावी लिई अभियोग दायर भएकोमा पुनरावेदन अदालत पाटनबाट मिति २०४९।५।३१ मा फैसला हुँदा राजन्द्र साईको हकमा मुलुकी ऐन अ.वं. १९२ नं. बमोजिम मुलतवी राखी महम्मद शाहजहाँ अन्सारलाई लगु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४() बमोजिमको कसूर ठहर गरी ऐ.को दफा १४()() बमोजिम सजाय कायम गरी तथा प्र.वीरेन्द्र साई तथा भुवन साईलाई लागु औषध (नियन्त्रण), २०३३ को दफा ४() को कसूरमा ऐ.को दफा १४() बमोजिमको सजाय हुने ठहर गरे उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा यी प्रत्यर्थी प्र.वीरेन्द्र साई एवं भुवन कुमार साई उपर वादी श्री ५ को सरकारको तर्फबाट अभियोग दायर हुँदा ऐनको दफा १४()() () अनुसार सजायको माग दावी लिई अभियोग दायर गरेको देखिए तापनि निजहरुले उक्त लागु औषध हेरोइन बिक्री वितरण गरेको भन्‍ने कुराको विश्‍वास गर्न लायक ठोस प्रमाणको अभाव देखिनुको साथै प्र.वीरेन्द्र साई र प्र.भुवन साईको साथबाट ४।४ पुरिया अर्थात ४००।४०० मिलिग्राम मात्र बरामद भएको देखिएबाट पनि निजहरुलाई लागु औषध हेरोइन बिक्री वितरण कारोबार समेत गरेको ठहर गरी बिक्री वितरण र कारोबारमा समेत सजाय गर्नु कानून र न्यायसंगत नहुँदा निज प्रतिवादीहरुलाई अभियोग माग दावी बमोजिम सेवन सम्म गरेको ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०४९।५।३१ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ  पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इति सम्वत २०५७ साल जेष्ठ २५  गते रोज ४ शुभम्.................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु